Sep 24, 2008

विविध कारण स्वतन्त्र लिम्वुवान आन्दोलनको सम्भावना

दिल पालुङवा लिम्वु
लिम्वुवानको वहसहरु धेरै भईकेको छन । लिम्वुवानको चाहनाको कुरा सम्पूर्ण जनता तथा सम्वन्धित निकायहरुमा पुगीसकेको छन् । अर्थात नेपालका सवै पार्टीहरु, संघसंस्थाहरु, सरकार समक्ष पुगिसकोको छन् । अव लिम्वुवान के हो भनेर कसैलाई वुझाईरहन आवश्यक नहुन सक्छ । सरकारले पनि लिम्वुवानसंगको वार्तामा ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्वुवान स्वायत्त राज्य वनाउने कुरा गरिसकेको छ । त्यस्तै लिम्वुवानीहरुलाई पनि लिम्वुवान हुनसक्ने आधारको वारेमा राम्रो ज्ञान छ । तर वेलावेला अझै पनि लिम्वुवानको स्थापना लिम्वुवानले चाहेको जस्तो नहुने-नवनाउने षडयन्त्रहरु अप्रत्यक्ष रुपमा भैरहेका आभास मिल्ने गर्दछन् । यो कुराहरु पार्टीहरुले गरिरहेका छन् । अर्थात स्पस्ट रुपमा भन्नुपर्दा लिम्वुवानको चाहना भनेको उनीहरुको ऐतिहासिक भूभागको स्वायत्त राज्य निर्माण हो । यो उनीहरुको लहड पनि होईन । अरुको भूमि दावी पनि होईन । आफ्नो भूमिको मायाको लागि हो, रक्षाको लागि हो, विकासको लागि हो । यो भूमि कति हो त ? प्रश्न उठ्न सक्छ ? यो भूमि भनेको सिस्वा, संखुवा खोला, अरुण हुदै सप्तकोशी पूर्व, मेची पश्चिम, तिव्वत चीन दक्षिण र भारत उत्तर पर्दछ । लिम्वुवानको सवालमा लिम्वुवान इतरकाहरु तर्क गर्ने गर्छन कि लिम्वुवानको तर्राई कोचे जातिहरुको हो । तर उनीहरु यो भन्न चाहदैनन्कि कोचेहरु आसामवाट आएका हुन् र उनीहरुको राजाको दरवार आसाम मा छ र उनीहरु भारतसंग लडिरहेका छन् भनेर । त्यस्तै उनीहरु १६ औं शताव्दी तिर लिम्वुवान नेपाल आएका हुन् । उनीहरु यो पनि भन्न रुचाउदैनन्कि वि.स. १८३१ अघि त्यो भूमि लिम्वुवानले राज्य गर्दथ्यो । त्यतिखेर गोर्खाले कुनै कोचे मेचे राजवंशीसंग युद्ध गरेका थिएनन् । ल, अहिलेलाई मानौं थिएरे । त्यहा उनीहरुको राजा थियोरे । त्यो को थियो त ? उनीहरु गोर्खासंग कहा कसरी लर्डाई गरे । अनी उनीहरु हारेर गोर्खाले लग्यो कि लिम्वुवान जस्तो उपनिवेसको रुपमा रहयो । यी प्रमाणहरु कोचीला भन्ने समुदायले पुरयाएभने त्यो मान्न पनि लिम्वुवान तयार हुन्छ । तर विना आधार सघन वसोवासको आधारमा कोचीला हुनुपर्छ, मधेस हुनुपर्छ भन्नु न्यायसंगत हुदैन । सघन वसोवासलाई आधार मान्ने हो भने त्यो क्षेत्र वाहुनवान हुनेछ । त्यस्तै केही खम्वु साथीहरुले लिम्वुवानभित्र पर्ने याख्खा/याख्खावा वसोवास क्षेत्रलाई अरुण जस्तो स्पस्ट भौगोलिक सिमांकन हुदाहुदै त्यसलाई तरेर आधा लिम्वुवान खम्वुवानमा हुनुपर्छ भनेका छन् । यो अति अव्यवहारिक कुरा हो । १० -२० वर्षअगाडिको इतिहास पल्टाएर हेर्ने हो भने संखुवासभा लगायत अरुणले छेकेको पूर्वी भूभागहरु लिम्वुवान अर्न्तर्गत थिए । शासन प्रशासन लिम्वुवानकै हुन्थ्यो । अर्थात ती भूभागहरु दश लिम्वुवानभित्र पर्थे । यर्सथ यस्ता विना प्रमाणको कुराहरुलाई उरालेर अराजकता मात्र निम्त्याउनु राम्रो होईन । अझ र्राई र लिम्वु दाजुभाई भनिन्छन् । इतिहास वंशावली अनुसार हुन् पनि । तर यहा दाजुभाईलाई फुटाउन कसैले पो षडयन्त्र गर्दै छन् कि ? आशंका गर्नु पर्ने ठाउ देखिन्छ । किनकी खम्वुहरुले लिम्वुवानतिर वसोवासको आधारमा दावी गरे लिम्वुवानले भोलि उनीहरुले पहिले राज्य गरेको इलाका खोटाङसम्म पनि दावी गर्नेछन् । त्यस्तै सेन मक्वानको राज्य कालमा भ्याल्ली वाहेक नुवाकोट, मकवानपुर, उदयपुर, महोत्तरी, जनकपुर दावी गर्नेछन् । ती क्षेत्रहरुमा लिवाङहाङ, सेरिङहाङ, साम्वाहाङ, फागोहाङ आदि लिम्वुहरुले प्रमुख भएर राज्य सञ्चालन गरेको इतिहास छ । यद्यपी यो प्रमाण र ऐतिहासिक आधारमानै हुनेछ । कपोकल्पित हुने छैन । त्यसैले लिम्वुवानले अहिलेको क्षेत्रवाट विस्तार गरी माथि उल्लेखित भूभाग पनि लिम्वुवानले दावी नगर्ला भन्न सकिन्न । त्यसैले लिम्वुवानलाई कसैले नजिस्याउन अनुरोध गरिन्छ । किनकी लिम्वुवानसंग प्रमाणहरु प्रसस्तै छन्, आधारहरु छन् । त्यस्तै लिम्वुवान गोर्खाको उपनिवेश थियो, हो । यहा“ पनि थोरै उदाहरण पेश गरौं । कसरी उपनिवेश थियो त - भन्दा लिम्वुवान गोर्खाले जितेको क्षेत्र होईन । सम्झौतामा नेपालमा स्वायत्त अधिकार लिएर प्रवेश भएको हो । त्यसैले यो औंपनिवेशिक क्षेत्र स्वतन्त्र पनि हुन सक्ने आधारहरु छन् । यो लिम्वुवानको आत्मानिर्णयको अधिकार भित्र पर्न सक्छ । तर लिम्वुवानलाई उसले भने वमोजिमको लिम्वुवान राज्य वनाए उ नेपालको लिम्वुान स्वायत्त राज्यमा रहनेछ । यसमा नेपालले लिम्वुवानलाई पृथ्वीनारायणलेझैं कुटनितिक हिसावमा मिलाएर राख्ने कार्य गर्नु वेश हुनेछ । एउटा वाहिरको मान्छेले मगरलाई हामी आफ्नै हौं भनेको थियो र लिम्वुलाई पनि मगरहरुको सम्वन्धको कारण शाहले लिम्वुलाई कूल भाई मानेको थियो । उनीहरुको राज्य सञ्चालन गर्न उनीहरुलाई दिएको थियो । आफ्नो ठाउको राज्य गर्न पाउदा को सकारात्मक हुदैन र । यो कस्तो कुटिल रणनिती । तर अहिलेको स्थिती विल्कुलै फरक भएर गईरहेको छ । अरुत होईन भएको दाजुभाई दाजुभाई पनि लड्नुपर्ने स्थिती आउदैछ ।
तसर्थ लिम्वुवानलाई पार्टी तथा सरकारले गम्भिर ढंगले सोच्नै पर्छ । यदि हलुका ढंगले सोचेर यीनीहरुलाई जे गर्दा पनि हुन्छ भनेर कार्य गरे अवश्य लिम्वुवान विष्फोट हुन्छ । त्यसवेला लिम्वुवान नेपालको स्वायत्त राज्य हुदैन उ स्वतन्त्र लिम्वुवान हुनेछ । किनकी यसको विशेषतानै यो प्रकृतिको छ । यो कुरा यही लेखवाट छर्लग्याईन्छ कि लिम्वुवान कुनै पनि हालतमा माओवादीकोझैं ५ वटा पहाडि जिल्लाहरुमा मात्र सिमित हुदैन । त्यस्तै एमालेले भनझै तमोर क्षेत्रमा सिमित हुदैन । किनकी यी कुराहरु भनेको नेपाललाई पशुपति देश, वागमती देश तथा हिमाल देश वनाउन खोजेझैं हो । त्यसैले यो तमोर, कोशी, कोची, विराटले लिम्वुवानको वास्तविकता र मौलिकता वोक्दैन । त्यसैले कसैले पनि लिम्वुवानको लागि लिम्वुवानको भावनालाई कुल्चने विचार नगर्न श्रेयस्कर हुनेछ । सम्वन्धित पार्टीका कार्यकर्ताहरुलाई फकाए जस्तो, दवाएजस्तो, राजनिती हत्या गरिदिएजस्तो गरेर यो हुनेवाला छैन । भोलि आफ्नै पार्टीको मान्छेहरुनै सम्वन्धित पार्टीको लागि विद्रोही हुनेछन् ।
यसकारण आजसम्मको पार्टीको, सरकारको तौरतरिकाले लिम्वुवानलाई असर पारे यसैको कारण लिम्वुवानमा व्रि्रोह हुनेछ । यो व्रि्रोह आन्दोलन हुदै युद्धमा परिणत हुनेछ । अनी हामी विचमा अहिले जस्तो दाजुभाईको भावना, नेपालित्वको भावना हराएर जानेछ । नेपाली राष्ट्रियताको स्थानमा लिम्वुवान राष्ट्रियताले स्थान लिनेछ । एकापसमा शत्रुताको भावना हुनेछ । जातिय युद्ध हुनेछ । जातिय सफायको युद्ध हुनेछ । हामी सवैले सोचौ-के यस्तो दिन हाम्रो लागि उत्तम हुनेछ ? अवश्य हुदैन । त्यसैले हामी लिम्वुवानवादी के भन्न चाहान्छौं भने हामी अरुको दावी गर्दैनौ र हाम्रो भूमि पनि अरुलाई दिदैनौं । त्यसैले हाम्रो भूभाग हामीलाई राज्य गर्न दिनुपर्दछ । अर्थात लिम्वुवानलाई दिनुपर्दछ । वरु लिम्वुवानभित्र अन्य जातिको अधिकार कसरी सुनिश्चित गर्नुपर्दछ भन्नेतिर लाग्नुपर्दछ । यसै सर्न्दर्भमा यस लेख मार्फत लिम्वुवान भित्रका आफ्नो राज्य हुनुपर्छ भन्ने जातिहरुलाई लिम्वुवानभित्र वसेर सहकार्य गरेर काम गरौं । यदि लिम्वुवानले आफ्नो अधिकार सुनिश्चित गर्न नसक्ने देखिएमा कसरी गर्न सकिन्छ त्यतापटि्ट लागौं । त्यस्तै कतिपय जातिहरु स्वायत्तको सर्न्दर्भमा अझैं अलमलमा छन् ? उनीहरुलाई पनि भविष्यमा गर्न सकिने खालको वातावरण वनाएर लैजाऔं । अर्थात राज्य वन्ने वातावरण थपिने/घटिने नियम वनाऔं । यी सवै हामीलेनै गर्ने काम हुन् । जसरी हुन्छ मानव भएर मानवीयताको भावनामा रहेर कार्य गरौं । हामी सवैलाई आआफ्नो अस्तित्व रक्षाको सवाल छ त्यसमा सवै सचेत भएर सवैको लागि कार्य गरौं । यो नै एक सुन्दर समाज र सुन्दर देश हुनेछ । यो भोलिको पृथ्वीको आयु पनि लम्विने वातावरण हुनेछ ।सेवारो ।।

लेखक - लिम्वुवान राष्ट्रिय मोर्चाका अध्यक्ष हुन्

1 comment:

Samjik Sam said...

Dear Writer and editor Sirs,
I found this is a very good article by Dil Palungwa. I would like to thank him too.
I would be very haapy if you mention the real source of this article or the same is first source.
Wish you all tbe best!
Me
Mennisam Yapmi
Limbuwan