मिसेकहाङ् थाम्सुहाङ
जनआन्दोलन-२ पछि नेपालमै पहिलो पटक जातिको ऐतिहासिक पृष्ठभूमि,भाषा र क्षेत्रको आधारमा संघीय गणतान्त्रिक राज्य घोषणा गर भनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भातृसंगठन संघीय युवा मञ्चले ०६३ असोज २४ गते झापा बन्द गरेर संघीय गणतान्त्रिक आन्दोलनको दिशा निर्देश दियो । त्यस्तै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २६ गते लिम्बुवान बन्द गरेर आन्दोलनलाई व्यापकता दियो । इटहरीमा सात सय युवा परिचालन गरेको प्रभावले मधेशी जनअधिकार फोरमले ६ सय मधेशी युवाहरू विराटनगरमा परिचालन गरी दक्षिण मोरङ बन्द गर्यो । एकपटक फोरम संयोजक उपेन्द्र यादवले लिम्बुवानको आन्दोलन त उठ्यो तर मधेशी त डराउँछन्,पैसा दिंदैनन के गर्ने भनेर चिन्ता व्यक्त गरेका थिए । तर ०६३ माघ १ गते अन्तरिम संविधान लिम्बुवान र मधेशीले संयुक्त जलाउने क्रार्यक्रममा मधेशी नेतालाई काठमाण्डौंमा पक्राउ गरियो । मधेशी विद्यार्थीले नेताहरूको रिहाइको लागि लाहानमा चक्काजाम गर्दा पूर्वबाट गइरहेका माओवादी र मधेशीबीचमा झडप हुँदा माओवादी कार्यकर्ताले चलाएको गोलीबाट एकजना महतो विद्यार्थी ढलेपछि माघे मधेशी आन्दोलनले भयावह रूप लिन पुग्यो । मधेशी आन्दोलन अर्द्ध दंगा थियो जुन राजनीतिकरण गर्दै अगाडि बढाइयो । मधेशी आन्दोलन बीचमा शिथिल बनेपछि ०६४ फागुन १ गते देखिको आन्दोलनमा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा भन्दा संयुक्त मधेशी मोर्चालाई सञ्चार माध्यमले उचालेपछि फेरि मधेशी आन्दोलन उठ्यो र संविधानसभाको चुनावमार्फ गुणात्मक परिवर्तन भएर मधेशी आन्दोलन संविधानसभाको रोष्टमा समयसापेक्ष गुणात्मक रुपले विकसित हुन नसकी सदन सडकमा छरपष्ट विभाजित छ । हरेक कुरा समयसापेक्ष गुणात्मक परिवर्तन हुन सकेन भने पतन शुरू हुन्छ । उदाहरणको लागि एउटा बालक प्राथमिक कक्षामा सधैं असफल बन्दै युवा अवस्थामा त्यही रहन सक्तैन । उसले पढाइ नै छाड्छ । त्यसरी नै लिम्बुवान आन्दोलन सधैं सडकमा रहन सक्तैन । उसले पढाइ नै छाड्छ । त्यसरी नै लिम्बुवान आन्दोलनले कि त लिम्बुवान क्षेत्रमा संविधानसभाको चुनाव रोकेर वैकल्पिक लिम्बुवान सत्ता निर्माण गररे बढन् सक्नु पर्थ्यो कि त सहमति गरी संविधानसभामा आफ्नो प्रतिनिधित्व बढी भन्दा बढी गराउन सक्नु पथ्र्यो । अफ्सोच, हिजोका सत्तामा रहेका पार्टीका प्रतिनिधिहरूले नै बढी लिम्बुवान क्षेत्रबाट जितेर गएका छन् यति मात्र कि उनीहरु पार्टीभित्र रहेर लिम्बुवानको लागि लड्न चाहन्छन् । भनौ लिम्बुवान आन्दोलनको प्रभाव उनीहरूभित्र प्रवेश गरेको छ, त्यसरी चारैतिरका लिम्बुवान आन्दोलनका प्रभावहरूलाई एकीकृत गरी लिम्बुवान स्वायत्तता प्राप्त गर्नु नै सबैभन्दा उपयुक्त विकल्प देखिएको छ । यही ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरी ०६५ श्रावण ११ गते लिम्बुवानका राजनीति शक्तिहरु -एमाले, माओवादीका लिम्बुवानका भातृसंगठनहरू) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध -स्वयत्त) संगठन संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान मुक्ति मोर्चा जस्तो स्वतन्त्र सगं ठन कांग्रेस का प्रितनिधि बनेको छ । जुन लिम्बुवान आन्दोलन जबरजस्त निर्णायक बन्न खोजेको हो । जुन मोर्चाबन्दीले दुइवटा महत्वपूर्ण सन्देश लिम्बुवान र समग्र नेपालमा दिएको छ । पहिलो सबै राजनीतिक शक्तिहरुले लिम्बुवान स्वायत्ततालाई स्वीकार्न वाध्य भएका छन् । लिम्बुवानका सबै राजनीतिक शक्ति,व्यक्ति लिम्बुवान स्वायत्तता प्राप्तिलाई प्रमुख कुरा मान्छन् जसमा सबैमा एकता भएका छन्। दोस्रो आफ्नो स्वायत्तताको लागि सबैलाई जुट्न प्रेरित गरेको छ । यो मोर्चाप्रति असहमति जनाउने,भ्रम छर्ने र शंका गर्नेहरू पनि छन् । शंका गर्नेहरू प्रश्न उठाउँछन् । के पार्टीले व्हीप जारी गर्दा मोर्चाको गतिमा अवरोध नआउला ? कतै पार्टीले लिम्बुवान आन्दोलन काबुमा राख्न मोर्चा पार्टीमा आवद्ध संगठन व्यक्ति, स्वायत्त संगठन र स्वतन्त्र संगठनहरू विभिन्न धरातलमा भएकाले एउटै धरातलमा आधारित संगठन जस्तो सजिलै गतिशिल पक्कै बन्न सक्तैन होला । तर माहोल जातीय स्वायत्ततातिर ढल्केकोले मोर्चाले प्राथमिकता लिम्बुवान स्वायत्तता मानी पार्टीलाई लिम्बुवान स्वीकार्न,
लिम्बुवानमा स्थापित गर्न मार्गनिर्देश बन्दछ । लिम्बुवानको आन्दोलन उठ्ता मधेशी सांसदहरु जस्तो लिम्बुवानका सांसदहरू बोल्लान् भन्ने आशा लिम्बुवानवासीले गरेका थिए तर पार्टीले कारवाही गर्ला भनेर कोही बोलेनन् । मधेशी संसद बोल्नुको कारण मधेशी मुद्दालाई नै उठाएर जितेर आएका सद्भावना पार्टीका संसदहरू हुनु, बोल्नु पर्ने अवस्थासम्म मधेश आन्दोलन पुग्न, चेतनाशील हुनु नै हो । यो नजिरलाई हेरेर शंका उत्पन्न हुनु ठिक हो । तर, अब सभासदहरुले मधेशी आन्दोलनबाट सिक्यौं लिम्बुवान आन्दोलन बुझ्यौं भनेरसहमति मार्फत प्रतिवद्धता जाहेर गरेका छन् ।दोस्रो प्रश्न पार्टीले लिम्बुवान आन्दोलनलाई काबु मोर्चामार्फत गर्दैन भन्न हुँदैन । आफ्नो सरकारलाई कार्य गर्नसजिलोको लागि मोर्चालाई पार्टीले प्रयोग गर्नसक्छ । फेरि मोर्चामा बस्ने संगठन,व्यक्तित्वहरूले लिम्बुवान स्वायत्तता राष्ट्र नै प्रधान कुरा ठानी मोर्चाप्रति इमान्दारिता,लिम्बुवानप्रति समर्थन भए मोर्चाले पार्टी र सरकारलाई आफू अनुसार नियन्त्रण प्रयोग गर्न सक्तछ । यही नै यो मोर्चाको सबैभन्दा ठूलो शक्ति, गुण, मिशन हो । यो मोर्चा यही कुरालाई आत्मसात गरेर बढ्नु पर्दछ । मोर्चाको त्यत्तिकै महत्व राज्य पूनःसंरचनाको घडीमा नेपाल पुगेको छ जहाँ लिम्बुवानको परिभाषा, अधिकार, मार्गचित्र,स्थान आदि बारेमा विभिन्न संगठनहरूले विभिन्न दृष्टिकोण दिएमा अन्योलता सृजना लिम्बुवानमा हुने निश्चित छ । त्यसर्थ लिम्बुवान स्वायत्तताका लागि साझा अवधारणा, साझा शक्ति चाहिएको छ । हरेक मोर्चा निश्चित उद्देश्य प्राप्ति गर्नसम्मको लागि विभिन्न अस्तित्वमा रहेका संगठनबीचमा हुने गठबन्धन भएकाले संविधानसभा मार्फ लिम्बुवान स्वायत्तता सुनिश्चित गर्न निर्माण गर्न र संचालन गर्नसम्म यो मोर्चा कायम रहनु पर्दछ ।
मोर्चा प्रति आरोप तथा भ्र्रमः-
मोर्चाले अन्य लिम्बुवानवादीराजनीतिक संगठनहरूलाई सामेल गर्न भरमग्दुर कोशिश गरेको छ र गरिरहने छ । तर पनि यो मोर्चाप्रति भ्रम फिजाउन केही संगठनहरू लागि परेका छन् । मुख्यतः संघीय लिम्बुवान राज्य परिषद सञ्जुहाङ्ग पक्षले अपरिपक्वता प्रदर्शन गर्दै गैर जिम्मेवारीपूर्वक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पाँच जिल्लामा सहमति गर्यो भनेर भ्रम फिजाएका छन् । तर विहार उत्तर, मेचीपूर्व, अरुण कोशी पश्चिम र तिब्बत दक्षिण लिम्बुवानको ऐतिहासिकता हो र जुन ऐतिहासिक आधारमा लिम्बुवान स्वायत्तताभूमि हुनु पर्दछ भन्ने अथवा नौ जिल्ला नै लिम्बुवान हो भन्ने उक्त कुराले जनाउँदछ । उहाँहरु त्यस्तो आरोप गर्नु पछाडिका कारणहरू मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदप्रति नकारात्मक दृष्टिकोण हुनु, मोर्चाप्रति अनभिज्ञता, आफू एक्लै लिम्बुवान सरकार चलाउने दिवा सपना त्यस्तै ५ जिल्ला लिम्बुवान मान्ने माओवादी पाटी भएको मोर्चासँग सहमति गर्यौं भन्ने आक्रोश अथवा मोर्चा विरोधी अदृश्य हातहरूको चलाई । यो मोर्चाले ५ जिल्ला मात्र लिम्बुवान भन्ने माओवादीहरूलाई साझा अवधारणा मार्फ कूटनीतिक रुपले ९ जिल्लामा ल्याएको छ । जुन एक्लै समानान्तर सरकार चलाउँछु भन्नेहरूले के थाहा पाउनु पर्छ भने सत्य वा असत्यले जित्ने होइन, बलियोले जित्ने हो । निश्चित क्षेत्रको सबैभन्दा ठूलो शक्ति मात्र वैद्य भई सत्तामा रुपान्तर गर्न सकिन्छ । लिम्बुवानमा लिम्बुवानवादी शक्तिहरू एकीकृत गरेर मात्र सबैभन्दा ठूलो शक्ति निर्माण हुने यथार्थतालाई मध्यनजर गर्दै मोर्चाप्रति सकारात्मक दृष्टिकोण बनाएर मोर्चामा सबै सामेल हुनु पर्दछ ।
लिम्बुवानवासीको लिम्बुवानप्रति उच्चतम् आकांक्षा र्समर्पणकै उपज यो मोर्चाको उदय हो । कम्तीमा यो मोर्चाले लिम्बुवानवासीको साझा मुद्दा लिम्बुवान हो यसको लागि राष्टिय्र ता हामी एक हौ भन्ने नैतिकवान सन्देश लिम्बुवानवासीलाई दिएको छ । मोर्चा नै सबथोक हो भन्न खोजिएको होइन । मोर्चालाई लिम्बुवान आन्दोलन खेलौना बनाउन पनि प्रयोग गर्न सक्छन् । अतः मोर्चाले मुख्य जाँच्ने कडी भनेकै मोर्चाले निर्माण गरेको लिम्बुवानको वातावरणबाट शक्तिलाई कार्यक्रम मार्फत कतिको लिम्बुवान प्राप्तिको गतिशील डाइनामिक बनाउँछ भन्ने कुरा नै हो । अन्तमा मोर्चाको कार्यक्रम आन्दोलन सुक्ष्म (Micro) भन्दा वृहत (Macro) लिम्बुवानवासीकै राष्ट्रियता हामी एक हौं भन्ने भावना उत्पन्न गर्ने प्रकारको हुनु पर्दछ । जसले लिम्बुवानवासीलाई एक गराउँछ, वृहत लिम्बुवान निर्माणमा बन्न पुग्दछ । गोर्खा साम्राज्यले षडयन्त्रपूर्ण तरिकाले निल्न आँटिसकेको शिथिल लिम्बुवान फेरि शाह राज्यको पतन गणतन्त्रको उद्देश्यसँगै अरूणकोशीपूर्व उदाउन लागेको लिम्बुवान स्वायत्तताको प्रतिक्षारत लिम्बुवानवासी जनताहरूका सपना, पर्खाई झन् यो मोर्चाले उत्साहित बनाएको छ । त्यर्सथ यो मोर्चामा सबै लिम्बुवानवादी राजनीतिक शक्तिहरु मोर्चाबन्दी भई लिम्बुवान स्वायत्तता प्राप्तिसम्म एउटै शक्ति भई अगाडि बढ्नु वर्तमानको ऐतिहासिक माग हो ।
लेखकः- मञ्च सम्बद्ध संघंघीय लिम्बुवान राज्य परिषदका महासचिव हुनुहुन्छ ।
साझा लिम्वूवान साप्ताहिकबाट

No comments:
Post a Comment