Oct 18, 2007

नर प्रसाद लिम्बु

हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो--१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
नर प्रसाद लिम्बु- संस्थापक सदस्य किरात याक्थुम चुम्लुङ्ग
-१) माओवादीले बल्ल सहि निर्णय गरेको छ। यसले अव राजनीतिक ध्रुविकरण गराउंछ र किराँत याक्थुम चुम्लुङ माओवादी धारमा आउनु पर्छ। कुमार लिङ्गन्देन, जय केरुङको पार्टी र कियाचुले मागेको कुरा एउटा शसक्त राजनीतिक पार्टीले उठाए पछि उसलाई समर्थन गर्न बाध्य भएका छन्। अव ध्रुवीकरणमा नआउनेहरु शंकाको घेरामा पर्ने छन्। किन भने लक्ष्य स्पष्ट भए पछि अव फाटो भएर हिड्नुको औचित्य छैन।
-२) तर वर्तमान सरकार सकारात्मक छैन् । आखिर सरकारले लिम्वुवान, खम्वुवानसंग वार्तामा आउनु नै थियो भने आन्दोलन गर्नु अघि किन मौन बस्यो- सरकारलाई त कुन संस्थाले आन्दोलन गर्दैछ भन्ने कुरा पनि राम्रो ज्ञान थिएन भन्ने कुरा शुरुमा सरकारले ‘लिम्बुवान मञ्च’ भनेर आन्दोलकारीहरुलाई पठाएको चिठ्ठीबाट पुष्टि हुन्छ।
-३) एमालेले नाराको रुपमा मात्र संघीय नारा उठाएको छ। जातियताको आधारमा हुदैन भनेको छ। मौलिक आधार अघि सारेको छ तर त्यसबाट जनजातिको पीडा, अधिकार समेटन् सक्दैन। कांग्रेस एउटा निश्चित जाती र वर्गको मात्र पार्टी भएको स्पष्ट छ।
-४) लिम्बुवान, खम्बुवान छुट्टै राज्य भए पनि किराँत प्रदेश महासंघको ढाँचामा बनाईनु पर्छ जहां जातिहरुको स्वतन्त्र राज्यहरु कायम रहने छ ।

1 comment:

samyo said...

TAREBa ji thik chha hai Limbuwan ko chaso balla bade jasto chha.