Nov 1, 2007

लिम्वूवान लिम्वूहरुको जोडदार माग

नेपालको इतिहासमा लिम्वूवान अस्तित्वमा रहेको पाइन्छ । यो देश दश लिम्वूवान सत्र थुमको आधारमा सन्चालित थियो । दश लिम्वूवान भनेको अहिले परीकल्पना गर्न खोजिएको संघात्मक प्रणाली जस्तै संघीय प्रणाली हो । दशमा सात उपसंघ थपेर सत्रथुम वनाइएको हो । यसको प्रमुख केन्द्र सुरुमा पानथर हालको फिदीममा रहेको थियो । लिम्वूवान छैटौ देखि दशौं शताद्वि सम्म उवाहाङ,मावोहाङ,सिरीजंगहाङहरुले एक छत्र शासन गरेको पाइन्छ । त्यस्तै पन्ध्रौ सताद्वि देखि मोरङ राज्य शक्तिशाली राज्यहरुले पुन सम्पूर्ण लिम्वूवानलाई थुमीय आधारमा शासन गरेको देखिन्छ । त्यस वेलाका राजा साङलाईन थिए । उनले हिन्दु मत ग्रहण गरेको हुनाले विजय नारायण र्राई भए । र्राई भनेको तात्कालीन समयको राजाहरुले प्रयोग गर्ने समानार्थी शब्द थियो । त्यस्तै पुन सेन वंशी हुदै वि .सं.१८२५ मा वुद्घकिर्ण खेवाहाङ विजयपुरका लिम्वू राजा थिए । तत्पाश्चात संघीय लिम्वूवान राज्यहरुको केन्द्र विजयपुर बन्यो । वि.सं.१८३०तिर लिम्वूवानमा सत्र पटक गोर्खाका सेनाहरुले आक्रमण गरेका थिए तर लिम्वूवानका सेनाहरुले विफल तुल्याइ दिए । गोर्खाका सेनापति रघु रानालाई लिम्वूवानका वीर योद्घा काङसेरे लिम्वूले काटेर मारेका थिए । त्यस वेला सेनापति मात्र नभएर सम्पूर्ण सेनालाई समेत सोतर वनाएका थिए लिम्वूवानका सेनाहरुले । यस्तो अवस्था देखेर गोर्खाका राजाले लिम्वूवानलाई आफ्नो वनाउन भाईको रुपमा सम्झौता गरी स्वायत राज्य सन्चालन गर्न पाउने व्यवस्था गरीएको थियो । त्यस पछि पनि लिम्वूहरुले लिम्वूवानमा आफ्नो शासन कायमै राखे । वि.सं.१८३१ भन्दा अगाडी छुट्टै राज्य थियो तर वि.स.१८३१ वाट गोर्खा राज्यको सह राज्यको रुपमा रहन पुग्यो । यो क्रम वि.सं.२०२१ साल सम्म रह्यो । वि.स.ं२०२१मा राजा महेन्द्रवाट कथित भूमिसुधारको नाममा लिम्वूवान किपटको कुरा गरे । उक्त कुराको घोर विरोध गर्दा लिम्वूवानका नेताहरु जेलनेल परे । तर लिम्वूवानको आवाज निरन्तर रहि रह्यो । त्यसवेला किपट खारेजीको हवला दिए पनि वि.सं.१९३१ को लालमोहर खारेजी भएको थिएन । उक्त लालमोहर अझै पनि खारेजी भएको पाइएको छैन । त्यसैले लिम्वूवान कानुन वमोजिम अझै पनि अस्तित्वमा रहेको देखिन्छ । वि.सं. २०६२ / ६३ को जनआन्दोलन भाग २ ले नेपालमा जातिय स्वायत राज्य पुन स्थापना गर्न वाटो खुलेको छ । तर्सथ लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि झण्डै एक दर्जन लिम्वू राजनैतिक पार्टीहरु सक्रिय रुपमा लागि परेकाछन् । लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि राज्यवाट एक पटक वार्तामा वोलाए पनि त्यो वार्ता सफल भएन । तत्पाश्चात वार्ताको लागि राज्यले वेवस्ता गर्दै आएको छ । तर्सथ लिम्वूहरुले लिम्वूवान क्षेत्रमा आम हडताल साथै चक्का समेत गर्दै आएका छन् । उक्त हडतालको समयमा सरकारको क्रुर प्रहरीहरुले एक जना लिम्वू योद्घाको हत्या समेत गरी सकेको छन् । यदि वार्ता द्वारा लिम्वूवानको समस्या सुल्झाइएन भने भोलि त्यसले विकारल रुप लिएर ठुलो जन व्रि्रोह हुन सक्छ । सरकारले तुरुन्तै लिम्वूवान पुन स्थापनाको लागि ध्यान केन्द्रित गर्नु जरुरी छ । लिम्वूहरु जातिय अस्तित्व भाषा संस्कृतिको संरक्षण र देशको हरेक तह र ताप्कामा पहुच पहिचान र सहभागीता चाहान्छन् । त्यसैले सम्पूर्ण लिम्वूहरु लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि सरकार समक्ष जोडदार माग गर्दछ । र यो व्लग साइटको मुख्य उदेश्य पनि लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि व्यापक जन र्समर्थन जुटाउनु साथै भाषा संस्कृतिको सेवा साथै समचारमूलक कुराहरु सम्प्रेषण गर्नु रहेको छ ।

13 comments:

musum said...

Just now, i opened this site. Thanks for strong editorial.It is very important to explore the actual history of Limbuwan. Limbuwan was never died and will never died from our heart.

Marohang Limbu said...

I enjoyed reading "Limbuwan Limbuharuko Joddar Mag." I totally agree with the author and am really excited with the steps you guys started. I,however, believe that it is not only Limbu's demand, but it is a demand of all limbu like people who are loyal, hardworking, and dedicated for the development of the state. Despite the oppression of the ruling elites, we have to keep on knocking the rusted iron gates of the autocratic rulers until we get Limbuwan state.

mundhum said...

Yo sahi ho yaslai samarthan jutaunu A male ko neta, Kangresi Limbu, Prajatantra ko limbu, sabai parti ma raheko karya karta bata Limbuwan ko lagi ek swarle Madhesi morcha jastai swartha lai dosro darja ma rakhera pad tyagera matra

mundhum said...

sabai netabata swartha ko tyag hunu parchha. sabai bata Limbuwan ko lagi ekta ko jaruri hunu parchha. Arkako bharautepan ra arautepan aba tyagnu parchha.

Khambu said...

Netaharule Arautepan ra bharautepan tyagnu parchha gantabya ma pugna.

Khambu said...

sabai netabata swartha ko tyag hunu parchha. sabai bata Limbuwan ko lagi ekta ko jaruri hunu parchha. Arkako bharautepan ra arautepan aba tyagnu parchha.

mundhum said...

9 jilla Jordar rupma magnu parchha. Hamro astitwa, hamro ijjat, hamro itihas, Nepal ma sabai jati sabai thaun chha tara Limbu jati Limbuwan ma matra kina?

Khambu said...

Please do not say Mangol if you want Limbuwan or think it why i am saying. Mongol lies to the north of China.Do you want to be back? It is not appropriate in Nepal.

Dambar lungkhim said...

सेवारो सम्पादक ज्यु ! मैले आज अचानक हजुरको अथक् प्रयासमा अभिप्रेरित यो लिम्बुवान ब्लग हेर्न पाउदा असाध्धै खुशी भएको छु । र हजुरले आफ्नो रितिरिवज , धर्म, सस्कृति अनी परम्पराहरुलाई जगेर्ना गरी राखौ भन्ने मुल नारा साच्चैनै प्रसाम्सनिय छ । हजुरले तमाम लिम्बु समुदाय बिच यो नेट को माध्यम द्वरा यती ठुलो प्रयास गर्नु भएको छ । जसमा हजुरलाई म हार्दिक धन्यवाद टक्रौदछु । र हजुरको सधा सफलताको कामना गर्दछु ।

Mabohang said...

Desh ra bidesh ma chhariyera raheko sabai limbuwan daju bhai tatha didi bahini haru lai. hamro limbuwa swayetta rajya ko lagi ekjut huna ma hridaya dekhi nai ahwan gardachhu. ra yo blog lai muri muri dhanyabad dina chahanchhu. yes blog le biswa ma chhriyera raheko limbuwan daju bhai didi bahini lai sametne kam gariraheko chha.... Mabohang Khajum,

Khambu said...

Satta moha nai swartha ho tyasaile bujnu parchha ntra bhane ramro kahilyai hunna.

baba said...

सेवारो सम्पादक ज्यु,आज बिदेशमा बसेर पनि यस website मार्फत लिम्बुवान सम्बन्धि बिभिन्न सामग्री अध्यान गर्नु पाउदा ज्यादै खुसी लाग्यो।अर्कोतिर लिम्बुवानमा लिम्बुहरुले आफ्नो मागलाई सशक्त रुपमा आगाडि बढाइरहेको कुरा थाहा पाउदा झन खुशि लाग्यो।यसको लागि सम्पादकलाई धेरै धेरै धन्यबाद.................।

baba said...

सेवारो सम्पादक ज्यु,आज बिदेशमा बसेर पनि यस website मार्फत लिम्बुवान सम्बन्धि बिभिन्न सामग्री अध्यान गर्नु पाउदा ज्यादै खुसी लाग्यो।अर्कोतिर लिम्बुवानमा लिम्बुहरुले आफ्नो मागलाई सशक्त रुपमा आगाडि बढाइरहेको कुरा थाहा पाउदा झन खुशि लाग्यो।यसको लागि सम्पादकलाई धेरै धेरै धन्यबाद.................।