Nov 6, 2007

बेचैन


टंक वनेम

संधै दुःखको बोझ बोकेर
पसिना चुहाउदै खलखलती
हिड्छ पाईतला
उकालै उकालो
उकालो सकिए पछि भेटिन्छ
फूल फाड्ने मैदान फुङ्लेङ
समथल मैदानको
बैँस चढे पछि
पाथी जस्तै चुलिएको
सेमुक्ति मुक्तिबुङ
पाथीभरा भएर चुलिन्छ
झन-झन अग्लो हुँदै
सेताम्मै हिमाल
फक्ताङ्लुङ् अग्लिन्छ ।

आकाश छुने यो यात्रा बाट
धेरै तल होचिएको
पोक्लाम तेम्बे हेर्दा
जीवन भोगाईमा भुइकुहिरो
दगुरी रहेको हुन्छ यत्रतत्र
त्यहि माटो बाट जन्मेका
भुइकुहिरो र म
किन बाँचेका छौं हँ ?
यति बेचैनी सित ।

हाल- मिकफु?ला लाजे ।

No comments: