Jul 28, 2010

आइफोनले यौनकलालाई मूल्याङ्कन गर्ने

यौन सम्पर्कका बेला तपाइँको दक्षता कस्तो हुन्छ ? यसको बारेमा जान्ने उत्सुकता छ भने अब निश्चिन्त हुनुहोस्। आइफोनले एउटा यस्तो प्रविधि बनाएको छ, जसले तपाइको यौनकलालाई मूल्याङ्कन गर्नेछ। प्यासन नामक सफ्टवेयरको मद्दतले आइफोनबाटै तपाइँ यौन सम्पर्कका बेला आफ्नो मूल्याङ्कन गर्न सक्नुहुनेछ।
कसरी गर्छ आइफोनले मूल्याङ्कन?
तपाइलाई आफ्नो यौन कलाको मूल्याङ्कन गर्ने इच्छा लाग्यो भने प्यासनयुक्त आइफोनलाई यौनक्रिडास्थल वा छेउमा राखिदिनुहोस्। यसलाई तपाइँको घाटीमा भिर्न वा पेटीको सहायताले कम्मरमा बाध्न पनि सक्नुहुन्छ। कम्पनीले यो आइफोनलाई पेन्टको बगलीमा पनि राख्न सकिने बताएको छ। तर यौनक्रिडाका बेला धेरै व्यक्तिहरु कपडा खोल्ने भएकाले यो सल्लाह चाहि अलि उपयुक्त नहुसक्छ।तीनवटा आधारमा तपाइँको यौन क्रियालाई मूल्याङ्कन गर्न प्यासनले सहयोग गर्छ। आइफोनलाई उपयुक्त स्थानमा राखिसकेपछि यौनक्रिया सुरु गर्नुहोस्। यौनक्रिया सुरु गर्दा प्यासन सफ्टवेयरको आइफोन बटम क्लिक गरेर अन गर्न भने नभुल्नु होला। बटम क्लिक गरेपछि प्यासनले एस्सिलरोमिटर (मोसन सेन्सर) र माइक्रोफोनको माध्यमबाट तपाइको यौन क्रियाको मूल्याङ्कन गर्न थाल्नेछ। उसले तपाइँको मूल्याङ्कन तीन आधारमा गर्ने छ, एक-तपाई यौन क्रियाका बेला कत्तिको चिच्याउनु हुन्छ, दुई-तपाइँ कति लामो समय सम्म यौन क्रियामा सामेल हुन सक्नुहुन्छ र तीन- तपाइँ यौन क्रियाका बेला कस्तो गति (मोसन) मा हुनुहुन्छ।
राम्रो यौन कला, राम्रै स्कोर
यौनक्रिया सकिएपछि प्यासनयुक्त आइफोनको बटम बन्द गर्नुहोस्। तपाइँको यौन क्रियाको मूल्याङकन प्यासनले १० पूर्णाङ्कमा गरेको हुनेछ। अथवा तपाइलाई १ देखि १० नम्बर सम्ममा कुनै नम्बर प्राप्त भएको हुने छ। हरेका नम्बरका साथमा एक खास मूल्याङ्कन जनाउने वाक्य लेखिएको हुनेछ। तपाइँले नम्बर सँगै हेर्न सक्नुहुन्छ- तपाइको यौनक्रिया राम्रो छ, अति राम्रो छ, खराब छ वा अति खराब के छ ।
चिन्ता नलिनुस् खराब क्रियाका लागि पुनः मौका मिल्नेछ
यदि यौन क्रियाका बेला गरिएको मूल्याङ्कनप्रति तपाई खुशी हुनुहुन्न भने पनि तपाइँका लागि दोस्रो मौका सकिने छैन। तपाइँ दोस्रो पटक पनि यस्तो प्रयोग गर्न सक्नुहुनेछ। फेरि तपाइँ अनलाइन लिडरबोर्डमा आफ्नो स्कोर अपलोड गरेर दुनियाँका बाँकी लभ मेकर्सको यौनक्रिया स्कोरसँग तुलना पनि गर्न सक्नुहुनेछ।
पाँच डलरको प्यासन
यौनक्रियाको मूल्याङ्कन गर्ने रहर छ भने प्यासनलाई आफ्नो आइफोनमा डाउनलोड गर्न सक्नुहुन्छ। यसलाई एप्पलको एप्लिकेसन स्टोरले अनलाइनबाट बिक्री गरिरहेको छ। प्यासन किन्नका लागि तपाइले अन्तरार्ष्ट्रिय बजारमा ४.९९ डलर तिर्नुपर्नेछ।

No comments: