इतिहासकार हरुले जतिसुकै कन्जुस्याई गरेतापनि नेपालको इतिहासको संन्दर्भमा किरातकालिन इतिहासको दुइ शव्द नलेखिएमा त्यो नेपालको इतिहास निश्चित रुपमा अधुरो रहनेछ । इतिहासविद प्रेम बहादुर माबोहाङ, जयसवाल आदी इतिहासकारहरुको पुस्ता सम्बन्धी सामान्य मत भिन्नता पाईएता पनि किराती प्रथम राजा यलम्बरबाट ३२/३३ पुस्ता सम्म किरातीहरुले नेपाल खाल्डोमा रँज्यगरेको र किरातीहरुको अन्तीम राजा योक्नेहाङ/गस्ती साशनकालबाट लिच्छवीहरुको उदय संगै किरातीहरुले नेपाल खाल्डोवाट वाहिरिएर आ-आफ्नो राज्य सुरक्षित गरि राज्य गर्न लागेको यथार्थ इतिहासमा पाईन्छ ।जस अनुसार पल्लो किरात लिम्बुवान राज्य किरात लिम्बुहरुले आफ्नो कव्जा जमाई स्वतन्त्र रुपमा आपुङ्गी राज्य संचालन गरि बसेकाथिए । लिम्बुवानको झिनो मसिनो अस्तित्व २०४५/२०४६ सालसम्म पनि भएको इतिहास साक्षि छ । स्वायत्त लिम्बुवान राज्यको अवधारणा कुनै नौलो होईन । यो लिम्बुवान राज्यको आफ्नै ऐतिहासिक महत्व, आफ्नै गौरब गाथाहरु र आफ्नै बिशेषताहरु छन । यसलाई कसैले बिखण्डन गर्ने प्रयास गर्नु हुन्न यसो गर्नु महाभूल तथा अपराध सावित हुनेछ र यो दिगो शान्तिको वाधक वन्नेछ ।गोर्खाली फौजहरु लिम्बुवानको फौजसंग १७ औं पटकसम्म पनि पराजित भएपछि वि.सं १८३१ मा गोर्खा हाल नेपाल राज्यले कुटनैतिक तवरबाट सन्धी लालमोहरको आधारमा लिम्वुवान राज्यलाई नेपालको स्वतन्त्र सह राज्यको रुपमा नेपलमा आबद्ध गराएको हो । त्यस समयमा तथा त्यस भन्दा अगाडिको अवस्थामा लिम्वुवान को पश्चिम सिमाना सिस्वा/संखुवा खोला अरुन नदी हुदै सप्तकोशी नदी, पूर्वमा टिस्टा दक्षिणमा जलालगढ भारत र उत्तरमा हिम सृङ्गखला तिव्वत पर्दथ्यो भन्ने विभिन्न ऐतिहासिक आधारहरु पाईन्छन् । पछि इस्ट इण्डीया कम्पनीले षडयन्त्रपूर्वक ढंगले मेची पूर्व टिस्टा र दक्षिण जोगवनीदेखि दक्षिण जलालगढसम्मको जमिन भारतमा गाभिदिएको इतिहास छदैछ । यस अवस्थामा हाल लिम्वुवानको सिमाना पूर्वमा मेची, पश्चिममा सिस्वा/संखुवा खोला अरुन नदी हुदै सप्तकोशी नदी, दक्षिण विहार भारत र उत्तरमा हिम श्रृङ्गखला तिव्वत पर्दछ । यो चार किल्लाले घेरिएको क्षेत्र अर्थात नेपालको जिल्लागत रुपमा भन्ने हो भने १) ताप्लेजुङ २) पानथर ३) इलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ जिल्लाहरु अवस्थित क्षेत्र लिम्वुवान स्वायत्त राज्य हुनु पर्दछ अथवा यो गुमेको राज्यको अधिकार पूनस्थापना हुनु पर्दछ भन्ने लिम्वुवान राष्ट्रिय मोर्चाको अवधारण हो ।लिम्वुवान राज्यको ऐतिहासिकतामा अझै अघि वढ्दा मोरङहाङ राजाले हालको मोरङ जिल्लामा राज्यगरेको इतिहास अझै टड्कारो रुपमा छदैछ । यदि हालको झापा, मोरङ, सुनसरी -मधेस) जिल्लाहरु लिम्वुवान नभएकोभए ति ठाउहरु लिम्वुवानसंगै -गोर्खा) नेपाल राज्यमा समाहित हुनुपर्ने आधार नेपाल सरकार संग के छ - निकाल्नु सक्नु पर्छ । होइन भने आफु खुसी लिम्वुवानको सिमाङ्कन गर्ने अधिकार न कुनै पार्टीलाई छ नत सरकारलाईनै । यदि शान्ती र विकास चाहाने हो भने ऐतिहासिक आधारमा लिम्वुवान राज्यको पुनः स्थापना हुनु को विकल्प रहदैन । तत्कालिन अवस्थामा प्रायःगरी लिम्वुवानको मधेस क्षेत्र जंगलले ढाकेको र कम वसोवास भएको अवस्था सवैमा ज्ञातव्य नै छ तथापी लिम्वुवान राज्यको चौहत्ती सिमा भित्र पर्ने जमिन हो भन्ने तथ्यहरु अध्यावधी छदैछन् । यदि त्यसरी वसोवासकै आधरमा लिम्वुवान होईन भन्ने तर्क हो भने त्यो उत्तरी हिमाल जहा अहिले सम्म पनि वस्तिछैन । त्यो पनि किन लिम्वुवान नेपाल भन्ने तिव्वत भन्दीए भएन र -अर्कोतिर केही मित्रहरुले जातिय स्वायत्तताले राष्ट्र बिखण्डन गर्छ तथा कुनै एक जातिको एकाधिकार कायमहुन्छ तथा अन्यजातिहरुले कहा स्वायत्तता पाउनेत - त्यस्तै यस अवस्थामा छैटौं शताव्दीका कुराहरु अथवा सोह्रौ सत्रौ शताव्दीका कुराहरु उठाएर हुन्न भन्ने जस्ता अपरिपक्क प्रश्न एवं तर्कहरु अघिसार्ने कामहरु पाईन्छन । यदि त्यस्ता इतिहास तथा सृष्टिलाई बिस्वास नगर्ने हो भने हामीले हाम्रो पूर्खाहरुको किन विश्वास गर्ने । अहिले हामी नेपालीहरु त कहा आर्य, किरात तथा मंगोल हौ र - हामी त ककेसियन द्रविडियन पो रहेछौ हाम्रो यसप्रकारको अनुहारको आकृती भरखरै भएको रहेछ नत्र हाम्रो नाक चुच्चो केस खैरो छाला सेतो भाषा अंग्रेजी पो रहेछ भन्ने इत्यादि व्याख्या गरिदिए भएन र - अर्को कुरा एक जातीको एकाधिकार हुन्छ भन्ने तर्क पनि अपरिपक्वता तथा अध्ययनको कमि भन्नु पर्ने हुन्छ । किनकि हामीले कुनै एउटा संघीय राज्यलाई हेरेर त्यसको विश्लेषण गर्ने होईन । सिङ्गो नेपाललाई एकै ठाउमा राखेर हेर्नर्ुपर्दछ । हाम्रो अवधारणा भनेको नेपालका हरेक जातिहरुले आआफ्नो ठाउबाट फल्ने पुल्ने मौका पाउनु पर्छ । त्यसको साथै कुनै पनि संघमा बसोबासगर्ने मानिसहरु त्यस संघका नागरिक हुन र नागरिक हक अधिकार सबैमा समानरहन्छ । त्यस अर्थमा कसरी राष्ट्र टुक्रिन्छ र एक जातिको एकाधिकार हुन्छ - यो असम्भव ।इतिहास इतिहास नै हो सृष्टि र इतिहासलाई हामीले सम्मान गरौ । समय अन्तरालले हामीलाई जताबाट ल्याएपनि र पुर्याए पनि हामी सबै अहिले लिम्बुवानबासीनैहौ र एकैहौ । त्यसैले लिम्वुवानवासी सम्पूर्ण जनताहरुलाई म यो आव्हान गर्दछु कि जातिय संकिर्णता भन्दा माथि उठेर, लिम्वुवानका हामी सवै जनता एकै हौं र लिम्वुवान हाम्रो भूमी हो भन्ने भावनाको विकास गरि लिम्वुवान स्वायत्त राज्यको पूनस्थापना गरौ । प्रजातान्त्रिक प्रगतिशिल समाजको निर्माण गरी लिम्वुवानको सर्वाङ्गीण विकास गरौ । अहिलेको हाम्रो माग दावीलाई वेवास्ता गरिएमा वि.सं १८३१ सालको लालमोहर साछि राखेर कानुनी लर्डाई लड्न तयार होऔं । त्यसको संवोधन नगरिएमा अझ शसक्त र संगठीत रुपले आवश्यकता अनुसारको आन्दोलनमा जुटौं ।
No comments:
Post a Comment