Oct 18, 2007

किरातीहरु आर्य हुन्


प्रदीप कन्दङवा बौलाएछ भनिरहनु भएको होला, यो जो पढिरहनु भएको छ । यो लेखको शीर्षक हेरेर सबैलाई यस्तो लाग्नु स्वभाविक छ । तर सत्य संधै नाङ्गो आँखाले देखेजस्तो मात्र हुँदैन । सत्यका अनेकौं रुप हुन सक्छन् । जस्तो किरातीहरु आर्य हुन् भन्ने व्यक्ति म नभएर देशका एक लब्धप्रतिष्ठित विद्वान प्रा.डा. राजाराम सुवेदी हुन् । नेपालको इतिहासको विस्तृत अध्ययन र खोज अनुसन्धान गरेर यिनले नेपालीहरुलाई लाउनु गुन लाएका छन् । त्यस अतिरिक्त समयको अत्यन्तै दूरविगतदेखि आजसम्म आफ्नो छुट्टै र विशिष्ट पहिचान बोकेर आएका सम्पूर्ण किरात जातिलाई वहाँले आफ्नो लेखमा सुरुमा सभ्य र सुसस्कृत जाति भन्दै सभ्य र सुसस्कृत भएकै कारण यो जाति आर्य भएकोमा कुनै सन्देह नरहेको कुरा उल्लेख गर्नु भएको छ ।
यसकारण म नबौलाएको तथ्य यहाँ यसरी उजागर हुन्छभने सुवेदी सर बौलाएका हुन त…?…प्रश्न उब्जिन्छ । २०४० सालको असार अङ्कको मधुपर्कमा “किरातहरु आर्य हुन्” भन्ने लेख लेखेर यिनले जुन दुष्कर्म गरे, त्यसलाई “नेपालको तथ्य इतिहास” नामक ग्रन्थमा दोहोर्‍याएर किरातप्रति यिनको दृष्टिकोणको पुन: पुष्टि गरेका छन् । हुन त किरातहरु हिन्दू हुन् भनेर आफ्नो विशाल ग्रन्थ “प्राचिन किरातको इतिहास”मा भरमार वकालत गर्ने व्यक्ति अरु कोही नभएर किरात कूलमै जन्मिएका डा. स्वामी प्रपन्नाचार्य उर्फ कालु र्राई हुन् । राइको छोराले जनई भिरेपछि होस ठेगानमा कहाँ हुन्छ र ! भन्दा पनि यिनलाई देशका ब्राम्हणहरुले कथित स्वामी आदिको झुठो मानसम्मान आदि दिएझैं नाटक गरेर किरात विरुद्ध छाद्न उक्साएका छन् भनेर शंका गर्दा अर्घेलो नहुने देखिन्छ । यिनी विद्यावारिधी गरेका एक विद्वान व्यत्ति हुन्, मान्छे ज्ञानले पूर्ण कहिले हुँदैन, यो जान्दाजान्दै पनि यिनीबाट भूल भयो होला, त्यो मान्ने कुनै आधार छैन, तर्सथ यो नियत यिनको दिमागमा छायो कसरी ? खालि शंका लाग्छ मनमा बस लागिरहन्छ ।
नहुने देखिन्छ । यिनी विद्यावारिधी गरेका एक विद्वान व्यत्ति हुन्, मान्छे ज्ञानले पूर्ण कहिले हुँदैन, यो जान्दाजान्दै पनि यिनीबाट भूल भयो होला, त्यो मान्ने कुनै आधार छैन, तर्सथ यो नियत यिनको दिमागमा छायो कसरी - खालि शंका लाग्छ मनमा बस लागिरहन्छ ।प्रा.डा.राजाराम सुवेदीले जुन दावी गरे कि किरातहरु आर्य हुन् । दावी गर्न सकिन्छ, हजारौ वर्षेखि मान्दै आएको विश्वास गलत नहोला भन्न सकिन्न । किरातहरुको मामलामा यो दावी झट्ट सुन्दै बडो बदनियतपूर्ण लाग्छ, कुरा बेग्लै हो । तर र्सूय ब्रम्हान्डको केन्द्रविन्दु हो भनेर पहिलो पटक निकोलस कोपर्निकसले भन्दा पृथ्वी ब्रम्हान्डको केन्द्रविन्दु हो भन्ने विश्वास गर्न थालिएको हजारौं हजार वर्ष बितिसकेको थियो । तर जसले जुन दावी गर्छ त्यो पुष्टि गर्ने जिम्मा पनि उसैको हुन आउँछ । यदि त्यसो हुन सकेन भने दावी केवल हास्योत्पादक किस्सा मात्र हुनजान्छ । यहाँ त्यस्तै भएको छ । नेपाली इतिहासका प्रकाण्ड विद्वान प्रा.डा. जस्तो मान्छेले किरातहरु आर्य हुनुको पछाडि उनीहरु सभ्य र सुसस्कृत जाति भएको आधार प्रस्तुत गर्नु बडो दुर्भाग्यपूर्ण हुन गएको छ । उनको यो ठुटे र बदनियतपूर्ण तर्कले के प्रस्ट हुन्छ भने संसारका सबै सभ्य जातिहरु केवल आर्य हुन् । अब यो कसरी मान्नु कि आर्यबाहेक संसारमा अरु कुनै जाति सभ्य थिएनन् र छैनन् भन्ने कुरा । भारतवर्षमा सभ्यताको जग हाल्ने पहिलो श्रेय आफैले धेरै वर्षसम्म आर्यहरुले लिएर बसे र जव सिन्धू सभ्यताको जनक किरात या द्रविड भएको तथ्य बाहिर आयो, तब यिनीहरुको धोती फुस्कियो तर पनि बेलाबखत यस्ता धताउने बरबराउने काम भइ नै रहेको छ । उनले यो कुरा लेखेर एक त आर्यहरु मात्रै संसारका सभ्य जाति हुन सक्छन् भन्न खोजेका छन् भने, अर्कोतिर ऋगवेदभन्दा जेठो छुट्टै पहिचान र अस्तित्व भएको किरात जातिको भावनामा कूठाराघात गरेका छन् । यो कुरा अरु कसैले लेखेको भए गल्ति भएछ भन्नु हुन्थ्यो तर यत्रा प्रकाण्ड विद्वानको वौद्धिकतामा कसरी शंका गर्नु ? जव यिनको वौद्धिकतामा शंका गर्ने ठाउँ रहँदैन भने यिनको नियत खोटो छ भनेर ठोकुवा गर्न सकिन्छ । आफ्नो भनाइ पुष्टि गर्न यिनले जुन तर्क पेश गरे, त्यो सम्झेर मलाई बडो उदेक लागेर आउँछ । अनेकौ सवालहरु उठ्ने भ्वाङहरु छाडेर यस्तो हास्यास्पद दावी किन गरे होलान् यिनले ? बस शंका मनमा केवल लागिरहन्छ ।
यसबाहेक अर्को एउटा निराधार र हास्यास्पद तर्क पनि उनले दिएका छन् , त्यो के भने, किरातहरु शंकर भगवानका उपासक भएको कारणले यि जाति सभ्य थिए र सभ्य भएको कारणले यि जाति आर्य हुन् । शंकर भगवानको उपासक भएको कारणले किरातीहरु सभ्य थिए भन्ने तर्क कति हाँसो उठ्दो छ । यदि शंकर भगवानको उपासक नभइदिएको भए कोही जाति सभ्य हुँदैनथ्यो होला ? या त सभ्य हुनलाई शंकर भगवानकै उपासक बन्नु पर्ने अनिवार्यता हो, प्रा.डा. सा’बको नियत बुझ्न सकिएन । भगवान शंकरलाई आर्य या हिन्दूहरुको भगवानको रुपमा पुजिन्छ तर परापूर्वकालदेखि नै भगवान शंकरको किरातरुपको बारेमा यत्रतत्र चर्चा परिचर्चा हुने गरेको पाइन्छ । यस्तो किन भयो होला, कि भगवान शंकर हिन्दू र किरातहरुको साझा भगवान थिए त ? यस्तो हुन सक्ला र ? अवश्य यस्तो हुन सम्भव छैन । उसो भए कसरी भगवान शंकर किरात र हिन्दूहरुको साझा हुन गए, एकछिन विचारौं । २२०० सय इसा पूर्वतिर सम्भवत मध्यएसियाबाट सुमेरिया, इरान, अफगानिस्तान हुँदै आर्यहरु भारत सिन्धूक्षेत्रमा प्रवेश गरे । यसरी उनीहरु त्यहाँ आइपुग्दा अत्यन्तै समुन्नत सिन्धू सभ्यताको नागरिय विकास भइसकेको थियो । त्यो समयमा त्यहाँका बासिन्दाहरु किरात द्रविड आदि थिए र उनीहरु महादेव यानी शंकरको उपासक थिए । स्थानीयबासीहरुले महादेवको लिङ्गको प्रतिमा बनाई पुजा-अर्चना गरेको देखेर तिनताक आर्यजनहरुले किरात या द्रविडहरुलाई बहुत हेय दृष्टिकोणले हेर्ने गरेको तथ्य ऋगवेदमा उल्लेख भएको कुरा डा.र्सुयमणि अधिकारीले “विश्व इतिहासको रुपरेखा” भन्ने आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनको अनुसार ऋगवेदमा अनार्यहरुलाई “शिष्नादेवा” अथाव लिङ्गको पुजा गर्ने जाति भनेर उपहास गरिएको छ । यसरी स्थानीयबासीहरुलाई लिङ्गपुजक भनी सुरुमा हेला र अपमान गर्ने गरेको भए तापनि महादेव या रुद्र भगवानको लोकप्रियतामा कमी आउनुको सट्टा झन्झन् बढेर गयो ।
तिनताक आर्यहरुका अनेको मध्य भगवान इन्द्र अत्यन्तै शक्तिसाली र लोकप्रिय थिए भनिएको छ, सायद महादेवलाई बदनाम गरेर सम्पूर्ण समाजमा इन्द्रलाई एकमात्र भगवानको रुपमा आर्यहरु स्थापित गराउन चाहान्थे । तर परिणाम त्यसको ठीक उल्टो भयो । महादेवको शक्ति र लोकप्रियता दिन र्दुइगुना रात चौगुनाको दरले बढेर गयो । महादेवको शक्ति र लोकप्रियतादेखि भयभित भएका आर्यजनहरुले अन्तिम र उत्तम विकल्पको रुपमा महादेवलाई अपनाए र जब त्यो समाज आर्यहरुबाट निर्देशित भयो । महादेवलाई पनि उनीहरुले आफ्नै भगवानको रुपमा प्रचार गरे तर महादेवको किरातरुप आजपर्यन्त पूर्णरुपमा लोप हुन सकेन । सच्चा इतिहासकारहरुले यो तथ्यलाई जस्ताको तस्तै व्याख्या गर्ने गरेका छन् तर सुवेदी सरले यो तथ्य किन तोडमोड गरे ? सबैको ध्यान आकृष्ट गर्न चाहान्छु म । त्यसो त जरा काट्न नसकेपछि अपनाउनु एक हिसावले बुद्धिमानी हुन्छ, त्यसको पछिल्लो उदाहरण भगवान बुद्धलाई लिन सकिन्छ । हिन्दूहरुका भगवानमध्ये सबैभन्दा दुराचारी र जाली भगवानको रुपमा बिख्यात बिष्णु भगवानको दशमध्ये नवौं अवतारको रुपमा भगवान बुद्धलाई उनीहरुले घोषणा गरिदिएपछि नियत बुझ्न अरु केही भनिरहनुपर्ला जस्तो लाग्दैन । आजभोलि बलिहाङ तङ्नाम अथवा तिहार चाड पनि हिन्दूहरुको मौलिक चाडको रुपमा स्थापित भइसकेको छ तर किरातभित्र यो चाड सम्बन्धमा छुट्टै र बडो घतलाग्दो मिथक हामीले बाउ बाजेहरुको मुखबाट सुन्दै आएका छौं । त्यो मिथक र तिहारको सम्बन्धमा हिन्दू मान्यतामा धेरै भिन्नता छ । देउसी भैलो खेली हर्र्सोल्लास मनाउनेबाहेक अरु सम्पूर्ण चलन बलात् छिराइएको हो भन्ने हाम्रो मान्यता छ । यसरी किराती मौलिकता र सस्कृतिउपर वैदिकयुगदेखि अहिलेसम्म लगातार प्रहार भइआएको भए पनि हामीले हाम्रो मौलिक पहिचान गुमाएका छैनौँ । आफ्नो बौद्धिक उचाइको प्रभाव दिएर इतिहास बङ्ग्याउन खोज्ने र हाम्रो मौलिकता उपर धावा बोल्ने तत्वहरुलाई बेलैमा चिनौँ । सावधान, पहिचान सङ्कटमा पर्न सक्छ ।

नोट - नेपाल डट एचके वेवबाट साभार

5 comments:

kember said...

Kale rai urfa Swami prapannachharya kin janmaiyo ? Yo pani Phutau ra rajgar niti ko sutrapat, pakchhyapat ko srijana ho.

kember said...

Aandrama Leu chha tara pani janai lagaunu lagayera chhokhinu khojnu le andra sapha hundaina.

kember said...

Khun-khun ko kos ma sungur khayeko abasesh chha.

Khambu said...

kirati sabda angalneharu arya huna sakchhan kinabhane arya byabahar bhayye pachhi ke bhanne jabaki sanskrit padera acharya bhaye pachhi ke bhanne? Guru anusarko chela hoinara?

Khambu said...

Kirat bhanne sabda sanskrit bata nai aayyeko ho. Anusandhan garda artha chhaina. code word of sanskrit ho.