May 15, 2011

लिम्बुवान राजनीतिका वर्तमान परिदृष्यहरु

छविसुब्बा सङबाङफे लिलिमहाङ
१. थालनी :
सामन्ती निरंकुश राजतन्त्रात्मक उत्पीडनको लामो अन्तरालपछि नेपालमा लोकतन्त्र स्थापना भएको कुरा त सर्वविदितै छ । अहिले नेपालका विभिन्न जाति वर्ग र समुदायहरुले आ-आपुनो पहिचान र इतिहासको आधारमा राजनैतिक आर्थिक धार्मिक लैंगिक तथा भाषिक-साँस्कृतिक अधिकार खोजिरहेका छन् । राजतन्त्रको विरुद्धमा ओईरिएको जनलहर थेग्न नसकेपछि अन्ततः सत्ताधारी दलहरुले बि।स। २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक राज्य त घोषणा गरे तर मुलुकमा विद्यमान समस्याहरुको जड के हो भन्ने सन्दर्भमा पहिचान गर्न उनीहरु अल्मलिरहेको वर्तमान अवस्थाले धेरै राजनीतिक अन्यौलताहरु पैदा गरेको छ । बि।स। २०४७ को संविधान खारेज गर्न र जनआन्दोलनका उपलब्धीहरु तत्काल संस्थागत गर्नका लागि नै नेपालको अन्तरिम संविधान-२०६३ जारी भएको हो । तर त्यो संविधानले जनताले आन्दोलनमार्फत मुखरीत गरेको संघीयता र गणतन्त्र आत्मसात् नगर्दा सत्ताधारी दलहरुप्रति शंका र अविश्वास सँगसँगै पैदा भएर गयो । लक्ष्मण अर्याल संयोजकत्वको अन्तरिम संविधान मस्यौदा समितिले तयार गरेको संविधानमा उल्लेख भएको संघीयता र गणतन्त्रलाई तीनदलका शीर्षस्थ नेताहरु गिरीजाप्रसाद कोईराला माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारको प्रधानमन्त्री निवासमा बसेर खारेज गरीदिए । खाली राखिएको राष्ट्रिय जनावरको महलमा ूगाईू राखेर अन्तरिम संविधान घोषणा गरे । उनीहरुले सोचेका थिए राजाबाट दलहरुलाई सत्ता हस्तान्तरण भएपछि राज्य संचालनको सम्पूर्ण प्राधिकार आफुमा निहीत भएको छ र अन्य शक्तिहरुले यो मुलुकमा आन्दोलन गर्ने कुनै हैसियत राख्दैनन् । हुनत नेपालमा आफुलाई उत्पीडित जाति वर्ग र समुदाय सम्झनेहरुको राजनीतिक संस्था नभएकै हो त्यसबेला । आपुनो भाषालिपि र सँस्कृति संरक्षण र बिकासका लागि आदिवासी जनजातिहरुले सामाजिक संस्था दर्तागरी संचालन गरेका थिए तर तिनीहरु राजनीतिकरुपले आन्दोलनमुखी थिएनन् । आदिवासी जनजाति आन्दोलनका केही अग्रज नेताहरुले जारी अन्तरिम संविधान जलाउने निर्णय गरे जसअनुरुप काठमाडौंको माइतीघर मण्डलामा संविधान जल्यो । त्यसको अगुवाई आदिवासी जनजाति गैरसरकारी संस्था महासंघले गरेको थियो । आदिवासीहरुले अन्तरिम संविधान जलाउदा त्यो घट्ना सामान्य जस्तो लागेको थियो सत्ताधारीहरुलाई तर अर्कोपल्ट मधेसी जनअधिकार फोरमले पनि त्यही स्थानमा संविधान जलाएपछि सरकारी दमनको सिलसिला सुरुभयो । मधेसी नेताहरु पक्राउ परे जसको कारणले मधेसमा वलिदानी आन्दोलनको विजारोपण भयो ।
मधेस राजनीतिक र जातीय पहिचानको रुपमा स्थापित नभएता पनि त्यो एउटा लामो उत्पीडनको जरा भएर रहेको थियो । हरेक राजनीतिक पुनर्गठन प्रकि्रयाबाट मधेसी समाज वहिष्करणमा पर्दैआउनुको साथै सामाजिक विभेदको चरम शिकार हुँदैआएको थियो । बहुदलीय व्यवस्थाको अभ्यास भएयता भारतीय शक्तिको नजिक रहने केही सभ्रान्त मधेसी समुदाय बाहेक अन्य समुदाय र वर्गहरु राजनीतिक मुलधारमा सहभागी हुन नसक्नुका साथै उनीहरुमा शोषण दमन अन्याय अत्याचारको चरमोत्कर्ष थियो । यिनै कारणले मधेसी आन्दोलनमा प्रशस्त मलजल पायो र सत्ताधारीहरुलाई नयाँ संकटमा फसाई दियो ।
२. लिम्बुवानको मर्म :
लिम्बुवान आन्दोलनको प्रकृति र इतिहास फरक छ । लिम्बू जातिहरुमा वर्गीय र सामाजिक उत्पीडन भन्दा पनि राजनीतिक आर्थिक ऐतिहासिक र भाषिक-साँस्कृतिक उत्पीडनले स्थान ओगटेको छ । आपुनो ऐतिहासिक पहिचान भएको भूमिमा स्थिररुपले निरन्तर बसोबास गर्ने जातिहरुमध्ये लिम्बूहरु अग्रस्थानमा आउछन् । यसको कारण लिम्बूहरुले नेपालको निर्माणपश्चात पनि लामो समयसम्म स्थानीय जातीय सत्ता उपभोग गरेका थिए जसलाई पछिल्लो कालमा ूकिपटू भनिन्थ्यो । तालुकदारी मुखियाली र जिमिदारी प्रथा अन्तर्गत अन्य आदिवासी समुदायमा स्थानीय सत्ता अभ्यास गर्ने प्रचलन भएता पनि लिम्बूहरुले उपभोग गरेजस्तो स्वायत्तताको पूर्णअधिकार अन्य जातिमा थिएन । लिम्बूहरुलाई एकैचोटी राजनीतिक हस्तक्षेपबाट विचलित बनाउने प्रकि्रया भन्दा पनि आर्थिक धार्मिक सामाजिक र भाषिक-साँस्कृतिक आक्रमणबाट निष्तेज बनाउदै लगियो । जसका उदाहरणहरु दशैं मान्न बाध्य गराउने जनै भिराउने आपुनो भाषालिपि पढ्नलेख्न प्रतिवन्ध लगाउने आदि । राज्यले समय र परिस्थिति अनुसार निर्वाहमुखी आर्थिक कार्यक्रम लागू नगरेको हुनाले जीविकोपार्जनका लागि धेरै लिम्बूहरु विदेशमा रोजगारी गर्नपुगे । यो जरजर फेहरिस्त आजसम्म पनि ज्यूँकात्युँ छ । हामी खोजिरहेका छौं यो समस्याको जड के हो र यसको अन्त्य कसरी हुनसक्दछ कतिलाई लाग्नसक्छ यी सबै आर्थिक विपन्नताको कारणले उब्जेका समस्याहरु हुन् । त्यसो भएकोले आर्थिक रुपमा सक्षम र सवल भईयो भने स्वतःस्पुूर्त राजनीतिक अधिकारमाथि पहुँच पुग्न सक्दछ । यो कदापी होईन । यदि त्यसो भए त सबैभन्दा औसत आय भएका नेपालीमा थकाली पर्दछन त्यसपछि नेवार र शेर्पा जाति पनि हुन् । ती जातिहरु नेपालको आदिवासी जनजातिमा सूचिकृत छन् । हाम्रो सवाल अधिकारको हो र अधिकार निसृत हुने थलो राज्यसत्ता हो । नेपालको राज्यसत्तालाई हिन्दुअतिवादी सोच र चिन्तन बोकेका समुदायहरुले आजसम्म एकलौटीरुपमा कब्जा गरेका छन् । राज्यसत्ता कब्जा गरेपछि त्यसलाई संचालन गर्ने सबै प्रशासनिक तथा न्यायिक संयन्त्रहरुमा आपुनो समुदायका मानिसहरु मात्र राखेका छन् जसको कारणले सत्ताको पहुँच बाहिर रहेका जाति र समुदायहरुले राज्यको श्रोत साधनदेखि विमुख हुनुपरेको छ । राजनैतिक निर्णय गर्ने तहमा आपुनो पहुँच नभएपछि राज्यबाट गरिने आर्थिक वितरण प्रणालीबाट स्वतःस्पुूर्त वहिष्करणमा पर्न पुगिन्छ । त्यसो भएपछि आपुनो देश भनेर के गर्ने जीविकोपार्जन हुँदैन त्यसको साटो जीवन निर्वाहको विकल्प रोजगारीको लागि विदेश पलायन नै मानिस रोज्न पुग्दछ । त्यसैले नेपालको मुख्य समस्या राजनीति हो । किनभने विभिन्न घट्नाक्रमहरुबाट पुनःगठन भएका राजनीतिक सत्तामा आदिवासीहरु कहिल्यै समावेस भएका छैनन् । बि।स। १९०३ मा जङ्गबहादुर राणाले कोतपर्वबाट स्थापना गरेको राणा शासन २००७ सालमा स्थापना भएको प्रजातन्त्र २०१७ सालको पंचायती व्यवस्था २०४६ सालमा पुनःस्थापना भएको प्रजातन्त्र र २०६२÷६३ सालको लोकतान्त्रिक गणतन्त्र यी सबै राजनीतिक पुनःगठन प्रकि्रयाहरुमा नेपालका आदिवासी जनजाति मधेसी मुस्लिम महिला लगायतका जाति र वर्गहरु लगातार पाखा पारीएका घट्नाहरु ताजै छन् । यी प्रकि्रयाहरुबाट समेटीएका जातहरु शाह राणा ठकुरी बाहुन र क्षेत्री मात्र हुन । तसर्थ पूर्णलोकतान्त्रिक अभ्यासको वहाली गर्नका लागि राजनीतिक मुलधारदेखि बाहिर रहेका समुदाय र वर्गहरुलाई समावेस गर्ने प्रकि्रयाको थालनी नभएसम्म मुलुक समस्या र द्वन्द्वको घेराबाट उम्कन सक्दैन र तबसम्म दिगोशान्ति र स्थायित्व कायम हुँदैन ।
ऐतिहासिक विरासत र पहिचानको आधारमा अधिकार सिर्जनाको मुद्दा नै लिम्बुवान आन्दोलनको प्रस्थानविन्दु हो । यूगौंदेखि कायम रहेको हिन्दुअतिवादी एकल साँस्कृतिक विचारमा आधारीत राजनैतिक सत्ताले लादेका अन्याय अत्याचार र शोषण दमन अन्त्य गर्दै ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्तता कायम गरिएमा मात्र उत्पीडित जनताले मुक्ति पाउन सक्दछन भन्ने मुल्यमान्यतामा लिम्बुवान आन्दोलन केन्द्रित रहेको छ । अधिकारमुखी आन्दोलन यो अवस्थामा आईपुग्नु शान्ति व्यवस्थापनको एउटा सकारात्मक पूर्वाधार बन्नु हो । तर सत्ताधारीहरुको परम्परागत सोच र शैलीहरुमा परिवर्तन र जनआकांक्षा बमोजिम रुपान्तरण हुन नसकीरहेको परिस्थितिले द्वन्द्वका नयाँ मुद्दाहरु जन्माउन सक्ने सम्भावना बढ्दै गएको छ भने अर्कोतिर लिम्बुवानका राजनीतिक पार्टी/संगठनहरुको विभाजन र आपुङ्गीपनाले उब्जाएको मनोविज्ञानले लिम्बुवान चाहने जनताहरु अन्योलग्रस्त बनिराखेका छन् । लिम्बुवानजन्य पार्टी र संगठनको नेतृत्व गर्ने कुनै पनि नेताले लिम्बुवान सुनिश्चितताको स्पष्ट मार्गचित्र दिनुको सट्टा एकले अर्कोलाई गालीगलौज गर्ने पार्टी फुट्नुको दोष अर्कालाई लगाएर आफु चोखिने अर्को समुह अयोग्य आफुमात्र योग्य ठान्ने सहयोग दाताहरुलाई आपुनो पकड र कब्जामा पार्नका लागि नानाभाँतीका नाटकहरु गर्ने राजनीतिक सैद्धान्तिक वैचारिक दार्शनिक दृष्टिकोण र मार्गदर्शनको अभ्यास कहिल्यै नगर्ने र खाली फोस्रा भावनाको खेती गरेर यूवा र जनतालाई कपोकल्पित सपना देखाउने आदि कार्यमा व्यस्त रहेको देखिन्छ । के यस्तो प्रवृत्तिले पार्टी संगठन चलाउनेहरुले लिम्बुवान मुक्ति र जनताको भाग्यरेखा कोर्न सक्लान राजनीतिक मुक्तिको यात्रा त्यति सजिलो छ आज यिनै प्रश्नहरुले जवाफ खोजीरहेका छन् ।
३. के हो राजनीतिक मुक्ति ?
सबै मान्छेहरु राजनीतिक अभ्यासमा सहभागि हुँदैनन् । समाजका कमै मान्छेहरुमात्र राजनीतिमा लागेर शक्तिको अभ्यास गर्ने गर्दछन् । वास्तवमा राजनीति पनि वंशानुगत व्यवसायिक निरन्तरता जस्तो भएको छ । त्यसैले मान्छेले सुरुमा आपुनो शासककोरुपमा राजतन्त्र छनौट गरेका हुनसक्छन् किनभने समाजको नायके छान्न झन्झटिलो नहोस । आजको २१औं शताब्दीमा मानव समाज आईपुगेपछि आपुनो लागि आफैं शासक बन्ने ईच्छा मानिसमा जाग्नथाल्यो र त्यसैको राजनीतिक अभिव्यक्ति हो प्रजातन्त्र वा लोकतन्त्र । जसमा स्थायी शासक हुँदैन र राजनीतिमा भागलिने व्यक्तिले आपुनो गुण र कौशलताको आधारमा लोकपि्रयता हासिल गर्छ र उसलाई निश्चित समयावधिका लागि जनताले शासकको रुपमा छनौट गर्दछन् । आजका विश्वका मानिसहरुले यस्तो खालको शासकीय व्यवस्था र प्रणालीप्रति रुचि राख्न थालेपछि नयाँ परिवर्तनको लहर देखा परेको हो । शक्ति अभ्यासको खेलबाट गुज्रँदै आएको जुनसुकै राजनीतिक व्यवस्थाका शासकहरु जनताले चाहदैमा स्वईच्छाले सत्ता हस्तान्तरण गर्दैनन् । उनीहरुलाई सत्ता हस्तान्तरण गराउने माध्यम भनेको नै क्रान्ति हो । क्रान्तिको शाब्दिक अर्थ परिवर्तन हो र त्यो परिवर्तन सरल हुँदैन जटील र जोखिम हुन्छ । त्यो परिवर्तन चाहने मानिसहरुले वलिदानसम्म गर्नुपर्दछ । मानिसका चाहना र ईच्छाहरुलाई समेट्दै त्यसअनुसार मार्गनिर्देश गर्ने चीन्तनको गाथा बिकास भएर आएको छ त्यसलाई नै राजनैतिक वैचारिक सैद्धान्तिक र दार्शनिक मार्गदर्शन भन्ने गरिन्छ । अहिले आएर सत्ताको अभ्यास गर्छु भन्ने गुट वा दलले ती कुराहरुको राजनीतिक साहित्य बनाएर आपुनो पार्टी दस्तावेज बनाउदछन् जसमा आपुनो पार्टीले गर्ने शासनको स्वरुप र चरित्र उल्लेख भएको हुन्छ त्यसअनुसार जनताले रुचाएमा आफुलाई शासक बनाउन प्रस्ताव गर्ने दल वा व्यक्तिलाई मतदिएर निश्चित अवधिका लागि छनौट गर्दछन । यसरी निर्वाचित भएका शासक प्रशासकहरुले जनताको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक ,लैंगिक, भाषिक तथा साँस्कृतिक उन्नति बिकास र समृद्धिका लागि नीति कार्यक्रम र योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ । यी कार्यका लागि नै राजनीतिक दल वा राजनीतिज्ञहरुलाई जनताले निर्वाचनमार्फत कार्यादेश दिने गर्दछन् । यस्तो व्यवस्था वा प्रकि्रयालाई प्रजातन्त्र वा लोकतन्त्र Democracy भन्ने गरिन्छ । आज हामी यही लोकतान्कि व्यवस्थामा अधिकार खोजिरहेका छौं र हाम्रो अधिकारको राजनीतिक सम्बोधन पहिचान सहितको अधिकार सृजना हो भनिरहेका छौं । यसबेला सत्ताधारीहरु हाम्रो मर्म भावना र मागप्रति चासो र सरोकार दिईरहेका छैनन् किनभने उनीहरुको सरोकार आफु र आपुनो दलकेन्द्रित स्वार्थ प्रमुख एजेण्डा बनेकोछ । एकात्मक शासनप्रणालीको लामो अभ्यासबाट गुज्रँदै आएका नेपालका वर्तमान शासकहरु उत्पीडित जाति र वर्गहरु राजनीतिकरुपले सशक्त भएमा सत्ताअभ्यासको प्रकि्रयाबाट आफु कमजोर वा वहिष्कृत भईएलाकी भन्ने मनोविज्ञानले ग्रस्त भईरहेका देखिन्छन् । संघीय गणतन्त्रात्मक लोकतान्त्रिक सत्ताअभ्यासमा एकल समुदाय वा वर्गीय आधारमा सीमित रहेको राजनैतिक शक्तिलाई वाँडफाड वा निक्षेपीकरण गरी अन्य वर्ग वा समुदायहरुलाई पनि साझेदारी गरिन्छ र यसरी नै उनीहरुमा शासकीय नेतृत्वमाथि पहुँच स्थापना हुनसक्दछ । यो प्रकि्रयाले सत्ताअभ्यासमा सकि्रय रहेको कुनै जात वर्ग वा समुदायलाई राजनीतिको कुनै पनि अवसरबाट निषेध गर्ने होईन । तर आफुले एकलरुपमा सत्ताको नेतृत्व उपभोग गरिरहेका जात र वर्गहरु उत्पीडित जाति वर्ग र समुदायहरुलाई अधिकार सम्पन्न बनाउदा आफु कमजोर वा बुद्धिजीविहरु पार्टीमा आएमा आफु नेतृत्वबाट विस्थापित भईन्छकी भन्ने भय र त्रासले सन्त्रास भएका मानिसहरु लिम्बुवानजन्य पार्टी संगठनमा नेतृत्व गरिरहेका छन् । तपाई कल्पना गर्नोस बुद्धिजीवि नभएको राजनीतिक पार्टी र संगठन कस्तो हुन्छ होला ? राजनीतिक पार्टी आफैंमा अघोषित सत्ता हो र कुनै पनि बेला यसले सत्ता संचालनको अविभारा बहन गर्नुपर्दछ । त्यसबेला नीति कार्यक्रम र योजना बनाउने विज्ञहरु नभएको खण्डमा त्यस्तो पार्टीले जनतालाई के राहत दिनसक्छ तसर्थ असल शासनका लागि संचालन गरिने राजनीतिक पार्टीमा विभिन्न विधाका दक्ष जनशक्ति सरीक हुन अति आवश्यक छ । तर अहिले हामी देखिरहेका छौं लिम्बुवान सत्ता संचालनको उत्कट चाहना राख्ने साथीहरुको पार्टी र संगठनमा मारमुङ्ग्रे जमातमात्र छन् । त्यस्तो पार्टी वा संगठनलाई लोकतन्त्रमा कुनचािहं मुर्खले सत्ता संचालकको अविभारा देला ? यी सवालहरुमा हेक्का राखेर पार्टी शुद्धिकरण र सुदृढीकरण नगरेसम्म लिम्बुवान मुक्ति र यसका लागि आफुलाई क्रान्तिकारी भनाउने संगठनहरुको भविष्य अन्धकार छ ।
४.निष्कर्ष र अन्त्य :
सपना र यथार्थताको धरातल धेरै फरक पर्दछ । राजनीतिमा सपना देखाउने खेल धेरै पहिलाबाट चलिआएको हो । धेरै पार्टीहरुले जनतालाई सपना बाँडेरै राजनीति गरिल्याएको हाम्रो जीवनले भोग्दै आएकाछौं । साम्यवाद र समाजवादको सपना बाँडेर राजनीति गर्ने पार्टीहरु नै आजको दुनियामा धेरै देशको राजनीतिक सत्तामा हावि भैराखेका छन् । नेपालको हावापानी र माटो सुहाउदो भनेर लादिएको पाचायती व्यवस्थाले लगभग तीसवर्ष नेपाली जनताहरुलाई सपना बाँडेर शासन चलाएको थियो । पाचायती व्यवस्थाको अन्त्य पश्चात उदाएको संवैधानिक राजतन्त्र सहितको वहुदलीय व्यवस्थाले डेढदशकसम्म समाजवादको सपना बाँडेर नेपाली जनतालाई अल्मल्याएको तीतोसत्य हाम्रो सामु छर्लङ्ग छ । मुलुकमा भएका राजनीतिक उतारचढावपूर्ण परिवर्तनहरुले वल्ल हामीलाई अधिकार सृजनाका लागि आपुनो इतिहास र पहिचान खुल्नु पर्दोरहेछ भन्ने सम्मको चेतनावोध भएकोछ । यो अवस्थामा राजनीतिक सत्ताको नेतृत्वमा पहुँच पुर् याउनका लागि उत्पीडित जाति र वर्गहरुले क्रान्तिकारी छलाङ्ग मार्न बाँकी नै छ । यसको लागि अपनाउनु पर्ने राजनीतिक चरित्र, शैली, कार्यपद्धती र रणनीतिक योजनाहरु सैद्धान्तिक र वैचारिकरुपले खारिएको हुनुपर्दछ । तर लिम्बुवान स्वायत्तताको मुद्दा उठाएर राजनीतिक गतिविधि गरिरहेका केही संगठन र त्यसका नेताहरु अनाहकका फोस्रा आश्वासन र काल्पनिक सपना बाँडेर लिम्बुवानवासी जनतालाई दिग्दार गरिरहेका छन् । अर्कोतिर घना जनसंख्या भएको प्रस्तावित लिम्बुवानमा गैरलिम्बूहरुको वहुसंख्यक बसोबास छ र उनीहरु लिम्बुवान राज्य स्थापना भएपश्चात आपुनो राजनैतिक सहअस्तित्व र हैसियत कुनरुपमा व्यवस्थापन हुन्छ भन्ने चिन्ताले ग्रस्त भइराखेको देखिन्छ । त्यसमध्ये पनि अहिलेसम्म सत्ता संचालनको सबै संयन्त्रमा पहुँच राख्दै आएका बाहुनहरु भोली हुने लिम्बुवानको राजनीतिक पुनःगठन प्रकि्रयाबाट बाहिर परिने होकी भन्ने मनोविज्ञानले सताईरहेको देखिन्छ । यी सबै दृष्यहरुहरुलाई संश्लेषण गरेर संयोजन गर्नसक्ने राजनीतिक मार्गदर्शनको खाँचो खट्किएको छ अहिले । जातीय र साँस्कृतिक विविधता नै नेपालको विशेषता रहेको कुरालाई कुनै काल्पनिक तर्कले पुष्टि गरिरहनु पर्दैन । नेपालमा रहेको सबै विविधता समाप्त गरी एकल धर्म सँस्कृति र जातीय राज्य बनाउन लामो अभ्यास गर्दैआएका हिन्दुअतिवादीहरु जनताको आन्दोलनबाट परास्त भैसकेको यो अवस्थामा अब जातीय, धार्मिक, लैंगिक तथा भाषिक-साँस्कृतिक विविधतालाई सम्बोधन नगरी जान सकिने परिस्थिति छैन । त्यसैले नयाँ सोच नयाँ विचार र नयाँ राजनीतिक कार्यदीशा अख्तियार गर्नु जरुरी छ । २१औं शताब्दीको लोकतन्त्रलाई सँस्थागत गर्नका लागि जाति वर्ग र राष्ट्र मुक्तिको क्रान्तिलाई नयाँ र वैज्ञानिक ढङ्गले संश्लेषण गर्नुपर्दछ । एकलजातीय राष्ट्रवादको नारा र कार्यक्रमबाट थोपरिएको वहुलराष्ट्रिय उत्पीडन अन्त्य गर्नका लागि अब समाजवादको नयाँ रुपान्तरण वहुलराष्ट्रिय लोकतान्त्रिक संघीय समाजवाद हो । यो मार्गदर्शनको वैज्ञानिक उपयोगबाट लिम्बुवान लगायत नेपालका सबै राष्ट्र राज्यहरुको मुक्ति सम्भव छ ।
(लेखकः संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्त हुन्)

May 10, 2011

नेपाली राजनीतिको ऐतिहासिक र मनोवैज्ञानिक पक्षहरु

कुमार लिङ्देन 'मिराःक्'
अहिले हाम्रो देश नेपाल संघीयकरणको प्रक्रियामा छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थारुहट, मैथिल, खसान, स्वायत्त राज्यहरुको कुरा जोडदार गरी उठिरहेको छ । एकात्मकवादीहरुले नेपाललाई राजनीतिक, भाषिक, सामाजिक, साँस्कृतिक, आर्थिक, वातावरणीय आदि हरेक रुपमा ध्वस्त गरेपछि देश समाज नव-निर्माणको चोखो भावनाले यी संघीय राज्यका मागहरु उठिरहेका हुन् । संघीयकरणको कुरा गरिरहँदा विगत २४० वर्षमा नेपालका एकात्मक सत्ताधारीहरुले कसरी देशलाई बर्बाद गरेछन् भनेर समीक्षा गरिनु पनि जरुरी हुन्छ ।
हामी बसिरहेको यस भू-भाग वा भारतीय महाद्वीपको इतिहास पनि बडो रोचक छ । पहिले यस भू-भागको उत्तरी क्षेत्र वा अहिलेको नेपाल, सिक्किम, बर्मा, भूटान, नागाल्याण्ड, मिजोरामदेखि गंगा नदीको फाँटसम्म मङ्गोलियन मूलका आदिवासीहरु बसिरहेका थिए । दक्षिण तमिलनाडुतिर द्रविडमुलका आदिवासीहरु बस्दथे । यी दुबै वर्गका आदिवासीहरुको आफ्नै भाषा संस्कृति जीवनपद्धति र सम्यताहरु थियो । यही क्रम्मा अहिलेको इरान इराक वा भू-मध्यरेखीय क्षेत्रबाट आर्यनहरु यस भारतीय उपमहाद्वीपतिर हुलका हुल आउन थाले । यो धेरै मलिलो र हरियो घाँसे मैदानहरुले भरिएको क्षेत्र थियो । यो क्षेत्रको रमाइलोपन देखेर ती आर्यनहरु लोभिए र यतै बस्ने सोच बनाए । तर यस क्षेत्रमा दुई प्रकारको आदिवासीहरु धेरै पहिलेदेखि नै बसिरहेका थिए । यी दुई प्रकारका आदिवासीहरुलाई ध्वस्त गर्न ती आर्यनहरुले अनेक षडयन्त्रहरु अपनाए । यही सयममा रामायण महाभारत ग्रन्थहरुको रचना भयो । यी दुईवटै ग्रन्थहरुमा आर्यनहरुले यहाँका आदिवासीहरुलाई षडयन्त्रमुलक ढङ्गले परास्त गरेको कथाहरु लेखिएको छ । जस्तो रामायणमा रामले रावणलाई प्रत्यक्ष जित्न नसकेपछि उसकै भाइ विभिषणबाट रावणको मुत्युको केन्द्र थाहा पाएर रावणको हत्या गरेका छन् । नत्र रामजस्तो आदर्श पुरुष युगपुरुष भनिएका व्यक्तिले त्यसरी षडयन्त्रको सहरा लिनु ठीक थियो कि थिएन अब आउने उत्तर उत्तरआधुनिक साहित्यले त्यसको विचार विमर्श गर्नेछ ।
यसरी नै महाभारतको युद्ध पनि षडयन्त्रमुलक छ । महाभारतको युद्धमा किराती राजकुमार एकलव्यले कौरव पक्षमा लड्न जाँदा कृष्णहरु अत्तालिएर उनका गुरुमार्फत् बुढी औंला मागेको घट्ना छ । बुढी औंला नै लगेपछि केले धनुकाँड हान्नु तरपनि एकलव्यले गुरुलाई आफ्नो बुढी औंला काटेर उपहार दिएकै छन् । त्याग र गुरुभक्तिको अनुपम उदाहरण प्रस्तुत गर्ने एकलव्यबारे कहीँकतै कुरासम्म पनि गरिँदैन । शक्तिशाली भनिएका कृष्ण जसलाई देवताको रुपमा पुजिन्छ उनी आफै यति खुल्लम्खुल्ला पाण्डवहरुको पक्षमा लाग्नु ठीक थियो कि थिएन यस बारेमा हुने विचार-विमर्श नै उत्तरआधुनिक साहित्य रहेछ । तर सरसर्ती हेर्दा ती आर्यनहरु र मङ्गोलियन आदिवासीहरुको सीधै भिडन्त भएकोचाहिँ देखिँदैन । आर्यनहरुले पहिले द्रविडहरुलाई खत्तम गर्ने रणनीति लिए । र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गरेको नाटक गरे । आर्यनहरुले द्रविडहरुलाई सखाप गर्ने र मङ्गोलियन आदिवासीहरुसँग मित्रता गाँस्ने रणनीति लिनुको पछाडि दुईवटा कारणहरु थिए । पहिलो द्रविडहरु विशेषगरेर दक्षिण भारतमा हजारौं वर्ष पहिलेदेखि बसेका थिए । तर उनीहरु फैलिन सकेका थिएनन् वा उनीहरुको व्यापक फोस्र थिएन । तर नेपाल क्षेत्रमा मङ्गोलियन आदिवासीहरुले एसियाभर छरिएका मङ्गोलियनहरुको एक भाग थिए । त्यसैले यी मङ्गोलियनहरुसँग युद्ध लड्दा धेरै लामो र भयङ्कर हुनसक्छ भन्ने सोचले ती आर्यन रणनीतिकारहरुले द्रविडहरुको विरुद्धमा उनीहरुको लडाइँलाई केन्द्रित गरे । सहयोग गर्न गएका एकलव्यहरुलाई पनि फकाई-फुल्याई बुढी औंला मागे र निस्तेज बनाए ।
यसरी आदिवासी द्रविडहरुलाई ध्वस्त गरेर आर्यनहरुले आफ्नो धर्म संस्कृति जातिलाई अघि बढाइरहेका थिए । शुरुमा आर्यनहरु धेरै मजवुत थिए । तर विस्तारै उनीहरुमा जातिभेद वर्णाश्रम जन्मियो र तँ ठूलो तँ सानो भन्ने कुरा ल्याएपछि उनीहरु धेरै कमजोर भइसेका थिए । यही क्रम्मा एघारौं शताब्तीतिर त्यही आर्यका पिता-पुर्खाहरु जो मुस्लिम भइसकेका थिए तिनीहरु भूमध्य क्षेत्रबाट आँधीहुरी आएजस्तै भारतका हिन्दू आर्यनहरुलाई आक्रमण गर्न आए । भारतका हिन्दू आर्यहरु जो द्रविडलाई ध्वस्त गरेर हाँसिरहेका थिए तर जातप्रथाको कारणले गर्दा अति कमजोर थिए । त्यसैले उनीहरुले ती मुस्लिमहरुको आक्रमणलाई सामना गर्न सकेनन् । हिन्दूहरुको भागाभाग भयो । मुस्लिमहरुले सत्ता कब्जा गरे । दिल्ली कब्जा गरे । धेरै हिन्दूहरु मुस्लिम भए । भनिन्छ- पाकिस्तानका राष्ट्रपिता भनिने जिन्नाको तीन पुस्ताअघिका बाजे हिन्दू थिए ।
यसरी मुस्लिमहरुको आक्रमणमा परेर आफ्नो भाषा धर्म जोगाउन धेरै हिन्दूहरु भागेर नेपाल आए । नेपालका मङ्गोलियन आदिवासीहरु र भारतका हिन्दूहरुको सम्बन्ध त्यसबेला राम्रै भएकोले उनीहरुको नेपाल आगमन सहजै ठानियो । किनकि एउटा नजिकको साथी अभर परेको बेला उसलाई स्थान दिनु मानवताको कुरा नै हो । तर आफूलाई शरण दिने मित्र सुतिरहेको बेला उसको मुटु छेड्ने गरी भाला रोप्नु न्यायसङ्गत धर्म सङ्गत र मानवतासङ्गत छ कि छैन थियो कि थिएन हुनेछ कि हुने छैन यो नै नेपाली समाजको अन्तरद्वन्द्वको केन्द्रीय विषयवस्तु हो ।
यसरी मुस्लिमहरुको आक्रमण्मा परी आफ्नो राज्य गुमाएर नेपाल आएका हिन्दूहरुको दिमागमा "आफ्नो राज्य" गुमेको झझल्को घुमिरहेको थिएछ । त्यहीबेला द्रविडलाई लखेट्ने हिन्दू हिन्दूलाई लखेट्ने मुस्लिमहरुलाई पनि आफ्नो कब्जामा पार्दै बेलायतबाट कि्रश्चियन अङ्ग्रेजहरु भारतमा आएर शासन गर्न थाले । सङ्क्षेपमा भन्ने हो भने हामी बसिरहेको भू-भाग वा छिमेकी राष्ट्रको इतिहास धेरैपल्ट धार्मिक वा सभ्यताहरुको द्वन्द्व भएको छ । एकले अर्कोलाई सिध्याउने अनि त्यसलाई फेरि अर्कोले सिध्याउने घट्नाहरु भएका छन् । यो द्वन्द्वले अनेकौं छाल र तरङ्गहरु छोडिराखेको छ । तिनै छाल र तरङ्गहरु हुन् आजको यस क्षेत्रको राजनीतिक उथलपुथलहरु ।
पृथ्वीनारायण शाहको दिमागमा त्यही एघारौं शताब्दीको झझल्को घुमिरहेको थिएछ । त्यसैले उनले तमुवान, मगरात, नेवाः, तामाङसालीङ, खम्बुवान र लिम्बुवानमा क्रूर र खुनी सैनिक हमला गरे । कथित् एकीकरण गरिसकेपछि उनले आफ्नो दिव्योपदेशमा भनेका छन्- "म नेपाललाई असली हिन्दुस्थान बनाउँछु ।" उनको यो भनाइमा एघारौं शताब्दीमा मुस्लिमहरुको आक्रमणमा परी आफ्नो राज्यहरु गुमाएको पीडा झल्किन्छ । उनका ती पीडाहरु ठीकै होला आफ्नो ठाउँमा तर हिन्दुस्तान गुमाउने भारतमा अनि फेरि असली हिन्दुस्तान खोज्ने नेपालमा ! त्यो पनि आफूलाई शरण दिने मित्रहरुको छात्तीमा भाला रोपेर ! हो यहीनेर नेपालको इतिहासले गलत बाटो लियो । पृथ्वीनारायण शाहले "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भनेकै दिनदेखि नेपाली राज्य राजनीति गलत र ओरालो बाटोतिर हिँड्न शुरु गर् यो । "अलसी हिन्दुस्तान" बनाउने ठाउँ नेपाल हो कि भारत हो ? यो नै यक्ष प्रश्न हो । के लण्डनलाई लिम्बुवान बनाउँछु भनेर उप्रुनु न्यायसङ्गत होला कदापि हुँदैन । हो त्यस्तै थियो नेपाललाई हिन्दुस्तान बनाउने कथित् कल्पना ।
तर दुर्भाग्य ! पृथ्वीनारायण शाहको त्यही "नेपाललाई असली हिन्दुस्तान बनाउँछु" भन्ने गलत मिशनकोपछि पछि २४० वर्षसम्म यो देश हिँडिरह्यो र अझै पनि हिँडाउँने दुस्प्रयास भइरहेको छ । २४० वर्षको मिशन नै गलत थियो । त्यसैले कवि भूपि शेरचनले बारम्बार आफ्नो कविताहरुमा यो आक्रोश पोखेका छन्- "गलत छ मेरो देशको इतिहास", "यो हल्लैहल्लाको देश हो" र "यहाँ घुम्ने मेचमाथि अन्धो मान्छे बसेको छ ।" आधुनिक नेपालको जग नै गलत छ र त्यो गलत जगमा बनेका सबै तत्वहरु गलत छन् । यसको जगकै पुनः संरचना गरौं । यसको जग एकात्मक छ । त्यसलाई संघीय जग वा संरचनामा लैजाऊँ भनेर चिच्याउने कवि भूपि शेरचनहरुको आवाजलाई यहाँ सधैँ धूमिल पारियो र लक्ष्मीप्रसाद देवकोटाहरुको माया-प्रेमको कथाहरुको नै यहाँ बोलवाला बनाइयो ।
पृथ्वीनारायण शाहको गलत मिशनमाथि उभिएको अहिलेको मिडिया। अदालत प्रहरी-सेनाको संरचना राजनीति सबै गलत छन् र यी सबै संरचनाहले अन्ततः नेपाल र नेपालीहरुलाई खाडलमा पुर् याउनेबाहेक केही गर्दैनन् । त्यसैले अब नेपाल राज्य संघीय ढाचामा जानुपर्छ भनेर आवाजहरु घन्किएको हो । एघारौं शदाब्दीमा मुस्लिमहरुको आक्रमणमा परी हिन्दू आर्यनहरु नेपाल छिर्नेक्रम् गलत थियो भनेर हामीले कहिले भनेका थिएनौं र भन्ने छैनौं । त्यो इतिहासको कालखण्ड थियो उथलपुथलको एउटा क्षण थियो र त्यसलाई विकासक्रमको एउटा चरण मान्नुपर्दछ । तर पृथ्वीनारायण शाहहरुले नेपालको अस्तित्व नै हराउने गरी असली हिन्दुस्तान बनाउँछु भन्दै कुर्लनु र त्यही ढाचामा यहाँको अदालत सेना-प्रहरी कर्मचारीहरुलाई अघि बढाउनु गलत थियो भनेर हामी सबै नेपालीले खुल्लम खुल्ला भन्न सक्नुपर्दछ ।
यसरी शरण दिनेहरुको छात्तिमा तिखो भाला रोपिरहँदा पनि नेपालमा कुनै बुद्धिजिबीहरु बोल्दैनन् । अनि हामीलाई चिच्याउन मन लाग्छ- "एउटा समुदायमाथि भएको जघन्य अपराध र अन्यायलाई पनि देख्न र त्यस बारेमा बोल्न नसक्ने ए कथित् बौद्धिकहरु हो फ्याँक्नुस् तपाइँहरुको एम्फिल पीएडीका सर्टिफिकेट र कलमहरु ।" हाम्रा यी आक्रोशहरु सम्झौताविहीन छैनन् हामी एउटा सम्झौतामा बस्न र बाँच्न चाहन्छौं । हामीले बुझैका छौं- नेपाल सबै नेपालीहरुको हो । तर यहाँको मुलवासीहरुको छात्तिमा भाला रोप्ने काम बन्द गरियोस् । नेपालको इतिहासको सम्मान गर्दै एउटा राजनीतिक सम्झौता वा संघीय संरचना निर्माण गरौं र त्यहाँ सबै मिलेर बसौं ।
नेपाली राजनीतिमा उदेक लाग्दो अर्को पाटो पनि छ । ल पृथ्वीनारायण शाह र उसपछिका राणाहरु त सामन्तवादी जातिवादी र यहाँका आदिवासीहरुको विरोधी भए नै । तर नेपाली कांग्रेस जसको स्थापना २००४ सालमा भयो कांग्रेसले भारतबाट धेरै सिकेको छ । यसका नेता वीपी कोइरालालाई उनीहरु महामानव भन्छन् । आधुनिक भारतको मुख्य संवैधानिक तत्वहरु चारवटा छन्- संघीयता गणतन्त्र लोकतन्त्र र धर्मनिरपेक्षता । हामीलाई प्रश्न गर्न मन लाग्छ- भारतमै जम्नेका हुर्केका पढेका राजनीति सिकेका तिनै महामानव वीपीले भारतले अङ्गीकार गरेको संघीयतालाई नेपाली राजनीतिमा किन प्रवेश गराउन सकेनन् भारतभन्दा बढी विविध इतिहास भएको मुलुक हो- नेपाल । त्यसरी नै सन् १९१७ मा लेनिनले रुसमा कम्युनिष्ट सत्ता स्थापना गर्दा १४ वटा स्वतन्त्र राज्यहरुको संघ निर्माण गरी सोभियतहरुको युनियन बनाएका थिए । तर २००६ सालमा स्थापना भएका नेपालका कम्युनिष्टहरुले किन कहिले संघीयताको सवाललाई नेपालमा प्रवेश गराएनन् त अनि हामीलाई लाग्छ- यिनीहरु जुनसुकै मखुण्डो लगाएर पनि पृथ्वीनाराय शाहले स्थापना गरेको र महेन्द्रले अझ कडाइका साथ लागू गरेको यहाँको आदिवासीहरुको वंश विनाश गर्ने अभियानमा यी सबैजना सहमत छन् । त्यसैले यी सबै सबैप्रति आक्रोशको लहरहरु मनभित्र उर्लिन्छन् । पछिल्लो पल्टको माओवादी आन्दोलनमा आदिवासी र उत्पीडित जातिका हजारौं युवाहरुले वलिदान दिए तर उसको सहमतिसहित आएको अन्तरिम् संविधानमा "संघीय" भन्ने शब्द थिएन । "संघीय" शब्द स्थापित गर्न लिम्बुवान र मधेश आन्दोलनलको क्रममा धेरैले वलिदान दिनुपर् यो । अनि हामीलाई लाग्छ- "आखिर हाम्रो कुरा त कसैले नउठाउने रहेछ । त्यसोभए उनीहरुसँग टाँसिएर किन बस्ने बरु स्वतन्त्र रुपमा आफ्नो मुद्दाहरुलाई उठाएर घघि बढ्ने । तर कसैको आशीर्वादमा नबस्ने नबाँच्ने ।"
यो देश गलत बाटोतिर हिँडिरहेको छ र यसलाई सही बाटोमा ल्याउनु पर्छ भन्ने लाग्छ भने हामी सरोकारवालाहरु वा पृथ्वीनारायण शाहको कथित् एकात्मक राज्य बनिनुभन्दा पहिले विभिन्न राज्यहरुमा बसिरहेका जनताका पुस्ताहरु राजनीतिक रुपमा सङ्गठित हुनुपर्छ र अघि बढ्नुपर्छ । कसैको निर्देशनमा खोलिएका जातीय सामाजिक संस्थाहरुले हामीलाई अलमलाउने छ । कुनै "सुपरम्यान" आउला र उसले हामीलाई मुक्ति देला भनेर भ्रमित सपनामा बाँच्नु हुँदैन । यहाँ कोही सुपरम्यान आउनेवाला छैन । कुनै विद्वान आउनेवाला छैन । हामीले देखेका र आसा गरेका सबै मान्छे हाम्रो विरुद्धमा छन् र पृथ्वीनारायण शाहको मिशनलाई निरन्तरता दिने ठाउँमा छन् । विद्वान र कलम चलाउन जान्ने भनिएकाहरु सबैभन्दा डरलाग्दो गरी हाम्रो विरुद्धमा सलबलाइरहेका छन् । यस्तो बेलामा कुनै "सुपरम्यान"को प्रतीक्षामा समय खेर फाल्ने होइन । बरु सबैजनाले आफैलाई सुपरम्यान सम्झेर सङ्गठित बनी अघि बढ्नुपर्दछ ।
लिम्बुवान आन्दोलन उठ्नुको पछाडि यही दृढ मनोविज्ञानले काम गरिरहेको छ । हामीले थाहा पायौं जसलाई हामीले विश्वास गरिरहेका छौं उसले एउटा तरबार गोप्य रुपमा लुकाएर बोकिरहेको छ कुनै एकान्त ठाउँमा उसले हामीहरुको हत्या गर्नेछ र हामीले आत्महत्या गरेको झूटा मुद्दा अघि बढाउनेछ । हामीले यति गुरुमन्त्र थाहा पाइसकेपछि ती एकात्मकवादीहरुसँग सबैखाले दिमागी नाताहरु तोड्नै पर्छ । वास्तवमा हामी असक्षम होइनौं । हामी सक्षम छौं । तर यति हो हामीले विगतमा आँट गरेनौं । अब आँट गर्नुपर्छ । सानो ठूलो जस्तो होस् हाम्रै विचार हाम्रै नेतृत्वले चल्ने राजनीतिक पार्टीहरु जन्माउनु पर्छ । "रोम एकदिनमा बनेन" भन्ने प्रसिद्ध वाक्यलाई सम्झौं । हो हाम्रो राजनीतिक पार्टीहरु एकै दिनमा सक्षम नहोलान् । हाम्रो सपनाहरु एकैदिनमा पूरा नहोलान् । तर निरन्तर प्रयास गरियो भने एकदिन न एकदिन हाम्रा सपनाहरु अवश्य पूरा हुनेछन् । आफ्नो खुट्टामा उभिने आफ्नो लागि आफ्नै दिमागले सोच्ने मनोविज्ञानका साथ अघि बढौं । अवश्य पनि संघीयवादीहरुकै जित हुनेछ ।
E-mail: kumarlingden@gmail.com
मूल स्रोतः संघीय मासिक वर्ष १, अङ्क ६/७, पूर्णाङ्क ७ पुस-माघ २०६७

एकात्मकवाद विरुद्ध संघीयवादी सङ्घर्ष

सूर्य माखिम
फाइनल खेलखेल्न सेमि-फाइनल चरणका सबै खेल जित्नुपर्दछ । कहिलेकाहीँ बाई पाएर आक्कल झुक्कल क्वाटर फाइनल पुग्नु अर्कै कुरा हो । तर मौकाकै भरमा फाइनल पुग्न सकिँदैन फाइनल खेल्न सम्बन्धित् खेलको दक्षता चाहिन्छ । सबै खेलको निश्चित तोकिएको नियम हुन्छ त्यही नियमभित्र अनुशासित खेल खेल्नुपर्दछ । तर, राजनीतिमा यस्तो खेल हुन्छ जहाँ कुनै निर्धारितत नियम र मापदण्ड हुँदैन । बरु, राजनीतिक खेल जसले नयाँनयाँ नियम र अनुशासनको जन्म गरिदिन्छ । आजसम्मको राजनीतिक विश्व इतिहासलार्इ एक वाक्याङ्शमा संष्लेषण गर्ने हो भने राजनीतिमा जित्न जे पनि गरिन्छ ।
राजनीतिलाई खेल नै मान्ने हो भने नेपालको राजनीतिक मैदानमा फाइनल खेल कोकोबीच हुँदैछ र फाइन खेलसम्म पुग्नलाई के कस्तो राजनीतिक लिग चरणका खेलहरू भइरहेकाछन् बारे यो लेख केन्द्रित् हुनेछ ।
नेपाली सबैलाई के थाहा छ भने नेपाल एक बहुलवादी (बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक) मुलुक हो । तर, तत्कालीन गोरखा राज्यको विस्तारपछि नेपाललाई एकलवादी एकात्मक केन्द्रीकृत बनाइयो । त्यहीबाट राज्य र सकारबाटै सबैखाले विभेदको प्रारम्भ भयो । जुन शासकीय स्वरुप जसले संविधानतः नेपाल केवल एक जाति, भाषिक, धार्मिक र साँस्कृतिक विशेषता भएको देश भनेर संवैधानिक सुनिश्चिततामात्र गरेन अन्य जाति, भाषिक, धार्मिक र साँस्कृतिक पहिचानलाई उन्मूलन नै गर्ने कठोर नीति अख्तियार गर्‍यो । राज्यद्वारा भएको जातीय सफाया रणनीतिका बाबजुत पनि यहाँ विविध जातीय पहिचानहरू बच्न सफल भए । उन्मूलन गर्दागर्दै बचेका पहिचानहरूका मुक्तिको लडाइँ हो- जातीय मुक्ति आन्दोलन । यर्सथ, जातीय मुक्ति आन्दोलन साम्प्रदायिक आन्दोलन नभएर एकात्मक राज्यसत्ताले अख्तियार गर्दै आएको एक जाति, भाषिक, धार्मिक र साँस्कृतिक अर्थात् बाहुनवादी साम्प्रदायिक शासनसत्ता विरुद्ध समानता र मुक्तिको आन्दोलन हो । यहाँ स्मरणीय कुरा के हो भने वहुलवादी देशमा एकलवादी शासनसत्ता र सरकार तत्कालीन शासकहरूले अज्ञानताबस गरेको नभएर वहुलवादी समाजलाई मेटाएर जबर्जस्त एकलवादी समाज निर्माण गर्ने कुत्सित् षडयन्त्र थियो । एकलवादी समाज निर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा 'हिमवत् खण्डमा असिल् हिन्दुस्ताना बनाउन' भन्ने वाक्याङ्शले स्पष्ट पार्दछ ।
नेपालको प्राचीन इतिहासदेखि आजको मितिसम्म आइपुग्दा किरातकाल १९०३ वर्ष लिच्छिवीकाल १२८० वर्ष मल्लकाल ५६९ वर्षर शाहकाल २६५ वर्षसमापनपछि पाँचौपटक पुनर्संरचनाको दोबाटोको यात्रा तय गरिरहेको छ । अबको नेपाल वर्तमान सङ्क्रमणकालीन दोबाटोबाट सिद्धान्ततः कुन (संघीयवाद वा एकात्मकवादमा) बाटोमा जाने भन्ने प्रश्न नै वर्तमान नेपालको फाइनल राजनीतिक खेल हो । यस फाइनल खेलका लागि अहिले नेपालमा भीषण लिग चरणको राजनीतिक खेल चलिरहेको छ । एकात्मकवादी र संघीयवादीका तर्फाट कोको फाइनलमा पुग्छन् भन्ने हेर्न अबको नेपालको राजनीतिलाई केही समय पर्खेर हेर्नुपर्ने हुन्छ । तर, सिद्धान्ततः एकात्मकवादीका विरुद्ध संघीयवादीबीचको राजनीतिक लडाइँ नै नेपाली राजनीतिक खेलको फाइनल भीडन्त हुनेछ । वर्तमान नेपालको राजनीतिक खेल मैदानमा थुप्रै एकात्मकवादी राजनीतिक क्लबहरू (एमाले, काँग्रेस, राप्रपा, माओवादी, जनमोर्चा आदि) छन् भने संघीयवादी राजनीतिक क्लबहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल आदिवासी जनजाति महासंघ, बृहत आदिवासी जनजाति मोर्चा, सयुक्त आदिवासी जनजाति मोर्चा, आदिवासी जनजाति दलित गणतान्त्रिक राष्ट्रिय मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी आदि छन् । यी एकात्मकवादी र संघीयवादी राजनीतिक क्लवहरूबीच छानिएर फाइनल राजनीतिक खेल कुनै एक सङ्गठनको नेतृत्वमा भीडन्त हुनेछ । तर, राजनीति खेल अन्य खेलको जस्तो कुनै तोकिएको निश्चित नियम नभएकोले दुबैपक्ष संघीयवादी र एकात्मकवादी क्लवहरू मोर्चाबन्दी गरेर पनि फाइनल खेल खेल्नसक्छन् । यो खेलमा एकात्मकवादीहरूको सार अभिष्ट एकलवादको निरन्तरतमा नवबाहुनवादी सिद्धान्तमा समाज व्यवस्थापन हो भने संघीयवादीहरूको सार अभिष्ट एकलवादको विघटन गर्दै वहुलवादमा रुपान्तरण र समतामुलक समाजको निर्माण हो ।
तर वर्तमान नेपालको राजनीति थाहा नहुने मान्छेले क्रिकेट खेल हेरेझैँ नबुझिने र नजानिने रफ्तारमा अघि बढिरहेको छ । राजनीतिक बलिङ र व्याटिङको टेष्ट म्याच चलिरहेको छ । राजनीतिक टेष्टम्याच निक्कै लम्बिएको छ तथापि विकेट, रनआउट र क्याचआउट चलिरहेको छ । भर्खरै तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्व टिमको क्लव -राजसंस्था) खेलमैदानबाट बाहिरिएको छ । उनी राजतन्त्र क्लवका क्याप्टेन थिए भने एकलवादी खेमाका एक महत्वपूर्ण सदस्य पनि । यस अर्थमा नेपालको राजनीतिक खेलको दिग्वीजयको प्रारम्भ संघीयवादीहरूको पक्षमा सैद्धान्तिक रुपमामात्र नभएर व्यवाहारिक रपमा पनि हुन गएको छ । नेपालको राजनीतिलाई किन नजान्नेलाई क्रिकेट खेलजस्तै भनिएको हो भने नेपालको राजनीतिक खेल मैदानमा देखिएका खेलाडीहरू रुप र सार दुबै अर्थमा को संघीयवादी र को एकात्मकवादी छुट्याउन सजिलो छैन । सबै एकात्मकवादीहरू संघीयवादी बनेका छन् । जसको मूलकारण संघीयताको वकालती गरेजस्तो गर्दै संघीयताको विरुद्धको संविधान बनाउनु रहेको छ । संघीयवादी राजनीतिक खेलाडीहरूले मूलरुपमा बुझ्नु पर्ने सार कुरा यत्ति हो । निर्णय
मुखमा रामराम बगलीमा छुरा । यो हिन्दू वर्णाश्रम र बाहुनवादी मनोविज्ञानमा आधारित र्सवाधिक प्रयोग भइरहेको उखान हो । बाहुनवादी मनोविज्ञानका दुई पाटा हुन्छन्- बाहिरी र भित्री । बाहिरी पाटो सारै सुन्दर भावार्थको हुन्छ रामराम जस्तै तर त्योसँगै बगलीमा छुरा अनिवार्य हुन्छ । यो उखानको प्रसङ्ग के हो भने यतिबेला नेपालमा सबै संघीयवादीजस्ता देखिएका छन् तर को संघीयताको बहानावाजीमा संघीयता विरुद्धमा षड्यन्त्रमुलक हिङ्सा मच्चाएर संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई निकाल्न नसकिने खाडलमा हाल्न चाहिरहेका छन् - यो बुझ्न निक्कै कठिन छ । तथापि, बुझ्न अनिवार्य पनि छ । कुन राजनीतिक शक्तिहरू एकलवादमा विश्वास राख्ने एकात्मकवादी हुन् र तिनीहरूबीच रुपमा कसरी फरक छन् र सारमा एउटै हुन् भन्नेबारे अर्को अङ्कमा चर्चा गरिनेछ । यहाँ संघीयवादी राजनीतिक क्लवहरू को को हुन र तीनिहरूवीच कस्तो आन्तरिक अर्न्तर्द्वन्द्वमा फसेका छन् कसरी राजनीतिक खेल खेलिरहेका छन् बारे सङ्क्षिप्त चर्चा हुनेछ ।
मुलतः संघीयवादी पक्षधरका आन्दोलनको सङ्घर्षको कार्यदिशालाई हेर्दा दुईबाटो देखिएका छन्- शान्तिपूर्ण र सशस्त्र । सशस्त्र बाटोबाट विश्वास राख्नेहरू सही या गलत के छन् इतिहासले समीक्षा गर्नेछ । यर्सअर्थमा यस लेखमा सशस्त्र संघीयवादी आन्दोलनको पक्षलाई उल्लेख नगरेर संघीयताको पक्षमा शान्तिपूर्ण सङघर्षरत् सङ्गठनहरूको बारेमा केन्द्रित् रहनेछ ।
सबै संघीयवादी सङ्गठनहरू एकात्मकवादीहरूको विरुद्ध वारपारको पार्टी खेल एक्लै खेल्न सक्छ वा मिलेर मात्र खेल्न सक्छन् - यो र्सवाधिक चासोको विषय हो । यी चासोका प्रश्नसँगै सबै संघीयवादी सङ्गठनका बारेमा सङ्क्षिप्त समालोचना गरिन्छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम), यो नेपालको एउटैमात्र संघीय संरचनासहितको संघीयवादी पार्टी हो । यो सङ्गठनमा प्रस्तावित राज्यहरूमा स्वायत्त राजनीतिक अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङलगायतका स्वायत्त राज्य परिषदहरू बनाएर क्षेत्रीय आनदोलन गरिरहेकोछ भने ती सबै राज्य परिषदहरूको समानुपातिक प्रतिनिधित्वको आधारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बनाएर देशव्यापी आन्दोलन पनि गरिरहेको छ । केन्द्रीकृत एकात्मक राज्यसत्तालाई ध्वस्त पार्न संघीय संरचनासहितको क्षेत्रीय सङ्र्घष्ामार्फ् क्षेत्रीय राजनीतिक कब्जा र सिंहदरवारलाई पार्टी धक्का दिन र केन्द्रीय राज्यसत्ता कब्जा गर्न संघीयवादीहरूको मञ्च पनि आवश्यक रहेकोले संलोरामको भूमिका र प्रभाव राम्रै देखिएको छ । साथै, यस सङ्गठनमा जातीय मुक्तिका लागि प्रारम्भबाटै लाग्ने ठूलो जमात पनि छ । तथापि, जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मानिर्णयको अधिकारसहितको स्वायत्त राज्यहरूको व्यवस्था संविधानमा लेखाउन सक्ने शक्ति मञ्च एक्लैसँग छैन । यसका लागि सबै संघीयवादीहरूलाई क्षेत्रीय र केन्द्रीय रुपमा पनि आवश्कताअनुसार रणनीतिक मोर्चाबन्दीहरूको निर्माण गर्दै अघि बढ्न सक्नुपर्दछ । संविधानसभामा संघीयवादी उदीयमान दलहरूमध्ये मञ्च नै सबैभन्दा बढी जनमत पाएको दल भएको नाताले पनि पार्टी आन्दोलनका लागि संघीयवादी मोर्चाको प्रस्तावक बन्ने राजनीतिक हैसियत राख्दछ । तर, नेतृत्वको खुबी र्रर् इच्छाशक्ति कति रहने यो हेर्न बाँकी नै छ ।
नेपाल आदिवासी जनजाति महासंघ (महासंघ), यो सङ्गठन सिद्धान्ततः नेपालका सबै आदिवासी जनजातिहरूको साझा सामाजिक सङ्गठन हो । महासंघमार्फ् सामाजिक जागरणका काम निरन्तर र आङ्शिक रुपमा राजनीतिक सवालहरूमा पनि काम गर्दै आइरहेको छ । देशभित्र र बाहिर महासंघ नै आदिवासीहरूको आधिकारिक संस्था हो भन्ने बुझाइ पनि छ । महासंघ सामाजिक संस्था भएकोले यो आदिवासीहरूको राजनीतिक संस्था हुन सकिरहेको छैन र सक्दैन पनि । महासंघमार्फ् आदिवासी जनजातिहरूलाई भोट बैङ्कको रुपमा खास गरेर एमाले, काँग्रेस र माओवादीले प्रयोग गर्दै आइरहेका छन् । त्यसमा पनि महासंघलाई आफ्नो पार्टीको स्वार्थमा प्रयोग गर्न एमाले सफल देखिन्छ । एमालेले महासंघका निवर्तमान अध्यक्ष पासाङ शेर्पा सभासद बनाए भने वर्तमान अध्यक्ष राजकुमार लेखी एमालेकै विसुद्ध मानिस हुन् । महासंघ अहिले पनि आन्दोलनमा छ तर यो आन्दोलन आदिवासी जनजातिका लागि १० प्रतिशत र बाँकी एमालेका लागि हो भनेर बुझ्न दिमाग खर्चनु पर्ने छैन । महासंघ सामाजिक चरित्रबाट राजनीतिक चरित्रमा रुपान्तरण हुने र कुनै पनि दलविशेषको प्रभावबाट मुक्त हुने हो भने अझै पनि उसको नेतृत्वमा सकारात्मक संघीयवादी आन्दोलन हुन सक्दछ । संविधानसभा निर्वाचनपूर्व महासंघकै तत्कालीन प्रमुख सल्लाहकार डा. कृण्णबहादुर भट्टचनले महासंघलाई डिस्पोजेबल पार्टी बनाएर संविधानसभामा भाग लिऊँभन्दा चर्को आलोचना खेप्नुपरेको थियो । महासंघ राजनीतिक चरित्रमा पूर्ण रुपान्तरण हुन नसक्ने भएपछि कुनै विश्वसनीय संघीयवादी राजनीतिक दल पहिचान गरेर राजनीतिक आन्दोलनमा सहयोगी बन्न नै उत्तम कार्यदिशा हुनेछ । तर, यसो गर्न महासंघ तयार छैन ।
बृहत आदिवासी जनजाति मोर्चा, नेपाल -बृहत् मोर्चा) यो सङ्गठन नेपालको संघीयवादी आन्दोलनमा देखिएका सामाजिक, जातीय र राजनीति समूहहरूको मोर्चा हो । यो मोर्चा (साङ्गठनिक र व्यक्तिगत) राजनीतिक खेलाडीहरूको स्वार्थ र सचेतनावीच जन्मेको हो । यो मोर्चा निर्माणको प्रारम्भमा यसलाई सामुहिक नेतृत्वको आधारमा सञ्चालन गर्ने भनिएता पनि यो मोर्चालाई राजनीतिक बजारमा डा. कृण्ण भट्टचनको मोर्चा भनेर चिनिन्छ । यो मोर्चा बन्नु अगाडि नै संयुक्त आदिवासी जनजाति मोर्चा पनि बनिसको थियो । नेपालमा जातीय मुक्ति आन्दोलनलाई वैचारिक रुपमा वकालत गर्दै आएका केही समूह छन् जो विशुद्ध राजनीतिमा आउन सक्दैनन् तर राजनीतिक फेम लिन इच्छुक पनि छन् । यो मोर्चामा यस्ता चरित्र देखिँदै गएपछि राजनीतिक सङ्गठनहरू निष्क्रिय हुँदै गए भने डलर पनि कमाउँदै राजनीति पनि गर्दै भन्ने मनोविज्ञान भएका समूह विस्तारै यस मोर्चामा आकषिर्त छन् । यो मोर्चालाई पूरै राजनीतिक चरित्रबाट सबै संघीयवादी राजनीतिक र सामाजिक सङ्गठनहरूलाई समेट्न नसकेपछि संघीयवादीहरूबीचकै आलोचनामा अल्भिmन पुगेको छ । यो मोर्चा न त एक्लै योभन्दा अगाडि बढ्नसक्ने अवस्थामा छ न त छुटेकाहरूलाई समेटेर जान नै सक्ने अवस्थामा छ । यसकारण, यो मोर्चाले संघीयवादीहरूको पार्टी आन्दोलनका लागि सबै विकल्पहरूको ढोका खोलेर खुल्ला बहसमा जान जरुरी छ ।
संयुक्त आदिवासी जनजाति मोर्चा -संयुक्त मोर्चा), यस मोर्चालाई परशुराम तामाङले नेतृत्व गरेको लगायत केही संघीयवादीहरूको मोर्चा हो । यसको सम्पूर्ण योजनाकार परशुराम तामाङ नै हुन् । मोर्चामार्फ् राजनीतिक घेरा बढाउन खोजिए पनि मुलतः तामाङसालीङ केन्द्रित् राजनीतिक मनोविज्ञान भएकाहरू यहाँ समेटिएका छन् । मोर्चाका अध्यक्ष तामाङ जसले खास गरेर आदिवासी जानजातिका मुद्दाहरूलाई सामाजिक आन्दोलनका रुपमा अन्तर्राष्ट्रिय फोरमहरूमा लामो समय सकारात्मक वकालती गर्दै आए । लामो समय सामाजिक आन्दोलनमा रहेर राजनीतिमा आउँदा स्थापित भइसकेका राजनीति र राजनीतिज्ञहरूसँग भएको व्यक्तित्व टकरावका कारण छुट्टै सङ्गठन निर्माण गरिएको भन्न सकिन्छ । किनभने यस मोर्चाका अध्यक्ष परशुराम तामाङसँग ताम्सालिङ नेपाल राष्ट्रिय दल छ । यो दलसँग सिद्धाततः मेल खाने अन्य दलहरू योभन्दा अगाडिनै बनिकसकेका छन् । त्यसमा सहभागी हुनुभन्दा छुट्टै दल निर्माण गर्नुले यसैलाई सङ्केत गर्दछ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी -संलोराप), यो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बाहिरिएर गएका समुह र अन्य फरक फरक पेशाबाट आएका मानिसहरूको राजनीतिक सङ्गठन हो । यो सङ्गठन निर्माणताका निक्कै उत्साहित रुपमा अघि बढिरहेको थियो । जनमानसमा यो समूहले सकारात्मक राजनीतिक निरन्तरता दिनसक्ला भन्ने अनुमान थियो । तर, फड्को मार्नेक्रममा राजनीतिक सन्तुलन ब्रि्रने गरी यस सङ्गठन चिप्लिएको छ । यस सङ्गठनका नेतृत्व लक्षमण थारु आन्तरिक निलम्बनपछि अर्कै सङ्गठनको नामबाट भूमिगत भएका छन् । यो सङ्गठनले संघीयवादी आन्दोलनमा भूमिका वा योगदान खोज्ने हो भने कि त पुरानै घर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा फर्केर काम गनर्ुंपर्छ कि त यस सङ्गठनमा आबद्ध चिन्तनशील दोस्रो युवा पुस्ताको नेतृत्वमा सारेर दीर्धकालीन योजनाबाट अघि बढ्नुपर्दछ । तथापि, यो बाटोबाट अहिलेको हुनुपर्ने संघीयवादीहरूको पार्टी आन्दोलनमा खासै योगदान हुन सक्दैन ।
आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चा -गणतान्त्रिक मोर्चा), यो मधेस मुक्ति आन्दोलन र आदिवासी मुक्ति आन्दोलनको मुलधारबाट हटेका र हटाइएका समूहहरूको सङ्गठन हो । यो सङ्गठनको लक्ष्य, उद्देश्य के हो भन्नेमा जनमानसमात्र होइन नेतृत्व आफै पनि दोधारमा छन् । संघीयवादी राजनीतिक शक्तिहरूसँग चोइटिएका कारण राज्यसत्ता भन्दापनि संघीयवादी शक्तिहरूसंगै उनीहरूको बढी द्वन्द्वात्मक सम्बन्ध रहेको छ । तथापि, यस मोर्चालाई पनि मूलधार बन्ने संघीयवादी आन्दोलनमा समेट्न सकियो भने राम्रै हुनेछ ।
राष्ट्रिय जनमुक्ति पार्टी, यो जातीय मुक्ति आन्दोलनलाई राजनीतिक रुपमा सङ्गठित गर्नै सबैभन्दा पुरानो सङ्गठन पनि हो । यस सङ्गठनका नेतृत्वहरूले नेपालको राजनीतिक गतिशीलतालाई बुझेको भए अहिलेको नेपालको राजनीतिमा महत्वपूर्ण स्थानमा हुने थियो । तर, शाही कदमको पहिलो शृङ्खलामा गोरबहादुरको महिला मन्त्री र शाही शासनकै हस्तक्षेपकारी माघ १९ मा एमएस थापाको र्समर्थनले यो दल जातीय मुक्ति कित्ताको होइन भन्ने जनमानसमा पर्नु अस्वभाविक थिएन । समय बितेपछि यो दल गणतन्त्रको लाइनमा त आयो तर जातीय मुक्ति आन्दोलनको नेतृत्वदायी मूल साख गुमाइसकेको छ । यो सङ्गठनले संघीयवादीहरूको पार्टी आन्दोलनलाई मूल नेतृत्व गर्ने साख त गुमाइसकेको भए पनि साहायक भूमिकामा बस्दा राम्रै हुनेछ ।
नेपाः राष्ट्रि पार्टी, यो संविधानसभासँगै जन्मेको संघीयवादी क्षेत्रीय दल हो । खास गरेर नेवाः क्षेत्रमा लामो समयदेखि राजधानी केन्द्रित एकात्मकवादी सङ्गठनहरूको कठोर उत्पीडनको बीचबाट जन्मिएको दल भएकोले संघीयताको पक्षमा यस सङ्गठनको सकरात्मक भूमिका रहनेछ । तर, यो दल संघीय क्षेत्रीकृत दलमात्र भएकोले उसँग क्षेत्रीय आन्दोलनका लागि जति सहज हुन्छ देशव्यापी हुने संघीयवादी आन्दोलनमान मिलाउन निक्कै मेहनत गर्नुपर्नेछ ।
यसप्रकार सबै संघीयवादी राजनीतिक सङ्गठनहरूको सङ्क्षिप्त समालोचनापछि किन विश्वमै आदिवासीहरू उत्पीडनको शिकार बनेका हुन् भनेर सोेच्न सान्दर्भिक हुनेछ । किनभने आदिवासीहरूमा केही त्यस्ता कमजोरीहरू छन् जसले पूरै उत्पीडनको डरलाग्दो खाडलमा हालिरहेको छ । माथि उल्लेखित नेपालका संघीयवादी सङ्गठनहरूको गतिविधिलाई नजिकदेखि हर्ेदा उनीहरूको प्रधान अन्तरविरोधक शक्ति एकात्मकवादीहरू हुन् भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि आपसमौ द्वन्द्वरत् छन् ।
सयौं वर्षछि देश संघीयतामा जाने कि एकात्मकताकै निरन्तरतामा रहने भन्ने मूल प्रश्नमा उभिएको छ । यो बेला सिद्धान्ततः संघीयवादी शक्तिहरू एकात्मकवादीहरूको विरुद्ध एक भएर लड्नु पर्नेमा स-साना फरक सङ्गठन र आन्दोलनमा छन् । जसले साररुपमा एकात्मकवादीहरूलाई नै बल पुगिरहेको छ । यस अवस्थामा यी संघीयवादी दलहरूको दुईटा विकल्प छन् पहिलो सबै संघीयवादी दलहरूबीच स्थायी मोर्चावन्दी गरी एकात्मकवादीहरू विरुद्ध पार्टी सङ्घर्षमा जानु र दोस्रो उल्लेखित सङ्गठनहरूमध्ये कुनै एक सङ्गठनले संघीयवादी सङ्गठनहरूबीचमै सकारात्मक विश्वास जित्दै एकात्मकवादी शक्तिहरूसँग पार्टी सङ्घर्षमा जानु रहेका छन् ।
संघीयवादी राजनीतिक सङ्गठनहरू एकठाउँमा उभिन नसक्नुमा सङ्गठनभन्दा पनि यो वा त्यो बहानामा मूल नेतृत्वहरूको सुपर इगोले नै बढी काम गरिरहेको छ । जानेर वा नजानेर बन्ने इगोहरू बढ्दै जाँदा पूरै मुक्तिका आन्दोलनहरू छरपष्ट भएका छन् । जति नै स-साना सङ्गठनमा विभाजित भएपनि आफै नै आन्दोलनको मुलधार हांै भन्ने भ्रमबाट जबसम्म नेतृत्वहरू माथि उठ्न सक्दैनन् तबसम्म आन्दोलन र सङ्गठन एकीकृत हुनसक्दैन । एकताविना गरिने कथित् मुलधारको सङ्घर्षले एकात्मकवादीहरूलाई भन्दा पनि कही न कहीँ संघीयवादीहरूलाइ नै नोक्सानी गरिरहेको छ । किनभने, संघीयवादीहरूबीचबाट मुलधार बन्नलाई अर्को संघीयवादी दल वा सङ्गठनलाई होच्याउनुपर्ने हृन्छ । यसले स्वतः द्वन्द्व निम्त्याउँछ र अहिलेसम्म संघीयवादीहरूको अर्न्तर्द्वन्द्व पनि त्यही नै हो ।
एकात्मकवादीहरू विरुद्ध संघीयवादीहरू एक भएर पार्टी सङ्घर्ष गर्नु सबैभन्दा बुद्धिमानी र दूरगामी दुबै हुनेछ । संघीयवादी राजनीतिक दलहरूको अहिलेम्मको चरित्रलाई हेर्दा एक नै भइहाल्ने स्थिति निक्कै न्युन छ । जसको प्रमुख कारण उल्लेखित सङ्गनका नेतृत्वहरूको व्यक्तित्व टकराव नै हो भन्न गलत हुनेछैन । तथापि, एक नहुने र सबै सङ्गठनहरू मिलेर एकीकृत सङ्घर्ष पनि नगर्ने हो भने माथि उल्लेखित कुनै एक संघीयावादी दलले तल उल्लेखित प्रश्नहरूको उत्तर दिएर अघि बढ्न सक्नुपर्दछ । यी प्रश्नहरूको राजनीतिक र व्यवाहारिक समाधान दिन सक्यो भने त्यही दल नै एकात्मकावादी दलसँग पार्टी राजनीतिक फाइनल खेलाडी बन्नेछ । त्यतिमात्र नभएर त्यही नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकल्पको राजनीतिक शक्ति पनि बन्ने छ ।
१. संघीयवादी राजनीतिक बृत्तमा यो सङ्गठन नै मूलधार हो भन्ने ठोस योजना कार्यक्रम र त्यस अनुसारको नेतृत्व दिन सक्नुपर्दछ । जुन नेतृत्वलाई अन्य संघीयवादी सङ्गठनहरूले स्वीकार गराउन सक्नुपर्दछ । र, बाँकीले सङ्गठनले स्वीकार्ने वातावरणको निर्माण गर्नसक्नुपर्दछ ।
२. तीन ठूला दल एमाले, कांग्रेस र माओवादी जातीय संघीयताको विरुद्धमा आन्तरिक सहमति गरेर अघि बढिरहेको अवस्थामा जातीय संघीयता गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि बस्तुगत ठोस योजनासहित संघीयवादी शक्तिहरूलाई एक ठाँउमा ल्याउन सक्ने बस्तुगत योजनासहितको रणनीतिक, कार्यनीति, कार्यदिशा र कार्यक्रम बनाउन र कार्यान्वयन गर्न सक्नुपर्दछ ।
३. आन्तररिक सङ्गठनको विस्तार सशक्त रुपमा अघि बढाउनु सक्नुपर्दछ ताकि जसले माओवादी काँग्रेस र एमालेसँग सबैखाले राजनीतिक प्रतिस्पर्धा गर्न सकोस र अन्य संघीयवादी सङ्गठनहरू त्यही सङ्गठनमा समेटिन विश्वस्त वा बाध्यात्मक स्थिथि बन्न सकोस ।
४. जनमानसबाट निरन्तर रुपमा उठ्दै आएको एकताको अनुत्ततरित प्रश्नको एकता अभियान मार्फ् सकारात्मक उत्तर दिँदै साङ्गठनिक जन जवाफदेहिता दिनसक्नुपर्दछ । मुल लक्ष प्राप्तिका लागि तत्कालीन प्राविधिक कुराहरूमा सङ्गठन वा त्यसका मुल नेतृत्वहरू अधिकतम लचकता देखाउन सक्नुपर्दछ ।
५. आन्तरिक र वाहिय शक्ति केन्द्रहरूसंग राजनीतिक सम्बन्ध स्थापित गर्दै जातीय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि सकारात्मक र्समर्थन जुटाउन सक्नर्ुपर्दछ ।
६. खास गरेर नेतृत्व पंक्तिमा देखिएको व्यक्तित्व टकरावलाई विश्वसनीय सामुहिक नृत्वमा रुपान्तरण र व्यवस्थापन गर्न सक्नुपर्दछ । साथै, नेतृत्वका साहयकहरूमा भएका आफूकेन्द्रित राजनीतिक चरित्र, नेतृत्वलाई आफ्नो स्वार्थका लागि गलत सल्लाह वा रिपोटिङ गर्ने खराव चरित्रबाट बाहिर आउनु सक्नुपर्दछ ।
अन्त्यमा, उल्लेखित ती तयारीहरूले पार्टी एकात्मक विरुद्धको संघीयवादी आन्दोलनका लागि तीन अनिवार्य पूर्वाधारहरूको वातावरण तयार गर्नेछ । पहिलो, एकता वा संघीयवादीहरूवीच हुने स्थायी मोर्चाबन्दीले निरन्तर रुपमा रहँदै आएको एकताको अनुत्तरित प्रश्नको उत्तरमात्र दिने छैन विजयको उत्साह र विश्वासकासाथ जनता आन्दोलित हुने वातावरण निर्माण हुनेछ । दोस्रो, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि बुद्धिजिबी, नगरिक समाज, आमसञ्चारकर्मी र मानवअधिकारकर्मी लगायतहरूले नबुझेर वा बुझपचाएर बिरोध गरिरहेका छन् त्यसलाई न्युनीकरण गर्न जरुरी छ । यो अभ्यासले त्यसले ती पक्षलाई आन्दोलित नै गर्न नसके पनि विरोधी गतिविधिलाई न्यूनीकरण गर्नेछ । तेस्रो, पार्टी आन्दोलनका लागि वर्तमान विश्वग्राम अर्न्तर्सम्बन्धबाट स्थापित दुईपक्षबीचको सहयोग वा र्समर्थनलाई कुटनीतिक रुपमा स्थापित गर्न सकिनेछ । सिद्धान्ततः जातीय संघीयतामा थुपै्र प्रश्नहरू रहेकाले मुक्तिका ती मुद्दाहरूमा देशभित्र र अन्तर्राष्ट्रिय समर्थन जुटाउन जरुरी छ । यी तीन आधारभुरुत र अनिवार्य पक्षहरूलाई मिलाउन सके एकात्मकवाद विरुद्ध संघीयवादी सङ्घर्षको विजय अवश्यम्भावी छ ।
Email: makhims@gmail.com
तस्वीरः एक आदिवासी व्यासी सौका महिला आफ्नो साँस्कृतिक नृत्यमा
मूल स्रोतः संघीय मासिक वर्ष६/७, पूर्णाङ्क ७, पुस-माघ २०६७

फाल्गुनन्दको अन्तर्वार्ता बिवादास्पद

चन्द्र मादेन "आन्छन्"
किरात धर्म तथा साहित्य उत्थान सघ हंङकङ्द्वारा सदाझैँ गत २० फेब्रुअरी २०११ का दिन स्थानीय मंङ्कीहिलमा बार्षिक गाली सराप बगाउने(साक्मुरा वादेम्वा) विशेष कार्यक्रम थियो | सोही कार्यक्रममा आयोजकद्वारा बिक्रीमा राखिएको (अन्य पुस्तकहरु मध्ये) “ महागुरु फाल्गुनन्दको रोमाञ्चक अन्तर्वार्ता ” भन्ने पुस्तक हंङकङ डलर ३० को मैले पनि खरिद गरेर ल्याएपस्चात मेरा माथिङ्लले दोहोर्याई तेहेर्याई अध्ययन गर्ने मौका पाए । किरात धर्मका गुरु अङ्सीमाङ् आत्मानन्द लिङ्देन सेईङ्, सविधान सभा अध्यक्ष सुवास नेम्वाङ र तत्कालिन स्थानीय विकास मन्त्री पूर्ण कुमार सेर्मा ज्युहरुदारा शुभकामना पत्र निकालिएको उक्त पुस्तकको शिर्षक र महागुरु फाल्गुनन्दको तस्वीरले जो कोहीलाई आकर्सीत गराउदछ | त्यसमा पनि मुहिगुम अङसिमाङ फाल्गुनन्दको आजीवन सेवा गर्नुहुने सबैभन्दा लामो समयसम्म बिताउनुहुने प्रिय चेलाहरुको रोमाञ्चकारी अन्तर्वार्ता साच्चिनै जीवन्त र सारगर्भित लाग्यो |
किरात धर्म प्रति समर्पित गर्नुहुने आदरणीय लेखक चन्द्र कुमार सेर्माद्वारा संकलन गरिएको उक्त पुस्तक बारेमा मेरा मस्तिस्कका आला काँचा अन्तर ह्रदयमा केहि जिज्ञासा र केहि कौतुहल खड्केकोले अवश्य पनि सम्बन्धित व्यक्तिले मेटाई दिनुहुनेछ भन्ने पूर्ण आशा गर्दछु |शुरुमै म यो कुराको अवगत गराउदछुकी म त्यस्तो विद्वान, बुद्दिजिवी र ज्ञाता होइन | नत मेरो आशय किरात धर्मको खोइरो खन्ने आलोचकनै हुँ, न मेरो अन्तर्वार्ताकार अथवा संकलकज्युसंग कुनै चिनजान अथवा कुनै त्यस्तो पूर्वाग्रही भावनानै छ,यति हो समग्र हामी किरातीहरुको मात्र नभएर सिंगो मानव र प्रत्येक प्राणीहरुको निम्ति ज्योतिपुञ्ज ईस्वरिय शक्ति प्राप्त गरि चम्किनुभएका महान विभूती महागुरु फाल्गुनन्द हजुर प्रति सम्बन्धित पुस्तक भित्र अन्तर्वार्ता दिनुहुने महानुभावहरुको कुरोको चुरो फरकभै बाझिएकोले गर्दा महामानव महागुरुको निम्ति पुस्तक लेखिदा अकाट्य सत्य हुनैपर्दछ | दुइजनाको दुइवटा कुरो दशजनाको दशवटा कुरो लेंखिदा भविष्यमा वंहाप्रति भ्रमभइ अविस्वाश बढ्न जालाकी अथवा स्महागुरुको लोकप्रियतामा आँच आउलाकी भन्ने कुरो हामी सबैले सजग र सतर्कता अपनाउनुपर्छ भन्ने मेरो मान्यता छ | म एउटा साधारण पाठक भएको नाताले सो पुस्तक भित्रका अमिल्दा कुराहरु निम्न टिप्पोणीको रुपमा प्रस्तुत गर्दछु |
१.परमधाम (परलोक) सम्वन्धमा ----
# सिलौटी कुटीमा आजीवन सेवा गर्नुहुने सिद्दिनन्द नेम्वाङले सो पुस्तकको पेज नं. ३५ मा ‘‘बिसाएको एकछिनमा दिउँसो २/३ वजे परलोक हुनुभएछ ’’ भनेर अन्तर्वार्ता दिनुभएकोछ |
# स्वयं मुहिगुम अँङसिमाङ फल्गुनन्दद्वारा शब्दी लिनुभएका नरदल नेम्वाङले सो पुस्तकको पेज नं. ६५ मा चाहिँ “५ दिनको अन्तिम बिहान ७/८ बजे परमधाम हुनुभयो” भनेर अन्तर्वार्ता दिनुभएको छ | यंहा स्वर्गको मिति एउटै भएता पनि समय फरक देखिन्छ |
२. खानपिनको सम्बन्धमा ------
# महागुरु फाल्गुनन्दका परमप्रिय चेला माङ्थुक्पा आनन्द शक्तिदाश (इन्द्रसिं हिराहाङ साम्पांग) ले सो पुस्तकको पेज नं. २१ मा “चिया दिनमा एकखेप, माङग्चढेको दिनचाहिँ रातिपनि पिउनुहुन्त्यो’’ | त्यस्तै पेज नं. २३ मा “मर्दापर्दा स्वयं गुरुले रक्सी मुखमा खुवाउनुभयो, त्यसदिन (मुर्छा परेको दिन) देखिमात्र वाण हान्न र रक्सीपिउन शुरु गरेको हुँ” भनेर वोल्नुभएको छ |
# प्रियचेलाहरु मध्येनिकै नजिक हुनपुग्ने महागुरु स्वयंको १२/१३ वर्ष भान्से गर्नुभएका दल बहादुर नेम्वाङ (वाला गुरु)ले पेज नं. ५५ मा “दूध दहीनखाने,खानासंग पनि नखाने -- -- -- -- चियाचाही प्रसस्तै चाहिने” भनेर लेखिएको छ |
# महागुरुका अर्का चेला रामकर्ण इङग्नामले ताप्लेजुंगको आठराई,निगुरादीन, चिलिंग्से मांगहिम हुदै खाम्लालुंग भन्ने स्थानमा आगमन हुँदा पेज नं. ८१ मा “पहिम कान्छाले सेवा पुजागरि घरमा ल्याई परिक्रमा गराई घरभित्र भित्र्याई दूध दही खुवाई गुरुको स्वागत गरेपछि केनु केवार भनि आशिर्वाद दिनुभयो” |सोहि पेजको अर्को हरफमा “अलिकति रक्सी दिएर महागुरुले भन्नुभयो अलिकति तँ खा है” भनेर अन्तर्वार्ता दिनुभएको छ |
माथि लेखिएको कुरोहरुलाई स्पष्टपारी चर्चा गर्नुपर्दा महागुरुको परमधाम (स्वर्ग)को समय नेम्वाङले “दिउँसो २,३ वजे परलोक हुनुभयो” भन्नुभएकोछ भने उता नेम्वाङलेचाहिँ “विहान ७,८ वजे परमधाम हुनुभयो” भनेर अन्तर्वार्ता दिनुभएकोछ | पाठकहरुले कस्को कुरोलाई सहि मान्ने ?
यहाँ महागुरु फल्गुनन्दकै बिषयमा गहिरिएर हेर्दा माँगथुक्पा भन्नुहुन्छ “चिया दिनमा एकखेप, केवल माङ चढेको दिनचाहिँ रातिपनि पिउनुहुन्त्यो” भनेर | उता वालागुरु नेम्वांगलेचाहिँ “चियाचाहिँ प्रसस्तै चाहिने” भनेर तर्क दिनुभएको छ | कस्को कुरोलाई सत्य आधार मान्ने ?
त्यस्तै वालागुरु नेम्वागंले “दूध दही नखाने खानासंग पनि नखाने”भन्नुभएकोछ भने इन्गनामले चाहिँ “दूध दही खुवाई गुरुको स्वागत गरेपछि” भनेर अर्को तर्क दिनुभएकोछ | कस्को तर्कलाई सत्य आधार मान्ने ?
त्यस्तै मांगथुक्पा शक्तिदाशलेनै “मर्दापर्दा स्वयं गुरुलेनै रक्सी मुखमा खुवाउनुभयो (अनि आफूले पनि) त्यहाँवाट रक्सी पिउन शुरु गरेको हुँ” भन्नुभएको छ, र रामकर्ण इंगनामले पनि “अलिकति रक्सी दिएर महागुरुले अलिकति तँ खा है” भन्नुभएकोछ भने फेरि उतापट्टी थेवेले चाहिँ गुरुको उपदेश “सत्य आहार,सत्य विहार र सत्य व्यवहार र लावतीले पनि चोखो र सुध्द आहारा मात्र खानुहुन्थ्यो” भनेर ठोकुवा दिनुभएकोछ |यंहा दुई,दुईजना चारजनाको कुरा प्रतिद्वन्द्वीझै वाझिएको छ | मुख्य कुरो महागुरुले मदिरापान जांडरक्सी सेवन गर्नुहुन्थ्यो या हुदैनथियो | यो पुस्तकको आधारमा कुरा प्रष्ट भएन | ककस्को कुरोलाई शास्वत सत्य अभिलेख मान्ने ?
वि. स. १९८८ बैशाकमा तत्कालिन निरकुंश राणा शासन सन्तापको समयमा पनि कुसंस्कार र कुसस्कृति अन्धकार भित्र रुमल्लिरहेको किरात समुदायलाई झक्झक्याउन महागुरु फाल्गुनन्दले लिम्वुवान सत्रथुमका किरात समुदायलाई भेला गराई कचहरी बसी १० वटा सत्य धर्मका मुचुल्का उठाउनुभएको कुरो सवैमा सर्वबिधितै छ | ति महान प्रमुख प्रस्तावहरू मध्ये “मदमांस त्याग” भनि स्पष्ट प्रतिपादन गरिएको थियो |र आज पनि अधिकांस किरात धर्मावलम्वीहरु एवं सत्यहाँवाहरु जाँड रक्सी माछा मासु प्रयोग गर्दैनन् | तर पुस्तकभित्र दुईजना (मांगथुक्पा शक्तिदाश र रामकर्ण इंगनाम)ले अन्तर्वार्तामा चाहिँ महागुरुले रक्सी पिउनुभएको र रक्सी सिकाउनुभएको भनि जिकिर दिनुभएकोछ |
३. एउटा व्यक्तिको दुइवटा अन्तर्वार्ता र विवरण भिन्दाभिन्दै --------
सोही पुस्तक महागुरु फाल्गुनन्द वारे रोमाञ्चक अन्तर्वार्तामा अर्को अनौठो कुरो एकजना व्यक्ति गुरुका चेला राम प्रसाद थेवेको (एउटै तस्विरमा) दुईठाउँ अन्तर्वार्ता छ | सोही पुस्तकको पेज नं. १३ देखि पेज नं. १९ सम्म एकठाउँ छ भने, अर्कोठाउँ पेज नं. ४४ देखि ५२ सम्म छ | योत भए सामान्य गल्ति, तर थेवेको उमेर वि.सं. १९७९ भनि पेज नं. १३ मा लेखिएको छ भने, पेज नं. ४५ चाहिँ जन्ममिति वि.सं. १९७५ लेखिएको छ | त्यस्तै अर्को विरसिलो उल्का पेज नं. १४ मा “थेवे सात छोरा र पाँच छोरीका धनी” लेखिएको छ भने, थेवेकै अर्को अन्तर्वार्ता पेज नं. ४५ मा चाहिँ “चार छोरा र पाँच छोरी” लेखिएको छ | यसरी एउटै पुस्तकभित्र दुईवटा अन्तर्वार्तामा पनि परिचयको क्रममा उमेर र छोरा-छोरी फरक लेखिनुले पाठक समुदायमा बुझ्न गाह्रोभई महत्वहिन लाग्लाकी !
अन्त्यमा; पुस्तकभित्र साच्चिनै जीवन्तकारी रोमाञ्चक अन्तर्वार्ताले मीठो गुदी पाइएता पनि केहिकुरो पुस्तक भित्रकै कुरो वाझिएकोले केहि गुदी कुहिएर दुर्गन्ध फैलाई हाम्रा महान विभूति, दार्शनिक, महागुरु फाल्गुनन्द प्रति भ्रम सृजनाभै नकारात्मक दृष्टिकोण पर्न जालाकी भनि सम्पूर्ण नेपाली सचेत र सतर्क हुन नितान्त आवश्यक छ | तागेरा निंग्वाफुमाङले हामी सवैको कल्याण गरुन |