प्राचीन इतिहास र साहित्यका विभिन्न पात्र-पात्राहरु जन्माउँदै नेपाली सिमाना, फैलिएको थियो, खुम्चिएको थियो । श्रुति-परम्पराबाट थालनी भएको आस्थाको धरोहरादेखि वैद्धिक सभ्यताको विकास पनि नेपाली साहित्यको सिमानाले बाँधेको छ । यहाँका मिथकका पात्र-पात्राहरुले संसारको सृष्टि गरेका छन् । मानव सृष्टिका विभिन्न आख्यान र विश्वासका लोक कथाहरु सिर्जना भएको छ । देउ-देउता सिमेभूमे, नाग-नागेनी र वन-जङ्गलमा विश्वासका देव-देवीहरुले बास गरेका छन् । जागित्र, भूत प्रेत र मसानका डरलाग्दा कथाहरु पनि छन् । समुन्द्र सतहको थेसिस सागर उचालिँदै गएपछि तिब्बती ढालले छेकिदिँदा समुन्द्र सतहको मैदान, पहाड र हिमाल बनेको वर्तमान हिमाली श्रृङ्खला तत्कालीन जीवहरुको उत्पत्ति र विकास हुन सक्ने योग्य जलवायु थियो भन्ने जन विश्वासहरु पनि जिउँदै छ ।
मानव विकासको क्रमसंगै विभिन्न राजा महाराजा, ज्ञानी, तपश्वी, ऋषिमुनि, धर्मात्मा, पाखण्डी र निंरकुश राजा महाराजा र जल्लादहरु पनि यही माटोले जन्माएको थियो । उनीहरु नै हाम्रा मानव पूर्खाहरु हुन् र उनीहरुले गरेका कार्यहरु नै इतिहास र साहित्यको विम्वहरु हुन् । श्रुति-परम्परा, आख्यान, लोकोक्ति र उनीहरुले गरेका कर्महरु नै मिथक र इतिहास हो । वर्तमान दशक लामो आपसी-द्वन्द्व, विचार र वर्गीय युद्ध हो । यही माटोमा उत्पत्ति भएका मिथक, विम्व, र वर्गीय विचारको लडाइँमा ज्ञात अज्ञात मृत्युवरण गर्न पुगेका आत्माहरु नै परिवर्तनका पात्रहरु पनि हुन् । यसरी समयको अन्तरालमा यही सिमानाभित्र भोगिएका दुखान्त घटना, विध्वंस, हत्या, हिंसा, आगजानी, भोक-रोग र अशान्तिका उतार-चढावका चर्चराउँदा चोटहरु नै साहित्यको लागि निको नहुने पात्र-पात्राको दुखाइ होभने, किन विम्व, प्रतीक र मिथक खोज्न संसार डुल्छौं ? प्याष्टेनीहरुको दर्दनाक कथा बन्छ, कविता बन्छ । सर्वहारावादी लडाइको हिरो चे ग्वेभाराबिना युद्धका कविताहरु अपुरो भएको महसुस गरिन्छ । दशक लामो नेपाली जनताको पक्षमा लड्ने वीर गरीव किसानका छोरा-छोरीको वीरगाथा साहित्यिक मसिको आँशु बन्न सक्ने भए जैतूनको पहाडमा कविता खोज्न जानु पर्दैनथ्यो । संसारकै अभागी आमा जोकास्टालाई भन्नु पर्दनन्थ्यो कि, एक पटक तिमी नै जन्म लिएर महामुर्ख पुरुषहरु जन्माउने संसारलाई परिवर्तन गर । वामियानतिर कथाका पात्रहरु भेट्न जाने झन्झटलाई पर सार्न सकिन्थ्यो । विकल्पमा रुकुम रोल्पा र जिउँदै जलेका मधेशका पीडाहरुबाट एउटा नयाँ विहानको भविष्य कोर्ने कथा र कविता लेखिन्थ्यो सायद ।
सुखानी र भिमानका जङ्गलमा वीरगति प्राप्त योद्धाहरु स्मरण योग्य कथाका पात्र हुन्थे होलान् । पिस्कर र छिन्ताङ दोहोरी रहन्थ्यो मानसपटलमा । कन्काईको बगर सुसाइरहन्थ्यो, साहित्यको अबिरल बग्ने कन्काईको सुशेली बनेर । इभाङका पाखाहरुमा एक प्रकारको सुनाखरी फुल्थ्यो जसरी नाक्वामाको भीरमा प्रत्येक वर्ष एकपल्ट मात्र फूल फुल्छ । बेनी आँशुको थोपामा डब्डबाउँदै युद्धको शिर छेदन् टाउको भैरवी भाषामा बोल्थ्यो । सेतीको चीर हरण हुँदा चखेवा चराहरु चिरबिराउँथे । मनिराम गाइने सारङ्गी रेट्दै गाइरहन्थ्यो सारङ्गी भाकामा । जसवीर कामी आरान थापेर हतियार निर्माण गर्दै नेपाली भविष्यको पुल थाप्थ्यो, चुँडिएका पुलका साङ्ला जोडेर खिया लागेका काँटीहरु फेर्दै । आफ्नै हत्या गर्न आउने शत्रुहरुलाई कसले बाटो देखाउछ र ? बरु मर्न तयार बाङ्गे सार्कीको आत्मसम्मानमा महाकाब्य पढिन्थ्यो । जसरी कवि श्रवण मुकारुङले कवितामार्फत बिसे नगर्चीलाई आफ्नो बयान बकाएका छन् । कृष्णलाल र कृष्ण सेनहरुको सम्मान चुलिएर आकाश छुन्थ्यो होला । हृयामबोल्ट विश्व बिद्यालयमा राखिएको जर्मनी सेनाको गिरफ्तारीमा परेका दोश्रो विश्व युद्धका गोरखा सैनिक जसबहादुर र्राईको आफ्नो स्वरको बिलौना “द हाल्फमुन फाइल्सहरु” पनि साहित्यनुरागीहरुका लागि दुःखको साहित्यिक खुराक हुन्थ्यो । सोंनागाँछी, दिल्ली मुर्म्बई र खालपाडाका नेपाली देह ब्यापार भित्रका पीडाहरु साहित्यमार्फत पस्कन सके सात्र र सारोयान, ज्वायस र जिल्ड, मिलर र मोराक, जेनेट र दजाइको वीर्य नेपाली साहित्यमा मिसाउन पर्दैनथ्यो ।
सुस्ता महेशपुर, कालापानी र टिङकर भञ्ज्याङ बलात्कार भइरहेको बेला जङ्गेको आत्मा किन खित्खिताउँदैन र ? हत्या हिंसा र अभावको नाण्डव नृत्य नाँच्दा त्यहाँका पात्रहरु न मीथ बन्छन्, न विम्ब नै, बरु पानीका फोका हराएझैं हराउँदै जान्छन् । जसरी तलाउमा वर्षे झरीले आफ्नो अन्तिम मृत्यु गाउँदै तलाउको पानीसँग अस्तित्व मेटाउँछ । नेपाली माटो र आकाश धर्तीले जन्माएका असंख्य ती पात्र-पात्राहरुलाई साहित्यमा सहभागी गराउन सके आर्नेट हेविंग्वेको पम्पालोना यात्राहरु नेपाली सडकमा सर्रर यात्रा गर्दैन्थ्यो । न विश्वप्रसिद्ध साहित्यकार पाब्लो नेरुदाझैं अनाकण्टार वनभित्र अस्तित्वको बोटवरिपरि फन्को मार्नुपर्दथ्यो । सल्लेरीमा बगेको पानीभन्दा सस्तो रगतले श्रीखण्ड उमारेन, न अन्यायबिरुद्ध हात्तिबारको काँडा उमार्यो । शिवपुरीमा जिउँदै मान्छेहरुको खाडल खनियो, मानौं त्यो चिहान पहिरोमा पुरिएका मान्छेहरुको चिहान थियो । कतै बिम्ब भएनन्, न कथा र कविताका भए । बरु नेपाली साहित्य पात्र-पात्राहरु खोज्न लक्ष्मीवाईको घोडा चढ्छ, क्रमबेलको लगाम समात्छ, हिटलरको चुच्स जुंगामा आक्रोश पोख्छ, लाईदि-अमिनको रेफि्रजेरेटरमा कसको टाउको छ, पत्ता लगाउँछ, क्याकटसका काँडाहरु कति तीखा हुन्छन् अनुभव गर्छ तर नारायणहिटी र त्यसका आसपासको आँगनमा फुलेका गुलाफका काँडाहरु कति बिषालु हुन्छन्, नजर लगाउन सक्दैनन् । अनि त क्रेमलिनको ढोका ढक्ढकाउँछ, चिनिया साहित्यका पात्रहरु चपिस्टिक लिएर साम्सुको ठर्रासंगै झिँगा मारिरहेका हुन्छन् । महाभारतका पात्रहरुले भाग लिएनन् भने नेपाली साहित्य खोरोण्डो हुन्छ । किराँत मुन्धुमअनुसार सुसुवेङबाले पहिलोपल्ट हिमालमा शिकार खेलेको हो भन्यो भने श्रुति-परम्पराको साहित्य अपत्यारिलो हुन्छ । र त नेपाली साहित्य पात्र-पात्राहरु खोज्दै बाइरनको कोटको खल्तीमा भएको रातो गुलाफलाई चुम्बन गर्छ । भ्याङ्गगको चित्रमा फुलेको सूर्यमुखी फूलसँग इलु-इलु गर्छ । काजी भीम मल्लको टाउको इतिहासको खोपीमा मुस्कुराइरहँदा कीर्तिपुरमा नाक कान बिनाका मान्छेहरु देखेर निस्सीम आकाश लजाउँछ । रगत र पसिनाले बनेको नलीहाडको मुरली फुक्ने नीरो देख्दादेख्दै रोम जल्दा बाँसुरी फुक्ने नीरो खोजिन्छ । क्लाउडियसको गाथा सुनाउँदै पुगिन्छ डेड सिटीसम्म, जहाँ हिपोक्रेट्सहरु कलाप्रेमको दृश्य हेर्न सक्दैनन् रतन्धो लागेर । हिमालजस्तो स्वाभिमान उँभाउन नसक्ने पात्रहरु स्वतन्त्र आवाज निस्कने मुखमा सातु बुक्याउँछन् ।
माटीकोरे सवालमा रक्तकुण्डले सत्यको उद्घाटन गर्यो कि गरेन, पर्दाफासले पर्दा उघार्यो कि उघारेन, छापामारको छोरोले नेपाली दुःखको छापा मार्यो कि मारेन ? हेर्न बाँकी नै छ । हरियो, रातो, नीलो र पहेँलो झार जङ्गलमा प्रकृतिको बिरुद्ध सेतो रङ पोतेर जङ्गेमाथि सेतो बाघ बुरुक्क उफि्रयो, सेतो बाघले जङगबहादुर जस्ता जोरनाल र सेनामेना भएका महाराजालाई मार्यो । सेतो बाघ वा लिंडे बाघले जङ्गेकोर् इहलिला समाप्त गर्यो ? रहस्यको गर्भबाट सत्यको जन्म हुन पनि अधुरै रहेको छ । इतिहास र वर्तमानका असल खराब एवम् हारजीतका विभिन्न पात्र-पात्राहरुलाई साहित्यको रङमा रङ्ग्याउन सकिए, विश्व साहित्यकै पात्र-पात्राहरुको खोजीमा भौँतारिनु पर्दैनथ्यो । बिम्ब र मिथक पात्रहरु खोज्न युफ्रेटसको नदीमा पौडिनु पर्दथ्यो, न रेगिस्थानको हावामा थप्पड खान पुग्नु पर्थ्यो, न क्यूबाको सेराम्रि्रा र प्वाँखको पगरी लगाएर जूनेली रातमा ब्वाँसोको स्वरमा फलाक्न पुग्नुपर्थ्यो रातो पहाडको गहिरा नदीहरुमा ।
ऋषीकेश शाहले आफ्नो पुस्तक “इन्ट्रोडोक्सन टु नेपाल” मा उल्लेख गरेका शाह शासकहरुका सन्की, निर्दयी र कप्टी ब्यबहारले जन्माउनु पर्ने साहित्यका पात्र-पात्राहरु जन्माएको भए सत्यको नजिक पुगिन्थ्यो होला । स्वः महामानव बीपी जेलको डायरी भरी शैलजाको यादमा तड्पिएका थिए । उनकै शब्दमा, “शैलजालाई पनि यहीं राखिएको भए ! कस्तो महत्वाकांक्षा ! यहाँको जस्तो स्थितिमा उनी मेरो सर्वोत्तम साथी हुन्थिन् । जेलमा होस् वा मरुभूमिमा, उनी मात्र त्यस्ती हुन् जसले मलाई पूरा साथ दिन सक्छिन् ।” बीपीको त्यो आत्मा-वृतान्त कसैले कट्याउन साहस गरेनन् । शैलजाप्रति बीपीको किन यति विघ्न मोह र विश्वास थियो ? अबिचलित रहेर सत्य र शान्तिको लागि लड्ने बट्रण्ड रसलसँग वैचारिक लडाइँको मैदानमा बहस गर्ने पात्र पनि जन्मेनन् । रसल हिंसा, नैतिक मिध्याचार, युद्ध, सामाजिक कुरिति, अन्धबिश्वास, यौन-कुण्ठा, यौन-पाखण्डता आदि विरोधाभासपूर्ण चिन्तन र ब्यबहारको विरोधमा डटेर लडेका थिए । परिवर्तनको पहरा फुटाउने साहस गरेर जसको जोत, उसको पोत भन्दै गर्जिँदा भीम दत्तको गिँडिएको टाउको, बाँसको लिङ्गोमा उनिएर आकाश हेर्दै हाँसिरहर्यो । त्यो हाँसोमा नेपाली साहित्यको मूर्च्छना छरिएन, न चे ग्वेभाराजस्तै सर्बहारावादी बिम्बका छाप छोड्न सक्यो नेपाली इतिहास र साहित्यमा । हुन सक्यो भने, बरु डोरीस लेसिङको कल्पनामा घाँस गीत गाउँदा गीतको भाकाले नेपाली हृदयको अन्तरकुन्तर छुन्छ, लोक भाकाले मन पगाले जसरी । सुन्ने कानहरु ठाडो ठाडो हुन्छन् । निस्सेले धार्मिक आस्थाको टाउको गिँडेर पुरिदिएका थिए जिहादका झयाङहरु फेरि नम्रियोस् भनेर, तर ऊ मरेपछि उस्को टाउको खोजिन्छ । नेपाली पात्र-पात्राहरु उत्छुक हुन्छन्, हैन हो ? के थियो होला उसको गिदीमा ? उसको तन्तुहरु कसरी बुनिएका थिए हँ ? उसको दर्शनमा एउटा सभ्यता र आनन्दको मोह छ । आस्थाले नपिरोलोस् भनेर त्यागका मसिना टुसाहरु पलाउँदै गरेर उम्रिएका ? उसको नास्तिक विचारले युद्धको फलाम बोक्दैन, तब ऊ पात्र बन्छ, कलमको मसि पिएर रगत खाने निसुम्भझैं । यता चार शहीदको छातीमा गोली ठोक्ने नर शम्सेर आत्माकहानी लेखेर खित्खिताउँदै सगौरव भन्छन् -”मरेकाहरु बाँच्नु पर्दथ्यो । बाँचेकाहरु मर्नु पर्दथ्यो । को को मर्नु पर्नेहरु बाँचेका छन् ?” त्यसको रहस्य भने नखोली मृत्यु वरण गरे । अहँ ती पात्र-पात्राहरुको खोजी हुन सकेन । सुन लिन गएका मदन, वेदना लिएर फर्केपछि स्वर्ग गएझैं । अर्कोतिर साँस्कृतिक चेतनाको चेत खुलेर आ-आफ्नै ढङ्गले कुची चलाउने आकृति निर्माणको जगमा आफ्नै हावा पानीले निर्मित साहित्यिक छेलो हान्न सक्ने पात्रहरु जन्मँदै गए कस्तो हुन्थ्यो होला ? यसो भन्दा कसैको चित्त दुख्न सक्छ । हुन त कृष्णले बुझने कुरा अर्जुनले बुझदैनन् र त आर्थर आदमले मानव अस्तित्वको नाटकमा २ पात्र बनाए, त्यही पात्रहरु कहिले पहाडको हिउँ र तर्राईको घाम ताप्छन् ।
जे होस्, महान योद्धा ब्यक्ति ब्यक्तिवहरुको जन्मसँगै नेपाली इतिहासको कालखण्डहरु वारपार भयो । तर नेपाली साहित्यले लियोटाल्सटायको अलिकति भए पनि गिदी जिब्रो चाट्नै पर्ने, सेक्सपियरको नाटक च्याउनै पर्ने, ट्यागोरको मन पर्ने वर्षे झरीमा रुझनै पर्ने, गोर्गीको भाषण र आन्दोलनमा झण्डा नबोकी आफ्नो माग नै अपुरो रहने प्रवृति जहींका तहीं उँभेर नारा जुलुस गरिरहेछ । यो देशको लागि शहादत गर्ने वीर वीरङ्गनाहरुले कहिले साहित्यको पात्र-पात्रा बन्न मात्र होइन, उनीहरुले गरेका वलिदानले देशको धुरी संधै उच्च भइरहन्छ होला ? नेपाली माटोले जन्माएका साहित्यका पात्र-पात्राहरुले दशगजाको बीचमा उँभेको पञ्चमुखी लिङ्गलाई देश भक्तिको बेलपत्र चढाउँदै खुम्चिएको सिमाना दालिमहाट र राबी नदीसम्म पुर्याउने हुन् ? नेपाली माटोमा जन्मेका कथाका पात्र-पात्राहरुले योजना र युद्धको तयारी गर्ने हुन ? बाँदर मुडे, भालुबाङ, दोरम्बा, चिहान डाँडा, बेलबारी, चिसा पानी, रौतहट, चन्द्रौटा, बिसनपुर, देबीपुर, गणेशपुर, पत्थरदैया, चौदा, अमला र खैरीका विध्वंस भोग्ने पात्र-पात्राहरु कहिले कथा कविता र साहित्यमा सहभागी हुने हुन ? ती पात्रहरुले भाग लिए भने, हेनरी मिलरको ‘ट्राफिक अफ क्यानसर’भन्दा कम उच्चकोटीको पुस्तक जन्मिँदैन थियो होला । अलवेयर कामुको ‘मीथ अफ सिसिफस’जस्तो पुस्तक पनि जन्मिने थियो । जैतूनको पहाडभन्दा हाम्रै हिमालमुन्तिर मिथक, विम्ब र प्रतीकका असङ्ख्य घटना छन् । वौद्ध धर्ममा मनाइने फुटुक पर्वमा झैं नेपाली साहित्यका पात्र-पात्राहरुलाई स्मरण गर्दै नेपाली साहित्यकारहरुले भन्न र लेख्न सक्ने भए, “कि कि सो सो ल्हा ग्याल लो” (परमेश्वरको जय होस्) अब हामी साहित्यका पात्र-पात्राहरु यहीं खोज्ने छौं जे भोगियो र भोगिँदै छ ।

No comments:
Post a Comment