Sep 24, 2008

विविध कारण स्वतन्त्र लिम्वुवान आन्दोलनको सम्भावना

दिल पालुङवा लिम्वु
लिम्वुवानको वहसहरु धेरै भईकेको छन । लिम्वुवानको चाहनाको कुरा सम्पूर्ण जनता तथा सम्वन्धित निकायहरुमा पुगीसकेको छन् । अर्थात नेपालका सवै पार्टीहरु, संघसंस्थाहरु, सरकार समक्ष पुगिसकोको छन् । अव लिम्वुवान के हो भनेर कसैलाई वुझाईरहन आवश्यक नहुन सक्छ । सरकारले पनि लिम्वुवानसंगको वार्तामा ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्वुवान स्वायत्त राज्य वनाउने कुरा गरिसकेको छ । त्यस्तै लिम्वुवानीहरुलाई पनि लिम्वुवान हुनसक्ने आधारको वारेमा राम्रो ज्ञान छ । तर वेलावेला अझै पनि लिम्वुवानको स्थापना लिम्वुवानले चाहेको जस्तो नहुने-नवनाउने षडयन्त्रहरु अप्रत्यक्ष रुपमा भैरहेका आभास मिल्ने गर्दछन् । यो कुराहरु पार्टीहरुले गरिरहेका छन् । अर्थात स्पस्ट रुपमा भन्नुपर्दा लिम्वुवानको चाहना भनेको उनीहरुको ऐतिहासिक भूभागको स्वायत्त राज्य निर्माण हो । यो उनीहरुको लहड पनि होईन । अरुको भूमि दावी पनि होईन । आफ्नो भूमिको मायाको लागि हो, रक्षाको लागि हो, विकासको लागि हो । यो भूमि कति हो त ? प्रश्न उठ्न सक्छ ? यो भूमि भनेको सिस्वा, संखुवा खोला, अरुण हुदै सप्तकोशी पूर्व, मेची पश्चिम, तिव्वत चीन दक्षिण र भारत उत्तर पर्दछ । लिम्वुवानको सवालमा लिम्वुवान इतरकाहरु तर्क गर्ने गर्छन कि लिम्वुवानको तर्राई कोचे जातिहरुको हो । तर उनीहरु यो भन्न चाहदैनन्कि कोचेहरु आसामवाट आएका हुन् र उनीहरुको राजाको दरवार आसाम मा छ र उनीहरु भारतसंग लडिरहेका छन् भनेर । त्यस्तै उनीहरु १६ औं शताव्दी तिर लिम्वुवान नेपाल आएका हुन् । उनीहरु यो पनि भन्न रुचाउदैनन्कि वि.स. १८३१ अघि त्यो भूमि लिम्वुवानले राज्य गर्दथ्यो । त्यतिखेर गोर्खाले कुनै कोचे मेचे राजवंशीसंग युद्ध गरेका थिएनन् । ल, अहिलेलाई मानौं थिएरे । त्यहा उनीहरुको राजा थियोरे । त्यो को थियो त ? उनीहरु गोर्खासंग कहा कसरी लर्डाई गरे । अनी उनीहरु हारेर गोर्खाले लग्यो कि लिम्वुवान जस्तो उपनिवेसको रुपमा रहयो । यी प्रमाणहरु कोचीला भन्ने समुदायले पुरयाएभने त्यो मान्न पनि लिम्वुवान तयार हुन्छ । तर विना आधार सघन वसोवासको आधारमा कोचीला हुनुपर्छ, मधेस हुनुपर्छ भन्नु न्यायसंगत हुदैन । सघन वसोवासलाई आधार मान्ने हो भने त्यो क्षेत्र वाहुनवान हुनेछ । त्यस्तै केही खम्वु साथीहरुले लिम्वुवानभित्र पर्ने याख्खा/याख्खावा वसोवास क्षेत्रलाई अरुण जस्तो स्पस्ट भौगोलिक सिमांकन हुदाहुदै त्यसलाई तरेर आधा लिम्वुवान खम्वुवानमा हुनुपर्छ भनेका छन् । यो अति अव्यवहारिक कुरा हो । १० -२० वर्षअगाडिको इतिहास पल्टाएर हेर्ने हो भने संखुवासभा लगायत अरुणले छेकेको पूर्वी भूभागहरु लिम्वुवान अर्न्तर्गत थिए । शासन प्रशासन लिम्वुवानकै हुन्थ्यो । अर्थात ती भूभागहरु दश लिम्वुवानभित्र पर्थे । यर्सथ यस्ता विना प्रमाणको कुराहरुलाई उरालेर अराजकता मात्र निम्त्याउनु राम्रो होईन । अझ र्राई र लिम्वु दाजुभाई भनिन्छन् । इतिहास वंशावली अनुसार हुन् पनि । तर यहा दाजुभाईलाई फुटाउन कसैले पो षडयन्त्र गर्दै छन् कि ? आशंका गर्नु पर्ने ठाउ देखिन्छ । किनकी खम्वुहरुले लिम्वुवानतिर वसोवासको आधारमा दावी गरे लिम्वुवानले भोलि उनीहरुले पहिले राज्य गरेको इलाका खोटाङसम्म पनि दावी गर्नेछन् । त्यस्तै सेन मक्वानको राज्य कालमा भ्याल्ली वाहेक नुवाकोट, मकवानपुर, उदयपुर, महोत्तरी, जनकपुर दावी गर्नेछन् । ती क्षेत्रहरुमा लिवाङहाङ, सेरिङहाङ, साम्वाहाङ, फागोहाङ आदि लिम्वुहरुले प्रमुख भएर राज्य सञ्चालन गरेको इतिहास छ । यद्यपी यो प्रमाण र ऐतिहासिक आधारमानै हुनेछ । कपोकल्पित हुने छैन । त्यसैले लिम्वुवानले अहिलेको क्षेत्रवाट विस्तार गरी माथि उल्लेखित भूभाग पनि लिम्वुवानले दावी नगर्ला भन्न सकिन्न । त्यसैले लिम्वुवानलाई कसैले नजिस्याउन अनुरोध गरिन्छ । किनकी लिम्वुवानसंग प्रमाणहरु प्रसस्तै छन्, आधारहरु छन् । त्यस्तै लिम्वुवान गोर्खाको उपनिवेश थियो, हो । यहा“ पनि थोरै उदाहरण पेश गरौं । कसरी उपनिवेश थियो त - भन्दा लिम्वुवान गोर्खाले जितेको क्षेत्र होईन । सम्झौतामा नेपालमा स्वायत्त अधिकार लिएर प्रवेश भएको हो । त्यसैले यो औंपनिवेशिक क्षेत्र स्वतन्त्र पनि हुन सक्ने आधारहरु छन् । यो लिम्वुवानको आत्मानिर्णयको अधिकार भित्र पर्न सक्छ । तर लिम्वुवानलाई उसले भने वमोजिमको लिम्वुवान राज्य वनाए उ नेपालको लिम्वुान स्वायत्त राज्यमा रहनेछ । यसमा नेपालले लिम्वुवानलाई पृथ्वीनारायणलेझैं कुटनितिक हिसावमा मिलाएर राख्ने कार्य गर्नु वेश हुनेछ । एउटा वाहिरको मान्छेले मगरलाई हामी आफ्नै हौं भनेको थियो र लिम्वुलाई पनि मगरहरुको सम्वन्धको कारण शाहले लिम्वुलाई कूल भाई मानेको थियो । उनीहरुको राज्य सञ्चालन गर्न उनीहरुलाई दिएको थियो । आफ्नो ठाउको राज्य गर्न पाउदा को सकारात्मक हुदैन र । यो कस्तो कुटिल रणनिती । तर अहिलेको स्थिती विल्कुलै फरक भएर गईरहेको छ । अरुत होईन भएको दाजुभाई दाजुभाई पनि लड्नुपर्ने स्थिती आउदैछ ।
तसर्थ लिम्वुवानलाई पार्टी तथा सरकारले गम्भिर ढंगले सोच्नै पर्छ । यदि हलुका ढंगले सोचेर यीनीहरुलाई जे गर्दा पनि हुन्छ भनेर कार्य गरे अवश्य लिम्वुवान विष्फोट हुन्छ । त्यसवेला लिम्वुवान नेपालको स्वायत्त राज्य हुदैन उ स्वतन्त्र लिम्वुवान हुनेछ । किनकी यसको विशेषतानै यो प्रकृतिको छ । यो कुरा यही लेखवाट छर्लग्याईन्छ कि लिम्वुवान कुनै पनि हालतमा माओवादीकोझैं ५ वटा पहाडि जिल्लाहरुमा मात्र सिमित हुदैन । त्यस्तै एमालेले भनझै तमोर क्षेत्रमा सिमित हुदैन । किनकी यी कुराहरु भनेको नेपाललाई पशुपति देश, वागमती देश तथा हिमाल देश वनाउन खोजेझैं हो । त्यसैले यो तमोर, कोशी, कोची, विराटले लिम्वुवानको वास्तविकता र मौलिकता वोक्दैन । त्यसैले कसैले पनि लिम्वुवानको लागि लिम्वुवानको भावनालाई कुल्चने विचार नगर्न श्रेयस्कर हुनेछ । सम्वन्धित पार्टीका कार्यकर्ताहरुलाई फकाए जस्तो, दवाएजस्तो, राजनिती हत्या गरिदिएजस्तो गरेर यो हुनेवाला छैन । भोलि आफ्नै पार्टीको मान्छेहरुनै सम्वन्धित पार्टीको लागि विद्रोही हुनेछन् ।
यसकारण आजसम्मको पार्टीको, सरकारको तौरतरिकाले लिम्वुवानलाई असर पारे यसैको कारण लिम्वुवानमा व्रि्रोह हुनेछ । यो व्रि्रोह आन्दोलन हुदै युद्धमा परिणत हुनेछ । अनी हामी विचमा अहिले जस्तो दाजुभाईको भावना, नेपालित्वको भावना हराएर जानेछ । नेपाली राष्ट्रियताको स्थानमा लिम्वुवान राष्ट्रियताले स्थान लिनेछ । एकापसमा शत्रुताको भावना हुनेछ । जातिय युद्ध हुनेछ । जातिय सफायको युद्ध हुनेछ । हामी सवैले सोचौ-के यस्तो दिन हाम्रो लागि उत्तम हुनेछ ? अवश्य हुदैन । त्यसैले हामी लिम्वुवानवादी के भन्न चाहान्छौं भने हामी अरुको दावी गर्दैनौ र हाम्रो भूमि पनि अरुलाई दिदैनौं । त्यसैले हाम्रो भूभाग हामीलाई राज्य गर्न दिनुपर्दछ । अर्थात लिम्वुवानलाई दिनुपर्दछ । वरु लिम्वुवानभित्र अन्य जातिको अधिकार कसरी सुनिश्चित गर्नुपर्दछ भन्नेतिर लाग्नुपर्दछ । यसै सर्न्दर्भमा यस लेख मार्फत लिम्वुवान भित्रका आफ्नो राज्य हुनुपर्छ भन्ने जातिहरुलाई लिम्वुवानभित्र वसेर सहकार्य गरेर काम गरौं । यदि लिम्वुवानले आफ्नो अधिकार सुनिश्चित गर्न नसक्ने देखिएमा कसरी गर्न सकिन्छ त्यतापटि्ट लागौं । त्यस्तै कतिपय जातिहरु स्वायत्तको सर्न्दर्भमा अझैं अलमलमा छन् ? उनीहरुलाई पनि भविष्यमा गर्न सकिने खालको वातावरण वनाएर लैजाऔं । अर्थात राज्य वन्ने वातावरण थपिने/घटिने नियम वनाऔं । यी सवै हामीलेनै गर्ने काम हुन् । जसरी हुन्छ मानव भएर मानवीयताको भावनामा रहेर कार्य गरौं । हामी सवैलाई आआफ्नो अस्तित्व रक्षाको सवाल छ त्यसमा सवै सचेत भएर सवैको लागि कार्य गरौं । यो नै एक सुन्दर समाज र सुन्दर देश हुनेछ । यो भोलिको पृथ्वीको आयु पनि लम्विने वातावरण हुनेछ ।सेवारो ।।

लेखक - लिम्वुवान राष्ट्रिय मोर्चाका अध्यक्ष हुन्

Sep 18, 2008

लिम्वूवान आन्दोलन र CCO अभियान

कुमार लिङ्द्देन 'मिराक’
यही श्रावण २९ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका CCO सचिव फक्ताङ्लुङको अगुवाईमा संखुवासभा जिल्लाको खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरी इन्द्र लिङथेपको संयोजकत्वमा एघार सदस्यीय स.लि.रा. परिषद संखुवासभा जिल्ला कार्य समिति गठन भएको घोषणा गरियो । यस घाषणासँगै लिम्बुवानको नौ वटै जिल्लाहरूमा यस परिषदको सांगठानिक जालो पुगेको छ । यति छोटो समयमा लिम्बुवानका जनताहरूको मनहरू जित्दै जानु र लिम्बुवान आन्दोलनलाई यो उचाईसम्म ल्याई पुर्‍याउन सक्नु यो परिषदको ठूलो सफलता हो । यो परिषदको सफलताको पछि अअय अभियानको ठूलो हात रहेको छ । CCO अभियान भनेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संचालन गरिरहेको सांगठानिक अभियान हो । यसको अर्थ C - Contact सम्पर्क,C - Counciling सरसल्लाह र O - Organization संगठन हो । सबैभन्दा पहिले को कहाँ छ, भेटघाट गर्ने सम्पर्क गर्ने त्यसपछि ऊ सगँ सरसल्लाह गर्ने लिम्बुवानको दुख, सुखको बारेमा दिल खोलेर कुराकानी गर्ने वार्ता वहश र छलफल गर्ने र अन्त्यमा उसलार्इ यस परिषदको सांगठानिक जालोमा आवद्ध गराउने । यो तीन चरणको अभियानलाई नै CCO भनिन्छ ।
यो अभियानको अवधारणा कसरी आयो ? यस बारेमा छलफल गरौं । लिम्बुवान आन्दोलनलाई उचाईमा पुर्‍याउन लिम्बुवानका जनताहरूमा लिम्बुवानी भावना/विचार उमार्नु पर्दथ्यो र लिम्बुवान व्यापी शसक्त संगठनको आवश्यकता थियो । लिम्बुवानका तरेबा-तरेमाहरू बर्षदिनको पर्खाइ पछि मेलाबजारमा भेटघाट हुन्थे, मुटु नै चुडिने खालका पालम गाएर धान नाच्थे, जीवनका सुन्दर सपनाका बारेमा कुराकानी गर्थे एक आपसमा खाजा किनिदिन्थे,अनि छुट्टनिे बेलामा भक्कानो फुटाएर रुन्थे । तर ति तरेबा-तरेमाहरूको मिठो पालाम भित्र काङसोरेको कथा, लिम्बुवानको व्यथाहरूले ठाउँ नपाईरहेको अवस्था थियो । ति तरेबा-तरेमाहरूले तीनघण्टा माया,पे्रमको कुरा गर्दा तीन मिनटे लिम्बुवानको बारेमा पनि गफगाफ गरिदिएको भए कस्तो हुन्थ्यो होला तर त्यस्तो भईरहेको थिएन । अर्कोतिर, कुनै कुनै ठाउँहरूमा लिम्बुवानको भाषा,इतिहासलाई साहै्र माया गर्ने एक,दुइ व्यक्तिहरू पनि हुन्थे । तर ताप्लेजुङमा भएको लिम्बुवान प्रेमी व्यक्ति र धनकुटामा भएको लिम्बुवान प्रेमी व्यक्तिको कुनै सम्पर्क चिनजान नै हुदैनथ्यो । आ-आफ्नो ठाउँमा एक्ला एक्लै लिम्बुवानको लागि काम गरिरहेका हुन्थे । यस्तो पनि देखियो, कुनै ठाउँका युवा-युवतीहरू आफसेआफ लिम्बुवान प्रति माया गर्न थाल्दथे । उनीहरू लिम्बुवान मुक्तिको बारेमा केहि जान्न चाहान्थे, संगठित हुन चाहान्थे । तर उचित स्रोत व्यक्ति र संगठनको अभावमा ति उत्सुक यूवा-युवतीहरूको जोश, जाँगर त्यतिकै पलायन हुन्थ्यो । सबैभन्दा उदेकलाग्दो अवस्था के थियो भने- कोही व्यक्ति काठमाडौं गयो भने पोखराका मान्छेसँग परिचय गर्दा म ताप्लेजुङको, म पान्थरको,म तेह्रथुमको भनेर परिचय दिन्थ्यो । उसले गर्वका साथ भन्नु सक्नुपर्दथ्यो- म लिम्बुवानको, मेरो घर लिम्बुवानको ताप्लेजुङमा पर्छ,मेरो ससुराली लिम्बुवानको मोरङमा पर्छ । तर अफ्सोच त्यस्तो हुन सकिरहेको थिएन ।
अझ अर्को उदेक लाग्दो कुरो के थियो भने लिम्बुवानका लिम्बू नेताहरूको चिन्तनशैली । पञ्चायत कालमा होस् वा वहुदलकालमा लिम्बुवानमा लिम्बू नेताहरूको उपस्थिति थियो । आशा के हुन्थ्यो भने ताप्लेजुङबाट चुनाव जितेको कुनै नेताले संखुवासभाबाट चुनाव जितेको कुनै नेतासँग सम्पर्क गरोस् । पान्थरको नेता र धनकुटाको नेता, इलाम र मोरङको नेता बीचमा भेटघाट,सम्पर्क होस् । कम्तिमा यो नौ जिल्ला लिम्बुवानका नेताहरूमा चिनापर्ची गरियोस् ,सम्पर्क वढाइयोस् ताकि विस्तारै लिम्बुवानी भावना बढोस् । तर त्यस्तो कहिले हुन सकेन । नेताहरू आफ्नो निर्वाचन क्षेत्रको वीस वा पच्चीस गा.वि.स. भित्र मात्र सिमित रहे । लिम्बुवान भनेको निर्वाचन क्षेत्रको तेइस वटा गा.वि.स. मात्र होइन,लिम्बुवान भनेको अरुण पूर्वको नौ वटा जिल्लाहरू हो । संखुवासभाको मान्छेले खान पाएन भने पान्थरको मान्छेले अन्न जुटाएर पठाइ दिनु पर्छ । ताप्लेजुङमा हिउँ पर्‍यो भने मोरङमा जाडो महसुस हुनुपर्छ-त्यो लिम्बुवानी भावना हुनेछ । यस्तो हुनु पर्थ्यो तर त्यस्तो कहिले भईरहेको थिएन । यी विसंगतिहरूलाई काक्रा चिरे झै चिररे शशक्त लिम्बुवानी भावना जगाउन र लिम्बुवान व्यापी संगठन निर्माण गर्न हामीले अअय अभियान संचालन गर्ने निर्णय गर्‍यौ । यस अभियान अन्तर्गत हामीले हजारौं तरेबा, तरेमाहरूलाई सम्पर्क गररे भेट्यौ र उनीहरूसँग यस्तो कुराकानी गर्‍यौ -तपाईहरू माया प्रितिको पनि कुरा गर्नुस् र त्यसको साथसाथै लिम्बुवानको पनि कुरा गर्नुस् । जसरी तपाई आफ्नो तरेमा/तरेबालाई माया गर्नुहुन्छ त्यसरी नै एकपल्ट लिम्बुवानलाई पनि माया गररे त हेर्नुहोस् । लिम्बुवान नै रहेन भने माया- प्रितिको घर कहाँ बनाउने होला ? भनेर उनीहरुलाई नम्र भाषामा सोध्यौं । भारत की चर्चित लेखिका अमृता प्रितमले एक थी सारा’ नामक उपन्यासमा लेख्नु भएको -"म आकाश वेचेर ताराहरू किन्दिन" भन्ने वाक्यंश सुनायौ । हामीसँग झिलिमिलि ताराहरू भएपनि ति ताराहरू राख्ने आकाश नै छैन भने त्यसको के अर्थ हुन्छ र - भन्यौ । हामी पढरे डिग्री हासिल गर्छौ विदशे गएर पैसा कमाउछौ तर हाम्रो लिम्बुवान भूमि नै रहेन भने त्यो डिग्री र त्यो पैसा पनि अर्थहिन हुने रहछे भन्यौ । लिम्बुवानको अस्तित्व वेगरको राजनीति,विकास र साहित्यको कुनै अर्थ रहने छ भन्यौ । लिम्बुवानका विभिन्न ठाउँमा बसेर भाषा, लिपिको लागि एक्ला एक्लै लडिरहेको व्यक्तिहरूलाई भेटेर भन्यौ- "आज टिमवर्कको जमाना छ,नेटवर्कको जमाना छ, त्यसैले सं.लि.रा. परिषदमा संगठित भएर संघर्ष गरौ एक्लो आवाज आज कसैले सुन्दैन, संगठन नै शक्ति हो ।" हाम्रो प्रस्ताव र भावनालाई सहर्ष स्वीकार गरी हजारौ लिम्बुवान प्रेमीहरू यस परिषदमा संगठित हुनुभयो । लिम्बुवान भन्न लजाउनहे रूलाई हामीले भन्यौ "गर्वले भन, हामी लिम्बुवानवासी हौ ।" हामीले एउटा नारा अघि सार्‍यौ-"नेपाल हाम्रो देश हो लिम्बुवान हाम्रो घर हो ''Nepal is our country ,limbuwan is our homeland" लजाउनेहरूको लाज विस्तारै हराउँदै गयो । साथीभाइ भेटघाट हुदा, "जय लिम्बुवान", "काङसोरे अभिभादन", "लिम्बुवानी अभिभादन" जस्ता शब्दहरू प्रयोग गर्न थाल्यौ । आज जताततै जय लिम्बुवान’ भनेको सुन्न पाईन्छ । हामीले लिम्बुवानका नेताहरूलाई विनम्र अनुरोध गर्‍यौ "तपाइहरूको दृष्टिकोण र चिन्तनलाई लिम्बुवानीकरण गर्नुस् । आफ्नो निर्वाचन क्षेत्रको तेइसवटा गा.वि.स.लाई सबैथोक नसम्झीनोस्, सोचाईहरूलाई लिम्बुवानभरि घुमाउनुहोस् । कुनै संगठन बनाउनु छ भने कम्तिमा लिम्बुवान भरिको संगठन बनाउनुस् । भोलि लिम्बुवान प्राप्त गरेपछि यो जिल्ला र निर्वाचन क्षेत्रहरूको सिमाना परिवर्तन हुन्छ ।" हाम्रो लगातारको भनाईले धेरै साथीहरूको विचारमा परिवर्तन आएको छ । वार्ड, गा.वि.स.,क्षेत्र र जिल्लाको साँगुरो घेरामा मात्र अलमलिरहेका साथीहरू अहिले लिम्बुवानको बारेमा सोच्न थालेका छन्, यो CCO अभियान कै सफलता हो । CCO अभियान अघि बढाउने क्रममा पान्थर,तेह्रथुम र ताप्लेजुङ जिल्लाहरूमा लगातार सम्पन्न भएको ४८ वटा आमसभाहरूमा यो पङतिकारले प्रमुख अतिथि भएर भाषण गर्ने सौभाग्य पाएको थियो । ति आमसभाहरूमा मैले CCO को महत्वबारे बोले,सुतेको लिम्बुवानी जनताहरूलाई ब्युझाउँने प्रयास गरे । यो ऐतिहासिक यात्राको बारेमा "यात्रा-स्मरण" लेख्ने योजना गरेको छु । लिम्बुवानको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको CCO अभियानलाई चिरस्थायी बनाउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको संगठन विभागको नाम नै अअय सचिवालय राखिएको छ । यस परिषदमा संगठन विभाग प्रमूखको ठाउँमा CCO सचिवले काम गर्दछ । छोटकरीमा भन्नु पर्दा सम्पर्क गर्ने सरसल्लाह गर्ने र लिम्बुवान मुक्तिको लागि यस परिषदमा संगठित हुने अभियान नै CCO हो । यो अअय आजपनि चाहिन्छ र भोली पनि चाहिन्छ । यहि CCO नभएर नै हामीहरूले वि.सं. १८३१ र वि.सं. २०२१ सालमा लिम्बुवानको रक्षा गर्न सकनौ । आज, थोर बहुत CCO हुदैछ त्यसैले लिम्बुवानको आन्दोलनले पनि उचाई प्राप्त गर्दैछ । हामीले सोचे जस्तो लिम्बुवान प्राप्त गर्न अझ बढि CCO हुनुपर्छ । हामीले तपाईहरूलाई खोज्दै आउन भ्याएनौ भने तपाइहरू हामीहरूलाई खोज्दै आउनुस तर कोही पनि रमिते भएर नवसौ । संगठन आफैमा शक्ति रहेछ । आज हामी लिम्बुवानका नौ वटै जिल्ला सिडिओहरूलाई एकैपल्ट ज्ञापनपत्र दिन सक्छौ नौ वटै जिल्लाहरूमा एकै पल्ट राँके जुलुश र आमसभा गर्न सक्छौ । बल्ल तपाई हाम्रो सोचाई र सपनाले लिम्बुवानी आकार प्राप्त गर्‍यो । लिम्बुवानप्राप्त गरेपछि अझ बढि CCO को महत्व बढ्ने छ । किनकि लिम्बुवानको प्राप्ति जतिकै चुनौतीपूर्ण हुनेछ लिम्बुवानको विकास र लिम्बुवानको स्थायित्व । लिम्बुवानको ठूलो-ठूलो आयोजनाहरू पुरा गर्न थोरै पुँजी र थोरै जनशक्तिले हुदैन । यसको लागि भएभरको पुँजी संग्रह गर्नुपर्छ त्यसको लागि पनि संगठित हुनै पर्छ । लिम्बुवानको सिमानाको कुरा आउँछ त्यसको लागि पनि संगठित हुनै पर्छ । विश्वकै शक्तिशाली देशहरू भारत र चीनलाई छोएर लिम्बुवान रहेको हुनाले यहाँका वासिन्दाहरूले "ग्लोवल पोलिटिक्स '' Global politics" लाई बुझनु पर्छ र हरदम आफू सक्षम र संगठित भईरहनु पर्छ । अन्त्यमा, लिम्बुवान मुक्ति आन्दोलन र CCO अभियान भनेको अभिन्न अङ्गहरू हुन । हामीले CCO लाई सक्रियता पूर्वक संचालन गरिरहन सक्यौ भने मात्र यस धर्तीमा लिम्बुवान नामक फूल संसारको आँखालाई आकर्षित गर्दै फुलिरहने छ । यहि महत्वलाई बुझेर यस परिषदका सबै तहका समितिहरू CCO अभियानलार्इ नौवटै जिल्लाहरूमा अझ तिव्रताका साथ अघि बढाउन, यहि आग्रह छ । miraklingen1@yahoo.com

साझा लिम्वूवान समप्ताहिकबाट

Sep 16, 2008

नेपालमा किरातीहरु

जवेगु दिलीप लिम्वू
इतिहासबिद प्रध्यापक श्री शिव कुमार श्रेष्ठले आफ्नो पुस्तक "लिम्बुवानको ऐतिहासिक अध्ययन"मा बिभिन्न खोज अनुसन्धान तथा विद्घानहरुको मत अभिमतहरु उदिृत गर्दै लेख्दछ्न : किरातीहरुले अहिरवंशका अन्तिम राजा भुवनसिंलाई परास्त गरी काठमान्डौ उपत्याकामा शासन गरे,यी किरातीहरु तामाकोशी र अरुण कोशी बीचको भू-भागका बासिन्दा थिए । बिभिन्न वंशावलीमा उल्लेख तथ्यहरु उदिृत गर्दै श्री श्रेष्ठ लेख्दछन् गोपाल राज वंशवली अनुसार बत्तिस पुस्ता,कर्कपेट्रिक वंशावली अनुसार सत्ताइस पुस्ता,डेनियल राइट वंशावली अनुकार उन्तीस पुस्ता,सिलभेनलेभि अनुसार अठाईस पुस्ता,इतिहास प्रकाशन अनुसार पच्चीस पुस्ता र प्रेम ब.माबोहाङ अनुसार तेत्तिस पुस्ता सम्म किराती राजाहरुले काठमान्डौ उपत्याकामा शासन गरेका थिए । किरातकालीन समयमा गौत्तम बुद्घ नेपाल आएका र किराती राजाहरु बौद्घ दर्शनबाट प्रभावित भएको कुरा श्री श्रेष्ठले प्रस्तुत गरेका बिभिन्न तथ्यहरुले उजागार गर्दछ यद्यपि उनी किरातकालीन समयमा बुद्घ नेपाल आएका कुरा पत्याउन भने तयार देखिन्नन् । श्री श्रेष्ठले उदिृत गरेका बिभिन्न मतभृदहरु म्ध्य सातौ किराती राजा जितेदस्तीको पालामा स्वम्भु चैत्य,मञ्जुश्री चैत्यका दर्शन गर्न गौत्तम बुद्घ नेपाल आएका थिए र उनले १,३५० जना शिष्यहरु बनाएका थिए ।भन्ने भनाई यदि सत्य हो भने किरातीहरु त्यो बेला प्राकृत रुपमा जेजस्तो धार्मिक बिस्वास वा संस्कारमा भए पनि उनीहरु बौद्घ दर्शनका अनुयायी उल्लेखनिय संख्यामा प्रचिन कालमा नै भएको हुनुपर्ने हो भन्ने एउटा प्रश्न उठ्न सक्छ ।
प्राचिन नेपालमा करिब ३२ पुस्तासम्म राज्य गर्ने किरातवंशीहरुलाई लिच्छवीहरुले धपाएका र उनीहरु पूर्वतिर लागेका भनेर गोपालवंशवलीमा लेखिएको छ भन्ने भनाई इतिहास बिदहरुको कथन छ । पूर्वलागेका रिातीहरु को थिए त भन्ने प्रसंगमा हामी हौ भन्ने दावी पूर्वका र्राई,लिम्बू,याक्खा,धिमाल,मेचे,कोचे आदिको रहेको देखिन्छ अर्कोतिर आधुनिक राज्य नेपालको बिस्तार हुने क्रममा काठमान्डौ उपत्यकाबाट शासन गर्न क्षेत्रिय रुपमा बिभाजित भू-भागहरु जस्तो वल्लो किरात,माझ किरात,पल्लो किरात प्रदेशहरु किरात प्रदेशका उपप्रदेशका रुपमा बिभाजित काठमान्डौले गरेको हुनु पर्छ । यसको अर्थ गोर्खा राज्यको बिस्तार क्रममा किरात प्रदेश सिंगो प्रदेशको रुपमा पूर्वमा बिद्यमान थियो वा काठमान्डौमा किरातहरु पराजित भएर धपाइदा पूर्व लागे भन्ने कथनका आधारमा पूर्वमा बसोबास गर्नेहरु चाहिं किराती नैहुन त्यसकारण पूर्वीभाग किरात भू-भाग भन्नु उपयुक्त ठानेर हचुवा तालमा किरात प्रदेशहरु भनिएका छन् ? प्रमाणिक अध्ययनहरुको अभाव नै देखिन्छ । किरात प्रदेशहरु नामाकरण गर्न अगावै ती भूमिहरु लिम्बूवान खम्बुवान कोचे तथा मेचे आदि प्रदेशहरुमा बिभक्त थिए । किन कि किराती शब्द बढी राजकीय एवं समुहवाचक देखिन्छ ,जति लिम्बू ,खम्बु ,याक्खा,धिमाल,कोचे,मेचे,सुनुवार,जिरेल,सुरेल,आदि शब्दहरु सरल र बिशिष्ठ देखिन्छ या त प्राचिन कालको किरात जाति आजको आधुनिक कालमा भाषिक सांस्कृतिक तथा भौगोलिक रुपमा बिभिन्न साम्प्रादायमा विभक्त भएर भिन्न देखिए तर तिनीहरुको पूर्खा सम्भवत एउटै जाति थियो र त्यसलाई समकालिन साहित्यले किरात भनेर संज्ञा दियो तर जे भए पनि लिम्वू,खम्बु,याक्खा,धिमाल,जिरेल,मेचे,कोचे,सुनुवार,सुरेल आदि जनजातिहरु भने भाषिक,सांस्कृतिक तथा सामाजीक मूल्य मान्यताका आधारमा बेग्ला बेग्लै जनजाति समूहहरु हुन यधपि बिभिन्न कारणले उनीहरुमा साझा सामिप्यता पाउन सकिन्छ कतिपय जनजातिहरु इतिहासमा एउटै भएका भए पनि हालका बिभक्त रुपहरु हुन । नृवंशशास्त्रिहरु वा इतिहासबिदहरु बिच हिजोका किरातीवंशी र आजका राई, लिम्बू ,याक्खा,धिमाल,कोचे,मेचे,जातिहरुमा सामिप्यता के छ ? कति छ ? भन्ने बारेमा अध्ययन अनुसान्धानको जरुरत छ ।
काठमान्डौ उपत्यकामा बोलिने भाषा नेवारी भाषाको मूल किरात हो भने भनाईले किरातकालको सभ्यताको मूल अन्दाज गर्न सकिन्छ । यो एउटा प्रमाण हुन सक्छकि नेवारी, लिम्बू, राई, मेचे, कोच, सुनुवार, याक्खा, धिमाल आदि सबै भाषाहरु एकै परिवारको जस्तो भोट बर्मेली हुनुले यिनीहरुका मूल एकै हो र उनीहरु प्राचिन नेपालका किरात वंशी राज्य व्यवस्थाका सन्ततिहरु हुन् ।
लिम्बू संस्कृतिको आधार मानिन्ने मुन्धुममा किरात शब्दको कतै प्रयोग वा उल्लेख भएको छैन । सायद यो जसरी लिम्बू शब्द लिम्बू भाषामा छैन र यसको साटो लिम्बू भाषामा "याक्थुङबा" ले जनाउँदछ त्यसरी नै किरात शब्द लिम्बू भाषामा नभए पनि"खाम्बोङबा लुङबोङबा"जनाउने कुरा स्व.इमानसिं चेम्जोङको मत रहेको छ । चेम्जोङको कृति "किरात इतिहास तथा संस्कृतिमा उल्लेख भएका अधिकांस अनुष्ठानहरु लिम्बू जातिका मुन्धुममा आधारीत छन् । तर मुन्धुममा किरात जातिको बारेमा उल्लेख नहुनुले लिम्बू जाति किरात वंशी हुन वा होइनन् भन्ने कठिन देखिन्छ । त्यसो त अन्य जातिहरुको भाषा,साहित्यमा,वा लोकउक्ती भनौ वा लिखित वा अलिखित आख्यानहरुमा राज्य,सैनिक वा कोषका वारेमा केहि प्रमाणित आधारहरुको अभावमा उनीहरुको इतिहास नामेट गरिएको वा उनीहरु वास्तावमा ती जातिका वर्तमान पुस्ताहरु नभइ भिन्नै हुन भन्ने बारेमा एउटा भ्रमपूर्ण निर्क्यौलमा पुग्नु पर्ने हुन्छ ।
उपरोक्त जातिहरु किरात थिए वा आदिवासी थिए भन्ने बारेमा एउटा स्पष्ट धारणा बनाउन आवश्यक भएको देखिन्छ । किन कि किरात थिए भने लुटिएको राज्य फिर्ता लिन सकिन्छ वा सकिन्न भन्ने सिकायतले उनीहरु प्रभाबित हुन्छन् वा आधुनिक राष्ट्रको निर्माण संग जोडिएको इतिहासले उनीहरु गौरव गर्न सक्दछन् । उदाहरणको लागि किरातकालीन राज्य व्यवस्थालाई स्वर्ण युग भनिन्थ्यो,वास्तुकलामा किरातीहरु निपूर्ण थिए,आदि कथनहरुले तिनका वर्तमान पुस्ताहरु प्राचिन नेपालको इतिहाससंग जोडिएको पाउछन् र आफु गौरवान्तित हुन सक्छन् यदि उनीहरु आदिवासी थिए भनेर अब धरणा लिने हो भने आधुनिक राज्यको निर्माण हुने क्रममा उनीहरुको भूमि,प्रदेशलाई एकिकरण गरिदा उनीहरु भूमिहिन,प्रदेश वा प्रकृतिक स्रोत र साधान बिहिन हुनुले उनीहरुको आर्थिक,भौतिक,आत्मिक तथा बौद्घकि बिकासमा अतीक्रमन भयो,शोषण भयो,र उनीहरु गरिबीबाट पीडित हुन पर्यो भने अब उनीहरुको मुक्तीको बिषय के हुन सक्छ,भन्ने बिषयमा सोच्न सकिन्छ ।

नेपालमा भूमिको किपट प्रथा
किपट प्रथाले नेपालका आदिवासी जनजातिको भूमिसंगको सम्बन्धलाई जनाउँदछ । भूमिमा आदिवासी जनजातिको अधिकारलाई किपटका रुपमा लिम्बुवान गोर्खा राज्यमा समाहित गर्न अगावै प्रयोगमा ल्याइएको पाइन्न ।गोर्खा राज्यले पश्चिम नेपालका माझी र लिम्बू,र्राईले प्राप्त गरेको किपट उही प्रकारको थिएन । लिम्बूवान गोर्खा राज्य बिस्तारमा आउन अगावै स्वंम लिम्बू जातिहरुले त्यो अधिकारलाई "ताङसिङ खोकसिङ्" प्रथाको रुपमा लिइन्थ्यो ।लिम्बू भाषामा "तङसिङ"को अर्थ रुख बिरुवाको संरक्षण गर्नु हुन्छ भने "खोकसिङ"कोअर्थ हुन्छ रुख बिरुवा काट्नु वा फडानी गर्नु अर्थात रुख बिरुवा,बनजंगलको सुरक्षा देखि लिएर फडानी गर्न समेत अधिकार लिम्बू जातिमा निहित थियो । लिम्बुवान,सेनवंशी राज्यको अधिनमा हुदा त्यो अधिकार लिम्बहरुको कायमै थियो । गोर्खा राज्यको बिस्तार पश्चात पनि त्यो अधिकार पञ्चखत बाहेक लिम्बूहरुलाई कायमै गरिदिएको थियो ।
लिम्बू बाहेक अन्य जनजातिहरु जस्तो तामाङ (मुर्मी ),थामी,र सुनुवारलाई श्री ५पृथ्बी नारायणले किपट प्रदान गरेका कुरा श्री बाबुराम आर्चायले उल्लेख गरेका छन् । श्री आर्चायका अनुसार पूर्वमा लिम्बूवान तथा खम्बुवान चढाइ गर्दा तामाङ,थामी तथा सुनुवारले सरसमान बोकी सहयोग पुर्याए बापत त्यो किपट अधिकार प्रदान गरेका थिए । श्री महेशचन्द रेग्मीका अनुसार नेपालमा किपट प्राप्त गर्ने लिम्बू बाहेक अन्य जातिमा राई,मझीया,याक्खा,तामाङ,भोटे।ह्यायु,चेपाङ, बरामु,दनुवार,सुनुवार,कुम्हाल,पहरी,थामी,शेर्पा ,माझी,र लेप्चा जातिहरु हुन् ।बिद्रवान श्री महेशचन्द रेग्मीका अनुसार भूमिमाथिको आदिवासी लिम्बू जातिको अधिकार किपट अन्य प्रथा जस्तो जागिर,बिर्ता भन्दा फरक थियो । जागिर वा बिर्ता प्राप्त गर्न राज्यलाई चितबुझाउने काम कुनै गरेवापत दिइने र जग्गा प्राप्त गर्ने ब्यक्तिको बिना उत्तरधिकारी मृत्यु भएमा त्यो जग्गा स्वःतह राज्यले नै लिन सक्थयो तर किपटमा भने कुनै निश्चित भौगोलीक इलाकामा केन्द्रित भएर बसेका कुनै जातिले परम्परागत तवरले आफ्नो भूमिका रुपमा भोग्दै आएको भूमि कुनै किपटीयाको अवसेश पछि राज्यको नभई त्यही जातिको हुने परम्परा थियो कसैले त्यो भूमिमाथि अधिकार प्राप्त गर्नका लागि उ त्यो जातिको सदस्य हुनु पर्ने अनी उत्तरधिकार वाला बिना उनको मृत्यु भएमा त्यो भूमिमा जातिको अधिकार कायम हुने ब्यवस्था थियो नकि राज्यको । सुरेस सिं,जे.सी.झा,तथा राष्ट्रसंघका बिभिन्न अध्ययन तथा अनुसान्धनहरु एतिृद गर्दै श्री रेग्मी लेख्दछन् कि भारतको छोटानागपूरमा बसोबास गर्ने मुण्डा आदिवासीहरुमा पनि भूमिमाथिको हक किपट प्रथा जस्तै जातिय अधिकारका रुपमा कायम थियो । उनी लेख्दछन् भारातवर्षा आर्यानहरु बर्साई सरी आउन अगावै मंगोललियन वा आदिवासी जनजातिहरु बसोबास गरिरहेका भूमि माथि उनीहरुको परम्परागत अधिकार किपट जस्तै थियो ।
श्री रेग्मीका अनुसार किपटको अधिकार प्राप्त गर्ने जातिमा कम्तिमा नातादारी प्रथा (किनसिप)मा बिस्वास गर्ने भौगोलीक क्षेत्र तथा परम्परागत भोग चलनका साथ-साथै जग्गा बिक्री बितरण नहुने चरित्रहरु उल्लेखनिय रहेको बताएका छन्। किपट हक सबै लिम्बू जातिका सदस्यहरुमा निहित हुन्न थियो । किपट बिहिन लिम्बूहरु पनि लिम्बू जातिमा कैयौं रहेको उल्लेख गरेका छन् । श्री रेग्मी भन्दछन् किपट भूमि मात्र नभएर कुनै निश्चित भौगोलीक भूभाग माथि कुनै जातिको बिशिष्ट जातिय अधिकार पनि हो । उदाहरणको लागि तत्कालीन पल्लो किरात अरुन र मेची नदीको बीचको भूभाग परम्परागत रुपमा लिम्बू जातिले जातिय आधारमा भोगचलन गर्दै आएको थियो यद्यपि त्यही क्षेत्रभित्र पनि किपट बाहेक अन्य किसिमका भूमि भनौ वा जग्गाहरु थियो रेग्मी भन्दछन् किपट लिम्बूवानमा लिम्बू जातिको भूमि माथिको भोगचलन गर्नपाउने विशिष्ट जातिय अधिकार कायम नै थियो र त्यो बिक्री बितरण वा भोग चलनका हक अन्य जातिका ब्यक्तिहरुमा र्सार्न सकिन्थ्यो । लिम्बूले लिम्बूलाई भोग चलनको अधिकार र्सार्न सक्थयो तर तामाङले वा अन्य कुनै पनि जातिका मानिसमा त्यसतो हक सार्न मिल्दैनथ्यो । भनेका छन् । श्री रेग्मी अझ लेख्दछन् लिम्बू बाहेक अन्य जातिहरु जस्तो तामाङले नगरकोट लगायत अन्य गाँउहरुमा बि.सं.१८५४मा प्राप्त गरेको किपटको हकवाला दिदै इतिहासबिद श्री बाबुराम आर्चायले किपटलाई बिर्ता वा जागिर संग तुलना गर्न खोज्नु सान्दार्भिक हुन्न ।
किपटीहरुबाट किपट हत्याउने सरकारी नीति सबै किपटीयाहरुका लागि समान खालको थियो । किपट जग्गालाई रैकरमा परिणत गर्ने परिपाटी पनि समान किसिमको थियो । श्री रेग्मी लेख्दछन् फरक के थियो भने किपट हत्याउने सरकारी चालबाजीका बिरुद्र पीडित पक्षले कसरी त्यसको सामना गरे भन्ने मात्र हो । अनि पल्लो किरातका लिम्बूलाई प्रदान गरिएको भूमिमाथिको अधिकार किपट र अन्य क्षेत्रमा प्रदान गरिएको किपट पनि फरक किसिमको हो । जस्तो अन्य क्षेत्रमा ब्यक्तिलाई ब्यक्तिगत फाइदाका लागि दिइन्थ्यो भने लिम्बूलाई दिइएको किपट पल्लो किरात प्रदेश अर्थात लिम्बूवानमा बसोबास गर्ने जातिलाई किपट अधिकार दिईएको कुरा श्री रेग्मीको कथन छ । माझ किरात पूर्वमा अरुन नदी र पश्चिममा दूधकोही बीचको भूभाग र्राई जातिहरुको अधिक बसोबास भएको क्षेत्र सन् १७७३ मा गोर्खालीले आफ्नो नियन्त्रणमा लिए । माझ किरातका र्राई जातिहरुको "जीउधनको सुरक्षाको" र "हर क्षेत्रमा सहयोग गर्ने " प्रतिज्ञा काठमान्डौले गरेको कुरा १७७३ मा माझ किरातका र्राईहरुको नाममा जारी गरेको लालमोहमा उल्लेख भएको श्री रेग्मीको भनाई छ । यद्यपि उनीहरुको भूमिमाथिको जातिय अधिकारलाई मान्यता प्रदान भने काठमान्डौले नगरेको कुरा श्री रेग्मीको भनाई छ । श्री रेग्मी लेख्दछन् किन्तु माझ किरातका र्राई जातिहरुले आफ्नो किपट अधिकार क्षेत्रभित्र पर्ने लाखापाखा सबै आफ्नो भएको दावी गर्ने प्रचलन थियो जुन सन् १९१० मा जारी गरिएको आदेशले माझ किरातको सम्पूर्ण किपट रैकरमा परिणत गर्ने निर्णय लिएपछि समाप्त भयो । खेत पाखो जमिनमा भिन्न-भिन्न किसिमका तिरो भारो गर्नु पर्ने परिपाटीले किपट प्रथाको भन्दा रैकर प्रचलनलाई सुबिधाजनक भएर हो वा के कारणले हो माझ किरातका र्राईहरुले खासै किपटप्रति चासो नदेखाएकोले अन्ततःसन् १९४०/४१ को अवधिमा बिभिन्न किसिमको तिरो भारको अन्त गरी सम्पूर्ण जमिन रैकरमा परिणत गर्ने काम भयो श्री रेग्मीको भनाई छ ।
आन आर्मयेच्ट फोरवेस हार्वड विश्वबिद्यलयका बिद्यावारिधिका सोध कर्ताका रुपमा नेपाल आएका थिए। उनले सबै भन्दा पछिल्लो पटकका बारेमा बिदेसी सोधकर्ताकारुपमा संखुवासभा जिल्लाको हेदाङना क्षेत्रमा काम गरेको देखिन्छ कैलाश त्रैमासिक/चौमासिक जर्नलमा उनको लेख छापिएको छ । उनले पल्लो किरातको हेदाङना क्षेत्रको पाथीभरा गा.बि.स.मा बसेर सोध अध्ययन गरेका रहेछन् । उनी भन्दछन सन् १९९३/९४ सम्म हेदाङना वरिपरि किपट भूमि प्रथाको प्रचलन कायम थियो । हेदाङनामा याम्फुर्राई "सावा"थरीको मात्र भूमि माथि किपट अधिकार कायम थियो ,माझकिरातबाट हेदाङना नजीकको गाउँ माङसिमामा बर्साई सरी आउने वालीङ र्राईहरुको किपट थिएन उनीहरु बसोवास गरेको जमिन रैकर थियो । अर्थात हेदाङनामा बसोबास परम्परादेखि भूमि भोग चलन गर्ने याम्फुराइहरु थिए । त्यसकारण भूमिमाथिको किपट अधिकार केवल उनीहरुको मात्र थियो । किपट अर्न्तगतका बासिन्दाहरुले जग्गा कर नतिरेर घर धुरिकर तिर्ने गरेको कारण किपटिया वा रैति सन् १८९३ को जाँच पासमा केवल घर धुरी संख्या मात्र दर्ता हुन्थ्यो ।फोरबेस भन्दछन सन् १९९३/९४ को किता नाप जाँच नापी आउन अघि संखुवासभा जिल्लाको हेदाङना वरिपरि किपट अधिकार पल्लो किरातमा कायम नै थियो । जातिको ब्यक्तिको मातहातको जग्गा जे जति भए पनि घर धुरी दर्ता गरी तिरो असुल उपर गर्ने काम लगभग सय वर्षपश्चात केल ब्यक्ति बिशेषका नाममा जग्गाको क्षेत्रफल अनुरुप,जग्गाको किसिम अनुरुप मालपोत असुल उपर राज्यले गर्ने कार्य प्रारम्भ भयो । र्सवप्रथम सन् १९३८ तिर पल्लो किरातमा किपट भूमि रैकरमा परिणत गर्न नाप जाँच गर्ने आदेश सरकारले गर्यो । नापजाँच गर्न खटि गएकाहरु हेदाङना पुग्न अगावै किपटीयाहरुले किपट भूमि नाप्न नदिने निर्णयमा पुगे । श्री फोरबस हेदाङनाका धनसेर र्राईको हकवाला दिदै लेख्दछन् जब नापजाँच गर्न दिव्य बिक्रम शाह आफ्ना सहयोगीहरु समेत हेदाङना आइपुगे उनीहरुले धमाधम किता नाप जाँच शुरु गरे । धनसेर त्यहाँका सबै भन्दा शक्तिशाली किपटीया शुवाङ्गी थिए । उनले बालुङका अर्का सुवाङ्गीलाई किपटीयाहरुले आ-आफ्ना किपट नाप्न नदिन आग्रह गर्दै बालुङका सुवाङ्गीकहाँ पुग्न अगावै दिव्य बिक्रमले आफ्नो हात पारे र धनसेरलाई पकडेर नुमतिर लगे । किता नाप जाँचकै समयमा दिव्य बिक्रमले घुस खाइ किता नाप जाँचमा जग्गा धेरै हुनेलाई थोरै र थोरै हुनेलाई धेरै जग्गा देखाएको आरोपमा उजुरी परेपछि दिव्य बिक्रमलाई धनकुटामा झकिाइयो र उनले त्यही नै राती आत्मा हत्या गरे । त्यो घटना पश्चात धनसेरलाई मुक्त गरियो । पल्लो किरातको तेहृथुम र छत्तथर थुममा नाप जाँचको बिरुद्घमा जुन आवाज उठ्यो जसको कारण नाप जाच सिध्याएर पनि त्यसको नतिजा भने प्रकाशमा ल्याइएन श्री फोरवेस अझ भन्दछन्,सम्भवत नाप जाँचका ससक्त बिरोधका कारण सरकारी अधिकारीले भ्रष्टचार गरेको बहाना बनाएर उनीहरुलाई कार्यवाही गर्न माथिल्लो दर्जाको अधिकारी त्याहाँ पठाउने जस्ता कार्यहरु लाज पचाउन गरिएको कार्य हुनु पर्छ । यद्यपि पल्लो किरातको छत्तथरथुममा भने पुन:नाप जाँच गरियो तर तेहृथुममा भने नाप जाँच त्यागेको उल्लेख गरेका छन्।

Sep 15, 2008

लिम्बुवान मोर्चा निर्माण र लिम्बुवानवासीमा यसको सन्देश

मिसेकहाङ् थाम्सुहाङ
जनआन्दोलन-२ पछि नेपालमै पहिलो पटक जातिको ऐतिहासिक पृष्ठभूमि,भाषा र क्षेत्रको आधारमा संघीय गणतान्त्रिक राज्य घोषणा गर भनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भातृसंगठन संघीय युवा मञ्चले ०६३ असोज २४ गते झापा बन्द गरेर संघीय गणतान्त्रिक आन्दोलनको दिशा निर्देश दियो । त्यस्तै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २६ गते लिम्बुवान बन्द गरेर आन्दोलनलाई व्यापकता दियो । इटहरीमा सात सय युवा परिचालन गरेको प्रभावले मधेशी जनअधिकार फोरमले ६ सय मधेशी युवाहरू विराटनगरमा परिचालन गरी दक्षिण मोरङ बन्द गर्‍यो । एकपटक फोरम संयोजक उपेन्द्र यादवले लिम्बुवानको आन्दोलन त उठ्यो तर मधेशी त डराउँछन्,पैसा दिंदैनन के गर्ने भनेर चिन्ता व्यक्त गरेका थिए । तर ०६३ माघ १ गते अन्तरिम संविधान लिम्बुवान र मधेशीले संयुक्त जलाउने क्रार्यक्रममा मधेशी नेतालाई काठमाण्डौंमा पक्राउ गरियो । मधेशी विद्यार्थीले नेताहरूको रिहाइको लागि लाहानमा चक्काजाम गर्दा पूर्वबाट गइरहेका माओवादी र मधेशीबीचमा झडप हुँदा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट एकजना महतो विद्यार्थी ढलेपछि माघे मधेशी आन्दोलनले भयावह रूप लिन पुग्यो । मधेशी आन्दोलन अर्द्ध दंगा थियो जुन राजनीतिकरण गर्दै अगाडि बढाइयो । मधेशी आन्दोलन बीचमा शिथिल बनेपछि ०६४ फागुन १ गते देखिको आन्दोलनमा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा भन्दा संयुक्त मधेशी मोर्चालाई सञ्चार माध्यमले उचालेपछि फेरि मधेशी आन्दोलन उठ्यो र संविधानसभाको चुनावमार्फ गुणात्मक परिवर्तन भएर मधेशी आन्दोलन संविधानसभाको रोष्टमा समयसापेक्ष गुणात्मक रुपले विकसित हुन नसकी सदन सडकमा छरपष्ट विभाजित छ । हरेक कुरा समयसापेक्ष गुणात्मक परिवर्तन हुन सकेन भने पतन शुरू हुन्छ । उदाहरणको लागि एउटा बालक प्राथमिक कक्षामा सधैं असफल बन्दै युवा अवस्थामा त्यही रहन सक्तैन । उसले पढाइ नै छाड्छ । त्यसरी नै लिम्बुवान आन्दोलन सधैं सडकमा रहन सक्तैन । उसले पढाइ नै छाड्छ । त्यसरी नै लिम्बुवान आन्दोलनले कि त लिम्बुवान क्षेत्रमा संविधानसभाको चुनाव रोकेर वैकल्पिक लिम्बुवान सत्ता निर्माण गररे बढन् सक्नु पर्थ्यो कि त सहमति गरी संविधानसभामा आफ्नो प्रतिनिधित्व बढी भन्दा बढी गराउन सक्नु पथ्र्यो । अफ्सोच, हिजोका सत्तामा रहेका पार्टीका प्रतिनिधिहरूले नै बढी लिम्बुवान क्षेत्रबाट जितेर गएका छन् यति मात्र कि उनीहरु पार्टीभित्र रहेर लिम्बुवानको लागि लड्न चाहन्छन् । भनौ लिम्बुवान आन्दोलनको प्रभाव उनीहरूभित्र प्रवेश गरेको छ, त्यसरी चारैतिरका लिम्बुवान आन्दोलनका प्रभावहरूलाई एकीकृत गरी लिम्बुवान स्वायत्तता प्राप्त गर्नु नै सबैभन्दा उपयुक्त विकल्प देखिएको छ । यही ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरी ०६५ श्रावण ११ गते लिम्बुवानका राजनीति शक्तिहरु -एमाले, माओवादीका लिम्बुवानका भातृसंगठनहरू) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध -स्वयत्त) संगठन संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान मुक्ति मोर्चा जस्तो स्वतन्त्र सगं ठन कांग्रेस का प्रितनिधि बनेको छ । जुन लिम्बुवान आन्दोलन जबरजस्त निर्णायक बन्न खोजेको हो । जुन मोर्चाबन्दीले दुइवटा महत्वपूर्ण सन्देश लिम्बुवान र समग्र नेपालमा दिएको छ । पहिलो सबै राजनीतिक शक्तिहरुले लिम्बुवान स्वायत्ततालाई स्वीकार्न वाध्य भएका छन् । लिम्बुवानका सबै राजनीतिक शक्ति,व्यक्ति लिम्बुवान स्वायत्तता प्राप्तिलाई प्रमुख कुरा मान्छन् जसमा सबैमा एकता भएका छन्। दोस्रो आफ्नो स्वायत्तताको लागि सबैलाई जुट्न प्रेरित गरेको छ । यो मोर्चाप्रति असहमति जनाउने,भ्रम छर्ने र शंका गर्नेहरू पनि छन् । शंका गर्नेहरू प्रश्न उठाउँछन् । के पार्टीले व्हीप जारी गर्दा मोर्चाको गतिमा अवरोध नआउला ? कतै पार्टीले लिम्बुवान आन्दोलन काबुमा राख्न मोर्चा पार्टीमा आवद्ध संगठन व्यक्ति, स्वायत्त संगठन र स्वतन्त्र संगठनहरू विभिन्न धरातलमा भएकाले एउटै धरातलमा आधारित संगठन जस्तो सजिलै गतिशिल पक्कै बन्न सक्तैन होला । तर माहोल जातीय स्वायत्ततातिर ढल्केकोले मोर्चाले प्राथमिकता लिम्बुवान स्वायत्तता मानी पार्टीलाई लिम्बुवान स्वीकार्न,
लिम्बुवानमा स्थापित गर्न मार्गनिर्देश बन्दछ । लिम्बुवानको आन्दोलन उठ्ता मधेशी सांसदहरु जस्तो लिम्बुवानका सांसदहरू बोल्लान् भन्ने आशा लिम्बुवानवासीले गरेका थिए तर पार्टीले कारवाही गर्ला भनेर कोही बोलेनन् । मधेशी संसद बोल्नुको कारण मधेशी मुद्दालाई नै उठाएर जितेर आएका सद्भावना पार्टीका संसदहरू हुनु, बोल्नु पर्ने अवस्थासम्म मधेश आन्दोलन पुग्न, चेतनाशील हुनु नै हो । यो नजिरलाई हेरेर शंका उत्पन्न हुनु ठिक हो । तर, अब सभासदहरुले मधेशी आन्दोलनबाट सिक्यौं लिम्बुवान आन्दोलन बुझ्यौं भनेरसहमति मार्फत प्रतिवद्धता जाहेर गरेका छन् ।दोस्रो प्रश्न पार्टीले लिम्बुवान आन्दोलनलाई काबु मोर्चामार्फत गर्दैन भन्न हुँदैन । आफ्नो सरकारलाई कार्य गर्नसजिलोको लागि मोर्चालाई पार्टीले प्रयोग गर्नसक्छ । फेरि मोर्चामा बस्ने संगठन,व्यक्तित्वहरूले लिम्बुवान स्वायत्तता राष्ट्र नै प्रधान कुरा ठानी मोर्चाप्रति इमान्दारिता,लिम्बुवानप्रति समर्थन भए मोर्चाले पार्टी र सरकारलाई आफू अनुसार नियन्त्रण प्रयोग गर्न सक्तछ । यही नै यो मोर्चाको सबैभन्दा ठूलो शक्ति, गुण, मिशन हो । यो मोर्चा यही कुरालाई आत्मसात गरेर बढ्नु पर्दछ । मोर्चाको त्यत्तिकै महत्व राज्य पूनःसंरचनाको घडीमा नेपाल पुगेको छ जहाँ लिम्बुवानको परिभाषा, अधिकार, मार्गचित्र,स्थान आदि बारेमा विभिन्न संगठनहरूले विभिन्न दृष्टिकोण दिएमा अन्योलता सृजना लिम्बुवानमा हुने निश्चित छ । त्यसर्थ लिम्बुवान स्वायत्तताका लागि साझा अवधारणा, साझा शक्ति चाहिएको छ । हरेक मोर्चा निश्चित उद्देश्य प्राप्ति गर्नसम्मको लागि विभिन्न अस्तित्वमा रहेका संगठनबीचमा हुने गठबन्धन भएकाले संविधानसभा मार्फ लिम्बुवान स्वायत्तता सुनिश्चित गर्न निर्माण गर्न र संचालन गर्नसम्म यो मोर्चा कायम रहनु पर्दछ ।
मोर्चा प्रति आरोप तथा भ्र्रमः-
मोर्चाले अन्य लिम्बुवानवादीराजनीतिक संगठनहरूलाई सामेल गर्न भरमग्दुर कोशिश गरेको छ र गरिरहने छ । तर पनि यो मोर्चाप्रति भ्रम फिजाउन केही संगठनहरू लागि परेका छन् । मुख्यतः संघीय लिम्बुवान राज्य परिषद सञ्जुहाङ्ग पक्षले अपरिपक्वता प्रदर्शन गर्दै गैर जिम्मेवारीपूर्वक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पाँच जिल्लामा सहमति गर्‍यो भनेर भ्रम फिजाएका छन् । तर विहार उत्तर, मेचीपूर्व, अरुण कोशी पश्चिम र तिब्बत दक्षिण लिम्बुवानको ऐतिहासिकता हो र जुन ऐतिहासिक आधारमा लिम्बुवान स्वायत्तताभूमि हुनु पर्दछ भन्ने अथवा नौ जिल्ला नै लिम्बुवान हो भन्ने उक्त कुराले जनाउँदछ । उहाँहरु त्यस्तो आरोप गर्नु पछाडिका कारणहरू मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदप्रति नकारात्मक दृष्टिकोण हुनु, मोर्चाप्रति अनभिज्ञता, आफू एक्लै लिम्बुवान सरकार चलाउने दिवा सपना त्यस्तै ५ जिल्ला लिम्बुवान मान्ने माओवादी पाटी भएको मोर्चासँग सहमति गर्‍यौं भन्ने आक्रोश अथवा मोर्चा विरोधी अदृश्य हातहरूको चलाई । यो मोर्चाले ५ जिल्ला मात्र लिम्बुवान भन्ने माओवादीहरूलाई साझा अवधारणा मार्फ कूटनीतिक रुपले ९ जिल्लामा ल्याएको छ । जुन एक्लै समानान्तर सरकार चलाउँछु भन्नेहरूले के थाहा पाउनु पर्छ भने सत्य वा असत्यले जित्ने होइन, बलियोले जित्ने हो । निश्चित क्षेत्रको सबैभन्दा ठूलो शक्ति मात्र वैद्य भई सत्तामा रुपान्तर गर्न सकिन्छ । लिम्बुवानमा लिम्बुवानवादी शक्तिहरू एकीकृत गरेर मात्र सबैभन्दा ठूलो शक्ति निर्माण हुने यथार्थतालाई मध्यनजर गर्दै मोर्चाप्रति सकारात्मक दृष्टिकोण बनाएर मोर्चामा सबै सामेल हुनु पर्दछ ।
लिम्बुवानवासीको लिम्बुवानप्रति उच्चतम् आकांक्षा र्समर्पणकै उपज यो मोर्चाको उदय हो । कम्तीमा यो मोर्चाले लिम्बुवानवासीको साझा मुद्दा लिम्बुवान हो यसको लागि राष्टिय्र ता हामी एक हौ भन्ने नैतिकवान सन्देश लिम्बुवानवासीलाई दिएको छ । मोर्चा नै सबथोक हो भन्न खोजिएको होइन । मोर्चालाई लिम्बुवान आन्दोलन खेलौना बनाउन पनि प्रयोग गर्न सक्छन् । अतः मोर्चाले मुख्य जाँच्ने कडी भनेकै मोर्चाले निर्माण गरेको लिम्बुवानको वातावरणबाट शक्तिलाई कार्यक्रम मार्फत कतिको लिम्बुवान प्राप्तिको गतिशील डाइनामिक बनाउँछ भन्ने कुरा नै हो । अन्तमा मोर्चाको कार्यक्रम आन्दोलन सुक्ष्म (Micro) भन्दा वृहत (Macro) लिम्बुवानवासीकै राष्ट्रियता हामी एक हौं भन्ने भावना उत्पन्न गर्ने प्रकारको हुनु पर्दछ । जसले लिम्बुवानवासीलाई एक गराउँछ, वृहत लिम्बुवान निर्माणमा बन्न पुग्दछ । गोर्खा साम्राज्यले षडयन्त्रपूर्ण तरिकाले निल्न आँटिसकेको शिथिल लिम्बुवान फेरि शाह राज्यको पतन गणतन्त्रको उद्देश्यसँगै अरूणकोशीपूर्व उदाउन लागेको लिम्बुवान स्वायत्तताको प्रतिक्षारत लिम्बुवानवासी जनताहरूका सपना, पर्खाई झन् यो मोर्चाले उत्साहित बनाएको छ । त्यर्सथ यो मोर्चामा सबै लिम्बुवानवादी राजनीतिक शक्तिहरु मोर्चाबन्दी भई लिम्बुवान स्वायत्तता प्राप्तिसम्म एउटै शक्ति भई अगाडि बढ्नु वर्तमानको ऐतिहासिक माग हो ।
लेखकः- मञ्च सम्बद्ध संघंघीय लिम्बुवान राज्य परिषदका महासचिव हुनुहुन्छ ।

साझा लिम्वूवान साप्ताहिकबाट

Sep 8, 2008

तिम्रा आवाजहरू सुनिरहेछौ

गोविन्दराज भट्टराई
हाम्रा चिन्तन बुझने युगहरू पनि छन्
हाम्रा अभिव्यक्तिहरू सुनिदिने संसारहरू
पनि छन्
यस युगलाई
हाम्रो आङ्खनै हृदय
प्रकाश छाङ्छा राईले धेरै टाढा बसेर यी शब्द कोरेका थिए । हालै प्रकाशित उनको 'पुल तरेपछि हराएको मान्छे' शीर्षक कवितासङ्ग्रहमा यी पङ्क्ति परेका थिए । कत्रो आशा बोकेर, कत्रो भरोसाले अनि विश्वासले प्रकाशजस्ता हजारौं सर्जक साहित्य सिर्जनामा लागेका छन् । देशभन्दा टाढा कतैका महानगरीमा चेपिएर वा मरूभूमितिर निसासिदै, भिरेको बन्दुक एकछिन भित्तामा अड्याएर अथवा अनिदा रातमा मन छटपटिएका बेला कसरी यिनीहरू सिर्जनामै समर्पित भएका छन् । नेपाली साहित्य आज कहिल्यै नसुनिएका नया-नया भूमिबाट पनि पलाउदैछ, हुर्किदैछ ।र भर्खरै हो हङकङका नरेश सुनुवारको 'जिन्दगीको पहाड र अस्तित्वको रोकुदेले सेक्सेलेलेले......' को काठमाडौंमा विमोचन र विमर्श गर्‍यौ । त्यसको केही समयपश्चात बेलायतदेखि दयाकृष्ण र्राई आएका थिए-'इश्वरको मलामी' बोकेर । यो साता फेरि हङकङकै दुइवटा नया कृति यहा आइपुगे- प्रकाश छाङ्छा राईको 'पुल तरेपछि हराएको मान्छे' र देवेन्द्र खेरेसको 'रुङ्रीको बयान र नदी किनारा' । चारवटै कवितासङ्ग्रह । यो सानो उपलब्धि होइन । यसमा हामीले खुसी नमाने कसले मान्देला - उनीहरूले हामीलाई सम्झेरै लेखिरहेका छन्, हामीलाई सम्झेरै प्रकाशित गरिरहेका छन्, नेपाली साहित्यको विशाल र बृहत्तर स्वरूपभित्र पनि उनीहरू कतै लेखिएलान, कतै देखिएलान्, भनेर यस्तो योगदान गरिरहेछन् । फेरि पनि प्रकाशकै शब्दले हामीलाई छुन्छन्- हाम्रा अभिव्यक्तिहरू सुनिदिने संसारहरू पनि छन् । त्यो संसार हाम्रो नेपाली साहित्य हो, त्यसमा जोडिएको नेपाल । सीमाहीन विस्तृतिबाट पनि त्यो पलाइरहेको छ । हो आज हामी तिमीहरूलाई सुन्दैछौ ।
त्यसो त हङकङ केन्द्रदेखि शिव प्रधानको कथासङ्ग्रह 'छरिएको सिन्दूर', टङ्क सम्बाहाम्फेको कवितासङ्ग्रह 'युद्धभित्र उभिएका बुद्धहरू', दिलबहादुर पालुङ्वाको उपन्यास 'त्यान्द्रो', नेपाली साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कथासङ्ग्रह 'यथार्थका चोइटाहरू' जस्ता धेरै कृति आएका छन् । त्यहा बसेर हाङ्युग अज्ञातले पनि स्तरीय साहित्यिक प्रकाशनको सम्पादन र प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । सबैले नेपाली सम्झेर, नेपाल सम्झेर नेपाली भाषामै काम गरिरहेका छन्, ती साराको मूल्याङ्कन गर्ने हामी हौ, धेरै गर्न सकिरहेका छैनौ ।
नेपाली साहित्यलाई चारभञ्ज्याङभित्र रोक्नेहरू छौ“, देशको भौगोलिक सिमानाहरूमा बाधेर व्याख्या गर्नेहरू छौ“ । आज अचानक एक भिन्न परिस्थितितिर फर्किने दिन आएका छन् । ठूलो मात्रामा असङ्ख्य जतिनै कृति नेपाली डायास्पोराबाट आइहरेका छन्, यहाका पनि संसारभरि जादैछन् ।
अहिले हङकङ, बेलायत, अमेरिका जहाबाट आए पनि कविता सिर्जना नौलो भएर आउदैछन् । एउटा भिन्न परिचय बोकेर आउदैछन् । यी कविता र्सजकको मनस्थिति एवं चिन्ता भिन्दैखाले छन् । उनीहरू बसेको भूगोलले, बोलेको वाणीले बिताएको संस्कृतिले त्यो सिकाएको छ । अझ एकपल्ट छोडेको कहिल्यै बिर्सन नसकिने भूमिको प्रेमले त्यो लेखाएको छ । त्योभन्दा ठूलो कुरा ती नया विचार र शिल्पका कविता भएर आएका छन् ।
नरेश सुनुवारको 'जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेक्सेलेले.......' नवीनता, प्रयोग र परिस्कार बोकेर आएको छ भने त्यस्तै नवीनता बोकेर आएको खेरेसको 'रुङ्रीको बयान र नदी किनारा' हो । यिनमा जातीय गीत, सांस्कृतिक चिन्ता प्रतिध्वनित हुन्छन् । 'राकुदेले' र 'सेक्सेलेले.....' सुनुवार भाषाका पदसङ्केतहरू, 'रुङ्री' र्राई भाषाको. 'तिगेन्जोङ्ना' बैरागी काइलाले लिम्बूको ल्याएर कवितामा बसालेजस्तै । जातीय आस्था र गौरवका केही सङ्केत समकालीन कवितामा उनिएर आउनु एउटा अर्थपूर्ण सङ्केत हो- हामी त्यही छौ, हाम्रो उपस्थिति पनि त्यहा यसरी छ भन्ने विषयको । यी कवितामा सम्झनाहरू कति बलशाली भएर आउछन् भने पढ्दापढ्दै ती कवि सम्झेर हामी हुरुक्क हुन्छौ । खेरेसको एउटा कवितांश-
मैले टेकेका ढुङ्गा-माटोहरू
मैले भेटेका रूखबिरुवाहरू
मैले सुनेको भ्याकुरको छ्याकछ्याके आवाज
मैले पिएको चिसो पानी
मैले देखेका दृश्यहरू
र, स्पर्श गरेको सिरसिरे बतास
सप्पै-सप्पै
मेरै घुर्‍यानको ढुङ्गा-माटो
मेरै रानीवनको रूखपात
मेरै सिकुवाको गौथली
मेरै धाराको पानी
मेरै आगनको डिलमा
साझपख चल्ने चिसो बतास
र, मेरै घर घुर्‍यानको जस्तो
तृष्णा मेट्ने दृश्यहरू
फरक मात्र बाटो
त्यै फरक बाटोले गर्दा
निर्वासनको गन्ध सुघ्दै हिडे
यी कविता राम्रा र शक्तिशाली छन् । यिनमा देशबाट टाढिनुका पीडा अत्यन्तै गहिरा भएर उभिएका छन् । प्रकाश र देवेन्द्र दुवैका कवितामा निराशा निकै गहिरो छ । केही प्रतीक्षा र बाचा छन्, तर घरदेखि ङ्खयाकिएर विशाल संसारतिर दुनिया“ कति कुरा छुटेका छन् । देवेन्द्रले 'हामी बाच्दछौं कृत्रिम-कृत्रिम' मा बोल्दैछन्-
हामी दिन भइन्जेल उज्यालो सक्न चाहन्छौ
हाम्रा आखाहरू दृश्य हेर्नबाट वञ्चित हुन्छन्
हामी रात भइन्जेल अध्यारो सक्न चाहन्छौं
हाम्रा सपनाहरू अधूरै हुन्छन् ।
विच्छिन्नताको भय र त्यसले ढाकेको अन्धकार गाढा छ । प्रकाशको 'प्रेयसीले पत्र लेखेकी रहिछन्- पुरानो कागजभित्र' मा एक विचित्रको मनोदशा छ-
दिनले धेरै थिचिसकेछ, बडो असजिलो महसुस हुन्छ
यो जिन्दगानी र यस्तो आकस्मिकता
कही बिर्सिसकेर पनि माया गरे जस्तो
यो सम्झना जति- खै के उत्तर दिने ?
लेख्तालेख्तै कतिपय कवि दर्शनतिर ओर्लिन्छन्- जीवनदर्शनमा । केहीमा आशा छ, प्रतिज्ञा छ, देश फर्किने प्रण छ, यसलाई उन्नत गराउने धोको छ । धेरै कवितामा देशकै मनोदशा प्रतिविम्बित छन् । यहाका दुःखसुखले, संघर्ष र कष्टले, मृत्यु र हत्याले त्यहा पनि ती अत्यधिक संवेदित छन् । दयाकृष्णको 'इश्वरको मलामी' बाट एक अंश उद्धृत गर्छु यी कविहरू आज कसरी अस्तित्व-चिन्तनतिर डुबेका छन्, त्यो देखाउन चाहन्छु-
भोलिपल्ट बिहानै नित्से र मर्
इश्वरको मलामी गइरहेको बेला
एक्कासि ममाथि
घाइते जूनकिरीहरूले व्रि्रोह बोले
"किन जादैछौ तिमी इश्वरको मलामी -"
अन्त्यमा मैले देशबाट लेखी पठाए, 'यसैगरी बोलिरहनू, हामी तिम्रा आवाज सुनिरहेछौ ।'

कान्तिपूरबाट साभार

Sep 7, 2008

येत्ले तङवे (किरात सम्बत) ५०६८

जबेगु दिलीप लिम्बू
विविध धार्मिक, सास्कृतिक सस्कार र सभ्यताले भरीएको देश नेपालमा सम्बतको पनि आफ्नै मान्यता रहि आएको छ । किन नहोस् नेपाका सरकारी काजको सन्बतलाई विश्वमानचित्रमा छुट्टै भन्ने नाममा याहाका विविधतालाई नामेट गर्न खोजिएको किन नहोस् । तर नामेट हुन सकेन अनित याहा ल्होसारको नाममा माघिको आवरणमा र कक्फेक्वा तङनाम सँगै कुसङ तङबेको नामले रही रहृयो, नया बर्षे खुसी बडी रहृयो, विभित षडयन्त्रका साथ किरातीहरुको अस्तित्व र पहिचानलाईनै निमोठ्ने प्रयास गरिएता पनि अन्यमा सत्यको विजय हुदै इतिहासलाई निरन्तरता दिदै, जिवित रहिनैरहयो ।
खिस्टाब्दको,बुद्घीष्टको ल्होसार सँगै किरातीहरुको कुसङ तङबे पनि यही परिधिमा सुरु हुन्छ, थारुहरुको माघी अनि आम नेपालीले मान्यता दिएको मकरसक्रान्ति सगै किरात धर्म र सभ्यता मान्ने किरात राजा यलम्वरको सम्झनामा सुरु भएको यो सम्बतलाई "येत्ले तङबे" अर्थात किरात सम्बत भनिन्छ । येले तङबेको बारेमा ठोस प्रमाण फेला नपरेको किन नहोस् ,तर किरातीहरुले आफुले मान्दै ल्याएको मुन्धुमी मान्यता र सास्कृतिको निरन्तरता सगै यहि माघे सक्रन्तिबाट आफ्नो नया सम्बत सुरु हुनेमा विश्वास गर्न थालेका छन । यसमा तर्क यो छ कि, नेपालका तमाम आदिवासी जनजातिहरुको सम्बत यहि परिधिमा परिवर्तन हुन्छ । त्यसैका आधारमा पनि किराती सभ्यताका आज किरातका सन्तान भनी गर्व गर्ने लिम्बूहरु, आठपहरीया (अठप्प्रे),राई, कोचे, मेचे, देवान,लहरुङ, थिनेल, याङफु राई,सुनुवार,हायु, चेपाङ, थामी,तामाङ, थकाली, थाकल, थोकल, शेर्पा, मगरहरु,गुरुङहरु,थारु, दनुवार लगायतले यसै दिनबाट नयाँ बर्ष प्ररम्भको शुभकामना समेत आदान प्रदान गर्ने गरिन्छ ।
यलम्बर सम्बत बिक्रम सम्बत सुरु हुनु भन्दा ३ हजार ३ बर्षअगाडी भएको मानिन्छ भने इस्वि सम्बत भन्दा ३ हजार ६० बर्षभन्दा अगाडी भएको ऐतिहाससक प्रमाणहरुमा पाईनछ । सो अनुसार यस बर्षो यलम्बर सम्बत ५०६८ वर्षा प्रवेश गरेको छ । भाषा, लिपी, र साहित्य आफ्नै भएको किराती जातीहरुको सम्बतमा भने अझै प्रमाणिकताका आधारमा प्रचलनमा आइनसकेको भए पनि किरातकालको यलम्बरले शासन गरे पछिको गणना सग यो सम्बतलाई जोडेर हेर्ने गरेको पाइनछ ।
यलम्बर सम्बतको प्ररारम्भ माथिनै गरे झै माघे सक्रान्तिबाट प्रारम्भ हुन्छ, यसको पनि आ-आफ्नै खाले मिथक रहेको छ । परापूर्वकालदेखि नै धुमधामका साथ मानिन्दै आएको माघे सक्रान्तिलाई किरात लिम्बूहरुले "कक्फेवक तङ्नाम"का रुपमा मनाउछन भने यसैगरी सम्पूर्ण किरातीहरुले विभित पर्वको रुपमा मान्ने गर्दछन । माघे सक्रान्तीका दिन तरुल खोज्ने जंगल जानु कन्दमुल फलफूल खाएर जीवन यापन गर्ने गरेको आदिम सभ्यता हो । तर्सथ माघे सक्रान्ति र यलम्बर सम्बतको बिचमा कुनै न कुनै किसिम्को साइनो छ ।
यस्तै किरात राईहरुको लोकोक्ति अनुसार आफ्नो पूर्खा खोक्चीलिपत्र, राक्ष्यसनीको षड्यन्त्रबाट बच्नलाई बनतरुल खाएका थिए। यसैका सम्झनामा खुसियालिका साथ आज पर्यन्त यो चाड मनाउदै आएको मानिन्छ । त्यसैले उखानै छ, वनमा गई वनतरुल खाए धेरै दिन बाचिन्छ । किराती राजा यलम्बरले काठमाडौ-यलाखोम)को अहिरवंशी राजा भुवन सिंहलाई पराजित गरी यलाखोममा किराती शासनको सुरुवात गरेका राजा यलम्बरलाई सम्झिनदै यो "यलम्बर सम्बत" मान्ने गरेको विस्वास गरिन्छ ।