Aug 3, 2010

नियमित सेक्सका अनेक फाइदा

नियमित सेक्सका अनेक फाइदा छन् । यसबाट तनाव कम हुन्छ र शरीर स्वस्थ बनिरहन्छ। यसबाट रोग प्रतिरोधात्मक क्षमतामा पनि असर पर्दछ। एउटा नयाँ शोधका अनुसार नियमित र आनन्ददायक सेक्सबाट दिमाग पनि विकसित हुने गर्दछ। यसबाट दिमागमा नयाँ कोश बन्दछन् र व्यक्तिको एकाग्रतामा वृद्धि हुने गर्दछ।लाइभ साइन्समा प्रकाशित समाचारअनुसार प्रीन्सटन विश्वविद्यालयका बैज्ञानिकहरुले यस विषयमा एउटा शोध गरेर आनन्ददायक सेक्सले हाम्रो दिमागमा कस्तो प्रभाव पार्दछ भन्ने कुरा जान्न चाहेका थिए ।शोधबाट बैज्ञानिकहरुले मुसालाई दुई समूह बनाएर शरीरमा ग्लुकोकोरिकोइड्सको मात्रको जाँच गरे । ग्लुकोकोरिकोइड्स तनाव उत्पन्न गराउने हर्मोन हो । यद्यपि दुवै समूहका मुसाको शरीरमा यस हर्मोनको मात्रा पाइयो तर पहिलो समूहको मुसाको शरीरमा यसको मात्रा कम थियो । दोस्रोतर्फ नियमित सेक्सको आनन्द लिइरहेका मुसाको दिमागको कोश अधिक विकसित भएको थियो र उनीहरुबीच सम्पर्क सुत्र पनि निकै विकसित भएको थियो । यी मुसाहरुले अन्य मुसाको तुलनामा कम तनाव महशुस गरे र उनीहरुको दिमाग बढी तेज बन्यो ।यसको परिक्षण गर्नका लागि बैज्ञानिकहरुले खाना खोज्ने विषयमा दुवै समूहका मुसा कस्तो व्यवहार प्रदर्शन गर्दछन् भन्ने कुरामा ध्यान दिएका थिए । बैज्ञानिकहरुले परिक्षणबाट नियमित सेक्सको आनन्द लिने मुसा जटिलभन्दा जटिल स्थितिमा पनि खाना खोजेर ल्याउँथे । जबकि अन्य मुसा यसो गर्न सक्दैन थिए ।यसबाट स्पष्ट हुन्छ कि नियमितले सेक्स मुसाको व्यवहार र दिमागमा निकै प्रभाव पार्दछ। बैज्ञानिकहरुका अनुसार बायोलजिकल रुपमा मुसाझैं मानव शरीरमा पनि यस्तौ प्रकारको परिवर्तन हुने गर्दछ।

No comments: