Nov 21, 2007

पहिलो 'नेपाली तारा' दीपक लिम्बू

चौविसे कान्छा
उनका बाबुआमाले २३ वर्षअघि छोराको नाम दीपक राख्दा सायदै सोचेका थिए, उनी एक दिन कलाकारिताको आकाशका चम्किला तारा हुनेछन् भन्ने । तर, भयो त्यस्तै । सुनसरीको प्रकाशपुर-८ का दीपक लिम्बू गत असोज १५ गते 'नेपाली तारा' घोषित भएपछि उनले छ-सात वर्ष बिताएको धरानमा

ठूलै जुलुस निस्कियो । एक साताअघिसम्म फुर्सदिला दीपक अहिले अति व्यस्त भएका छन्, उनको 'स्टारडम' का कारण । पहिलो 'नेपाली तारा' बन्दा उनको खुसीको सीमा रहेन । उनले सानैदेखि राम्रो गायक बन्ने सपना सँगालेका थिए । स्टुडियो फोर र सामसुङ् कम्पनीले आयोजना गरेको प्रतिभाको खोजीको 'अडिसन' -स्वर परीक्षाका अनेक चरण पार गर्दा उनले चाल पाए, "गाउनु मात्र सबै कुरा होइन रहेछ ।" 'नेपाली तारा' भएपछि उनलाई पुरस्कारको वषर्ा लागेको छ । उनको एकल एल्बम निस्कँदैछ, एक साताका लागि सिङ्गापुर भ्रमणमा जादैछन् र चाँडै नै तीनवटा म्युजिक भिडियोमा खेल्दैछन् । यति मात्र कहाँ हो र ! हिजोसम्म ट्याम्पो चढ्ने उनी अहिले बजाजको डिस्कभर मोटरसाइकल हुइँकाउँदैछन् । उनको पर्समा ५१ हजार रुपियाँको डेबिट कार्ड पनि परिसकेको छ । अबचाहिँ दीपककहाँ विवाहयोग्य किशोरीहरूको ताँती पो लाग्ने हो कि ?

1 comment:

Unknown said...

hello dipak sewaro you have very good voice gad blass you,