Jul 28, 2010

बैठक बोलाउने बारे एमालेमा मतभेद/नेतृत्वमाथि दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण १२ - प्रधानमन्त्री चुनावमा तटस्थ रहने कि नयाँ विकल्प खोज्ने भन्नेबारे एमाले केन्द्रीय कमिटी बैठक बोलाउन नेतृत्वमाथि दबाब परेको छ । संस्थापन पक्षले बैठक बसाल्नेतिर कुनै संकेत नदिएपछि आक्रोशसमेत बढेको छ । 'तटस्थ बस्नुपर्छ' भन्ने पक्षकै नेताहरूले समेत बैठक राख्नुपर्ने माग गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्ष नेताहरूले भने गत ५ को चुनावलगत्तै बैठक माग गर्दै आएका थिए ।
बैठक नबस्दा दुई पक्षबीच अविश्वास बढ्दै गएको छ । स्रोतअनुसार अध्यक्ष झलनाथ खनाल १७ गतेअघि बैठक बोलाउने पक्षमा छैनन् । राष्ट्रिय सहमतिका लागि भन्दै एमाले यसअघिका दुईवटा चुनावी प्रक्रियामा तटस्थ बसेको थियो । अर्को चुनावमा पनि तटस्थ बस्ने उसको निर्णय कायमै छ । 'राष्ट्रिय सहमतिका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नै पनि कसरी जाने भन्ने थप स्पष्टता जरुरी छ,' एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, 'तटस्थ बस्ने भनेको सहमतिका लागि हो, त्यसैले अगाडिका सम्भावना के हुने भन्ने धारणा बनाउनु आवश्यक छ ।'

No comments: