Dec 28, 2008

संघीयताको अपरिहार्यता “संक्षिप्त लिम्बुवान”

दिलेन्द्र कुमार तुम्बाहाङफे "चिन्तक"
हाल - हङ्गकङ्ग
लिम्बुवानको ऐतिहासिक दस्तावेज,राजनितीक, सामाजीक,सांस्कृतिक बिषय बस्तुहरुको बारेमा सबैलाई अवगत छदैछ । जहाँ आफ्नै इतिहास,भूगोल,भाषा, लिपी धर्म,संस्कारहरुले समुन्नत लिम्बुवानराज्य आन्तरीक उपनिबेश भएर बाँच्न बाध्य नोकरशाही सामान्ति दलालहरुको परिजीबि शोषण, दमन नै सीमान्तकृत लिम्बुहरुको दुर्भाग्य भएर आएको छ। हुनत राणाकालीन भन्दा पहिले देखि नै लिम्बुहरुले पुनर्स्थापनाको आवाज उठाउदै ल्याउँदा कतिले कठोर यातना र जेल नेलको सजायभोगी हुन पर्यो भने कतिको प्राण उड्नु यो बिडम्बना पनि कस्ता किसिमका यसमा लिम्बुवानहरु एकतामा सबल पक्षले समेट्न नसकिनु, सामान्तिहरुको बन्देजले चेतना वा शैक्षिक कमजोरी, राजनीतिक झुकाब तल्लोस्तर सम्म उपल्लो तहको शासकहरुले थिचीराख्दै साँघुरो मन र तुच्छ स्वाभाब प्रयोग गर्नु नै मुख्य कारणहरु रहन्दै आएको छ निरन्तर आन्दोलन र छापामा समेत दबिएर जानु यसको उपज हो । बिश्वमा कैयौ इतिहासहरु छन् तर नेपालको इतिहासमा प्राय यिनै सामान्ति शासकहरुको चर्चा बढी हुने गर्छ चाहे लिच्छबीकालीन याने किरातीहरुको कमै मात्र चर्चा गरिन्छ । यी शासकहरुको इतिहासमा बेइमान, बेइज्जती,शोषण,नरसंहार र अपराधीक क्रियाकलाप भित्र रुमलिएको एउटा यूगको अन्त्य भएको छ । तर अब समयमको परिवर्तन सगै लिम्बुवानहरुमा सक्षमता र सभ्यताले सार्थक भइ सकेको छ । अहिले सम्पूर्ण लिम्बु संघ संस्था, बुद्धिजीबिहरु मोर्चाबन्दि भएर लिम्वुवान स्वायत्त राज्य पुनर्स्थापनाको लागि बृहत छलफल र बहश पछि सशस्त्र र शान्तिपूर्ण आन्दोलनको लागि एकतामा बाधिएका छन । मधेसीबन्धुहरु जस्तो जत्तातत्तै सीमांकनको बिषयमा झगडा गर्न खोज्या हैन । अराजकता र राष्ट्रलाई बिखण्डन गर्न खोज्या पनि हैन स्वायत्तताको लागि पुनर्स्थापना गर्दै सम्पूर्ण लिम्बुवान भित्र बसोबास गर्ने जातजातीहरुले समान प्रजातान्त्रिक हक अधिकार र मानब अधिकारको सदुपयोग गर्न पाउनेछन् तर यदि शान्तिपूर्ण प्रकियाबाट निकास दिन मिल्दामिल्दै कसैले अनेक लान्छनाहरु लाद्न खोज्छन् भने त्यसको बिकल्प पृथकताबादी महायुद्धमा अवश्यै परिणत हुनेछ । यो कुनै लिम्बुहरुको मुर्खता र रहरले हैन अन्याय उत्पीडन र बहिरा नेतृत्वदायी पक्षहरुको गैरलापर्बाहीले सिर्जना हुनेछ । जहाँ मधेसी बन्धुजीहरुसँग न प्रमाण छ न लालमोहर नै । तर लिम्बुवान राज्यस्वायत्तता भन्नु नै हिजोसम्म लिम्बुवान स्वातन्त्र थियो आज पनि हुनुपर्छ सदा रहनुपर्छ खोसीएको अधिकार फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो । जसमा आधार सत्यताछ त्यो चाँहि जायज माग हो । अहिले राज्य पुनर्संरचना र संघीयताको सवालमा बाटैभरी भीखमाग्नेहरु छन् । तर लिम्बुवानलाई सीधै कुल्चेर बाँडीचुँडि गर्न कसैले तमोर पारी भन्ने कसैले बिराट,कोशी र कोचीला भन्दै कोही संखुवासभा अनि एउटा गाबिसको क्षेत्रफल पनि नपुग्ने क्षेत्र माग्नेहरु पनि छन् हैन यो सपना देखेर कल्पना बाड्ने हुन कि प्रतिगामी संघीयता बिरोधी पक्षहरुको पनि हात छ ? हिजो लिम्बुहरु दयालु भएर लिम्बुवानमा शरणार्थीहरुलाई आफ्नै बन्धु सम्झी स्वागत गरे तिनैले आफ्नो अंशियार भनि दाबी गर्नु अभिषाप मात्र होइन पाप हो । धेरै चर्चा नगरौ चौथो शताव्दीतिरको लिलिमहाङ्ग राजाको समयमै नै लिम्बुवानको सीमाना पूर्बमा टीष्टा पश्चिममा दुधकोकोशी उत्तरमा तिब्बत र दक्षिणमा जलागढ सम्मरहेको थियो ।पृथ्बीनारायणशाहको लोभलाग्दो आक्रमणको हारसंगै लिम्बुवानभूमीले धेरै चोटहरु सहदैआएकोछ नेपालको इतिहासमा शाहबंशीहरुले नेपालको सीमाना जोडेको होइनन् तर बेचेका चांही हो बहादुरशाहले नेपालको सीमानालाई पूर्बमा सिक्किम दार्जिलिङ हुन्दै टिस्टासम्म पुर्याएको योगदान थिएन भ्रम मात्र थियो ताकी त्यस समयमा नै ति भूभागहरु लिम्बुवानको अधिनस्त मातहतमा थियो तर लिम्बुवानको ति भूभागहरु कुनै कालखण्डमा उपयुक्त फाइदाजनक नदेखिने छांटले तत्कालीन अंग्रेजहरुलाई पश्चिमको केही भूभागहरु संग मिलाएर अरबौ डलरमा भिमसेन थापाको अदूरदर्शिताको कारण देखाउदै लिम्बुवानको खप्पलक्कै भूभागहरु बेचिए पछि शंका उपशंकाको डरले जंगबहादर राणाले पश्चिमको चारवटा जिल्लाहरु फिर्ता लिएका थिए तर धरहराबाट समेत कुनै प्यरासुट बीना हाम्फाल्ने महात्माकांक्षीले लिम्बुवानको भूमी फिर्ता लिन कुनै सानो आंट पनि गरेनन् यहीबाट प्रस्ट हुन्छ कि लिम्बुवानको भूभागहरु बेचिएको हो कि होइन ? ति भूभागहरुमा अंग्रेजहरुले कव्जा गरि दक्षिणपूर्बी एसियामा एउटा अखडा बनाई गिद्धले कुखुराहरु नियाले झै हेर्न चाहान्थे । तर महात्मागाधीको नेतृत्वमा उठेको बालबालिका र गर्भवति महिलाहरु समेतको बिशाल मानसपटलले अंग्रेजहरुको सपनालाई चकनाचुर पार्दै समुन्द्रपारी संगै लैजान बाध्य पारे । पछिल्लो सुगौलीसन्धिको राष्ट्रघात संगै अहिलेको लिम्बुवान भन्नु नै पूर्बको ९ नौवटा जिल्लाहरुको क्षेत्रफल नै लिम्बुवानको स्पष्ट सीमाना हो अझ बृहत लिम्बुवान खोतल्ने हो भने लिम्बुवान राज्य नुवाकोट उदयपुर महोत्तरी जनकपुर खोटाङ्ग र भोजपुर गर्दै फागोहाङ्ग लिबाङ्गहाङ्ग राजाहरुले राज्य गरेको इतिहासमा प्रष्ट छ । अब सरल भाषामा बुझ्नुहोस प्रमाणको आधारमा न्याय पाउने हो तर कुनै एउटा सानो भखष्मभलअभ नै बीना लिम्बुवानको चोक्ता चोक्टी दाबी गर्नु भोलि आफै आत्मालोचना र हिनताबोध हुनु हो यस्तै मूर्खता अपनाउने हो भने लिम्बुहरुले मरिगए पूर्खाले आर्जेको भूमी गुमाउन चाहान्दैनन् बरु भोली खोटाङ्ग जनकपुर र भोजपुरमा पनि हमला गर्ने निश्चित छ । त्यसैले लिम्बुहरुको ऐतिहासिक पृष्ठभूमी भीखमागी खाने भाडो हैन यो हाम्रो हजारौ लिम्बुवान सहिदहरुको प्राणले आर्जेको एउटा अभिन्न राज्य रहन्दै आएको छ । जस्ले इतिहासको कदर गर्दैन उस्को बर्तमान अस्तित्व नासको पूर्बसांकेतिक चाल हो । तर त्यस्तै भई रहिएको छ जजस्ले संघीयताको स्वरुप दिन चाहान्छन तर खाली कानै चीरेका भने झै जातीय प्रतिशतलाई मात्र अघि र्सार्छन् होईन संघीय प्रणालीको परिभाषा दिनै नजानेर हो कि झूटको खेती हुन्दैछ ? कम्तीमा ऐतिहासिक पृष्ठभूमीको आधार लिनुपर्नेमा जनसंख्याको जनमत संग्रह गर्ने हो भने अब प्रकाश यकसोजी को भनाई झै बिकास सिकास,शान्ती राष्टको उन्नती होइन जातीय बृद्धीमा लाग्नु पर्ने हो कि क्याहो । यस्तै अज्ञानतामा जाने हो भने लिम्बुवान गुम्ने होइन बरु नेपालनै नरहने चीन्ता आईपरेको छ । जुन लिम्बुवानभित्र कहिल्यै नामै नसुनिएको कोचीला भन्ने राज्य जबरजस्ति नामकरण गरिन्दैछ यो ठूलो राजनीतिक अपराधले भेालि ठूलो जातीय अपराध पक्कै निम्त्याउनेछ त्यसैले साम्प्रदायीक समन्यवन र सहकार्यलाई जोगाइराख्न तत्कालै कोचिला प्रस्ताब नेकपा मावोबादीले फिर्ता लिनै पर्छ । अर्कोतिर नेपाल संघीयतामा गइसकेपछि हात्ती छिरेपनि पूच्छर अड्काउन सकिन्छ कि भनेर बिद्धान एबं भूगोलबिद्ध भनाउंदाहरु समेत चूरमूरीएका छन् संघीयतामा गइएपछि राष्टियता नै बिखण्डन हुन्छ भन्ने होइन केन्दिकृत र एकात्मक राज्यव्यबस्थाले नेपालको विविधतालाई समेटेर सम्बोधन गर्न नसेकेपछि एउटा बिकल्बको रुपमा संघीयराज्यको अबधारणा आएको हो नेपाल एक जाती एक भाषी र एक क्षेत्रको मात्र राज्य होइन तर त्यस्तै यर्थातथा २४० बर्षसम्म राजतन्त्रको शोषण संगै २४० बर्षसम्म नै आदीबासी जनजाती,दलितहरु उपेक्षित र उत्पीडित भएको तथ्याङ्गले देखाउंछ । आदीबासी जनजातीहरुले सर्बसुलभ उपभोग गर्न पाउने संयुक्त राष्ट्रसंघको घोषणा पत्र आइएलओ घोषणा पत्रलाई समेत लत्याएर न्युनतम मागबाट समेत आदिबासी जनजातीहरु बञ्चित छन् । त्यसैले हरेक अधिकारबाट मात्र हैन भाषिक, धार्मिक, सांस्कृतिक जस्ता ऐतिहासिक विविधताहरुलाई नामेट पार्न हिन्दुकरणको माया र लोभ जीवितै रहेको बुझिन्छ । धर्म, बर्ग, लिङ्ग, भाषा, जाती सबै क्षेत्रमा विविधता बांधिएको राज्यलाई स्वाशासनले अधिकार सम्पन्न बनाएर बिशिष्टकृत सभ्यसमाजको रुप नै संघीयता हो । संघात्मकतामा प्राय बिखण्डनको डर भन्नु भूगोलको स्वायत्ततालाई गलत मानसिकता बोग्नु हो भूगोल भनेको एउटा सीमांकन मात्र हो बिश्वपरिबेशमा हेर्दा संघीयताले नै समृद्धशाली बन्न सफल अमेरिका,स्विजरल्याण्ड देशहरुलाई बिर्सेर नाइजेरीया इथोपिया अनि सूडान जस्ता मुलुकहरुलाई उदारण दिन मिल्दैन ति राष्टहरुमा नाम मात्रको संघीयताले असन्तुस्टी भई उत्पीडनले निम्त्याएको फल हो । संघात्मक शासनपद्धतिमा आर्थिक, सामाजीक, सांस्कृतिक, राजनीतिक र प्रशासनिक अधिकारको न्यायोचित बांडफांड र समावेशी हुन पर्छ । अब यता ठूलोपार्टी नेकपा एमाले र मुलुककै पुरानो र संधै बैकल्पिक शक्तिमा रहने नेपाली कागे्रस राजनीतिक परिपार्टीहरुले पनि लिम्बुवानबाट सकरात्मक जनर्समर्थन र मतले सिर्ध्रगादा सिर्ध्रगादै आफै कुरुप हुन खोज्दैछन् नेपालको इतिहासमा नेपाली काग्रेसले झनै छ दशकभन्दा लामो यात्राहरुमा सजिलै उकाली चढीरहेकेा बेला एक्कासी ६० डिग्रीको ढल्के ओरालोमा परेको छ । तर संबिधान सभाको चुनाबमा मधेसबाट पराजयले मावोबादीका बिजयले इतिहासकै कठिन र चुनौतीपूर्ण मोडमा आइपुगेको छ । मधेसबाट मात्रै हैन भोली झन जनसमर्थन बिक्षीप्त हुन्दै गएमा ९० डिग्रीबाट झर्ने ठूलो चीन्ता प्रजातन्त्रप्रेमी राजनीतिज्ञहरुलाई आइपरेको हनुपर्छ । महाकाली सन्धि, कोशी संझौता जस्ता चर्चित मुद्धाहरुमा खप्पिस लिम्बुवानको सत्यतथ्य प्रमाणहरुलाई ढाकछोप गर्न पनि अघि बढेको देखिन्छ अनि राजनीतिक दलहरुको संकिर्ण सोच एकाइसौ सताव्दीमा पनि सामान्तिशासन फर्काउन लागिरहेको देखिन्छ । नेपाल पुरात्तनबाद, सामान्ति र असभ्यताले कहिल्यै छोडन नसकेको हो ? यसको निकास साह्रै सजिलो छ स्वाच्छ आत्मा, ठण्डा मस्तिष्क र सभ्यमानबको हैसियतले सोच्नुपर्यो लिम्बुवानको माग कति न्यायीक र सान्दर्भिक छ लिम्बुवान राज्यको पुनर्स्थापना न्यायलयले तथा संयुक्त राष्ट्रसंघको मान्यतामा भएपनि फैसला गर्न मिल्छ जुन प्रमाणहरुको आधारमा सदर हुने थुपै प्राबधानहरु छन् । त्यसैले पूर्ण ग्यारेन्टिसाथ लिम्बुवान त राज्य स्थापना भएरै छोड्नेछ । लिम्बुवान एउटा हरितबृक्ष हो यसलाई काट्नुहोस छांट्नुहोस तर आंपको बोटलाई अम्बकको बोट बनाउनु सकिन्दैन । जातीय मुद्धाउठी सकेपछि चाडै नै संबाद र सहमतिको सहकार्यमा बिश्लेषण गरेर उचित सम्बोधन गर्नु नै उत्तम बिचार हो तर यो गम्भिर बिषयबस्तुलाई थाती राख्ने दमनगर्न खोज्नु अराजकता निम्त्याउनु र नेपाल जस्तो भूपरिबेष्ठित राज्यमा रक्तपातको ताल बनाउने नियत हो । टाढाको राष्टहरुलाई नहेरौ हाम्रै छिमिकी र्सार्कराष्ट श्रीलंकाको ब्यथालाई लिए पुग्छ ३० बर्ष भन्दा लामो गृहयुद्धमा लाखौ नागरीकहरुको ज्यानले पनि समस्या हल गर्न नसकेपछि राष्टियतामा आंच आई असफल राज्यमा परिणत हुनेछ ।बेलायती औपनिबेशबाट भारत स्वातन्त्र भएपछि पाकिस्तान, बंगादेश, श्रीलंका नटुक्रिएको भए बिश्वकै बिशाल मानचित्रको गर्ब गर्न पाउंथ्यो त्यसरी नै सधै नेपाली भएर गर्वगर्न तल्लोभिजन नै संघीयता हो । प्रथमत भारतको मुस्लिम क्षेत्रमा मुस्मिल स्वायत्तता सहितको संघियराज्यको मागमाथी ठाडो दमनले पाकिस्तान बन्न पुग्यो । त्यस्तै पाकिस्तानमा पनि पूर्बी पाकिस्तानको बंगला भाषी क्षेत्रको स्वायत्तता माथी र पश्चिमी पाकिस्तानले अस्विकार गरेपछि पाकिस्तान टुक्रिएर बंगाला देश बन्न गएको हो यो त भयो बिस्तारबादी भनौ पूंजीबादी राष्टहरुको अबस्था अर्कोतिर कनै बखत बिश्वकै शक्तिशाली सोभियतसंघ टुक्रिएर जानु जतिसकै कमरेडहरुको साम्यबादले पनि रोक्न नसक्दो रहेछ यसरी बिशाल राष्टहरुको बिखण्डन र ब्रि्रोहको अनुभबबाट हामीले शिक्षा ग्रहण गर्नु पर्छ । झन हाम्रो नेपाल सानो देश तर बहुल जाती बहुल भाषी धेरै बिबिधता भएको राज्यलाई एउटै मालाको सूत्रमा बाधिएर बस्न जरुर छ । यातनाको कुरा गर्ने हो भने सन १९६४ जून १२देखि सन १९९० फेब्रुअरी ११ सम्म राबेन द्धिपको जेलमा २७ बर्षसम्म भन्दा लामो जेलजीबन बिताएर पनि ढृटता पुरा बनाएरै छाड्ने बीसौ शताब्दीका बिख्यात नेता नेशनल मडेलालाई लिन सकछौ । भोली स्थापना भएरै छोड्ने लिम्बुवानराज्यलाई भूलाउने प्रबृति हैन कालोखोट र रीसिइबीको सम्बन्ध पनि हैन समधुर सम्बन्धको भावना,दीगोशान्ति, दीर्घकालीन साम्प्रादायीक मिलनको बाटोमा हिड्न सम्पूर्ण लिम्बुवानबासी जातजातीहरुले साझा घरको लागि लिम्बुवानको आन्दोलनमा कांधमा कांध जोड्न आउनुपर्छ । राणाकालीन, त्रिभुवन, महेन्द्र गर्दै तत्कालीन सरकारसंग पत्रचार र संबाद हुदै आइरहेको लिम्बुवान राज्यमाथि कसैले हेलचेक्राइको नजरले हेर्न चाहान्छ भने भोलि गृहयुद्धको चक्रव्युह पृथकताबादीयुद्धमा फस्न नपरोस लिम्बुवानलाई टुक्याउने मूर्खता र फेाहोरीको काम यो कदाबी हुनै सक्दैन लिम्बुवान माथि जबरजस्ती युद्ध धकेल्न खोज्ने संयुक्त नेपालराज्यलाई खण्डित गर्न खाज्ने कुनै राष्टघाती गैरनेपाली नबनौ अधिकारीक भूमिमाथि कसैले अनुचित निर्णय गर्ने अधिकार हैन ऐतिहासिक पृष्ठभूमीको आधारमा आत्मानिर्णयअधिकार सहितको र्सार्बभौमसताले सम्पन्न गर्नु पर्छ । इतिहासकाल देखि लिम्बुवानराज्य बि.स २०२१ सालको भूमीसुधार ऐनसम्म स्वातन्त्र रहेको थियो लिम्बुवान माथि एक दुइ चोटी हैन सत्रौ पटकसम्म पृथ्बीनारायणशाहले आक्रमण गर्दा पनि हारखाएर बाध्यभई झिप्झिप् आँशुझार्दै लिम्बुहरुसंग बि.स १८३१ साउन २२ गते सम्झौता गरि लिम्बुवान एउटा सहराज्यको रुपमा रहन्दै आएको र्सबबिदित्तै छ । हो पृथ्बीनारारायण शाहले नेपाल एकिकरणमा बाइसे चौबिसे राज्यहरुमाथि बिजय हासिल गरेको थियो ति हरुवा राज्यहरुले कुनै सम्झौता बीना हार स्वीकार्दै सर्बस्व गुमाउन परेको थियो । तर लिम्बुवानहरुले न हार स्वीकारे न भूभागहरु गुमाइए राज्यले र्सार्बभौमिकता माथि सामान्ति, अधिनायकबाद र प्रतीक्रियाबादी गठबन्धनहरुले जति दबाए पनि यो हाम्रो गौरबमय लिम्बुवान इतिहासकाल देखि नै निडर, अटल र सफल राज्यको रुपमा रहन्दै आएको छ तथापी लिम्बुवानमाथि झगडाको बीउ कसैले रोप्न अप्राकृतिक,अव्याबहारिक मानसिकता लिन भएन । अब संबिधानसभामा संघीयताको बहस हुन्दैछ हामी प्रत्येक राजनीतिक दलहरुको बच्चनलाई टिप्पणीगर्दै जसले लिम्बुवानमाथि राजनीतिकप्रतिबद्धता र सहयोगको सकारात्मक भाब प्रकट गर्न चाहान्दैनन अनि स्वादेश र बिदेश गरेर ७ लाख लिम्बुहरुको मतलाई राजनीतिकदलहरुले जगेर्ना गर्नै पर्ने संबेदनशील मौकालाई बिर्सेर मधेशबाट रीत्तोहात लिएर आए झै लिम्बुवानमा पनि सिर्जना स्थीति हुने कि जर्जीयाको गृहयुद्ध पो हुने हो सेवा“तागेरा निङवाफुमा’ तागेरा निङवाफुमा भनेको लिम्बुभाषमा पशुपतिलाई पूजे जस्तै हो ।

Dec 26, 2008

नेपाली पत्रकारिताको दुर्भाग्य र सुधार्नुपर्ने सवालहरु

विश्वास दीप तिगेला
नेपालका पत्रकारहरु अलिअलि हल्लिनेहरुलाई डङ्लङ्गै ढाल्छन र नहल्लिनेलाई जसरी भएपनि हल्लाइ छाड्छन्। यो भनाई नेपालकै एउटा बौद्धिक ब्यक्तिको हो। अन्यत्र कतै काम नलागे पनि काम गर्न सकिने, कुनै मापद48ड पास गर्न नपर्ने र कुनै आंचार संहिता पालन गर्न अनिवार्य नहूने क्षेत्र अर्थात पेसा नै नेपालको पत्रकारिता देखिएको छ। बढि रहरियाको जमात अर्थात सस्तो लोकप्रियताको लागि जे पनि गर्न सकिने स्थान पत्रकारिता बन्दै आएको छ। जनतालाई सूसुचित गराउने नाममा ब्यक्तिको नैसर्गिक अधिकार, संस्था संगठनको अस्थित्व र अस्मिता माथि औला ठढ्याउन सकिने ठाँउ पनि हो नेपाली पत्रकारिता। पत्रकारितालाई मर्यादित ठान्ने तर पत्रकारिता प्रवेशमा कुनै सिमाबन्धन अर्थात मापद48डको आवश्यकता महशुस नगर्ने हाम्रा सम्बन्धित पत्रकारहरुको समाजलाई याद हुनुपर्दछ की उनीहरुको साथमा अपत्रकारहरु पनि हुन सक्छन भनेर।
पत्रकारहरुले जनतालाई सहि जानकारी दिई सूसुचित गराउनु पर्दछ तर समाजमा बैमनिष्यता आउने, नकरात्मक तिर बढि आकर्षित गर्ने प्रकारका सामाग्रिहरु प्रति अति संवेदनशील भएर ध्यानदिनु पर्दछ। यदि समाजलाई, देशलाई सहयोग नपुग्ने अर्थात असर गर्ने समाचार छन् भने त्यसमा लेखनको विशिष्टता कायम राख्दै सुझावयुक्त सम्प्रेषण हुनु जरुरी हुन्छ। लडाई, झगडा, चोरि, डकैती, लुट, बलात्कार, घुस र साम्प्रदायिक सद्भाव भड्काउने जस्ता न्यूजलाई मात्र आकर्षण बनाउने हो भने पत्रकारिताले समाज र देशलाई फाइदा भन्दा बढि वेफाइदा गर्न सक्ने सम्भावना रहन्छ।
हामी पत्रकारहरुलाई के हेक्का हुनु पर्दछ भने यदि पत्रकारितालाई सम्मानित संस्था बनाउने हो भने यसको प्रवेशमा मापद48ड तयार गर्नुपर्दछ अन्यथा बस र ट्रकको खलासीले एकदुइ बर्षपछि ड्राइभर भएर दिनानुदिन गाडि दुर्घट्नामा पारे झै पत्रकारितामा दुर्घट्ना पर्नेक्रम चलिरहन्छ। पत्रकार माथि आक्रमण चलिरहन सक्छ र शहिद पत्रकारहरुको संख्या बढ्दै जान सक्छ। त्यसलाई स्वभाविक मान्नुपर्ने हुन्छ।
अन्य कतिपय देशहरुमा प्रेस माथि अतिकडा निगरानी राखिन्छ त्यसको आफ्नै स्थान छ तर नेपालमा पत्रकार स्वतन्त्रताको नाममा लापर्वाही, जे पायो त्यहि भइरहेछ भन्ने कसैले आरोप लगाएमा त्यसलाई ख48डन गर्ने आधारहरु हामी संग थोरै र कमजोर छन्। वेरोजगारको जमात ज्वलनशिल पदार्थ जस्तो हो यस्तो जमात भएको हाम्रो समाजमा मापद48डहीन पत्रकारिताले देशलाई उल्टो दिशा हिडाउनमा भूमिका खेल्दैन भनेर ढुक्क हुने अवस्था छैन। अझ हाम्रो देशको सम्बन्धमा गहिरिएर हेर्ने हो भने नेपाली पत्रकारिता राजनैतिकरुपमा अभिप्रेरित भएको हामी पाउदछौ।
नेपाली पत्रकारिताको एउटा सानो इतिहास हेरौ- अभिनेत्रि शिर्षा कार्कीले पत्रकारबाट भएको समाचार सम्प्रेषणको कारण आत्माहत्या गर्नुपर्‍यो। हो उनले सामाजिक संस्कार विपरित कार्य गरिन त्यो उनको गल्ति थियो र पत्रकारले समाचार सम्प्रेषण गर्‍यो त्यो पत्रकारको अधिकारको कुरा थियो तर उनको बाँच्न पाउने अधिकार पत्रकारिताले खोस्नु मिल्छ या मिल्दैन? यो छलफलको विषय बन्नुपर्दछ। त्यस्तैगरि छिमेकी मुलुकको फिल्म निर्माणस्थल वलिउडले निर्माण गरेको सोविज फिल्फले साच्चै नै पत्रकारितालाई नग्याउने काम गरेको छ। त्यो फिल्ममा देखाइए जस्तो सबै पत्रकारमा लागु हुदैन त्यसैले त्यो फिल्म सच्चा पत्रकारको निमित्त आपत्तिजनक हुनुपर्दछ। उक्त फिल्मको सार के पनि हो भने सच्चा पत्रकारिता माथि पनि ब्यापक दबाव र आरोप पनि लाग्ने गरेको छ। प्रजातान्त्रिक प्रकृयामा आरोप लाग्नु र लगाउनुलाई स्वभाविक ठानिए पनि यसको संवेदनशिलतालाई ध्यान दिनु पर्दछ।
अब अलिकति केहीदिन अघि हिमाल मिडिया माथि भएको घट्नाको चर्चा गरौ। हिमाल मिडिया माथि भएको घटना निश्चय नै दुखदपूर्ण घट्ना हो। यस्ताखाले घट्नाको सर्वत्र विरोध गरिनु पर्दछ र फेरीफेरी यस्तो घट्ना घट्नु हुदैन। अर्कोपक्ष के पनि हो भने नेपालका कतिपय मिडियाहरु आफूलाई चाहिएभन्दा बढि शक्तिशालि ठान्दछन्। राजनैतिक रुपमा अभिप्रेरित भई टिप्पणी र समाचार सम्प्रेषण गर्ने परम्परा पनि नेपाली पत्रकारितामा नौलो होइन। हिर्काइएको, पिटिएको कुराले आफ्नै ठाँउमा आक्रोस र आपत्ति राख्दछ। त्यसको साथसाथै हिमाल पत्रिकाले कस्तोखाले समाचार सम्प्रेषण गरेको थियो भन्ने कुरा मुख्य मुद्धा हो। हिमाल पत्रिकामा रहेको लेख हेर्दा हिमाल पत्रिकालाई मजदुर यूनियनको बारेमा त्यत्रो फैसला गर्ने अधिकार छैन त्यो पनि यो अवस्था आउनुको वास्तविकता हो। के निहू पाँउ कनिका बुकाऔ भईरहेको प्रतिपक्षको ठूलो साथ अर्थात पत्रकार तथा अपत्रकारहरुको साथमा जुलुस निक्लनुको महत्व र अर्थ पनि आफ्नै ठाँउमा रहेको छ।
दिनहू जस्तो जुलुस र विरोधलाई नियन्त्रण गर्न लागिपर्ने ती पुलिस जवानहरुको दैनिक जीवन र गम्भिरताको बारेमा कसैलाई पनि चासो भएको देखिन्दैन। हो उनीहरुको जाँगिर त हुदै हो तर उनीहरुलाई पनि दिनहू इटा, ढुङ्ा खेप्न कति गाह्रो पर्ला? आक्रोसको जुलुस, नेताहरुको जुलुस, मूर्खहरुको जुलुस, वेरोजगारहरुको जुलुस, बौद्धिक बर्गहरुको जुलुस धान्न कति गाह्रो भएको होला? एकपटक जुलुसकर्मी सबैले सोचिदिए अनि विरोधको विकल्प अरुनै रोजिदिए सर्वसाधारण जनता कसैले पनि दुख पाउने थिएन्न।
हामी आफू पनि गर्न सक्दैनौ र अरुलाई पनि गर्न दिदैनौ। प्रगतिमा भन्दा अधोगतिमा खुसि हुन्छौ। अर्काको कुरा काट्न र खुट्टा तान्नमा हाम्रो नेपाली मन खुसिहुन्छ। विभिन्न जुलुस र विरोधको नाउमा देशको संरचना, सम्पति तोडेर बहादुर सम्भि्करहेका छौ। प्रत्येकदिन हामी आफूले आफैलाई गरिब बनाईरहेका छौ। गरिब हुदै जानुको मज्जा पनि बेग्लै हुदो रहेछ। खोइ त धनि देश, सभ्य नागरिक र सम्पन्न नेपाली हुन जानेनौ, सकेनौ। कोहि आगो भएको ठाँउमा कोहि पानी हुनुपर्ने हामी कोहि पानी हुन चाहेको छैनौ, हामी सबैलाई आगैआगो हुनु परेको छ। सबै मिलेर देशलाई कङ्गाल बनाऔ, समकालिन अन्यदेशहरुमा गई दासदासी हुनुमा गर्व गरौं आखिर जिन्दगी जिउनुलाई हो जसरी जिएपनि हुन्छ। यो संन्देश हिमाल मिडिया घट्ना संग सम्बन्धित यसपटकको पत्रकारी विवेक र सरकारी रवैयाले पनि दिएको छ।
पत्रकारिता गम्भिर भन्दा बढि संवेदनशील क्षेत्र हो। सचेत भई यो कर्म र धर्ममा लागौ। राज्यको चौथो अङ्ग पत्रकारितालाई बढि समाज प्रति उत्तरदायि बनाउन आजै तपाई सचेतबर्गबाट पहल गरौ। कोहि पनि बेखबर नरहौ। सूचना हाम्रो नैसर्गिक अधिकार हो भने यसलाई उपयोगि बनाउने जिम्मेवारी पनि तपाई हाम्रै हो। सूचना हाम्रो सम्पति र शक्ति दुबै हो यसलाई मर्यादित बनाऔ यसैमा सबैको कल्याण छ।
biswasdip@ymail.com
(लेखक साहित्यघर डटकमका सम्पादक तथा वेलायत नेपाली पत्रकार समाज निर्माणको लागि त्रय संयोजक मध्ये एक)

Dec 18, 2008

लिम्बुवानको नजरमा किराया पनि उस्तै

प्रकाश यक्सो लिम्बू
हिजोआज 'किरात रार्इ यायोक्खा' भन्ने एक जातीय संगठनले लिम्बुवानभित्र पसेर उत्पट्याङ्क मचाउँन खोज्दैछ । उसले लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई कुनै हालतमा नमान्ने तरखरमा रहेका छ । स्पष्ट रुपमा भन्नुपर्दा किरात रार्इ यायोक्खाले बृहत किरात स्वायत्त राष्ट्र-राज्यको आवरण भिरेर खम्बुवानको विस्तार र लिम्बुवानको विनाश गर्न खोज्दैछ । त्यसैले अहिले उसको सम्पूर्ण ताकत लिम्बुवानमा ल्याएर खन्याउँदै पनि छ । हुनसक्छ सायद उसले पनि लिम्बुवानको भर्याङ्ग चडेर उचाई छुन खोजेको होला । तर यस्तो बिना प्रमाण र बिना आधारको षड्यन्त्रको पोकोमात्र बोकेर हिड्दा एक दिन त्यै पोको आफैलाई भार हुन्छ भन्ने कुरालाई उसले नबुझेको हुनसक्छ । अब किरात र्राई यायोक्खाको यस किसिमको क्रियाकलाप लिम्बुवानमा बढ्दै गएमा लिम्बुवानवासी पनि मुखदर्शक भएर बस्ने कुरै भएन । किरात रार्इ यायोक्खाको बृहत किरात स्वायत्त राज्यको प्रस्तावित् खाका हेर्दा उसले मुस्किलले पहाडका जम्मा १४३ गा. बि. स. लाई मात्र लिम्बुवान भन्दोरहेछ । अनि लिम्बुवानको ऐतिहासिक भू-स्तम्भलाई लगभग पुरै भत्काएर जातीय बसोवासको आधारमा जातैपिच्छेको नयाँ नामराज्य निर्माण गरिदिने अर्थात विवाद भएको स्थितिमा जनमतसंग्रह गरेर टुङ्गो लगाइदिने जस्ता अनेकौं भ्रमवाजी षड्यन्त्रहरु लिम्बुवानमा फ्याकिदिने उसको दाउ रहेछ । र्सबप्रतम त, उसलाई लिम्बुवानको ऐतिहासिक आधार स्तम्भ भत्काउने नैतिक आधार दियो नै कस्ले ? दोस्रो, प्राचीन किरात जाति वा यलम्वर हाङ्गको किरात राज्यको ऐतिहासिकतालाई पक्डेर आज बृहत किरात राष्ट्र-राज्यको सपना देख्ने तर किरातकालभन्दा पनि पुरानो र अहिलेसम्म अस्थित्वमा रहेको लिम्बुवान राज्यको ऐतिहासिकतालाई चाहिँ नमान्ने यो कस्तो दैद्य चरित्र उसको - ऐतिहासिकतालाई पनि नमान्ने खाली जनमतसंग्रह मार्फ नयाँ नयाँ जातीय राज्यको निर्माण गर्दै जाने हो भने अब नेपाल देश पनि नभनेर किरात देशको लागि जनमतसंग्रह गराउदा पनि त भयो नि होइन र ? भोलि फेरी जनताले किरात देश पनि होइन बरु मधेस, खस वा अरु कुनै जतिनामको राज्य बनाउँनुपर्छ भन्न चाहे भने त्यो पनि त स्वीकार गर्नु नै पर्यो । कि कसो ? गाँठे ! त्यसो हो भने त अब विकास सिकास शान्ति, प्रगति होइन बरु आ-आफ्नो जाति बृध्दि विकासतिर लाग्ने अनि जनमतसंग्रह गर्दै आफुले भनेजस्तो जातिनाम राज्य निर्माण गर्दै हिड्नुपर्ने पो हो कि क्याहो हँ ! आखिर किरायाले जस्तै ऐतिहासिकतालाई नमान्ने हो भने त जस्ले जे बनाउँदा जे गर्दा पनि त हुँदोरहेछ नि होइन ? तर मेरो विचारमा एउँटा अस्थित्वको स्वायत्त राज्य बन्नका लागि कम्तिमा पनि उसँग कुनै समयमा राज्यशासन गरेको ऐतिहासिक पृष्ट्रभूमि हुनुपर्छ । जस्तो लिम्बुवान, यो वि. सं १८३१ अघि एक स्वतन्त्र राष्ट्र र पछि नेपाल अर्न्तर्गत विशिष्ट स्वायत्त राज्यको रुपमा रहिआएको राज्य हो । यहाँ किरातकालिन यलम्वर हाङको किरात राज्य भनेको मुख्यतः काठमाण्डौं उपत्यका मात्र हो । लिम्बुवान कहिल्यै पनि किरात राज्यमा थिएन । वास्तवमा यो वल्लो, पल्लो र माझ किरात भन्ने शब्दनामहरु विशेष गरेर नेपाल एकिकरण (राजा पृथ्वीनारायण शाह) पछि नै बढि प्रचलनमा आएको हो । किरात शब्दलाई जो जस्ले जसरी अर्थ लगाइदिएको भएतापनि यो खासगरी अरु (हिन्दू खसजाति) ले हाम्रा जातिलाई रिसबश भनिएको शब्द मात्र हो । त्यसैले मेरो एउँटा सुझाव किरात रार्इ यायोक्खालाई, अब यो सब उत्पट्याङ्क कुरामा अल्झिरहनु भन्दापनि बरु बेलैमा सोच्ने कि मेरो मातृभूमि 'खम्बुवान' कहाँ छ भनेर ? पहिले त्यो खोज्ने । अनि त्यसको दिगो रक्षा, विकास शान्तिका लागि अहिलेदेखि नै कम्मर कसेर लाग्दा पो राम्रो हुन्थ्यो कि ! खैर, 'बुझनेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको बिड' मात्र ।
अन्त्यमा, अरुण पश्चिम खम्बुवान र अरुण र सप्तकोशीनदी पूर्व लिम्बुवान हो भन्ने सत्यतथ्यलाई बुझेर पनि किरात राई यायोक्खाले लिम्बुवान र खम्बुवानमा पहिले कहिल्यै पनि किरात राष्ट्र-राज्य नभएको अहिले आएर किरात स्वायत्त राज्य बनाउँने भावनामा अरुणरसप्तकाशीनदी पूर्वको वास्तविक लिम्बुवानलाई खुम्च्याएर लिम्बुवानमाथि खम्बुवानको विस्तार गर्न खोजेको प्रस्टै बुझन सकिन्छ । यहाँ अरुण पश्चिम खम्बुवान र अरुण-सप्तकोशीनदी पूर्व लिम्बुवान हो भन्ने सत्यतालाई इतिहासले नै प्रस्ट्याइसकेको अवस्था छ । मुख्यतः लिम्बू र खम्बू दुवैलाई किरात भनिएको कारणले गर्दा यहाँ किरातको पनि प्रसंग आएको हुँनसक्छ । तर, यो 'किरात' शब्द लिम्बुवान र खम्बुवानको साझा जातिनाम मात्र हो । साझा किरात राष्ट्र-राज्य कदापि होइन । त्यसकारण अब चुपचाप लिम्बुवान हलचल गर्न थाल्दैछ । लिम्बुवान प्राप्तिका लागि अहिले लिम्बुवानमा आगो दन्किरहेको अवस्था छ । त्यो घट्ने होइन बड्ने क्रममा छ । दन्किरहेको आगोमा हाम्फाल्नु भनेको निश्चित रुपमा उ पनि खरानी हुनु हो । त्यसर्थ लिम्बुवानको विरुद्घ जो कोही उभिन्छ उ लिम्बुवानको कारवाहीमा पर्नसक्छ । लिम्बुवान आन्दोलनको साङ्केतिक भाषा पनि यही हो ।

Dec 14, 2008

समाधिमा एक थुँगा फूल

गोविन्दराज भट्टराईँ
मंसिरको पहिलो दिन, खादबारीमा झलमल्ल घाम लाग्यो । अरुणपारिदेखिको चिसो सिरेटोले छुदाछुदै हामी पोखरी बजारमा भेला भएर बिस्तारै उकालियौं । धूलो बाटोमा कतै हिलो बाटोमा कतै गाडी पछि सर्न खोज्थ्यो तर नया उत्साहसाथ माथिमाथि चढ्दै गयौं । त्यहा डोजरले तछारेका कान्लाहरू मास्तिर बारीमा कोदो झपक्क छ, कत्रो ठूलो अम्बाको बोट फलिरहेको, भोगटेमा पनि फर्सि पाकेर तन्किरहेको, सुन्तला पहेंलिन मात्रै थालेका, टाँकी फुलेर सेतै, यो अर्को संसारमा धानबारी मुन्तिरको जङ्गलमा पैयु फुलिरहेको- कति रमाइलो आज , पैयुको रूखै गुलाबी . यस्तो बेलामा फुल्दोरहेछ नि ? बाटाका प्राचीन घरगोठहरू हेर्छु- कतिपय छाना खरका, चुलाको धूवाँले गारामाथि चढेर गरेका कलाकर्महरू, दैला र सिकुवा, एउटा राडी बिछयाएको खाट एकछिन बिसाउने हो कि , यी पुराना, शेक्सपियरका कटेजहरू थुप्रै अप्रदूषित बासघारीमाथि, कोदाबारीमुनि, भैंसीगोठ पर्तिर तरुलका लहरा बटारिएका- खन्ने बेला भयो कि ? धराप छ बाटो- ढुङ्गा उत्तानो परेर, तेर्छिएका, घोप्टिएका, गिटीभन्दा ठूला तिखे, दर्सिन, फोस्के । मोटर बुरुक्कै उचालिन्छ र भ्वाक्कै पछारिन्छ, कोल्टिन्छ, हल्लिन्छ, थतर्किन्छ, नाचेझैं पनि गर्छ, साघुरो च्यापबाट कतैकतै खेतको बीचबाट कताकतिका खोल्सेनी नाघ्दै । तलको माल्टा देखियो, हरियो । के त्यो ज्यू अब माल्टाको माल्टा हो - क्रिस्टोफर मार्लोलाई नै सोध्न मन थियो- कसरी तिमीले सङ्खुवासभाको माल्टा भूमध्यसागरमा पुर्‍यायौ, हे मार्लो , दिङ्ला, चन्दनपुर, मादी, धुपू नजर घुमाउदै हाम्रो जब्बर महिन्द्रा डाडाको टुप्पैमा पुग्यो । यता फर्केर हेर्दा लामो गालो खादबारी शिरमा राखेर धान पाकिरहेको, कतै उठाउदै । उता तल अरुणपारिको भोजपुर लमतन्न रहेको । अनेक तरेली डाडा आ-आफ्नै नाम लिएर सुतिरहेका । छयाङ्कुटी पुगेर बिसायौं । यो भेडेटारभन्दा उचाइमा हुनुपर्छ यो छयाङ् बेच्ने कुटी तर त्यस्तो केही थिएन । राकेभन्दा माथिको रक्से जतिको होला । माथि हरियै जङ्गलले ढाकेको लहरीखर्क, अर्को गालो दिदिङ् । कति सुन्दर, रसिलो र आकर्षक गाउ, यता लेलेको झल्को मेटाउने कत्रा खेती र बस्तीहरू । छयाङ्कुटीबाट छयाङ्गै देखिने मकालु शृङ्खला, हिउलाई छोएर चल्ने चिसो बतास । त्यहाबाट हाम्रो बाटो अब एक अगम्य प्रदेशतिर मोडियो । एक अध्यारो कालो जङ्गलभित्र पस्यो । उत्तिसघारी आयो, चाप र गुरास भरिए । यतिखेर चाप फुल्ने छैन, गुरास फुल्नेछैन, ती हरिया पातमा छन्, धेरै तल पैयु फुलेका पाटाहरू छुटिसके । यो प्राचीन जङ्गल, सृष्टिजतिकै पुरानो हुनुपर्छ । भित्रभित्र जमिन ढाकेर अलैंचीको बोट छपक्क हरियै नुहेका पात, भर्खर गोडिएर बसेका । बाटामुनि अलैंची, बाटामाथि अलैंची, अलैंची नै अलौंची, हरियै- यो चिचिलाको पातल जति भित्र पस्यो त्यति एउटा गहिरो अगम्य दहमा पसेजस्तो । ओसिलो जमिन छ, चिप्लो फुस्रो माटो, कतै पानी छिपछिपे, टयाक्टरका डोबले गरा पारेको, काला खोल्सा, फुत्त भालु निस्केर नाच्लाजस्तो- कसले रोप्यो होला यसरी दिनभरि हिड्दा नसकिने पातलभित्र अलैंची, इलाममा भन्दा धेरै । माथि पातलको छानोले छेकेर घाम देखिदैन, तल अलैंचीले ढाकेर भुइं देखिदैन । रबर्ट फस्टले द उड्स् आर लभ्ली डार्क एन्ड डिप भनेको जङ्गल यही थियो कि चिचिलाको पातल - रूखतिर हेर्छु ससाना त्रि्रामा भ्याङ्ले सुरुवाल भिरेझै, फेददेखि टुप्पैसम्म बोक्रो नदेखिने गरी झयाउले ढ्याप्पै टालिएका छन् खासाको हरियो भुत्ले कम्बल बेरेजस्तो । उभिएका कट्टुस होलान्, चाप, गुरास यस्तै होलान् । सोत्तर झोडी र अन्य बुटयान पनि उम्लिरहेकै छन् । खोल्सापारिबाट टिर्लिङ्टिर्लिङ घन्टी बजाउदै खच्चरको ताती, बोराभरि अलैंची बोकेर बजार झरेका एक सुरमा, एक गतिमा, यताबाट अर्को ताती भारी बोकेर गाउँ हिडेका- हामी एकछिन रोकिन्छौं । इन्द्रले आज यो अत्यन्तै कच्ची, जङ्गली मार्गमा यन्त्रलाई दाउदै छन्, अब छिट्टै यहाबाट यी सारा खच्चर गधा घोडा विस्थापित हुनेछन्, ढाकर तोक्मा सँगै जानेछन् । निकैबेरपछि जङ्गल सकियो र उदाङ्गो डाडो आइपुग्यो । सस्याना बुटयान र ऐंसेलु घारी, नागीजस्तो- धेरै टाढाबाट मकालुले नित्य हेरिरहेको । 'यहा एकछिन बिसाऔं सर', कुबेरले प्रस्ताव गरे । चिचिलाको डरलाग्दो पातल काटेर अर्कै उदात्त भूमिमा टेक्ता मन पनि अर्कै भएको थियो । चराको आवाज अर्कै, बतास अर्कै, झोडीभित्रका वनफूलको रङ्ग अर्कै, यो भञ्ज्याङमा बिसाएर दुवैतिरको अनन्त विस्तृति, कालिमा र अगम्य प्रकृतिलाई हेर्ने रहर उठ्यो । हामी सबै ओर्लियौं । नजिकमा तीन-चारवटा छाप्रा थिए । बाक्ला ज्याकेट लगाएका नरनारी देखिए, पछिपछि राता गाला गरेका केटाकेटी पनि थिए । छेउमा उभिएको एउटा प्रौढोन्मुखलाई कुबेरले सोधे- वीरबहादुर दाइ, त्यो घटना कहानेर भएको थियो - पातला दारी, घुर्मैला वस्त्रमा पचास पचपन्नको जीउ होला, वीरबहादुरले औंल्याए, 'ऊ त्यहानेरि ।' हामी कुनै नौला र विशेष हौं कि भन्ठानेर सायद दस-पन्ध्रजना त्यहा भेला भए । अर्को अधबैंसे हाम्रो नजिक आएर बुढिऔंलाले भुइं कोटयाउदै भन्यो- 'होइन काम्रेड यहानेरि पो त । यहीनेर रातै थियो रगत पोखिएको ।' म झसङ्ग भए । आज कस्तो रहस्यमय कुरा भइरहेछ , कसको रगत हो ? कसरी यो अनकण्टार प्रदेशको निर्जन बाटोमा पोखिएको । त्यो वक्ताले यसरी प्रस्तुत गर्‍यो मानौं त्यो चिल्लो, पटपटी फुटेको चिम्टे माटोमा अझै रगत टल्किरहेको छ ।
के कुरा हो त्यस्तो वीरबहादुर दाइ - मैले पनि जिज्ञासा राखें ।
एकजना बैनी मारिएको, माओवादी मिलिसिया ।
तिनी को थिइन् ?
'सीमा भन्छ पार्टीको नाउले उसको नाउ’
ता थाहा छैन । तेरथुमको केटी हो ।' पर्तिर मुढाका फलैंचा थिए, त्यहा ढाकर बिसाउनेहरू थिए । हाम्रा वरिपरि ती पनि थपिए । दोकानबाट काम छोडेर अरू महिला र रातागाले नानीहरू पनि जम्मा भए । पच्चीसतीस पुग्यौँ ।
'कसरी त्यस्तो हुन गयो ?'
आर्मीहरू चिचिलाको पातलबाट यता आइरहेका थिए , माओवादीहरू कुवापानीतिरबाट । उनीहरूलाई आर्मी आउदै छ भन्ने पत्तो भएन । यहा दुवैको जम्काभेट हुनासाथ डयाम्मै गोली पड्कियो । अरू भागेर तल र माथि झोडिभित्र, वर र पर कहा पुग्यो पुग्यो । भेडाबाख्रा तर्छेर उफ्रे जस्तो भयो तर सीमा अघिअघि थियो, एकै गोलीमा डङ्ग्रङ्गै लड्यो । ढलेपछि परक्कै बटारिएर त्यो भित्तामा पुगेको थियो, फेरि गोली पड्कायो । निकैबेर छटपटिएर यो बाटो रक्ताम्मे भएपछि ऊ सोर्गे भयो । अरू जिज्ञासाहरू बाकी हुदै जीउ सिरिङ्ग भयो । यो डाडाको माथि, भञ्ज्याङ परेको ठाउमा तलदेखिको सिर्सिरे बतासले सबै बुटयान र सेउला हल्लाइरहेको थियो, बुकी फूल पनि थर्थरी कामिरहेको । अनि वीरबहादुर अघि लागे, हामी पछिपछि, केही पर पुगेर उनी एउटा थुम्किमा चढे, हामी पनि उक्लियौं । त्यहा पुगेपछि झन् चिसो बतासले वरिपरिका बुटयानहरू हल्लाउन थालेपछि एउटा स-सानो ढिस्कोतिर देखाउदै उनी बोले- 'हामी गाउलेले मिलेर उसलाई यहा गाडिराखेका छौं । यहींनेर केही बनाउने विचार छ ।' छेउमा गएर हेर्‍यौं- छ हात लामो समाधिस्थल चारवटा ढुङ्गाले छोपिएको थियो । ती पातला चेप्टे ढुङ्गामाथि हरियो लेउ बसेको थियो, बाकी फुस्रो लेउले ढाकिसकेको माटो र झारपात । अब त्यहा माटो खनेको, चिहान बनाएको कुनै निसाना थिएन, बुटयान र झारपातको बीचमा एक समाधिस्थल थियो ।
'सीमाको उमेर कति भएको थियो होला दाइ ?'
'सोरसत्र' एउटा उत्तर आयो ।
तर वीरबहादुर बोले 'होइन, उन्नाइस किनभने हाम्रो पाटीले अठार नपुगी बिहे गर्नु दिदैन । सीमाको बिहे भइसकेको थियो । उनको पेटमा गर्भ थियो ।' त्यसबेला मैले सजनलाई सम्झें- गर्भवती मृगिणी मृतावस्थामा, उनी विलियम स्टयाफोर्डको यो कविताले एकपल्ट अति द्रविभूत थिए । आज गर्भिणी सीमाको समाधिमाथि ढुङ्गाको चेपबाट उन्युको बोट पलाइरहेको थियो अनि एउटा ऐंसेलुको बोट आकाश ताकेर उभिएको थियो । त्यो रोपिएको हो कि? यो वनफूलमा पनि स-साना जुनकीरीजत्रा सेता टीका लाग्छन् । त्यो समाधिमा एक थुगा चढाउन मन थियो तर त्यो फुल्न बाकी थियो अनि हामी फर्कियौं । यद्यपि यो मन फर्किएन । चिहानमाथिको हरियो ऐंसेलुलाई फर्केर हेरें, मलाई एमिली डिकिन्सनको सम्झना भयो, उनको ह्वेन आई एम डेड, माई डियरेस्टको-
म मरेपछि हे प्रियतम
मेरा नाममा उदासी गीत नगाउनू
शिरमा नरोप्नू कुनै गुलाफ
छायादार साइप्रेस पनि नरोप्नू
ममाथिको हरियो घास
वर्षा र शीतले हरियै रहोस्
मनलागे तिमी सम्झी रहू
मनलागे तिमी बिर्सिरहू
म कुनै छाया देख्ने छैन
वर्षाको अनुभूति हुनेछैन
दुःखमा गाउने कुनै कोइलीको स्वर
मैले कदापि सुन्नेछैन
अनि कहिल्यै नउदाउने र नअस्ताउने
सन्ध्यामा सपना देख्तै
म सम्झी रहुला
म बिर्सिरहुला ।
यताको दिदिङ, परको बङ्सिनाम, माथिको गोरुजुरे- डाडाको टुप्पालाई मकालुदेखिको बतासले उडाउन खोज्यो । यतिखेर तल मत्सेपोखरीको कालो जङ्गलमा स-साना रातापाण्डा उफ्री रहेका होलान् । गर्भिणी सीमाको नानी ? कति भयानक कल्पना भनौं कि दिवास्वप्न , बाटामा दाउराका भारी बोक्ने आमाहरू थिए, पर्तिर झुपडीको डिलमा क्याराम हानिरहेका छोराहरू थिए । मनमा एउटा जिज्ञासा उठ्यो, 'कहिलेको घटना हो यो दाइ ?' 'पुग्यो, तीन-चार वर्षको पुग्यो । त्यो बच्चा जन्मिन पाएको भए यो यत्तिकै अग्लो भइसक्ने थियो ।' उनले चिहानको डिलमा उभिएर त्यो ऐंसेलुको बोटमाथि हातले इसारा गरे- उनले त्यो बोट जत्रो भनेको हो कि आफ्ना हातले अड्कलेको उचाइ जत्रो भन्न सकिनँ तर मैले त्यो ऐंसेलुमा एउटा स-सानो, गालामा रगत भरिएको बालक देखें, सीमाका फेरमा समातेर त्यो बन्दुक खेल्दै थियो । अनि म बोलेँ-
सपना बनाइदिनेहरू कहा पुगे
तिमी चिसो माटोमा छयौ
सपना भत्काइदिनेहरू पनि
कहा पुगे
तिमी चिसो माटोमा छयौ
टाढा उभिएकी भए ऊ
टुकुटुकु हिडिरहेको देख्नेथ्यौ
चढाइरहेछु आज तिम्रो समाधिमा
यो एक थुँगा फूल ।
एउटा अन्तिम जिज्ञासा थियो- 'अनि त्यो गर्भस्थ शिशु पनि त्यही दफनाइयो -' तर वातावरण गम्भीर भयो, अनि हामी यो भेटलाई अन्त्य गर्दै ढिस्को ओर्लेर बाटामा पुग्यौं । आजका सूर्य पनि अस्ताचल पर्वतमा ओर्लिसकेका थिए । हामीलाई फर्किन ढिला भइसकेको थियो ।
कान्तिपुरबाट

Dec 13, 2008

चासोक कसरी मनाउने ?

दिल पालुङवा लिम्वु
लिम्वुहरुको महान चाड चासोक तङनाम व्यापक रुपमा मनाउन थालिएको पनि १२-१५ वर्ष भैसकेको छ । तर यो चाडको गरिमा त्यति वढेको पाईदैन । लिम्वुवानमा दशैको वहिस्कार संगै यो चाड प्रतिस्थापन गरिएको थियो । तर अहिलेसम्म जति व्यापकता भैसक्नुपर्ने हो भएको छैन । तसर्थ यसवारे केही वहसको आवश्यकता देखि यो लेख तयार पारिएको प्रसंग यहा उल्लेख गरिन्छ । वास्तवमा दशै लिम्वुहरुको शुद्ध चाड थिएन । तर यसमा केही मिसमासचाही अवश्य थियो । जस्तो आफन्तजनसंग भेटघाट, अन्न पाकेको खुखीयालमिा टिका आदि । तर हिन्दूकृत वढी भएको र सरकारद्वारा दवाव स्वरुप मान्नु पर्ने वाध्यताको कारण दशैप्रति वितृष्णा भएको हो । अव जे होस लिम्वुहरुले दशै मनाउन छोडे । यसलाई मनाउनु पर्छ भन्ने छैन । त्यसको लागि लिम्वुहरुको मौलिक चाड चासोकलाई विस्तृत रुपमा मनउन पर्ने हुन्छ । अव कसरी मनाउने चासोक तङनाम ? प्रश्न उठ्छ । यसको लागि दशैंमा मनाईने लिम्वु मौलिकताका कुराहरु क्रमश प्रतिस्थापनगर्दै लैजानु पर्दछ । जस्तै आफन्तजनसंग भेटघाट गर्ने काम, मावल माईति जाने काम, टिका लगाउने काम, नया लुगा लगाउने काम गरिनु पर्दछ । त्यस्तै खानाको लागि खाईने विविध परिकारहरु वनाईनु पर्दछ । यो क्रम भयो भने समाजमा अर्कै किसिमको प्रभाव पर्दछ । नया लुगा लगाउने, विविध खान पाउने, खेल्न पाउने कार्यले केटाकेटीमा पनि चाडको गहिरो छाप पर्दछ । त्यसैले चासोकको गरिमा वढाउने हो भने हामीले यो काम गर्नै पर्दछ । यसको लागि व्यक्तिगतभन्दा संस्थागत पहल प्रभावकारी हुन्छ । पहिले संस्थागत कार्य गर्नुपर्दछ । त्यसपछि यो क्रमश व्यक्तिगत तथा पारिवारिकतामा आउनेछ । तसर्थ चुम्लुङ लगायत अन्य लिम्वुजन्य तथा धार्मिकजन्य संस्थाहरुको ध्यान यतापटि्ट जान अति जरुरी छ । सेवारो ।

झुटको खेती कहाँ सप्रन्छ र ?

प्रकाश यक्सो लिम्बू
एकाध बाहेक प्राय नेपालका राजनैतिक दलहरु लिम्बुवानप्रति सकरात्मक छन् भन्ने अवस्था नै छैन । नेपालको नयाँ संविधान लेखन् प्रक्रियाको मुखैमा आइपुग्दासम्म राजनैतिक दलहरुबाट लिम्बुवान हेर्ने दृष्टिकोण स्पष्ट त के र नयाँ बन्ने संविधानमा फेरी पनि लिम्बुवान नराख्ने षड्यन्त्र हुँदैछ । यता नेकपा माओवादीले अस्पष्ट लिम्बुवान राखेपनि त्यो यथार्तमा अपाङ्ग लिम्बुवान चाहिँ पक्कै हो । अब त्यो अपाङ्ग लिम्बुवान न चल्नसक्छ न बोल्न नै । उसको बर्तमान र भविश्य भनेको माओवादीको हातमा हुन्छ । के यही हो त नेकपा माओवादीले भन्ने गरेको नागरिक अधिकार र जनभावनाको कदर ? यहाँ सबैले बुझनै पर्ने कुरा के हो भने लिम्बुवानवासीको चाहना भनेको विकास मात्र होइन उनीहरुको पहिचान सहितको सुरक्षा पनि हो । भनिन्छ, विद्वानहरु इतिहासको नष्ट होइन जगेर्ना गर्छन् । र, उनीहरु सत्यतथ्यको खोजिकार्यमा अति गहिर्राई डुब्छन् र अति उचाई पनि भर्छन । अरुण-कोसी नदी पूर्वका ९ जिल्लाहरु लिम्बुवान हो भन्ने सच्चाइलाई जानाजान् कुल्चेर पहाडि ५ जिल्लाहरु (धन्कुटा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङ्ग) लाई मात्र लिम्बुवान भन्नु नेकपा माओवादीको साधरण गल्ति मात्र होइन सुनियोजित षड्यन्त्र नै हो भन्न सकिन्छ । हुँनत सिङ्गो लिम्बुवान निल्न खोज्नेले सायद यति काम गरिदिंदा ठूलो दानधर्म गरेको सम्झयो होला । तर विना आधार र विना सच्चाइको झुटको खेती कहाँ सप्रन्छ र ? भनिन्छ, भकुण्डोलाई जति ठोक्यो उति नै उफ्रन्छ । अहिले लिम्बुवान प्राप्तिका आन्दोलनहरु झन्झन् मडारिन्दै जाने क्रममा छ । हुँनत नेकपा माओवादी पार्टीभित्र पनि केही चाहिँ लिम्बुवानप्रति सकरात्मक नै छन् भन्ने अवस्था पनि छ । जस्तो, उसैको भातृसंगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले अरुण-कोसी नदी पूर्वका ९ जिल्लाहरु लिम्बुवान कै भूभाग हो भन्ने कुरालाई स्वीकार गरेको छ । त्यो कुरा संयुक्त लिम्बुवान मोर्चामा उ आवद्घ हुनुले त्यही कुराको संकेत दिन्छ । र, यसमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र मोर्चाका अध्यक्षः श्री प्रसाद जवेगुको भूमिकालाई त्यो हदसम्म राम्रै भएको मान्नुपर्छ ।

Dec 11, 2008

लिम्बुवानको अस्थित्वमा माओवादीको खेलबाड

प्रकाश यक्सो लिम्बू
किरात राज्यको बखेडा प्रस्ताव पहिले नेकपा माओवादीले झिकेको थियो । त्यसको प्रमुख नाइके गोपाल किराती (खम्बू) थियो । त्यो प्रस्तावमा लिम्बुवानको कुनै अस्थित्व राखिएको थिएन । त्यसको खिलापमा लिम्बुवानले धावा बाल्यो । नेकपा माओवादी भित्र पनि लिम्बुवानको पक्षमा आवाज उठ्न थाल्यो । त्यसपछि नेकपा माओवादीको पाँचौ बिस्तारीत बैठकले लिम्बुवान राख्न बाध्य भयो । यसरी उसले लिम्बुवान त राख्यो तर हात, खुट्टा र टाउकै नभएको मुर्कुटा लिम्बुवान बनाएर राख्यो । नढाँटी भन्नुपर्दा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई जानाजान कुल्चेर उसले आफ्नो स्वार्थ अनुकुलको लिम्बुवान राखेको छ । अहिले नेपालको नयाँ संविधान लेखन प्रक्रिया शुरुहुँदैछ । तर अझैपनि नेकपा माओवादीको लिम्बुवानप्रति हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन । जनताको भावनालाई सम्मान गर्छु भन्ने माओवादीको क्रियाकलाप हेर्दा लाग्छ, उही पुरानै उखान 'नयाँ बोतलमा पुरानै रक्सि' भने जस्तै मात्र हो ।

आठसय जिल्लाको नयाँ नेपाल' को औचित्य के ?

प्रकाश यक्सो लिम्बू
अहिले सरकारको नेतृत्व नेकपा माओवादीले पाएको छ । र, राज्य पुनःसंरचाना मन्त्रालयको जिम्मा पाएकाछन् मन्त्री गोपाल किरातीले । र, हालसालै मात्र मन्त्री किरातीले आठसय जिल्लाको नयाँ नेपाल’ खाका कोरेर देखाएकाछन् । चौंधवटा स्वायत्त राज्य निर्माण हुने भनिएकोमा नेपालको पूर्वोत्तरमा एउटा नयाँ शेर्पा राज्य थपिएको देखियो । जुन बिल्कुलै आधारहीन रहेको छ । त्यो क्षेत्रहरु युगौं युगदेखि लिम्बुवान र खम्बुवान अर्न्तर्गत पर्ने भू-भाग हो । त्यहाँका आदिम भूमिपुत्र जाति भनेको लिम्बू र खम्बूहरु हुन् । शेर्पाहरु होइनन् । किनकि शेर्पाहरु आजभन्दा चारपाँचसय बर्षअघि (सन् १५३०-१८५०) मात्र पूर्वी तिब्बतबाट नेपाल छिरेकाहुन् । सबैभन्दा पहिले उनीहरुको आगमन सोलुमा र बिस्तारै उत्तर खुम्बु क्षेत्रतिर बसोबास हुँदैगएको देखिन्छ । अहिले चाहिँ उनीहरुको बसोवास नेपालको पूर्व पश्चिमसम्म। फैलिएको छ । शेर्पाहरु सोलु र खुम्बुमा आउनु अघि त्यो क्षेत्र खम्बुवानको स्वामित्वमा थियो । त्यसैगरी अर्को एउटा नेपालको पूर्वी तर्राईमा 'कोचिला राज्य' भन्ने नाम राखिएको छ । इतिहासले त्यो क्षेत्रलाई लिम्बुवान-मोरङ अन्तर्गतको भूभाग देखाउँछ । र, त्यहाँको प्राचीन आदिवासी भनेको खाम्बोङबा याक्थुङबाहरु हुन् । कोचिला नामको राज्य न लिम्बुवानमा, न नेपालमा कहिँकतै पनि पाइन्दैन । त्यसकारण कोचहरु (राजबँशी) उत्तरपूर्वी भारतबाट माइग्रेशन भएर नेपालमा पसेका हुन् भनेर त्यसैपनि अनुमान गर्न सकिन्छ । कोच राजा विश्वसिंहले सोह्रौं शताब्दीतिर उत्तर पूर्वी भारतमा 'कुच विहार' अर्थात 'कमता' भन्ने राज्यको स्थापना गरेका थिए । उनीहरुको बँशले त्यहाँ चौबिस पुस्तासम्म राज्य गरेको इतिहास छ । अहिले त्यो 'कुच विहार' राज्य खुम्चिएर पश्चिम बंगाल राज्यको एउटा जिल्लाको रुपमा मात्र सिमित रहेको छ । यस हिसाबले हेर्दा लिम्बुवान राज्यभित्र न शेर्पा राज्य, न कोचिला राज्य बन्ने कुनै ऐतिहासिक आधार देखिन्दैन । त्यसर्थ नेकपा माओवादी अर्थात मन्त्री गोपाल किरातीले प्रस्ताव गरेको आठसय जिल्लाको नयाँ नेपालको खाका बिल्कुल व्यक्तिवादी, अपरिपक्क, निराधार मात्र होइन औचित्यहीन पनि छ ।

Dec 10, 2008

किरात चाड उधौली साकेला,चासोक तङनाम अनि फोलष्याँदर र चोसोवाको बिशेष चर्चा

नगेन्द्र ईङनाम "आठराईली"
गोपालवंशी, महिसपालवंशी, किरातवंशी, लिच्छवीवंशी, मल्लवंशी र शाहवंशी युग हुँदै नेपाल यो वर्तमान युगमा आइपुगेको हो । वर्तमान युग नेपाली सभ्यताको हालसम्मको चरमोत्कर्ष अवस्था हो । यसको विकासको आरम्भ भने किरात कालमा आएर शुरु भएको थियो भन्ने कुरा "किरातहरुको शासन नै नेपाली संस्कृतिको उत्पत्ति काल हो" भन्ने तथ्य विभिन्न लेखकहरुका लेखहरुले पुष्टि गर्दछ । नेपालमा ३३ पुस्ताका किरात राजाहरुको शासन अवधिमा नेपालको आफ्नो आर्थिक, सामाजिक,कला साहित्य र धार्मिक जीवनले पूर्ण आकार ग्रहण गरिसकेको थियो ।
वर्तमान युगसम्म आई पुग्दा हाम्रो देश एउटा यस्तो देश बनेको छ जहाँ विविध भाषा, जाति, साँस्कृति र धर्मको अद्वितीय सम्मिश्रण छ । नेपालका १०३ जातिहरुमध्ये ५९ जाति आदिवासी/जनजातिहरु छन । विद्वानहरुको मत अनुसार ५९ जाति आदिवासी/जनजातिहरुमध्ये अधिकांश जातिहरु प्राचिन नेपालमा ३३ पुस्ता साशन गर्ने तिनै किरात वंशका सन्तानहरु हुन । तथापि आदिवासी/जनजातिहरुको स्व-पहिचान गर्ने आत्मानिर्णयको अधिकारका आधारमा भने राई, लिम्बू अनि सुनुवार र याख्खा जातिहरुलाईमात्र किरात वंशका शाखाहरु भनेर नेपालको वर्तमान ईतिहासले चिनाएको र धर्म लिपी र संस्कारको आधारमा पनि यी जातिमात्र किराती भनेर चिनिएका छन । यस लेखमा २०५८ सालको तत्कालिन सरकारले मंसिरे पूर्णिमाको दिनलाई किरात चाड भनेर घोषणा गरेको चाड उधौली साकेला, चासोक, तङनाम अनि फोलष्याँदर र चोसोवा को बारेमा बिशेष चर्चा गरिन्छ ।
प्राचिनकालदेखि नै खेतिपातिमा आधारित जनजीवनमा लगाएको अन्नबाली पाकिसकेपछि भित्र्याउनुअघि आ-आफ्ना ईष्टदेवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नअर्पण गरेरमात्र त्यो नयाँ अन्न खाने परम्परा विद्यमानसम्म प्रचलनमा छ । उत्साहकासाथ मनाइने यो नयाँ अन्नअर्पण गर्ने परम्परागत प्रचलन राई, लिम्बू अनि सुनुवार र याख्खा आदि किरात जातिमा समानरुपमा हुनाले नै समग्रमा यो चाडलाई किरात चाड भनिएको हो । यस चाडलाई राईहरुले उधौली साकेला (चण्डि) लिम्बूहरुले चासोक तङनाम अनि सुनुवारहरुले फोलष्याँदर र याख्खाहरुले चोसोवा का नामले मंसिरे पूर्णिमाको दिन मनाउँदछन ।
किरातीहरु यस पर्बलाई आ-आफ्ना तौरतरीकाले फरक फरक रुपमा मनाउने गर्दछन । चारै जातिका किरातीहरुले यो चाड मनाउने तरीका निम्नअनुसार छन ।
१) -राईहरुको साकेला मनाउने विधि :
उधौली मनाउँदा किरात राईहरु बसोबास गरेको ठाउँअनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरुद्वारा पहिले चुला पुज्ने त्यसपछि बाहिर सार्वजनिक स्थानमा स्थापना गएिका साकेला (चण्डि) थानमा गई मुन्धुमअनुसार पूजा आर्चना गर्ने गरिन्छ । सोही उपलक्ष्यमा मंसिरे पूर्णिमादेखि गाउँ-गाउँ र प्रत्येक घर-घरमा विभिन्न सिलीमा साकेला नृत्य, ढोल, झ्याम्टा, सिर्लिङ र मिरिमा आदि लिई हर्षोलासकासाथ नाच्ने गर्दछन । उक्त साकेला (चण्डि) नृत्यको थालनी नाक्छोङद्वारा कटुसको स्याउला गाडेर गरिन्छ भने विभिन्न नृत्यको भावहरु सिली माङपा र माङमाको निर्देशन अनुसार वृत्ताकार बनाई नृत्य प्रस्तुत गरिन्छ ।
२) -लिम्बूहरुको चासोक तङनाम मनाउने विधि :
लिम्बूहरुले चासोक तङनाम (न्वांगी पर्व) मनाउने विधिविधान बिस्तृत रुपको भएपनि यहाँ छोटकरिकमा वर्णन गरिएको छ । लगाएका अन्नबाली मकै, कोदो र धान पाकेपछि ती अन्न खानुअघि आफ्ना ईष्टदेवताहरुलाई चढाउन चासोक पूजा गरिन्छ । खेतीबारी टाढा भए अन्नका बाला घरमै ल्याई पूजा गरिन्छ भने घर नजिकै भए खेतीबारीमै गएर भुइँ सम्याएर सफा सुग्घर बनाएर पूजा थानको निर्माण गरेर पूजा गरिन्छ । धानको बाला हातैले माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चडाउने चिउरा (साम्बेक) बनाईन्छ भने कोदोको बालालाईपनि हातले माडेर नै कोदोको दानामा मार्चा र पानी मिसाएर पूजाकोलागि जाँड (साप्तोक) र साप्तोक चढाउनलाई साना साना बाँसका पेहेङ (तोङबा) हरु पनि बनाईन्छ । यसरी साम्बेक र साप्तोक तयार भएपछि बटुकामा चोखो पानी र पुज्नलाई पानी छर्कन केराको पात बेरेर प्रयोग गरिन्छ भने घरबाहिर र घरभित्र पुजिईने देवताहरुको नाममा केराको पात राखी थान (लास्सो) बनाई लास्सोमाथि जोर पेहेङ ठड्याई मुन्धुम वाचन गर्दै चोखो पानी छर्कंदै तोङबा (पेहेङ) को जाँड (साप्तोक) पिपा (पित्छिङ) ले लास्सोमा चढाएर पेहेङहरु लडाइ लास्सोलाइ सेलाइएपछि चासोक तङनाम न्वाँगी पूजा सम्पन्न हुन्छ ।
३) -सुनुवारहरुको फोलष्याँद मनाउने विधि : -

मंसिरे पूर्णिमाको दिन परिवार तथा नातागोता जम्मा भएर मनाईने फोल (रापावा) ष्यांदर चाडमा सुनुवार जातिले प्राकृति तथा पितृ पूजा गरेर सुख, शान्ति, समृद्विको कामना गर्दै मनाउने महान चाड हो । सर्वप्रथम अग्नि र ईन्द्रेणीलाई पूजेर अन्य देवदेवी, सूर्य, चन्द्र, आकाश, जल, वायु, भूमि अनि पितृहरुलाई क्रमश: पूज्दै आव्हान गर्दै प्राकृति तथा दैवी प्रकोप, अतिबृष्टि, अनिकाल, रोगब्याधि नलागोस र सहकाल लागोस भनेर कुलपुरोहित (न्हा:सो) हरुद्वारा सार्वजानिक पूजास्थलमा ष्यांदर पूजा गरिन्छ । यदि कुलपुरोहित (न्हा:सो) हरु नपाईएको खण्डमा सुनुवार जातिले आफनै घरको पूजाकोठा (लागपर्गि) मा फुल्पाति, अक्षता, पानी र फलफुल् चडाएर एकजोर जांड (ष्याम) राखेर धुप बाल्दै सामान्य किसिमलेपनि ष्यांदर पूजा सुसम्पन्न गर्ने गर्दछन ।
४) -याख्खाहरुको चोसोवा मनाउने विधि : -

याख्खा जातिका मनिसहरुमा चोसोवा (उधौली) पूजामा नयां अन्नबाट बनेका परिकार पितापुर्खाहरुलाई चडाएरमात्र नयां अन्न घरमा थन्क्याउने र नयां अन्नबाट बनेका परिकार खाने पिउने प्रचलन छ । चोसोवा पूजा गर्नकोलागि पाङ्दुरको जांड पकाईन्छ, पाकेको धान खेतबाट ल्याई सोहि दिन भुटेर चामल बनाई साथमा जोर (भालेपोथी) कुखुरा, अण्डा, बोटसहितको अदुवा, तीनदर्जन केराकोपातको टुप्पा (लाहाचोङ) चोखो तोङ्बा र मेच्चेफुङ (कुशुमे फुल) र केराको पातले बेरेको कलश तयार पारिन्छ । यसरी पूजाको आवश्यक सामाग्री तयार भएपछि घर लिपपोत सफासुग्घर गरेर एउटा कुनामा मान्द्रोलाई घोप्टो पारेर बिछ्याई तीनजोर लाहाचोङलाईपनि लहरै बिछ्याईन्छ र तयार भएका सामाग्रिहरूपनि तिनै ठाउंमा राखेर घरमुली वा मुन्धुम जान्ने ब्यक्तिले मुन्धुममार्फत सम्बोधन गर्दै पूजाको कार्य अघि बढाईन्छ । आफ्ना पित्रिहरुको नाममा नयां अन्नबालीबाट बनेको खानेकुरा चढाउंदै आगामि दिनहरुमापनि यसरीनै पहिले आफ्ना पित्रिहरुलाई चडाएरमात्र आफुले खाने प्रतिबद्वता जनाउंदै चोसोवा (उधौली) पूजाको समापन गरिन्छ ।

नोट : किरात चाडसम्बन्धित यो लेख किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यलयबाट प्राप्त जानकारीको आधारमा http://www.usnepalonline.com/ का साहित्य सम्पादक नगेन्द्र ईङनाम "आठराईली" ले तयार पारेका हुन ।

Dec 9, 2008

लिम्वुवानको इतिहास मेट्न खोज्नेलाई इतिहासले माफ गर्दैन

दिल पालुङवा लिम्वु
जति जति संविधान सभाले संघीय राज्यहरुको खाका कोर्ने समय आउदैछ उति उति लिम्वुवान माथि गिद्धे नजर लगाउनेहरुको कार्य तिव्र भैरहेको छ । यो क्रमलाई अध्ययन गर्दा शुरुमा माओवादी देखापर्यो किरात राज्यको अवधारणा ल्याएर । त्यसपछि लिम्वुवान ल्याउन माओवादीभित्रका लिम्वुवानवादीहरु सफल भएतापनि लिम्वुवानभित्र कोचिला हालियो । यो पनि लिम्वुवान नहोस भनेर हो । यसमा माओवादीका लिम्वुवानवादीहरु वाहुनवादी केन्द्रीय कमीटीको कारण पूर्ण रुपमा सफल नभएको स्पस्ट देखिन्छ । त्यसपछि एमाले आयो लिम्वुवानलाई तमोर र कोच या विराट राज्य हुनुपर्छ भन्दै । यसमा पनि त्यहाभित्रका लिम्वुवानवादीहरु सफल भएनन् । पछिल्लो कालमा जातिय संस्था किरात रार्इ यायोख्खा आईपुग्यो पून किरात राज्य हुनुपर्छ भन्दै । यो एउटा जातिले अरुमाथि हैकम लाद्ने हिसावले अव्यवहारिक र अराजक ढंगले वाहुनवादीकै सिंढी चढेर आएको छ । यसरी विचार गर्दा लिम्वुवानलाई किन यीनीहरु जवर्जस्ती चरणवद्ध आक्रमण गर्दै अन्य राज्यमा रहनुपर्ने वाध्यता देखाउछन् । के यीनीहरु वाहुनवादी सामन्ती संस्कारवाट अझै माथि उठ्न सकेका छैनन् । यी सवैलाई थाहा छ कि लिम्वुवान हुनुपर्छ र हुनसक्छ र लिम्वुवान राज्य भनेको लिम्वुवानको विरासत हो, यो क्रम इतिहासदेखिको निरन्तरता हो भनेर । तर यसरी जान्दा जान्दै पनि लिम्वुवानको इतिहास किन मेट्न खोजिदैछ ? किन लिम्वुवानको भावना कुल्चिईदैछ ? साच्चै भन्ने हो काठमाण्डौको इतिहास जे भएपनि इतिहासको अन्य कालखण्डवाट छुट्टै इतिहास स्थापित भैसकेको लिम्वुहरुलाई / लिम्वुवानवासीलाई किरात भनेको के हो थाहा छैन । यीनीहरुले फिल्डमा गएर सोधुन् ? तिमीहरु किरात चाहन्छौ कि लिम्वुवान भनेर । के जवाफ आउछ । त्यसपछि समग्रमा किरातको कुरा गर्न सकिन्छ । त्यस्तै यी सवैलाई थाहानै छ कि लिम्वुवानको लागि लिम्वुजन्य संगठनहरु लडेर अन्तरिम सरकारसंग लिम्वुवान राज्य ऐतिहासिक आधारमा हुनेछ भनेर सम्भौता भएको । अनि के को वाह्र हातको कुरा ? कुरा सोचनीय छ । तर यीनीहरुले जतिसुकै प्रोपगण्डा छाएपनि, अनर्गल प्रसार गरेपनि लिम्वुवान आप्नो इतिहास विगार्न दिदैन । आफ्नो अस्तित्व भेटन दिदैन । लिम्वुवान यस्ता कुराहरुको शक्त विरोध गर्दछ । सत्यको सधै विजय हुन्छ । लिम्वुवान यो कुरामा पूर्ण विश्वास पनि गर्दछ । लिम्वुवानले हिजो देखि यो कुरालाई मनन गर्दै आएको छ । लिम्वुहरुलाई सिक्किमको भोटे राजाले धोका दिएकोले लिम्वुसंग खाएको कसम तोडिएकोले उसको राज्य उडेको थियो । नेपालमा पनि लिम्वुहरुलाई उनीहरुको अधिकार, जग्गाजमिन खोसेमासे मेरो राज्य मानी पुजी ल्याएको देवीदेवताले भंग गरोस भन्ने पृथ्वीनारायणको कसम उनका सन्ततीले तोडेकोले आज आएर राजतन्त्र हट्नु परेको यथार्थता छ । त्यस्तै अझै पनि लिम्वुवानको वारेमा विखण्डनकारी तत्वहरु सक्रीय छन् । उनीहरुको हालत पनि सकारात्मक अवश्य हुदैन । यो कुरा समयलेनै वताउनेछ । अर्थात यस्ताहरुलाई इतिहासले कदापी माफ गर्नेवाला छैन ।
लिम्वुवानको समस्या यस्तो हालतमा आएपछि आफ्नो अस्तित्व रक्षाको लागि सम्पूर्ण लिम्वु तथा लिम्वुवानवासीहरु सजक र सचेत भएर लाग्नु पर्दछ । यो वेला सवैजनाले विभिन्न पार्टीगत विचारभन्दा माथि उठेर कार्य गर्नुपर्दछ । यदि विभिन्न पार्टीका नेता कार्यकर्ताहरु लिम्वुवान दिलदेखि चाहनुहुन्छ भने पार्टी विद्रोह गरेर लिम्वुवानको खातिर आउन सक्नुपर्छ । किनकी समय चिप्लेर गएपछि पछुताउनु सिवाय केही हुदैन । तपाईहरुको पनि पूर्खा हुन् येहाङ, सेत्छेरे सेनेहाङ, यलम्वर, दश लिम्वु आदि-उनीहरुको विरासत थाम्नै पर्छ । सेवारो ।

Dec 6, 2008

विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना

डा.गोविन्दराज भट्टराई
प्राध्यापक (अङ्ग्रेजी)त्रिभुवन विश्वविद्यालय

विश्वको आकाशमा धावनमार्गको खोजीनेपाली भाषाको जीवन झन्डै हजार वर्षलामो भए तापनि यसको साहित्यिक स्वरूपले आकार लिन थालेको भर्खरै हो । यसका कथा, निवन्ध, उपन्यास, नाटक सबै विधाले यतिखेर शतवाषिर्की मनाउँदै छन् भने महाकाव्य, समालोचना जस्ता कति हाँगाले अझ पछि आकार लिएका हुन् तिनीहरूको पालो आएकै छैन ।आज हामी नेपाली साहित्यलाई विश्वको मानचित्रमा कसरी, कहाँनेर देखाउन सकिएला भन्ने चिन्तामा छौँ । यति नया, यति कलिलो, भर्खरै थिगिरी गर्न थालेको नानी । अङ्ग्रेजी, फ्रेन्च, जर्मन, रसियन, चिनियाँ, अरबी जस्ता भाषाका साहित्यले झन्डै सहस्राब्दी लामो जीवन भोगिसके । ती झन्झन् दीर्घजीवनको यात्रामा छन् । विलियम क्याक्स्टनको प्रिन्टिङ प्रेस आउनुभन्दा सयौँ वर्षघि अङ्ग्रेजी साहित्यले मानक पथ पक्रिसकेको थियो । हाम्रो भने एक दशांश कान्छो र कलिलो । कसरी भर्खर थिगिरी गर्न थालेकी नानीलाई उता विश्वदौड प्रतियोगितामा पठाउनु, कसरी तिमीले ओलम्पिकमा भाग लेऊ भन्नु, आज हामी धर्मसङ्कटमा छौँ । तर अब त्यो नभनेर सुख छैन । घरलौरी एकजना खेताला बाटो खन्न पठाउनु परेजस्तै- कसैले जवान पठाउला, कसैले वृद्धवृद्धा, हाम्रो घरबाट बालबालिका । विश्वसाहित्य र हाम्रो अवस्थितिलाई यो दृष्टान्तले राम्ररी बुझाउन सक्ला । आधुनिक विश्वलाई प्रविधिले समान बनाइदिएको छ । प्रविधिको कारणले सबै हिँडने गति, सोच्ने शैली र जीवनदर्शन उस्तै भएको छ, एकाम्मे भएको छ । प्राविधिक उन्नतिको उद्गम, विस्तार र प्रभाव केन्द्ररहित भुमरी जस्तो भएको छ । सम्पन्न विपन्न सबै मुलुकमा, नया“ पुरानो सबै सभ्यतामा आज उस्तैउस्तै कृत्रिमताले ढाकिरहेको छ । यतिबेला कृत्रिम उर्वरकको र अन्य प्रविधिको प्रयोगले बेमौसममा पनि वनस्पति वृक्ष फुल्न वाध्य छन्, फल्न बाध्य छन्, पाक्न बाध्य छन् । स्वाभाविक उमेर पर्खिनु पर्दैन, ऋतुचक्र पर्खिनु पर्दैन । नेपाली साहित्य पनि त्यस्तै अवस्थामा छ; विश्वका सबै कलिला भाषा र साहित्य त्यस्तै अवस्थामा छन् । म सम्झीन्छु- पुमा छिन्ताङको भाषिक परियोजना आए, बराम परियोजना आए, गोपाली र दर्राईको आयो । यस्ता अनेकौ भाषिक परियोजना चलिरहेकै छन् । ती भाषामा लिपि पत्ता नलागी, कोश, व्याकरण र प्रारम्भिक कृतिहरू तयार नभई तिनीहरूका वाणी र कर्म श्रव्यदृश्य माध्यमले उतारिन्छन्, तीबाट भाषाको प्रारम्भिक स्वरूप निरूपण गर्ने र तिनै माध्यमले साहित्यलाई आकार दिने कार्य हुँदैछन् । गोरखापत्रको बहुभाषिक प्रकाशनले पनि त्यस्तै काम गर्दैछ । प्रविधिले तानेर, बोकेर, ठेलेर, कृत्रिम सुइ लगाएर कलिला नानीहरूलाई पनि ओलम्पिकमा दौडिन सक्ने बनाउँदै छ, पठाउँदै छ । अब परिपक्वताको लागि पर्खिने समय छैन, हामीले ठीक यतिखेर हाम्फाल्नुपर्छ । किनभने यतिबेला नेपाली वाङ्मयले विश्वको आकाशमा आङ्खनो धावनमार्ग खोज्न थालेको समय छ । त्यसो त यो धावनमार्गको खोजी हुन थालेको आज अचानक होइन । आजका युवा सर्जकले लिएको यो चिन्ताको बीजारोपण हिजै भएको थियो । यो त सबै जीवितको लक्षण हो, सबै जीवन्तताको । एउटा ठूलो जङ्गलमा हेर्नू- आकास छुने रुखको फेदमा ससाना पोथ्रा पनि आकाश ताकेर पाउलिरहेका हुन्छन्, कालीगण्डकीको वारिपारिका खोल्सा र धारा पनि सागर ताकेर बगिरहेका छन् । यी जीवन्तताका दृष्टान्त हुन् हरेक जीवित वाङ्मयमा यही चेतना हुन्छ । महाकविले भनेझै- गौरी शङ्करको नजीक चुचुरा उठ्छन् अरू वामन ।

यो चिन्ता पुरानो हो
मैले भनेँ- यो चिन्ता पुरानो हो । आदिम अन्धकारबाट ब्युँझनेबित्तिकै नेपाली साहित्यले यो चिन्ता राखेको थियो- कसरी हामी छिमेकीसँग दौडिन सक्तछौँ, कसरी प्राचीनताको दर्पण हेर्दै समकालीन विश्वतिर पाइला चाल्न सक्छौँ । झन्डै एक शताब्दीअघि स्थापना भएको गोर्खाभाषा प्रकाशिनी समितिको (पछि नेपाली भाषा प्रकाशिनी समिति) र त्यस अन्तर्गतको नेपालीभाषा अनुवाद परिषद्को एक उद्देश्य त्यही थियो । देशमा विश्वविद्यालयको कल्पना गर्ने बेला भएको थिएन- यहा“ कथा छैनन्, कविता छैनन् नाटक छैनन्, महाकाव्य, निबन्ध, केही छैन । आफ्नो भाषाले प्रकट गर्ने कुनै शक्ति छैन । त्यसबेला विश्वका उत्कृष्ट पुस्तक नेपालीमा अनुवाद गरेर ल्याउने निर्णय भयो । एक मुठी बिउ पैँचो मागेजस्तै । हेर्नोस्, नरेन्द्रमणि आदीको युरोपीय साहित्यको नमूना । हामीलाई त्यसबेला साहित्यको एउटा कलमी विरुवा, एक मुठी बिउ अथवा एउटा नमूना चाहिएको थियो । नेपाली साहित्यको अस्तित्वले स्पष्ट आकार लिन नसकेका ती दिनमा कत्रो चिन्ता लिएर ती अग्रणीहरूले सङ्घर्ष गरे ! ती दिनमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पुष्कर शमशेर आदि थिए । यसको अस्तित्व स्थापना गर्न, ससानो परिचय कायम गर्न पहिलो पुस्ताले गरेको सङ्घर्षको वयान गरिनसक्नु छ । त्यसबेला दुइवटा कर्म सुरु भए- अनुवाद र मौलिक सिर्जना । अनुवादअन्तर्गत राइडर ह्यागार्डको उपन्यास शिको पुस्कर शमशेरले अनुवाद गरे सेक्सपियरको ह्याम्लेटको महाकविले, २४ पुस्तक योजना थियो । मौलिक सिर्जनाअन्तर्गत रचित मुकुन्द इन्दिरा, ऋतुविचार, कथाकुसुम, मसान, लक्ष्मीनिबन्धसङ्ग्रह, साकुन्तल, सुलोचना यी प्रथम माइलस्टोन हुन् जिरोपोइन्टमा गाडिएका स्तम्भहरू । तीबाटै हाम्रो यात्रा प्रारम्भ हुन्छ ती मानक पनि हुन् । ती जरुवा पानीका ससाना मूल थिए, आफ्नै घरबारीलाई सिञ्चित गर्न पनि नपुग्ने थिए, आज हामी तिनैमा मिसिँदै गएर विश्वसाहित्यको क्षितिज ताक्न सक्ने भयौ“ । ससानो सागर भएछौँ नत्र यो आँट किन आउँथ्यो हामीमा ? अत्यन्तै छोटो समयमा पनि यति लामो उडान पूरा गर्यौ अझै बेगले उड्ने रहरले चिन्ताले, व्यग्रताले हामी रातोदिन पिरोलिएकै छौँ । आज पोखरामा बसेर गरेको यो विमर्श यही महापथको विचमा उभिएर गरिएको एक गम्भीर चिन्ता हो- एक रिङ्खलेक्सन, अतीततिर फर्केर आरम्भ विन्दु हेर्दै लक्षविन्दुतिर दृष्टि लगाएको यो घडी । मलाई यो एक अर्थपूर्ण चिन्तन लाग्दछ र यो गम्भीर ऐतिहासिक महत्त्वको क्षण पनि । आजभन्दा आधा शताब्दीअघिको महाकविको तास्कन्द वक्तव्यमा आज हामीले गरेका चिन्ताको आद्यरूप छ । तास्कन्दमा आयोजित अफ्रोएसियाली लेखक सम्मेलनमा (अक्टुवर ७, १९५८ मा) महाकविले दिएको वक्तव्य एक ऐतिहासिक अभिलेखन थियो । उनले त्यसमा नेपाली साहित्यको जग बसाउनेहरूमा लेखनाथ पौडयाल, पं. हेमराज, सोमनाथ सिग्देल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण, भीमनिधि तिवारी, भवानी भिक्षु माधवप्रसाद घिमिरे, विजयबहादुर मल्ल, जनार्दन शर्मा, मोहन कोइराल, टेकबहादुर, नवीन, हृदयचन्द्रसिंह, जगदीश शमसेर, श्यामदास वैश्णव, कुलमणि देवकोटा, कृष्णचन्द्रसिंह प्रधान, र्इश्वर बराल, रत्नध्वज जोशी, गोगिन्दप्रसाद लोहनी, हृदयराज शर्माका नाम लिएका छन् । यी सबैले मिलेर भाषा, साहित्य, व्याकरण, समालोचना विभिन्न क्षेत्रमा गरेका योगदानले त्रिभुवन विश्वविद्यालय र रोयल नेपाल एकेडेमी स्थापना हुने क्रममा थिए । त्यसबेलाको साहित्यको मूल्याङ्कन गर्दै महाकविले बोलेका छन्- यसरी प्रजातन्त्रप्राप्तिका वाद १९५० पछि राणा-शाहको लौहदन्डले अवरुद्ध जनभावनाको साहित्यिक बाढी उर्लेर फुट्तछ तर यो पानी प्रचुर भए पनि राजनीति तथा प्रचारवादले धेरै ठाउ“मा धमिलिन गएको पाइन्छ । नवयुगमा हामी धाराका वाहुल्य पाउदछौ तर सब कुरा विचार गर्दा आजको ढलक पलायनवाद बाट यथार्थवादतर्फ छन्दको नियन्त्रणबाट मुक्ततातर्फ परम्परावाद बाट प्रयोगवादतर्फर प्रश्नतर्फबढेको पाइन्छ । रुमानी प्रवृत्तिको स्पष्ट विरोध झल्किन्छ । दीनहीन प्रति चौडा जनतान्त्रिक भावना उद्दीप्त भएको पाइन्छ र नया रूप, उक्ति, उपमा तथा चित्रलहरीको छामछुम प्रशस्त बढेको देखिन्छ । पचास वर्षबितेर गए । नेपाली साहित्यमा भएको सङ्ख्यात्मक र गुणात्मक अभिवृद्धि, यसको प्रयोग, प्रभाव र विस्तार अकल्पनीय छ तर जब हामी नेपालीसाहित्यको व्यापक परिचयको खोजी गर्र्छौं, अर्कातिर हामी तिनै मूल्यको वरिपरि छौ । त्यसैगरी महाकविले भविष्यको चिन्तामा बोलेका थिए- अव नेपाली साहित्य युगमा केही नया भाव तथा अभाव पनि अनुभूत भैरहेका पाइन्छन् । यसमा जनचेतना, विभिन्नता, नवीनता, र यथार्थवादिताका गुण उत्पन्न हुनाका साथै, अन्तरार्ष्ट्रिय क्षेत्रसंगको सर्म्पर्कको कमी, परिचायक अनुवादको अभाव, र अरू राष्ट्रमा प्रचलित या आविष्कृत नवीन रूप र गतिको स्पर्श कम पाइन्छ । त्रिभुवन विश्वविद्यालय, नेपाल एकेडेमी जस्ता उपयोगी संस्थाहरूले यस अभावको केही मात्राको पूर्ति गर्न सहायता देलान् तर यस देशको नवजागृत एसियाली अफि्रकाली चेतनालाई साहित्यिक सम्पर्क र आदानप्रदानद्वारा नै सच्चा स्रोत र दिशा मिल्नेछ, र आजको यो महत्वपूर्ण सम्मेलन यसतर्फको राम्रो कदम होला । यसरी २००७ सालपछिको आँखिझ्यालबाट अलिकति प्रकाश छिरेको बेला महाकवि बोलेका थिए । आज २०४७ साल र खासगरी २०६२ सालका मूल ढोकाबाटै प्रकाश छिरेको बेला हामी आफ्नो समयको पुनर्मूल्याङ्कन गर्दै नवउडानको योजनारेखा कोर्न यहाँ भेला भएका छौँ ।

पुनर्मूल्याङ्कन र नयाँ योजना
महाकवि नेपाली साहित्यलाई विश्वसँग जोड्न चाहन्थे । उनका ती चाहना म्याक्बेथ, शकुन्तला, प्रमिथस, पच्चीस प्रबन्धजस्ता सङ्ग्रहमा प्रतिविम्वित छन् । आज देवकोटा शतवार्षिकमा बोल्दा पनि, नेपाली साहित्यको कुरा गर्दा पनि हामी उनकै सन्दर्भ लिन चाहन्छौ“ किनभने आफ्ना विराट योजनाको मार्गमा नेपाली साहित्य तीनवटा अभावसँग जुधिरहेको देखेका थिए ती हुन्- (क) नेपाली साहित्यको अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्पर्कको कमी, (ख) नेपाली साहित्यमा परिचायक अनुवादको अभाव, र (ग) नेपाली सर्जक पाठकमा अरू राष्ट्रमा प्रचलित वा आविष्कृत नवीन रूप र गतिको स्पर्शको अभाव । आज पनि हाम्रा समस्या यिनै हुन् । हामी यिनैसँग जुधिरहेका छौ । अब नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय आँगनमा पुर्याउन ढिला हुन थालिसकेको छ । परिणामस्वरूप विश्वको समकालीन लेखन (कन्टेम्पोररि राइटिङ) को चर्चा गर्दा अनेक भाषा र साहित्यको नाम आउछ, नेपाल र नेपालीको आउँदैन । विश्वसमक्ष हामी परिचयहीन छौ, अपरिचयमै आफैभित्र रमाएर बाचेका छौ कसैले नसुनी, नदेखी, नमानी; यो ठूलो दुखको कुरा हो । शरमलाग्दो पनि । वर्तमान नेपाली साहित्यले अकल्पनीय फडका मारेको छ । यसले अनेक प्रयोगमा भाग लिएको छ, आविष्कार गरेको छ, टड्कारो मौलिक मार्ग खनिसकेको छ । हामीसँग विचारमा, शैलीमा, सिर्जनाको शक्तिमा खारिएका आख्यान छन्, निबन्ध, काव्य, कविता, नाटक र समालोचना छन् । ती कुनै पनि उन्नत साहित्यका स्वरूपसँग, शैली र विषयवस्तुसँग तुलनीय छन्, अब सिर्जनाका सबै विधा र उपविधा सम्पन्न भइसकेका छन् । साहित्यलाई सम्बलित गर्ने साहित्येतर लेखनका विधा र प्रकृतिका लेखनहरू पर्याप्त छन् । भाषा, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, इतिहास जस्ता विषयमा नेपाली माध्यम नै प्रवल भएको छ दर्शन, भाषाविज्ञान जस्ता विषय लेख्न पनि नेपालीकै प्रयोग हुन थालेको छ । उसबेला महाकविले नाम लिएका मध्ये पुनर्जीवित शारदाबाहेक कुनै साहित्यिक पत्रिका निरन्तर छैनन्, तर अरू छन् समकालीन साहित्य, गरिमा, मधुपर्क, रचना, अभिव्यक्ति आदि । फेरि सयौ एफ. एम्. रेडियो स्टेशनले नेपाली भाषालाई अझ भित्री लोक चाहनाको पूर्ती गर्ने भूमिका खेल्दै छ । काठमाडौ बाहिर पनि अनेक ससाना काठमाण्डू जन्मिसके, देशबाहिर अरू सांस्कृतिक देश जन्मिंदैछन्, जहा नेपाली भाषा-साहित्य उठेकोउठ्यै छ । बाहिर नेपाली कसरी विस्तारित हुदैछ भने बेलायतमा मात्रै चारवटा साप्ताहिक प्रकाशन छन्, एउटा रेडियो, एउटा टेलिभिजन, अनेक संघसंस्था र अन्य प्रकाशन, सबै नेपालीकै लागि समर्पित । महाकविको पालामा भन्दा सयौँ गुना विस्तारित छौँ । हामी यतिखेर तेस्रो विश्वका कतिपय अफ्रीकी मुलुक झैँ, क्यारीबिअन लेखन झैँ, सशक्त छौँ। दक्षिण एसियाका श्रीलङ्का, बाङ्लादेश, पाकिस्तान, अफगानिस्तान सँगसँगै छौ, दक्षिणपूर्वी मलेसिया, सिङगापुर, फिलिपिन्स, थाइल्यान्ड सँगै छौँ तथापि ती राष्ट्रले एसियाली साहित्यको सूचीमा नेपाललाई राख्ने गरेको छैनन् । यद्यपि हाम्रै भगिनी भाषाका साहित्यले अन्तर्राष्ट्रिय उचाइ प्राप्त गर्दैछन् विश्वबजारमा तिनले प्रसिद्धि पाइरहेछन् । आफ्नो स्थिति हेर्दा यो जत्रो ठूलो चिन्ता केही हुन सक्तैन । यी सारा कुराको विश्लेषण गर्दा हामी आज एक नवीन परिस्थितिको सामुन्ने छौँ । हाम्रो क्षितिज फराकियो, जिम्मेदारी बढ्यो । नेपाली भाषा र साहित्यको स्थिति र क्षमताबारे हामी घरभित्र ढुक्क र निश्चिन्त छौँ, तर जब यसको वाह्य उपस्थितिको कुरा आउछ, हाम्रो चिन्ता सुरू हुन्छ । नयाँ पुस्ताको काँधमा एउटा नौलो जिम्मेवारी आएको छ । त्यो के हो भने नेपाली साहित्यको संरक्षण र विस्तारको निम्ति परम्परित सोचले काम नगर्ने भएको छ । परिवर्तित समय बुझेर नया उपाय र जुक्तिहरू अवलम्वन गर्नु पर्ने दिन आएको छ । देशभित्रै लडेर यसको व्यापक अस्तित्व र पहिचानको लडाइँ नजितिने भएको छ, हामी प्रविधिसँगै विश्वबजारमा ओर्लिनै पर्ने दिन आएको छ । यो लामो जङ्घार तर्ने बेलामा तिघ्रा दर्याउनु पर्ने दिन आएको छ ।

नयाँ समयको लागि केही प्रस्ताव
आज दुइवटा विकल्पको बीचमा उभिएका छौ - या त हामीले यसैगरी छोपिएर बस्ने निर्णय लिनु पर्छ या भएभरको शक्ति उत्पन्न गरेर विश्वदौडको आगनमा पाइला टेक्नु पर्छ । त्यहाँ पुग्नको लागि केवल चारवटा प्रवेश मार्ग छन् ।
(क) नयाँ माध्यमको प्रयोगले साहित्य परिचय,
(ख) अनुवादले आदान प्रदान,
(ग) भिन्न मूलधारको सम्वर्द्धन, र
(घ) अन्तर्सञ्जालले व्यापक विस्तार ।म प्रत्येक बुदालाई अलिकति बिस्तार गर्न चाहन्छु, किनभने ती हाम्रा गन्तव्य हुन् ।
(क) नया माध्यमको प्रयोगले साहित्य परिचय
नया माध्यम भन्नाले भाषिक माध्यम- शब्दान्तरले मैले अङ्ग्रेजीलाई सङ्केत गरेको हु । हाम्रोमा खालिद हुसेनजस्तो अफगानिस्तान चिनाउने बाप्सी सिध्वाजस्तो पाकिस्तान चिनाउने सल्मान रुस्दी, अनिता देसाइ, अभिताभ घोष, विक्रम सेठ, वा अरबिन्द अडिगाजस्ता भारत चिनाउने भिएस नइपलजस्तो क्यारिबिया चिनाउने, नदिन गोर्डिमर वा कोत्सीजस्तो दक्षिण अफ्रीका चिनाउने, ओले सोइङ्का अथाव चिनुवा आचेबेजस्तो पश्चिमी अफ्रीका चिनाउने, माइक्याल ओन्दाजेजस्तो श्रीलङ्का चिनाउने नेपाली लेखक जन्मिएको छैन । ती सबैका मातृभाषा फरक छन् तर अङ्ग्रेजीको प्रयोगले गर्दा आज यी लेखक विश्वसात्यिको धुरीमा पुगेका छन् । यसरी तेस्रो विश्वले मातृभाषा र अङ्ग्रेजी दुवैलाई समानान्तर रूपले अघि बढाइरहेकोले ऊ विश्वमा चिनिदैछ गीताञ्जलीको अनुवादले नोबेल पुरस्कार जित्यो त्यस यताको भारत अङ्ग्रेजीको प्रयोगमा झन्झन् उत्साहित छ । हाम्रोमा महाकविकै पालादेखि अङ्ग्रेजी लेखन सुरु भयो । उनको शकुन्तला (अङ्ग्रेजी) र बापु एन्ड अदर सनेट्सले हामीलाई यो नया दिशातिर सङ्केत गरिरहेका छन् । आज त्यतातिरको साधना गर्नेको सङ्ख्या धेरै पुगेको छ । तिनीहरूको सिर्जनालाई सङ्गठित व्यवस्थित गरेर विश्वतिर चिनिने एक माध्यम बनाउनु पर्दछ । यो वैकल्पिक समय हो । आङ्खनो भाषाले मात्र नपुग्ने भएकाले, अन्यको भाषालाई पनि स्वीकारे त्यसलाई प्रयोग गर्नुपर्ने दिन आएको छ । त्यसैले हामी यो नया माध्यमतिर भन्ने सङ्केत गरेको हु । दोस्रो कुरा विश्वसाहित्यको अध्ययन अनुसन्धान गर्नेले, यसको अभिलेखन, र इतिहास निर्माण गर्नेले अङ्ग्रेजी माध्यमकै सामग्रीको प्रयोग गरेका छन् । हाम्रोमा धेरै अघि लेखिएको प्रा. अभि सुबेदीको अ र्सट हिस्ट्रि अब नेपाली लिटरेचर, बाहेक अङ्ग्रेजीभाषीले बुझनसक्ने कुनै पुस्तक छैन, नेपाली कविताको इतिहास छैन, कथाको छैन, उपन्यासको छैन, निबन्धको छैन- एकसय वर्षो सशक्त र शक्तिशाली नेपाली साहित्यबारे लेखिएको एउटा पनि समीक्षाको कृति छैन । त्यसैले हाम्रो अनुहार प्रतिबिम्बित हुने कुनै दर्पण छैन त्यसको निर्माण नगरी हामी कतै देखिएनौ भन्नु पनि नसुहाउने कुरा हुन जान्छ । त्यसो त माइकल हटजस्ता विद्वान्ले नेपाली भाषा साहित्यको अध्ययन गरी हिमालयन भोइसेजजस्तो कृति प्रकाशित गरेका छन्, त्यसले पुग्दैन । त्यस्ता अनेक चाहिहएका छन् । यस परीप्रेक्ष्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाली भाषाको इतिहास, नेपाली साहित्यको विधागत इतिहास, अझ यसको समालोचना र साहित्येत्तर लेखनको समेत इतिहासको खाचो छ । ठूलो परियोजना बनाएर धेरै वर्षलगाएर धेरै अर्थ लगाएर यो काम नगरेसम्म हामी कही देखिने छैनौं । वर्तमान विश्वपरिवेशले हाम्रो सामू यस्तो परिस्थिति उत्पन्न गरेको छ ।त्यसका साथै अव प्रतीकजस्तो, नेप्लिज क्लेजस्तो, नेप्लिज लिटरेचरजस्तो, हिमालयन हेराल्डजस्तो अङ्ग्रेजीमा छापिने एउटा स्तरीय, केन्द्रीय र उच्चकोटिको जर्नलको प्रकाशन सुरु हुनु आवश्यक छ जसले नेपाली लेखन र अङ्ग्रेजी लेखन दुवै कुरालाई अघि बढाओस्, जसले विश्वपाठकलाई नेपाली साहित्यबारे जानकारी दिइरहोस् । यसको प्रगतिको र दिशाबोधको निरन्तर जानकारी गराइरहोस् ।
(ख) अनुवादले आदानप्रदान
महाकविले भनेझै परिचायक अनुवादको केही काम त हुदैछ तर यसको व्यवस्थित र उद्देश्यपूर्ण विकास हुन सकेको छैन । अनुवादद्वारा अन्य साहित्यलाई नेपालीमा ल्याउने र यताको अङ्ग्रेजीमा लाने दोहोरो कामको मात्रा बढाएर त्यस्ता कर्मको व्यवस्थापन सुदृढ गर्नु पर्दछ । त्यसो त नेपाली साहित्य पनि संस्कृतको र विश्वसाहित्यको अनुवादकै जगमा उभिएको छ तर यो अव्यवस्थित, यादृच्छिक र व्यक्तिगत प्रयत्नमा भएको छ । हालसम्म एक हजारजति शीर्षक नेपालीमा आएका छन् भने दुइसयजति शीर्षक अङ्ग्रेजीमा गएका छन् । संख्थागत अनुवादको सङ्ख्या भने अत्यन्तै न्यून छ । यसको लागि पनि एउटा केन्द्रीय "सेन्टर फर ट्रान्सलेसन स्टडिज" को स्थापना हुनुपर्दछ जसले प्रज्ञाप्रतिष्ठान अथवा त्रिभुवन विश्वविद्यालयको निर्देशनमा कार्य गरोस् । साथै एउटा जर्नल अब् ट्रान्सलेसनको प्रकाशन आरम्भ हुनुपर्छ जसले अनुवादवारे जानकारी निरन्तर प्रवाहित गर्नसकोस् । त्योभन्दा पनि महत्वपूर्ण कुरा यतिखेर नेपाली साहित्यमा चुनिएका केही मास्टरपिसको व्यवस्थित अनुवाद थाल्नु परेको छ । यतिखेर दशवटा कथासङ्ग्रह, दशवटा उपन्यास, दशवटा कविताकाव्यसङ्ग्रह, दश नाटक र केही समालोचनाका नमुना, केही बालसाहित्यका, यात्रासाहित्यका, नारी सिर्जनाका विशेष सङ्ग्रह छानेर अङ्ग्रेजीमा लाने बेला भएको छ । नया लेखनका, क्लासिकल मास्टरपिसका, अन्य मातृभाषीका, डायास्पोरिक लेखनका विविध स्वरूप र शक्तिका करीव १०० शीर्षक कृति अङ्ग्रेजीमा लाने योजना थाल्नु पर्दछ । यो दशवर्षो योजना हुनसक्छ तर यो कुरा उच्च प्राथमिकताको लक्ष्य हुनुपर्छ । यसप्रकार नेपाली लेखनको सिर्जना साथसाथै मूल्याङ्कन र अभिलेखनका कुरा पनि निरन्तररूपले अङ्ग्रेजीमा समेत प्रवाहित भइरहनु पर्दछ । नत्र हाम्रो अनुहार कही देखिने छैन । अव नेपाली अङ्ग्रेजीमा समानान्तरताका दिन आएका छन् हाम्रो नयाँ पुस्तामा द्वैभाषिक र द्वैसांस्कृतिक संसारमा अवतरण गर्दैछ ।अन्यत्रका प्रवृत्ति र प्रयत्नबारे पनि हामीलाई जानकारी निरन्तर भइरहनु आवश्यक छ । लेखनका शैली बदलिए, विषवस्तु बदलिए, आन्दोलन, प्रवृत्ति र थिम निरन्तर परिवर्तित भइरहन्छन् । त्यस्ता प्रवृत्ति, सिद्धान्त र प्रयोगबारे हामीलाई निरन्तर जानकारी हुनु जरुरी छ । भाषिक व्यवधानले गर्दा ओर्हान पामुकको क्षमता थाहा पाइदैन, पाइलो कोलोको, सिमस हेनीको, डोरिस लेसिङको, नइपलको, आर्थर गोल्डेनको, जेलेनिकको, भीएस नइपलको । कति अन्यभाषी छन्, जस्तो यसैपालिका नोबेल पुरस्कार बिजेता गुस्ताफ क्लेजिओ । तर चम्किलो लेखाइ हुनेहरू तुरुन्तै अङ्ग्रेजीमा पुगेका छन्- अङ्ग्रेजी र अन्य भाषामा । आश्चर्य लाग्छ पाउलो कोलोको द आल्केमिष्ट, डोमिनिक लपिअरको द सिटि अव् ज्वाइ, आर्थर गोल्डेनको गेइसा, झुम्पा लाहिरीको नेमसेक एक दशक नपुग्दै तीसौ भाषामा पुगेका छन् । त्यस्ता मास्टरपिस र बेस्टसेलर सयौ छन्, जुन लेखक पाठकको पहुचदेखि टाढा छन् । तिनमा विश्वस्तरमै उत्कृष्ट शैली, विषयवस्तु, सन्देश हुनसक्छन् । यस्ता अन्तर्रास्ट्रियस्तरका मास्टरपिसलाई निरन्तररूपले नेपालीमा भित्र्याउने वा तीबारे जानकारी प्रवाहित गर्ने एउटा संयन्त्रको स्थापना अति आवश्यक छ ।सिर्जनाको मात्र कुरा होइन, मूल्याङ्कनले पनि नौलो पथ पक्रेको छ । यो दशकको प्रारम्भदेखि ट्वेन्टिफर्स्ट सेन्चुरी क्रिटिसिजम् आउन थालेका छन्, ती परम्पराभन्दा अलग छन् । त्यहा साइबर क्रिटिसिजम्, डायास्पोरा क्रिटिसिजम्, इकोक्रिटिसिजम्, इथिकल क्रिटिसिजम्जस्ता र्सवथा नया सिद्धान्त चल्दैछन् । अहिलेको ग्लोबल विश्वमा ती हाम्रो निम्ति होइनन् भन्ने कुनै आधार छैन । सिर्जना र मूल्याङ्कनका नया धार नबुझदा हामी आफै लेख्छौ, आफै रमाउछौ गोप्य आनन्दजस्तो अरूलाई बुझन नसकी, आफूलाई बुझाउन नसकी अरूले देख्ता एक हास्यास्पद स्थितिको कर्म लाग्न सक्छ । आज हामी आफूमात्र लेखिदैनौं, आफ्नो मात्र लेख्तै छैनौ । वर्तमान विश्वपरिवेशले हाम्रो सामू यस्तो परिस्थिति उत्पन्न गरेको छ । सम्पूर्ण विश्वपरिवेश सालखोल भएको बेला, विश्वनागरिकको चेतना बोकेर विश्वतिर हेर्दै लेखिरहेका छौ । हाम्रो लेखाइमा ग्लोबलताको आभा र यो लोकलताको रङ्ग दुवै कुरा मिसिएका हुन्छन् । आजको पाठक पनि लेखकभन्दा बढी सुसूचित हुने भएकोले हामीले यो पुरानो दियो जलाएर नया ज्ञान सल्काइरहनु पर्दछ । यो पुरानो दियो हो अनुवाद त्यतिखेर लेखक पाठक दुवैलाई आफ्नो छेउमा राख्नु आवश्यक छ । त्यसरी यता हाम्रो चिन्तन र सो अनुसारको सिर्जना फराकिलो हुदै जान्छ, जानुपर्छ । म भन्छु- यस्ता कुराहरू पढ्न नसक्नेले, नभ्याउनेले, पढ्न छोड्नेले, लेख्न पनि छोड्दा हुन्छ । विश्वपरिवेश नबुझी लेखिरहनु भनेको शक्तिबर्धक घासपराल र कुडो खान नदिई, खुला चउरमा चराउन नलगी एउटै किलामा बाधेर गाई दुहिरहनुजस्तो हो दुब्लाएका भोका गोरु लौराका भरमा जोतिरहनुजस्तै हो ।
(ग) भिन्न मूलधारको सम्बर्द्धन
विश्वसाहित्यमा हाम्रो स्थानको चिन्तन गरिरहेको बेलामा हामीले नेपाली साहित्यको परिवर्तित स्वरूपबारे पनि जानकारी राख्नु आवश्यक छ । आज नेपाली साहित्य एक मात्र छैन, अनेक छन् । बेलायतमा लेखिएको छ, अमेरिकामा, हङकङमा, भारतवर्षमा, विश्वका अनेक भागमा । ग्लोबलताले हामीलाई चारैतिर छरे पनि, सूचनाप्रविधिले सधै जोडेको छ, हामी सँगसँगै छौ, तर भिन्न छौ । यी प्रत्येक जलवायुले, भूगोलले, संस्कृतिले, मनोजगत्ले उत्पन्न गरेका नेपाली साहित्यहरू स्वादमा, रङ्गमा, गहिराइमा, विचारमा केही भिन्न पनि छन् । यस्ता अनेक डायास्पोरिक लेखन मिलेर नेपाली साहित्यको मूलधार बन्दछ । यसभित्र पनि क्षेत्र, जाति, लिङ्ग, वर्ण धर्म, भूगोल अनेक पत्र छन्, त्यहा पसेर बेग्लाबेग्लै रङ्ग हेर्नु पर्छ फेरि यी सबै कुरा जोडिएको एक समग्रता पनि । अनेक डायास्पोरिक केन्द्रका लेखकले नेपाली साहित्यलाई विश्वबजारमा लान सहयोग पुर्‍याइरहेका छन् । ती ठाउमा भएका गोष्ठी, सम्मेलन, पुरस्कार, सम्मान, प्रकाशनजस्ता कार्यले नेपाली साहित्यलाई विस्तारै चिनाइरहेकाछन् । यतिबेला यता जापानदेखि उता अमेरिकासम्ममा खोलिएका नेपाली साहित्यका अनेकौ संस्था र सङ्गठन जोडदा एक हजार पुग्छ होला । त्यहा नेपालमा मनाइने सबै पर्व उत्सव जयन्ती मनाइन्छन् । नेपाली पुस्तक प्रेमले पढिन्छन्, त्यहा पनि नया सिर्जना भइरहन्छ लेखिन्छ, छापिन्छ, यता आउछन्, उता जान्छन् । यो व्यापक ग्लोबल परिवेशले नेपाली साहित्यको गहिराइ र उचाइको विस्तार गर्दैछ । यी सबै कुरा नसमेटी नेपाली साहित्यको समग्रता आउदैन । यी सारा परिस्थिति नबुझी कति सिर्जना बुझन पनि सकिदैन । यतिखेर नेपाली साहित्यको सबैभन्दा व्यापक र प्रभावकारी संस्था अन्तर्ररास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) विश्वमै परिचय कायम गर्दैछ । एनआरएन समेत संलग्न यो संस्थाका अनेक पुरस्कार, सम्मान, प्रकाशन र अन्य क्रियाकलापले नेपाली साहित्यलाई टाढाटाढासँग जोडिइरहेको छ । यसले राखेको डायास्पोरा पुरस्कार नेपाली साहित्यको एक भिन्न हाँगाको परिचायक र प्रतीक हो । हामीले अन्तर्ररास्ट्रिय जगतमा देखिने यस्ता अनेक सूत्र र सम्बन्धको सहयोग लिनु आवश्यक छ ।
(घ) अन्तर्सञ्जालको व्यापक बिस्तार
सिर्जनाको परिभाषा बदलिएको छ, लेखन, प्रकाशन, वितरण सबै प्रक्रियाको । यतिखेर विश्वसाहित्यको ठूलो अंश साइबरमा छ, साइबर स्पेसमा । यो अन्तर्सञ्जालीय महापथको भाषा अर्कै छ । लेख्ने भनेको किबोर्ड हान्ने पढ्ने भनेको स्त्रिmनमा आखा जुधाउने । पठन क्रियामा दृश्य र ध्वनि पनि मिसिएका छन्- विधा बदलिए । त्यो कल्पवृक्षमा विश्व ब्रम्हाण्ड बिसाएको छ, दौडिएको छ । हामी अरूको देखेर बुझेर, ढिलोढिलो पसेको प्रविधि समातेर कुद्न थालेको छौ । नेपाली साहित्यले अब तीव्र गतिमा अन्लाइन लिटरेचरतिर जाने समय आएको छ । अहिलेको मानिसलाई समय छैन, पुस्तकालय घुम्न धेरैबेर खोज्न, पाना पल्टाउन ऊ चाहदैन । त्यसैले ऊ आवश्यक सूचनाको लागि साइटहरू घुम्छ । रचना लेख्न, छाप्न र प्रेषित गर्न पनि सिधै त्यही बन्छ । एक भिन्न संसार निरन्तर बिस्तार हुदैछ । यस्तो नयाँ समयको मागलाई बुझेर खोलिएका साइटहरुमध्ये नेपाली साहित्यघर डटकम र नेपाली कलासाहित्य डटकमजस्ता साइटले ठूलो योगदान पुर्‍याइरहेका छन् । दुइ वर्षअघि खुलेको कलासाहित्य डटकम आज विश्वसाहित्यतिरको चिन्ता लिई एक सुदृढ संस्थाको रुपमा विकसित भएको देख्ता ज्यादै खुसी लाग्दछ । साइबर प्रविधि सर्वसुलभ र र्सवव्यापी हुने हुनाले धेरै साहित्य इलेक्ट्रोनिक मिडियामै जादैछन् । नेपाली साहित्यले पनि विश्वव्यापी बन्न अब त्यतै लाग्नु पर्दछ । नेपाली साहित्य र सर्जकबारेको समग्र जानकारी, विधागत, विषयगत, कालगत, क्षेत्रगत सारा परिचयहरू वर्गीकृत रूपमा त्यहा आइरहनु पर्दछ । विश्वसाहित्यका हरेक भाषा त्यहा पसिसकेका छन् । नेपाली साहित्य, भाषा, कला आदि विषयमा थुप्रै साइट खुलेका छन्, तिनको संस्था दिनानुदिन बढिरहेको छ । हाल चलेका केही साइटको नाम निम्नानुसार छ, यसमा धेरै छुटेका हुनसक्छन्-

http://www.iptra.com/
http://www.majheri.netfirms.com/
http://www.nepalirachana.com/
www.geocities.com/a472637
www.geocities.com/nepaliliterature
www.geocities.com/sabdankur
http://www.penhimalaya.netfirms.com/
http://www.sahityasarita.netfirms.com/
http://www.ketaketi.org/
http://www.parades.com/
http://www.gorkapatra.org.np/
http://www.freenepal.com/
www.nepalisahityaGhar .com
www.inlsorg.com
http://www.hknepal.com/
www.theatrenepal.com
http://www.nepalipost.com/
http://www.sajha.com/
http://www.tanneri.com/
http://www.thopathopa.com/
http://www.nepaljapan.com/
www.chautari.com
http://www.nepalisahityaghar.com/
www.inls.org/
www.nepalikavita.com
www.majheri.com
www.sahityasarita2061.netfirms.com
www.sahityasarita.org
www.damadol.com
www.nepalikalasahitya.com
www.srasta.blogspot.com
www.kavitakusum.blogspot.com
http://www.nagarjun.cjb.net/
http://www.freewebs.com/dobato/
http://www.sabdankur.com/
http://www.tistarangit.com/
http://www.shrijana.com/000/
http://www.ejamana.com/
http://www.nepalikavita.com/
http://www.usnepalonline.com/
http://www.samakalinsahitya.com/
www.manjeeldip.multiply.com


निष्कर्ष
अघि मैले भनें, आज एक ऐतिहासिक क्षणमा उभिएका छौ । आजै निर्णय लिन नसके पनि आजका विमर्शले युवावर्गको काँघमा एउटा ठूलो जिम्मेवारी बिसाएको छ । अरूले यो गर्न सक्तैन । राष्ट्रको भविष्य उनीहरूकै काँघमा छ । तर यसमा हामी सबैको सहयोगको आवश्यकता छ । एकपल्ट जुटौँ र नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको परिकल्पनालाई मूर्तरुप दिन लागि परौँ । धन्यवाद ।

सन्दर्भ सामग्री
उल्फ्रेज, जुलियन . २००२ . इन्ट्रोड्युसिङ क्रिटिसिजम् एट द ट्वेन्टिफस्ट सेन्चुरी . एडिन्बरा : एडिन्बरा युनिभर्सिटि प्रेस ।
देवकोटा अध्ययन -सं. पद्म देवकोटा) वर्ष २, पूर्णाङ्क २ (२०६४) . महाकवि लक्ष्मीप्रसाद देवकोटा अधययन तथा अनुसन्धान केन्द्र, काठमाडौ ।
परमेश्वरन, उमा . २००७ . राइटिङ द डायास्पोरा . न्यू देल्ही : रावत पब्लिकेसन ।
भट्टरार्इ, गोविन्दराज . २०६४ . उत्तरआधुनिक विमर्श . काठमाडौ : मोर्डन बुक्स् ।
भेनुति, लरेन्स . १९९९ . द स्क्यान्डल्स् अव् ट्रान्स्लेसन . इन्डिया : रुटलेज ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको कलासाहित्य यात्रा अन्तर्गत प्रस्तुत पोखरा-गोष्ठीपत्र (२९ कार्तिक २०६५)

Dec 5, 2008

Limbuwan Gorkha War

The Limbuwan Gorkha war was a series of battles fought between the King of Gorkhas and the rulers of various principalities of Limbuwan from 1771 to 1774 AD. The war came to an end in 1774 with the Limbuwan Gorkha treaty which recognised Limbu peoples' right to Kipat land in Limbuwan and full autonomy. History of Limbuwan covers the rest of the Limbuwan History.
After the conquest of Majh Kirant (Kirant Rai kingdoms) by the Gorkhas, they invaded Limbuwan on two fronts. One front was in Chainpur (present day Sankhuwasabha District) and the second front was in Bijaypur (present day Dharan, Sunsari District). Bijaypur was the capital of the Morang Kingdom of Limbuwan.
Gorkha-Limbuwan War 1771-1774 AD
Battles of Chainpur
First battle
In 1771 AD, the Gorkhas, with the view of attacking the land of the Limbus, crossed the Arun River. When the Limbu kings learned this, they brought their forces and fought a decisive battle on the banks of the Arun and Sowa rivers (in present day Sankhuwasabha district). The generals of the Limbu army were General Sanbotrey, General Tesakpa, General Kangkarey and Commander General Kangso. They made their fortifications on the banks of the Sowa River and fought bravely against the invading Gorkhas. During the first battle, eight to nine Gorkha soldiers fell at each volley of the Limbu archers. The Limbu army drove their enemies back from their land and, despite the Gorkha king sending frequent reinforcements, the Limbu army kept fighting for three years. The Limbu army drove their enemy back to a distance of about nine days and killed many Gorkha soldiers by guerrilla warfare in the eastern hills. During this first battle of Chainpur, the area between Chainpur and Dumja was the battle field.
Second battle
In 1774 AD, Gorkha forces again came to the banks of the Arun River to fight with the Limbu forces. Raghu Rana, the commander of the Gorkha force, asked the Limbu commander to fix a day for a combat between the commanders only. He proposed that the rest of the soldiers should leave their weapons at their base and attend the duel of their two commanders as spectators only. They agreed that the winner would win the battle and control of the armies.
General Kangso, the Limbu forces’ commander was inspired by the Kirant Limbu God of War, Nehangma. He came out yelling “I will cut him into pieces immediately”, then drew his sword and put a red colour on it, picked up his shield and went to the fighting place prepared for combat. But Raghu Rana, the Gorkha force's commander had ordered his soldiers to hide weapons and ammunition on the side of the road where the battle was to be held.
On the morning of 25th day of the month of Baisakh of Bikram Sambat 1831, corresponding to first week of May of 1774 AD on the Gregorian calendar, all the soldiers of both sides stood on the upper and lower sides of the fighting ground situated on the southern side of the Chainpur town. The combat between the Limbu General Kangso and Gorkhali General Raghu Rana started. The soldiers stood watching, while the Generals fought till afternoon. In the afternoon, Kangso finally smote Raghu Rana in such a way that he died. Watching the defeat of their General, Gorkhali force immediately picked up the weapons they had hidden and suddenly attacked the Limbu General Kangso and soldiers. Kangso died in the battlefield and Limbu armies fought the Gorkhali army on the way to Tambar River and closing their way towards the river killed them all together. The Limbu forces then buried the bodies of Raghurana and Kangso on the upper and lower sides of the fighting ground and erected stone monuments over their graves.
Third battle
After the annihilation of the Gorkhali Army during the second battle of Limbuwan in Chainpur, King Prithivi Narayan Shah sent an army under the command of General Ram Bhadra Thapa Magar. This time the Limbu officers were General Manjit Rey, General Motreye and General Birjit Rey. When the Limbu forces heard about the arrival of the Gorkha forces at Chainpur, they made traps by digging trenches along the path leading to town of Chainpur and set up ambushes along the traps. The Gorkhali forces made their way to Chainpur again and were killed in an ambush and guerrilla warfare. Then the news of the battle of Chainpur reached the Sikkim Palace. The Sikkimese King Tenzin Namgyal, having alliances with the Limbu Kings, declared war against the Gorkhas. By this time the Gorkhas declared ceasefire with the Limbus and the battle of Chainpur came to an end. In the mean time Gorkhali representatives were negotiating peace terms with the Limbu Ministers in Bijaypur, capital of Morang kingdom of Limbuwan.
Battle of Bijaypur
Bijaypur (lies near present day Dharan, Sunsari) was the capital town of Lowland Limbuwan Kingdom of Morang. It was ruled by King Buddhi karma Khebang. King Buddhikarna Khebang was the descendent of the ruler King Muray Hang Khebang of Phedap Kingdom and King Muray hang’s descendents were made the hereditary prime ministers of Morang Kingdom starting 1584 AD. Bijaypur was a very renowned town and thus it was not easy to conquer for Gorkhali king, so he sought help from the British. But King BudhiKarna Khebang of Morang was already in close contact with the British, Sikkim, Bhutan and Tibet. When King Buddhi karna came to know that the neighbouring kingdom of King Karna Sen was annexed to the Gorkhas, he was determined to bring help from the British. King Karna Sen, his family and minister Agam singh Rai fled and came to take refuge at Bijaypur Palace. Then Raja Budhi Karna gave charge of his state affairs to his Chief Minister ShriShun Raya Chemjong and went to Calcutta to ask for military help. In 1773 AD, The governor general Warren Hastings was in Murshidabad at the time, so Buddhi Karna went and sought help. It was agreed that British soldiers would help protect Morang kingdom from the invading Gorkhas. King Budhikarna with this assurance wrote letter to King Prithivi Narayan not to invade Morong because he had British help on his side. But soon Raja Budhi Karna realised that Gorkhali King had written letter to the British against him and realised he would not get any help. Then he went to Tibet to ask for help from the Chinese Emperor.
During King Budhi Karna Khebang’s absence in Bijaypur, the Gorkha raja sent army to Bijaypur town to capture it. The Chief Minister Shrishun Chemjong, and ministers of the time Shrikum Phung, and Srijung peacefully surrendered themselves to the Gorkha raja on the condition that they would be given full autonomy in Limbuwan.
Thus in the August of 1774 AD, the Gorkha King Prithivi Narayan Shah’s representatives Abhiman singh Basnet, Parath Bhandari, Kirti Singh Khawas and Bali Baniya met the ministers of Morang state and agreed to come to good terms with Gorkha Kingdom and accept Gorkhali raja as maharaja and that in return Kingdom of Gorkha would retain the right of self government of Limbu rulers in their kingdoms.
Gorkha-Limbuwan Treaty of 1774 AD.
The Gorkha Bhardars, Abhiman Singh Basnet, Parath Bhandari, Kirti Singh Khawas and Bali Bania on Behalf of Gorkha raja Prithivi Narayan Shah agreed to take an oath and swear on “Noon pani” (salt-water) promising that Gorkha raja would never confiscate Limbus’ Kipat land( self autonomous land) nor destroy them. If confiscated their Kipat land and destroyed them, then the god, upon whom Gorkha Raja had swore upon and put faith on, would destroy him, his descendents and his Kingdom. With this swearing ceremony, a big copper cauldron was brought in front of Gorkha and Limbu representatives and one pathi (eight pounds) of salt was put into it. Limbu ministers then poured water into it and stirred properly to mix the salt with water. Then the ministers asked the Gorkha bhardars to extract salt out of the water. They answered that salt had mixed and had become impossible to extract out from the water.
The Limbu ministers then said,” Although the salt had melted and it is impossible to extract it from water, yet the water has become tasteful. You, the Gorkhas, are like water and we the Kirant Limbu people, are like salt. You Gorkhas people want us to melt in you, but you will not remain as before. When we mix or amalgamate with you, then you Gorkhas will be more exalted than before. But, if you betray us by taking our right of Kipat land, then what oath will you take for not violating this agreement?” The Gorkha bhardars, on behalf of Gorkha raja took a handful of salt water in their hands and swore that the Gorkha raja would never betray them by forfeiting the Kipat land (self governing autonomous land). If the Gorkha King did so, his descendents would melt like salt and disappear from the world. The Gorkha Bhardars, then questioned the Kirant Limbu ministers, saying if they will betray the Gorkha raja by violating “Noon pani’ agreement what oath would they take for never violating such agreement. The Kirant Limbu ministers took a handful of salt water and swore that they would never go against the Gorkhali King. If they did so then their descendents would also melt like salt and disappear from the world.
After making such agreement on salt-water (sacred and important elements) the Gorkha bhardars on behalf of Gorkha raja, gave the following Treaty paper or Lal Mohor to the Limbu ministers of Bijaypur.
Translation of the agreement between the Limbu ministers of Morang kingdom and King Prithivi Narayan Shah of Gorkha Kingdom in 1774 AD.

“ Let this be our agreement that I want to have you as the members of my own family. My religious mind is good. You are under my protection from now. By my power, your country is now mine but you are still ours. I will take the responsibility of progress and protection of your families. I will retain your rights to anything you possess. You keep in contact with my officers, help them and enjoy your land with full right as long as it exists. You are different from Nau lakh Rai, because their kings will be displaced. You who call yourselves Kings are not destroyable. I know your policy and good intentions."

“ The Kingdom of Sikkim had not come to terms with us. My officers have come to your land with full instructions. You will come to now everything through them. You agree with them and enjoy your land individually in a manner as mentioned above. I, hereby, agree to abide by the above mentioned terms of agreement of never taking your land by force and destroying you. I swear on the copper plate and say that if I violate the above mentioned promises, then let the God upon whom I and my family depend and worship, destroy my descendents and my kingdom. I have written the above mentioned agreement and hereby hand it over to the above mentioned Limbu brothers on this day of twenty second shrawan of Sambat eighteen hundred and thirty one at our capital city of Kantipur may it be blessed and fortunate. ”
When the Allies of Morong Kingdom heard the news of agreement between Gorkha and Morong Kingdoms, the Limbu rulers of Mewa Kingdom, Phedap Kingdom, Maiwa Kingdom and Tambar Kingdom also came to Bijaypur to join the alliance with the Gorkha King under same terms and conditions of the treaty. Rulers of the above regions, Papo Hang, Thegim Hang, and Nembang Hang under the leadership of Chemjong Hang (ShriShun rai) decided to join the Gorkha King on the same condition.
Thus the Limbuwan-Gorkha war came to an end in 1774 AD with all the principalities of Limbuwan joining Gorkha Kingdom except the King of Yangwarok ( Kingdom of Yangwarok consists of present day parts of Taplejung, Panchthar ) and ruler of Ilam ( Present day Ilam district ) King Hangsu Phuba of Lingdom Family.
In 1775 AD, King Yong Ya Hang of Yangwarok was not satisfied with the condition of self government proposed by the Gorkha King and instead went to Sikkim palace and incited the King of Sikkim to declare war against the Gorkhas. He raised his Limbu army and joined it with the Sikkimese army. Bhutia Sikkimese Army General Tipu Taka attacked Chainpur and drove back a small Gorkha force from the Siddhipur Fort. Then reinforcement of the Gorkha force arrived with full war equipment and drove them back to Tambar River where decisive battle was fought. Then the Sikkimese army went back to their country and Gorkhas again persuaded them as far as Ilam. The Limbu King of Ilam Hangsu Phuba therefore surrendered to the Gorkha King conditionally. The Gorkha King later gave him full autonomy and Kipat in his region with the Lal Mohor on 1869 BS, 1813 AD.
Although Bhutia Sikkimese army was pushed back to Sikkim, The Limbu forces of King Yong Ya Hang and Sikkimese Lepcha army attacked Morong under General Chyok Thupp and Defeated Gorkhas in seventeen battlefields. So Sikkimese Lepcha general Chyok Thup Barphongpa was called “Satrajit” by Gorkhas and “Athing by Lepchas. Then this time Bhutia Battalion under General Tipu Taka came back again and joined Lepcha and Limbu forces of Lepcha General Chhyok Thuypp and Limbu General Sunuhang. The Gorkha King sent a huge reinforcement to drive the Sikkimese army from Morong, but in a big battle near the Rangeli town Gorkhas were very badly defeated and therefore Gorkha officers sued for peace. Treaty was concluded in Bijaypur.
Gorkha-Sikkim War in Limbuwan 1775 AD.
In 1775 AD, the treaty was signed between Gorkha and Sikkim, but the same year King Pratap Singh Shah son of Prithivi Narayan shah invaded Sikkim through Tapling Jong and Ilam. Under leadership of Purna Aley Magar they took western Sikkim. Then Sikkimese forces retaliated and pushed Gorkha forces back. After this invasion Sikkimese Generals Depchaang Rinzing and Chhangzat Chyok Thup determined to drive away Gorkhas from Sikkim and even from Limbuwan. They pushed Gorkha soldiers back to Arun River and Chainpur.
Internal conflict among the Limbus
Limbu rulers who had joined the Gorkhas following Gorkha-Limbuwan treaty of 1774 were fighting with Gorkhas and when they saw the Limbus fighting from Sikkimese side, they challenged them. A big battle took place among Limbus themselves at the Nigrum battle field. After the Gorkha Limbus were reinforced by other Magar Gorkha soldiers, the Limbus siding with Sikkim were defeated and they fled away.
Beside Chainpur, pockets of Gorkha soldiers were fighting in Yangwarok of Limbuwan. Sikkimese won the battle of Yangwarok and Gorkha soldiers were slain or taken prisoners in Yangwarok Fort.
Beside Chainpur and Yangwarok, a big battle took place at Phu of Morang and there under general Chhyok Thup defeated the Gorkhas.
Meanwhile, General Depchhang Rinzin commanded Bhutia soldiers and crossed Arun River and attacked Dingla Fort and Phai fort (Present day Bhojpur district) and occupied them.
Finally Gorkha King again sent a huge battalion of reinforcement and attacked Sikkimese army at Dingla and Phali forts chased them back to Sidhipur fort in Chainpur. In the battle of Chainpur, famous Sikkimese General Depchhang Rinzing was hit by a bullet and died. With their general dead, Sikkimese force fled from the battle and withdrew to Sikkim. Thus from 1776 AD Sikkim-Gorkha war in Limbuwan region ended.
This also brought the last of the Limbu principality Yangwarok Kingdom of Limbuwan into the Gorkha Kingdom. The annexation of all the Limbu Kingdoms of Limbuwan was completed through treaty in 1774 AD and by war in 1776 AD.
Mass migration of the Limbus
Following the end of Sikkim-Gorkha war at Limbuwan, the Gorkha officers started searching put people who had really sided with the Sikkimese party and started giving them death penalties. Seeing this, all the Limbus who had fought against the Gorkhas by siding with the Sikkimese King, assembled at the place called Ambe Pojoma and decided to leave Limbuwan forever. They were altogether 32000 in number and migrated in three groups. First group went to Sikkim and settles in Rung, Rhino and Magnesia villages, second group migrated to Bhutan and settled in Kuching, Tendu and Jumsa villages and third group migrated to Assam and settles in Beni, Kalchini and other Meche and Koch villages.
References
Iman Singh Chemjong. History and Culture of Kirant People.
From Wikipedia, the free encyclopedia