Apr 4, 2011

लिम्बुवानी आधुनिक पालाम्

फेदापहाङ्ग द्धितिय -भगत सुब्बा)

कुलाङ ताक्मा (भूमिका)
अनुष्ठान-भूमिका बाध्ने बिधागत बिधिको बिबरण । धान नच्न सुरु गर्दा पध्यात्मक शैलिको छन्दात्मक सम्वादबाट उठान गरी सम्बोधन गरिने परापूर्वकाल देखी चलिआएको परम्परालाई सत्रथुम दश लिम्बुवादको सांगीतिक थितिभित्रको रिती मानिन्छ । जस्लाई याक्थुङ्ग (लिम्बु) भाषामा कुलाङ्ग ताक्मा (स्वागत अभिवादन सहितको) सम्बोधन भनिन्छ । यो नियमको पालना नगरी सिधै सवाल जवाफमा गाउन थालेमा त्यस्तो ब्यक्तिलाई अशिष्ट , असभ्य र जंगली स्वभावको ठानिन्छ । त्यसैले युवा युवतीहरु हात समातासमात गरेर निक्कै लामु समयसम्म एक आपसमा बार्गेनिङ्ग गर्दै भाले बास्छ कि पोथी बास्ने ? होइन तपाई शुरु गर्नुहोस न ? भन्दै फनफनी घुमिरहन्छन । अप्ठयारो के छ भने,बिधिगत उठानको सम्बोधन नगरी लाम्बरी तान्न पाइन्दैन । त्यसैले सबैभन्दा जान्ने तरुनी या तन्देरीलाई अगी लाउने चलन छ । तर सम्बोधन तुरेपछी भने जो कोही पनि अगी लागी लाम्बरी तान्न सक्दछ । हिजोआज यो नियमहरु हराउदै जान लागेकोले,धान नाच र पा लामबारे केही जान्न वा सिक्न चाहने भाई बहिनीहरुलाई थोरै भए पनि केही सहयोग पुग्ला कि भन्ठानेर यो ब्लगका कार्यकारिणी निर्देशक,सम्पादक श्री टंक सम्वाहाम्फे, ज्यूको बिशेष परामर्शमा लेख्न थालेको हुँ । छन्दबारे । प्युर सिक्येन्समा लेख्दा नया पिढीका युवा युवतीहरुमा भाषाको समस्या हुनाले यहा लेख्न लागिएको पा लाम डर्टी सिक्येन्समा प्रस्तुत गरी,केही सिकाउंदै तपाईहरुलाई बिशेष किसिमको मनोरन्जन गराउने बिचारले लिम्बु साङगीतिक बिधा पा लामको कोलम राखिएको ब्यहोरा अनुरोध गर्दै,धनकुटाको चौबिसे बुडी मोरङ्ग गा.बि.स.बस्ने नव यौवन थाङ्गबेन (केटा)बाट शुरु गरिएको पा लाम गाउँदै अब म यहाँहरुको सुकोमल बाहुली समाती या,लाङ्ग (धान नाच) नाच्न शुरु गर्न लागें है त । या,लाङ्ग को नेपालीमा शाब्दिक अर्थ पूर्खाको बाटो अर्थात मुन्धूमी याक्थुम्बा पूर्खाहरुले नाच्दै गाएर आएको मूलबाटो भनेर बुझनु पर्ने हुन्छ । धन्यवाद,आसेवारो,जय लिम्बुवान
कुलाङ्ग ता,क
(१)
ए लिम्बुवानओरी कट्ठैबरी,
कस्तोमा राम्रो अक्खेलरी ।
फाक्थुप्पि फाला फातुमेल्ले,
कुखेम्सो पनु आदुमेल्ले ।
(२)
ए चारकुने च्याटटै आगनैमा,
मुन्धुमी आम्फो दलानैमा ।
पानसोली चाम्रो कस्तो राम्रो,
भेटैसो हुँदा नि तप्पाई हाम्रो ।
(३)
ए पुर्खाउली चलन थितिराखी,
मुन्धुमी आम्फो लिपिराखी ।
लिपेको कुसङ्गमाङ्ग थानैमाथी,
दुबो र ढुङगो साँक्षी राखी ।
(४)
पूर्खाको पा लाम गाउँदैगाउँदै,
याक्थुङ्गबै या,लाङ्ग नाचिराखौं ।
पहिलो भेटयो आउँदाआउँदै,
पिरति छाँयान गाँसिराखौ ।।
(५)
साँछी यो दुबोलाई छोइराखी,
भाकेको ढुङगालाई ढोगिराखौं ।
यो नौलो जोवन खेलार्इराखी,
बोली र बचन साटिराखौं ।।
(६)
ए रंगपानी चिया सेलाउँदै,
यो नौलो जोवन खेलाउँदै ।
आकाशकी तारा मेनै होला,
नाचिमा राखौं जेनै होला ।।
(७)
ए चान्चुने पैसा गन्दै लाँदा,
यो मनको कुरो भन्दै लाँदा ।
छेउ टुप्पै काटी फुङसुबारो,
भूल गल्ती क्षमान युङसुबारो ।।
ए चौबिसै थुम्को नाङगिमासे ,
आबेरे खेम्मा शाङगीमासे ।
गा.बि.स .पर्यो बुडीमोरङ्ग ,
थरैमा गारो भो कसो गरौं ।।
(१२)
मिक्ला जुङ्ग भन्थे आन्छेन उहिले,
धनकुटा जिल्लारो अचेल अहिले ।
छिमेकी चेम्जोङ्ग नु याक्खाहाङ्ग छन,
बोली र बचनमा शेक्खामाङ्ग छन ।।
