हस्त गुरुङ
आदिवासी जनजातिको माग अहिलेको माग होइन । २ सय ३९ वर्षेदेखि गुम्सिएर बसेको उत्पीडनमा आधारित माग हो । धेरैले वर्ग संर्घष भन्ने गर्छन्, तर नेपालको सर्न्दर्भ बेग्लै छ । यहाँ वर्ग उत्पीडनकाका साथै जातीय उत्पीडन पनि रहेको छ । कतिपय अवस्थामा वर्ग भन्दा जातीय संर्घष प्रधान पनि बनेको छ । यो कुरा कसैले स्वीकार गर्दैन भने हाम्रो भन्नु पनि केही छैन तर सत्य यही नै हो । बेलायत, पन्स, इटाली, रुस आदि मुलुकहरुमा वर्ग संर्घष भएको थियो । तर, त्यहाँको स्थिति अर्कैर् थियो । त्यहाँको समाज जातीय विभाजनभन्दा स्पष्ट रुपमा दुइ वर्गमा विभाजित भएको थियो । तर नेपालको सर्न्दर्भ अलग छ । यहाँ उच्च वर्ग, उच्च मध्यम वर्ग, मध्यम वर्ग, निम्न वर्ग जसरी वर्गीकरण गरिएको छ, त्यसरी नै जाति पनि छुट्टिएको छ । यहाँ डेढ बिगाहा हुने सुती सुती खान्छ तर दस बिगाहा हुने दिन रात हलो जोत्छ । भन्नुहोस् को सामन्त हो र को र्सवहारा - डेढ बिगाहा हुने र्सवहारा कि दस बिगाहा हुने सामन्त - यहाँ हामीले कुनै वर्ग, जातिको विरोध गरेका होइनौं । हामीले एकात्मक केन्द्रीकृत संरचनाको मात्र विरोध गरेका हौं । हामीमाथि कसैले निर्णयलादेकोविरद्ध आत्मनिर्णय अधिकार मात्र खोजेको हो । त्यो पनि सकैलाई भीख मागेको होइन, आफ्नो हैसियत बराबरको अधिकार मागेको हो । तर्सथ यहाँ के भन्न खोजिएको हो भने दसवर्षो माओवादी सशस्त्र जनयुद्ध र जनआन्दोलन भाग-२ ले सात शीर्षस पार्टीलाई स्पष्ट रुपमा म्यान्डेट दिइसकेको गणतन्त्र घोषणा गर्न किन आइतबार पर्खनुपर्यो ?
वास्तवमा जबसम्म गणतन्त्र आउँदैन, तबसम्म आदिवासी जनजातिका अरु मागहरुको लागि अघि बढ्ने बाटो कहिल्यै खुल्दैन । तर्सथ आदिवासी जनजातिहरुको लागि सबैभन्दा पहिलो र्सत नै गणतन्त्र हो तर यहाँ आएर माओवादीले हाम्रो मागलाई कार्डको रुपमा प्रयोग गर्दै आएको छ । यसप्रति हामी सचेत हुनुपर्ने समय आएको छ । किनकि जुनबेला हामीले जुन माग अगाडि सारेर आन्दोलन गरिरहेका थियौं, त्यसबेला माओवादी नेताहरु संसदमा नोट अफ डिसेन्ट लेख्ने अवस्थामा पनि हुनुहुन्न थियो । तर, पछि नेपाली जनताले सबैभन्दा आतुरीका साथ पर्खिरहेको संविधानसभाको निर्वाचनको मुखमा आएर त्यो कार्ड प्रयोग गर्न पुग्यो र अहिले त्यसलाई पनि रद्दीको टोकरीमा फालिदिएको छ । जुन अति घृणित खेल हो । साँच्चिकै जनताको लागि माओवादी पार्टीडेको हो भने संविधानसभाको निर्वाचनका लागि पूर्णसमानुपातिक निर्वाचनको मागलाई लत्याउनु हुदैन थियो ।
आदिवासी जनजातिको पहिलो माग भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो । संविधानसभाको पहिलो बैठकले त्यसको निर्धारण गर्ने सहमति गरिएपछि पूर्णसमानुपातिक हुनै पर्दथ्यो । किनकि पूर्नसमानुपातिक निर्वाचनविना नेपाली जनताको अन्तिम लक्ष्य आत्मनिर्णयको अधिकारसहितको संघीय स्वायत्त राज्य प्राप्त हुन सक्दैन । अहिले धेरै जातीय मोर्चाहरु यो कुराहरु उठाइरहेका छन् । तर, यसरी छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा एउटा साझा मञ्चबाट सबैको एउटै आवाज बनाएर लड्दा सबैलाई फाइदा हुने देखिन्छ । किनकि सबैको अन्तिम उद्देश्य एउटै भएको र सबैको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ भएकोले महासंघको नेतृत्वमा यो लडाइ लड्नु सबैको लागि उचित हुन्छ । एक्लै एक्लै लड्नुभन्दा सामूहिक रुपमा लड्दा सफलता हासिल हुन्छ ।
लिम्बूवान, खम्बूवान, मधेशी, ताम्वासालिङ तथा अरु विभिन्न जातीय स्वायत्तताको माग राख्दै अधिकारका लागि लड्नै आउनुभएका संघ संगठनहरुका लागि माथिको कुरा मेरो सानो सुझाव हो । तपाई एक्लोलाई विभिन्न विध्नबाधाहरु नआउला भन्न सकिदैन । समूहमा समस्याहरु सुल्झाउन जति सजिलो हुन्छ, एक्लोमा निकै कठिन हुन्छ । पार्टीको रवैया हेर्दा भोलि तपाईहरुलाई अप्ठ्यारो नपर्ला भन्न सकिदैन । तर, नेआजम भनेको युएनओ जेनेभा कन्भेन्सनले पारित गरेको संगठन हो तर्सथ भोलि अप्ठ्यारोमा पर्नुभन्दा अहिले नै बुद्धि पुर्याउनु राम्रो हुनेछ । मलाई लाग्छ, हामीले भने जस्तो सजिलै यिनीहरुले हाम्रो माग पूरा गर्दैन । किनभने यो माग सबैभन्दा पहिले माओवादीले उठाएको तर उनीहरुमा पनि यो माग पूरा गर्ने साहस देखिदैन भने अरुको के कुरा गर्नु - जबसम्म यो देशमा गिरिजाबाबु, माधव नेपाल, प्रचण्डजस्ता नेताहरुको अस्तित्व रहिरहन्छ, तबसम्म आदिवासी जनजातिको हितमा कुनै पनि निर्णय हुने छैनन् । पुरानो सोच, पुरातनवादी विचारहरुले नयाँ नेपालको कल्पना गर्न सकिदैन ।
परिवर्तन व्यवहारमा ल्याउनु पर्दछ न कि बोलीमा मात्र । बोली र व्यवहार फरक फरक भएका हाम्रा नेताहरुको छेपारे रुप नदेखिएको होइन । सबैभन्दा प्रगतिशील र परिवर्तनवादी पार्टी ओवादी अहिले आएर राजावादीहरुलाई राष्ट्रवादी भन्दैछ । यो देशको कसैलाई माया छ भने आदिवासी जनजातिहरुलाई छ । यो भूमि आदिवासीको हो, उनीहरु नै यहाँका भूमिपुत्रहरु हुन्, तर्सथ यहाँको माटो एक इन्च कसैले मिच्यो भने आदिवासीलाई दुःख्छ । डा. हर्क गुरुङले कुनै बेला नेपाल-भारत सीमाना 'सिल्ड' गर्नुपर्छ भन्दा तत्कालीन शासकहरुले यो हर्केलाई फाँसी दिनुपर्छ भनेका थिए । अहिले प्रत्येक दिन सयौं बिगाहा जमीन सीमा अतिक्रमित भएको छ, तर 'लोकतान्त्रिक सरकार'लाई कुनै वास्ता छैन । भारतीय राजदूतले सीमा मिचिएको छैन भन्दा माननीय विधायिकाज्यूहरु मख्ख पर्नुभएको छ । तर, उता उत्तरप्रदेश र बिहारी भाइहरुले एसएसबीको बलमा रातारात सीमाना अतिक्रमण गर्दा न त ती तर्राईका दाजुभाइलाई केही हुन्छ न त सरकारलाई कुनै वास्ता छ । एकदिन यो देश नेपाल काश्मिर र सिक्किमजस्तै भारतीय विस्तारवादको हातमा सुम्पिनु यिनीहरुको धर्म हुनेछ । आप्रवासीहरुले आफू बसेको भूमिको माया गर्छ भने त्यो नाटक मात्र हो । जुकालाई जनावरको माया लागेजस्तै हो । देशको सीमाना एक इन्च पनि मिचियो भने सच्चारुपमा आदिवासीलाई दुःख्छ । यहाँ देश बेच्नेहरु मात्र शासक भए । कोशी, गण्डक, महाकाली र टनकपुर बेचिएको होइन भनेरकसले भन्न सक्छ - प्राकृतिक सम्पत्ति बेच्ने, आफ्नो सीमाना मिचिंदा पनि सहमति र सम्झौता गर्नेहरुले देश बेच्न सक्दैन भनेर कसरी विश्वास गर्ने । तर्सथ, हाम्रो भूमिमा हामीलाई नीति नियम बनाउन देऊ, हाम्रो भूमि हामी आफैं बनाउँछौं भन्दा राजनीतिक पार्टीलाई के को आपत्ति - यो सबै आप्रवासीहरुको खेल हो । आदिवासी जनजातिहरुले आफ्नो खोसिएको भूमि, भाषा, संस्कृति, धर्म, संस्कार र इतिहास खोज्दा विखण्डनवादी भयो भन्नेहरुले आदिवासी जनजातिहरुलाई भोलिका दिनहरुमा सशस्त्र संर्घष् गर्न बाध्य नबनाउलान् भन्न सकिदैन । शक्ति एउटा एउटामा भन्दा समूहमा नै बढी हुन्छ । यसलाई सबै सगोत्रीहरुले गम्भीरताका साथ लिइदिनु भएमा सार्है राम्रो हुन्थ्यो । त्यतिबेलाको स्थितिलाई मध्यनजरमा राख्दै अहिले नै हामीले रणनीतिहरु तयार गर्नुपर्ने हुन्छ । हामीलाई यिनीहरुले विखण्डनवादी भनेर आरोप लगाइसकेको स्थितिमा राज्यपक्षबाट सहजै आदिवासीले भनेको जस्तो कुरा पाइन्छ भन्ने सोच्नु मूर्खतामात्र हो । आदिवासी जनजातिहरु सबै कुराहरुबाट ठगिएका छन् । उनीहरुलाई सबैले प्रयोग मात्र गरेको कुरा सर्वविदितै छ । हामीलाई राजावादी, माओवादी, खाओवादीहरुले प्रयोग मात्र गरे । हाम्रो काँधमा बन्दुक राखेर हाम्रै दाजुभाइलाई मारे । दस वर्षो जनयुद्धको तथ्याङक हेर्ने हो भने हामै्र मान्छे मात्र मरे भन्दा पनि हुन्छ । राज्यबाट पनि हाम्रै मान्छे मरे, विद्रोही पक्षबाट पनि हाम्रै मान्छे मरे । १९९७ को व्रि्रोह होस् कि २००७ सालको क्रान्ति, प्रथम विश्वयुद्ध होस् कि दोस्रो विश्वयुद्ध, जहाँ पनि षड्यन्त्र गरेर हाम्रै मान्छे मात्र मारिए । हाम्रो भूमि खोसियो, हाम्रा पूर्वजहरु मारिए तर हामी चुपचाप सहेर बसिरहयौं । हाम्रो भाषा, संस्कृति, लिपि, धर्म र संस्कार नामेट पारिदिए तर हामी भने आफू आफूमै लडिबस्यौं । अझै पनि आँखा खुलेको छैन । अबको हाम्रो लडाइ निर्णायक लडाइ हुनेछ, यसको लागि सबै आदिवासी जनजाति तयार भएर जाग्नुपर्यो, नत्र हाम्रा सन्ततिहरुले हामीलाई धिकार्ने छन् । हामी फुटेर होइन, जुटेर लडौं । हार्नलाई होइन, जित्नलाई अन्तिम लडाइ लडौं ।।

No comments:
Post a Comment