Aug 21, 2010

महिलालाई चुम्बन,पुरुषलाई यौन

शारीरिक दृष्टिबाट पुरुष र महिलाका चाहना अनेक हुन्छन् । तर एक अध्ययनले धेरै महिलाको चाहना लामो चुम्बन र पुरुषको रुचि यौनकार्यमा हुने देखाएको छ । अध्ययनमा महिलाले पुरुषसँग चुम्बन राख्नमा प्राथमिकता दिने गरेको पाइएको छ । अमेरिकाको न्युयोर्कस्थित स्टेस युनिभर्सिटीका १ सय ४२ विद्यार्थीमा गरिएको अध्ययनमा पुरुषको रुचि भने चुम्बनको सट्टा यौनमा बढी केन्दि्रत छ । यो अध्ययनले अन्य लुकेका कुराहरू पनि बाहिर निकालेको छ । अनुसन्धानमा पुरुषले टङ किस रुचाउने तर महिलाले चुम्बनको समय आफ्नो साथीको दाँतको सम्पर्कद्वारा बढी आनन्द प्राप्त गर्ने उल्लेख छ ।
अनुसन्धानअनुसार आधाभन्दा बढी पुरुष महिलासँग बिनाचुम्बनसमेत यौनसम्पर्क गर्छन् । तर महिलामा १५ प्रतिशत मात्र यो प्रक्रिया पाइयो । प्रतिवेदनअनुसार चुम्बनका बेला विभिन्न प्रकारका मिल्दोजुल्दो प्रतिक्रियाको आदान-प्रदान हुन्छ । यस समयमा विभिन्न रासायनिक तत्त्वसमेत एकअर्कामा प्रवेश गर्ने र शरीरमा अनेक प्रकारका परिवर्तन आउँछन् । चुम्बनले व्यक्तिको शारीरिक र मानसिक स्थितिका बारेमा पनि जानकारी दिने अध्ययनले जनाएको छ ।
स्वस्थ रहन विवाह
पुरुष र महिलाको स्वास्थ्यका लागि विवाह हितकारी मानिएको छ । हालैको एक अध्ययनअनुसार विवाह र लामो समयसम्मको सम्बन्धले तनावसँग लड्ने क्षमतामा वृध्दि हुन्छ । सिकागो विश्वविद्यालयका अनुसन्धानकर्ताको अध्ययनले विवाहित व्यक्तिलाई दबाबको सामना गर्न तनाव सम्बद्घ हार्मोनको स्राव कम हुने देखायो । तर एक्लै हुनेहरूमा भने स्राव बढी देखायो । शरीर तनावमा हुँदा 'कार्टिसोल' हार्मोनको सञ्चार हुन्छ । यसले व्यक्तिको तनावको मापन गर्छ । अध्ययन टोली प्रमुख प्राध्यापक दारियो माएस्टि्पियरीका अनुसार बिहेको सम्बन्ध तनावको 'कार्टिसोल' हर्मोनसँग हुन्छ । उनका अनुसार अध्ययनले विवाहितभन्दा एक्लो व्यक्तिमा मनोवैज्ञानिक तनाव बढी हुने देखाएको छ ।
पत्नीमा निर्भर धोकेवाज
पत्नीको कमाइमा आर्थिक रूपले निर्भर रहने पतिले बढी धोका दिन सक्छन् । नयाँ अध्ययनले यस्तै खुलासा गरेको छ । तर पुरुषमा निर्भर रहेका महिलाको सम्बन्धमा परिणाम पूर्णरूपमा उल्टो छ । यो अनुसन्धानको निष्कर्ष पत्र हालै अटलान्टामा आयोजित अमेरिकन सोसियोलजिकल एसोसिएसनको वाषिर्क बैठकमा प्रस्तुत गरिएको थियो । यो अनुसन्धानमा आयमा असमानता र धोकेवाजीबीचको सम्बन्ध थाहा पाउने प्रयास गरिएको थियो । त्यसका अनुसार पुरुषहरू जब वित्तीय सहयोगका लागि साझेदारमा निर्भर रहन्छन् तब उनीहरू आफ्नो लैंगिक पहिचान स्थापित गर्ने मौका पर्खिरहेका हुन्छन् । परिणामस्वरुप यो धोकाको रूपमा सामुन्ने आउँछ । तर महिलाको आर्थिक निर्भरता यो परिणामको पूरै प्रतिकूल प्रभावको हुन्छ । महिलाहरु आफ्ना पुरुष साझेदारमा जति बढी निर्भर हुन्छन्, विवाहेतर सम्बन्धमा जाने आशंका त्यतिकै न्यून हुन्छ ।

Aug 20, 2010

हलिउडका सेक्स सिनका लागि लज्जाजनक

यौनका मामलामा अमेरिकी र युरोपेली समाज उदार छन् । त्यसको प्रतिविम्ब उनीहरूका कला, साहित्य र फिल्ममा प्रशस्त पाइन्छन् । अझ, हलिउडका फिल्म यौनसम्बन्धी कुनै पनि विषय या क्रियाकलाप असाध्यै सहज र निसंकोच ढंगले प्रस्तुत गर्छन्, चुम्बन होस् या बेड सिन । हामी ठान्छौँ कि हलिउडका कलाकार विना कुनै हिच्किचाहट सेक्स सिनका लागि तयार हुन्छन् । तर, कुरो त्यसो होइन रहेछ । उनीहरूलाई पनि सेक्स सिन दिनुपर्दा असाध्यै अप्ठ्यारो लाग्दोरहेछ, सरमले पानी- पानी हुँदारहेछन् यस्ता दृश्यमा । हलिउडका केही कलाकारका बयानअनुसार सेक्स सिन उनीहरूका सबभन्दा लज्जाजनक क्षणमध्ये एक हो ।
फिल्म टाइटानिकबाट चर्चामा आएका लियोनार्दो डिकाप्रियो भन्छन्, 'सेक्स सिन गर्दा मलाई लाज लाग्छ ।' टाइटानिकको केट विन्सलेट र लियोनार्दोको सेक्स सिन बहुचर्चित छ । त्यस्तै, 'रिभोल्युसनरी रोड'मा पनि यी दुई कलाकारको सेक्स सिन छ । यस फिल्ममा लियोनार्दोलाई केटका पतिअगाडि सेक्स सिन गर्नुपरेको थियो । 'मलाई एकदमै मुस्किल भएको थियो यो दृश्य गर्न,' लियोनार्दो बताउँछन्, 'म सरमले पानी पानी भएको थिएँ । केटको हालत पनि मेरो जस्तै थियो ।' तर, केटका श्रीमान्लाई भने कुनै अप्ठ्यारो लागेको थिएन ।
अर्का कलाकार रोबर्ट प्याटिन्सन आफूले गरेको एक सेक्स सिन सम्झीदा लाजले रातो हुन्छन् । फिल्म 'रिमेम्बर मी'मा उनलाई त्यो सिन गर्नुपरेको थियो । 'एमिल डि रोबिनसँग सेक्स सिन थियो,' उनी भन्छन्, 'सिनका लागि हामी दुवैले आ-आफ्ना 'प्राइभेट पार्ट'मा टेप लगाएका थियौँ । र, टेप बारम्बार खुलिरहेको थियो । हाम्रो सुटिङ तमासा भएको थियो । मेरा लागि यो एकदमै लज्जाजनक क्षण थियो ।'
ह्यारी पोटर फिल्म शृखलाका कलाकार रुपर्ट ग्रीन्टको सेक्स सिन अनुभव पनि लियोनार्दो र रोबर्टको भन्दा खासै फरक छैन । फिल्म 'चेरी बम्ब' मा किम्बर्ले निक्सनसँग उनको सेक्स सिन थियो । 'मेरो करिअरको पहिलो सेक्स सिन थियो त्यो,' रुपर्ट भन्छन्,
'मलाई लाग्थ्यो- महिला कलाकारलाई मात्रै सेक्स सिनमा अप्ठ्यारो हुन्छ । तर, त्यस दिन थाहा पाएँ, पुरुष कलाकारलाई सेक्स सिनमा कति गाह्रो हुँदोरहेछ !'
फिल्म 'इट प्रे लभ'मा जेम्स फ्य्रांकोलाई पनि सेक्स सिन गर्न साह्रै कठिन भएको थियो । जुलिया रोबर्ट्स र उनको सिन थियो । 'मलाई एकदम लाज लागेको थियो,' जेम्स बताउँछन् , 'मैले ठानेको थिएँ । जुलियाजस्ती पाको र खुला विचार भएकी कलाकारलाई यस्तो दृश्यमा खासै असहज लाग्दैन होला । तर, म गलत साबित भएँ । जुलिया पनि सरमले पानी-पानी भएकी थिइन् ।

Aug 18, 2010

भतावुङगे राजाको लथालिङगे दरवार (विजयपुर दरवार)

दिल पालुङवा लिम्वु "नेपाल कुस्सा"
यो शिर्षक गैह्र लिम्वु इतिहासकारहरुले राखेका हुन् । विजयपुर दरवार लिम्वुराजाको दरवार भनेर लेख्न सकेका छैनन् । यसलाई अति पूर्वाग्रहपूर्व कार्य मान्न सकिन्छ । यो दरवारको वारेमा नेपालका कमैलाई मात्र थाहा होला अधिकांश यसको वारेमा अनविज्ञ छन् । तसर्थ यसवारे केही चर्चा गर्न आवश्यक ठानी यो लेख तयार पारिएको हो । शिर्षकले पनि केही अर्थ्याउछ कि राजा पनि भतावुङगे दरवार पनि लथालिङगे भनेर । यो स्थिती ल्याईपुर्याउने नेपाल सरकारनै हो । केन्द्रीकृत सरकारनै हो । किनकी यो दरवारको संरक्षणमा सरकारको ध्यान नगएकै हो । कारण राजा लिम्वु भएकोले हो । राजा भन्नाले शाहा मात्र हुन् र अरु राजाको जानकारी गराउनु हुदैन लिम्वुहरुलाई पनि राजा थिए भन्दा उनीहरु पनि राजा हुने हैसियत राख्दछन् ,लिम्वुवानको माग गर्छन भनेर केन्द्रीयवादी शासकहरुले यसलाई सांगुरो दायराभित्र राखे । यो कुराले पनि विजयपुर धेरै हदसम्म विलुप्त भएर रहयो । तर लिम्वुहरुले संकलन गरेको तथा मौखिक इतिहासको आधारमा अहिले विजयपुर दरवार र राजाको वारेमा व्यापक उल्लेख भईरहेको छ ।
यो ठाउ कहा पर्छ भन्ने सवालमा जाऔं । यो प्रख्यात शहर धरानमा पर्दछ । धरान शहर मैदानमा पर्दछ । यो चुरे पहाडको फेदवाट मैदान फैलिएर जान्छ । त्यही ठाउमा सिरानी जस्तो एउटा सानो लमतन्न परेको डांडा छ । त्यो डाडा क्षेत्रलाई विजयपुर भनिन्छ । यो डाडाको शुरुतिर पिण्डेश्वर मन्दिर तथा संस्कृत क्याम्पस पर्दछ । त्यसको छेउवाट सेवती खोला वग्दछ । केही मास्तिर दन्तकाली मन्दिर क्षेत्र पर्दछ । त्यसमास्तिर वुढासुव्वा मन्दिर छ । यहा टुप्पा नभएको वाँस पाईन्छ । त्यसमाथि पन्चकन्या मन्दिर छ । त्यसको छेवैमा विजयपुर दरवारको भग्नावशेस छ । यो नै भतावुङगे राजाको लथालिङगे दरवार हो । त्यसपछि भेडेटारतिरको पहाड आईपुग्छ । तर भेडेटारतिरको अग्लो पहाड र यो दरवारक्षेत्रको थुम्को जोडिदैन त्यहा विचमा घाटी रएको छ । यो दरवार अति सुन्दर ठाउमा अवस्थित छ । यहा सालको रुखहरु छन् । पुराना ठूला आकारका र्इटाहरुको गारो देखिन्छ । पहिले पहिले यो दरवारको कुनै संरक्षण थिएन । लथालिङग थियो । पछिल्लो अवधिमा फलामे तारले वारवेर गरिएको छ । खोई किन हो यो दरवारलाई धरान नगरपालिकाले पनि सौताको व्यवहार गरिरहेकोछ । यतापट्टी ध्यान पुरयाउन सकेको छैन ।
यो दरवार कस्तो थियो कसैले भन्न सकेका छैनन् । यद्धपी यही दरवारमा वि.सं. १८३१ मा लिम्वु मन्त्रीहरु सुन राय, कुम राय, सृजङ राय लिम्वुहरु र गोर्खाहरुसंग नुनपानीको सम्झौता भै गोर्खाले लालमोहर प्रस्तुत गरेको थियो । त्यो वेलाको राजा वुद्धिकर्ण खेवा लिम्वु थिए । उहालाई वुद्धिकर्ण राय पनि भनिन्थ्यो । उनी सहयोग जुटाउन तिव्वत गएका वेलामा सम्झौता गर्न वाध्य भएकोले गरिएको थियो । उनलाई केही वर्षपछि गोर्खाहरुले हत्या गरे । यो विजयपुरमा यीनै वुद्धिकर्णले अन्तिम समयतिर राज्य गरेका थिए । यो विजयपुर राजधानी हो । यो देशको नाम मोरङपनि भनिन्थ्यो । यसको सिमाना उत्तरमा भेडेटार,दक्षिणमा जलालगढ,पूर्वमा टिस्टा र पश्चिम चतरा सप्तकोशी थियो । विजयपुर लिम्वुवानको केन्द्रीय राज्यको रुपमा रहेको थियो । अन्य थुमहरु स्वायत्त राज्यको रुपमा रहेका थिए । वुद्धिकर्णलाई अमानवीय तरिकाले पीटेर गोर्खाहरुले हत्या गरेका थिए । उनको स्वास जान चार पांच दिन लागेको थियो । उनको समाधी उनलाई हत्या गरेको ठाउमा गरिएको थियो । गोर्खाको शत्तिको वावजुद लिम्वुहरुले शुरुमा उनको सम्झना गर्न मात्र थाले । हुदाहुदै उनी भगवानको रुपमा स्थापित भए । उनलाई विजयपुरका वुढा सुव्वा भनिन्छ । उनको नाममा पुजा गर्दा फल प्राप्त हुने आम विश्वास छ । उनी धरानका सवैभन्दा वढी पुजिने भगवान हुन् ।
यो विजयपुर क्षेत्रमा पहिला साङलाईङ वंशी लिम्वुले राज्य गर्दथे । यो वंशले हिन्दूमत लिएकोले एउटा प्रख्यात राजाले विजयनारायण नाम राखेका थिए । उनैको नामवाट त्यो क्षेत्रको राज्यको नाम विजयपुर रहन गएको हो । त्यसपछि त्यहा सेनवंशीहरुले पनि राज्य गरे । वुद्धिकर्णको पूर्खा लगायत वुद्धिकर्णले पनि राज्य गरे । त्यस्तै अथिङहाङ लिम्वु भन्ने मावोहाङ वंशीले पनि राज्य गरे । यद्धपी वि.सं.१८३१ तिर वुद्धिकर्ण राजा थिए । वुद्धिकर्ण छथरका खेवावंशी लिम्वु हुन् ।
यसरी लिम्वु राजा हुनु र उनको दरवार हुनु नै यसको गतिमति लथालिङग हुनु रहेको स्पस्ट छ । पहिले पहिले वुढासुव्वाको महिमा त्यति हुदैनथ्यो । तर समय क्रममा धरानमा लाहुरे वसोवास भयो । लिम्वुहरुको घनत्व वढयो । तव वुढा सुव्वाको महिमा वढेर गएको हो । यसरी मृतक वुढा सुव्वाको महिमा वढोत्तरी भएको अवस्थामा उहाको दरवारमा कसैको आंखा परेको छैन । त्यसैले यतापट्टी पनि सवैको ध्यान जान आवश्यक छ । यो दरवार भनेको धरानको सम्पत्ति हो । लिम्वुवानको सम्पत्ति हो । नेपालको सम्पत्ति हो । त्यसैले यसको सम्रक्षण र संवर्द्धन गरिनु पर्दछ । वुद्धिकर्णको मुर्ति त्यहा वनाईनुपर्छ, दरवार क्षेत्रमा पर्खाल लगाईनुपर्छ, स्मारिका वनाईनुपर्छ त्यसो भएको यसको आफ्नै महत्व रहन्थ्यो । र्सवप्रथम स्थानीय लिम्वुहरु सक्रीय हुनुपरयो, धरान नगरपालिका पनि । अनी सरकारलाई पनि दवाव दिनुपर्यो । धरानवासीहरुले पनि ध्यान केन्द्रीत गर्नुपर्यो । घण्टा घर वनाउन सक्ने हङकङवासी धरानेहरुले पनि त्यो क्षेत्रको विकास गर्न सक्दछन् । त्यस्तै लिम्वुवान स्वायत्त स्थापना गर्न चाहनेहरुले पनि यो दरवारको संरक्षण र संवर्द्धनमा ध्यान दिनुपर्ने देखिन्छ । कामना गरौं यो कार्य चाडै हुनेछ । सेवारो ।

Aug 12, 2010

राजनीतिमा चम्केका कलाकार

राजनीतिमा प्रवेश गर्ने मनोरञ्जन जगत्का ठूला नामको सूची लामो छ । विश्वभरि नै चर्चित अभिनेता र गायकले आफ्नो प्रसिद्धि र लोकप्रियतालाई राजनीतिमा लगानी गर्ने गरेका छन् । कलाकारबाट नेतामा परिवर्तन भएका उनीहरूमध्ये कोही जमेका छन्, कोही जमेका छैनन् । कुनै वेला राजनीतिले मनोरञ्जन जगत्का मानिसलाई सदुपयोग गरेको छ भने कुनै वेला मनोरञ्जन जगत्का मानिसले राजनीतिलाई सदुपयोग गरेका छन् ।
हालसालै हाइटीका लोकप्रिय गायक वाइक्लिफ जाँले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । यी हिप-हप स्टार राष्ट्रपतिका प्रवल दाबेदार मानिएका छन् । निर्वाचित भए भने वाइक्लिफ विश्वको प्रथम हिप-हप राष्ट्रपति हुनेछन् ।
राजनीतिमा प्रवेश गरेर सफलता पाउने कलाकारमा फिल्म कलाकार धेरै छन् । राजनीतिमा सबभन्दा सफल भएको मनोरञ्जन जगत्को मानिस हो- अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगन । उनी हलिउडमा खासै जम्न सकेनन् । उनले अभिनय गरेका फिल्म त्यति चलेनन् । सानो पर्दामा पनि उनको सिक्का चलेन ।
सन् ४०को दशकमा स्क्रिन एक्टर्स गिल्ड नामको संस्थाको अध्यक्ष भएपछि उनले राजनीतिमा पाइला हाले । अमेरिकी कलाकारको यस शक्तिशाली संस्थामार्फत उनले आफ्नो राजनीतिक हैसियत बलियो पारे । कतिसम्म बलियो भने गिल्डको अध्यक्ष भएको दुई वर्षपछि नै उनी क्यालिफोर्निया राज्यको गभर्नर बन्न सफल भए । त्यसपछि सन् १९८०मा राष्ट्रपति निर्वाचित भएर उनी महाशक्ति अमेरिकाको सर्वोच्च पदमा पुगे ।
राजनीति गर्न चाहने कलाकारका लागि अमेरिका एकदम उर्वर भूमि सावित भएको छ । यहाँ प्रसिद्धि राजनीतिक समर्थनमा परिवर्तित हुँदै गइरहेको छ ।
अर्का अभिनेता आर्नोल्ड स्वार्जनेगर पनि राजनीतिमा चम्किएका छन् । अस्टि्रयामा जन्मेका आर्नोल्ड शारीरिक सुगठनमा विश्वच्याम्पियन भएपछि अमेरिका आएका थिए, अभिनयमा आफ्नो भविष्य खोज्न । र, हलिउडले पनि यी विशालकाय अभिनेतालाई राम्रै स्वागत गर्‍यो । मनोरञ्जन जगत्मा हासिल गरेको उपलब्धिलाई उनले राजनीतिमा लगाए । र, क्यालिफोर्निया राज्यको गभर्नर निर्वाचित भए । रोनाल्ड रेगनले हासिल गरेको राजनीतिक उचाइ उनका लागि पनि सम्भव हुने छाँटकाँट देखिँदै छ ।
काउव्याउ फिल्मका प्रसिद्ध अभिनेता र ओस्कार विजेता क्लिन्ट इस्टउडको कथा भने अलि बेग्लै छ । उनी कार्मेल सहरका मेयर थिए । फिल्मी क्यारियर चम्केपछि उनले राजनीतिबाट सन्न्यास लिएका थिए ।
ब्रिटेनमा भने कलाकारलाई राजनीतिमा स्थापित हुन अमेरिकामा जति सजिलो छैन । अभिनेत्री ग्लेन्डा ज्याक्सनलाई छाडिदिने हो भने ब्रिटेनमा कलाकारहरू राजनीतिमा त्यति जम्न सकेका छैनन् । फिल्मी जीवनमा दुईवटा ओस्कार प्राप्त गरेपछि उनले ग्लामरको दुनियाँबाट बिदा लिएकी थिइन् र राजनीतिमा प्रवेश गरेकी थिइन् । सन् १९९२मा उनी लेबर पार्टीको सांसद निर्वाचित भएकी थिइन् । टोनी ब्लेयरको सरकारमा उनी मन्त्री भएकी थिइन् । तर, यस वर्षको चुनावमा उनले राजनीतिक जीवनका लागि संघर्ष गर्नुपरेको थियो । केवल ४२ मतले उनले उत्तरी लन्डनको आफ्नो सिट जोगाउन सफल भएकी थिइन् ।
ब्रिटेनको लोकपि्रय टिबी धाराबाहिक इस्ट एन्डर्सका अभिनेता माइकल क्यासम्यान पनि सन् १९९९मा लेबर पार्टीबाट युरोपेली संसद्को सदस्य बनेका थिए । उनी अहिले पनि त्यही पदमा कायम छन् ।
उता, गि्रसकी प्रसिद्ध गायिका नाना मुस्कुरी पनि पाँच वर्षसम्म युरोपेली संसद्को सदस्य थिइन् । त्यसपछि भने उनी राजनीतिबाट बाहिरिएकी थिइन् ।
सन् ६० को दशककी प्रसिद्ध एक गि्रक अभिनेत्री थिइन्- मेलिना मर्कुरी । अन ए सन्डे नामक फिल्मबाट उनी ओस्कार मनोनयनमा परेकी थिइन् । मेलिना राजनीतिमा सबभन्दा सफल गि्रक कलाकार हुन् । सन् १९८१मा उनी संस्कृतिमन्त्री भएकी थिइन् ।
फिलिपिन्सका पूर्वराष्ट्रपति जोसेफ एस्ट्राडाले अभिनयमा तीन दशकभन्दा लामो अवधि बिताएका थिए । एरप नामले लोकप्रिय एस्ट्राडा सन् १९९८मा राष्ट्रपति बनेका थिए । तर, उनको लोकपि्रयता चाँडै सेलाएको थियो । सन् २००१मा उनले गद्दी छाड्नुपरेको थियो । उनीविरुद्ध राष्ट्रिय सम्पत्ति हिनामिना गरेको अभियोग लागेको थियो । तर, उनी आजीवन काराबासबाट भने बचेका थिए । सम्भवतः भारत कलाकारलाई राजनीतिमा सबभन्दा बढी स्वागत गर्ने राष्ट्र हो । यहाँका हरेक पार्टी चुनावमा कलाकारलाई टिकट दिन तम्तयार भएर बसेका हुन्छन् ।
विख्यात अभिनेता अमिताभ बच्चन सन् १९८४मा कांग्रेस आईबाट सांसद निर्वाचित भएका थिए । तर, छिट्टै नै उनले 'राजनीतिको संसार धमिलो भएको' घोषणा गरे र अभिनयमै फर्किए । अचेल राजनीतिबाट 'सुरक्षित' दूरीमा रहन्छन् । बरु, उनी श्रीमती तथा प्रसिद्ध अभिनेत्री जया बच्चन राजनीतिमा छिन् । राजनीतिमा राम्रो हैसियत बनाएका अरू भारतीय कलाकार हुन्- शत्रुघन सिन्हा, गोविन्दा, जय प्रदा आदि ।

Aug 7, 2010

टाइसनमाथि नाम चोरेको आरोप

माइक टाइसनलाई जति 'पागल' खेलाडी मानिन्छ, त्यति नै 'अभागी' पनि । उनी फेरि रिङमा उत्रिने कल्पना गर्न सकिँदैन, तर पनि उनले फेरि एउटा लडाइा लड्नुपर्ने भएको छ, तर यसपालि रिङभन्दा बाहिर । एजेन्सीका अनुसार सन्न्यास लिइसकेका एक ४९ वर्षीय बक्सरले टाइसनविरुद्ध ११ करोड ५० लाख अमेरिकी डलरको मुद्दा दायर गरेका छन्, २५ वर्षअगाडि टाइसनले आफ्नो 'आइरन माइक' को उपनाम चोरेको आरोपमा । १९८३ मा व्यावसायिक बक्सर बनेका माइक लान्ड्रमका अनुसार व्यावसायिक बक्सिङको सुरुवात गर्नुअगाडि उनले सो उपनाम प्रयोग गरेका थिए । वेला-वेलामा उनले आफूले ट्रेडमार्कका रुपमा 'आइरन माइक' को उपनाम दर्ता गराएको बताउँदै आएको, तर १९८५ मा बक्सिङ करिअर सुरु गरेदेखि नै टाइसनले आफ्नो अधिकारलाई बेवास्ता गरेको आरोप लगाएका छन् । सो मुद्दामा आफै सक्रिय रुपमा लागेका लान्ड्रम भन्छन्, 'नाममा कन्फ्युजन हुने गरेकाले मलाई ठूलो भिडन्त वा प्रायोजक पाउन कठिनाइ हुन्थ्यो ।' उता, टाइसनका प्रतिनिधि टमी ब्रुकले सो मुद्दामा कुनै ठोस आधार नभएकाले मुद्दा जित्नेमा टाइसनको कानुनी टोली विश्वस्त रहेको बताए ।
इतिहासमा सर्वाधिक प्रतिभाशाली मुक्केबाज गनिने टाइसनले जीवनको ५८ भिडन्तमध्ये ५० मा जित हात पारेका थिए, जसमा ४४ त नकआउट नै छ । पूर्वडब्ल्युबिसी, डब्ल्युबिए तथा आइबिइफ विश्व च्याम्पियनले आफ्नो पहिलो उपाधि मात्र २० वर्षको उमेरमा जितेका थिए । उनले मुक्केबाजीबाट सन्न्यास लिएपछि हृयाङओभर र इन्टोरेजजस्ता अनेकौ फिल्म तथा टेलिभिजन शोमा प्रस्तुति जमाएका छन् ।
उता, अर्का 'आइरन माइक' लान्ड्रमले जीवनमा मात्र ६ व्यावसायिक भिडन्तमा चार जित हात पारे । आफ्नो खेलजीवनमा टाइसनले सधैा विपक्षीलाई त्रसित पारेर राखे । उनको मुक्का र हिंस्रक प्रवृत्तिलाई बिर्सने आँट कमैले गर्छन् । उनले कुनै वेला लेनोक्स लेविसको कुटु र सन्तानलाई खाने चाहना व्यक्त गरेका थिए भने एउटा भिडन्तको क्रममा इभान्डर होलिफिल्डको कानै टोकेका थिए । यसले गर्दा टाइसनलाई सहिष्णु र राम्रो मान्छेमा गन्न मिल्दैन । सन्न्यासपछि भने उनी आफ्नो चरित्रमा सुधार गर्ने प्रयास गर्दै छन् । अहिले उनी सार्वजनिक रुपमा परिवारप्रति समर्पित रहेको बताउँछन् ।
कुनै वेला झगडा, लागूपदार्थ र वेश्यावृत्तिमा रमाउने व्यक्तिका रुपमा कहलिएका टाइसनले अहिले आफ्नो चरित्रमा व्यापक सुधार पनि गरिसकेका छन् । अहिले उनी आफ्नो विगतको गल्तीलाई पनि लुकाउन चाहँदैनन् । स्पोर्टस् इलुस्ट्रेडसँगको अन्तर्वार्तामा उनले खुलेर आफ्नो विगतबारेमा बताएका छन् । इन्डियानामा पोलिसको एक होटलमा १८ वर्षीया डेजिरी वासिङ्टनलाई आफूले बलात्कार गरेर तीन वर्ष जेलमा बिताउँदाका अनुभव पनि उनले बताएका छन् ।

Aug 3, 2010

नियमित सेक्सका अनेक फाइदा

नियमित सेक्सका अनेक फाइदा छन् । यसबाट तनाव कम हुन्छ र शरीर स्वस्थ बनिरहन्छ। यसबाट रोग प्रतिरोधात्मक क्षमतामा पनि असर पर्दछ। एउटा नयाँ शोधका अनुसार नियमित र आनन्ददायक सेक्सबाट दिमाग पनि विकसित हुने गर्दछ। यसबाट दिमागमा नयाँ कोश बन्दछन् र व्यक्तिको एकाग्रतामा वृद्धि हुने गर्दछ।लाइभ साइन्समा प्रकाशित समाचारअनुसार प्रीन्सटन विश्वविद्यालयका बैज्ञानिकहरुले यस विषयमा एउटा शोध गरेर आनन्ददायक सेक्सले हाम्रो दिमागमा कस्तो प्रभाव पार्दछ भन्ने कुरा जान्न चाहेका थिए ।शोधबाट बैज्ञानिकहरुले मुसालाई दुई समूह बनाएर शरीरमा ग्लुकोकोरिकोइड्सको मात्रको जाँच गरे । ग्लुकोकोरिकोइड्स तनाव उत्पन्न गराउने हर्मोन हो । यद्यपि दुवै समूहका मुसाको शरीरमा यस हर्मोनको मात्रा पाइयो तर पहिलो समूहको मुसाको शरीरमा यसको मात्रा कम थियो । दोस्रोतर्फ नियमित सेक्सको आनन्द लिइरहेका मुसाको दिमागको कोश अधिक विकसित भएको थियो र उनीहरुबीच सम्पर्क सुत्र पनि निकै विकसित भएको थियो । यी मुसाहरुले अन्य मुसाको तुलनामा कम तनाव महशुस गरे र उनीहरुको दिमाग बढी तेज बन्यो ।यसको परिक्षण गर्नका लागि बैज्ञानिकहरुले खाना खोज्ने विषयमा दुवै समूहका मुसा कस्तो व्यवहार प्रदर्शन गर्दछन् भन्ने कुरामा ध्यान दिएका थिए । बैज्ञानिकहरुले परिक्षणबाट नियमित सेक्सको आनन्द लिने मुसा जटिलभन्दा जटिल स्थितिमा पनि खाना खोजेर ल्याउँथे । जबकि अन्य मुसा यसो गर्न सक्दैन थिए ।यसबाट स्पष्ट हुन्छ कि नियमितले सेक्स मुसाको व्यवहार र दिमागमा निकै प्रभाव पार्दछ। बैज्ञानिकहरुका अनुसार बायोलजिकल रुपमा मुसाझैं मानव शरीरमा पनि यस्तौ प्रकारको परिवर्तन हुने गर्दछ।