Jul 28, 2010

जापानका कुख्यात अपराधी नेपालमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाललाई लागू औषध तस्करहरुले सुनौलो भूमिका रुपमा प्रयोग गरिरहेको भन्ने समाचार बाहिर आइरहेकै बेला जापान सरकारले खोजीको सूचीमा राखेको जापानी नागरिक हिरोकाजु तामुरालाई लागू औषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ कार्यालयले लागूऔषध चरेशसहित विमानस्थलबाट पक्राउ गरेको छ। काठमाडौंबाट बैंकक जान लागेका हिरोकाजुलाई प्रहरीले १ केजी २ सय ग्राम चरेशसहित पक्राउ गरेको हो। जापानको माफिया समूह इमाकावाको सदस्य रहेका हिरोकाजु यसअघि ९ पटक नेपाल आएको र उनले नेपालको भूमि प्रयोग गरी लागू औषधको कारोबार गर्ने गरेको आशंका सो एकाइले गरेको छ। जापानमा याकुजा नामले प्रसिद्ध यामागुची गुमी सुमियुसी काई र इमाकावा काई नाम गरेका माफिया समूहले जापानमा बसेर संसारभर आफ्नो साजाल फैलाउन सफल सो समूहका सदस्य यसअघि नेपालमा पक्राउ परेको थियो।

No comments: