गोविन्दराज भट्टराई
हाम्रा चिन्तन बुझने युगहरू पनि छन्
हाम्रा अभिव्यक्तिहरू सुनिदिने संसारहरू
पनि छन्
यस युगलाई
हाम्रो आङ्खनै हृदय
हाम्रा चिन्तन बुझने युगहरू पनि छन्
हाम्रा अभिव्यक्तिहरू सुनिदिने संसारहरू
पनि छन्
यस युगलाई
हाम्रो आङ्खनै हृदय
प्रकाश छाङ्छा राईले धेरै टाढा बसेर यी शब्द कोरेका थिए । हालै प्रकाशित उनको 'पुल तरेपछि हराएको मान्छे' शीर्षक कवितासङ्ग्रहमा यी पङ्क्ति परेका थिए । कत्रो आशा बोकेर, कत्रो भरोसाले अनि विश्वासले प्रकाशजस्ता हजारौं सर्जक साहित्य सिर्जनामा लागेका छन् । देशभन्दा टाढा कतैका महानगरीमा चेपिएर वा मरूभूमितिर निसासिदै, भिरेको बन्दुक एकछिन भित्तामा अड्याएर अथवा अनिदा रातमा मन छटपटिएका बेला कसरी यिनीहरू सिर्जनामै समर्पित भएका छन् । नेपाली साहित्य आज कहिल्यै नसुनिएका नया-नया भूमिबाट पनि पलाउदैछ, हुर्किदैछ ।र भर्खरै हो हङकङका नरेश सुनुवारको 'जिन्दगीको पहाड र अस्तित्वको रोकुदेले सेक्सेलेलेले......' को काठमाडौंमा विमोचन र विमर्श गर्यौ । त्यसको केही समयपश्चात बेलायतदेखि दयाकृष्ण र्राई आएका थिए-'इश्वरको मलामी' बोकेर । यो साता फेरि हङकङकै दुइवटा नया कृति यहा आइपुगे- प्रकाश छाङ्छा राईको 'पुल तरेपछि हराएको मान्छे' र देवेन्द्र खेरेसको 'रुङ्रीको बयान र नदी किनारा' । चारवटै कवितासङ्ग्रह । यो सानो उपलब्धि होइन । यसमा हामीले खुसी नमाने कसले मान्देला - उनीहरूले हामीलाई सम्झेरै लेखिरहेका छन्, हामीलाई सम्झेरै प्रकाशित गरिरहेका छन्, नेपाली साहित्यको विशाल र बृहत्तर स्वरूपभित्र पनि उनीहरू कतै लेखिएलान, कतै देखिएलान्, भनेर यस्तो योगदान गरिरहेछन् । फेरि पनि प्रकाशकै शब्दले हामीलाई छुन्छन्- हाम्रा अभिव्यक्तिहरू सुनिदिने संसारहरू पनि छन् । त्यो संसार हाम्रो नेपाली साहित्य हो, त्यसमा जोडिएको नेपाल । सीमाहीन विस्तृतिबाट पनि त्यो पलाइरहेको छ । हो आज हामी तिमीहरूलाई सुन्दैछौ ।
त्यसो त हङकङ केन्द्रदेखि शिव प्रधानको कथासङ्ग्रह 'छरिएको सिन्दूर', टङ्क सम्बाहाम्फेको कवितासङ्ग्रह 'युद्धभित्र उभिएका बुद्धहरू', दिलबहादुर पालुङ्वाको उपन्यास 'त्यान्द्रो', नेपाली साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कथासङ्ग्रह 'यथार्थका चोइटाहरू' जस्ता धेरै कृति आएका छन् । त्यहा बसेर हाङ्युग अज्ञातले पनि स्तरीय साहित्यिक प्रकाशनको सम्पादन र प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । सबैले नेपाली सम्झेर, नेपाल सम्झेर नेपाली भाषामै काम गरिरहेका छन्, ती साराको मूल्याङ्कन गर्ने हामी हौ, धेरै गर्न सकिरहेका छैनौ ।
नेपाली साहित्यलाई चारभञ्ज्याङभित्र रोक्नेहरू छौ“, देशको भौगोलिक सिमानाहरूमा बाधेर व्याख्या गर्नेहरू छौ“ । आज अचानक एक भिन्न परिस्थितितिर फर्किने दिन आएका छन् । ठूलो मात्रामा असङ्ख्य जतिनै कृति नेपाली डायास्पोराबाट आइहरेका छन्, यहाका पनि संसारभरि जादैछन् ।
अहिले हङकङ, बेलायत, अमेरिका जहाबाट आए पनि कविता सिर्जना नौलो भएर आउदैछन् । एउटा भिन्न परिचय बोकेर आउदैछन् । यी कविता र्सजकको मनस्थिति एवं चिन्ता भिन्दैखाले छन् । उनीहरू बसेको भूगोलले, बोलेको वाणीले बिताएको संस्कृतिले त्यो सिकाएको छ । अझ एकपल्ट छोडेको कहिल्यै बिर्सन नसकिने भूमिको प्रेमले त्यो लेखाएको छ । त्योभन्दा ठूलो कुरा ती नया विचार र शिल्पका कविता भएर आएका छन् ।
नरेश सुनुवारको 'जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेक्सेलेले.......' नवीनता, प्रयोग र परिस्कार बोकेर आएको छ भने त्यस्तै नवीनता बोकेर आएको खेरेसको 'रुङ्रीको बयान र नदी किनारा' हो । यिनमा जातीय गीत, सांस्कृतिक चिन्ता प्रतिध्वनित हुन्छन् । 'राकुदेले' र 'सेक्सेलेले.....' सुनुवार भाषाका पदसङ्केतहरू, 'रुङ्री' र्राई भाषाको. 'तिगेन्जोङ्ना' बैरागी काइलाले लिम्बूको ल्याएर कवितामा बसालेजस्तै । जातीय आस्था र गौरवका केही सङ्केत समकालीन कवितामा उनिएर आउनु एउटा अर्थपूर्ण सङ्केत हो- हामी त्यही छौ, हाम्रो उपस्थिति पनि त्यहा यसरी छ भन्ने विषयको । यी कवितामा सम्झनाहरू कति बलशाली भएर आउछन् भने पढ्दापढ्दै ती कवि सम्झेर हामी हुरुक्क हुन्छौ । खेरेसको एउटा कवितांश-
मैले टेकेका ढुङ्गा-माटोहरू
मैले भेटेका रूखबिरुवाहरू
मैले सुनेको भ्याकुरको छ्याकछ्याके आवाज
मैले पिएको चिसो पानी
मैले देखेका दृश्यहरू
र, स्पर्श गरेको सिरसिरे बतास
सप्पै-सप्पै
मेरै घुर्यानको ढुङ्गा-माटो
मेरै रानीवनको रूखपात
मेरै सिकुवाको गौथली
मेरै धाराको पानी
मेरै आगनको डिलमा
साझपख चल्ने चिसो बतास
र, मेरै घर घुर्यानको जस्तो
तृष्णा मेट्ने दृश्यहरू
फरक मात्र बाटो
त्यै फरक बाटोले गर्दा
निर्वासनको गन्ध सुघ्दै हिडे
यी कविता राम्रा र शक्तिशाली छन् । यिनमा देशबाट टाढिनुका पीडा अत्यन्तै गहिरा भएर उभिएका छन् । प्रकाश र देवेन्द्र दुवैका कवितामा निराशा निकै गहिरो छ । केही प्रतीक्षा र बाचा छन्, तर घरदेखि ङ्खयाकिएर विशाल संसारतिर दुनिया“ कति कुरा छुटेका छन् । देवेन्द्रले 'हामी बाच्दछौं कृत्रिम-कृत्रिम' मा बोल्दैछन्-
हामी दिन भइन्जेल उज्यालो सक्न चाहन्छौ
हाम्रा आखाहरू दृश्य हेर्नबाट वञ्चित हुन्छन्
हामी रात भइन्जेल अध्यारो सक्न चाहन्छौं
हाम्रा सपनाहरू अधूरै हुन्छन् ।
विच्छिन्नताको भय र त्यसले ढाकेको अन्धकार गाढा छ । प्रकाशको 'प्रेयसीले पत्र लेखेकी रहिछन्- पुरानो कागजभित्र' मा एक विचित्रको मनोदशा छ-
दिनले धेरै थिचिसकेछ, बडो असजिलो महसुस हुन्छ
यो जिन्दगानी र यस्तो आकस्मिकता
कही बिर्सिसकेर पनि माया गरे जस्तो
यो सम्झना जति- खै के उत्तर दिने ?
लेख्तालेख्तै कतिपय कवि दर्शनतिर ओर्लिन्छन्- जीवनदर्शनमा । केहीमा आशा छ, प्रतिज्ञा छ, देश फर्किने प्रण छ, यसलाई उन्नत गराउने धोको छ । धेरै कवितामा देशकै मनोदशा प्रतिविम्बित छन् । यहाका दुःखसुखले, संघर्ष र कष्टले, मृत्यु र हत्याले त्यहा पनि ती अत्यधिक संवेदित छन् । दयाकृष्णको 'इश्वरको मलामी' बाट एक अंश उद्धृत गर्छु यी कविहरू आज कसरी अस्तित्व-चिन्तनतिर डुबेका छन्, त्यो देखाउन चाहन्छु-
भोलिपल्ट बिहानै नित्से र मर्
इश्वरको मलामी गइरहेको बेला
एक्कासि ममाथि
घाइते जूनकिरीहरूले व्रि्रोह बोले
"किन जादैछौ तिमी इश्वरको मलामी -"
अन्त्यमा मैले देशबाट लेखी पठाए, 'यसैगरी बोलिरहनू, हामी तिम्रा आवाज सुनिरहेछौ ।'

कान्तिपूरबाट साभार
No comments:
Post a Comment