Oct 29, 2007

बिचार मञ्च

लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि तपाई कस्तो धारणा राख्नुहुन्छ ? त्यस प्रति आफ्नो विचार तल कमेन्ट बक्समा टाइप गरी सम्प्रेषण गर्न सक्नुहुनेछ । बिश्वब्यापी बहसको लागि आमन्त्रण गर्दछौ । सम्पादक

Oct 25, 2007

तेअङसी श्रीजङ्गा

लिम्वू भाषा श्रीजङ्गा लिपीका प्रवर्तक तेअङसी श्रीजङ्गा उनी लिम्वू भाषा प्रचार प्रसारमा रहदा सिक्किमका डुक्पाहरुले देशद्रोही को नाममा रुखमा बाधी मृत्यु दण्डको सजाय दिइएको थियो । त्यसैले उनी लिम्वूभाषाका पहिला शहिद हुन् । उनको जन्म १७६१ मंसिर २९ - मृत्यु १७९८ फागुन



Oct 24, 2007

शहिद राजकुमार आङदेम्वे

लिम्वूवान स्वायत राज्य पुन स्थापनाको खातिर आफ्नो ज्यान अर्पिएका पहिला शहिद राजकुमार आङदेम्वे

राजकुमारको संक्षिप्त परिचय
लिम्बुवान स्वायत्तताको आन्दोलनका प्रथम शहीद बनेका राजकुमार आङदेम्बे इलाम जिल्ला, चुलाचुली १ निवासी थिए । गाउँमा माङतोकको उपनामले परिचित उनी निडर तथा निर्भिक मानिन्थे । लिम्बुवान भोलेन्टियर्सका सक्रिय सदस्य तथा लडाकु उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । वि.सं. २०४४ मंसिर २४ गते बुबा धनबहादुर र आमा हर्कमाया फागोको माइला छोराको रुपमा जन्मेका उनले २०६४असोज २० गते आइतबार अपरान्ह शहादत प्राप्त गरेका थिए । श्रीमती सुनमाया योङहाङ र ४ महिनाकी छोरी मेन्छिगेन आङदेम्बेसहित छुट्टिएर बसेका थिए ।

Oct 22, 2007

के मिक्वा पोते

धान नाच

सिमा इ हिंमा

लुंमारक हिप्से

इतुंआं वाए

के लांमा

तुतुगेन तुम्याहांसे

लाखी रो आल्ल

सर्लामा सर

छुइ....या पकन्दि

लिम्बुवान

लक्ष्मी सुन्दर निंङलेखु


म एउटा लिम्बुको छोरो
लिम्बुवान प्रदेशको असल सिपाही
यो राष्ट्रको बफादार नागरिक
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।

बुझ्नेले अर्कै के के बुझ्लान
पर तन्त्र, वर तन्त्र जे जे बुझे पनि
मलाई मेरो आमाले बोल्ने भाषा चाहिएकोछ
त्यसैले साथी,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।

ईतिहासमा हराएका विभूतिहरू
अबका ईतिहासमा सजिनु पर्छ
हामीलाई काङसोरेको गाथा चाहिएकोछ
त्यसैले साथि,
मलाई मेरो लिम्बुवान चाहिएकोछ ।

-------------------
शंखमुल, काठमाण्डौ

फक्ताङ्लुङ् लिम्बुवान

कुमार लिङ्देन


बोली ननिस्कने आमाको काखको
बच्चा झैं
वल्टिपल्टि गर्दै
शदियौं देखि
फक्ताङ्लुङ्को काखमा खेलिरहेछ
एउटा पुरानो देश-लिम्बुवान

आवाज विहिन आमा
त्यो निर्जिव पहाड फक्ताङ्लुङ् उर्फ कुम्भकर्ण
बोलीको अभावमा
आँशुमिश्रित माया
आँखाबाट पोखाएर
नुहाइरहेछ एकमात्र सन्तान लिम्बूवानलाई
तमोर र काबेली भएर

आफ्नै अगाडि......
लिम्बूवानलाई पिटिएको नीलो डामहरुको
साक्षी बक्न
न्यायपुर्ण अदालत बन्ने आशामा
प्रत्येक हिउँदको चिसो तुफान सहदै
दृढतापूर्वक उभिरहेछ फक्ताङ्लुङ्ल
लिम्बूवानको एकमात्र चश्मदिद गवाह बनेर ।

(फक्ताङलुङ- कुम्भकर्ण हिमाल, लिम्बूभाषामा नाम)

मेरो लिम्वुवान फिर्ता देऊ

रोशन यक्सो "मूलसुब्बा"


तिमीलाई तिम्रो घरखेत माग्दिन
तिम्रो धनसम्पती पनि म माग्दिन
काठमाण्डौ, सिंहदरवार र नारायनहिटी पनि माग्दिन
सिंहदरवारभित्रको कुर्सी
जसको निम्ती तिमी र तिमीहरूजस्तैहरू
लड्ने गर्छौ,
बाझ्ने गर्छौ
त्यो कुर्सी तिमिलाई माग्दिन
त्यो तिमी नै राख ।
नारायणहिटी भित्रको कुर्सी
जसको निम्ती
विरेन्द्रको पूरा वंश विनास भयो
त्यो कुर्सी पनि माग्दिन
त्यो पनि तिमी ने राख ।
सिंहदरवार तिमी नै राख
नारायणहिटी पनि तिमी नै राख
अझ सम्पूर्ण काठमाण्डौ तिमी नै राख
तर
तिमीले हिजो झुक्याएर मसंग लिएको
लिम्वुवान माग्छु ।

तिमीसंग त्यो फक्ताङलुङमा माग्छु
जसलाई तिमीले कुम्भकर्न बनायौ
त्यो तुम्रिसे माग्छु
जसलाई तिमीले डुम्रिसे बनाएका छौ
त्यो मुकुमलुङ माग्छु
जसलाई तिमीले पाथिभारा बनाएका छौ
त्यो फेदेन माग्छु
जसलाई तिमीले फिदिम बनाएका छौ
समग्रमा म लिम्बिवान माग्छु
मेरो आफ्नै लिम्बिवान ।
म तिमीलाई काठमाण्डौ माग्दिन
तिम्रो अधिकार पनि माग्दिन
तर
म तिमीसंग मेरो अधिकार माग्छु
मेरो आफ्नै पहिचान माग्छु
मेरो आफ्नै अस्तित्व माग्छु
जसलाई तिमीले खोसेर लिएका थियौ/राखेका छौ
झुक्याएर लिएका थियौ/राखेका छौ
म तिमीलाई अरु केही माग्दिनभो !
मलाई तिम्रो केही पनि नदेऊ
तर मलाई मेरो लिम्बुवान चाहिन्छ
हामीलाई हाम्रो लिम्बुवान चाहिन्छहो !
हामीलाई हाम्रै लिम्बिवान चाहिन्छ
हाम्रै पहिचान चाहिन्छ
हाम्रै अस्तित्व चाहिन्छ
मलाई मेरो लिम्बिवान चाहिन्छ

--------------
ताप्लेजुङ, हाल: काठमाण्डौ

लिम्वूवान

टंक सम्वाहाम्फे


लिम्वूवान
युगौ देखि
थियो
नेपाली मानचित्र भित्रै
काहा मेटिएको छ र?
छ अहिले पनि
उस्तै
र रहिरहने छ
धरतीको अस्तित्व रहुन्जेल

लिम्वूवान
सत्ताका क्रुर भारदारहरुले
नामोनिशान
बनाउन खोजे
त्यसका सीमा रेखाहरु
भत्काए
र भने एउटै नेपाल
अनि कहिल्यै नउठ्ने गरी
कुल्चन खोजे
तर तिनीहरुले सोचे जस्तै
लिम्वूवान
लोप भयो र काहा ?
वरु उ भित्रभित्रै
जीउदो भएर जागी रहेछ

लिम्वुवान
कहिल्यै हारेन
शत्रुहरुवाट
न कि राजामहाराजाहरु वाट नै
वरु हारे लिम्वूवानसंग
निहु खोज्नेहरु
त्यसैले उसको पराक्रम देखेर
हात बढाउनु पर्यो
सन्धिको लागि
र ताम्रपत्रमा लेख्नु पर्यो
कि तिमी
सदासदाको लागि
स्वतन्त्र छौ भनेर

लिम्वूवान
छ र त छन् लिम्वूहरु
अव कस्ले भन्न सक्छ ?
कि लिम्वूवान छैन भनेर
वरु सोध्नुहोस लिम्वूहरुलाई
लिम्वूवान
काहा देखि काहा सम्म
थियो भनेर
वरु सम्झौता गर्नुहोस्
लिम्वूहरुसंग
लिम्वूवान
काहा देखि काहा सम्म
हुनु पर्छ भनेर

लिम्वूवान
लिम्वूहरुको आफ्रनै घर हो
के आफ्रनै घरलाई
मेरो घर हो भन्न पाईन्न र ?
के उसको घरको
आफ्नै हक हुदैन र ?
त्यसैले निर्विवाद
आफ्नै भाषा जाति धर्म र संस्कृतिमा
रमाउन पाउनु
उसको अधिकार हो
अव कसैले
अपहरण गर्न नखोजे हुन्छ
उसको जिजीविषालाई
भोलि हतियार भएर
उठ्न सक्छ
तर्सथ
आरक्षणको प्रलोभन
नदेखाए हुन्छ
सहानुभूतिको माला
नपैर्याए हुन्छ
किनभने लिम्वूवानले
चाकरी र चाप्लुसीको
भाषा वोल्दैन
षड्यान्त्रको भाषा वुझ्दैन
मात्र स्वतन्त्रता चाहन्छ
लिम्वूवान भएर बाच्नको लागि

लिम्वू स्रष्टा तथा कलाकारहरु

विभिन्न क्षेत्रमा लाग्नु भएका लिम्वू कवि इतिहासकार संगीतज्ञ फिल्म निर्देशक राजनितीज्ञ गायक उपन्यासकार सम्पादक गीतकार कथाकार आदि
-----------------------------------------------------------------------------------
----इतिहासविद ------------कवि प्राज्ञ ------------कवि -------------कवि सांसद

इमानसिंह चेम्जाङ्ग -----वैरागी काइला ---------विक्रम सुब्बा ----------विजय सुब्बा
---------------------------------------------------------------------------------
------कवि ------------------गायक ---------संगीतकार गायक --------उपन्यासकार

--नवराज सुब्बा ----------भगत सुब्बा ------------दिनेश सुब्बा -------विन्ध्या सुब्बा
---------------------------------------------------------------------------------
--अपतनका लेखक ------चलचित्र निर्देशक ----------कवि ---------------कवि

पदम सिंह मुरिङ्गला ------नविन सुब्बा --. . . .----टंक सम्वाहाङफे --------हांयुग अज्ञात
-------------------------------------------------------------------------------
----कवि उपन्यास ---------कवियत्री ---------------कवि ------------------कवि

-मन प्रसाद सुब्बा -------विमला तुम्खेवा ------अमर तुम्याहाङ्ग ----भरतमणि चोङ्गवाङ्ग
--------------------------------------------------------------------------------
----नेपाल स्टार --------------निबन्धकार -----------कवि --------------गायक
.
----विष्णु चेम्जोङ्ग ----बिश्वासदीप तिगेला -------चन्द्र मादेन---------कुमार लिम्वू
-------------------------------------------------------------------------------
--------कवि ---------------उपन्यासकार --------------कवि --------------कवियत्री

----डि.बि पालुङवा -------दिल पालुङवा ----------गणेश इजम --------गीता पालुङवा
---------------------------------------------------------------------------------
------कथाकार -------------गीत गजलकार ----------गीतकार --------------कथाकार

----क्रान्ति वनेम ----------मिजाश तेम्वे ---------नन्द चङसु -----------निमा सेनेहाङ्ग
-----------------------------------------------------------------------------------
---गायिका नायिका -------------कवि -----------------कथाकार ------------कवियत्री

-----पवित्र सुब्बा ---------परीहास सुब्बा ----------प्रदीप कन्दङवा ----गीता खजुम सन्ताप
--------------------------------------------------------------------------------
---------कवि -----------------गायिका ----------------कवि ----------------कवि
.
-----शरण सुब्बा ----------सुनिता सुब्बा ---------सुरेन लिम्वु -----------स्वप्निल स्मृति
-------------------------------------------------------------------------------
---------कवि -----------------कवि ---------------कवि सम्पादक --------उपन्यासकार

----टंक वनेम ------------उपेन्द्र सुब्बा -----------भूपेन्द्र चेम्जोङ्ग ----------देश सुब्बा
----------------------------------------------------------------------------------
--------नायिका ----------------लेखक ------------नेपाली तारा ----------गायिका

--अनुपमा साउदेन---------- धनहाङ सुब्बा ---------दीपक लिम्वू -----------मनु नेम्वाङ
-----------------------------------------------------------------------------------

Oct 18, 2007

अक्कल बहादुर मेयाङ्गवो

हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
-----------------------------------------------------------------------------------------------------------
अक्कल बहादुर मेयाङ्गवो - वाम बुद्धिजिवी
-१) यो स्वागतयोग्य कुरा हो । अलिक अगाडि नै हुनु पर्थ्यो । वास्तवमा लिम्बुहरुले चाहेको पनि यहि नै हो ।
-२) संघीय राज्य दिने सवालमा सरकारको देशको लागि दुर्भाग्यपूर्ण हो ।
-३) नेपाली कांग्रेस जनतालाई स्वयत्त राज्य दिने पक्षमा नै छैन। एमालेभित्र केन्द्रिय स्तरमा संघीयको कुरा भयो अरे भन्ने माग सुनेको तल्लो तहमा आईपुगेकै छैन। त्यसैले उसको कुरा विश्वासयोग्य छैन।

गजेन्द्र इस्वो

हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
गजेन्द्र इस्वो - प्रि.या.चु. का केन्द्रीय सदस्य
-१) माओवादीले लिम्बुवान राज्यलाई स्वीकारेको कुरालाई स्वागत छ । तर पार्टीको नीति, कार्यान्वयन पक्ष हेर्न वाँकी छ ।
-२) यो सरकार संघीय राज्यकै पक्षमा छैन भने लिम्बुवान, खम्बुवानको कुरै छाडौ ।
-३) कांग्रेसको तर्फबाट त केही कुरा स्पष्ट छैन, तर एमालेले पनि कार्यक्रम दिन खोज्दैछ तर कार्यान्वयन गर्न सकेको छैन।
-४- लिम्बुवान खम्बुवान केही मतभिन्नता छ। केही साथीहरुले किराँत फुटेको भनि रहेका छन्। तर लिम्बुवान खम्बुवान आ-आफ्नै अस्तिवमा छन् भन्ने कुरा विर्सनु हुदैन।
-५) किराँत याक्थुम चुम्लुङ्गले लिम्बुवान राज्यको दावी होईन स्वयत्त शासनको माग चाहि गर्दछ। किन भने यो एउटा जातीय संस्था हो। आत्मनिर्णयको अधिकार सहितको स्वयत्त राज्य माग्ने हो।
अन्तर्वार्ता र तस्वीर आनन्द श्रेष्ठ / एचकेनेपाल डट कमबाट साभार

जय केरुङ

हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?

------------------------------------------------------------------------------------------------------------
जय केरुङ - अध्यक्ष लिम्वुवान स्वायत्त सरोकार मञ्च
-१) हामीले त माओवादी पार्टीलाई मुरीमुरी धन्यवाद भनेर विज्ञप्ति नै निकालेका छौं। ०६२ सालको अन्त्य तिर हामीले सरोकार मञ्च गठन गर्नुको कारण नै माओवादीले लिम्बुवान छाड्मो भनेर हो । हाम्रो दर्शन मालेमावाद नै हो। किन भने जातिय मुक्ती मालेमावादले नै गर्छ।
-२) वर्तमान सरकारमा यथास्थितीवादी व्राम्हणवादीहरुको हालिमुहाली छ। त्यसमा ठूलो समूह एमाले भित्र छ। गणतन्त्रमा देश जांदा अमेरिकालाई चिन्ता छ भने संघीय राज्य संरचना आए भारतीय ब्राम्हणवादीहरुलाई चिन्ता छ तर पनि माओवादीको पासोमा एमाले र कांग्रेस अहिले भने फँसेको छ। अव नेपाली जनतालाई सचेत गर्दै शहरकेन्द्रित जनआन्दोलन नगरी यो ब्राम्हणवादी सत्ता कब्जा हुदैन।
-४) किराँत प्रदेशलाई आधार मानेर र्राई लिम्बु वाहेक अन्य जातीलाई उप स्वयत्तता दिनु पर्छ।
अन्तर्वार्ता र तस्वीर आनन्द श्रेष्ठ / एचकेनेपाल डट कमबाट साभार

कमल तिगेला

-हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
कमल तिगेला - लिम्वुवान खम्वुवान अनुसन्धानकर्ता
-१) माओवादीको विस्तारित बैठकको निर्णयले लिम्बुवान, खम्वुवान राज्य निर्माणमा एउटा इटा थपिएको छ। महाभारतको उत्तराखण्ड सबै किराँत प्रदेश थियो। तर हामी सिमित ठाँउलाई मात्र किराँत प्रदेश भन्थ्यौ, त्यसमा मेरो विरोध थियो।यसको म हृदयदेखि नै स्वागत गर्छु तर निर्णय मात्र गरेर हुदैन व्यवहारिकरुपमा कार्यान्वयन हुनु पर्‍यो।
-२) यो सरकार त संघीय राज्य पनि चाहन्दैन। सबै जातजातीलाई उत्पीडनबाट मुक्त गर्न चाहेकै छैन । कुलिनतन्त्र यथावत छ । एक जातीय हैकमबाद कायमै छ।
-३) संघीय कुरामा कांग्रेस विलकुलै सकरात्मक देखिदैन। उसले दिई हाले पनि क्षेत्रीय स्वयत्ततासम्म देला तर त्यो भनेको यथास्थितीवादी नै हो।एमालेको संघीय अवधारणाहरु यथास्थितीवादी भन्दा माथी उठ्न सकेको छैन।
अन्तर्वार्ता र तस्वीर आनन्द श्रेष्ठ / एचकेनेपाल डट कमबाट साभार