सि.एम. देवान
गोरखापत्रको १ सय ७ वर्षो इतिहासमा वर्तमानको वि.सं. २०६४ देखि 'नयाँ नेपाल' नामक पृष्ठहरु समावेशीकरणको एउटा फड्को भनेर नेपाल सरकारले सूचीकृत गरेको सीमान्तकृत वर्गहरुको मातृभाषा, लिपि, धर्म, संस्कृति, कला, साहित्य र इतिहासका विषयहरुमा सम्बन्धित अध्येता, इतिहासविद् अनुसन्धानकर्ताहरुका लेख, कविता र अनुसन्धानमूलक रचनाहरु प्रकाशन हुन थालेको हामी सम्पूर्ण नेपालीलाई अवगत भएकै हो । 'नयाँ नेपाल' शीर्षक रहेको प्रथम पृष्ठमा आवश्यकताअनुसार नै होला कहिले 'यले सम्वत्' कहिले 'विक्रम सम्वत्' र कहिले 'नेपाल सम्वत्' आदि उल्लेख गरेको देखिन्छ । यहाँ मेरो जिज्ञासा भनेको 'यले सम्वत्' हो । वि.सं. २०६४ मंसिर २५ गते मंगलबारको -इ.सं. २००७ डिसम्बर ११) गोरखापत्रको 'नयाँ नेपाल' लेखिएको पृष्ठमा यलेसम्वत ५०६७ उल्लेख भएको छ । अतः मैले यस विषयको सेरोफेरोमा केन्द्रीकृत भएर केही ऐतिहासिक तथ्य प्रकाश पार्ने प्रयास गरेको छु । यसै सर्न्दर्भमा र्सवप्रथम मैले सिलौटी राष्ट्रिय मासिक पात्रो रचना गर्नुहुने रानीटार-४ पान्थरा मेची नेपाल निवासी श्री तिलविक्रम नेम्वाङको वि.सं. २०६१ को यलेसम्वतलाई ५०६४ भनिएको सर्न्दर्भ स्रोत लिएको छ । उक्त पात्रोमा किरात यलेसम्वत ५०६४ थेरेङनाम वि.सं. २०६१ वैशाख, इ.सं. २०६१ वैशाख, इ.सं. २००४ अप्रिल/मे भन्ने उल्लेख गरेको देखिन्छ । यस आधारमा वर्तमान २०६४ मा यलेसम्वत ५०६७ हुन आउँछ, जुनचाहिँ गोरखापत्रले स्वीकार गरेको देखिन्छ । यलेसम्वतको चर्चा किरात इतिहासविद् तथा संस्कृतिका ज्ञाता दुर्गाहाङ याक्खा र्राई महोदयले आफ्नो कृति 'किरात हिजो र आज' इ.सं. १९९८ को प्रथम संस्करणको पृ.नं. २४ मा गर्नुभएको छ । उक्त कथनलाई यस कलमीले यहाँ अक्षरशः साभार गरेको छ । खुदै किरातहरुले नेपालमा किरात राजा संस्थापक यलम्बरहाङको संस्मरणमा चलाइ ल्याएको येलेतङ्वे -किरात सम्वत) पनि इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्षो छ, जसको ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ । श्री दुर्गाहाङ महोदयको कथनलाई अध्ययन गर्दा किरात सम्वत अर्थात यलेतङवे इशुख्रिष्टको मृत्युपूर्व ३०६१ वर्षो छ । यी अंकहरुलाई गणितीय योग गर्दा वर्तमान वि.सं. २०६४ -इ.सं. २००७/२००८) मा यलेसम्वत २०६१/२००७/५०६७ वर्षहुन आउँछ । तर गोरखापत्रको वर्तमान वि.सं. २०६४ मा यलेसम्वत ५०६७ मात्र उल्लेख भएको देखिन्छ । यहाँ एक वर्षे रुजु हुन सकेको छैन । तर, गोरखापत्र र सिलौटी राष्ट्रिय मासिक पात्रो यी दुइको यलेसम्वत भने ठ्याक्कै रुजु हुन गएको देखिन्छ । वर्तमान नेपालमा किरात इतिहास निर्माण गर्ने क्रममा कलम चलाउनेहरु प्रशस्तै देखिन्छन् । यस क्रमलाई हामीले प्रशंसा गर्नुपर्ने नै हुन्छ । हालसम्म नेपालमा किरात इतिहास निर्माण गर्नेहरु स्व. श्री इमानसिह चेम्जोङ र श्री दुर्गाहाङ याक्खा र्राईको नाम शीर्ष स्थानमा रहेको छ । उहाँले लेख्नुभएको 'इशुख्रिष्टको मृत्युपूर्वको ३०६१ वर्षो छ' भन्ने अंकलाई स्वीकार गर्नुभएको छैन भन्ने संकेत पाइन्छ र अगाडि लेख्नुहुन्छ- जसको -३०६१ वर्ष ऐतिहासिक रहस्योद्घाटन हुन बाँकी नै छ भन्ने मन्तव्य व्यक्त गर्नुभएको छ । यसै सर्न्दर्भमा इ.सं. २००७ दिसम्बर १४ को ब्लाष्ट दैनिकले किरात इतिहासमा चासो राख्ने श्री लक्ष्मण आठाप्रे किरातको लेख प्रकाशित गरेको छ । सो लेखमा उल्लेख भएको सान्दर्भिक कथन यहाँ साभार गरेको छु । शंखधर साख्वाको ११२८ को सम्वत् र यलेसम्वत ५०६८ भनीकन प्रमाणित गर्न हामीसँग के आधार छ त - यहाँ आठाप्रेजीले यले सम्वतको बारेमा अनभिज्ञता प्रकट गर्नुभएको आभाष पाइन्छ । गोरखापत्रको नयाँ नेपाल पृष्ठमा लेखिएको यले सम्वतले किरातहरुका ऐतिहासिक प्रथम राजा यलम्बरलाई संस्मरण गराउँदछ । नेपालको इतिहास लेख्नेहरुमा र्सवप्रथम हात हाल्ने युरोपियनहरुमा कर्र्णोल कर्कपेटि्रक नै हुन् । उनले इ.सं. १७९३ मा नेपाल भ्रमणपश्चात् इ.सं. १८११ मा लण्डनबाट इतिहास प्रकाशन गरेका थिए । सोही इतिहासको भारतीय संस्करण इ.सं. १९९६ को पृष्ठ नं. २५७ मा नेपाल उपत्यकामा राज गर्ने जम्मा २७ जना किरातवंशका राजाहरुले शासन गरेका थिए । यी राजाहरुमा प्रथम राजाको नाम एल्लुङ उल्लेख भएको छ । यो नाम निश्चय पनि संस्कृत भाषाको जस्तो सुन्नमा आउँदैन । यी किरात राजाहरुले 'जम्मा १६३० वर्षराज गरे' भने पनि कर्कपेटि्रकले 'लगभग ८०० वर्षराज गरे' भन्ने तथ्य प्रस्तुत गरेका छन् । त्यस्तै योगी नरहरिनाथले 'सन्धिपत्र संग्रह'मा नेपालका किरात राजाहरुको वंशावलीमा प्रथम किरात राजाको नाम एलम लेख्नुभएको छ । यिनै यलम्बर, एलम अथवा एल्लुङले नेपाल कहिलेदेखि शासन गर्न थाले - सोही समयलाई किरात सम्वत् अथवा यले सम्वत नामकरण हुनु आजको सान्दर्भिक मान्यता हो । नेपालको किरात राजवंशको सर्न्दर्भमा भारतका प्रख्यात इतिहासविद् डा. जीपी सिंह, ले लेख्नुभएको इ.सं. १९९० पृष्ठ ३९५ मा नेपालको वंशावली र अन्य आधिकारिक प्रमाणहरुको अध्ययन र छलफलले निष्कर्षा पुग्दा किरात राजाहरुको जम्मा संख्या २६ देखि ३२ सम्म फरक परेको बताउनुहुन्छ । तर उहाँ अगाडि लेख्नुहुन्छ- 'सम्पूर्ण सम्बन्धित स्रोतहरुको अनुसन्धान र आधिकारिक इतिहासविद्हरुको परस्परको आम सहमतिले २९ किरात शासकहरुमात्र अस्तित्वमा आएका थिए, जसले इ.पु. ३१०२ देखि सातौँ शताब्दीसम्म काठमाण्डौ उपत्यकामा राज गरे ।' पुनः डा. सिंह अगाडि लेख्नुहुन्छ- 'उत्तरपूर्व भारतको हिमालयमुन्तिरको प्रदेशमा लगभग ४००० इ.पू.देखि सातौँ शताब्दीसम्म किरात राजवंशीय शासन स्थापना भएकोले हाम्रो प्राचीन इतिहासको एक अत्यन्त महत्वपूर्ण अध्यायको निर्माण हुन सकेको छ ।' डा. सिंह पुनः अगाडि लेख्नुहुन्छ- 'यसै राजवंशले काठमाडौं उपत्यकामा २९ पीढिसम्म अविच्छिन्नरुपले लगभग १ हजार वर्षम्म राज गरे ।' उहाँले नेपालको राजनीतिक मञ्चमा किरात राजाहरु दुइ चरणमा देखापरेको निष्कर्षदिनुभएको छ र लेख्नुहुन्छ- 'प्रथम चरणमा आजको नेपालमा प्रवेश गर्नेहरु किरात कलियुग प्रारम्भ हुनुभन्दा अघि र दोस्रो चरणमा कलियुग सुरु भएपछि काठमाण्डौ उपत्यकामा देखापरेका थिए ।' डा. सिंहले आफ्नो कृतिको पृ.नं. ३९६ मा नेपालको प्रथम किरात राजाको नाम एलम्बरा, एल्लुङ, एलम्बा अथवा एलम्बाहाङ लेख्नुभएको छ । काठमाडौं उपत्यकामा किरातहरुको आगमनको सर्न्दर्भमा नेपालका इतिहासविद् डा. डिल्लीरमण रेग्मीले किरातहरु पूर्वोत्तर भारतबाट नेपाल आएका थिए भन्ने स्वीकार्नुभएको छ । किरातहरु पर्ूवबाट आएका हुन् भन्ने यथार्थतालाई स्वीकार्रर्दै डा. मदनमणि दीक्षितको 'किरातवंशको इतिहास र लिपिसम्बन्धी केही कुरा' नामक लेखमा वाजसनेयीय संहिता र तैतरिय ब्राह्मणले किरातहरु गुफावासी भने पनि पछि गएर किरातहरुको वासस्थान 'पूर्वी नेपाली पहाड' भनी उल्लेख भएको देखिन्छ । यस कथनले विशेषत राजा यलम्बरको वंश पूर्वबाट पश्चिम लागेको स्पष्ट देखिन्छ । यसै पर्रि्रेक्ष्यमा नेपालका शीर्षस्थ विद्वान् मोदनाथ प्रश्रतिको इ.सं. २००७ डिसम्बर ०८ को कान्तिपुर दैनिक समाचारपत्रमा प्रकाशित भएको 'नेपालको जातीय बनोट र राष्ट्रिय एकता' नामक लेखमा पौराणिक नेपालको भूभाग विशेषताले पौराणिकालमा पूर्व ब्रह्मपुत्रदेखि पश्चिम पञ्जाबसम्म नेपाल नामबाट परिचित थियो । यस कथनले सिद्ध हुन्छ कि बृहत् नेपालको पूर्वी दिशाबाट आएका किरातहरु आजभन्दा ५००० हजार वर्षघि काठमाण्डौ उपत्यका आई राजकाज चलाउन सफल भएको अवगत हुन्छ । वर्तमानलाई नियालेर हेर्दा अझ पनि किरात प्रजातिका - मानिसहरु पूर्वी नेपालको उत्तरपूर्व भारतको अन्तिम सीमासम्म आवाद भएको देखिन्छ । प्रथम किरात राजा यलम्बर नामक संज्ञा डा. डेनियल राइटको ज्ष्कतयचथ या ल्भउब मिा पनि उल्लेख भएको छ । आजभन्दा १ सय ३० वर्षघि अर्थात इ.सं १८७७ मा डेनियल राइटको प्रथम संस्करणको इतिहास केम्ब्रिजबाट प्रकाशत भएको थियो । उक्त इतिहासको लेखन कार्यमा महत्वपूर्ण सहयोग पुर्याउने पाटन निवासी -काठमाडौं उपत्यकाको ललितपुर) नेपाली 'पण्डित श्री गुणानन्दको भूमिका अत्यन्त विश्वसनीय रहेको छ' भन्ने भनाइलाई नकार्न नसकिने अवस्था छ किनभने उहाँका पूर्वजहरु कयौं पुस्तासम्म नेपालको इतिहास संकलन गर्ने कार्यमा अभ्यस्त थिए भन्ने वर्णन सोही इतिहासको इ.सं. १९९३ दोस्रो पुनः मुद्रित संस्करणको प्रस्तावनामा स्पष्ट उल्लेख भएको छ । अतः प्रथम किरात राजाको नाम यलम्बर नै भएको स्वीकार्य देखिन्छ । डा. राइटको इतिहासको पृ.नं. १०६ मा किरातहरु द्वापरयुगमा नेपालमा देखापरेका थिए भन्ने उल्लेख भएको छ । यसै इतिहासको पृ.नं. १०९ मा किरात राजवंशको प्रथम राजा यलम्बरले 'नेपालमा १३ वर्षराज गरे' भन्ने पनि देखिन्छ । भारतका प्रख्यात इतिहासविद डा. जीपी सिंहको इ.सं. १९९० को कृतिको पृ.