Jul 28, 2010

दक्षिण कोरियामा नेपाली काव्य महोत्सव सम्पन्न्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली साहित्य, कला, संगीतलाई विश्व परिवेशमा पुर्याउने उद्देश्य लिएर नेपालबाट हङ्कङ्, हुँदै दक्षण कोरिया आइपुगेका नेपाली श्रष्टाहरुले आइतबार आफ्नो तेस्रो कार्यक्रम दक्षिण कोरियामा प्रस्तुत गर्यो ।नेपाली साहित्य-संगीत सुन्न र कलाकृति हेर्न करीब चार घण्टा एकचित्त भएर बसेका नेपाली तथा कोरियाली पाहुनाहरुले कार्यक्रमको बारेमा खुलेरै प्रसंशा गरे ।संगीत र कलासँगै कला काव्य प्रस्तुती कार्यक्रममा उनीहरुले महाकवि देवकोटाको कविता वाचनदेखि लिएर नेपाली गीत गाएर नृत्यसमेत प्रस्तुत गरे ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले आइतबार साउलको छोगेसा गुम्बामा आयोजित उक्त महोत्सवको आइतबार कोरियाका लागि नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालले उदघाटन गर्नुभयो ।
प्रसिद्ध कलाकार शशी शाह, किरण मानन्धर, कृष्ण मानन्धर, विजय थापा, बुद्धि गुरुङ्, के.के.कर्माचार्य, रबिन कोइराला, धनु याक्खा, र एरिना ताम्राकारका सुन्दर कलाकृति पृष्ठभूमिमा राखेर कवि सरुभक्त, उषा शेरचन, कृष्ण प्रसाई, मोमिला जोशी, राजेश्वर कार्की, अरुणा वैद्य, र महेन्द्र गुरुङ्ले कविता पाठ गर्नुभएको थियो । उहाँहरुको कवितालाई क्रमशः पार्क वान्हो, किम मारिया, ली चए मीन, स्यो दोङ् ई, चाल ब्यून जुङ् काङ् योंगेन, र पार्क ब्याङ् सूले कोरियाली भाषामा प्रस्तुत गर्नुभयो ।उक्त कार्यक्रममा प्रसिद्ध सांगीतिक समुह सुकर्मले आफ्नो सांगीतकि प्रस्तुतिसँगै वाचन गरिएका कवितासँगै सांगीतक धून प्रस्तुत गरेको थियो ।समारोहमा प्रमुख उपनियोग प्रमुख यादव खनालले आउँदा दिनमा यस्ता कार्यक्रम अझ व्यापक रुपले गर्न सकिने बताउँदै कला, साहित्य र संगीतको संयुक्त प्रस्तुती प्रभावकारी भएको विचार व्यक्त गर्नुभयो ।कार्यक्रम आयोजक प्रतिष्ठानका अध्यक्ष एवं श्रष्टा मोमिला र नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रघु त्रिपाठीको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महाकवि देवकोटाको इन्द्रेणी कविता कोरियाली कवि एवं चिकित्सक डा लीले प्रस्तुत गर्दै नेपाल प्राकृतिक दृष्टिलेमात्र सुन्दर नभई संस्कृतिमा पनि त्यत्तिकै सम्पन्न भएको विचार व्यक्त गर्नुभयो ।आयोजकका तर्फबाट अध्यक्ष मोमिलाले साहित्य, कला, संगीतको यो सहयात्रा नेपालमा पहिलोपटक त हुँदै हो भन्दै विश्वमा पनि पहिलो यात्रा हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । सह आयोजक महासंघका अध्यक्ष रघु त्रिपाठीले नेपाली श्रष्टाहरुलाई स्वागत गर्न र कोरियाको इतिहाँसमै अविस्मरणिय रहने अत्यन्तै शुन्दर कार्यक्रमलाई सफल पार्न आउँनुभएका कोरियन तथा नेपाली पाहँनाहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो । त्यसै गरी सहआयोजक छावी चिवकी नेपाली आमा खुम हृयूनले नेपाली श्रष्टाहरु त्था सुकर्म समुहको प्रस्तुली हेरेपछि नेपाली कविहरु फुल मात्र नभै सृष्टिकै सुन्दर फुल भएको बताउँनु भयो ।छावी चिप, कोरिया र नेपाल पत्रकार महासंघ कोरिया शाखा सह आयोजक रहेको उक्त कार्यक्रममा छावी चिपकी नेपाली आमा ली खुम हृयून महासंघका अध्यक्ष रघु त्रिपाठी लगायत सहभागी कवि तथा कवयित्रीहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा वरिष्ठ समालोचक एवं आख्यानकार प्रा.डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यको विस्तारबारे कार्यपत्र प्रस्तुत गर्दै विश्व कलासाहित्य यात्राको शभारम्भ पूर्वबाट थालिएको र यसले अन्य मुलुकतर्फ पनि पाइला बढाउने बताउनुभयो ।ेनेपाली राजदूतावासका प्रतिनिधि, कोरियाली कवि, साहित्यकार, पत्रकार, चिकित्सक, समाजसेवी लगायत विविध क्षेत्रका कोरियालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली कविहरु तथा कोरियाली कवयित्रीले नेपालीमा कविता प्रस्तुत गरेका थिए ।यसअघि साउन पहिलो सातामा काठमाडौँमा पहिलो प्रस्तुतीको रुपमा काव्य महोत्सव आयोजना गरेको प्रतिष्ठानले दोस्रो कार्यक्रम हङ्कङ्मा प्रस्तुत गरिसकेको छ ।दक्षिण कोरियामा आयोजित तेस्रो काव्य महोत्वसवमा नेपाल पर्यटन बोर्डका कोरियाली प्रतिनिधि केपी सिटौला एनआर एन आइ सिसि प्रतिनिधी डा देवी बाहादुर बस्नेत र अनुवादक एवं लेखक महेश पौड्यालले सयूक्तरुपमा कवि महोत्सवलाई संन्चालन गर्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई सफल पार्नको लागी एन आर एन एनसिसि नेपाल पर्यटन वोर्ड कोरिया शाखा सोनसिक आपतकालीन नेपाली सेवा समिति लगायतका संघ सस्थाहरुले विशेष सहयोग गरेका थिए भने ब्यबसायी तथा समाजसेवी खगेन्द्र गुरुङ स्वतन्त्र पत्रकार तथा अनुवादक मोहन कार्की पत्रकार तथा समाजसेवी गिरिराज कुवँर तथा डा देवी बाहादूर बस्नेतले कार्यक्रमलाई ब्यवस्थापन गर्नकोलागी महत्वपूर्ण भुमिका निर्भाह गर्नु भएको थियो ।

No comments: