Aug 21, 2010

महिलालाई चुम्बन,पुरुषलाई यौन

शारीरिक दृष्टिबाट पुरुष र महिलाका चाहना अनेक हुन्छन् । तर एक अध्ययनले धेरै महिलाको चाहना लामो चुम्बन र पुरुषको रुचि यौनकार्यमा हुने देखाएको छ । अध्ययनमा महिलाले पुरुषसँग चुम्बन राख्नमा प्राथमिकता दिने गरेको पाइएको छ । अमेरिकाको न्युयोर्कस्थित स्टेस युनिभर्सिटीका १ सय ४२ विद्यार्थीमा गरिएको अध्ययनमा पुरुषको रुचि भने चुम्बनको सट्टा यौनमा बढी केन्दि्रत छ । यो अध्ययनले अन्य लुकेका कुराहरू पनि बाहिर निकालेको छ । अनुसन्धानमा पुरुषले टङ किस रुचाउने तर महिलाले चुम्बनको समय आफ्नो साथीको दाँतको सम्पर्कद्वारा बढी आनन्द प्राप्त गर्ने उल्लेख छ ।
अनुसन्धानअनुसार आधाभन्दा बढी पुरुष महिलासँग बिनाचुम्बनसमेत यौनसम्पर्क गर्छन् । तर महिलामा १५ प्रतिशत मात्र यो प्रक्रिया पाइयो । प्रतिवेदनअनुसार चुम्बनका बेला विभिन्न प्रकारका मिल्दोजुल्दो प्रतिक्रियाको आदान-प्रदान हुन्छ । यस समयमा विभिन्न रासायनिक तत्त्वसमेत एकअर्कामा प्रवेश गर्ने र शरीरमा अनेक प्रकारका परिवर्तन आउँछन् । चुम्बनले व्यक्तिको शारीरिक र मानसिक स्थितिका बारेमा पनि जानकारी दिने अध्ययनले जनाएको छ ।
स्वस्थ रहन विवाह
पुरुष र महिलाको स्वास्थ्यका लागि विवाह हितकारी मानिएको छ । हालैको एक अध्ययनअनुसार विवाह र लामो समयसम्मको सम्बन्धले तनावसँग लड्ने क्षमतामा वृध्दि हुन्छ । सिकागो विश्वविद्यालयका अनुसन्धानकर्ताको अध्ययनले विवाहित व्यक्तिलाई दबाबको सामना गर्न तनाव सम्बद्घ हार्मोनको स्राव कम हुने देखायो । तर एक्लै हुनेहरूमा भने स्राव बढी देखायो । शरीर तनावमा हुँदा 'कार्टिसोल' हार्मोनको सञ्चार हुन्छ । यसले व्यक्तिको तनावको मापन गर्छ । अध्ययन टोली प्रमुख प्राध्यापक दारियो माएस्टि्पियरीका अनुसार बिहेको सम्बन्ध तनावको 'कार्टिसोल' हर्मोनसँग हुन्छ । उनका अनुसार अध्ययनले विवाहितभन्दा एक्लो व्यक्तिमा मनोवैज्ञानिक तनाव बढी हुने देखाएको छ ।
पत्नीमा निर्भर धोकेवाज
पत्नीको कमाइमा आर्थिक रूपले निर्भर रहने पतिले बढी धोका दिन सक्छन् । नयाँ अध्ययनले यस्तै खुलासा गरेको छ । तर पुरुषमा निर्भर रहेका महिलाको सम्बन्धमा परिणाम पूर्णरूपमा उल्टो छ । यो अनुसन्धानको निष्कर्ष पत्र हालै अटलान्टामा आयोजित अमेरिकन सोसियोलजिकल एसोसिएसनको वाषिर्क बैठकमा प्रस्तुत गरिएको थियो । यो अनुसन्धानमा आयमा असमानता र धोकेवाजीबीचको सम्बन्ध थाहा पाउने प्रयास गरिएको थियो । त्यसका अनुसार पुरुषहरू जब वित्तीय सहयोगका लागि साझेदारमा निर्भर रहन्छन् तब उनीहरू आफ्नो लैंगिक पहिचान स्थापित गर्ने मौका पर्खिरहेका हुन्छन् । परिणामस्वरुप यो धोकाको रूपमा सामुन्ने आउँछ । तर महिलाको आर्थिक निर्भरता यो परिणामको पूरै प्रतिकूल प्रभावको हुन्छ । महिलाहरु आफ्ना पुरुष साझेदारमा जति बढी निर्भर हुन्छन्, विवाहेतर सम्बन्धमा जाने आशंका त्यतिकै न्यून हुन्छ ।

No comments: