येहाङ लावती
यो बलिहाङ् तङ्नाम्लाई 'वालिङ्हाङ् तङ्नाम्' पनि भन्ने गरेको पाइन्छ । यो तङ्नाम (चाड) थेसेक्क्रो -कातिक) महिनामा 'लासिःक' (औँसी) को समय पारेर मानिन्छ । यो पर्वको विकासको बारेमा किरात लिम्बँ समाजमा यस्तो कथन पाइन्छ, 'उहिल्यै किरात देशमा 'बलिहाङ / वालिङहाङ' नामक अति नै प्रजाप्रेमी र शक्तिशाली किरात राजा थिए । आफ्ना देशभित्रका जनताका सारा दुःख सुखमा उनले साथ दिन्थे । देशलाई क्षेत्र क्षेत्रमा छुट्याई सम्पूर्ण जनताले खाना खाए नखाएको बुझी खाएको खबर दरबारमा नपुगेसम्म आफँ पनि खाना खाँदैनथे । यस कारण उनको प्रजाहरू उनीप्रति अति नै मोहित थिए । उनी त्रिकालदर्शी पनि थिए । एकदिन राजसभा बोलाएर आफ्ना मन्त्री, सल्लाहकार र देशवासीसम्मुख यसरी आफ्ना कुरा राखे, 'मानिस मरणशील प्राणी भएकाले एकदिन यो देहलाई छोडेर जानैपर्छ । मेरो पनि दिनगन्ती पुगिसक्यो, यो देहलाई त्याग गरी अब म स्वर्ग जाँदैछु, तिमीहरूले यो हाम्रो देशलाई हृदय समान सम्झी माया गर्नु, तिमीहरू एकै परिवार सम्झी माया ममताका साथ कहिल्यै पनि झगडा टण्टा नगरी मिलेर बस्नु, देशको उन्नति र प्रगतिको लागि एकै मतले दत्तचित्त भई काम गर्नु ।' देशवासीले यो कुरा सुनेपछि आँशु झार्दै एकै स्वरमा राजासँग विन्ती गर्न थाले 'महाराज १ हामीलाई छोडेर त्यसरी जान पाउँनु हुन्न । तपाईं यो देशमा नभएमा हामी जम्मै टुहुरा टुहुरी भई दुःख पाउछौँ' । देशवासीको एकै स्वरको यो विन्ती सुनेपछि राजाले पनि आँखाबाट आँशु झार्दै फेरि भन्न थाले- 'प्यारा देशवासी हो १ तिमीहरूको यो कारुणिक विन्ती सुनेपछि मेरो मुटु नै छियाछिया भयो । तर मैले के गर्नु ? तिमीहरूको माया लाग्दा लाग्दै पनि छाडेर जान म वाध्य छु । मलाई लिन काल आउनै लाग्यो, संसारिक नियम नै यस्तो छ, यसलाई रोकेर रोक्न सकिँदैन' भन्नासाथ राजदरबारमा 'हाःम्लाःक्वा' (रुवावासी) ले थर्कन थाल्यो । देशवासीले राजासँग फेरि विन्ती गर्न थाले 'महाराज १ यसको रोकथामको लागि अन्य केही उपाय पनि छ कि ? भएमा सो सुन्नपाए हामी आभारी हुन्छौँ र सो गर्न हामी तयार छौँ' ।
मन्त्री मण्डलका सदस्यलगायत देशवासीले पुनः गरेका उक्त बिन्ती सुनेपछि राजा फेरि बोल्न थाले 'मप्रति तिमीहरूको यति धेरै माया भएमा मेरो प्राण बच्न सक्ने एउटा उपाय त छ, त्यो तिमीहरूले गर्न सकेमा म बाँच्न पनि सक्छु' राजाको यो कुरा सुनेपछि देशवासी खुशीले गद्गद् हुँदै फेरि बोल्न थाले 'महाराज! तपाईंको जीवन रक्षाको लागि हामी जे पनि गर्न तयार छौँ, विधिको जानकारी पाउँ' । यो विन्ती सुनेपछि राजा फेरि बोल्न थाले 'त्यसो भए यसबारेको विधि तिमीहरूलाई म सुनाउँछु सुन है थेसेक्क्रो -कातिक) महिनाको औँसीको अध्यारो रात पारेर कालले मलाई लिन आउनै लागेको छ । यहाँछेउ आई पुग्नासाथ म बेहोस भई आफ्ना शयन कक्षमा लडिहाल्छु, त्यसभन्दा अगाडि नै तिमीहरूले प्रत्येक घरलाई लिपपोत सफा गरी घरघरमा बत्ती बाली खुवै उज्यालो बनाउनु र मेरो प्राण रक्षाको लागि तागेञँरा निङ्वाफुमाङको अटुट प्रार्थना गर्नु । यो खवर देशभरका घरघरमा पुर्याई एक आपसमा सहयोगी भई सम्पूर्णले यो काम गर्न सक्यौ भने काल फर्केर जानेछ र म कालको पञ्जामा नपरी अवश्य पनि फुत्कन सक्नेछु' । राजाको यो कुरा सुनेपछि उपस्थित सबै खुशी भई 'महाराज ! यो काम गर्न हामी तयार छौँ' भनी एकै स्वरमा सबै कराए ।
राजाबाट उक्त आदेश हुनासाथ सो आदेश घरघरमा पुर्याउन देशवासीहरू हँलका हँल भई 'फा-सिङ्म्रो/ फा-सिङ्मारो' -यो आपतमा सहयोग गरागर गरौँ है) भन्दै राजाबाट हुकुम भएको विधि बताउदै घरघर, गाउँगाउँमा गए । हुकुमअनुसार आफ्ना पितातुल्य प्यारा राजाको प्राण रक्षाको लागि प्रत्येक घरमा सरसफाई गरी झिलिमिली बत्ती बाली प्रत्येकले तागेरा निङ्वाफुमाङसँग प्रार्थना गर्न सुरू गरे । उत्ता दरबारमा राजा वेहोस भई लडिहाले । 'फा-सिङम्रो' भन्दै राजदरबार लगायत देशभरका जनता प्रार्थना गर्दै रातभर कराइरहे, बिहानीको उषाको लालीसँगै राजाले आँखा खोली उठे । राजदरबारमा राजपरिवार, मन्त्री र सल्लाहकारलगायत उपस्थित सबैमा खुशीको आनन्दले सीमा नाघ्यो । राजा पूर्ण
रूपले होसमा आएपछि बोल्नथाले 'अब म पूर्ववत अवस्थाको होसमा आँए, यो खबर देश भरका जनताको घरघरमा पुर्याउँनु, देशवासीहरू सुर्ताएर बसेका होलान्' भनी उपस्थित सबैलाई आदेश दिए ।
उक्त आदेश राजाबाट पाउँने बितिकै मन्त्री मण्डलका सदस्य र सल्लाहकार तथा सामान्य जनतासमेत 'राजा पूर्ववत होसमा आयो है, 'त्येञँअङसीरो' (राजा अबतार लिई आयो है) अब प्रार्थनामा मात्र एकाग्र भएर नवस उठ है, बिहान भयो बेलुकि भयो, 'नाम्लिङ्गेःत् / लालिङ्गेःत्' -घाम झुल्क्यो जुन झुल्क्यो) आदि भन्दै खुशीले नाच गान गर्दै हँलका हँल घरघरमा खबर पुर्याउँन गए । यसैलाई खस भाषामा पनि 'बलीराजको हुकुम हुँदा आएको हामी' भनी 'भैलो र द्यौसिरे' भनी खेल्ने चलन चलेको हो' भन्ने कथन छ । आफ्ना प्राणतुल्य प्यारो राजा पुनर्जीवित भएको खबर सुन्न पाएकोमा घरघरका मानिसहरू पनि खुशी भई यो शुभखवर पुर्याउन आउँनेलाई विभिन्न परिकारका 'पकवान' बनार्इर्र्खानदिँदै रूपैयाँ पैसा पनि दिन थाले । ती खबर दिन आउनेले पनि आफँले स्वागत सत्कार पाएकोमा खुशी भई विभिन्न किसिमका आशिर्वाद दिन थाले । राजालाई कालको मुखबाट बचाएको खुशीयालीमा हर्षवढाइ गर्दै पुनः देशभरि झिलिमिली बत्ती बाले । यो खुशीयालीमा विभिन्न पौष्टिक परिकार बनाई एक आपस्तमा बाँडी खान थाले । यसै खुशीयालीको सम्झनास्वरूप प्रत्येक 'थेसेक्रो' -कातिक) महिनामा पर्ने औँसीको समयमध्ये गणना गरेर निस्केको समयमा बलिहाङ राजाकै पालामा सालवसाल यो तङ्नाम् (चाड) मनाउन थाले र त्यसैको निरन्तरता दिँदै आज पनि यो चाड खासगरी दुइदिनसम्म किरात जातिले धुमधामसँग मनाउँछन्।
यो पर्व पहिलो दिन बलिराजाकै सम्झनामा र आफ्ना दीर्घायुको लागि घर आँगन सफागरी बत्ती बाली प्रार्थना गर्ने । दोश्रो दिन बत्ती बाली हर्षर्ढाई गर्ने र खुशीयाली मानि मिठा-मिठा पकवान बनार्इर्र्खाने साथै खुवाउने पनि गरिन्छ । सामान्य रूपले तेश्रो दिन पनि त्यसैगरी मनाइन्छ ।
मुन्धुमअनुसार 'चेली माइतीले फँल साटासाट गर्नु (आपस्तमा लगाउँनु) हुँदैन, लगाएमा 'चोःत्लुङ' (शिर) ढल्छ' भन्ने मान्यता छ, कारण फँललाई जोवनको प्रतीक पनि मानिन्छ । त्यसैले लिम्बँ जातिमा भाइ टीकाको चलन छैन । हाल आएर यो पर्वमा विभिन्न जाति उप-जातिको धार्मिक कथा र सांस्कृतिक पक्षहरू सम्मिश्रण हुन गएकाले यो चाडको नाम र मान्ने तरिकाहरू पनि विभिन्न हुन गएको देखिन्छ । जस्तै काग तिहार, कुकुर तिहार, गोवर्द्धन पँजा, गाई तिहार, भाइ तिहार आदि नामहरूलाई लिन सकिन्छ । यस अवस्थामा जगत्बहादुर जोशीले लेख्नुभएका यी शब्दहरू पनि सम्झना राख्नु पर्ने हुन आउँछ, उहाँ लेख्नुहुन्छ- "अनार्य राजा महाबलिको सहादत र उनको महान् बलिदानको सम्झानामा अनार्यहरूले ३ (तीन) दिनसम्म बत्ती बालेर दीपाबली मनाउने चलन चलाएका थिए । यस अनार्य संस्कृतिलाई कालान्तरमा आर्यहरूले पनि बलिराजाको आत्माको सम्मान गरेर आत्मसात् गरे ।"
सन्दर्भ सूची
१. इमानसिंह चेम्जोङ, किरात इतिहास र संस्कृति २०५१ पृष्ठ ८० नेपाली अनुवादक शेरबहादुर इङनाम, सालबाडी, झापा ।
२. ऐ ऐ पुष्ठ ८१
३. सम्पादक मण्डल, मेचीदेखि महाकाली (पूर्वाञ्चल भाग) २०३१ पृष्ठ ९९ सञ्चार मन्त्रालय, सँचना विभाग, काठमाडौँ ।
४. इमानसिंह चेम्जोङ, किरात मुन्धुम सन् १९६१ पृष्ठ ७१, ७२ राजेन्द्रराम पलनवा (चम्पारण) विहार-भारत ।
५. जगत्बहादुर जोशी, सयपत्री वर्ष३ वैशाख-मङ्सिर २०५४ पृष्ठ ८५ नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान काठमाडौँ ।
६. उक्त क्र.सं. ४ को लेखक र पुस्तक पृष्ठ ७१ ।

No comments:
Post a Comment