Jan 18, 2008

मनाचा वरक / पाँच पोखरीमा रुपान्तर - मिथक कथा

टंक वनेम
उहिल्यै-उहिल्यै सावायेत्हाङ्हरुको -आठ राजाहरुको) पालामा वर्तमान १३ थुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल तीनजुरे डाँडा गिद्धे पहरा छेउ "मनाचा वरक" -मान्छे खाने पोखरी) मा एउटा रहस्यमय मान्छे खाने जीव बसेको थियो । त्यो रहस्यमय जीब कस्तो थियो कसैलाइ पनि थाहा थिएन । त्यो मनाचा पोखरीमा पानी खान आउने कुनै पनि जीव जन्तु या मान्छेहरुलाई आहारा बनाउने रहस्यमय जीव बारे तिनजुरे डाँडा वरिपरिका सबै गाउँलेहरुको सल्लाह भए पछि एक जना शक्तिशाली येबा -असन्तुष्ट प्रेतात्माहरुलाइ तह लाउन समर्थ लिम्बू पुरोहित) ले त्यसलाइ मार्न दुम्सिको काँडा,घुङरिङ,चाँपको स्याउली र मंन्त्र जपेको अक्षता आफ्नो साङ्लाङगोबा -येबाको साथी, शिष्य) लाइ दिएर भनेछ । अब म त्यो रहस्यमय जीब संग युद्ध गर्न त्यो गहिरो दहमा फलान्छु त्यो पोखरीमा दुध उम्लेको देख्यौ भने यो अक्षता पोखरीमा फ्याक्नु तर पोखरी भरी रगत उम्लेको देख्यौ भने तिमीहरु पनि यो ठाउँबाट भाग्नु यदि भागेनौ भने तिमीहरुलाइ पनि त्यो राक्षसले आहारा बनाउने छ भनेर त्यो साप्लीङ्गेक भन्ने शक्तिशाली येबा आफ्नो धारिलो फे -तरवार) लिएर पोखरीमा उफ्रेछ । धेरै बेर संम्मको भिषण युद्ध भए पछि पोखरीमा सेताम्मै दुध उम्लेको देखे पछि साङलागोबाले जपेको अक्षता र घुङरिङ पोखरीमा छरि दिएछ । केहि बेर पछि साप्लीङगेक नामका येबा पनि थकित र घाइते भइ पोखरीबाट निस्केछ । उहि रात त्यो गहिरो पोखरी बिष्फोट भई पाँच भागमा बाँडिएछ । मनाचा पोखरीको छेउमा भने दन्त्यकथाको ड्रेगोन जस्तो एउटा अदभूत मृत जीव देखिएछ । यसरी मनाचा वरक पाँच पोखरीमा रुपान्तर भएको लोक कथा एक पुस्ता बाट अर्को पुस्तामा सर्दै आएको छ ।

No comments: