Jul 1, 2010

किरात याक्थुङ चुम्लुङ हङकङको उदेश्य र गतिविधिहरु

नन्द चङसु लिम्बू
हङकङमा रहेका सम्पूर्ण लिम्बूहरुलाई संगठित गरि अनेकतामा एकता कायम गर्दै लिम्बूहरुको सर्वाङ्गीय हितको निमित्त एउटा बिकसित तथा समृद्ध समाजको निर्माण गर्नुका साथै लिम्बू भाषा, लिपी, कला, साहित्य, संस्कृति, मुन्धुम तथा र्इतिहास र पुरातात्विक सम्पदाहरुको संरक्षण संवर्द्धन र विकासको लागि सदैव क्रियाशिल रहि विभिन्न समुदाय तथा संघ संस्थाबिच सामाजिक सद्भावना र आपसी सहयोगको भावना अभिवृद्धि गर्दै हङकङसंग सम्बन्धित विभिन्न विषयमा जानकारी गर्न गराउन गैर सरकारी, गैर राजनीतिक, गैर नाफामुखी, एउटा विशुद्ध सामाजिक संस्थाको सञ्चालन गर्ने उदेश्यले सन् १९९६ मा किरात याक्थुङ चुम्लुङ हङकङ, हङकङमा स्थापना भएको कुरा सर्वविदितै छ । बिगत १५ वर्षदेखि हङकङमा क्रियाशिल चुम्लुङलाई यहाँ रहेका तमाम लिम्बू तथा नेपालीहरुको अमूल्य सहयोगले आफ्नो जातिय संगठनलाई सकृय तुल्याउदै हङकङमा रहेका नेपाली समुदायको साझा सवालहरुको निमित्त हङकङ नेपाली महासंघ साथै जातीय पहिचान तथा संस्कृतिक विविधताको संरक्षण र विकासको लागि आदिवासी जनजाति महासंघ हङकङको सदस्य संस्थाको रुपमा रहि सदस्य संगठनको काम, कर्तब्य र अधिकारको ख्याल रार्ख्र्दै सकृय रुपमा सहयोग गर्दै आईरहेकोछ । किरात याक्थुङ चुम्लुङ विशुद्ध सामाजिक एवंम जातीय संस्था भएको नाताले हङकङमा रहेका लिम्बू समुदायको हितको निमित्त बढि सकृय रहि विभिन्न कार्यहरु सम्पन्न गर्दै आईरहेकोछ । लिम्बूहरु नेपालको आदिवासी, मूलवासी अनि त्यहा“को भूमिपुत्र भएकाले ऐतिहासीक कालदेखि मान्दै ल्याएको मौलिक संस्कृतिले सम्पन्न छन् । त्यसो भएको हुनाले हङकङमा पनि लिम्बू संस्कृतिको विकासको लागि नभुलौं आफ्नो राष्ट्र, भाषा, लिपी, संस्कृति तथा जातीय उत्थानका लागि समर्पित ब्यक्तित्वहरुलाई” भन्ने उदेश्यका साथ स्थापित किरात याक्थुङ चुम्लुङ हङकङको सातौं महाधिवेशनबाट मलाई पनि कार्य समितिमा रहेर काम गर्ने सुनौलो अवसर प्राप्त भयो । मलाई विश्वास गरि यो अवसर दिनुहुने सबैमा आभार तथा कृतज्ञता व्यक्त गर्दछु । साथै ४,जुलाई २०१० को दिन सम्पन्न हुन गईरहेको आठौं महाधिवेशनबाट सक्षम नेतृत्वको चयन हुन सकोस भन्ने शुभकामना सहित तात्कालिन कार्यसमितिले दुर्इ वर्षको अवधिमा सम्पन्न गरेका कार्यहरुको सम्बन्धमा संक्षिप्त चर्चा गर्ने प्रयासलाई अन्यथा नलिईदिन हुन सबैमा म हार्दिक अनुरोध गर्दछु ७,जुन २००८ को दिन सम्पन्न महाधिवेशन पश्चात नया जोस, जागर र उत्साहका साथ पदिय दायित्वलाई आत्मसाथ गरि मनमुटाव रहित हङकङमा रहेका तमाम लिम्बूहरुको र्सवाङ्गीय हितको निमित्त योगदान दिने संकल्पका साथ कार्य आरम्भ गरियो । आर्थिक स्थिति नाजुक भएता पनि केहि गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त साथै उत्साहित भएकाले नव निर्वाचित समितिको हरेक पदाधिकारी तथा सदस्यहरुले हङकङ डलर एक १००० को दरले लेवि उठाउने निर्णय गर्दै पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । उक्त निर्णयले हामीलाई थप उर्जा मिल्यो त्यसपछि निवर्तमान कार्यसमिति,सल्लाहकार, क्षेत्रीय विभाग, खेलकुद विभाग, तथा सांस्कृतिक विभाग साथै सातौ महाधिवेशनका अध्यक्ष मण्डल, निर्वाचन मण्डल तथा मेलमिलाप समितिलाई नव कार्यसमितिको तर्फबाट २५, जुन २००८ को बेलुका नेपाल क्लवमा बिदाई तथा धन्यवाद कार्यक्रमको आयोजना गरिएको थियो ।कार्य क्षेत्रमा असामयिक निधन भएका ताप्लेजुङ निवासी स्वार्गीय मोहन कुमार मेन्याङवोको परिवारलाई हङकङ डलर ९,५०८ आर्थिक संकलन गरि ३ अगष्ट २००८ को दिन मेन्याङबो समाज हङकङलाई हस्तान्तरण गर्ने कार्य भयो । हङकङ नेपाली महासंघले बेर्इजिङ ओलम्पीकको समर्थनमा आयोजना गरेको वृहत साँस्कृतिक कार्यक्रममा चुम्लुङको तर्फबाट केलाङ र माङलाङ प्रस्तुत गरिएको थियो । २४, अगष्ट २००८ को दिन आदिवासी जनजाती महासंघ हङकङले आयोजना गरेको १४ औं विश्व आदिवासी दिवसको अवसरमा के लाङ सहित लिम्बुवानको ऐतिहासीक सम्पदाहरु फोटो प्रदर्शनी गरिको थियो । २५, सेप्टेम्बर २००८ को दिन सभासद विश्वदीप लिङदेनको सम्मानमा जोर्डन स्थित चेलीबेटी रेष्टुरेण्टमा अर्न्तरक्रिया तथा दिवाभोज कार्यक्रम सम्पन्न भयो । विगतका वर्ष रुपमा जस्तै येले तङ्वे ५०६८ सालको वलिहाङ तङनामको उपलक्क्षमा लारिङगेक, नामलिङगेक २८ अक्टोबर देखि ३१ सम्म खेलियो भने १५, नोभेम्बर २००८ को बेलुका चेलिबेटी रेष्टुरेण्टमा समापन गरिएको थियो । १० नोभेम्बर २००८ को बेलुका चेलीबेटी रेष्टुरेण्टमा विभूति महागुरु फाल्गुनन्द लिङदेन ज्यूको १२४ औं जन्म जयन्ती भब्य रुपमा सम्पन्न गरियो । चुम्लुङको पाँचौं कार्यसमितिले पात्रो प्रकाशन गर्ने निर्णय गरेता पनि विभिन्न कारणले प्रकाशन हुन नसकिरहेको अवश्थामा तात्कालिन समितिले २५, डिसेम्बर २००८ को दिन चासोक तङनाममा र्सार्वजनिक गरेको थियो । २५,डीसेम्बर २००८ को दिन मंकी हिलमा येले तङ्वे ५०६८ को चासोक तङ्नाम भब्यताका साथ सम्पन्न भयो । १४,जनवरी २००९ को बेलुका चुम्लुङको कार्यालयमा हङकङमा पहिलो पल्ट कुशङ तङ्वे (नयाँ वर्ष) ५०६९ को उपलक्क्षमा भब्य रुपमा कार्यक्रम सम्पन्न भयो । ८,फरवरी २००९ आईतबारको दिन मंकी हिलमा चुम्लुङले कलाकार तथा खेलाडीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गरि प्रशंसा-पत्र वितरण गरिएको भयो । १५,फरवरी २००९ मा सम्पन्न भएको नेपाल कपमा चुम्लुङ सहभागी भई उत्कृष्ठ खेल प्रदर्शन गरेको थियो । कोशी वाढीपिडीतहरुको सहयोगार्थ स्वरुप संकलित रकम हङकङ डलर २,९०० तथा ६ जेब्रा लक्ताकपडा २३, फरवरी २००९ को दिन हङकङ नेपाली महासंघ मार्फत नेपाल पठाउने कार्य भयो । साथै सोहि दिन सम्पन्न भएको बुढा सुब्बा कपमा चुम्लुङ सहभागी भई खेल पदर्शन गरेको थियो । २७, मार्च २००९ को दिन हङकङ पुलिस व्दारा मारिएका स्वार्गीय दिल बहादुर लिम्बूको सम्बन्धमा आयोजित र्यालीमा ५०० प्रति प्ले कार्ड र कालो पट्टी बनाउने कार्य भयो । साथै ७, जुन २००९ को दिन हुङहामको युनिभर्सल पार्लरमा श्रद्धाञ्जली अर्पण गर्न आउने मासलाई ब्यवस्थित गर्न स्वमसेवकको कार्य गर्नुका साथै हङकङ डलर ४,३१५ रकम संकलन गरि सहयोग गरिएको थियो । अगष्ट ९,२००९ को दिन आदिवासी जनजाति हङकङले आयोजना गरेको १५ औं विश्व आदिवासी दिवसमा चुम्लुङले केलाङ र हाक्पारे साम्लो सहित प्रतिनिधित्व गरेको थियो । अगष्ट १९,२००९ को दिन चुम्लुङको कार्यालयमा वृहत कार्यक्रमको साथमा चुम्लुङको वेवर्साईट उदघाटन गरिएको थियो । सेप्टेम्बर १३, २००९ को बेलुका याउ माते कम्यूनिटी हलमा लिम्बू कथानक चलचित्र चेसुङ भब्य रुपमा पर््रर्द्धशन गरिएको थियो । अक्टोबर १,२००९ को बेलुका मनकामना रेष्टुरेण्टमा चेसुङ चलचित्र निर्मात्री भिष्मा चेम्जोङ र शशी चेम्जोङलाई विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । येले तङ्वे ५०६९ को बलिहाङ तङ्नामको उपलक्क्षमा अक्टोबर १७,१८,१९ र २० गरि चार रात लारिङगेक-नामलिङगेक खेलिएको थियो । १,नोभेम्बर २००९ को दिन काउलन पार्कमा प्रथम श्रीजङघा स्मृति कप खेलाईएको थियो । स्मरण रहोस उक्त खेलमा १३ टिमले भाग लिएका थिए । ११,नोभेम्बर २००९ को बेलुका चुम्लुङको कार्यालयमा बिभूती महागुरु फाल्गुनन्द ज्यूको १२५ औं जन्मजयन्ती मनाईएको थियो । ६,डिसेम्बर २००९ को दिन मंकी हिलमा येले तङवे ५०७० को चासोक तङ्नाम भब्य रुपमा सम्पन्न गरिएको थियो । २७, डिसेम्बर २००९ को दिन हङकङ नेपाली कला मन्दिरले आयोजना गरेको नेपाली सप्ताह २००९ मा केलाङ सहित शोभायात्रामा चुम्लुङ सहभागी भएको थियो । १५, जनवरी २०१० को बेलुका चुम्लुङको कार्यालयमा येले तङ्बे ५०७० को कक्फेवा तङ्नाम मनाईएको थियो । ३१, जनवरी २०१० को बेलुका किरात राई यायोख्खा हङकङले आयोजना गरेको यलम्वर नाईट तेस्रोमा केलाङ सहित सहभागि भएको थियो । फरवरी ८, २०१० को बेलुका याक एण्ड यतिमा लक्स नेपाल स्टार २००६ विष्णु चम्जोङ तथा श्रेया सोताङ र नविन र्राईको सम्मानमा सांगीतिक भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । ५, जुन २०१० को बेलुका पाकिस्तान क्लवमा चुम्लुङको १५ औं वाषिर्क कार्यक्रमको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइलालाई अभिनन्दन तथा चुम्लुङलाई योगदान दिने विभिन्न लिम्बू ब्यतित्वहरुलाई सम्मान गरिएको थियो । १३,जुन २०१० को दिन मंकी हिलमा चुम्लुङको संयोजनमा संयुक्त लिम्बुवान मोर्चा हङकङको आयोजनामा वृहत सभा तथा जनजागरण कार्यक्रम सम्पन्न भएको थियो । अन्त्यमा, हङकङमा रहेका लिम्बू तथा नेपालीहरुको सर्वाङ्गीय हितको निमित्त समाज सेवा गर्ने अवसर कतिको उपलब्धीमुलक रहयो सो सम्बन्धमा यहाहरुले मूल्याङ्कन गरि सुझाव दिनुहोला भन्ने अपेक्षा राख्दै विदा चाहान्छु । धन्यवाद ।
लेखक किरात याक्थुङ चुम्लुङ हङकङको सचिव हुनुहुन्छ ।

No comments: