रामकृष्ण बान्तवा
हार्छन मानिस मरेर कति
बाँच्छन मानिस कामले कति
सहिद भएर बाँच्नुत संयोग मात्रै हो
तर अमर भई बाँच्नु सहि समर्पण हो ।
सुभ मुकारुंगको गीतहरुको कुरा गर्नुभन्दा अगाडि यौटा तितो सत्यले मेरो घाँटी समात्यो जुनकरा सँधै म मेरो मनमा सोचि रहन्छु कि हाम्रो सम्पूर्ण प्राकृतिक सम्पदाले भरिपूर्ण देश किन यति धेरै दरिद्र यति धेरै पछाडी धकेलियो ? प्रविधि, कला, साहित्य, राजनीति, सामाजिक, आर्थिक विकास आदिमा हामीहरु किन एकदमै पछाडी रहृयौँ ? यस्को सही उत्तर मलाई लाग्छ यौटा त बिज्ञान हो भने अर्को मुख्य कुरा पक्षपात धाँधली र भ्रष्टाचारनै हो र बिज्ञानको कुरा गर्दा हामी नेपालीहरुलाई बैज्ञानिक ढंगले सोच्ने केलाउँने आविस्कार र अनुसन्धान गर्ने कोरा कल्पना त के वस्तुगत सत्यपनि बिस्वासनै गर्दैनौँ अलिकति माथि उठेर नयाँ नयाँ प्रयोगहरु गरी प्रविधिको विकास गर्नेत हाम्रो लागि सपनामा पनि सम्झेको छैनौँ भन्छु म ।
दोश्रो कुरा हामी नेपालीहरु यति सानो चिन्तन र छोटो बिचारका पक्षपातीहरु छौँ की अरुको भन्नाले बिस्वको अगाडी गर्व गर्ने कुरात छाडीदिउँ नेपाली भनेर परिचय दिनुसम्मपनि हिनतावोध हुन्छ । भनिन्छ साहित्यकला मानव सभ्यताको सर्वोपरि र गरिमाशाली अभिब्यक्ति हो तर के यो अरुको लागि मात्र हो नेपालीको लागि होईन ? म भन्छु कला साहित्य समाजको ऐनामात्र होईन जुनकुरा त्रिआयामिक पारदर्शिको यौटा महत्वपूर्ण स्वरुप पनि हो । लाटो देशको गडाहा तन्नेरी परि टोपल्नेहरुलाई यि कुराहरुको ज्ञान भएर वा नभएर सहि मुल्यांकन र सही समिक्षा जो राष्ट्रको प्रतिनिधित्व गर्छु अनि समिक्षक हुँ भन्नेहरुले हिजोपनि सही मुल्यांकन गर्न सकेनन र आजपनि सकेको छैनन भोली के गर्छन आजैको जग टेकेर अनुमान गर्न सकिन्छ कि बृहत छलांग मार्न सक्ने छैनन । यहा यौटा यस्तो ब्रि्रोही समुह शसक्त भएर आउनुपर्छ उस्को चिन्तननै यस्तो हुनुपर्छ नितान्त नयाँ, अर्को यौटा बिचार भन्दापनि समुह जन्मनु आवश्यक छ साहित्य फाँटमा जस्ले कालोलाई कालो भन्नुपर्छ जतिसुकै हिलोमा फक्रेको होस सेतोलाई सेतै भन्नुपर्छ ।
नेपालको आजको आधुनिक नेपाली कला, साहित्यको लेखाजोखा गर्ने सन्दर्भमा आफुलाई बिज्ञ र सामर्थवान बिश्लेषक देखाउँने सपना देख्ने पक्षपाती समालोचक र समाजका प्रतिनिधित्व गर्छु भन्ने पक्षपाति महासेठहरुले बिभिन्न समय कालखण्डलाई अनेकौँ संज्ञा दिंदै नातावाद, कृपावादको भूमरीभित्र बिभिन्न सम्मान र पुरस्कारहरु केवल आफ्नो इस्ट मित्रहरुलाई वितरण गरेको देख्दा साँच्चिनै नेपाली हुँ भनेर गर्व गर्ने कुनै ठाउँ सम्मपनि राखिएको छैन । के आज नेपाली श्रष्टाहरुवीचमा बडेमाको सम्मान र पुरस्कार जित्ने कथित कुन कृतिहरुले आज आएर बिस्वलाई नेपाल र नेपाली भनेर चिनाएका छन ? यस्को सही उत्तरविना पूर्वाग्रह र विना पक्षपात सही मुल्यांकन नगरिएकोलेनै हो । यौटी जनजाति लेखिका श्रद्धेय पारिजात दिदी ज्युको शिरिषको फूलले अक्सफोर्ड युनिभर्सिटी अमेरिकामा ग्रीन मिमोसा भएर पाठ्य सामाग्रीमा समेटिएको बाहेक अन्य उस्तो चर्चामा आएको कुनै त्यस्तो पुस्कार बिजेता रचनाहरुले नेपाल चिनाउँने काम गरेको छन जस्तो लागेको छैन ।
अव जाउँ सुभ मुकारुङका गीतहरुको बारेमा । यहि सन्दर्भमा नेपालका बडेमाको गीतकार भई टोपल्ने बरिस्ट गीतकारहरुका धेरै चर्चा परिचर्चा भईरहेको छ तर के सुभ मुकारुङ कनिस्ठ गीतकार भएरनै उहाँको चर्चा अरुको जस्तो नभएको हो त ? अरुले ठुल्ठुलो सम्मान र पुरस्कार पाउँदा शुभले यहि कारणले नपाउँनु भएको हो त ? यो हुनै सक्दैन । म भन्छु शुभ एक अदभुत गीतकार हामी माझ हुनुहुन्छ जस्को गीतका शब्दहरु पढेपछि वा सुनेपछिनै थाहा पाउँने कुरा हो । भन्नैपर्दा गीत रहरले होईन दिमाग र भावनाले लेखिन्छ, लेखिनुपर्छ, घटनालाई बाँधेर, सम्भावनालाई अडकलेर । हुनत गीतमा स्थायी र अन्तरा गरी दुइ वा दुइभन्दा बढी लयात्मक भङ्गीमा लेखे सजिलै भईहाल्छ कत्तिलाई यस्तै लाग्दो हो । तर गीतमात्र होईन कुनै अरुनै रचना कुनै कुराको सिर्जना गर्दा सुरुदेखि अन्तिमसम्म तारतम्य मिलाउँनु भनेको अवश्य सजिलो हुदैन जस्लाई मैले भन्नुपर्दा त्यहि हो रचनाकारको कुशलता भन्छु म । यस्लाईनै अभिब्यक्तिको सिपपनि भन्न सकिन्छ र यिनै कुराहरुमा शुभ मुकारुङ धेरैनै माथि हुनुहुन्छ र अर्को वहाका गीतहरुमा सरलता, सजिवता र स्पष्टतापनि अत्यन्त राम्रा पक्ष हुन । गीतको भाषा शैली मात्र होईनकी वहाँले ब्यक्त गर्नु खोज्नु भएको कुरालाई मिठो र सहज ढङ्गले उठाउँन सक्नु वहाँको चमत्कार हो भन्छु म । हरेक रचनाको यौटा महत्वपूर्ण अंग भनेकै बिचार हो । रचनाकारले बुझ्नुपर्ने मुख्य कुरा नै भाव र बिचार बिनाको सिर्जना जतिसुकै छन्दबद्ध राम्रो रचना भएपनि खोटो र खोक्रो हुन्छ भन्ने जान्नु जरुरी हुन्छ । अर्को कुरा नियमित मात्रा वा बर्णको आधारमा बिश्राम हुने लय मात्र हो ।
प्रसिद्ध गीतकार शुभ मुकारुङ ज्युले गीतमात्र नभएर अरु साहित्यिक बिधा कथा, कविता, पत्रकारितामा पनि आफ्नो कलम चलाईरहनु भएको छ । तर मुलत वहाँ गीतकारको रुपमानै चर्चित भने हुनुहुन्छ । वहाँले निकाल्नु भएको कृतिहरु बि. सं २०६१ मा पुग्नु कहाँ थियो गीत संग्रह, बि सं २०६३ साहित्य, संगीत,कला र पत्रकारितामा हामी,, बिसं २०६४ ,,कथा ढुङ्गै ढुङ्गाको,, -किराती लोक कथा) बि सं २०५२ ,,सायद,, गीती अल्वम, बि. सं २०६३ ,,स्विकृति,, गीती अल्वम बि सं २०५९ संवेग गीती अल्वम सीडीमा यि सवै वहाँका गीतहरुमा प्रायः नेपालको ख्यात्रि्राप्त बरिस्ट संगीतकारहरुले नै संगीत दिएका छन भने चर्चित गायक गायिकाले सुमधुर स्वर दिएका छन । कत्तिले भन्लान वान्तवाले शुभका गीतहरुको शब्दहरुको बारेमा धेरै वखान गर्यो । तर यहा मलाई जे लाग्यो त्यहि भनिरहेको छु । मैले देखेको प्राय जस्तो शुभका गीतहरुमा समयानुकुल परिवर्तनशीलता, स्वःस्फुर्तता, स्वच्छन्दता जहाँ प्रकृतिको सुन्दरता मोह, युगवोध हरेक वहाँका गीतका शब्दहरुमा सांगितिक लयात्मकता, भावुकता, भावुक ब्यंग्यात्मकता जहाँ बौद्धिक र सुकोमल शब्दावलीमा सरल तरिकाले उच्च भाव बिचारको प्रयोग गरिएका छन । अर्कोतिर त्यतिनै मिठो भावना हार्दिक निश्छलता वहाँको गीतहरुमा पाईन्छन । हुनत सुभका सार्वजानिक संख्यात्मक गीतहरु अरुको भन्दा थोरै होलान तर गुणात्मक हिसावले नेपाली गिती भण्डारमा धेरै छन । म भन्छु वहाँका समकालिन र आजका नयाँ पुस्तालाई शुभले ठुलो योगदान दिनुभएको छ । जस्को गीतहरुका भाव बिचार शैलीले युगान्तकारी महत्व बोकेको छ । तरैपनि वहाको कृतिहरु र योगदानलाई आज कसैले मुल्यांकन किन गरिरहेको छैन बडो खेदको कुरा छ ।
भनिन्छ कराए गितै हो उफ्रे नाचै हो तर म भन्छु जुन गीतको भाव र बिचार स्पष्ट हुदैन त्यस गीतको अर्थ पनि हुदैन । गीत त त्यो हो जस्ले मान्छे हुनुको दायित्ववोध गर्न सकोस भावपूर्ण बन्न सकोस । हरेक गीतका शब्द शब्दले जीवन र जगतलाई सुन्दर तथा मार्मिक ढंगले छुन सकोस गम्भिर भाव र अर्थपूर्ण बिचारले जीवनका हरेक भोगाई सोचाई तथा जटिलतालाई सहज तरिकाले ब्यक्त गर्न सकोस त्यो पो हुन्छ गीत । हुनत गौरव मान्नुपर्ने धेरै छन । नेपाली कला साहित्यको मन्दिरमा यदि पक्षपात नगरी मुल्यांकण गर्ने हो भने नेपालीहरुको बानी राम्रोलाई नराम्रो बनाईन्छ तर कहिले
जस्ले स्यावासी एबं प्रशंसा पाउनुपर्ने हुन्छ उस्लाई तल दवाएर अरुलाईनै हिउँचुलीमा पुर्याईदिन्छ किन यस्तो गरिरहन्छन भन्दा जातिवादको हाली मुहालीसंगै भ्रष्टाचार नातावाद, कृपपावाद लागु यिनै हुन यस्को मुख्य कारण । यति हुँदाहुँदै पनि शुभजस्ता थुप्रै श्रष्टाहरु निरन्तर अगाडि बढिरहेका छन जस्लाई न स्यावासी न त कसैको प्रसंशानै चाहिएको छ ।
जस्ले शीत, बर्षातको आँशु र असिना अनि घामको संघर्ष भोग्दै अगाडि बढिरहेको छन , उनिहरुनै एकदिन अवश्य सफलताको शिखरमा पुग्नेछन । प्रतिक्षा हामीले गर्नैपर्ने हुन्छ जवरजस्ती दवाएर कहाँ सँधै दविन सक्छ र कुनै,न कुनै दिन प्रतिक्षा कसो पूर्ण नहोला तरैपनि मानिसकोर् इच्छा शेष रहन्छ नै जे होस हाम्रो आकांक्षा सल्वलाईरहनै पर्छ अझ नयाँ क्षितिज उघार्नलाई, हेर्नलाई श्रष्टाहरु मरेर के भो ? इतिहाँसत आखेरी बाँचेकै हुन्छनी ................होईन र ?
No comments:
Post a Comment