चन्द्र मादेन "आन्छन्"
किरात धर्म तथा साहित्य उत्थान सघ हंङकङ्द्वारा सदाझैँ गत २० फेब्रुअरी २०११ का दिन स्थानीय मंङ्कीहिलमा बार्षिक गाली सराप बगाउने(साक्मुरा वादेम्वा) विशेष कार्यक्रम थियो | सोही कार्यक्रममा आयोजकद्वारा बिक्रीमा राखिएको (अन्य पुस्तकहरु मध्ये) “ महागुरु फाल्गुनन्दको रोमाञ्चक अन्तर्वार्ता ” भन्ने पुस्तक हंङकङ डलर ३० को मैले पनि खरिद गरेर ल्याएपस्चात मेरा माथिङ्लले दोहोर्याई तेहेर्याई अध्ययन गर्ने मौका पाए । किरात धर्मका गुरु अङ्सीमाङ् आत्मानन्द लिङ्देन सेईङ्, सविधान सभा अध्यक्ष सुवास नेम्वाङ र तत्कालिन स्थानीय विकास मन्त्री पूर्ण कुमार सेर्मा ज्युहरुदारा शुभकामना पत्र निकालिएको उक्त पुस्तकको शिर्षक र महागुरु फाल्गुनन्दको तस्वीरले जो कोहीलाई आकर्सीत गराउदछ | त्यसमा पनि मुहिगुम अङसिमाङ फाल्गुनन्दको आजीवन सेवा गर्नुहुने सबैभन्दा लामो समयसम्म बिताउनुहुने प्रिय चेलाहरुको रोमाञ्चकारी अन्तर्वार्ता साच्चिनै जीवन्त र सारगर्भित लाग्यो |
किरात धर्म प्रति समर्पित गर्नुहुने आदरणीय लेखक चन्द्र कुमार सेर्माद्वारा संकलन गरिएको उक्त पुस्तक बारेमा मेरा मस्तिस्कका आला काँचा अन्तर ह्रदयमा केहि जिज्ञासा र केहि कौतुहल खड्केकोले अवश्य पनि सम्बन्धित व्यक्तिले मेटाई दिनुहुनेछ भन्ने पूर्ण आशा गर्दछु |शुरुमै म यो कुराको अवगत गराउदछुकी म त्यस्तो विद्वान, बुद्दिजिवी र ज्ञाता होइन | नत मेरो आशय किरात धर्मको खोइरो खन्ने आलोचकनै हुँ, न मेरो अन्तर्वार्ताकार अथवा संकलकज्युसंग कुनै चिनजान अथवा कुनै त्यस्तो पूर्वाग्रही भावनानै छ,यति हो समग्र हामी किरातीहरुको मात्र नभएर सिंगो मानव र प्रत्येक प्राणीहरुको निम्ति ज्योतिपुञ्ज ईस्वरिय शक्ति प्राप्त गरि चम्किनुभएका महान विभूती महागुरु फाल्गुनन्द हजुर प्रति सम्बन्धित पुस्तक भित्र अन्तर्वार्ता दिनुहुने महानुभावहरुको कुरोको चुरो फरकभै बाझिएकोले गर्दा महामानव महागुरुको निम्ति पुस्तक लेखिदा अकाट्य सत्य हुनैपर्दछ | दुइजनाको दुइवटा कुरो दशजनाको दशवटा कुरो लेंखिदा भविष्यमा वंहाप्रति भ्रमभइ अविस्वाश बढ्न जालाकी अथवा स्महागुरुको लोकप्रियतामा आँच आउलाकी भन्ने कुरो हामी सबैले सजग र सतर्कता अपनाउनुपर्छ भन्ने मेरो मान्यता छ | म एउटा साधारण पाठक भएको नाताले सो पुस्तक भित्रका अमिल्दा कुराहरु निम्न टिप्पोणीको रुपमा प्रस्तुत गर्दछु |
१.परमधाम (परलोक) सम्वन्धमा ----
# सिलौटी कुटीमा आजीवन सेवा गर्नुहुने सिद्दिनन्द नेम्वाङले सो पुस्तकको पेज नं. ३५ मा ‘‘बिसाएको एकछिनमा दिउँसो २/३ वजे परलोक हुनुभएछ ’’ भनेर अन्तर्वार्ता दिनुभएकोछ |
# स्वयं मुहिगुम अँङसिमाङ फल्गुनन्दद्वारा शब्दी लिनुभएका नरदल नेम्वाङले सो पुस्तकको पेज नं. ६५ मा चाहिँ “५ दिनको अन्तिम बिहान ७/८ बजे परमधाम हुनुभयो” भनेर अन्तर्वार्ता दिनुभएको छ | यंहा स्वर्गको मिति एउटै भएता पनि समय फरक देखिन्छ |
२. खानपिनको सम्बन्धमा ------
# महागुरु फाल्गुनन्दका परमप्रिय चेला माङ्थुक्पा आनन्द शक्तिदाश (इन्द्रसिं हिराहाङ साम्पांग) ले सो पुस्तकको पेज नं. २१ मा “चिया दिनमा एकखेप, माङग्चढेको दिनचाहिँ रातिपनि पिउनुहुन्त्यो’’ | त्यस्तै पेज नं. २३ मा “मर्दापर्दा स्वयं गुरुले रक्सी मुखमा खुवाउनुभयो, त्यसदिन (मुर्छा परेको दिन) देखिमात्र वाण हान्न र रक्सीपिउन शुरु गरेको हुँ” भनेर वोल्नुभएको छ |
# प्रियचेलाहरु मध्येनिकै नजिक हुनपुग्ने महागुरु स्वयंको १२/१३ वर्ष भान्से गर्नुभएका दल बहादुर नेम्वाङ (वाला गुरु)ले पेज नं. ५५ मा “दूध दहीनखाने,खानासंग पनि नखाने -- -- -- -- चियाचाही प्रसस्तै चाहिने” भनेर लेखिएको छ |
# महागुरुका अर्का चेला रामकर्ण इङग्नामले ताप्लेजुंगको आठराई,निगुरादीन, चिलिंग्से मांगहिम हुदै खाम्लालुंग भन्ने स्थानमा आगमन हुँदा पेज नं. ८१ मा “पहिम कान्छाले सेवा पुजागरि घरमा ल्याई परिक्रमा गराई घरभित्र भित्र्याई दूध दही खुवाई गुरुको स्वागत गरेपछि केनु केवार भनि आशिर्वाद दिनुभयो” |सोहि पेजको अर्को हरफमा “अलिकति रक्सी दिएर महागुरुले भन्नुभयो अलिकति तँ खा है” भनेर अन्तर्वार्ता दिनुभएको छ |
माथि लेखिएको कुरोहरुलाई स्पष्टपारी चर्चा गर्नुपर्दा महागुरुको परमधाम (स्वर्ग)को समय नेम्वाङले “दिउँसो २,३ वजे परलोक हुनुभयो” भन्नुभएकोछ भने उता नेम्वाङलेचाहिँ “विहान ७,८ वजे परमधाम हुनुभयो” भनेर अन्तर्वार्ता दिनुभएकोछ | पाठकहरुले कस्को कुरोलाई सहि मान्ने ?
यहाँ महागुरु फल्गुनन्दकै बिषयमा गहिरिएर हेर्दा माँगथुक्पा भन्नुहुन्छ “चिया दिनमा एकखेप, केवल माङ चढेको दिनचाहिँ रातिपनि पिउनुहुन्त्यो” भनेर | उता वालागुरु नेम्वांगलेचाहिँ “चियाचाहिँ प्रसस्तै चाहिने” भनेर तर्क दिनुभएको छ | कस्को कुरोलाई सत्य आधार मान्ने ?
त्यस्तै वालागुरु नेम्वागंले “दूध दही नखाने खानासंग पनि नखाने”भन्नुभएकोछ भने इन्गनामले चाहिँ “दूध दही खुवाई गुरुको स्वागत गरेपछि” भनेर अर्को तर्क दिनुभएकोछ | कस्को तर्कलाई सत्य आधार मान्ने ?
त्यस्तै मांगथुक्पा शक्तिदाशलेनै “मर्दापर्दा स्वयं गुरुलेनै रक्सी मुखमा खुवाउनुभयो (अनि आफूले पनि) त्यहाँवाट रक्सी पिउन शुरु गरेको हुँ” भन्नुभएको छ, र रामकर्ण इंगनामले पनि “अलिकति रक्सी दिएर महागुरुले अलिकति तँ खा है” भन्नुभएकोछ भने फेरि उतापट्टी थेवेले चाहिँ गुरुको उपदेश “सत्य आहार,सत्य विहार र सत्य व्यवहार र लावतीले पनि चोखो र सुध्द आहारा मात्र खानुहुन्थ्यो” भनेर ठोकुवा दिनुभएकोछ |यंहा दुई,दुईजना चारजनाको कुरा प्रतिद्वन्द्वीझै वाझिएको छ | मुख्य कुरो महागुरुले मदिरापान जांडरक्सी सेवन गर्नुहुन्थ्यो या हुदैनथियो | यो पुस्तकको आधारमा कुरा प्रष्ट भएन | ककस्को कुरोलाई शास्वत सत्य अभिलेख मान्ने ?
वि. स. १९८८ बैशाकमा तत्कालिन निरकुंश राणा शासन सन्तापको समयमा पनि कुसंस्कार र कुसस्कृति अन्धकार भित्र रुमल्लिरहेको किरात समुदायलाई झक्झक्याउन महागुरु फाल्गुनन्दले लिम्वुवान सत्रथुमका किरात समुदायलाई भेला गराई कचहरी बसी १० वटा सत्य धर्मका मुचुल्का उठाउनुभएको कुरो सवैमा सर्वबिधितै छ | ति महान प्रमुख प्रस्तावहरू मध्ये “मदमांस त्याग” भनि स्पष्ट प्रतिपादन गरिएको थियो |र आज पनि अधिकांस किरात धर्मावलम्वीहरु एवं सत्यहाँवाहरु जाँड रक्सी माछा मासु प्रयोग गर्दैनन् | तर पुस्तकभित्र दुईजना (मांगथुक्पा शक्तिदाश र रामकर्ण इंगनाम)ले अन्तर्वार्तामा चाहिँ महागुरुले रक्सी पिउनुभएको र रक्सी सिकाउनुभएको भनि जिकिर दिनुभएकोछ |
३. एउटा व्यक्तिको दुइवटा अन्तर्वार्ता र विवरण भिन्दाभिन्दै --------
सोही पुस्तक महागुरु फाल्गुनन्द वारे रोमाञ्चक अन्तर्वार्तामा अर्को अनौठो कुरो एकजना व्यक्ति गुरुका चेला राम प्रसाद थेवेको (एउटै तस्विरमा) दुईठाउँ अन्तर्वार्ता छ | सोही पुस्तकको पेज नं. १३ देखि पेज नं. १९ सम्म एकठाउँ छ भने, अर्कोठाउँ पेज नं. ४४ देखि ५२ सम्म छ | योत भए सामान्य गल्ति, तर थेवेको उमेर वि.सं. १९७९ भनि पेज नं. १३ मा लेखिएको छ भने, पेज नं. ४५ चाहिँ जन्ममिति वि.सं. १९७५ लेखिएको छ | त्यस्तै अर्को विरसिलो उल्का पेज नं. १४ मा “थेवे सात छोरा र पाँच छोरीका धनी” लेखिएको छ भने, थेवेकै अर्को अन्तर्वार्ता पेज नं. ४५ मा चाहिँ “चार छोरा र पाँच छोरी” लेखिएको छ | यसरी एउटै पुस्तकभित्र दुईवटा अन्तर्वार्तामा पनि परिचयको क्रममा उमेर र छोरा-छोरी फरक लेखिनुले पाठक समुदायमा बुझ्न गाह्रोभई महत्वहिन लाग्लाकी !
अन्त्यमा; पुस्तकभित्र साच्चिनै जीवन्तकारी रोमाञ्चक अन्तर्वार्ताले मीठो गुदी पाइएता पनि केहिकुरो पुस्तक भित्रकै कुरो वाझिएकोले केहि गुदी कुहिएर दुर्गन्ध फैलाई हाम्रा महान विभूति, दार्शनिक, महागुरु फाल्गुनन्द प्रति भ्रम सृजनाभै नकारात्मक दृष्टिकोण पर्न जालाकी भनि सम्पूर्ण नेपाली सचेत र सतर्क हुन नितान्त आवश्यक छ | तागेरा निंग्वाफुमाङले हामी सवैको कल्याण गरुन |
2 comments:
chandra kumar sherma jasto fataha le lekheko pani sahi hunchha ta ani?
chandra kumar sherma jasto fataha le lekheko pani sahi hunchha ta ani?
Post a Comment