(१३)
छिमेकी याक्थुङ्ग र्इ वा हाङ्ग हा,
थेगिमसा फत्र , नु चबेगु हा ।
फेदापे , पन्धाक नु तबेगु हा,
सन्यक्पा ,नुगो ,नु इङनाफे,वा ।।
(१४)
दसीओ प्रमाण साँछी चुम्हा,
थेगिमहाङ्ग सेम्मु,र्इ ढुङगे लुङहा, ।
देउराली देउतालाई साँक्षी राखी,
यो कुसङ्ग मायान् राखी भाकी ।।
(१५)
आम्बी ए
आबोङदेन लाजे,ग मिक्लाजोङ्गलो ,
इच्छिङम्याङ्ग ते,मेल्ले मिक्वा थङ्गलो ।
क,नान्थाङ्ग फेन्छङ्ग ख्वाफोक शाङफे ,
चुप्सङ्ग ना थाम्बीरो कुर्ले पाङफे ।।
अचनाकै तरुनीले झ्याप्प पारी पञ्जाको औंलीहरु निचोरी । केटोले लुङासाहेबको अनुहारमा आँखा जुदाउँदा भुर्इतिर हेरेर केटी मुसुक्क हाँसिन । फुङ्गनामले केटीको हात छोडी सम्मानसाथ पुरै झुकेर भुँइसोरी सेवा-नमास्कार) गर्यो । त्यसपछी सप्पैले तेसैगरे । र केटीहरु सबै ठुलो ढुङगो मुन्तिर गए र केटाहरु मास्तिर । एकैछिन वातावरण चकमन्न भयो । १५,२०मिनेट पछि फेरि पुन नाच्ने र गाउँने क्रमको थालनी हुन्छ ।
(१६)
ए तेम्फो यो हाक्पारा सदमैटार,
याक्चाना खेवानु ताम्बरैपार ।
थोन्थाङ्ग थो बधे मौना बु धुक,
थेगिम्मै मासा लाहचो,हाङ्ग पोक ।।
(१७)
ए चारै सूर बाँधी किल्लामुरो,
धनकुटा आल्लोबा जिल्लामुरो ।
चुप्सङ्ग नु फेन्छङ्ग च्यासाङ्गहेन्छाङ्ग,
ता,चेङ्गपान कुइ,ल मेदानेन्छाङ्ग ।।
(१८)
ए खुवाथोक पाङफे चि नाना ने ,
साम्यक्हाङ्ग मिङस्राल्ले कुन्दाङ्गखुने ।
सन्यक्पा सुहाङ्ग ग ख्वाफोक्केसी ,
सुन्तोला ब्यापारी लाफक्केसी ।।

(१९)
साम्यक्हाङ्ग (सन्यक्पा)का बंशजहरु ।
ए लाङ्ग पेबा,तुम्बा,पिप्पोम्बाहा,
नयङबा,तुम्सा नु चि,एप्पाहा ।
ए कात्तुवातोली मिठो बोली,
मङका र्इ, थल्लङ्ग आत्तिकोनी ।।
(२०)
ए नामयोबा,युङसिङ्ग नु थक्सुबाहा,
साम्माङ्गङे सिच्छिङ्गङाङ्ग यक्सुबाहा ।
फाक्लेच्छा कोत्नु वायेल्ले खा,
इराङ्ग नु हिरोङ्गगे पोख्याङ्ग तेबा ।।
(२१)
ख्वाफोक्के आन्देङ्ग सुहाङ्गबासी,
थिक्पाला चुम्तेङ्ग कुहाङ्गबासी ।
ए खुवाथोके मिङला सेनुसेनु,
हम्भानी इङलान फेनु फेनु ।।
(२२)
ए काम्पसै हाने आब भने,
कुस्सुम नु कुबेन आत्ति हने ।
फुङसाप्ला लेखी तिहां देखी,
उत्तरै पोङलो यहां देखी ।।
(२३)
ए याक्थुङहाङ्ग सामा लुङाफुङ्गसे,
शेक्मूरी कुन्दाङ्ग मुन्धूम सुङ्गसे ।
इकताप्पे खेम्नु उम्फुङ्ग तुम्से,
उम्फुङ्गङे उम्नु इक्ला उङसे ।।
(२४)
आम्बी
ए । बधेनु बुधुक हाराहारी,
कन आन्छी मायान् बराबरी ।
थे लेम्याङ्ग होप्साङ्ग पाच्छुरो,
पाङफेसा मिङस्राहा, वान्छुरो ।।
(२५)
ए सिङबुङ्गङे यम्बा तेङगो,न्ना,
बेङगाना छेउछाउ येङगो,न्ना ।
ए मायाँलु हाजार डाँडाबजार,
सबैले रोज्ने राम्रो नजर ।।
(२६)
ए मुन्धुमले भन्छ एकै जातको,
याक्खा नु याक्थुङ्ग एकै आँतको ।
टिपोटै राखी किपोट धान्ने,
अमाली राजा सुब्बा भन्ने ।।
(२७)
याक्खा र याक्थुङ्ग काँदै मिलार्इ,
लक्खेत्ल नु सुम्बा तपी लगाई ।
बुटजुत्ता कस्सी सिरुपाते,
खुक्कुरी भिरी घुम्न जान्थे ।।
(२८)
देबी र देउतालाई सम्झेर,
जाले त्यो रुमाल हल्लाउदै ।
मायाँलु ज्यानलाई सम्झेर,
पकन्दी खेली थर्काउदै ।।
(२९)
पालामको तुक्का गाँसी गाँसी,
राम्रो त्यो रुपमा हाँसी हाँसी ।
हेरिरहुँ जस्तो नि दन्तै राम्रो,
याक्खा,याक्थुङ्गको अन्तै राम्रो ।।
(३०)
ए चौबिसै थुम्को नागिमासे,
आबेरा काप्ला साँगिमासे ।
सोलिपान चाम्रो कस्तो राम्रो,
लिम्बुकै रित्ती तपार्इ हाम्रो ।।
(३१)
फुङ्गमाला गाँसी लागाउदै,
हातमा हात समाउदै ।
थेगुनु मँवा हा, तेप्नुतेप्नु ।
मुन्धुमी खाम्बेक येप्नुयेप्नु ।।

आफ्नो छिमेकी गाउँले याक्खालिम्बुहरुको बंशावली सुनाउँदै ।
(३२)
तुङखालाम छाला, मारेन, कङग्रेङ्ग,
लाप्चे नु यङयाङ्ग लुम्बा, सङग्रेङ ।
मेवाहाङ्ग,सि,लिङगे,याङदेम्बाहा,
लिम्बुखिम ,हम्बा,माङदेम्बाहा, ।।
(३३)
चार्को ले,चिक्ताङ्ग ,लिङखाहिम्ओ,
अक्खेफा,तेन्हाङ्ग,मादेन चिम्ओ ।
हङहङ्गबा, छङखरेङ्ग, पुत्लुङहाङ्गओ,
थाम्फरा,लाबुङ्ग,हम्देन्हाङ्गओ ।।
(३४)
ए इम्सङ्गनु खजुम,पापोसाहा,
पेने नु इङवा फाफोबाहा, ।
किपोटी लाजे लिम्बुवानओ,
हुक्सोए काम्नु मेलाङबारो ।।
(३५)
ए सक्रकपा यो यो लहरुङ्ग चुम्नु,
केलाङनु थेङ्गथेङ्ग साम्लोमनारो ।
ए लहरुङ्गगेलिम्बु याक्थुङ्गहा,नु
कुस्रक्पै लाङनु साम्लोमनारो ।।
(३६)
आबाङफे खिर्लिबा आन्देङ्ग चुम्हा,
पाङफे,सा तुम्बा मुन्धूम फुङ्गहा, ।
सिक्कुम्मेलुम्ओ फुक्खुङसिङ्गङाङ्ग,
अम्भासो लरीनी इत्तुङसिङ्गङाङ्ग ।।
(३७)
साम्सोरी सिङला सोन्थाक्नु,
मा लाजे इङला ओन्दाक्नु ।
डाँडा है बजार चाबिसैका,
अक्खेल्ले आम्बी रमितै भो ।
(३८)
मसलै किन्ने पसलको,
पसले भन्दा असलको ।
तिनपाने रक्सी चाखौंकी ,
दु,खीको बचन राखौंकी ।।
(३९)
यस्तै पो छ नि म जन्मेको ठाउँ,
त्येस्तै पो छ है म हुर्केको गाउँ ।
तम्बरै फाँटको हिमाली काख,
थेगुनु मँवा भन्ज्याङ्गको साथ ।।
(४०)
अमृत्तै जस्तो हावैपानी,
रमाइलो जत्तै डाँडैखानी ।
झरनाको पानी खाइरहु जस्तो,
नछुटने मायाँ लार्इरहुँ जस्तो ।।
(४१)
तितेलाई पाती च्वाट्टै काटी,
देउराली माथी पाती राखी ।
नौ सिङगे भाले राखी थाँती,
सुङगुरकै पाठो भाकी राखी ।।
(४२)
सिङवाली काटी स्याउलाको,
रहरै वा साक्का ब्याउलाको ।
गाउँघरको चलन यस्तै भोना,
सोधानी बिन्तीरो कस्तो होला ।।
(४३)
ए तिर्थैको देउता गाउँघरको भूत,
दाजु भाई फुटेमा शत्रुको लुट ।
सम्पत्ती ठुलोमु छिमेकी कुल,
ज्ञानैकी भण्डार निहीको मूल ।।
(४४)
ए हामी त हजुर गाउँघरैको,
पहाडी कुना यो कन्दारैको ।
पाखालाई भित्ता ना सुर्केको ,
पर्बत्तै पाखामा हुर्केको ।।
(४५)
माक्की नु चेम्बी भूटिभुटी,
गोजीमै बोकी लूकिलूकी ।
दौराघाँस जान्छौ चबाउदै,
पर्मा है खेल्छौ रमाउदै ।।
(४६)
फाँदोको अच्चार फवाँकै हाली,
के सा,रिक् मिठो आक्को आम्बी ।
आ नेन्दी धानको भात्ती जाँडमा,
रमाइलो छ है गाउँले तालमा ।।
(४७)
बरपीप्पल छाँया गाउँले मायाँ,
चुप्साङ्ग नु फेन्छाङ्ग दायाँ बायाँ ।
खलैकी खेती धाउनै भयो,
पाउकष्टै गरी आउनै भयो ।।
(४८)
यो सुन्दर रुपको दर्शन पाउँदा,
तिनछक्कै हुन्छु सम्झी आउँदा ।
चिम्सो त्यो आँखा पोक्चीगाला,
न्याप्टो छ नाक ढुङग्रीवाला ।।
(४९)
पिप्पलै पाते त्यो ओंठैमाथी,
बुल्लाकी चुच्चे सजाईराखी ।
ए दन्तैको माला हारै जस्तो,
आवाजै सुन्दामा रागै जस्तो ।।
(५०)
सामम्याङ्गफुङ्ग च्याटै शिरैमाथी,
लुर्केसुन तेल्लेम काँदैथापी ।
सिर्बन्दी लाको कत्ती सुहाको,
अप्सारै घुम्न यो धर्तीआको ।।
(५१)
लालबर्णे रुप कालो कपाल,
आत्तिन्छ हेरी यो मेरो अक्कल ।
लाच्छाकी डोरी हेम्लेङ्ग हेम्लेङ्ग,
कदमै चाल्दामा सेम्लेङ्ग सेम्लेङ्ग ।।
(५२)
शेहेजादी जस्तो बोलिको ताल,
नर्तक्की जस्तै कदमको चाल ।
कुस्रक्पा तान्दै लाम्बरिमा,
सारथी संगी श्याम्बरिमा ।।
(५३)
राजकन्या जस्तै देखिनेको,
इतिहाँस कस्तो लेखिने हो ।
नोबलकी परी रानी जस्तो,
पैरावी मूलकी खानी जस्तो ।।
(५४)
के भन्नु लुङा खोई कस्तो कस्तो,
कुथुङग्री भित्रैको कथा जस्तो ।
थाहा छैन हाम्रो जोवन कस्को,
भेटिने होकी त्यो कथै जस्तो ।।
(५५)
ए लाङसोएतङनु हुक्सो फाक्नु,
अक्खेदिङ्ग हेनानी मएरो ।
कुलाङ्गङे ताक्नु सेवा मनु ,
पा लाम्मे पोराहा फएरो ।।
(५६)
ए पाङफे नु थाङफे ताक्कन्नेयाङ्ग,
पाङफेसा तेङहा ओन्ताक्नेबा ।
तक्सङ्गनु तेम्भो लाङखेङ्गनु,
कुपोरा लङथुङ्ग ओन्ताक्नेबा ।।
(५७)
आम्बी
गाउँले म हजुर शौतालाको,
यस्तै नै छ है चिनाजानी ।
तुङदुङ्गगे भन्छन देउता आको,
थान पर्यो फुक्कु खियाबारी ।।
(५८)
ए मोहोरै पैसा भेटिलाई भो,
परिचय मेरो यतिनै हो ।
सोसाइनो पातले के पो गर्छ ,
रितिको थितिले के पो भन्छ ।।
(५९)
ए सोसाइनो पात्यान तोन्दुङ्गङाङ्ग ,
याक्थुङ्गले इङलान फोन्दुङबारो ।
ता,चेङ्ग पान्छेक्वान सोन्दुङ्गङाङ्ग ,
आसिक्कुम्मे ता,चेङ्ग लोन्दुङबारो ।।
(६०)
केही कुरो बाँकी रहयो भने ,
थिकनात्ला थपी बिसाउँ भन्छु ।
भाग्य र जोग्यमा रहयो भने ,
यो मनको कुरो खोलौं भन्छु ।।
(६१)
ए लाहशा नु काँशी थाँतीराखी,
पा लाम्मै गाउँ है हाँसीहाँसी ।
काशानु पिशा राखीथाँती,
लामलोमै गरौहै नाचिनाची ।।
(६२)
लाम्बरी तान्दै पा लाम भन्दै,
सुरिला सोरैमा इक्ला तान्दै ।
रहरमा आक्कोहौ रमाउदै,
शुकोमल बाहु समाउदै ।।
(६३)
ए निस्साम्माङ्गफूमाल्ले फेत्तुवाङ्ग,
सिक्कुम्मनिही लुम्ओ केत्तुबेन ।
शशिक नु मुन्धुमओ सेत्तुवाङ्ग,
याक्थुङ्गहाङ्ग इङलाओ लेत्तुबेन ।।
(६४)
इङसोरी इङ्गङे सेत्तुम्माङ्ग ,
साम्सोरी साम्मे मेत्तुम्लो ।
पागासो हेम्लेङ्ग मेन्थुङएसाङ्ग,
हाङ्गमु,र्इ तिवाचोन वात्तुम्लो ।।
(६५)
एनि हौ,
भूरुरु उडने चरी जस्तै,
रहरै भित्र उडी जान्छु ।
मोहिनी रुप देखे पछी,
दुनिसारा भूली जान्छु ।।
(६६)
चिना र जानी खुले पछी,
स्वतन्त्र भए जस्तै लाग्छ ।
मनको कुरो मुखैमा ल्याई,
कहिदिउँ यहीं जस्तो लाग्छ ।।
कल्पनाहरुमा

नाच्दा नाच्दै सुन्दरी रुपसी आफनी तरुनीको अनुहार हेरेर । फुङ्गनामको मन खोयखोई भइदिन्छ । कदमको चाल उस्तै भए पनि पालाम गाउँन बिर्सी जान्छ । उता सुन्दरीसंग जोल्ठीङ्गभइरहेको सुकोमल हातका औंलिहरको न्यानो स्पर्शले पुरै शरिरको गतिहरु धिमा भइरहेको बेला बिपरीत लिङ्गगीको शरिरबाट निस्किने रोमाण्टिक बासनाको सुगन्धले पालाम भन्ने तन्देरीको गिदी ह्याप्स भई गांजा अफिमले मातेझैं पुरै झुम झुम भइरहेकैबेला त्यही गिदीको भण्डारबाट बिश्वशब्दकोषको पानाहरु पल्टाउँदै हजारौ हजार शब्दको थुप्रोबाट छानेका शब्ददानाहरुलाई तत्कालै छन्दमा उनी मिठो स्वरलहरीको मालामा गाँसेर आफ्नो पिरति जोडिको मन मस्तिष्कलाई ढाक्नेगरी पालामको तुक्काहरु नट बाल्टु जोडे जस्तै गरी जोडेर तुका तु भन्नु सक्नु भनेको चानचुने कुरो होइन । तेसैले धेरैले धान नाचे पनि पालाम -लिरिक्स) भन्न सक्ने निक्कै थोरैमात्र हुन्छन । लगातार दुर्इ तिन घण्टा भन्दा लामुसमयसम्म छन्दको बुटा बुन्ने केटा होस या केटीको दिमाग हेङ्ग हुनु स्वाभिकै हो । तेसरी छन्द बुन्दबुन्दै कल्पनामा चुर्लुम्मै डुबेर हराउने अवस्थालाई लिम्बु भाषामा निही मामा र कुनिही मय भनिन्छ । सबैको गिदीका नशाहरु लिरिक्सकै धुनमा हुन्छ । तेस्तो अवस्थामा चर्को आवाज निकाली खोकेर केटीहरु आफनो तन्देरीलाई होसमा ल्याउने गर्छन । यो खाले रोग केटा भन्दा केटीहरुमा बढी हुन्छ रे भन्ने कथन छ । हो अहिले सुङ्गनाम भावनाभित्रै हराएर चुपचाप घुमिरहेछ । उस्का पालामहरु मनमनै भनिरहेछ । के के हो केहरु सोचिरहेर । हो त्यसैको बिबरण हो । तलका केही छन्दहरु ।

(६७)
ए रुपैको सागरमा डुबिगएँ,
धान नाचीराकानी भुलिगएँ ।
भ्रमन्नै जस्तो कस्तोकस्तो,
सपना देशां पुगेजस्तो ।।
(६८)
ओ हो,
तासकोचीनचोली थोङनुथोङ्गनु,
उठेको छात्ती फोङनु फोङ्गनु ।
आँखैमा राखी सोम्नुसोम्नु,
रहरमा लुकी थोम्नुथोम्नु ।।
(६९)
आम्बी हौ,
बारुले कम्मर फुकेको चाक,
उठेको छात्ती बैंशको ताक ।
फरिया निलो छिर्केचोली,
सूरीलो भाषा मिठोबोली ।।
(७०)
ए भावनै सागरमा डुलिरहें,
भन्दैको छन्दनी भूलिगएँ ।
त्यै छात्तिमाथी कण्ठैराखी,
च न्द्रहार सेर्लेम्म साथीभाकी ।।
(७१)
जत्तिमा हेर्यो हेरिरहु,
अंगालो मारी बेरिरहुँ ।
आँखैकी नानिमा खेलिरहुँ ,
अजुनि जुनीलाई हेलिरहुँ ।।
(७२)
लामु छ घाँटी पथाङ्गभित्र,
हेरेझैं लाग्छनी चलैचित्र ।
सुनैकी मुन्दरो कटवा बाँही,
केभाको होला म लठवाचाँही ।।
(७३)
रहर श्रब्य दृष्य छन नि,
तिनैलाई सिरमा बोकिरहे ।
तिनफेरो घुमी सकेपनि,
मनमनै केके हो सोचिरहें ।।
(७४)
लाङ्गबाँगी जोडा चाँदिको,
सुनैकी जल्लप साँभिको ।
सुहाउँदिलो रुखझै डालिलो,
के भन्नु र खोर्इ आम्बिको ।।
(७५)
चेन्जेबै ठोकिंदा फेङ्गलरी,
फसात्तै पर्योनी हेन्लरी,
भुँइसोरी सेवा बिन्तीगरे,
भूल भयो लुङा सेवाभने ।।

पाहुनासंग अचनाकै खुट्टा ठोकिंदा होसमा आएर हतार हतार फुङ्गनाम भुँइसोरी सेवा गर्दै,बिन्ती चढाएर । माफ गर्नु होला सोल्टिनी म त हजुरको शुगन्धीत बासनामा लठि्ठएर । अर्ध जस्तै पो हुन पुगेछु । क्षमा गर्नु होला । यदी फेरी दोहोरिन लागेमा मलाई झक्झक्याउनु होला । भन्दै केटोले हात जोडिरहेको बेला केटीका साथीहरु छिल्लिदै आम्बी नि हौ लुङासाहेब त । हैन माथी सिद्धिफाँट दाँयाबाँया चुच्चे देवरालीहरुमा पाती चढाउन पो जानु भा थोकी । कि बेशींको गहिरीखेतमा पो मात्र के बोल्दा बोल्दै केटीले साथीहरुलाई हकार्दो,होइन हौ साथीहरु अली सिष्ट भाषामा बोल्ने कोशिष गरौंन - भने पछी । मुजेत्रोले छोपिराको मुख भित्रैबाथ सबै केटीहरु गललल हाँसेर,रमाइलो बनिराको वातावरणलार्इर्र्समेटदै पुन पालामको छन्दहरु फेरी सुरिलो स्वरलहरीमा यसरी गुन्जिन थाल्दछ ।
(७६)
होसमा आउँदा छक्कैपरे,
बाँकीको छन्द भन्दैगए ।
मोहिनी रुपमा लटिटएर,
त्यसरी अक्कमक्किए म ।
(७७)
इमेत्नामाङ्गलाई सेवा भन्दै,
सुन्दर रुपको खेवा तान्दै ।
लाम्बरी अगी तान्दै तान्दै
थाँतिको पालाम भन्दै भन्दै ।
(७८)
मायाँको बाटो छायाँ जस्तै,
पहाडै पर्वतको अंगालोमा ।
छुटेका नदी अलपत्रै,
भेटैसो हुन्छनी दोभानैमा ।।
(७९)
मायाँको कुरोलाई यौवनले,
त्यसै हो भन्छ यो जोवनले ।
मिठो है बोली यो मायाँको,
सम्झाना एउटा छायाँको ।।

फुङ्गनामका हातका औंलीहरु पुन २ पटक झ्यापझ्याप्प निचोरिन्छ । दुबैका आँखा जुध्छन । दुबै मुस्काउँदै झुकेर भुँइसोरी सेवा गर्छन । त्यसैगरी सबैले सिध्याए पछि,नित्यकर्मतिर लाग्छन । साधारण खाजा रक्सी सुर्ती,बिंडी के छ ? खाइवरी फेरी पुन नचार्इ शुरु हुन्छ ।
(८०)
हजारौं माया र पिरतिहरु,
प्रकृति भरीका सृष्टिहरु ।
सृष्टि भरिका पिरतिहरु,
पिरति भरिका सृष्टिहरु ।।
(८१)
सृष्टिकै गाथा गाउादै लादा,
मांयाकै छांया भेटिन्छनी ।
त्यहीं छायामुनी ओतैलागि,
कविता कथा लेखिन्छनी ।।
(८२)
सृजना राम्रो नि मायाको,
छहारी राम्रो नि छायाको ।
छेउ भित्ता होइन बायाको ,
मोहीनी रुपी यो मायाको ।।
(८३)
छायाको मुनी बासैबसी,
मायाको कुरो भन्दैलादा ।
सुरिलो स्वरको भाषै मुनी,
मायाको रुपमा गन्दैलादा ।।
(८४)
ए हिमालै चुली लुङा ठुली,
नावाराखेम्मा सामम्याङ्ग फूली ।
लाङसिरो थेप्पे,ल अक्खे डूली,
दुखैकी सन्सार सप्पै भूली ।।
(८५)
ए नौतला माङ्गहिम गाजुरुसे,
तुम्याङहाङ्ग चेली हाजुरुसे ।
लेमा ग थेइ हेन्नाङ्ग होप्साङ्ग ,
कुस्सुम्ना कुबे ता,चेङ्ग कोत्ताङ्ग ।।
(८६)
ए मंसीरै मैनामु चा तुमेल्ले,
ऐन चुम्लुङ्गहिम्ओ आदुमेल्ले ।
शेशे नु शाङशाङ्ग चोक्नेच्छिरो,
थिक्नात्ला ता,चेङ्ग को,नेच्छिरो ।।
(८७)
ए सिक्कुम्मे निङवा लाङमै कोत्ला,
अक्खेथिक ता,चेङ्ग पाप्मै चोक्का ।
चान्नु त थेयाङ्ग हेन्नाङ्ग होप्पा,
हाक्केसाङ्ग सेवा बिन्ती चोक्का ।
(८८)
ए दशलिम्बुवानओरी कट्ठैबरी
सोचेको छुङनारो अक्खेलरी,
लुङाको दर्शन पाउँछु भनी
जोवनको मायाँ लाउँछु भनी ।
(८९)
ए जलथलै पानी खेतै हुँदा,
कस्तोमा राम्रो भेटै हुँदा ।
बरपीपल झ्याम्मै चौत्तारी,
साप्लुङ्गङेन युङलो औत्तारी ।।
(९०)
ए औत्तारी लामा आक्खे पाप्मा,
जन्तरै फुकि अक्खे वाप्मा ।
तन्तरै मन्तरको जन्तरैमा
जोवनै साँचुको अन्तरैमा ।।
(९१)
ए नौनीमा घिउ ए लुङा ज्युए,
खाम्बेक्मै सुन्नु सेवा चोक्ए ।
लाम्बरी उङनु इक्ला फोङए,
इक्लाए उङनु पा लाम तोन्ए ।।
(९२)
मनैको बिन्ती पत्रै चर्ढाई,
दाखिलै फाँटमा पेशै गर्छु
हाङ्गसामा ज्युको तोकैआदेश,
के होला भनी म पर्खिनेछु ।।
(९३)
दरखास्तै लेखी तिहाँ देखि,
प्रतिक्षालयमा कुरी रहें ।
प्रमाङ्गगी हुक्कुम हुन्छ भनी,
यो मनैको आशामा झुलिरहे ।
(९४)
भइदिए हारा आगेमर्जी,
हाङ्गइङला सामा आदेशिको ।
छन्दैमा होप्लो बन्दै फर्जी,
कुटनिती चाला बिदेशीको ।।


ए लेखैकी चरी मु भोकै मरी,
पिरति कथा पो भई जान्छुकी ।
जोवानी दरवारको ढोकै मुनी,
कुरुवा पाले पो होई जान्छुकी ।।
(९५)
सम्झेर ल्याउँदामा डरै लाग्छ,
द्धारपाले ज्यानलाई करै लाग्छ ।
नबोले भन्लान लाटो रइछस,
बोलेमा भन्लान बाठो भइछस ।।
(९६)
ए जाहेरी बिन्तीमा नहेरी,
हुक्कुमी आदेश नगर्नु है ।
हजुरकै सेवक म जाहेरी,
ढुकढुकि रोक्ने नगर्नु है ।।
(९७)
कुलोलाई काटी छेउभित्ताको,
लाग्लानी पाप के चिताको ।
बिपक्षी होइन म त्यो कित्ताको ।
रामायणनी कथाझैं रामसिताको ।।
(९८)
यस्तै नै केके हो सोचमा परी,
अन्जान यो दिलमा बल्झीरहे ।
हजुरकै बारे म कल्पी कल्पी,
दोसांधी घेरामा अल्झीरहे ।।
(९९)
ए मायाँको दस्ता चौ रास्ता,
पर्खिमा बसे यो जुनी जान्छ ।
छांयाको ओत्तै लागी बस्दा,
मूलबाटो बिली हर्राई जान्छ ।।
(१००)
सितिङबै माथी फुलेको फुल,
जस्तै हुन्छनी मायाँको चूल ।
जत्तैमा हेरे नि डाँडै काँडा,
पैताला टेकेमा काँडै काँडा ।।
(१०१)
पिरति कुसुम गाथै भरी,
कुनमांया लाउनु रोज्नुहोला ।
जोवनको रहर साचिराखी,
मुलाबाटो जाने खोज्नुहोला ।।
(१०२)
कोइबाटो असल मुन्धूमको छ,
कोइबाटो अक्कर उध्धुमको छ ।
कोइबाटो भिरै र पहराको,
कोइबाटो नागबेली लहराको ।।
(१०३)
पारीहै नतरी भा छैन,
खलामा साँघु ला छैन ।
साङलोहै बाढी भा छैन,
पौडि है जानु थाहा छैन ।।
(१०४)
सोचीमा रहे दिनै ढल्छ,
अँधेरी औंसीले के पो गर्छ ।
सक्पाले तानी लाने होकी,
बाघैले मारी खाने होकी ।।
(१०५)
मनैको दियो बत्ती बाली,
मायाँजाल टाँगी साँघु हालौं ।
जोवनको मायाँ साटीराखी,
पिरती उर्डाई पारी तरौं ।।
(१०६)
प्रितको हवाइ जहाजै माथी,
जोवनी मायाँमा उडि जाउकी,
छन्दैकी बन्दी यौवनालाई
बैशालु नजर योजनालाई ।।
(१०७)
बैंशैमा लुकाई राखौंकी,
ओसिन्छ सुकाई हालौं की ।
पोखिन्छ बुच्याई राखौं की,
घोटिन्छ फुकाई हालौं की ।।
(१०८)
कलमै मसिमा लेख्ने मायाँ,
नलाउँ है भन्छु म हजुरलाई ।
दुनियाँ सन्सारले देख्ने मायाँ,
लाउँ मायाँ भन्छु म हजुरलाई ।।
(१०९)
खाँचो र गारोमा टेके जस्तो,
घँगारु काँडाको लाट्ठी जस्तै ।
लाइसकेपछी फेंके जस्तो,
के मायाँ लाउनुँ फेसन जस्तै ।।
(११०)
पबित्र आत्मालाई सोधेर,
कुनबाटो जाने भन्नुहोला ।
मनैकी रहरमा खोजेर,
छानेर मायाँ लाउँनुहोला ।।
(१११)
धर्तीका सारा ती जीवहरु,
मायाँ मै बाँची रहेका छन ।
पिरति जोडा ति आँखाहरु,
मायाँ मै नाची रहेका छन ।।
(११२)
बिजोडी कुरुस काँटैखेलाई,
पाङग्रे त्यो सुइटर के बुन्थ्यो र ।
ढुङगाले माटोलाई नचिनेमा,
सुन्दरै पहाड यो के हुन्थ्यो र ।।
(११३)
दुनियाँ एउटा महाजाल हो,
पिरति बोक्ने जहाजै जस्तो ।
सृष्टीनै एउटा आव्हान भो,
मांयाजाल बुन्ने बहनाजस्तो ।।
(११४)
तेस्सैले मायाँ छान्नु होस है,
छोनेरै मायाँ लाउँनु होस है ।
लाउँने त्यो मायाँ भन्नु होला,
जोरबिजोर के छ जान्नु होला ।।
(११५)
मायाँको सुत्र हिल्याउनै गारो,
यो मायाँ के हो झन भन्ने सारो ।
ए मायाँको बस्तामु चौ रास्तामा,
फुकाउँनै भनिमु धाई बस्दामा ।।
(११६)
दिलैमा लुकी गमेर,
कुन मायाँ लाउँने भन्नुहोला ।
मायाँको फूल टिपी दिन्छु ,
चूलैमा सिउरी दिनु होला ।।

एक झयाप्प (छोटो ब्रक)
(११७)
ए फुङ्गमायाँ लाउकी, सुङ्गमायाँ लाउँ,
लुङ्गमायाँ लाउँकी , तुम्ममाया लाउँ ।
ला मायाँ लाउकी, नाम मायाँ लाउँ,
लाम मायाँ लाउँकी , खाम मायाँ लाउँ ।।
(११८)
जुगमायाँ लाउँकी , जोवन मायाँ लाउँ ,
योगमायाँ लाउँकी , भोगमायाँ लाउं ।
मनमायाँ लाउँकी , धनमायाँ लाउँ ,
ज्यानमायाँ लाउँकी , ध्यानमायाँ लाउँ ।।
(११९)
आगेमा मर्जी जे हुन्छ ,
भएमा चाँडै उत्तर पाउँ ।
ताकेत्ता गरें के हुन्छ ,
जुगैको मायाँ आदेश पाउँ ।
(१२०)
फूलै हो जोवन यो झरीजाने ,
लाछाकी डोरामा बाँधीराखौं ।
एकबारको जूनि हो मरिजाने ,
पिरति कथामा साँधिराखौं ।।
(१२१)
को छ र यहाँ, अजम्बरी,
बाचुन्जेल हाँसी खेलिराखौं ।
मरि पो लानु के छ र ?,
मायाँको कथा लेखिराखौं ।।
(१२२)
यो बारको जूनि हजुरलाई,
देउराली भाकी राखौ की ।
नहुने भएनी जोवनको
चिनो है साटी राखौं की ।।
(१२३)
लेखन्तै हो की तपाई हाम्रो,
पहिलो भेटैमा कस्तो राम्रो ।
घाम पानी छायाँ हाम्रो मायाँ,
स्रष्टाकी शौगात दायाँ बायाँ ।।
(१२४)
पा लाम्मै छन्दमा बन्दैगरी,
जोरबिटे मोहर साँचिराख्छु ।
पालो है कुरी चौतारीमा,
लुङाको आवाज पर्खिराख्छु ।।
(१२५)
ए साक्फारा वान्जो लिसिङफारो,
थिक्ना,ला ता,चेङ्ग हिसिङ्गबारो ।
सामम्याङ्ग फुङ्ग नारा गाजुरसे,
तुमम्याङ्ग सामा हाजुरसे ।।
(१२६)
ए सेमिक्लै काटी युरुङ्गबारो,
थिक्ताप्फे साम्लोन सुरुङ्गबारो ।
शशिक्ए मुन्धूम शाङनु शाङनु,
हाङसामै पालो हाङनु हाङनु ।।
(१२७)
ए तिनपय डोरी मक्यो पुरो,
दुखिको पालो सक्यो चुरे ।
दक्षिणी दर्शनमु कामक्षेरो,
आसेवा बिन्ती नमस्तेरो ।।
(१२७)
ए दुबो र ढुङगो साँक्षी राखी,
पालोमा बाँधी थाँती राखी ।
मोबाइली मेशेज सुन्नु होला,
उत्तरको पालो नभुल्नु होला ।।
(१२८)
ए यो छात्तीमा मुटु दुखाउँदै,
सुकोमल पञ्जा छुटाउँदैछु ।
बिरक्तै लागी औडा चल्दा,
आँखैमा आँशु लुकाउँदैछु ।।
(१२९)
बाँकीको पालोलाई बिसाउँदै,
दुबो र ढुङगोलाई ढोगिराखौं ।
कवितै मुक्तक मिसाउँदै,
पालामी भाषामा बोलिराखौं ।
(१३०)
तम्बरै तार्नेमु खेवारो,
बिन्ती है माथीको सेवारो ।
सृजना होला आविष्कार,
सकियो पालो नमस्कार ।।
एक तर्फी केटाको पालो तुरियो । यतिको पालाम गाउँदै नाच्नलाई कम्तीमा पनि साडे दुर्इ घण्टा देखी ३ घण्टासम्म लाग्छ । त्यसरी गाउँदै नाचिरहेकोबेला तरुनीले एक पटक झ्याप्प पारी हातको पञ्जा निचोरेमा छोटो ब्रेकको संकेत -पिसाप फेर्ने) र दुर्इ चोटी निचोरेमा लङ्ग ब्रक -दिसा बस्ने) संकेत र तिन चोटी निचोरेमा भोक,तिर्खा,वा तस्तै अवश्वस्थ भएको काराण अलि लामो ब्रेक अथवा अब सुत्नुपर्छ नि द्रा लाग्यो जस्तै बिशेप परिस्थितिको संकेत हो भन्ने बुझ्नु पर्दछ । त्यसरी लङ्ग ब्रेक भन्नाले लामो समयसम्मको बिसौनीमा खाजा भन्नाले जाँडपानी,रक्सी,रोटी,उसिनेको डिम्मा,तरुल,आलु तरकारी,चाम्रे (पहाडे पुलाउ) मेला हाटको बेला दोकानको छेउछाउमा भए तोङबाहरु खाँदै छन्दात्मक शैलीमा गरिने ओंठे जवाफ या सवाल जवाफलाई ख्याली भनिन्छ । यसको नियम नेपालको पश्चिमी क्षेत्रका गुरुङ्ग र मगर जातिले गाउने रोधीं घरको दोहोरी जस्तै हुन्छ । गुरुङ्ग मगरहरु दोहोरीमा मादल बजाउदै लेग्रो तानेर गाउँछन । तर लिम्बु युवा युवतीलेहरु भन्ने ख्यालीमा भने बिना वाध्यबादन लेग्रो नतानिकन कविता बाचन गरेझैंगरी धाराप्रवाहमा भन्नु पर्दछ । यो बिधा लरतरको दिमागले नभ्याउने हुनाले करिव करिब लोपोन्मुखवस्थामा छ । पालाम गाउँदा सोच्ने बिसाउने समयहरु प्रसस्ती पाइन्छ । तर ख्यालीमा तेस्तो हुन्न । केटाले भनि सिध्याउना साथै केटीले तुरुन्तै उत्तर दिनु पर्नेहुन्छ । र त्यसमा पनि सबै शब्दहरु छन्दको नियमभित्रै हुनुपर्दछ । त्यो ख्याली प्राय जसो नाचिरहेको ठुलो ग्रुपको हिरो र हिरोनी पक्ष लिनेहरुबिचमा साहित्यिक सम्वादव्दारा गरिने छेडपेच हो । छ न लाई त अहिले पनि प्रचलनमा छ । तर बिधिको रुपमा मात्र छ । बिधाको रुपमा छैन । जुन बिधा लिम्बुवानी साहित्यको अत्यन्तै महत्वपूर्ण बिधा हो । जसको उत्खनन् हुन आवश्यक छ ।
पालाम र ख्यालीमा भिन्नता । बिधा दुबैको छन्दात्मक होता पनि , पालाम सुर र तालको सतहमा सललल बग्ने सांगीतीक सम्वाद हो । तर ख्याली सुर र तालसंग सम्बन्धीत छैन । रख्याली भन्ने हो गाउने होइन । त्यसैले ख्यालीमा साङगीतीक बारको आवश्यकता पर्दैन । तेस्तै एक पटकमा कती श्लोक भन्ने यो नियम पनि लागु छैन । तर पालाममा हो भने एक उचारणमा कम्तीमा २ र बढीमा ४ लाइन गाइन्छ । र पालामको आकर्षा भनेको चिटिक्क परेको बारुले कम्मरको मुभमेन्ट भनेझैं सुन्दर मेलोडिमा खिपिएको सुनु सुनु लाग्ने आवाज हो,भने ख्यालीको बिशेषता भनेको चाही बिपक्षको छात्तिमै सुन्दर र आकर्ष तर जतिसक्दो तिखारिएको एकदमै तिखो शब्दबाण धसाउनु सक्नु हो । ख्यालीको भाषा ब्यङग्यात्मक हुन्छ । यो ख्याली भन्नेलाई भन्दा सुन्नेलाई मजा आउने बिधा हो । उदाहरणको लागीको जस्तै , हाम्रो साथीलाई रामायणको रामले जस्तै,घेम्पा जत्रो भुडी पारेर,ए लक्ष्मण भएर यो कलङकी पात्तर्नी सितालाई जंगलमा लगी मारेर तेस्को टाउको काटी ठुन्काएरले भन्ने जस्तो पो हुने हौ कि ? आदि आदि ।
अहिले केटाको पालो सकिएकोले लामु बिसौंनीमा छौं । त्यसैले शायद ख्यालीको निम्ती सल्लाह पनि भइरहेको हुन सक्छ । हेरौं ।

केटीले दिने पालामको उत्तर । बाँकी छ ।

No comments: