दिल पालुङवा लिम्वु
लिम्वुवानको सवाल उठ्दा धेरैलाई दुविधा भएको पाईन्छ । नेपालको अन्य जातिहरु भन्दा लिम्वु जातिले सशक्त आवाज उठाएको देख्दा धेरै मानिसहरु छक्क परेको पाईन्छ । यो स्वाभाविक पनि हो । किनकी लिम्वुवानको इतिहास धेरैलाई थाहा छैन । कमैलाई मात्र थाहा छ । यसै वारेमा यहा चर्चा गर्न सान्दर्भिक लागि चर्चा गर्न लागीएको छ ।

१)लिम्वुवान के हो ?
लिम्वुवान के हो ? भनेर वर्तमान पुस्ता अलमलिरहेको पाईन्छ । त्यस्तै लिम्वुवान वारेमा विभिन्न खाले तर्कहरु आईरहेको पाईन्छन् । त्यसैले यस वारेमा वुझ्न सवैलाई नितान्त आवश्यक छ । र्सवप्रथम लिम्वुवान भनेको इतिहासमा अस्तित्वमा रहेको एउटा देश थियो । यो देश दश लिम्वुवान सत्र थुमको आधारमा सञ्चालित थियो । दश लिम्वुवान भनेको अहिलेको संघीय प्रणाली हो । दशमा उपसंघ वनाएर सात थपी सत्रथुम वनाईको थियो । यसको केन्द्र शुरुमा पानथर हालको फिदीममा थियो । लिम्वुवानको स्थानमा छैटौं शदाव्दीमा भएपछि वेलावेलामा उवाहाङ, मावोहाङ, सिरीजंगाहाङहरुले नवौं दशौं शताव्दीमा एक छत्र लिम्वुवानको शासन गरेको देखिन्छ । त्यस्तै पन्ध्रौं शताव्दीदेखि मोरङ राज्यका शक्तिशाली राजाहरुले पून सम्पर्ूण्ा लिम्वुवानलाई थुमीय आधारमा एकछत्र शासन गरेको देखिन्छ । त्यसवेलाको राजा साङलाईन थिए । मोरङ राज्य विस्तारै विजयपुर राज्यमा परिणत भयो । त्यसको राजा विजयनारायण साङलाईन लिम्वु थिए । उनले हिन्दू मत ग्रहण गरेकोले विजयनारायण र्राई भए । र्राई भनेको तत्कालिन समयको राजाको समानार्थी शव्द थियो । उनी पछि लिम्वुहरुले सेन्वोङसा सेन भनिनेहरुमा लोहाङसेन विजयपुरका राजा भए । त्यस्तै विद्याचन्द्र लिम्वु पनि राजा भए । त्यस्तै पून सेनवंशी भए । यसरी हुदैं जादा वि.सं १८२५ तिर वुद्धिकर्ण खेवाहाङ लिम्वु विजयपुरका राजा भए । विजयपुरका सवै राजाको समयमा संघीय लिम्वुवान राज्यहरुले विजयपुरलाई केन्द्र सरकार मान्थे । पन्धौं शताव्दीदेखि करिव करिव केन्द्रीय सरकारको रुप विजयपुरले लिदैं थियो । वि.सं १८३१ तिर विजयपुरमा वुद्धिकर्ण राजा थिए । उनी विजयपुरका अन्तिम राजा थिए । एकथरी इतिहासकारहरुको भनाई अनुसार अन्तिम समयसम्म अथिङहाङ विजयपुरको राजा थिए । उनलाई प्राचिन पूर्खा मावोहाङको सन्तति भएकोले उक्त राजगद्धि खाली भएको वेला लिम्वुवानको सवैथुमहरुले चुम्लुङ गरी राजा वनाएर राखेको भन्ने भनाई छ । जे होस् यी दुवै लिम्वु वंशका थिए । वि.सं १८३० तिर गोर्खाको लिम्वुवानमा १७ औं पटक भिषण आक्रमण भयो । तर लिम्वुवानले त्यो विफल वनाईदियो । मल्लयुद्ध या खुकुरी युद्ध लड्न धमासदिने गोर्खा सेना तथा तिनीहरुको सेनापति रघु रानालाई लिम्वुवानको वीर योद्धा काङसोरे लिम्वुले काटिदिन सफल भएका थिए । त्यस्तै धेरै गोर्खाली सेनाहरुलाई एकै ठाउमा सोतर वनाईदिए । यस्तो अवस्था देखेर गोर्खाले लिम्वुवानसंग सम्झौता गर्यो । त्यो सम्झौता अनुसार लिम्वुवान गोर्खाको भाइको रुपमा रहने या स्वायत्त राज्यको रुपमा रहने भयो । त्यहांको शासन लिम्वहरुलेनै चलाउने कुरामा सहमति भयो । हामी दाजुभाई एकै ठाउ वसौं फिरन्ते अंग्रेजले हामीलाई टुक्य्राउनेछ भने । तव लिम्वुवानको प्रतिनिधीहरु सुन राई, कुम राई, श्रीजंग राई थिए-ले सम्झौतामा हस्ताक्षर गरे । कसैलाई दुविधा नपरो कि यी राई सम्वोधितहरु लिम्वु थिए । त्यो समयमा विजयपुर राज्यको तराईमा अन्य जातिको राज्यको अस्तित्व देखिएको छैन । अहिले चर्चामा आएको कोचिला र थारुहट राज्यको नामोनिशाना देखिदैन । त्यसैले वर्तमान समयमा थारुहट र कोचिला प्रदेशको प्रसंग ल्याईनु उचित देखिदैन ।

२) लिम्वुवानको सिमाना कति हो ?
लिम्वुवानको सिमानालाई दुइ भागमा विभाजन गर्नुपर्ने हुन्छ । १) नेपाल भित्र- नेपाल भित्र लिम्वुवानको सिमाना पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवाखोला अरुण हुदै सप्तकोशी, उत्तरमा हिमालय तिव्वत र दक्षिणमा विहार भारत पर्दछ । २) नेपाल वाहिर- पूर्वमा टिस्टा नदी-पश्चिम सिक्किम, दार्जीलिङ, कालिङपोङ सहित) र दक्षिणमा भारतको पूणिर्मा हाजिपुर जलालगढसम्म । उत्तर र पश्चिम सिमाना माथि उल्लेख भए वमोजिम रहेको पाईन्छ । यसको आधारमा ग्रेटर लिम्वुवानको अवधारणा ल्याउन सकिन्छ ।

३) लिम्वुवान स्वायत्त राज्यको उठान कतिको ठिक हो ?
माथि नै भनिसकिएको छ कि लिम्वुवान वि.सं १८३१ अगाडि स्वतन्त्र राज्य थियो र यो वि.सं. १८३१ व्ााट गोर्खा नेपालमा सह-राज्यको रुपमा रहन पुग्यो । यो क्रम वि.सं २०२१ सालसम्म रह्यो । वि.सं. २०२१ मा महेन्द्रवाट कथित भूमिसुधारको नाममा लिम्वुवानको किपट खारेजीको कुरा गरे । यसको लिम्वुहरुले घोर विरोध गरेका थिए । विरोध गर्ने कतिलाई जेलनेल लगियो । यद्दपी लिम्वुवानको आवाज निरन्तर रहिरहयो । किनकी किपट खारेजीको हवाला दिएतापनि वि.सं.१८३१ को लालमोहर खारेजी भएको थिएन । किनकी सम्झौता भनेको एकतर्फी होईन दुइ तर्फी हुनुपर्छ । त्यो काम भएको छैन । तर्सथ लिम्वुवान कानुन वमोजिम रहिरहेको छ । यसलाई सक्रीय वनाएर लैजान सकिन्छ । तर्सथ लिम्वुवान स्वायत्त राज्यको उठान युक्तिसंगत छ । त्यतिमात्र होईन यदि केन्द्रीय अर्थात नेपाल सरकारले लिम्वुवानले त्यो कुरा उठाउन पाउदैन भन्छ भने कानुनसम्मत लिम्वुवान स्वतन्त्र राष्ट्र हुन सक्छ ।

४) लिम्वुवान राज्य नभए लिम्वुवानको आन्दोलन रोकिएला ?
लिम्वुवान राज्य पूनस्थापना नभए लिम्वुवानको आन्दोलन कहिल्यै रोकिदैन । माथिनै व्याख्खा गरिसकिएको छ कि कानुनी प्रावधान अझै जिउदो छ । यसैको भरयाङमा चढेर सदार्सवदा लिम्वुवानको प्रसंग उठीरहनेछ । केन्द्रीय सरकारले दवाउन प्रयत्न गर्ला तर भोलि लिम्वुवानमा आन्दोलनको ज्वारभाटा चल्नेछ । अति भएमा श्रीलंकाको तामिलहरुको जस्तो स्थिती नआउला भन्न सकिदैन । यहा" एउटा विचारणीय कुरा केछ भने लिम्वुवान स्वायत्त होला । तर माओवादीहरुले भनेझैं सिमित पहाडि क्षेत्र मात्रै । यो सवालमा पनि लिम्वुवानले चुप लागेर वस्न सक्दैन । किनकी यो सिमीत पहाडि भाग मात्र लिम्वुवान नभएर माथि सिमानामा उल्लेखित भूमिहरु लिम्वुवान हो । त्यो वाहेकको क्षेत्र हो भने लिम्वुवान आमाको शिर काटिएको मानिनेछ साथै खुट्टा काटिएको मानिनेछ । तर्सथ सवैले भन्न सक्ने कुरा हो, मूल्याङकन गर्ने कुरा आफ्नो आमाको शरिर काटेर सन्तोष कसले मानुन् । यसर्थ लिम्वुवानको सवालमा आवाज उठाउने सवै राजनिती पार्टीहरुले ध्यान दिन जरुरी छ कि लिम्वुवानको वास्तकिता वुझेर मात्र कार्य गरिनु पर्दछ । साथै लिम्वुवान स्वायत्त पुनप्राप्तिको लागि देश विदेशमा रहने सम्पूर्ण लिम्वु तथा लिम्वुवानवासीहरु एकजुट भएर लाग्नु नितान्त आवश्य छ ।

। सेवारो ।।
-लेखक लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष हुनुहुन्छ
No comments:
Post a Comment