Dec 29, 2011

विश्वको लोकप्रिय प्रचलन जाति र भाषाको आधारमा राज्यको नाम

विश्वास दीप तिगेला
नेपालमा अहिले राज्य पूर्नसंरचना सम्बन्धमा ब्यापक बहस र छलफल चलिरहेको छ । जनताबाट निर्वाचित संविधान सभाका सभासदहरु रहेको राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ । कर्णाली, नारायणी, सुनकोशि, खप्तड, जडान, लिम्बुवान, किरात, शेर्पा, ताम्सालिङ, तमुवान, मगरात, नेवा, थरुहट–अवध–लुम्बिनी, मिथिला–भोजपुरा–मधेश प्रस्तावित राज्यहरुको नाम पहिचान र सामथ्र्यको आधारमा ७ वटा जातिगत, ६ भूगोलगत र १ वटा संस्कृतिगत रहेका छन् यद्यपी केहीले जाति, भाषाको आधारमा र कसैले भूगोलको आधारमा मात्र नामाकरण गर्नु हुदैन भन्ने विरोधाभाषपूर्ण आवाजहरु सुनिएका छन् । त्यसैले यस सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई पनि हेर्नु सान्दार्भिक हुन्छ ।
विश्वको सर्व शक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिकाको ४९ वटा राज्य मध्ये २८ वटा राज्यहरु जाति, भाषा लगायत आदीवासी जातिहरुको इतिहासबाट नामाकरण गरिएको छ । ती राज्यहरु: १. आल्वामा, २. आलस्का, ३. एरिजोना, ४. आकानसास, ५. कनेक्टीकुट, ६. डिलावार, ७. हवाई, ८. इधि, ९. इलिनोइस, १०. इण्डियना, ११. लोवा, १२. कान्सास, १३. केन्टुकी, १४. म्यासच्युट्स, १५. मेसिगन, १६. मिन्निसोटा, १७. मिसिसिपी, १८. मिसोरी, १९. नेव्रास्का, २०. डाकोडा, २१. ओहायो, २२. ओकलाहोमा, २३. टेनिसिसी, २४. टेक्सास, २५. युटाह, २६. वीन्कन्सीन, २७. न्यू मेक्सिको, २८. वाओमिङ हुन । यसरी अमेरिका भौतिक रुपबाट मात्र नभई भावानात्मक रुपबाट पनि विशाल र शक्तिशालि देखिन्छ ।
विश्व कै ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पनि हेर्ने हो भने अधिकांश राज्य, शहर, जिल्ला र महत्वपूर्ण ठाँउहरुको नाम भाषा, जाति र इतिहासको आधारमा रहेको पाइन्छ । तमिल जातिहरुको तमिलनाडू, कर्णडा भाषीहरुको कर्णाटक, मराठी भाषीहरुको महाराष्ट्र, गुजराती भाषीहरुका गुजरात, पंजावी भाषीहरुका पंजाब, नागा जातिहरुको नागाल्याण्ड, बंगला जातिहरुको पश्चिम बंगला, काश्मीरी जातिहरुको काश्मीर रहेका छन् । बृटिसको पालामा परिवर्तन गरिएको मद्रास, बम्बई भनिने शहरको नामलाई बृटिसको फिर्ति पछि पहिलाकै नाम चेन्नइ, मुम्बई कायम गरिएको छ ।
नेपाल संग धेरै कुरामा समानता रहेको र पछिल्लो समयमा विकास र प्रगतिमा लम्किन्दै गरेको इथियोपियामा ११ राज्य मध्ये जातिय पहिचानको आधारमा आरोमी जाति तथा भाषिहरुको बाहुल्य रहेको क्षेत्र ओरोमिया राज्य, आम्हारिक भाषिहरुको आम्हारा राज्य, सोमाली जातिहरुको सोमाली राज्य, टिग्रिग्ना जातिहरुको टिग्रेई राज्य, आफार जातिहरुको बाहूल्य रहेको क्षेत्र आफार राज्य र हरारी जाति भाषिहरुको बाहुल्य रहेको इलाका हरारी राज्य गरि ६ वटा राज्यहरु छन्, भूगोलको आधारमा २ वटा र मिश्रित आधारमा २ वटा राज्य रहेका छन् ।
जाति, भाषाको नामबाटै सिंगो देशको नाम समेत रहेको पाइन्छ । सर्व जातिहरुको सर्विया, अल्वेनियाली जातिहरुको आल्वेनिया, कुर्द जातिहरुको कुर्दिस्तान, मंगोल जातिहरुको मंगोलिया, फेन्च भाषीहरुको फान्स, स्पेनिस भाषीहरुको स्पेन, आईरिसहरुको आयरल्याण्ड, मले जातिहरुको मलेशिया, ताजिक जातिहरुको ताजिकिस्तान, उज्वेक जातिहरुको उज्वेकिस्तान, बंगला भाषीहरुको बंगलादेश आदी रहेका छन् । यहा याद गर्नुपर्ने कुरा के हो भने धेरै देशको नाम भाषा, जातिको नामबाट रहेको छ भने कतिपय चाहि देश कायम भएपछि भाषाको नाम रहन गएको छ । जस्तैः नेपाल, देश भएकोले पछिबाट खस भाषालाई नेपाली भाषा भन्न शुरु भयो ।
सयुक्त अधिराज्य (वेलायत) भित्र ४ वटा पूर्ण स्वायत्त राज्यहरु रहेका छन् । इङलिस भाषा बोल्नेको इङल्याण्ड, स्कटिस भाषा बोल्नेहरुको स्कटल्याण्ड जसको आफ्नै संसद र मुद्रा समेत रहेको छ, आइरिस भाषीहरुको नोर्दन आयरल्याण्ड, वेल्स भाषीहरुको वेल्स राज्य रहेको छ ।
अमेरिकाको प्रसिद्ध पर्यटकीय शहर काङकुङ, बेलिजका आदीवासी बेलु जातिबाट वेलमुम्पान, रसियाको चेचेन जातिहरुको चेचेन्या, केन्याको साम्बुरु जातिहरुको नामबाट साम्बुरु जिल्ला, फिजीको लाउन भाषिहरुको बाहूल्य रहेको प्रोभिन्सलाई लाउ प्रोभिन्स आदी रहेकोले पनि जाति, भाषाको नामबाट देशको नाम, राज्यको नाम राख्ने प्रचलन विश्वभर नै लोकप्रिय रहेको पाइन्छ ।
विश्वमा जम्मा २६ वटा मुलुकहरुले संघिय राज्य प्रणाली अपनाएका छन् । क्षेत्रफलको हिसाबले कुनै मुलुक नेपाल भन्दा धेरै सानो पनि रहेका छन् । प्रथम संघीय मुलुक संयुक्त राज्य अमेरिका सन् १७८७, स्विट्जरल्याण्ड सन् १८४८, अर्जेन्टिना सन् १८५३, मेक्सिको सन् १८५७, क्यानडा सन् १८६७, ब्राजिल सन् १८९१, अष्ट्रेलिया सन् १९००, अष्ट्रिया सन् १९२०, रुस सन् १९३६, जर्मनी सन् १९३९, भारत सन् १९४७, बेल्जियम सन् १९९३, नाइजेरिया सन् १९६३, बोस्नीया र हर्जगोभिना, कोमोरोस्, इथियोपिया, इराक, मलेशिया, माइक्रोनेशिया, पाकिस्तान, सेन्ट किट्स र नेभिस्, स्पेन, दक्षिण अफ्रिका, सयुक्त अरब इमिरेट्स, भनेजुएला र नेपाल रहेका छन् । यी संघीय मुलुकहरुको अध्ययन गरेर नंव संघीय नेपालले धेरै कुरा सिक्नु पर्दछ । नेपाल जस्तो बहू धर्म, जाति, भाषा, संस्कार संस्कृति, भएका मुलुकहरुमा धेरै अघि संघीय प्रणालीमा गए र अहिले समुन्नत भई सकेका छन् त्यसैले अबको नयाँ सविधान र पूर्नसंरचनाबाट सबैलाई अधिकार प्राप्तहोस तब कसैले पनि अधिकारको लागि आन्दोलन गर्नेछैन र त्यो समय विकास र प्रगतिमा खर्च हुनेछ ।
झण्डै ५ दशक भन्दा बढि एकात्मक शासन प्रणाली अनुभव गरिसकेको नेपालमा अहिले संघीय प्रणालीको चाहना हुनु, आवश्यकता महशुस हुनु आफैमा अर्थपूर्ण छ । एकात्मक प्रणालीको उपभोग पछि अहिले संघात्मक प्रणालीको चाहाना हुनु स्वभाविक हो र कालन्तरमा संघात्मक पछि अर्को प्रणालीको चाहाना र आवश्यकता महशुस हुन सक्दछ । यो विकास र परिवर्तनको नियमित प्रकृया हो । भविश्यमा मुलुक छुट्टाउने सिमाना विनाको देश निर्माण हुनसक्दछ तर अहिलेको परिपेक्ष्यमा सबैमा सघियताको चाहना हुन सबैभन्दा सुन्दरपक्ष मानिएको छ ।
शासक र शाशित जाति रहेको नेपालमा समानता र सन्तुलित सहिष्णुताको अवस्थामा ल्याउन वर्तमान परिप्रेक्ष्यमा जातिय अग्राधिकार, जातिय, भाषिक तथा सांस्कृतिक आधारबाट राज्यको नामाकरण गर्नु आवश्यक ठानिएको हो । यदि राज्यको पूर्न संरचना सामर्थ्यको आधारमा मात्र गर्ने हो भने प्रथमत नेपाल देश आफै चल्न सामर्थ्य छ या छैन भन्ने प्रश्न आउने गर्दछ ? निश्चय नै देश आफै चल्न सकेको छैन त्यसैले यहा भित्र ब्यवस्था गर्न लागिएका राज्यहरु सामर्थ्यको आधारमा मात्र हुनुपर्छ भन्नु आफैमा विरोधाभाषपूर्ण कुरा हुन् ।
राज्यको पूर्नसंरचना उच्च जातिको हालीमुहाली कायम राख्ने तरिकाले गर्ने वा सबै जाति, धर्म, सम्प्रदायलाई समानता हुने तरिकाले गर्ने भन्ने अहिलेको मुख्य मुद्धा हो । संविधान निर्माणको एक जटिल अंश राज्यको पूर्नसंरचना र क्षेत्र निर्धारणमा हामी अरुबेला भन्दा माथि उठेर धैर्यताका साथ साझा, निष्पक्ष, समावेशि र समृद्ध नेपालको खातिर काम गर्दैछौ भन्ने आत्मा विश्वास लिनु पर्दछ । आफूले चाहेको सबै कुरा हुनैपर्छ भन्ने माग गर्दा अरुलाई केकस्तो असर पर्छ त्यो कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । एकात्मक चरित्रको प्रणालीले हामीलाई दास बनाएको अवस्था भएकोले शुरुशुरुमा संघियता पद्धति असजिलो हुनसक्ला तर बहू जाति, भाषा, धर्म, संस्कार संस्कृति भएको मुलक नेपाल जस्तो विश्वका अनेकौ मुलुकहरुमा सफल र लोकप्रिय साबित संघीय प्रणालीले निश्चय नै कल्याण गर्छ भन्ने विश्वास राख्नु पर्दछ । संसार स्वतः परिवर्तनशिल छ आजको प्रणाली भोलि परिवर्तन र परिमार्जन हुनुपर्दछ । त्यसैले डराउनु पर्ने, आत्तिनुपर्ने अवस्था कसैलाई पनि छैन । आपसमा मनमुटाव नल्याउने, अस्वीकार्य नहुने निष्पक्ष संविधान नै उत्कृष्ट सविधान हुन सक्दछ । निष्पक्ष संविधान भएमा कसैले अधिकारको लागि, समानताको लागि लड्ने समय विकासको लागि सदुपयोग हुनेछ ।
हिजोको ५ विकास क्षेत्र र १४ अंचलहरु तिनै भूगोल र सामथ्र्यको आधारमा थियो र त्यो सबैभन्दा असफल र बेकम्मा सावित भएको कुरा छर्लङ्ग छ । पुनः त्यस्तै भूगोल र सामथ्र्ययको आधारमा मात्र राज्यको परिकल्पना गर्नु पश्चगमन हो । त्यसैले विकासको कार्य, प्रसासकीय कार्य चुस्त र दुरुस्त प्रभावकारी ढङ्गबाट संचालन गर्न, समुदायलाई समावेशि बनाउन, समानताको आधारमा कार्य संचालन गर्नको लागि कर्तब्य तथा जिम्मेवारी बोध हुने प्रकारले राज्यको संरचना र नामाकरण गर्नु पर्दछ । संमग्रमा राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले राज्यको नामको बारे ल्याएको खाका उपयुक्त देखिन्छ । प्रस्तावित राज्यहरुको सिमाक्षेत्रमा केही थपघट तथा सुधार गरेमा पूर्ण हुने देखिन्छ । त्यसैले समितिलाई धन्यवाद दिन कन्जुसियाई पनि नगरौ ।
जाति, भाषा, संस्कृति र भूगोलको आधारमा राज्यको नाम राख्दैमा जातिय अन्तर विरोध हुन्छ भन्ने होइन किन कि राजनैतिक चेतनाको हिसाबले हामी नेपाली अगाडि छौ र जातिय अन्तर विरोध हुदैहुदैन भन्ने पनि होइन तर जातिय राज्य नदिदा हुने द्धन्द्ध भन्दा दिएपछि हुने द्धन्द्ध सहिष्णु र सामान्य हुनेछ । हिजो देखि आज सम्म रहेको आक्रोस जस्तो हुनेछैन । त्यसैले यो समय भनेको केही गुमाएरै भएपनि हिम्मत गरेर समृद्ध र साझा नेपाल बनाउन अघि बढ्नु पर्ने बेला हो । एकात्मक प्रणाली बर्षौबर्ष अनुभव गर्‍यौ, त्यसैले अब आउनुहोस संमृद्ध नेपालको लागि आज अग्राधिकार सहितको संघीय नेपाल निर्माणमा सहभागि बनौ ।
विश्वास दीप तिगेला, biswasdip@ymail.com, १९ नोभेम्बर २०११, ब्रुनाई

स्रोतः
१. http://americanindiansource.com/indianed/statesnames.html (Access 27 Nov 11)
२. http://www.native-languages.org/state-names.htm (Access 27 Nov 11)
३. संङ्घीय राज्यको नयाँ संरचना– विवेक सिर्जनशील प्रकाशन प्रा. लि.
४. संङ्घीय मासिक बर्ष ६ र ७ पूर्णाङ्क ७, २०६७, बालकृष्ण माबुहाँङ
५. https://www.cia.gov (Access 28 Nov 11)
६. नेपाल साप्ताहिक, बर्ष १२, अंक १८, पेज २५, भिमार्जुन आचार्य
७. नागरिक दैनिक बर्ष ३, अंक २२६, पेज ६, कनकमणि दीक्षित
८. कान्तिपुर दैनिक बर्ष १९, अंक २९३, पेज ७, बीरेन्द्र देउजा/खेमराज नेपाल
८. कान्तिपुर दैनिक बर्ष १९, अंक २९४, पेज ७, प्रकाश दाहाल
More info: http://nayasamachar.com/?p=12754

Nov 10, 2011

लिम्बूवान राज्यको स्थापना र सिमाना

प्रकाश यक्सो
यो ब्रम्हाण्डमा रहेका अनगिन्ती तारा र ग्रहहरु मध्येका एउटा ग्रह पृथ्वी पनि हो। वैज्ञानिकहरुका अनुसार पृथ्वीको उत्पति भएको धेरै लामो समयपछि मात्र पृथ्वीमा जीवहरुको उत्पति भएको हो । शुरुकालमा पृथ्वीमा एकमात्र प्याङजिअ (pangaea)नामको विशाल महाद्वीप (Super continent) थियो । जुन आजभन्दा बीस करोंड वर्षघि टुक्रिएर लोरेइस (Lourasia) र गण्ड्वाना (Gondwana) नामका दुइ ठूला महाद्वीपहरु बने । त्यसैगरी साढे छ करोंड वर्षघि ती दुइ महाद्वीपहरुपनि टुक्रिएर सात महादेशहरु बने (The Random House Book of 1001 Guestions & Answer about Planet Earth: Brian and Brenda Williams Random House New York)।
यिनै सात महादेशहरुमध्येका एसिया महादेशमा पर्ने नेपाल पनि एक राष्ट्र हो । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरु मध्ये याक्थुङ (लिम्बू) हरु पनि एक हुन् । यिनीहरुको बारेमा जानकारी लिनु पर्दा शुरुमा कहाँबाट, कहिले,कसरी आएर स्थापित भए ?भन्ने प्रश्न उठ्छ ।याक्थुङहाङवंशीहरुको काठमाण्डौं उपत्यकामा प्रथमपल्ट प्रवेश र त्यहाँ उनीहरुको सर्बप्रथम राज्यको स्थापना कसरी,कहिले र कसको पालामा भयो ?लिम्बूवान राज्यको प्राचीन सिमाना कहाँदेखि कहाँसम्म थियो र कहाँसम्म हो ?याक्थुङ लिपिको आविस्कार तथा याक्थुङ संवतको शुरुवात कसले कसरी गरे ? लिम्बूवान राज्यका संस्थापक राजा को थिए ?आदि प्रश्नहरुको स्पष्ट उत्तर दिन 'शेर्मा यासोलुङ (शेर्मा पुस्तावली)'को अध्ययन गर्न वान्छनीय भएकोले यसलाई यो लेखको प्रमुख स्रोत बनाइएको छ । यो लेखलाई निरन्तरता दिनु भन्दा पहिले शेर्मा यासोलुङको बारेमा छोटो जानकारी दिन आवश्यक भएकोले सो यहाँ दिइएको छ ।
शेर्मा यासोलुङ (शेर्मा पुस्तावली)
लिम्बूवान राज्य अन्तर्गत दश लिम्बूवान राज्यहरु मध्ये पाँचथर पनि एउटा राज्य हो । दश लिम्बूवान राज्य स्थापनापछि पाँचथर राज्यका प्रथम राजा थाम्लासो पापोहाङ (याक्थुङ संवव् ४६७४-४७६५/वि.सं. ७५३-८४४) थिए । पाँचथर राज्यमा थाम्लासो पापोहाङ वंशले जम्मा १७ पुस्तासम्म राज्य शासन गरे । यिनै १७ पुस्ताका राजाहरुमध्ये १६औं पुस्ता तथा शेर्मा थरवंशका दोस्रो पुस्ताका राजा शेर्मा द्वितीय (याक्थुङ संवतः५२५३-५३५०/वि.सं.१३३२-१४२९) थिए ।उनले निम्नलिखित कृतिहरु लेखेका थिए ।
(१) येप्चिरी येबारे याम्बक (येप्चिरी येबाको काम कर्म) -या.सं.५२९४/वि.सं.१३७३ ।
(२) साम्जिरी साम्बारे याम्बक (साम्जिरी साम्बाको काम कर्म) -या.सं.५२९६/वि.सं.१३७५ ।
(३) माङजिरी माङदेम्बारे याम्बक (दैवज्ञ पुरोहितको काम कर्म) -या.सं.५२९९/वि.सं१३७८ ।
(४) तुत्तुगेन तुम्म्याङहाङरे याम्बक (भद्रजनहरुको काम कर्म)-या.सं.५३०१/वि.सं.१३८० ।
(५) सिमिकलुङरे चइत मुन्धुम (ब्रहृमाण्डको मुन्धुमी सृष्टि कथा) -या.सं.५३०४/वि.स.१३८३ ।
(६) साङ खेदा (दन्त्य कथा) -या.सं.५३०५/वि.सं.१३८४ ।
(७) याक्थुङलिम्बूवान लाजेरे साप्मुन्धुम (याक्थुङ लिम्बूानराज्यको इतिहास) -या.सं.५३१३/वि.सं.१३९२ ।
(८) शेर्मा यासोलुङ (शेर्मा पुस्तावली) -या.सं.५३१५/वि.सं.१३९४ ।
(९) सिदा हाबेक (औषधि शास्त्र) -या.सं.५३२९/वि.सं.१४०८ ।
माथि भनिएको १७ पुस्ता राजाहरुको नाम र संवत् यसै लेख अन्तर्गतको पुस्ता नं. १४३ देखि
१५९ सम्म हेर्नुहोस् ।
शेर्मा यासोलुङ अनुसार राजा शेर्मा द्वितीयले यो यासोलुङ (पुस्तावली) केवल शेर्मा थरवंशका लागि मात्र भनेर लेखिएको एउटा छोटो कृति हो । लिम्बूवान राज्यको ऐतिहासिक वृत्तान्त 'याक्थुङ लिम्बूवान लाजेरे साप्मुन्धुम (याक्थुङ लिम्बूवान राज्यको इतिहास)'नामक ग्रन्थमा लेखिएको छ भनेका छन्।उनले शेर्मा यासोलुङमा लिम्बू राजवंशको पुस्तावली,साल-संवतहरुको सम्पादन तथा सङकलन गर्दै ल्याएको र तत्कालीन याक्थुङ लिम्बूवान राज्यको स्थापनाकालदेखिको अभिलेखहरु लेख्दै सार्दै ल्याइएको लिखत अभिलेख हो भनेका छन् । शेर्मा यासोलुङ अनुसार अहिले याक्थुङ संवत् ५९८९ साल -चिल वर्ष भएको छ। याक्थुङ संवत आफ्नै साफेक्वा( फागुन) महिनादेखि साल फेरिन्छ । यो याक्थुङ संवतले करीब ५५९० (वि.सं. १६६९) सालसम्म सिमित मात्रामा भएपनि निरन्तरता पाएको देखिन्छ । त्यसपछि भने यो संवत् अन्धकारमै हरायो ।आज बल्ल त्यहीँ याक्थुङ संवत् पुनः फेला परेको छ ।शेर्मा द्वितीयले याक्थुङ संवतका अतिरिक्त अन्य संवतहरु पनि खोजी गरेर साल संवत् तुलना गरिराख्ने काम गरेका थिए । त्यसका लागि उनले याक्थुङ संवत ५३१० सालमा सङमुकहाङको नेतृत्वमा ५ सदस्यीय टोली खटाए । सो टोलीले विक्रम संवत् फेलापारेर ल्याएको हुँदा उनले उक्त संवत्लाई पनि बेलाबखत याक्थुङ संवत्को छेउमा लेख्ने चलन गरेका थिए ।
शेर्मा यासोलुङको यो छोटो परिचयपछि यसै यासोलुङमा केन्द्रित रहेर योलेखअघि बढ्दैछ। यासोलुङमा उल्लेख भएअनुसार प्राचीनकालमा हिमालय पर्वतको उत्तर-दक्षिणको सम्पूर्ण भू-भागलाई 'एसिङगेन केयाङ लाजे (महाभूमि)'भनिन्थ्यो । हिमालय पर्वतदेखि उत्तरपट्टीको भू-भागलाई 'थोसिङ लाजे (माथिल्लो भूमि)'र दक्षिणपट्टीको भू-भागलाई 'योसिङ लाजे (तल्लो भूमि)'भनिन्थ्यो ।
यहाँ याक्थुङ (लिम्बू) वंशको परिचयात्मक सन्दर्भ उठ्ता किरातमा प्रवेश गर्नुपर्ने हुन्छ । किरातको सन्दर्भ उठ्दा किरातभन्दा अघिको जाति नाममा प्रवेश गर्नुपर्ने हुन्छ । शेर्मा यासोलुङ अनुसार 'सोगाङ' भन्ने ठाउँमा साङदा साङबङहरु बस्थे । उनीहरुका एक 'चोवाङ' नामका सरदार पनि थिए ।साङदा साङबङहरु एक यस्तो ठाउँमा सरे कि त्यो ठाउँ प्राकृतिकरुपमा ज्यादै सुन्दर तथा रमणीय थियो । त्यसैले साङदा साङबोङहरुका सरदार चोवाङले त्यस ठाउँको नाम 'किरात' राखे । साङदा साङबङ भाषामा किरातको अर्थ प्राकृतिकरुपमा ज्यादै सुन्दर तथा रमणीय स्थान भन्ने हुन्छ । साङदा साङबङहरु फेरि अर्को ठाउँमा सरे । उनीहरुले त्यो ठाउँको नाम'सोबुक' राखे । सोबुकमा बस्दा साङदा साङबङहरुले आफूलाई 'साङबङ किरात' भन्न थाले । त्यसपछि फेरि अर्को ठाउँमा सरे जुन् ठाउँको नाम उनीहरुले 'पालिङखुङ' राखे । पालिङखुङमा बस्दा आफूलाई 'किरात' मात्र भन्न थाले । त्यहाँका प्रथम किराती राजा 'सावोङ' थिए । यसरी यहीँ पालिङखुङबाट नै 'किरात' जातिनामको शुरुवात भएको थियो ।
शेर्मा यासोलुङ अनुसार किरातहरुका आदि राजा 'सावोङ' र आदि स्थान 'पालिङखुङ' थियो । यो ठाउँ हिमालयको सुदुर पश्चिमको छेउको आसपासमा पर्दछ । यहीँ पालिङखुङबाट किरातीहरु बढ्दै फैलिन्दै गए । समयान्तरमा ठूलो सङख्या भएपछि उनीहरुको २१ ओटा समूहहरु बन्न पुग्यो । प्रत्येक समूहमा एक एक जना समूह नेतारहन्थे र समूह नेताकै नामबाट समूहको नामपनि रहन्थ्यो । त्यो समूह नेता नै सम्बन्धित समूहको राजा हुन्थ्यो । यिनै २१ ओटा किरात समूहमध्ये १६ समूहको नाम अज्ञात रहेको छ भने बाँकी ५ ओटा समूहहरुको नाम मात्रजानकारीमा अएका छन् । ती ५ समूहहरुको नाम यसप्रकार रहेको छ- (१) मोलोङ (५) वलुप (१०) लासोङ (१३) वोलुङ (१८) सोथोङ ।
यिनै ५ किरात समूहहरु मध्ये मोलोङले नेतृत्व गरेको समूह चाहिँ याक्थुङ (लिम्बू) भएका हुन् । उनीहरु 'फयमदेन'मा बस्दथे । स्रोतमा उल्लेख भएअनुसार फयमदेनको अर्थ 'पवित्र स्थान' भन्ने हुन्छ । यो स्थान काठमाण्डौं उपत्यकादेखि दक्षिण-पश्चिम दिशातिर पर्दछ। फयमदेनका प्रथम राजा 'मोलोङ' थिए । याक्थुङ संवत् ६१ सालमा मोलोङको देहान्त भएपछि उनका छोरा 'याक्थुङ'फयमदेनका राजा भए । उनले याक्थुङ संवत् ६५ सालमा फयमदेनको चार किल्ला साँध सिमाना बाँधेका थिए । पूर्वमा फिछिङवा खङ (फिछिङवा नदी), पश्चिममा सुम्फेवा खङ (तिनपाते खोला), उत्तरमा सेरिलुङ फाङलुङ (बज्र पहाड) र दक्षिणमा लाङथाक तेम्बे (लाङथाक मैदान) सम्म थियो ।
 याक्थुङ लिपिको आविस्कार तथा संवतको शुरुवात
शेर्मा योसोलुङ अनुसार तत्कालीन किरातकालमा कुनै पनि लिपिको आविस्कार भएको थिएन । राजा मोलोङलाई आफूलाई कति वर्ष पुगेँ होला !भन्ने जिज्ञासा लाग्थ्यो। आफ्नो उमेर वर्ष थाहा पाउने माध्यमको अभाव भएको महसुस गरे । तसर्थ छोरालाई आफ्नो उमेर थाहा पाउने माध्यमको समस्या नहोस् भनेर एक विधि अपनाए । जुन् विधि यस्तो थियो-मोलोङले छोरा जन्मेपछि छोराको नाम 'याक्थुङ' राखे । याक्थुङ जन्मदाको समय जाडो याम जाने बेला अर्थात बालीनाली छर्ने बेलाको समय थियो । छोरा जन्मेपछि मोलोङले एउटा दह्रो खालको फलेक तयार पार्न लगाए र फलेकमाथिएउटा ठाडो धर्सो कोरे ।छोरा जन्मेपछि हिउँद-वर्षा पार भई अर्को सोही याम दोहोरिन्ने बित्तिकै उनले प्रत्येक पल्ट ठाडो धर्सो कोर्दथे । यसरी धर्सो कोर्दै जाँदा धर्सो जति ओटा पुग्थ्यो याक्थुङ त्यतिनै वर्ष पुगेको मानिन्थ्यो । मोलोङले छोरा याक्थुङ १५ वर्षको भएपछि छोरा याक्थुङलाई नै धर्सो कोर्न लगाए । याक्थुङले पनि आफू जन्मेको प्रत्येक वर्षोही याम दोहोरिने बित्तिकै धर्सो कोर्थे। जब याक्थुङ २० वर्ष पुरा गरेर २१ वर्षमा लागे तब उनलाई एक प्रकारको चेतना आयो । त्यसपछि याक्थुङले धुलो,ढुङ्गा,पात,बोक्रा आदिमा अनेक प्रकारका चित्रहरु कोर्न थाले । यी विविध चित्रहरुको कोराइको लामो अनुभवबाट उनले मानिसले बोल्ने भाषाको प्रतिनिधित्व गर्ने लिपिको आविस्कार गर्न पुगे । उनले र्सवप्रथम ११ ओटा अक्षर बनाए । तर त्यतिले मात्र याक्थुङ भाषाको प्रतिनिधित्व नभएपछि उनले फेरि ७ ओटा अक्षर थपेर जम्मा १८ ओटा अक्षर बनाए । आफूले बनाएको लिपिको नाम आफ्नै नाम याक्थुङबाट 'याक्थुङ सकसक (याक्थुङ लिपि)' राखे । अर्कोतिर आफ्नो उमेर वर्षको आधारबाट साल समयको पनि गणना गर्न थाले । यसरी गणना गर्न थालिएको वर्ष वर्षमा गणना दिने सालसमयको नाम 'मुङफुङ (संवत)' राखे र मुङफुङको नाम पनि आफ्नै नामबाट 'याक्थुङ मुङफुङ' (याक्थुङ संवत) राखे ।यो चैतन्य कर्मबाट याक्थुङ र यिनका पिता मोलोङ दुवै ज्यादै खुशी भए । याक्थुङ आफ्ना समूह तथा वंश समाजलाई औधि मायाँ गर्थे । याक्थुङको यो ज्ञान र गुनबाट उनका सम्पूर्ण वंशसमाजज्यादै खुशी भई उनीहरुले पनि आफूलाई'याक्थुङ' भन्न थाले र त्यसपछि सबै याक्थुङ भए । राजा मोलोङ (पिता) को अनुमति लिएर याक्थुङले याक्थुङ संवत ५६ सालमा निम्नलिखित ४ कुराहरुको घोषणा गरे ।
(१) याक्थुङ सोसोदाङ (याक्थुङ जाति) ।
(२) याक्थुङ पान (याक्थुङ भाषा) ।
(३) याक्थुङ सकसक (याक्थुङ लिपि) ।
(४) याक्थुङ मुङफुङ (याक्थुङ संवत) ।
याक्थुङका यी ४ महत्वपूर्ण घोषणहरु मध्ये माथि उल्लेखित याक्थुङ संवत अहिले ५९८९ साल पुग्योभन्ने कुराको उल्लेख माथि नै भइसकेको छ ।याक्थुङ संवत ६१ साल पुग्दा राजा मोलोङको मृत्यु भएकोले छोरा याक्थुङ फयमदेनका राजा भए । आफू राजा भएपछि याक्थुङ राजा प्रथमले आफ्ना सम्पूर्ण याक्थुङ वंश समाज र भाइ भारदारहरुलाई निम्नअनुसारको नीति-निर्देशन तथा उपदेशहरु दिएका थिए-
(१) अबदेखि याक्थुङ संवत लेख्ने र त्यसलाई मान्ने ।
(२) प्रत्येक पुस्ताले पिता-पुर्खाहरुको पुस्ता र संवत नछोडी लेख्दै-राख्दै जाने । सबैले लेख्न,राख्न नसकेमा वंशमूल (राज पुस्ता वा नेता) ले चाहिँ अनिवार्य लेख्दै-राख्दै जाने ।
(३) आफ्ना याक्थुङ वंशलाई मायाँ गर्ने साथै अन्य मानिसहरुलाई पनि आफ्ना वंश सरह मायाँ गर्ने ।
(४) राजाले राज्यमा जनताहरुबीच कुनै पनि किसिमको अन्याय हुन नदिने । अन्याय भएमा अन्याय गर्नेलाई दण्ड दिन आवश्यक नीतिनियम बनाइ राख्ने ।
(५) न्याय-अन्याय राम्ररी बुझेर निश्पक्ष न्याय दिने ।
(६) निश्चित सिमाना बाँधेर राज्य गर्ने ।
(७) आवश्यकता अनुसार देशका जनताहरुलाई समय-समयमा भेलागरी राज्यका बारेमा जानकारी दिने ।
(८) सबैले दुश्मनी मानव र पशुप्राणीहरुसँग युद्घ गर्ने कला सिकिराख्ने ।
(९) राज्यलाई सँधै चनाखो राख्ने ।
(१०)अहिले हाम्रो राज्य वरिपरि अरु कसैको पनि राज्य छैन । यदि पछिबाट अरु कसैको राज्य बनेमा त्यो राज्य नमिच्ने ।अन्जानवशमिचेको भए थाहा भएको दिन छोडिदिने ।
(११) पिता-पुर्खाहरुले निश्चित सिमाना बाँधेर आर्जिदिएको भूमि नछोड्ने ।
(१२) पिता-पुर्खाको उपदेश राम्ररी सुन्ने ।
(१३) गलत भए सच्याउने ।
यसरी माथिको नीति-निर्देशन अनुसार राजा मोलोङ र उनका छोरा याक्थुङहाङबाट याक्थुङ (लिम्बू) राजवंशको इतिहास, पुस्तावलीक्रम र संवत लेख्न शुरु भएको थियो । पुस्तावली र संवत् यो लेखको अन्तिममा राखिएको छ ।लेख लामो हुने भएकोले केहीका बाहेक राजाहरुका भाइ राजकुमारहरुको नाम नलेखिएको हो ।
राजा याक्थुङहाङ-प्रथम -याक्थुङ संवत १(९२) ले याक्थुङसंवत ६५ सालमा एक कानुन निर्माण गरेका थिए जसलाई 'याक्थुङ लाम्फुङ (याक्थुङ विधान)' भनिन्छ । यो याक्थुङ विधान लिम्बू राजवंशको इतिहासमा पहिलो कानुन थियो र यो याक्थुङ (लिम्बू) हरुको र्सवजेष्ठ कानुन पनि हो ।
साङगे वारक (काठमाण्डौं उपत्यकाको प्राचीन तलाउ)
पाँचौं पुस्ताका याक्थुङ राजा सोयोलुङहाङ (या.सं. १००-१८९) का पालामा सर्बजनहरु जँगल घुम्ने क्रममा याक्थुङ संवत् १६० सालमा काठमाण्डौं उपत्यकाको प्राचीन तलाउ पत्ता लागेको थियो । उनीहरुले त्यो तलाउको नाम आफ्नै याक्थुङ भाषामा 'साङगे वारक (पर्वत वेष्ठित महाताल)'राखे ।  यसरी मानव जातिले प्रथमपल्ट 'साङगे वारक' पत्ता लगाएका थिए । त्यसपछिउनीहरु सालमा २/३ पटक साङगे वारक हेर्न
 जाने गर्थे । शेर्मा यासोलुङ अनुसार त्यसबेला साङगे वारक जलमय, प्रकृतिमय र रहस्यमय थियो ।
सातौं पुस्ताका याक्थुङ राजा यामलुकहाङ -या.सं.१६७-२५१) को पालामा अर्थात् याक्थुङ संवत २०३ सालमा घनघोर बर्षा भयो । घनघोर बर्षा भएको केही दिनपछि मानिसहरु सदा झैं साङगे वारक हेर्न जाँदा साङगे वारकको पानीको सतह केही बढेको देखे ।उनीहरु फर्केको केही दिनपछि नैमहाभूकम्प गयो । महाभूकम्प गएको केही महिनापछि उनीहरु फेरि साङगे वारक हेर्न गए । त्यतिबेला साङगे वारकको पानी धेरै सुकेर थोरैमात्र रहेको देखे । यसरी साङगे वारक सुकेको देखेर उनीहरु अचम्मित भएका थिए । यो खबर राजा यामलुकहाङ कहाँ पुर्याए ।यो खबरले राजा पनि अचम्मित भए । उनी सयम् हेर्न जाँदा साच्चै नै साङगे वारक सुकेको पाए । यसरी आफ्नै जीवनकालमा अर्थात याक्थुङ संवत २०३ सालमा घनघोर बर्षा भएको र महाभूकम्प पनि गएको कारणले साङगे वारक सुकेको घटनाको टिपोट लेखिराखे । यो टिपोट पछि उनले उनका सन्तान परिवार, दाजुभाइ तथादेशवासी याक्थुङहरुलाई निम्न कुराहरु भनिराखे-
(१) ताल सुकेको भूमि धेरै समयसम्म मलिलो हुन्छ ।
(२) आजको एक दुइ सय वा दुइ चार सय वर्षछि बोटबिरुवा तथा रुखपात उम्रेर जँगल पुग्छ ।
(३) जँगल पुगेपछि बस्न योग्य हुन्छ ।
(४) हाम्रा भावी याक्थुङ सन्तानहरु त्यहाँ गएर बसूनआदि ।
नेबालाजे (काठमाण्डौं उपत्यका) राजा साङदोलुङहाङ (५५८-६४३)
१८ औं पुस्ताका याक्थुङ राजा 'साङदोलुङहाङ'नेबालाजेका संस्थापक तथा प्रथम राजा थिए । आफ्नो सातौं पुस्ताका पुर्खा राजा यामलुकहाङको मनइच्छा पूरा गर्न उनीयाक्थुङ संवत् ६०५ सालमाफयमदेनबाट नेबालाजेमा विधिवत सरेका थिए ।उनले त्यहाँ सर्नु अघि ढाल-फाँड गराइ बस्ती बसाइ बस्न योग्य बनाएका थिए ।राजा साङदोलुङहाङले याक्थुङ संवत् ६०९ सालमा नेबालाजेको चार किल्ला साँध सिमाना बाँधेका थिए । उनले आफ्नो देश नेबालाजेको पश्चिममा साङदोलुङ पहाड, पूर्वमा साम्फी लाजे, उत्तरमा मिङसेलुङ पहाड र दक्षिणमा चेङवालुङ पहाड सिमाना कायम गरेका थिए । नेबालाजेको अर्थ सुत्दा सम्म देखिए झैं सम्म देखिने सम्म भूमि भन्ने हुन्छ । साङदोलुङहाङले नेबालाजेमा प्रवेश गर्दाको बखत निम्न कुराहरु व्यक्त गरेका थिए-
(१) फाङलुङले कप्तुबा लाजे (पर्वतले घेरेको भूमि)।
(२) ताम्भुङले तेप्तुबा लाजे (वनजँगलले ढाकेको भूमि) ।
(३) चानु,लाजे (अन्न उब्जाउ हुने भूमि) ।
(४) नेबालाजे (सुत्दा सम्म देखिए झैं सम्म देखिने सम्म भूमि) ।
(५) नेनेलाजे (सम्म सुतेझैं देखिने समतल भूमि) ।
(६) वारकलाजे (ताल सुकेर बनेको भूमि) आदि ।
माथि व्यक्त गरिएका नेबालाजे र नेनेलाजे भन्ने दुइवटा शव्दहरु आएको भए तापनि दुवै शव्दहरु करीब समान अर्थका हुन् ।
राजा यलम्बरहाङ (११९८-१२८९)
३७ औं पुस्ताका याक्थुङ राजा साङगुनहाङका 'कासारहाङ' -११९५-१२१५) र 'यलम्बरहाङ' -११९८-१२८९) नाम गरेका दुइ भाइ छोराहरु थिए । कासारहाङको २० वर्षको कलिलो उमेरमा निसन्तान भई देहान्त भएकोले उनका भाइ यलम्बरहाङ याक्थुङ संवत् १२१५ सालमा (१७ वर्षको उमेरमा) युवराज घोषित भए । त्यसको ३० वर्ष पछि अर्थात् याक्थुङ संवत १२४५ सालमा राजा साङगुनहाङको मृत्यु भएपछि यलम्बरहाङ नेबालाजेका राजा भए । उनले याक्थुङ संवत् १२४५ देखि १२८९ साल -जम्मा ४४ वर्ष सम्म नेबालाजेमा राज्य गरे । उनी याक्थुङ पुस्तावली अनुसार ३८ औं र नेबालाजेका चाहिँ २१ औं  पुस्ताका याक्थुङ राजा थिए ।यलम्बरहाङपछि उनका छोरा निदाङहाङ (१२३३-१३१८), निदाङहाङपछि उनका छोरा वालम्बाहाङ (१२६८-१३५६), वालम्बाहङपछि उनका छोरा लिम्बूहाङ (१३०१-१४०६) नेबालाजे (काठमाण्डौं उपत्यका) मा राजा भए । यिनै लिम्बूहाङले विशाल लिम्बूवान राष्ट्रको निर्माण गरेका थिए ।
प्राचीन लिम्बूवान राष्ट्रको निर्माताः राजा लिम्बूहाङ याक्थुङ -१३०१-१४०६)
याक्थुङ (लिम्बू) राजवंशका ४१ औं तथा नेबालाजेका चाहिँ २४ औं पुस्ताका याक्थुङराजा लिम्बूहाङ प्राचीन लिम्बूवान राष्टका निर्माता थिए । उनलाई त्यतिबेला पैतृक राज्य नेबालाजे ज्यादै सानो लागिरहेको थियो ।उनले नेबालाजेलाई ठूलो बनाउने विचार गरिरहेका थिए । तसर्थ यसै विषयका लागि याक्थुङ संवत १३२२ सालमा उनी भाइ हुङमङतीहाङलाई लिएर पिता वालम्बाहाङ कहाँ गए र विन्ती गर्दै भने 'पिता महाराजा ! यो हाम्रो नेबालाजे ज्यादै सानो छ । पछि हाम्रो वँश सन्तानबड्दै-फैलन्दै गएमा भूमिले पुग्दैन । तसर्थ ठूलो राज्य बनाउने विचार गरेको छु । भाइ हुङमङतीहाङलाई मेरै राज्यधिकार अन्तर्गत विशेष राजप्रतिनिधिको रुपमा काम गर्ने अधिकार दिन्छु । राज्य ठूलो बनाउने काममा अविछिन्न लाग्छु । पिताबाट आज्ञोत्तर होस् ।' छोरा लिम्बूहाङको यस्तो इच्छाबाट वालम्बाहाङ पनि ज्यादै खुशी भए र भने'नेबालाजेलाई ठूलो बनाउने विचार गरिरहेका रहेछौं ।विचार बुँझे। ठूलो राज्य बनाउन ज्यादै दुःख-कष्ट हुन्छ । दुःख-कष्ट गरेर नेबालाजेलाई ठूलो बनाउछौं भने तिम्रै लिम्बूहाङ नामबाट राज्यको नाम राख । तिम्रो नामबाट राखिएको भू-राज्यको नाम यो पृथ्वीमा मानव अस्तित्व रहेसम्म रहिरहने छ, ररिहोस् । चिताएको कुरा र गर्न लागेको काम पुरा होस् । तिम्रो पिताबाट यही आज्ञा र आशिर्वात छ ।' यसरी पिता वालम्बाहाङबाट आज्ञोत्तर प्राप्त भएपछि लिम्बूहाङलेराज्य निर्माणका लागि आवश्यक पर्ने कुराहरुको प्रबन्ध गर्न थाले । प्रबन्ध गरिसकेपछि याक्थुङ संवत १३२५ सालमा राज्य निर्माणको नीति-निर्देशिका तयार पारे जुन यसप्रकार रहेको छ-
नीति-निर्देशिका
(१) राज्य निर्माण गर्दा निरपेक्ष भूमिलाई मात्र निर्माण गर्ने ।
(२) निर्मित राज्यको निश्चित सिमाना राख्ने ।
(३) ठूल्ठूला नदी-नाला, पहाड-पर्वत आदिलाई राज्यको सिमाना बनाउने र सो पनि नभएमा अन्य व्यवस्थागर्ने ।
(४) सिमानाहरु स्पष्ट उल्लेख गरिराख्ने ।
(५) राज्य निर्माण भइसकेपछि सिमानाहरुको आवश्यक अनुगमन गर्ने र निर्देशन दिने ।
(६) सिमाना बाँधीसकेको राज्यमा तत्कालको लागि अन्य जातिलाई प्रवेश निशेध गर्ने ।
(७) नीतिगत व्यवस्थाहरु बनाएर मात्र अन्य जातिलाई प्रवेश दिने, बस्ने व्यवस्था गर्ने ।
(८) राज्यको भौंगोलिक अवस्थाका कारण नेबालाजेबाट नै राज्यको विषय हेर्न, रेखदेख गर्न, रक्षा गर्न
समस्या भएमा सरदर बीचमा पर्ने गरी नयाँ उपयुक्त स्थानको छनोट गर्ने ।
(९) राज्य निर्माणको क्रममा बढी राशन-पानीको आवश्यकता पर्ने भएकोले खेतीको विस्तार गरी
अन्नको उत्पादन बढाउने ।
(१०) राज्यका लागि बनाइएका नीति-निर्माणहरु भावी पुस्ताहरुको जानकारीका लागि पुस्ता-पुस्तामा
हस्तानतरण गर्दै जाने ।
(११) पछिल्ला पुस्ताहरुले पनि पुर्खाहरुको अनुसरण गर्दै जाने ।
(१२) राज्य सम्बन्धी कागजातहरु अत्यन्त सुरक्षितसाथ राख्ने ।
(१३) कुनै प्रतिकूल परिस्थिति आएमा अत्यन्त सुरक्षितसाथ सातपत्र माटोमुनि लुकाएर भएपनि
कागजात जोगाउने, बचाउने ।
(१४) माटोमुनि राख्दा सम्बन्धितहरुले मात्र चिन्नसक्ने गरी चिन्ह लगाएर राख्ने ।
(१५) कागजातहरुबाटमात्र परिवार, वंश, जाति, समाज आदिको जानकारी खुल्ने भएकोले प्राणभन्दा
प्यारो मानेर राख्ने ।
(१६) पिता-पुर्खाहरु आफ्नो जन्मको स्रोत भएकोले इस्वर मान्ने, सम्मान गर्ने र सम्झना गर्ने ।
(१७) राज्य निर्माणको क्रममा जाँदा दिशा जानकारीको लागि सूर्य र ताराहरुको सधैं सहारा लिने ।
(१८) निर्माण भइसकेपछि राज्यको नक्शा कोरेर राख्ने, देखेको, हिँडेको, जानेको आधारमा नदीहरुको
नाम र नक्शा पनि कोरेर राख्ने ।
(१९) सिमाना राख्दा ढुङ्गा गारो लाएर राख्ने, ठूल्ठूला चट्टानको पहरा भए त्यसमा चिनो लाएर राख्ने ।
(२०) सिमाना लाइसकेपछि तत्काल केही समयसम्म सिमाना देखिराख्न झण्डा गाड्ने ।
माथिका नीतिगत बुँदाहरु तयार भइसकेपछि नेबालाजे(काठमाण्डौं उपत्यका) का चालिसौं पुस्ताका याक्थुङ राजा वालम्बाहाङका छोरा लिम्बूहाङले याक्थुङ संवत १३२६ सालमा लिम्बूवान राज्य निर्माण विधिवत थालनी गरेर १३९६ सालमा पुरा गरेका थिए । २५ वर्षको कलिलो उमेरमा लिम्बूवान राज्य निर्माणमा लागेका राजा लिम्बूहाङलाई लिम्बूवान राज्य निर्माण कार्य पूरा गर्न करिब ७० वर्षलागेको थियो । लिम्बूवान राष्ट्र-राज्यको निर्माण भइसकेपछि लिम्बूवान राष्ट्र-राज्यको पहिलो राजा सयम् लिम्बूहाङ भएका थिए ।
'शेर्मा यासोलुङ' मा विशेषगरी लिम्बूवान राज्यको प्राचीन स्थापना,चार साँध-सिमानाहरुको नाम,राज्य सञ्चालनका लागि चाहिने विधि(विधान-नियम-कानुन) हरु तथा याक्थुङहाङवंशी राजाहरुको क्रमबद्घ पुस्तावलीहरु विशुद्घ याक्थुङ (लिम्बू) भाषा-लिपिमा उल्लेख गरी राखिएको हुँदा ती उल्लेखित विभिन्न तथ्य ऐतिहासिक प्रमाणहरु मध्ये लिम्बूवानको साँध-सिमाना सम्बन्धमा याक्थुङ (लिम्बू) भाषा-लिपिमा लेखिएको लेखोटलाई देवनागरी लिपिमा जस्ताको तस्तै लेखी त्यसको अर्थ नेपाली भाषामा अनुवाद गरी यस लेखमा राखिएको छ जुन् यस प्रकार रहेको छः
( लिम्बूवान लाजेरे साक्लुङ )
"लिम्बूवान लाजेरे साक्लुङः - नाम्पेत साक्लुङः साङदोलुङ फाङलुङ साङदोलुङ फाङलुङ ओनु चेङवा फाङलुङ पोङलयो चेङवा तायातुम्फेङ हाम्लिक ।। नामयोदिङ साक्लुङः चेङवाखङ तायातुम्फेङ ओनु तायातुम्फेङ ए तायातुम्फेङ तुम्सिङवा तायातुम्फेङ हाम्लिक ।। खे, ओनु तुम्सिङवा ए तुम्सिङ यो फुङुम्सिङवा हाम्लिक ।। खे, ओनु फुङसिङवा ए फुङसिङवा फुङसिङवा लुम्दाङवा पतमा नेखङ हाम्लिक ।। खे, ओनु तिङदाङवा लुम्दाङवामाङजङवा नेखङ हाम्लिक ।। नाङकेत साक्लुङः तिङदाङवा लुम्दाङवा माङजङवा नेखङ ओनु तिङदाङवाखङले कुपुङजङ थाक्केनलुङ नाङलुङ हाम्लिक ।। नाम्धोदिङ साक्लुङः थाक्केनलुङ नाङलुङ ओनु नाम्पेत् पिसाङ लेप्फाङ कुलिङयक नाङलुङ ए नाङलुङ सक्वालुङ नाङलुङ हाम्लिक ।। खे, ओनुमिङसेलुङ-साम्फी लाजे हाम्लिक ।। खे, ओनु मिङसेलुङ ए मिङसेलुङ फाङलुङ पोङल साङदोलुङ फाङलुङ हाम्लिक ।। कम्भयाक लिसिङलेप्ला लिखेङ इफो लिम्बूवान लाजे नेल्लो ।। कन लाजेले कुमिङ आमिङ लिम्बूहाङओनु लिम्बूवान युक्खुङबाल्लो ।। याक्थुङ मुङफुङ थिक्सुम किप्पोङ नेत्तुकतङबेओ हेक्तुङआङ थिक्सुम किप्पोङ फाङतुकओ सुलुङबाल्लो ।। नाखेक् इनो इथो चोकुङआङ लिम्बूवान चोकुङबाल्लो ।। कल्ले कुपेसाङ कुनेसाङ आत्तीन्नाङ सुमोङ लाजे मेहोप्लो ।। ।।।।। थाक्केनलुङओनु सक्वालुङ नाङलुङ हाम्लिक्पा हायाक नाङलुङहा, लिम्बूवान इफो मेनेमेयाक्लो ।। साक्वालुङ नाङलुङ फाइन फुङवाखङले कुपुङजङलो" - शेर्मा यासोलुङ- याक्थुङ मुङफुङ ५३१५/वि.सं. १३९४) ।।
अनुवाद
( लिम्बूवान राज्यको सिमाना )
"लिम्बूवान राज्यको सिमानाः- पश्चिम सिमानाः साङदोलुङ पहाड (काठमाण्डौं उपत्यका पश्चिम),साङदोलुङ पहाडदेखि बागमतीपहाड हुँदै दक्षिण बागमती नदीको मैदान (तायातुम्फेङ) सम्म । दक्षिण सिमानाःबागमती नदीको मैदानदेखि मैदानै मैदान सप्तकोशी नदीको मैदानसम्म ।त्यहाँदेखि सप्तकोशी-कोशी नदीहुँदै दक्षिण कोशी-गंगा नदीसम्म । त्यहाँदेखि गंगा नदी हुँदै गंगा-ब्रहृमपुत्र पतमा दोभानसम्म । त्यहाँदेखि टिस्टा-ब्रहृमपुत्र माङजङवा दोभानसम्म ।
पूर्वी सिमानाः - टिस्टा-ब्रहृमपुत्र माङजङवा दोभानदेखि टिस्टा नदीको शीर थाक्केनलुङ हिमालसम्म । उत्तर सिमानाः थाक्केनलुङ हिमालदेखि पश्चिम दिशातर्फ सम्पूर्ण हिमालै हिमालहुँदै सक्वालुङ हिमालसम्म । त्यहाँदेखि मिङसेलुङ-साम्फी क्षेत्रसम्म ।त्यहाँ देखि मिङसेलुङै मिङसेलुङ पहाडहुँदै साङदोलुङ पहाडसम्म । यति चार किल्ला चार बन्धनभित्र लिम्बूवान राज्य छ । यो राज्यको नाम मेरो नाम लिम्बूहाङबाट लिम्बूवान राखेको हो । याक्थुङ संवत १३२६ सालमा थालनी गरेर १३९६ सालमा पूरा गरेको हो । साह्रै दुःख-कष्ट गरेर लिम्बूवान निर्माण गरेको हो ।यसको छेउछाउमा कुनै पनि राष्ट-राज्यहरु छैनन् । थाक्केन्लुङदेखि सक्वालुङ हिमालसम्मका सम्पूर्ण हिमालहरु लिम्बूवानभित्र पर्दछन् । सक्वालुङ भनेको सुनकोशी नदीको शीर हो"- शेर्मा पुस्तावली- याक्थुङ संवत ५३१५/ वि.सं. १३९४) ।
विधान
प्राचीन याक्थुङराज्यकालमा विधान नै कानुन र कानुन नै विधान थियो ।प्राचीनकालमा निर्मित तीन याक्थुङ विधानहरु निम्न अनुसार छ-
पहिलो विधानः याक्थुङ संवत् ६५ सालमा याक्थुङ राजा प्रथमद्वारा निर्मित विधान ।
दोस्रो विधानः१८ औं पुस्ताका याक्थुङ राजा तथा नेबालाजेका संस्थापक राजा साङदोलुङहाङद्वारा याक्थुङ संवत् ६०९ सालमा  निर्मित विधान।
तेस्रो विधानः ४१ औं पुस्ताका याक्थुङ राजा लिम्बूहाङद्वारा याक्थुङ संवत् १३९६ सालमानिर्मित विधान ।यो तेस्रो विधान निम्न अनुसार छ-
शेर्मा यासोलुङमा उल्लेख भएको तत्कालीन विधानको प्रस्तावना यस्तो छ-यो पार्थिव भूमिमा बसोबास गर्ने हामी सबै मानिसहरु जनता हौं । जनताहरुको सुरक्षा-संरक्षण गर्न केही गर्नु पर्छ  । त्यो गर्न विधान र राजाको आवश्यकता पर्छ । राजा र जनता भनेको दाजु-भाइ हुन् । दाजु-भाइ रहेमा हामी सबै रहन्छौं । राजाले विधान पालना गर्दै, जनतालाई पनि पालना गराउँदै देश र जनताको रक्षा गर्नु पर्छ । हामीले बनाएको विधान निम्न अनुसार छ-
हाम्रो विधान
(१) सबभन्दा पहिले भूमि रहने, भूमिपछि जनता, जनतापछि विधान र विधानपछि राजा रहने ।
(२) राष्ट्रको नाम 'लिम्बूवान' रहने ।
(३) देशको लागि एउटा 'चुम्भूङ' रहने ।
(४) देशका लागि विभिन्न 'यमीङ' (विभाग) हरु रहने ।
हाम्रो विभागहरु
(क) साहाङलुङ (रक्षालय)- साहाङलुङ प्रमुख ।
(ख) साकारलुङ (कर्मचार्यालय)- साकारलुङ प्रमुख ।
(ग) कुथेरलुङ (पोतालय)-कुथेरलुङ प्रमुख ।
(घ) लिङक्वालुङ (सञ्चारालय)- लिङक्वालुङ प्रमुख ।
(ङ) मेखिमचोकलुङ (वैवाहिक अदालत)- मेखिमचोकलुङ प्रमुख ।
(च) सोल्लीलुङ (मुद्दालय)- सोल्लीलुङ प्रमुख ।
(छ) चासापलुङ (ढुकुटी घर)- चासापलुङ प्रमुख ।
(५) चुम्भुङ भनेको राज्यको एक सर्वोच्च केन्द्रालय हो । यसमा राजा १ जना, र्सवसाधारणबाट आएका
५ जना र साहाङलुङ प्रमुख १ जना गरी ७ जना सदस्य रहने ।
(६) चुम्भुङका ७ सदस्यहरुको पदको मर्यादाक्रम निम्न अनुसार छ ।
(क) राजा-१ (ख) मन्त्री-१ (५ जना मध्ये १ जना) (ग) सदस्य-४ (५जना मध्ये ४) (घ) साहाङलुङ प्रमुख-१ ।
(७) उमेर, अनुभव र जेष्ठताको आधारमा ५ जना सबै सदस्यहरुले पालै-पालो १/१ वर्षमन्त्री हुन पाउने ।
(८) चुम्भुङले विधान बनाउने, पालना गर्ने, लागू गर्ने, सबै विभाग प्रमुखहरुको नियुक्ति गर्ने ।
(९) राजाले विधान पालना गर्ने, पालना गराउने, चुम्भुङको गठन गर्ने, नेतृत्व गर्ने, चुम्भुङका सदस्यहरुलाई राज्यका विभिन्न विषयमा छलफल गराउने, सिधै जनताहरुसँग पनि राय बुझने,बुझन लगाउने, देश र जनताको कल्याण गर्ने, रक्षा गर्ने ।
(१०) चुम्भुङका राजा बाहेक अन्य सदस्यहरुले विधान बनाउन, पालना गर्न/गराउन, विभाग प्रमुखहरको नियुक्ति गर्न, देश र जनताको रक्षागर्न राजालाई सहयोग गर्ने, आवश्यक राय र सल्लाह दिने ।
(११) विभाग प्रमुखहरुले माथिको निर्देशन सुन्ने, आफ्नो विभागको काम राम्ररी गर्ने, जनतालाई हित
हुने काम मात्र गर्ने ।
(१२) साहाङलुङ (रक्षालय) ले शासन गर्न, देश रजनताको रक्षा गर्न राजालाई सहयोग गर्ने,
साहाङलुङमा सेनानियुक्ति गर्ने, आवश्यक तालिम दिएर परिचालन गर्ने ।
(१३) साकारलुङ (कर्मचार्यालय) ले साहाङलुङ बाहेकका सबै कर्मचारीहरु नियुक्ति गर्ने, हेरफेर गर्ने,
हटाउने ।
(१४) कुथेरलुङ (पोतालय) ले तिरो उठाउने, चासापलुङमा जम्मा गर्ने ।
(१५) तिरो उठाउदा प्रत्येक परिवारको कूल कमाइको १० भागको १ भाग उठाउने ।
(१६) लिङक्वालुङ (सञ्चारालय)ले एक स्थानको खबर चिट्ठी पत्र, समचार अर्को स्थानमा पुर्याउने र
अर्को स्थानको यता ल्याउने ।
(१७) मेखिमचोकलुङ (वैवाहिक अदालत) ले वैवाहिक कर्म सम्बन्धी मुद्दाहरु हेर्ने, छिनाउने ।
(१८) सोल्लीलुङ (मुद्दालय) ले मुद्दा मामला हेर्ने, फैसला गर्ने ।
(१९) ८ वर्ष पुगेपछि सबैले याक्थुङ लिपि सिक्ने ।
(२०) १२ वर्ष पुगेपछि सबै छोरा मानिसहरुले धनुर्विद्या सिक्ने ।
(२१) प्रत्येक घर परिवारका छोराहरु मध्ये १८ वर्षपुगेका एक जनाले साहाङलुङमा थक्सुबा (सेना)
को लागि नाम दर्ता गर्ने ।
(२२) १० जना थक्सुबाहरुलाई हेर्न १ जना थक्लुङ राख्ने ।
(२३) २० जना थक्सुबा र २ जना थक्लुङलाई हेर्न १ जना थक्लुबा राख्ने ।
(२४) १०० जना थक्सुबा र ५ जना थक्लुबाहरुलाई हेर्न १ जना थक्फुबा राख्ने ।
(२५) ३०० जना थक्सुबा र ३ जना थक्फुबालाई हेर्न १ जना थक्पेबा राख्ने ।
(२६) १५०० जना थक्सुबा र ५ जना थक्पेबालाई हेर्न १ जना थक्तुम्बा राख्ने ।
(२७) ३००० जना थक्सुबा र २ जना थक्तुम्बालाई हेर्न १ जना थक्थोबा राख्ने ।
(२८) थक्थोबा (प्रधान सेनापति) लाई थक्सुबादेखि थक्फुबासम्मलाई राख्ने-हटाउने अधिकार दिने ।
(२९) थक्सुबादेखि थक्थोबासम्मलाई नियुक्ति गर्ने, राख्ने, हटाउने अधिकार राजालाई हुने ।
(३०) राजाः संवैधानिक राजा, कार्यकारिणी राजा तथा राष्ट प्रमुख रहने ।
(३१) राजाले विधान मुताविक कर्तव्य पालना नगरेमा राज्यको सम्पूर्ण जनसङ्ख्याको सात दशौं (१०
भागमा ७ भाग) बहुमतले राजालाई हटाउन सकिने ।
(३२) राजा हटेमा चुम्भुङले उसको छोरा वा नाति, उनीहरु पनि नभएमा उनका नजिकका नातेदारहरुमध्ये अरु कसैलाई नेता वा राजा राख्न सक्नेछ ।
(३३) सर्वसाधरणहरुबाट ५ जनाका लागि उठेका वा खडा गरिएकाहरु मध्ये आवश्यक सङ्ख्या भन्दा बढी
भएमा सर्वसम्मति,अनुभव,उमेर ज्येष्ठता आदिको आधारमा ५ जना पठाउने ।
(३४) यी ५ जना सदस्यहरुले देश र जनताको हित विपरित कार्य गरेको प्रमाणित भएमा राजाले
उनीहरमध्ये वा सबैलाई हटाउन सक्नेछ । खाली ठाउका लागि धारा ३३ अनुसार पद पूर्ति हुने ।
(३५) ज्यान मार्नेलाई ज्यानको सजायँ दिने ।
(३६) बाबु-आमा कुटनेलाई जङगलमा लगेर रुखमा ७ दिन ७ रात बाँधी राख्ने ।
(३७) चोर्नेको हात उमालेको पानीमा डुबाइदिने ।
(३८) विवाह गर्नु परे कन्याको रित पुर्याई विवाह गर्न पाउने ।
(३९) रितः केटा-केटीको विवाह हुने निश्चित भइसकेपछि केटाले केटीको घरमा गएर १५ दिन काम गर्ने ।
१५ दिन काम गरिसकेपछि केटाले घरमा सल्ला गरेर विवाहको लागि एकैचोटी केटी र
लोकन्दी लिएर घर जान सक्ने या भोलि पर्सी  गएर पनि लान पाउने ।
(४०) चरित्र नराम्रो भएको ठहरिएमा श्रीमानले श्रीमतिलाई पारपाचुके गर्न पाउने । यसरी लोग्ने
मानिसबाट हुने पारपाचुकेलाई 'खेम्जङ' भन्ने ।
(४१) चरित्र नराम्रो भएको ठहरिएमा श्रीमतिले पनि श्रीमानलाई पारपाचुके गर्न पाउने । यसरी स्वास्नी
मानिसबाट हुने पारपाचुकेलाई 'नाजङ' भन्ने ।
(४२) छोरा-छोरी जन्मेपछि पारपाचुके भएमा छोरा-छोरीहरु पिताको परिवारमा गणना हुने ।
(४३) माइतीघर बसेको बेला लोग्ने छँदै अर्को लोग्ने मानिससँग पोइला गएमा पहिलो लोग्नेले १५ दिन
गरेको कामको दाम र विवाह खर्च माइतीघरबाट भुत्तानी लिन पाउने ।
(४४) लोग्नेकै घरबाट गएमा निज लोग्नेले आफै कारवाही गर्ने ।
(४५) छोरा जन्मे चार दिन र छोरी जन्मे तीन दिनमा न्वारान गर्ने ।
(४६) लोग्ने मानिस मरे चारदिन र छोरी मानिस मरेमा तीन दिनमा शुद्व हुने ।
(४७) कान्धभाराक (चोखिने) रफजे (बर्खी) एकै चोटी पनि गर्न पाउने ।
(४८) फजे गर्दा १० देखि १५ दिन, २० देखि २२ दिन, ३० देखि ४५ दिन, ३ महिना, ६ महिना र १
वर्षमा गर्न पाउने ।
(४९) चार किसिमको चिहान बनाउने ।
(क) पवित्र चिहान ।
(ख) महा पवित्र चिहान ।
(ग) अपवित्र चिहान ।
(घ) नारकीय चिहान ।
(५०) स्वभाविक कालगतिले मरेकालाई पवित्र चिहानमा राख्ने ।
-देश-राष्ट्रको लागि जुनसुकै तरिकाले मरेको भएपनि उसलाई महापवित्र चिहानमा राख्ने ।
-सुत्केरीका कारण मरेका,लडेर मरेकालाई अपवित्र चिहानमा राख्ने ।
-देश-राष्ट्रलाई प्रतिघात गर्दा मरेका वा मारिएकालाई नारकीय चिहानमा राख्ने ।
(५१) फागुन र मंसीरमा भगवानको पूजा गर्ने ।
(५२) बाली छर्दाको बेला अन्नबाली सप्रोस, असिना-पानी, बाढी-पहिरो आदिले नबिगारोस् भनी यक्वा
 पूजा गर्ने र भदौदेखि मंसीरसम्म न्वाङगी गर्ने ।
(५३) घर परिवारका कोही गर्भवती भए साप्पोक चमेर -कोख (गर्भरक्षा) को पूजा गर्ने ।(लिम्बू) हरु
(५४) खेती विस्तार गर्न जङ्गल फँडानी गरी नयाँ स्थानलाई खेती योग्य बनाइ सके पछि १ दिन
खेतवारीमा काम नगर्ने ।
(५५) फागुनदेखि खेतीपाती शुरु गरेर हिउँद यामको अन्तिमतिर अन्न-बाली थन्को लाइसक्ने ।
(५६) चुम्भुङको अवधि ५ वर्षरहने ।
नोटः लेख लामो हुने भएकोले पहिलो र दोस्रो विधानको पूरै अँश र यो तेस्रो विधानको पनि केही अँश यहाँ राखिएको छैन ।
१८ औं पुस्ताका याक्थुङ राजा साङदोलुङहाङले याक्थुङ संवत ६०५ सालमा 'नेबालाजे' नाम राखेका थिए । यसरी नै ४१ औं पुस्ताका याक्थुङ राजा लिम्बूहाङले पनि राज्य निर्माण गरि सकेपछि पिता वालम्बाहाङको आज्ञा-आशिर्वाद, उनको आफ्नो पनि मन विचार तथा छोरा याङजिरिहाङको अनुरोधमा याक्थुङ संवत १३९६ सालमा राज्यको आधिकारिक नाम आफ्नो नाम लिम्बूहाङबाट 'लिम्बूवान' राखे । लिम्बूवान नाम यसरी रहन गएको थियो । यसपछि लिम्बूवान राष्ट्रमा बसोबास गर्ने याक्थुङहरुले आफूलाई लिम्बू  पनि भन्न थाले । यसरी याक्थुङ जाति नाम शब्दको अतिरिक्त लिम्बू जाति नाम पनि रहन गएको हो । तसर्थ याक्थुङ र लिम्बू दुवै एउटै जाति नाम हो ।
राजा नाम्मेतहाङ (३९६६-४०४४) तिब्बत प्रस्थानः लियाङहाङ (३९६८-४०६०) राजा घोषणा
१२२ औं पुस्ताका यक्थुङ राजा नाम्मेतहाङको पालामा याक्थुङ संवत ४००१ -वि.सं.८०/इस्वी संवत २३) सालमा ठूलो महामारी फैलिएकोले जनमानसमा ठूलो हाहाकार भयो । राजा नाम्मेतहाङले केही समय महामारी छल्नका लागि तिब्बत गएर बस्ने निर्णय  गरे । तर यसो गर्दा (तिब्बतमा बस्दा) लिम्बूवानमा राजगद्दी खाली हुने भएकोले उनले आफू वा आफ्ना सन्तान फर्कि नआएसम्मका लागि नेबालाजे (काठमाण्डौं उपत्यका) का स्थानीय प्रशासक लियाङहाङयाक्थुङ -३९६८-४०६०) लाई याक्थुङ संवत ४००१ साल मासिङ्गो लिम्बूवान राज्यको राजा घोषणा गरिदिए ।यो घोषणापछि नाम्मेतहाङ तिब्बत गए । तिब्बत जाँदा उनीसाथ केही याक्थुङहरु पनि लिएर गएका थिए । उनीसाथ जाने याक्थङहरु मध्ये या.सं. ४२१० (वि.सं.२८९/इस्वी संवत २३२) सालमा तिब्बतबाट नै आफ्नो पुर्ख्यौली राज्य लिम्बूवानमा फर्कने याक्थुङहरु आठ याक्थुङ (लिम्बू) राजा भए । चीन (सिचुवान, युनान), बर्मा (नाम्फाव) घुमेर टिष्टा नदीतरी लिम्बूवानकै पूर्वी दक्षिण सिमाना नदीहरु- लुम्दाङवा (ब्रहृमापुत्र), फुङसिङवा अथवा फुङदाङवा (गंगा), नदीको उत्तर भूमि, तुम्सिङवा (सप्तकोशी) को पूर्वी भूमि, कोही ठाउँमा पूर्वी किनार र फाङलुङबुङ (धरान-विजयपुर) हुँदै याक्थुङ संवत ४५०९ -वि.सं.५८८/इस्वी संवत ५३१) सालमा लिम्बूवानको फेदापमा फर्कने र लिम्बूवान राज्य अन्तर्गत दश लिम्बूवान निर्माण गर्ने याक्थुङहरु दश याक्थुङ (लिम्बू) राजा भए । उनीहरुले आफूलाई काशी गोत्र याक्थुङ (लिम्बू) पनि भन्ने गरेको पाइन्छ । त्यसैगरी याक्थुङ संवत ४८२७ (वि.सं.९०६/इस्वी संवत ८४९) सालमा तिब्बतबाट नै लिम्बूवान फर्कने याक्थुङ (लिम्बू)हरु माबोहाङ याक्थुङ (लिम्बू) राजा भए । उनीहरुले पनि आफूलाई लाशा गोत्र भन्ने गर्छन् । यसरी राजा नाम्मेतहाङसंग तिब्बत (चीन) जानेहरु विभिन्न समयमा विभिन्न समूह भएर आफ्नो पुर्ख्यौली थलो लिम्बूवान राज्यमा फर्केका थिए । उनीहरुले काशी गोत्र लाशा गोत्र जे भने तापनि सबै एउटै याक्थुङ (लिम्बू) वंशका हुन् । माथिका सबै समूहहरुको ऐतिहासिक विवरण दिँदा लेख लामो हुने भएको यस लेखमा राखिएको छैन । तर याक्थुङ संवत ४५०९ सालमा लिम्बूवान फर्केर आउने मूल राजवंशको पुस्तावली भने यसै लेखमा राखिएको छ जुन् पुस्ता नं. १२२ देखि १४३ सम्म र १४३ देखि १५९ सम्म हेर्नुहोस् ।
लिम्बूवानको नेबालाजेमा लिच्छवी वंशको उदय
याक्थुङ राजा लियाङहाङका छोरा साङसुकहाङ (३९९९-४०७७), साङसुकहाङका छोरा लोलिङहाङ(४०३२-४११९) नेबालाजेमा बसेर राज्य गर्दै थिए । उनले याक्थुङ संवत ४०८० (वि.सं. १५९) सालमा आफ्ना ३ पल्टनहरुमध्ये २ पल्टन लिम्बूवानको सिमाना अनुगमन गर्न पठाएका थिए । त्यही मौकामा लिच्छवी सरदार भूमि वर्माले नेबालाजेमा एक्कासी हमला गरे। ७ दिन ७ रात युद्घ भयो । २ पल्टनका सेना धेरै टाढा पुगिसकेकाले युद्घका लागि थप सेना आउन सकेनन् ।त्यसैले याक्थुङ राजा लोलिङहाङ पराजित भए । यसरी याक्थुङ संवत ४०८० सालदेखि लिम्बूवानको नेबालाजेमा लिच्छवीहरुको शासन शुरुभएको थियो । यस विषयमा लिम्बू भाषामा उल्लेख भएको प्रसङ्ग यस्तो छ-
"लिम्बूवान लाजेरे नेबालाजे केयुङबा याक्थुङ-लिम्बूहाङ लोलिङहाङले याक्थुङ-लिम्बू मुङफुङ ली नासोङ येत्पोङ तङबेओ सुम तुराओ नेत् तुरा थक्सुबाहा, लिम्बूवानरे साक्लुङ ओमुङवा चोक्से पाङखुसीआङ मेवेयाल्लो ।। फाखेन फुङसुक लिच्चाबी लाम्सोबा फुमाले नेबालाजेओ चिसुम फप्पाङखुसिल्लो ।। नुलेन नुसेन मेथक्तालो ।। याक्थुङ-लिम्बूहाङ लोलिङहाङ हारित्यालो ।।"
अनुवाद
'लिम्बूवान राज्यको नेबालाजे (नेपाल उपत्यका) बस्ने याक्थुङ -लिम्बू) राजा लोलिङहाङले याक्थुङ संवत् ४०८० सालमा तीन पल्टनमा दुइ पल्टनसेनाहरुलाई लिम्बूवानको सिमाना अनुगमन तथा निर्देशन दिन पठाएका थिए । त्यसै बेला लिच्छबी सरदार भूमि वर्माले नेबालाजेमा एक्कासी आक्रमण गर्न लगाए । सात दिन सात रात युद्घ भयो । याक्थुङ-लिम्बू राजा लोलिङहाङ पराजित भए ।'
आठ याक्थुङ (लिम्बू)र दश याक्थुङ(लिम्बू) बीच कलह शुरुमा आठ थाक्थुङ लिम्बू र दश थाक्थुङ लिम्बूहरु पुस्तावली अभिलेखबाट दुवै समूह एउटै याक्थुङ (लिम्बू) वंश भएको प्रमाणित भएपछि दुवै समूह मिलेर सँगै बसेका थिए । तर समय वित्तै गएपछि आठ याक्थुङहरुको दशौं पुस्ताका सन्तानहरुले दश याक्थुङका सन्तानहरुमाथि अनावश्यक शंका गरी उत्पीडन गर्न थाले । उनीहरु बीच कलह बढ्दै गयो । फलस्वरुप ती समूहहरु बीच याक्थुङ संवत् ४७२५ (वि.सं.८०४) सालमा युद्घ भयो । युद्घमा दश याक्थुङ-लिम्बूहरुको विजय भयो । विजय भएपछि पनि पहिलेजस्तै दुवै समूह एउटै याक्थुङ-लिम्बू वंश भएको घोषणा गर्दै दश याक्थुङ-लिम्बूहरुले याक्थुङ संवत् ४७२६ (वि.सं.८०५) सालमा लिम्बूवान राष्ट्र अन्तर्गत करेसावारी राज्यको रुपमा दश लिम्बूवान बनाए । दश लिम्बूवानका दश याक्थुङ-लिम्बू राजाहरुका नाम र स्थानहरु निम्नअनुसार रहेको छ-
(१) पानतक 'पाँचथर'- थाम्लासो पापोहाङ (४६७४-४७६५), यकः फेदेन ।
(२) आताप्लाई 'आठार्राई'-तावोलुङहाङ (४६८१-४७७१), यकः पोमाजङ ।
(३) लिघङ 'चारखोला'-लोलिमहाङ (४६८२-४७५२), यकः आङदाङ ।
(४) ताम्वाघङ 'तमोरखोला'- साम्लुप्ली साम्बाहाङ (४६८२-४७६४), यकःताम्वा (ताकपेसो) ।
(५) फेदाप 'फेदाप'- सेनसेनगुम फेयोहाङ (४६८३-४७६५), यकः पोक्लाबाङ ।
(६) मेवाघङ 'मेवाखोला'- सिसियेन सेरेङहाङ (४६८५-४७६५), यकः मेरिङदेन ।
(७) तुक्सङलुङ 'छत्तर'- खेयोहाङ (४६८६-४७६७), यकः ताकलुकदेन ।
(८) याङवारक 'याङरुक'- तिन्दोहाङ (४६८८-४७८०), यकः माङदेन -हस्तपुर) ।
(९)सवालुङ 'संखुवासभा'- इङहाङ (४६९८९-४७५६), यकः चेनलुङ ।
(१०) नेत्लीफुङदेन 'चौविस'- फुङलिङसोहाङ (४६९०-४७७९), यकः कुर्ले ।
(स्रोतः शेर्मा यासोलुङ)
मोरङ (विजयपुर -धरान) का राजा विजयनारायण राय
मोरङ ( विजयपुर -धरान) का तत्कालीन राजा विजयनाराण राय याक्थुङको पुर्ख्यौली थलो ताप्लेजङ जिल्लाको फावाखोला (फवाखङ) हो ।यसै फावाखोलाका साङलाइङहाङ याक्थुङ र उनका दाजु-भाइहरुबीच कलह भएको कारणले साङलाइङहाङ याक्थुङ याक्थुङ संवत् ५३३८ (वि.सं.१४१७) सालमा लिम्बूवानको तराई क्षेत्र 'मावलुङ तेम्बे' (मोरङ टार) मा झरेर बसे । रहँदै-बस्दै जाँदा उनी त्यहाँको हर्ताकर्ता बन्दै गए । उनले आफू बसेको ठाउँलाई 'वारकताप' (वारातापा) नाम राखे । उनले त्यहाँ बसेको छोटो अवधिमै अर्थात् याक्थुङ संवत् ५३४२ (वि.सं.१४२१) सालमा राजा भएर शासन गर्न शुरु गरे । 'वारकताप' भन्ने ठाउँ लिम्बूवान मावलुङ तेम्बे (लिम्बूवान मोरङ टार) मा पर्दथ्यो । लिम्बू भाषाको 'मावलुङ'शब्द अपभ्रंश भएर 'मोरङ' भएको हो ।अघि याक्थुङ पुर्खा लिम्बूहाङले विशाल लिम्बूवान राष्ट्रको निर्माण गरिसकेपछि लिम्बूवानलाईमुख्य दुइ भाग -पावलुङ र मावलुङ) मा भौगोलिक विभाजन गरेका थिए । त्यसबेला देशको सम्पूर्ण पहाडी भू-खण्डलाई 'पावलुङ' र सम्पूर्ण समतल भू-खण्डलाई 'मावलुङ' भनिन्थ्यो ।
लिम्बूवान मोरङ टार अन्तर्गत हालका झापा, मोरङ र सुनसरी जिल्लाहरु पर्दछन् । यहीँ लिम्बूवान मोरङ टारमा साङलाइङहाङ राजा भई बसेका बेला पाँचथरमा शेर्मा द्वितीयराजा थिए । उनीहरुबीच राम्रो चिनजान थियो । समयक्रममा राजा शेर्मा द्वितीयको याक्थुङ संवत् ५३५० (वि.सं.१४२९) सालमा मृत्यु भयो भने  राजा साङलाइङहाङ याक्थुङको पनि याक्थुङ संवत् ५३५८ (वि.सं.१४३७) सालमा मृत्यु भयो । साङलाइङको मृत्युपछि उनका छोरा पुङलाइङहाङ याक्थुङ (लिम्बू) लिम्बूवान मोरङ टारका राजा भए । उनी राजा भएको ४ वर्ष पछि हिन्दू धर्ममा दीक्षित भएकाले उनले याक्थुङ संवत् ५३६२ (वि.सं.१४४१) सालमा आफ्नो नाम पुङलाइङहाङलाई परिवर्तन गरी 'अमर राय' याक्थुङ राखे ।त्यसबेला पाँचथर राज्यमा शेर्मा द्वितीयका छोरा शेर्मा तृतीय राजा थिए । उनलाई राजा पुङलाइङहाङ याक्थुङले आफूजस्तै हिन्दु धर्ममा दीक्षित हुन भनी पत्र पठाएका थिए । यो खबर पाउनसाथ राजा शेर्मा तृतीयले राजा पुङलाइङहाङ याक्थुङलाई तुरुन्त आफ्नो याक्थुङ धर्ममा फर्कन कडा चेतावनीकासाथ सुझाउ पत्र पठाएका थिए । जुन् पत्रमा यस्तो भनिएकोथियो- "हामी याक्थुङहाङ (लिम्बू) वंशले आफ्नो याक्थुङ धर्म छोडेर पराइ धर्ममा भतुवा जानु हुँदैन । हाम्रो याक्थुङ धर्मको तागेरा माङले सराप्ने छ । हाम्रो वंश सन्तानहरु पराइ धर्म र जातमा विलिन भएर लोप हुनेछन् । तिमी त्यसै धर्ममै बस्यौ भने भोली तेरा वंश सन्तानहरु लोप हुनेछन् । कुरा बुझ । तिमी भुलवश हिन्दू धर्ममा दीक्षित भएपनि प्रायश्चित गरी आफ्नो याक्थुङ धर्ममा फर्किहाल । फर्कन्दैनौं भने दश लिम्बूवानको सम्मेलन बोलाएर तिमीलाई धर्मच्युत गर्नेछु । हामीले अरुको धर्मलाई सम्मान गर्नुपर्छ तर भतुवा भएर अरुको धर्ममा गइहाल्नु हुँदैन । अर्थ बुझ ।" यस कडा चेतावनीको पत्रको जवाफमा अमर राय याक्थुङले 'आफू हिन्दू धर्ममा दीक्षित भइहाले तापनि याक्थुङ (लिम्बू) जात भने छोडदिन' भनी खबर पठाएका थिए । फलस्वरुप पाँचथरका राजा शेर्मा तृतीयले याक्थुङ संवत् ५३६५ (वि.सं.१४४४) सालमादश लिम्बूवानको सम्मेलन बोलाएर विभिन्न प्रस्तावहरु पारित गरेका थिए । ती पारित प्रस्तावहरु मध्ये चौंथो प्रस्ताव अनुसार अमर राय (पुङलाइङहाङ याक्थुङ) धर्मच्युत गराइएका थिए । जुन् चौंथो प्रस्ताव निम्न अनुसार थियो-
"आनी, लिम्बूवान लाजेरे 'लिम्बूवान मावलुङ तेम्बे' तेन वारकताप केयुङबा हाङ पुङलाइङहाङ याक्थुङ-लिम्बून सेल्लुक सायोओ लासाआङ पाखेन सायोओ निसापतिङबा पोखाआङ अमर राय मेप्नाब मीङआङ वाछिङआङ खेलक्पा पेबा चोकुल्ले याक्थुङ-लिम्बू मुङफुङ ङा नासोङ सुम किपोङ तुक ङा (थिकली किपोङ लिली) तङबेआङथो सायो लाही आचोगुम्लो ।।"
अनुवाद
"हामीले लिम्बूवान राज्यको लिम्बूवान मोरङ टार अन्तर्गत वारकताप बस्ने राजा पुङलाइङहाङ याक्थुङ (लिम्बू) ले हिन्दू धर्ममा प्रवेश गरेरत्यही धर्ममा दीक्षित भई 'अमर राय' भन्ने नाम पनि लाएर भतुवा गएकाले याक्थुङ संवत् ५३६५ वि.सं.१४४४) सालदेखि धर्मच्युत गर्यौं ।"
राजा विजयनारायण रायका पुस्तावली
(१) राजा साङलाइङहाङ याक्थुङ लिम्बू-देहान्तःया.सं.५३५८/वि.सं.१४३७))
(२) राजा पुङलाइङहाङ याक्थुङ लिम्बू 'अमर राय' -या.सं.५३२२-५३९७/वि.सं.१४०१-१४७६)
(३) राजा किर्तीनारायण राय याक्थुङ लिम्बू -या.सं.५३५४-५४४७/वि.सं.१४३३-१५२६)
(४) राजा अपनारायण राय याक्थुङ लिम्बू -या.सं.५३९४-५४७५/वि.सं.१४७३-१५५४)
(५) राजा जारेनारायण राय याक्थुङ लिम्बू -या.सं.५४३२-५५१२/वि.सं.१५११-१५९१)
(६) राजा इङदिङनारायण राय याक्थुङ लिम्बू -या.सं.५४७४-५५६२/वि.सं.१५५३-१६४१)
(७) राजा विजयनारायण राय याक्थुङ लिम्बू -या.सं.५५१४-५५८७/वि.सं.१५९३-१६६६)
( स्रोतः शेर्मा यासोलुङ)
विजयपुर नाम रहनुभन्दा पहिले त्यस ठाउको नाम 'फाङलुङबुङ' थियो ।फाङलुङबुङपछि 'विजयपुर' विजयपुरपछि 'धरान' नाम रहन गएको हो ।फाङलुङबुङको अर्थ 'पहाडको फेदी' वा 'फेदी' भन्ने हुन्छ ।
दश लिम्बूवान निर्माण हुनुभन्दा अघि र पछिका केही ऐतिहासिक घट्नाक्रमहरु, जस्तो- आठ याक्थुङ राजाहरुको पुस्तावली, माबोहाङ याक्थुङदेखि उताको पुस्तावली र दश लिम्बूवानको अन्य केही कुराहरुको बारेमा संक्षिप्त प्रसङ्ग अर्को लेखमा दिने प्रयास गरिनेछ । याक्थुङ -लिम्बू) राजवंशको शुरुकालदेखि दश लिम्बूवान राज्य निर्माण हुनु पूर्वकाल (पुस्ता नं. १४३) सम्मका याक्थुङ (लिम्बू) राज पुस्तावली र सिङ्गो लिम्बूवान राष्ट्रभित्र दश लिम्बूवान राज्य निर्माण भएपछि दश याक्थुङ (लिम्बू) राजाहरुमध्ये पाँचथरका राजा थाम्लासो पापोहाङ वंशपट्टीका जम्मा २२ पुस्ता (पुस्ता नं. १४३-१६४) सम्मका पुस्तावलीलाई यस लेखमा राखिएको छ ।ती पुस्तावली निम्म्न अनुसार रहेको छः
पुस्तावली क्रम
(१)मोलोङहाङ जन्मदाँ संवत थिएन(याक्थुङ संवतः ६१सालमा मृत्यु)
(२)याक्थुङहाङ-प्रथम(१-९२) या.सं. ६५ सालमा याक्थुङ (लिम्बू) राजवंशको प्रथम कानुन निर्माता ।
(३)(क) साङमुकहाङ (३३-११८),-ख)मोथुङहाङ (३६-१२५)
(४) मिङवतहाङ (६४-१४४)
(५) सोयोलुङहाङ (१००-१८९)
(६) लोयोहाङ (१३२ -२०१)
(७)यामलुकहाङ  (१६७-(२५१)
(८) साम्मीहाङ-प्रथम (२०४ -२७५)
(९) मुक्कुमहाङ-प्रथम (२४० (३२०)
(१०) ताङसोपहाङ (२७२-३४२)
(११) थालापहाङ (३०३ -३८५)
(१२) यासालाहाङ (३३५-४१७)
(१३) मेलिङ्हाङ (३७१-४५५)
(१४) पायोलीहाङ (४११-४९०)
(१५) नायोतहाङ (४४७-५३०)
(१६) फुङसेकहाङ (४८५-५५४)
(१७) फयमहाङ (५२४-५८५)
(१८) साङ्दोलुङहाङ (५५८-६४३)
(१९) तालाङवाहाङ (५९०-६७०)
(२०) याङमोतहाङ (६२१-७००)
(२१) साङलोइहाङ (६५२-७३३)
(२२) याक्थुङहाङ-द्वितीय (६८५-७७०)
(२३) तावाहाङ (७२०-८११)
(२४) मुङवाहाङ (७५१-८३३)
(२५) सक्वाहाङ (७८२-८६४)
(२६) मेयोलीहाङ (८१४-८८९)
(२७) खेसीपहाङ (८४५-९२२)
(२८) सोमोइहाङ (८७६-९५५)
(२९) यालोइहाङ (९०८-९८९)
(३०) ससोङहाङ (९४०-९८६)
(३१) याङसेलीहाङ (९७१-१०५७)
(३२) मिक्चोलुङहाङ (१००३-१०९२)
(३३) सिङथुकहाङ (१०३४-१११२)
(३४) सावालुङहाङ (१०६५-११४५)
(३५) साङहाङ -१०९७-११५०)
(३६) सोधोङहाङ -११२८-१२११)
(३७) साङगुनहाङ -११६४-१२४५)
(३८) (क) कासारहाङ (११९५-१२१५) निसन्तान मृत्यु ।
     (ख) यलम्बरहाङ (११९८-१२८९) 'याक्थुङ राजवंशका ३८ औं र नेबालाजेका २१ औं राजा' ।
(३९) निदाङहाङ (१२३३-१३१८)
(४०) वालम्बाहाङ (१२६८-१३५६)
(४१)(क)लिम्बूहाङ -१३०१-१४०६)
(ख)हुङमङतीहाङ (१३०५-१३८७)
(४२) याङजिरीहाङ (१३४१-१४२५)
(४३) युङनन्तरहाङ (१३७४-१४४५)
(४४) तुम्मोकहाङ (१४०९-१४८९)
(४५) मुङयुकहाङ (१४४०-१५२०)
(४६) सेङ्गोलिकहाङ (१४७६-१५४०)
(४७) यालीलीङहाङ (१५०८-१५८९)
(४८) मिङवाहाङ (१५४१- १६२६)
(४९) तियेलुङहाङ (१५७६-१६५७)
(५०) ताङलाहाङ (१६१५-१६९०)
(५१) पायोतीहाङ (१६४९-१७२८)
(५२) तक्सङवाहाङ (१६८०-१७४०)
(५३) तोलाङहाङ (१७१२-१७९६)
(५४) मिङयुकहाङ (१७५२-१८३२)
(५५) ताङसाकहाङ (१७८३-१८६३)
(५६) नेलिङहाङ (१८१८-१९०५)
(५७) तानछोलुङहाङ (१८५१-१९२३)
(५८) लुङमुङहाङ (१८८३-१९६४)
(५९) याङमुकहाङ (१९१४-१९८४)
(६०) लिङसेहाङ (१९४५-२०२५)
(६१) सावाहाङ (१९८०-२०६२)
(६२) नायामहाङ (२०११-२०८८)
(६३) लावाहाङ (२०४२-२१३२)
(६४) सेलोङहाङ (२०७६-२१५९)
(६५) तोलिङहाङ (२१०८-२१९१)
(६६) इसोकहाङ (२१३९-२२१३)
(६७) मलाङहाङ (२१७५-२२५४)
(६८) वयन्दीहाङ (२२०७-२२७७)
(६९) सोधकहाङ (२२३८-२३३३)
(७०) ताङसापहाङ (२२७२-२३६८)
(७१) यासुम्बीहाङ (२३०४-२३८९)
(७२) लिङसेलुङहाङ (२३३५-२४२१)
(७३) तिङदोलोहाङ (२३६६-२४४७)
(७४) सिनयुकहाङ (२३९९-२४८०)
(७५) लुङयेपहाङ (२४३४-२५१०)
(७६) निङवाहाङ (२४६५-२५४५)
(७७) लावनहाङ (२४९७-२५८५)
(७८) फाङलुङहाङ (२५२९-२५९३)
(७९) तावालुङहाङ (२५६०-२६४०)
(८०) लिदोकहाङ (२५९४-२६७९)
(८१) नेसोङहाङ (२६२६-२७०७)
(८२) तिन्दोलुङहाङ (२६५७-२७२९)
(८३) मनाहाङ (२६८८-२७७८)
(८४) यासाप्पाहाङ (२७२१-२८१३)
(८५) मिङलुकहाङ (२७५२-२८३३)
(८६) ताम्मेहाङ (२७८४-२८७०)
(८७) ताङसोहाङ (२८२५-२८८०)
(८८) सेसेहाङ (२८५७-२९३९)
(८९) नोसुकहाङ (२८८८-२९६८)
(९०) लोयोङहाङ (२९१९-३०००)
(९१) पाङमुकहाङ (२९५३-३०२२)
(९२) तियामहाङ (२९८५-३०६५)
(९३) युनछोहाङ (३०१६-३१११)
(९४) माङसेसेहाङ (३०४७-३१३४)
(९५) तिम्बेहाङ (३०७९-३१५३)
(९६) सोसोलोहाङ (३१११-३१८९)
(९७) तोलोक्वाहाङ (३१४२-३२०२)
(९८) लुम्बुकहाङ (३१७७-३२६३)
(९९) तिलिङहाङ (३२०८-३२९४)
(१००) ताङलाराहाङ (३२४०-३३२०)
(१०१) फुङयुपहाङ (३२७३-३३७०)
(१०२) मिङदोलुङहाङ (३३०६-३३९३)
(१०३) फोलिमहाङ (३३३७-३३९०)
(१०४) मिङनिस्सेहाङ (३३७८-३४६६)
(१०५) साङलाङहाङ (३४१८-३५०३)
(१०६) लियोलिङहाङ (३४४९-३५३९)
(१०७) मिलिङहाङ (३४८१-३५५८)
(१०८) फुङवाहाङ (३५१४-३५९५)
(१०९) नावालुङहाङ (३५४५-३५८०)
(११०) इक्साहाङ (३५७७-३६६३)
(१११) तायेन्छोहाङ (३६०८-३६९९)
(११२) नामयोदिङहाङ (३६४१-३६२३)
(११३) सिक्कुमहाङ (३६७४-३७५४)
(११४)कायोलीङहाङ (३७०५-३७८०)
(११५) इङयोहाङ (३७३७-३८१५)
(११६) लाजेहाङ (३७६८-३८४९)
(११७) फुङयुकहाङ (३७९९-३८७९)
(११८)(क) लिङलीहाङ (३८३०-३९०४)
     (ख) सेयोलीहाङ (३८३३-३९१५)
(११९) पुङयोक्हाङ (३८६१-३९५१)
(१२०) मुक्कुमहाङ-द्वितीय (३९००-३९८७)
(१२१) माङवाहाङ (३९३१-४०००)
(१२२) नाम्मेतहाङ (३९६६-४०४४)
(१२३) पाङयोकहाङ (३९९८-४०७९)
(१२४)फोवालीहाङ (४०३७-४११७)
(१२५) नावाहाङ (४०७२-४१४९)
(१२६) सुमोहाङ (४१०३-४१९२)
(१२७) नामहाङ (४१३७-४२१८)
(१२८) माङमुइहाङ (४१७२-४२५४)
(१२९) मिङहाङ (४२०३-४२४२)
(१३०) तुमहाङ (४२३६-४३२२)
(१३१) लामलोइहाङ (४२६८-४३४७)
(१३२) पाङहाङ (४३०१-४३८१)
(१३३)साम्मीहाङ-द्वितीय (४३३२-४४०२)
(१३४) फुङलाइङहाङ (४३७२-४४५७)
(१३५) साङलाइङहाङ (४४०५-४४९४)
(१३६) फुङलिङसो लाइङहाङ (४४३६-४५०७)
(१३७) थोसोइङ काङलाइङहाङ (४४६८-४५५०)
(१३८) माङइङसो लाइङहाङ (४५०५- ४५६४)
(१३९) सोफाङहाङ (४५३६-४६१६)
(१४०) माङफोहाङ (४५६७-४६५०)
(१४१) साङसोतहाङ (४६०८-४६९)
(१४२)(क) ताङसोहाङ (४६४२-४६८४)
(१४३)थाम्लासोपापोहाङ(४६७४-४७६५) फेदेन, पाँचथर ।
(१४४) मुसाहाङ (४७०९-४७९३) मुसाको अर्थ चोखो, पवित्र र विशिष्ट हुन्छ ।
(१४५) लासाहाङ (४७५०-४८५२)
(१४६) राजाहाङ (४७८२-४८६१)
(१४७) केन्दुहाङ (४८१६-४९११)
(१४८) मुस्तिमहाङ (४८५३-४९४७)
(१४९) बाचाहाङ (४८९२-४९६७)
(१५०) सेगुहाङ (४९३०-५०१७)
(१५१) शिवहाङ (४९६८-५०५१)
(१५२) तोयोहाङ (५००१-५०६७)
(१५३) एतेबाहाङ (५०३६-५११८)
(१५४)(क) याङ्मुकहाङ (५०८१-५१८६)
      (ख) तुम्बापो (५०८४-५१८७) हाल चोकमागु, पाँचथर ।
     (ग) इङवाबा (५०९०-५१८०)
      (घ) कुगेत्नाम्बा (५०९३-५१८९)
(१५५) पेल्दहाङ (५१२७-५२२०) याङ्मुकहाङको छोरा ।
(१५६) कबेबहाङ (५१६७-५२५६)
(१५७) (क) शेर्मा तुम्याङहाङ(५२०८-५३०९) फेदेन, पाँचथर ।
(ख)आङदेम्बे (५२२६-५३१४) हाल अम्लाबुङ (नवमी डाँडा), आङसाराङ गा.वि.स. (पाँचथर) लगायतअन्य स्थानहरुमा पनि बसोबास रहेको ।
(ग) लाओती (५२२९-५३२०) हाल यासक, कुरुम्बाङ गा.वि.स.(पाँचथर) लगायत अन्य स्थानहरुमा पनि बसोबास रहेको ।
-१५८)-क) शेर्मा द्वितीय-(५२५३-५३५०/१३३२-१४२९)फेदेन, पाँचथर ।
      (ख) तुम्ब्रोक (५२५७-५३५६/१३३६-१४३५)
(१५९) शेर्मा तृतीय -इलिहाङ/यलम्बरहाङ द्वितीय) (५२९३-५४००/१३७२-१४७९)फेदेन - पाँचथर) ।
(१६०) पिघेहाङ शेर्मा -राजगद्दी त्यागेको/५३३६-५४२१)यासक, पाँचथर ।
(१६१)(क) याङमुकहाङ शेर्मा (५३७५-५४६२)यासक, पाँचथर ।     
(ख)तोङमुकहाङ शेर्मा (५३७८-५४५३) यासक, पाँचथर ।
(१६२) (क) हाङयुकहाङ शेर्मा (५४१७-५५०७)याङमुकहाङको छोरा, माङजाबुङ, पाँचथर ।
(ख) हादिहाङ शेर्मा (५४२०-५४९८) तोङमुकहाङको छोरा, माङजाबुङ ।
(१६३) (क) ओमसेरेहाङ शेर्मा (५४५७-५५३२)हाङयुकहङको छोरा, माङजाबुङ ।
(ख)नाम्दीहाङ शेर्मा (५४५३-५५३९) हादिहाङको छोरा, माङजाबुङ ।
(१६४)(क)तुमसेरेहाङ शेर्मा (५४९८-५५९०)ओमसेरेहाङको छोरा, माङजाबुङ ।
(ख) लेप्मुहाङ शेर्मा (५४९४-५५७८) नाम्दीहाङको छोरा, माङजाबुबङ ।
हाल माङजाबुङ, वानेने, साराङ डाँडागा.वि.स.(पाँचथर), सत्तासीधामगा.वि.स. (झापा), पथरी गा.वि.स. (मोरङ) र अन्य स्थानहरुमा पनि थोरथोर मात्र बसोबास रहेको छ ।
माथि उल्लेखित इतिहास र पुस्तावली याक्थुङ (लिम्बू) राजवंश-पुर्खाहरुको ६ हजार वर्ष  देखिको कठोर परिश्रम तथा तत्कालीन बौद्घकि चेतनाको फल हो ।
किरातहरु मङगोलियन अनुहारजस्ता हुने र प्राचीन कालमा किरात देख्ने-चिन्नेहरुले कुनै कृति वा धर्मशास्त्र लेख्दा किरातको प्रसङग आउदा कसैले रिसबस, कसैले खुशबस र कसैले सामान्य अवस्थामा आफूखुशी भिन्न भिन्न अर्थ दिएर लेख्थे । विभिन्न जातिहरुको विभिन्न धर्मशास्त्र, लेख, रचना, कृति आदि लेख्दा विभिन्न प्रसङगमा किरात लेख्थे । तर किरातभित्र वास्तविकता के छ भनी गहिरिएर अध्ययन गर्ने-बुझने चेतना आएको थिएन । अहिले पनि त्यति नभएको र भएपनि नगन्यमात्र छ । अहिलेको २०/२१ औं शताब्तादीमा समेत यसभित्रको गहन अध्ययन-मनन् गर्ने चेतनाको विकास भएको छैन भने त्यो प्राचीन समयमा चेताना हुने कुरै भएन । उनीहरु बाहिर किरात देख्थे र किरात लेख्थे । वृहत रुपमा किरात त हुन् तर त्यसभित्रको वास्तविकताको अध्ययन गर्ने चतना नभएकोले भित्रको कुरा देख्दैनथे र नदेखेपछि लेख्दैनथे । यसरी वास्तविकताभित्रको जाति र इतिहास रहस्यमै रहेको थियो र आजसम्म नै रहँदै आएको छ । यसो हुनुमासयंम याक्थुङ (लिम्बू) हरु पनि केही हदसम्म जिम्मेवार छौं । साथै नेपालको विगतका सामन्ती राज्यव्यवस्था पनि जिम्मेवार छ ।
आदिवासी-प्राचीनवासीको प्रसङ्ग
मानिसहरु जहाँबाट आएपनि जुन स्थानमा वा जुन भूमिमा र्सवप्रथम सिमाना बाँधेर निश्चित भू-राज्य निर्माण गरेर बसोबास गरे उनीहरु नै त्यो ठाउँको आदिवासी (पहिलोवासी) हुन्छन् । नेबालाजे -हाल काठमाण्डौं उपत्यका) मा सबैभन्दा पहिले याक्थुङ -लिम्बू) हरु आएका थिए र उनीहरुबाट त्यहाँ र्सवप्रथम अर्थात याक्थुङ संवत ६०५ सालमा  'नेबालाजे' राज्य निर्माण भएको थियो । प्रायः सबैलाई थाहा भएको हुनुपर्छ 'आदि' को अर्थ 'पहिलो' हुन्छ भनेर । 'नेबालाजे तथा लिम्बूवान' को पहिलो  बासिन्दा एवं आदिवासी भनेको याक्थुङ (लिम्बू) हरु हुन् । यसलाई बलियो प्रमाण दिने आधार भनेको लिम्बूवानको ऐतिहासिक घट्नाक्रमको लामो फेहरिस्त नै हो । किनकि याक्थुङ (लिम्बू) हरुले याक्थुङ (लिम्बू) राजवंश र लिम्बूवानको प्रमुख राजकीय ऐतिहासिक घट्नाक्रमहरु शुरुदेखि नै अभिलेख राख्दै आएका थिए । अहिले त्यो लिम्बूवानको लागि एउटा बलियो एवं जिउँदो प्रमाणको रुपमा उभिएको छ ।
यहाँ हामीले बुझनु पर्ने कुरा के हो भने आदिवासीद्वारा निर्मित राज्यमा पछिबाट बसाइँ सरेर आउनेहरु वा पछिबाट ल्याएर बसोबास गराइका जातजातिहरु त्यहाँका द्वितीयवासी हुन्छन् । अर्थात कसैले एउटा निश्चित समयमा निश्चित सिमाना बाँधेर निर्माण गरिसकेको भू-राज्यमा पछिबाट जुनसुकै समय - १ दिन, १ वर्ष १००/२००५००/१०००/२०००/३००० ...... वर्ष) मा आएका वा ल्याएर बसोबास गराइएका जातजातिहरु त्यहाँका आदिवासी नभइ द्वितीयवासी हुन्छन् । तर बसोबास लामो भएपछि भने उनीहरु त्यहाँका आदिवासी नभएपनि प्राचीनवासी चाहिँ हुन्छन् । तर्सथ लिम्बूवानका पहिलो आदिवासी भनेको याक्थुङ (लिम्बू) हरु हुन् । तर हाल लिम्बूवानमा बसोबास रहेकाआदिवासी-द्वितीयवासी सबै एउटै लिम्बूवानी जनता हुन् र लिम्बूवान सबैको साझा फुलबारी हो । यो साझा लिम्बूवान फुलबारीमा सम्पूर्ण लिम्बूवानवासीहरु फुल्न फल्न सक्नेछन् ।
( शेर्मा यासोलुङ- एम. सुभाबाट प्राप्त भएको) ।

Nov 7, 2011

लुक्लाको लुट र मेरो इज्वत

विश्वास दीप तिगेला
लुक्लामा पर्यटकहरुको विजोग भन्ने समाचारले मेरो मन भतभत पोलिरहेको छ । पर्यटक भन्नाले बाहिर देशका पाहुनाहरु, बाहिर देशकाहरु आ-आफ्नो काममा असाध्य ब्यस्त हुन्छन् । कामको बोझबाट थाकेकाहरु केही समय मिलाएर आराम गर्न, मनोरन्जन लिन नेपालको विभिन्न ठाँउहरुमा घुम्न आएका हुन्छन् । उनीहरुको लागि एक मिनेट समय पनि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई नै खराब मौषमको कारण हप्तौ लुक्लामै रोकेर राख्नु के जायज होला ?
संयोगवस गत बैसाकको तेस्रो हप्ता (१९ बैसाक – २ जेठ २०६८ तदनुसार २ मे – १७ मे २०११) आफ्नै जन्मभूमि नेपालमा ब्रुनाईबाट पर्यटकको रुपमा लुक्ला हुदै सगरमाथा वेस क्याम्प र कालापत्थर सम्म पुग्ने अवसर पाँएको थिए । लुक्ला, फाकदिन, जोरसाल, नाम्चे, ट्याङबोचे, फेरिचे, थक्ला, लबुचे, गोरक सेप हुदै वेसक्याम र ५ हजार ५ सय ४५ मिटर उचाईको कालापत्थर पुग्न सकिन्छ । उचाईको हिसावले वेसक्याम भन्दा कालापत्थर १ सय ८१ मिटर अग्लो भएकोले यसको महत्व बेग्लै छ । सामान्य ट्रेकिङ टुरिष्टहरु त्यहि सम्म पुग्ने गर्दछन् । सगरमाथाको शिखरमा चढ्नको लागि भने प्रावधान र ब्यवस्थापन बेग्लै छ ।
संसारको सबैभन्दा उच्चस्थान सगरमाथा चढ्न र त्यसको फेदी सम्म ट्रेकिङ जानेहरुले प्रायः शतप्रतिशतले नै लुक्ला हवाई मार्ग प्रयोग गर्नु पर्ने बाँध्यता छ । संसारको सबैभन्दा जोखिमपूर्ण एयरपोर्ट लुक्ला अवतरण गर्नु अगावै देखिने दृष्यहरु अत्यन्तै सुन्दर छन् । संसारमा सायदै यस्तो दृष्य देख्न पाइन्छ । आफ्नै देशमा यति सुन्दर ठाँउहरु देखेर खुसिले मेरो आँखा टिल्पिलायो । विहान साढे ७ बजे आकास खुलेको थियो । घामका किरणहरुले लुक्लालाई छुदै थियो । हामी लुक्लामा उत्रियौ र नाम्चे तर्फ बाटो लाग्यौ । पर्यटकहरुको बाक्लो उपस्थिती र बाटोको दाँयावाँया देखिने सुन्दर सफा दृष्यहरुले नेपाल होइन कि जस्तो भान हुन्थ्यो । विकसित युरोप, वाल्कन मुलुक झै लाग्थ्यो । कतैकतै भारतको उत्तरखण्ड राज्यको पिन्दारी ग्लेसियर झै देखिन्थ्यो । म यति सम्म भन्न सक्छु सगरमाथा इलाकाका ग्लेसियर नपुगेकाहरुले हाम्रो देशमा यति सुन्दर ठाँउहरु छन भनेर कल्पना समेत गरेका हुदैनन ।
बाटोमा भेटिने ठूठूला ढुङ्गाहरुमा कुदिएका बुद्ध मन्त्रहरु अति रोचक देखिन्थे, बाटोको छेउमा भेटिने टिमुर, तितेपाती लगायतका नयाँ पालुवा, जंगलैभरी उन्माद फूलेका गुराँसहरु, विभिन्न प्रकारका चराचुरुङ्गीहरु, स्याउका फूलहरु, उब्जाउशिल पाखा कान्लाहरुमा हलहल हूर्किएका सागसब्जीहरु, स्थानियवासीहरुको बोलाइलो आफन्तपन, आखै भरीको सफा र स्वच्छ हिमाल, याक, खच्चरहरुको लर्को, भरियाहरुका आनन्दको दुखः, थाप्लोको नाम्लो संगै दोहरी र मायाप्रितिका गीतहरु मोवाइलको सेटबाट कानकानमा गुन्जिएको पाउदा म खुसिले भुतुक्कै भए । मोबाइल आविष्कार गर्ने, सस्तो मोवाइल बनाउने र मोवाइल नेटवर्क विस्तार गर्ने सबैलाई धन्यवाद दिए । लामो बाटोमा साथिहरु संग जनजीवनमा मोबाइलले पारेको प्रभाव सम्बन्धमा छलफल पनि भयो । आधुनिक र शहरियाहरुको समृद्ध जीवन भन्दा भरियाहरुको सिधा, निश्कंलक र आनन्दको जिन्दगी देखेर मलाई ईश्या लाग्यो । हामी उकालो र जंगल जंगल हिड्थ्यौ तर प्रत्यक बिसाउनीमा फूटबल, टेनिस, गल्फ आदी खेलको रिजल्ट मोवाइलमा हेथ्यौ । स्काइपीबाट घरमा सम्पर्क गथ्यौ । हामी ७ जना नेपाली थियौ र ५ जना विदेशी जो हामी संगै काम गर्छौ थिए । उनीहरु त्यो दुर्गम ठाँउमा ती सुविधा देखेर चकित भए । हामी सधै तिनै विदेशी सहकर्मी साथिहरु थियौ, त्यसैले हामीलाई धेरैले गाइड भन्थे, धेरै ठाँउमा हामीलाई गाइड भनेर डिस्काउन्ट पनि दिए । नेपालीहरु टुरिष्ट अर्थात आन्तरिक टुरिष्ट हुन सक्छन भन्ने बारे साधारणलाई ख्याल सम्म भएको पाइएन ।
काठमाडौंबाट लुक्ला प्रस्थानपूर्व कति खर्च बोक्ने भन्ने सम्बन्धमा राम्रो जानकारी नभएको र फाकदिनमै एक लिटर उम्लिएको पानीलाई रु ३ सय तिर्नुपर्ने, नुहाउने पानीको लागि पनि रु ५ सय सम्म तिर्नुपर्ने अवस्थाले भने हामी तर्सियौ । नाम्चे बजारमा विभिन्न लुगाफाँटाहरु ओर्जिनल पाउनु, नाम्चेका पप, रेष्टिुरेष्टहरु यूरोप स्टाइलको पाउदा भने गजबै लाग्यो । नाम्चे नजिकैको बस्ति खुम्जुङ र खुम्दे भ्यालीको दृष्य अविश्मरणिय रह्यो । ट्याङबोचे जंगलको गुराँहरुले डाँडै ढाँकेको झनै मनमोहक लाग्यो । पुमरी हिमाल, आमा डब्लन, तुत्से र सगरमाथाको सुन्दरता बर्णन गरि नसक्नुको थियो ।
एउटा रोचक प्रसंग – नाम्चे देखि झण्डै ३ किलोमिटर उकालो बाटोमा एकजना ७१ बर्षिय पासाङ शेर्पा विगत ५१ बर्ष देखि सगरमाथा जाने बाटो बनाई रहेका छन् । उमेर छदा आफै बाटो खन्ने तर पाको भएपछि बाटोमा चन्दाको बाकस राखेर बस्छन र पर्यटकले दिएको दुइचार पैसा भेला गरेर अरुलाई बाटो खनाउछन् । उनले खनेका बाटो कतिपय ठाँउमा भत्किसकेका छन् यद्यपी उनीले त्यो कामलाई निरन्तरता दिएका छन् । उनको त्यो कामबाट पनि हामीले पाठ सिक्न सक्छौ ।
हामी वेसक्यामबाट फर्किएर नाम्चे आइपुग्यौ र हाम्रो यात्रामा केके देख्यौ, कस्तो लाग्यो ? यस क्षेत्रको राम्रो पक्ष केके हुन ? नराम्रो पक्ष केके हुन र सुधार गर्नुपर्ने कुराहरु के के हुन बुंदागत टिपे र साथिहरु संग पनि छलफल गरे ।
बाटोको ठाँउठाँउमा सफा पिउने पानीको ब्यवस्था गर्नुपर्ने । विभिन्न ठाँउहरुमा हेल्थ किल्नीक राख्नुपर्ने । बाटोको ठाँउठाँउमा मौसम सूचना राख्नुपर्ने । थोक तथा सामानको मूल्य सुपथ र एकरुपता हुनुपर्ने । फेरिचेमा सधै कम्तिमा एउटा इमर्जेन्सी उद्धारको लागि हेलिकप्टर राखिनु पर्ने । फेरिचे वा खुम्जुङ सम्म गाडीको बाटो अविलम्ब बनाउनुपर्ने साथै लामो ट्रेकिङको बाटोलाई पनि यथावत राख्नुपर्ने । स्याङबोचे विमानस्थललाई अझ सुधार र प्रयोग गर्नुपर्ने । खुम्जुङ र फेरिचेमा पनि एयरपोर्ट बनाउदा उत्तम हुने । हिमालको आरोहण अत्यन्तै गाह्रो कार्य भएकोले सगरमाथा राष्ट्रिय निकुन्ज प्रवेशद्धारमा सबै धर्मका एकै आकारका मन्दिरहरु निर्माण गर्ने जसले गर्दा आ–आफ्नो विश्वासका भगवानलाई शक्ति मागेर आरोहण गर्न जान पाउनेछन्, त्यसले पर्यटकलाई झनै लोभ्याउने छन् । गाइड तथा भरियाहरुलाई अझ सक्षम र ब्यवस्थित गरिनु पर्ने । सगरमाथा वेसक्याम र कालापत्थरको चुचुरोमा ठाँउको नाम र उचाई समेत उल्लेख गरेर फोटो खिच्ने ठाँउ बनाई दिने, किन की त्यहा जाँदा कहाँ गइएको हो कुनै जानकारी छैन् र महशुस नै हुदैन । अन्य मुलुकहरुमा त्यस्ता महत्वपूर्ण स्थानमा साइनबोर्ड वा जानकारी राखिएको हुन्छ । कालापत्थरको चुचुरो अति नै खतरनाक भएकोले पर्यटकलाई चढ्न नदिने तर त्यहाबाट सगरमाथा र सगरमाथा चढ्दै गरेकाहरुलाई मज्जाले देखिने भएकोले कलापत्थरमा दुरवीनको ब्यवस्था गर्ने । बाटोहरु अझ फराकिलो बनाउने र अप्ठ्रा ठाँउहरुमा छेकबार लगाउने साथै खच्चर, घोडा, चौरीहरुको दिसाले बाटोमा दुर्घन्ध भइरहेकोले ब्यवस्थित तरिकाले सफा गर्ने । झण्डै ४ हजारको उचाइमा रहेको पानबोचेको खोला पारीको भिरालो भूभागलाई हिउँमा खेलिने स्की खेलको लागि अध्ययन गर्ने ।
अप्ठ्यारो भएकोले नै चुनौतीपूर्ण छ, चुनौतीपूर्ण भएकोले नै त्यहा पुग्नुलाई गौरवपूर्ण कार्य मानिन्छ त्यसैले सबैको सपना र आकर्षण रहेको हुन्छ । सगरमाथाको वेसक्याम सम्म गाडी बाटो लैजादा प्रदुषणको कारणले असर रहन सक्दछ यद्यपी चीनले उसको पाटोबाट नजिकै बाटो पुर्याएको छ । गाडीको बाटो नपुर्याउदा बर्षमा २ लाख पर्यटक आउछन् भने गाडीको बाटो पुर्याउदा १० लाख आउन सक्दछ भन्ने कुरालाई हामीले विर्षन हुन्न किन कि जति सुविधा र छिटो हुन्छ त्यति नै धेरै पर्यटकहरु आउछन् । यदि अहिले त्यो बाटो भईदिएको भए हालै समाचारमा आएको जस्तो पर्यटकहरुको विजोग हुने थिएन । वास्तवमा हामीले उनीहरुलाई मौषमको कारण देखाउदै जर्बरजस्त लुट गरिरहेका छौ । त्यसैले परिवर्तनकामी सरकारले अविलम्ब गाडीको बाटो आवश्यक ठाँउ सम्म लैजानु पर्दछ ।
लुक्ला एयरपोर्ट विश्व कै जोखिमपूर्ण मात्र होइन एकदमै अनउपयुक्त ठाँउको एयरपोर्ट भन्दा गलत हुदैन । लुक्ला एयरपोर्ट मौषम खुलेको बेला मात्र संचालन हुने र नाम्चे शिरमा रहेको श्याङबोचे एयरपोर्ट पनि मौषम राम्रो भएको बेला संचालन हुने भएकोले उस्ताउस्तै हो अझ श्याङबोचेको ठाँउ खुल्ला र फराकिलो साथै कम जोखिमपूर्ण छ । सुन्नमा आए अनुसार केही राजनैतिक पहुचवालाहरुले जब्बरजस्ती लुक्ला एयरपोर्ट निर्माण गरि संचालनमा ल्याएको र त्यसलाई अन्यत्र सार्न नदिइएको हो । लुक्ला हुदै नाम्चे सम्म जाने बाटोहरुमा राम्रै पूर्वाधार तयार भएको छ यद्यपी हामीले एकदुइ सय ब्यक्तिहरुको फाइदा होइन, सिंगो मुलुकको इज्वत र फाइदालाई हेर्नुपर्दछ, आधुनिक विश्वलाई पछ्याउनु पर्दछ त्यसैले जस्तोसुकै समस्याको बाबजुद पनि सुधार र परिवर्तन गर्नै पर्दछ र तत्कालै चाहि न्यूनतम गाडीबाटो नाम्चे वा खुम्जुङ सम्म पुर्उनु पर्दछ । त्यस्तैगरि श्याङबोचे एयरपोर्टलाई थप सुधार गरी नियमित संचालनमा ल्याउनु पर्दछ ।
हामीलाई अवगत हुनुपर्दछ कि समयमै काठमाडौं फर्कन नसकेका कारण कति पर्यटकहरुको काठमाडौ देखि आफ्नो देश फर्कने फ्लाइट छुटेका होलान । समयमै आफ्नो काम, कार्यालयमा नपुग्दा कतिको ब्यापार चौपट भएका होलान् ? कतिले जाँगिर गुमाउदै होलान् । कतिले महत्वपूर्ण परिक्षाबाट बंचित हुदै होलान । बेखर्ची भएर कतिलाई लुक्ला रहन गाह्रो भएको होला । उनीहरुमा नेपाल प्रति कस्तो अनुभूति भइरहेको होला ? यसको जिम्मेवार सरकार हुने कि नहुने ? किन कि लुक्ला नजिकको गाँउमा गाडी बाटो पुगिसकेकोले सरकारले चाहेमा केही महिना भित्रै नै गाडी बाटो लुक्ला मात्र होइन नाम्चे नै पुर्यान सक्दछ किन त्यो काम सरकारले गर्दैन ? भारी बोक्ने ५ सय श्रमजीवि र २ सय बाटोका ब्यापारी घरानाको ख्याल राख्नेहरुले हजारौ विदेशी पर्यटकहरुको बारेमा ख्याल राख्न पर्छ कि पर्दैन ?
वास्तवमा हामीले पर्यटकहरुलाई स्वागत र सुविधा दिनुपर्नेमा मौषम खराब भयो भन्ने निहूमा लुट गरिरहेका छौ । आम पर्यटकहरुको जीवन माथि खेलबाड गरिरहेका छौ । अब लुक्लाका सबै भरियाहरु ड्राइभर बन्नुपर्दछ । हजारौ पर्यटकहरु मात्र होइन दश लाखौ पर्यटक आउनु पर्दछ र सर्वसुलभ गाडिमा वेसक्याम सम्म पुग्नुपर्दछ । देशले जर्बरजस्ती लुटेर होइन, पर्यटकको मन, मुटु जितेर अरबौ पैसा कमाउनु पर्दछ र देशलाई समुन्नत बनाऔ । विश्व सामु उच्च शिर बनाई बाँच्न सकौ, हाँस्न सकौ ।

biswasdip@ymail.com
५ नोभेम्बर २०११, म्यागजिन, ब्रुनाई

Oct 31, 2011

मेरो अनुभबमा घुस रकम र बिशेष प्रहरी बिभाग

जगत प्रसाद आचार्य (अधिवक्ता)
अध्यागमनका कर्मचारीले जस्तो चाह्यो त्यसरी मनोमानी ढंगले नक्कली नागरिकताबाट पासपोर्ट बनाउने देखि आबस्यक कागजात हुनेलाई पनि दुख दिन्छन र नहुनेलाई पनि पैसा लिएर उडाउने गर्दछन्, रातो पासपोर्ट दुरुपयोग गर्नेलाई भगाउछन् भने सोझा यात्रुलाई अनाबश्यक दुःख दिने गरेका घटनाहरु दिन प्रतिदिन बढ्दै छन् भने अन्य सरकारी कार्यालयहरु मालपोत, अन्तरिक राजस्ब कार्यालय, मूल्य अभिब्रिदी कर कार्यालय, भन्सार, उद्धोग सबैतिर घुस दिन पैसा चाहिन्छ त्यसको लागि पैसा छैन भनेमा पनि यहाँहरुलाई पैसा दिन तयार छ एउटा कार्यालय यस बारेमा मेरो एउटा अनुभब रहेको हुनाले सबैको जानकारीको लागि जानकारी होस् भन्ने सोची आज प्रस्तुत गर्दै छु / आज भन्दा १७ वर्ष अगाडीको कुरा हो म गाउ बाट काठमाडौँ आई नेपाल कमर्श क्याम्पस मिनभवनम बि कम अध्यन संग संगै काठमाडौँ गैरीधारा स्थित केदार बान्तवा राई प्यासिफिक ट्रावल एंड टुर्स र ट्रेक्किंग इन् नेपालको लेखा अधिकृतको रुपमा कार्य गर्ने अवसर पाएको थिए/ त्यहाँको कम्पनिको संचालक थपघट गर्ने सिलसिलामा मलाई कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेस्बरबाट शरेधानी थपघट गर्ने र शेयर नामसारी गर्ने कामको पनि जिम्मेबारी दिईएको थियो त्यसले म उक्त कामको लागि सम्पूर्ण कागजात तयारी गरि कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेस्बरमा निबेदन दर्ता गराई त्यस कार्यालयका ना.सु. केशब प्रसाद भण्डारीसंग केहि रकम दिई त्यो काम गरिदिन अनुरोध गरि निजले पनि म फायल हेर्छु हाकिम संग कुरा राक्छु भन्दै गर्दथिए दिनहरु धेरै गए अनि यो फायल अलिकति समस्या छ धेरै कागजात नपुग छ त्यसले गर्दा हाकिमले रु ३००० बिना टुंग्याउन सकिन्न भन्नु भएको छ तसर्थ पैसा थप गर्नुस भन्ने उत्तर दिनु भयो र अन्तत उक्त सिलसिलामा १ महिना सम्म धाउदा पनि त्यो कम्पनिको शेयर नामसारी लगत लिन अशफल भएपछि मलाई आफु काम गर्ने ट्राभलको संचालक बाट पनि प्रश्न आउन थाल्यो तिमीले १ महिना लगाएर पनि यति जाबो काम गराउन सक्दैनौ सबै तिर म आफै जानु पर्ने भएमा अब तिमीलाई राख्नुको के मतलब भयो त ? प्रश्नहरु आउन थाल्यो अनि मैले पनि अब यसरि हुन्न के गर्ने होला जागिर जाने अवस्था आयो भन्ने सोची काठमाडौँको सी. डि.ओ. लाई कुरा राख्नु पर्ला भनेर वबर महल स्थित काठमाडौँको सी.डि.ओ. पुगी तात्कालिक काठमाडौँको सी. डि.ओ. नबिन कुमार घिमिरे(हाल रक्षा सचिब) हुनुहुन्थ्यो उहालाई अलिकति मात्रै आफ्नो समस्या बताएको थिए तुरुन्तै यहाँबाट त केहि गर्न सकिदैन तल्लो तलामा जाउ र त्यहा फलाना लाई भेट गर्नु भन्दिनु भयो त्यसपछि त्यस मानिसलाई भेट गरे पश्चात निजले पनि हाम्रो अधिकार छेत्रमा यो पर्दैन र यहाँ बाट भन्न मिल्दैन र हामीले भने पनि गर्दैनन् त्यसले शिंह दरबार भित्र रहेको बिशेष प्रहरी बिभागमा जानु त्यहाँ जे जती रकम चाहिन्छ तिमीलाई दिन्छन अनि सो रकम लगेर त्यो पैसा माग्नेलाई दिनु आफ्नो काम गराउनु भनेर जानकारी दिए /
अब म खुशीहुदै सिंह दरबार तर्फ बढे किनकि यत्रो दिनमा काम गर्न नसकेर जागिर धरापमा परेको बेला ३००० मा काम गर्दिन्छु भनेको र ३००० दिने ठाउँ छ भनेर सुन्दा म सिंह दरबारको गेटबाट प्रवेश गरि बिशेष प्रहरी बिभागमा पुगे त्यहा पुगेर एक जना स्टाफलाई आफ्ना कुरा बताए निजले मलाई भित्र लगी हाकिमको अगाडी उपस्थित गराए र मेरो कुराहरु हाकिम संग राखी दिए अनि मलाई एउटा फर्म दिईएको थियो जसमा के कामको लागि चाहिएको रकम कति , आफ्नो नाम थर हस्ताक्षर लगायत कुराहरु भर्नु परेको थियो/ त्यसपछि मलाई २७०० रकम दिई त्यो नोटहरुको नम्बरहरु फर्ममा लेखि उल्लेखित नम्बरका नोटहरु बुझीलिए भनि हस्ताक्षर गराई मेरो साथमा १०/१२ जनाको टोलि सहित हामी कम्पनि रजिस्टर्डको कार्यालय त्रिपुरेस्बरमा लगभग २ बजे पुगेका थियौ/ त्यस टोलिका सम्पूर्ण सदस्यहरु छरिएर रहेका थिए भने २ जनाले मलाई नियाली रहेका थिए भने टोलि नेता यता उता कसैलाई भेट्न आएको तर भेट नभएर खोजेजसरी बाहिर भित्र र आफ्ना २ सदस्यहरुलाई नियाल्दै थिए यसै क्रममा म उक्त बिशेष प्रहरीको टोलि नेताको सल्लाह अनुसार उक्त घुस्याहा कर्मचारी सामु पुग्छु र निजलाई अभिबादन गर्दछु अनि सर ३००० त पुगेन २७०० मात्रै भयो के गरौ भनेको ल ल्याउनुस भन्यो अनि मैले बिशेष प्रहरी बिभागबाट प्राप्त सम्पूर्ण रकम निज ना. सु . केशब प्रसाद भण्डारीलाई जिम्मा दिई अब कति समय लाग्छ भन्दा २ घण्टा पछाडी आउनुस तयार गर्दिन्छु भनि अर्को काममा ब्यस्त भए अनि मैले पूर्व योजना अनुसार मेरो पछाडी भिरेको झोला खोलि दिए र लगतै उक्त बिशेष प्रहरी टोलि आई निजका दुवै हात टेबलमा थिची हामी बिशेष प्रहरीबाट भन्दा निजले बलिद्र धारा आशु र तुरुन्तै पेन्टमा पिसाब गर्दै आफ्नो २७ बर्षीय ना सु पदको अन्त गरेका थिए अनि निजको हाकिम शाखा अधिकृत नुर पति कडेललाई बोलाएर ,ल तपाइको स्टाफले यति यतिका नोट घुस लियेको छ तपाइको हातले यो स्टाफको पकेटबाट निकाल्नुस भनि निजबाट रकम निकाली नोट रुजु गर्दा हुबहु मिल्यो अनि उपस्थित सम्पूर्ण स्टाफ र बाहिरबाट देख्नेहरुलाई समेत साक्षी राखी निज भण्डारीलाई पक्राउ गरि लिएर जाने क्रममा बिशेष प्रहरीको प्रमुख, निज भण्डारी र म संगै गाडीमा परियो त्यसबेला उनीहरु २ को कुराहरु सुन्दा एकै गाउँका रहेछन त्यसले मलाई भन्नु पर्थ्यो नि भन्ने केशब प्र भण्डारी को भनाइ र बिशेष प्रहरी टोलि प्रमुखले मलाई तेत्रो पटक यता उता हिडेर हेल्लो हाई गर्दै हिडे पछि तपाइले पनि अलिकति सतर्क रहनु पर्थ्यो नि भन्ने २ जना बीच आरोप प्रत्यारोप भएको थियो /
त्यसै दिन तत्कालिन कार्यबाहक रजिस्ट्रार सीता प्रसाद पोखेरेलले मेरो ट्राभलको फायल हेरी सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएकोले गर्दा आफ्नो माग अनुसारको शेयर लगत लाग्न खबर गर्नु भएको थियो र आईन्दा यस्तो नगर्न अनुरोध गर्दै कुनै समस्या भएमा आफु समक्ष ल्याउन सल्लाह दिनु भएको थियो भने निज घुश्याहा केशब प्रशाद भण्डारीले २ दिन हनुमान ढोकाको कारागारमा बसी धरौटीमा छुटे लगतै आफ्नो २७ बर्षीय जागिरको बचाउको लागि मैले काम गर्ने अफिशको संचालक केदार बान्तवा राई लाई समेत सहमत गराई मैले आबेगमा आई यस्तो गरेको हो वास्तबमा केशब भण्डारीले त्यस्तो गरेको हैन भन्ने व्यहारको पत्र हुलाक बाट पठाई दिएमा रु ५ लाख दिने सम्म आस्वासन दिएको थियो त्यसमा मैले बरु तपाइको जागिर चाहिन्न केदार सर म मेरो निर्णयमा परिबर्तन गर्दिन पैसामा म बिक्दीन भन्ने उत्तर दियेको थिए/ यो योजना असफल भएपछि मलाई पटक पटक कहिले म सन्त बहादुर राई लोक सेबा आयोगबाट हो किन त्यो केशब लाई यसो गरेको तुरुन्तै यो यो गर्नुस नत्र भन्ने अफिसमा कल आउथ्यो त कहिले अरु नाम बाट तर मैले कहिले पनि कसै संग झुकिन बरु २ पटक त निजको पेसी पुनराबेदन पाटन अदालतमा गएर सत्य तथ्य भन्नु पर्दा यो मानिसले घुसखोर हो त्यसले मैले निजको बिरुद्ध यसरि कदम चलाएको हु भनि बयान दियेको थिए /
त्यस घटना संगै मलाई पनि कानुन पढ्ने इच्छा भयो र मैले बि. एल. पढ्न सुरु गरि अधिवक्ता बन्न सफल भए त्यस पश्चात मात्र म त्यो कम्पनि रजिस्टर्ड कार्यालयमा पाइला टेक्न थाले त्यसपछि त्यहाँका रजिस्ट्रार, उपसचिव, शाखा अधिकृत, ना. सु. , खरदार लगायत सम्पूर्ण व्यक्तिहरुबाट सहयोग र हेल्लो हाई लगायत बिगतमा तपाई प्रति अन्यायनै गरेको थियो केशब प्र भण्डारीले भन्ने आवाजहरु ब्यक्त गर्दथिए / अब म विदेश आएको पनि चार वर्ष माथि भई सक्यो कुनै न्यायधिशले पैसा खाएर फैसला नगरिदियेको भयेमा पक्कै पनि अहिले सम्ममा त्यो घुस्खोर्को मुद्दामा निजको हार भई २७ बर्षीय नोकरीको अन्त भएर अन्य कर्मचारीहरुलाई पनि घुष सम्बन्धमा केशब प्र भण्डारी काण्डबाट शिक्षा हाशिल होस् र घुस दिन पैसा नहुनेहरुलाई पनि शिंह दरबार भित्र रहेको बिशेष प्रहरी बिभागमा सम्पर्क गरि आफुले चाहेजति रकम प्राप्त गरि घुसखोरको अन्त गर्न सफल हुनुहोस भन्ने सोची आफ्नो अनुभब प्रस्तुत गरेको छु / धन्यवाद !!!
(हाल दुबई युएई)

Oct 14, 2011

लिम्वुको उमेरद्वारी नेपाली गौरव र उनको प्रोफाईल

दिल पालुङवा लिम्वु नेपालकुश्शा
आगामी ६ नोभेम्वर २०११को दिन सम्पन्न हुन गईरहेको डिस्ट्रिक्ट काउन्सीलको चुनावमा जोर्डन वेस्ट क्षेत्रवाट मेजर शरण कुमार लिम्वुले उमेरद्वारी दिनु भएको छ । नेपालीहरुको प्रतिनिधित्व गर्दै उहाले सौदर्न डेमोक्रेटिकको तर्फवाट उमेरद्वारी दिएता पनि उनी स्वतन्त्र प्रकारका व्यक्ति हुनुहुन्छ । आज सम्मको नेपाली उमेरदवारहरुमा उहा निकै उचाईको हुनुहुन्छ । उहाको उमेरद्वारी नेपालीहरुले पाउनु पनि गौरवको कुरा हो । नेपालीहरुको घना वसोवास भएको जोर्डनवाट उमेरद्वारी हुदा सवै नेपालीहरुले भोट दिएमा जित्ने पक्का देखिन्छ । तर कतिपय नेपालीहरुले भोटमा नाम दर्ता गराएका छैनन् । यसरी नेपाली समाजमा त्यति नदेखिएका मे. लिम्वुको वारेमा केही टिप्पणी गर्न अवश्य सान्दर्भिक हुनेछ ।
मे. लिम्वु पूर्वी नेपाल हाल लिम्वुवानले वढी परिचित लिम्वुवानको मेची अञ्चल ताप्लेजुङ जिल्लाको भर्खर निर्मित ताप्लेजुङ नगरपालिका वार्ड नं. २ सिम्लेको पालुङवा लिम्वु परिवारमा वावा चतुरमान पालुङवा र आमा सञ्चमति ताप्मादेन लिम्वुको कोखवाट सन् १९५१ मा जन्म भएको हो । युवा उमेरमा नै व्रिटिश गोर्खाको व्वाई भर्ति भएर मलेसिया जानु भएको थियो । तिक्ष्ण वुद्धिका कारण उहाले पल्टन मै अध्ययन गरेर व्याच्लर(वि.ए.) पुरा गरेका थिए । उहाको अंग्रेजी हङकङमा रहेका नेपालीहरुमा अव्वल दर्जामा आउदछ । उहा सन् १९८२ मा हङकङवाट फक्ल्याण्ड युद्धमा गई विजय प्राप्त गर्नु भएको थियो । उहा पल्टनमा ७ जिआरमा हुनुहुन्थ्यो । उहा पल्टनको फुटवल टिममा क्याप्टेन हुनुहुन्थ्यो । राम्रो काम गरेकोले उहा गोर्खा मेजरसम्म हुनु भयो । अझै सम्मान गर्दै जि.सि.ओ.को पद पनि दिईयो । तर्सथ मेजर जि.सि.ओ.भनेर उहालाई सम्वोधन गरिन्छ ।
सन् १९९८ मा २९ वर्षमा सेवापछि उहा रिटायर्ड हुनु भयो । शिक्षा सेवी उहाले काठमाण्डौमा साथीहरुसंग मिलेर एउटा वोर्डिङ पनि सञ्चालन गर्नु भएको थियो । जागिरको क्रममा हङकङमा एडभेञ्चर कप्समा मुख्य ट्रेनरको रुपमा काम गरी हङकङको विभिन्न विद्यालय, र्इमिग्रेशन अफिसर्स आदि अफिसर्सहरुलाई ट्रेनिङ दिई नेपालीत्वको आफ्नो परिचय दिनुभएको छ ।
उहां समाजसेवी पनि हुनुहुन्छ । उहां पालुङवा समाज हङकङको सल्लाहकार, गोर्खाज सेक्युरिटी युनियनको सल्लाहकार हुनुहुन्छ । उहाले स्वयमसेवीको रुपमा धेरै जनाकोर् इम्रि्रेसन, व्रिटिश कन्सुलेट, हस्पिटल आदिमा सहयोगीको काम गर्नु भएको छ । नेपाली भाषामा भन्दा अंग्रेजीमा राम्रो भाषण दिने क्षमता भएको उहां चाईनिज भाषामा पनि ज्ञान राख्नु हुन्छ । उहाले चुम्लुङ लगाय धेरै संस्थाहरुवाट सम्मान पनि पाई सक्नु भएको छ । उहाको एक छोरा मेडिकल डाक्टर छन् भने दुइ छोरी हङकङ मै वसोवास गर्दै आएकाछन् ।
नेपालीहरुको लागि केही गर्नु पर्छ भन्ने त्रि्र मनशाय भएका उहाको स्वार्थीपन, चाप्लुसीपन पटक्कै छैन । पल्टनमा पनि आफ्नै क्षमताले उच्चपदमा पुग्नु भएको उहा नातावाद, कृपावाद, परिवारवाद,स्वार्थवादको घोर विरोधी हुनुहुन्छ ।
यस पालीको चुनाव जितेमा उहाले नेपालीहरुको लागि धेरै कामहरु गर्ने सोच राख्नु भएको छ । उहाले हङकङेली एथ्निक माईनोरिटीहरुको विषयमा पनि कुराहरु उठान गर्नु हुनेछ । उहाको नाराहरु, योजनाहरु यस प्रकार रहेका छन् -
१) नेपालीहरुलाई लगायत अन्य अल्पसंख्यकहरुलाई सर्वसुलभ तरिकाले हाउजिङ प्रदान गर्न पहल गर्ने ।
२)र्इमिग्रेशन, हस्पिटल आदिमा दोभाषेको सरल व्यवस्था गरिनु पर्ने ।
३) एथ्निक माईनोरिटीको विद्यार्थीलाई युनिभर्सिटिको अध्ययन सहज गरिनु पर्ने ।
४) नेपाली कम्यूनिटीको हलको व्यवस्था गरिनु पर्ने ।
५)वृद्धवृद्धाहरुलाई वृद्धाश्रम तथा अस्पताल आवत जावत तथा मेडिकल सम्वन्धमा सर्वसुलभ व्यवस्थाको लागि पहल गर्ने ।
६) कुलतमा लागेकाहरुको उद्धार कार्य गर्ने आदि सान्दर्भिक विषयवस्तुहरु राखेका छन् ।
अन्त्यमा उहा हाम्रो उमेरदवार हुनुहुन्छ । हङकङवासी नेपालीहरुले सम्वन्धित क्षेत्रमा छौं भने उहालाई भोट दिऔं । क्षेत्र वाहिर भएमा पनि सम्वन्धित क्षेत्रमा वस्ने आफन्तहरुलाई, साथीभाईहरुलाई भनेर मतदान गराऔं । उहाको विजय हामी सवै नेपालीहरुको विजय हो । सेवारो ।

Oct 5, 2011

तीज र आदिवासी महिलाहरु

दिल पालुङवा लिम्वु"नेपालकुश्शा"

तीजको परिचय
तीजलाई हरितालिका पनि भनिन्छ । भदौतिर पर्ने यो चाड हिन्दू महिलाहरुको मौलिक चाड हो । यो चाड आदिवासी जनजातिहरुको होईन । यो चाडमा वाहुन क्षेत्री महिलाहरु माईत जाने गर्दछन् । अनि विषेश गरेर रातीको समयमा टन्न हुने गरी खान्छन् । यस वेला विषेश परिकार दर खाईन्छ । भोलिपल्ट केही नखाई वर्त वसिन्छ । त्यसवेला महिलाहरु जम्मा भएर तीज गीत गाउने र नाचगान गर्ने गर्दछन् । वल्लवल्ल असारे कामको चटारो सकिएर थकान पनि मेटन पाएकोमा उनीहरु अति प्रफूल्लित हुन्छन् ।

सामाजिक चालचलन
वाहुन क्षेत्रीको सामाजिक चालचलन पनि अन्य समुदायको भन्दा केही फरक छ । महिलाको स्थान यो समुदायमा अपहेलित पाईन्छ । परिवारमा विभेद हुन्छ । त्यसमा पनि महिलाहरु वढी विभेदमा पर्दछन् । महिलमा पनि वुहारीहरु वढि विभेदमा पर्दछन् । उनिहरु कहिल्यै पनि राम्रो खान पाउदैनन् । स्वतन्त्र काम गर्न पाउदैनन् । मेलावजार जान पाउदैनन् । जुठो पुरो उनीहरुले खानु पर्दछ ।खाना खादा जहिले पनि श्रीमानले श्रीमतीलाई खाएको थालमा सानो भातको डल्ला राखिदिन्छन् । त्यही जुठो थालमा भातखाने गर्दछन् । भात पनि अघाउँजी खान पाउदैनन् । भात पनि मिठो जति ससुरा सासु र छोराहरुले खान्छन् । वुहारीलाई नमिठो दिईन्छ । त्यस्तै राती सुत्ने वेलामा श्रीमानको खुट्टा मालिस गरिदिनु पर्दछ । खुट्टा धोएर पानी खानु पर्दछ । मन खिन्न भएता पनि आफ्नो चलन सम्झेर खुसी नै हुन्छन् । वुहारीको घरमा आंत खोलेर धित मरुञ्जेल वोल्न पाउदैनन् । अझ मेलावजार जाने त कुरै नगरौं । उनीहरु प्रेमविवाह गर्न सक्दैनन् । समाजले मान्दैन । तर आजकल यो वन्धन नव पुस्ताहरुले तोड्दैछन् । यसरी महिलाहरुको स्थिती भयावह छ । तव उनीहरु तीजमा माईत गएर मनाउदा अति खुसी हुन्छन् । वर्षा एक पटक मिठो मसिनो खान पाउछन् । तसर्थ टन्न हुन्छन् । तर यो चाडको पनि मौलिकता हराउदै गएकोमा उनीहरु चिन्तित छन् । अर्कोतिर यसको गीतहरुमा परिवर्तन व्यापक भएको छ । चालचलनमा पनि परिवर्तन हुदैछ ।
उनीहरुको अर्को चलन अनुसार रजस्वला अर्थात मीन्स भएको वेला घर परिवारवाट अलग्गै रहनु पर्दछ । उनीहरुले कसैलाई छुन पनि हुदैन । खानापानी छुन हुदैन । गाईलाई पनि छुन हुदैन । छुंदा अशुद्ध मानिन्छ । त्यसैले यो समयलाई नछुने भएको भन्ने चलन चलेको हो ।

आदिवासी महिलाहरु
वाहुन क्षेत्री महिलाहरुको जस्तो स्थिती आदिवासी जनजाति महिलाहरुमा पाईदैन । उनीहरुलाई कुनै विभेद हुदैन । श्रीमानको खुटटा धोएर पानीखानु पर्दैन । उनीहरु जे गर्न पनि स्वतन्त्र छन् । मेलावजार जहां जानपनि छुट छ । खाने कुरा अर्थात भान्सामा विभेद पाईदैन । मीन्स भएको वेलामा अरुलाई थाहा पनि हुदैन । त्यो वेला सदाझैं समानता नै हुन्छ ।
पहिले आदिवासी जनजातिका महिलाहरु तीजमा सहभागिता जनाउदैनथे । तर अचेल व्यापक मात्रामा सहभागिता जनाउदैछन् । तीजको दर भन्ने उनीहरुलाई थाहा छैन । तर उनीहरु रक्सीको चुस्कीको पार्टी
लिन्छन् । अचम्म हङकङमा पनि जनजाति महिला विषेश गरेर मगर गुरुङहरुले व्यापक तीज मनाए । मन लाग्नेले मनाउन पाउछ तर जनजातिको चाड तीज होईन । यो हिन्दुहरुको हो । वाहुन क्षेत्रीको हो । हामीलाई यस्तै चार्डपर्वहरुले पछि पारेको भन्दछन् । तर तिनै जनजाति अगुवाहरु नै आफ्नो कुरो विर्सेर मनाउदा कति हास्यस्पद देखिन्छ । जनजाति महासंघ पनि उस्तै आफै हिन्दू धर्म संस्कारले गर्दा पछि पारिएको वताउछन् । तर तीज मनाउछन् । त्यस्तैलाई वर्षचेली आदिले पनि सम्मान गरिन्छ । आफ्नो मौलिकता, पहिचान थाहा नहुनेहरुले के हिन्दुवादको विरोध गर्नु । के संस्था चलाई रहनु ।आफ्नो मौलिकतामा रमाउनेहरु माथि किन खेलवाड गर्ने । अर्थात हिन्दुहरु पनि नेपाली नै हुन् । उनीहरुको कारण भन्दा हामी आफ्नै कारणले पछि परेको भनेर स्वीकार्नु पर्यो । नत्र खुरुक्क नैतिकतकाको आधारमा राजिनामा दिएर स्वतन्त्र भएर वस्दा हुन्छ ।

दुइचार कुराहरु
वास्तवमा जनजाति महिलाहरुले कुरा चाही नवुझे कै हुन । त्यसमा पनि गुरुङ र मगर जातिहरु पहिले देखिनै सामान्यत आफ्नो मौलिक चाडमा आँच आएका जातिहरु भएकोले उनीहरु पहिले पनि तीज मनाउथे । यही क्रम जारी हुदा अहिले व्यापकता भएको हो । तर अहिले आफ्नो धर्म संस्कारको पहिचान भईसके पछि त्यतापट्टी लाग्नुपर्ने हो । त्यो चाही हुन सकेको छैन ।
वि.सं.१८३१ तिर पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दू राष्ट्र वनाउछु भनेर अभियान थालेका थिए । त्यसैले आफ्नै धर्म संस्कृति परम्परा हुने आदिवासी जनजातिहरुलाई दशैं मान्न लगाए । दशैं हाम्रो चाड होईन भनेर नमान्ने आठपहरिया र्राई रिदामा र राम्लीहाङ मारिएको थियो । पश्चिममा केही गुरुङ मगरहरुलाई पनि मारियो । वाहुन पण्डित सवै आदिवासीहरुलाई अनिवार्य चलाउन लगाए । सत्यनारायणको पुजा अनिवार्य जस्तो थियो । समय क्रममा यही हिन्दूवादीहरुले आफ्नो भाषामा त के उनीहरु कै खस पर्वते भाषामा पनि पढ्न दिएनन् । तसर्थ आदिवासीहरुको भाषा लोप भएर गयो । लोप हुन नसक्नेको विकास भएन । शिक्षाको ज्योति नपाए पछि मानिस स्वभावैले स्वांठे मुर्ख हुन्छ । आदिवासीहरुलाई पनि असभ्य भने । यसरी यीनीहरुले हेपे, नराम्रो वचनले वोलाए । सहनु पर्यो । यीनीहरु भर्खरै भारततिरवाट मुसलमानको आक्रमण खप्न नसकि नेपाल आएका थिए । विस्तारै षड्यन्त्र गर्दै आफ्नै अन्नदाता त्यहींको रैथाने आदिवासीहरुलाई आफ्नै भूमिमा कैद गर्न सफल भए ।
यसर्थ यस्तो दर्दनाक परिस्थितीवाट गुज्रेर आएको इतिहास भुलेर आज उनै दमनकारी संस्कारलाई मान्नु जनजाति महिलाहरुको तरिका के हो ? स्वतन्त्र हुँदाहुदै दासी वन्न किन चाहेको हो ? वरु आफ्नै संस्कार संस्कृतिमा रमाउन सिक्नु पर्दछ । फलाउनु फुलाउनु पर्छ । उनीहरुको संस्कारलाई सम्मान गर्दै जानु पर्दछ । विडम्वना चाही के भयो भने आफ्नो चाही ध्यान नदिने अरुको मात्रै ध्यान दिएर प्रमोट गर्ने वानी छोड्नु पर्दछ ।
साथै हङकङ सरकारवाट तीजको नाममा वजेट ल्याउने काम संघ संस्थाले गरेर धार्मिक व्देष रोप्नु राम्रो होईन । यसको विरोध भविष्यमा हुनेछ । यदी नेपालीको लागि वजेट ल्याउने हो भने जाति विषेशकोमा नल्याई सामुदाय विषेशमा ल्याउनु पर्दछ । यसकोलागि सम्वन्धित सवैले ध्यान पुर्याउन जरुरी छ । सेवारो ।

Oct 4, 2011

किरात जाति, दशैं चाड र यथार्थता

मन्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफू सँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ।
१. ऐतिहासिक तथ्य
क) रणबहादुर शाह र ५२ सुब्बाहरूः
पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए ।
तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो।
ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ वदी ६ रोज शुभम्।
यो लिखतबाट दसैँको भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली थपिनुले (किरातहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ।
राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किरातका अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएका थिए। उनीहरूले दसैँमा आआफ्नो रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए। वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किरातका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याएको प्रष्ट हुन्छ।
ग) राजेन्द्र विक्रम शाह र दसैँमा
राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा ट48टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी ट48टा लगाउँदा ६२ सालदेखि ट48टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेेखि थुमथुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम्।
वि. सं. १८४३ देखि १८६१ सालसम्म दसैँमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि दसैँको मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने ट48टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झ48झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो।
घ) लिम्बूवानमा तिलिङ्गा आतङ्कः
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किरात प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक द48ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।
ङ) दसैँ नमान्दा रिदामा र रामलीहाङ शहीद भएः
किरात प्रदेशमा दसैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा धनकुटाको पालो आयो। त्यसताका छथर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज गरी जमरा, टीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू – यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन।
२. धार्मिक तथ्यः
हिन्दूहरूको वेद, बौद्धहरूको धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान झैं किरातहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किरात धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महान्तामा गर्व गर्छन् र आआफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किरात प्रदेशमा दसैँ भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किरातहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ।
क) मुन्धुममा राम र रावणको कथा छैनः
हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ। हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ख) मुन्धुममा नव दुर्गा र महिषासुरको कथा छैनः
हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ग) (मुन्धुममा) दसैँ शब्दै छैनः
हामी किरातहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किरातहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ। यो दसैँ चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै हाइन भन्ने ऐतिहासिक एवम् धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किरात बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दसैँरूपी जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किरात भन्ने? यस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ – यो दसैँया संस्कार मान्नेवित्तिकै किरातहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा छ। यसैले अबका जनजाति, आदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक, सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र स्वरूप दसैँया “विजया टीकालाई” निधार भरी टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो। उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर “शूद्र वर्गमा” नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न।
आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिवासी किरातहरूको थिदैथिएन, हुदैहोइन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाति, आदिवासी बन्धुहरूले बुझदिनु पर्‍यो, मनन् गरी दिनु पर्‍यो, प्रत्येक जनजाति, आदिबासीको घरदैलोमा सन्देश पुर्‍याउनु पर्‍यो।
१.माथि उल्लिखित अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रह, घृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्‍याउने भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ। मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँ, भन्छौँ पनि।
२.आफ्नो मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बु137ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ । आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्? यस कार्यले उनीहरूको असहिष्णुता, अमिलनसारिता र विखण्डनवादी नीति छर्लङ्गिगएन र?
३. परंपरादेखि हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको ‘चासोक तङनाम’ राईहरूको ‘साकेला’ याख्खाहरूको ‘चासुवा’ र सुनुवारहरूको ‘फोलष्याँदर’ मौलिक किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र ख48ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।
४. विभिन्न जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्चिमेली हिन्दूहरूले थप १ दिन छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूले ‘छठपर्व’ इस्लामहरूले ‘इद पर्व’ भोटे, सेर्पा, तामाङ, गुरुङहरूले ‘ल्होसार पर्व’ मनाउन १/१ दिन विदा पाएजस्तै हामी किरात धर्मावलम्बीहरूले पनि किरात चाड छुट्टै विदा पाउँनु पर्छ ।