नं. ३९६ मा राजा यलम्बरको उत्तराधिकारी पविको -यानचिहाङ) समयमा कलियुग फैलिसकेको उल्लेख भएको छ । वर्णन निम्न प्रकारको रहेको छः 'नेपालको वंशानुगत किरात राजाहरुको इतिवृत वर्णन गर्दा यलम्बर नै प्रथम किरात राजा थिए । उनले नेपालको किरात राजवंशको जग बसालेका हुन् । प्राचीन भारतको नाम उज्ज्वल गर्नुमा नेपालको किरातहरुको महत्वपूर्ण भूमिका रहेको थियो । उनले १३ वर्षराज गरे ....।'यसै सर्न्दर्भमा नेपाल हिन्दू अधिराज्यको इतिहास दोस्रो खण्डका फ्रान्सेली लेखक सिल्भालेभीले पनि डा. डेनियल राइटको मतलाई स्वीकार गर्दै भनेका छन्- 'प्रथम किरात राजा यलम्बरले १३ वर्षराज गरे । दोस्रो किरात राज पविको शासन कालमा ज्योतिषविद्हरुले पृथ्वीमा पूर्णरुपले कलियुग फैलिसकेको घोषणा गरे र मानवजातिको पाप कर्मतर्फलिप्सा जागेको थियो ।' राजा पविको समयलाई यस्तो विश्वास गरिन्छ कि भगवानसँगको द्वापरयुग समाप्तिको साथसाथै कलियुगको प्रथम चौथाई अंश प्रारम्भ भइसकेको थियो ।
अब कलियुगको चर्चा गरौँ । यस सर्न्दर्भमा पर्सिवल लैण्डनको ज्ष्कतयचथ या ल्भउब इि सं. १९२८ मा ऋयलकतबदभि बलम यलमयल ले प्रथम पटक प्रकाशन गरेका थिए र सोहीको नयाँ संस्करण सर्न्दर्भ स्रोत लिएको छु । यस इतिहासको पृ.नं. १९ मा उल्लेख भएको साभार गरेको छु । यहाँ भन्नलाई प्रशस्तै छ कि लगभग इ.सं. ४९६ देखि सातौँ शताब्दीको प्रारम्भसम्म नेपालको अवगत भएको कथाचाहिँ पर्ूण्ातया शिलालेखमा आधारित छ । यस पृष्ठमा नेपालका विविध राजवंशका प्रारम्भिक कालको तथ्यांक दिने काम गरेको छ । उल्लेख भएका तथ्यांकहरुमध्ये 'कलियुग कहिले सुरु भयो -' भन्ने प्रश्नको उत्तरमा ३१०१ इ.पू. भन्ने देखिन्छ । तर, डा.जीपी सिंहले कलियुग सुरु भएको इ.पू. ३१०२ भन्ने लेखेका छन् । यी तथ्यांकहरु ठयाक्कै रुजु भएका छैनन् । अर्थात् एक वर्षे फरक परेको देखिन्छ । 'कुनचाहिँ ठीक छ -' भन्ने जिज्ञासामा मैले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत वि.सं. २०६४ को 'बालकृष्ण पात्रो' र प्राचीन दैवज्ञ ज्यो.पं. बाबुराम शर्माको 'यही पञ्चाङ्ग हो' भन्ने दुइ स्रोतहरुका अनुसार कलेगताब्दा -कलिगत) ५१०८ वर्षदेखिन्छ । यी ज्योतिषविद्हरुले वि.सं. २०६४ मा कलिगत ५१०८ वर्षाई अनुमोदन गरेकाले यसै ५१०८ वर्षाई आधार मानेर कलिगत वर्षो गणना निम्नबमोजिम रहेको छ । सर्वप्रथम फ्रान्सेली इतिहासविद् सिल्भालेभीले १९०५ इ.सं. मा र तत्पश्चात् पर्सिवाल लैण्डन १९२८ इ.सं. मा नेपालको इतिहास लेख्ने क्रममा कलियुग सुरु ३१०१ इ.पू. भन्ने लेखेको पाइन्छ । अतः वि.सं. २०६४ मा कलिगत वर्ष३१०१ इ.पू २००७ वर्तमान इ.सं ५१०८ वर्षाहिँ ज्योतिषविद्को गणनाअनुसार ठयाक्कै रुजु भएकोले वि.सं. २०६४ मा कलिगत वर्ष५१०८ लाई नै स्वीकार्य देखिन्छ । तर, कलियुग सुरु ३१०२ इ.पू. भन्ने तथ्यांक यहाँ बेठीक ठहरिएको छ ।
डा. राइटले आफ्नो कृतिको पृ.नं. १०९ मा हिन्दुस्तानबाट आएका आभीर जसलाई ग्वाला जाति भनिन्थ्यो, नेपाल आई राज गर्न थाले । यिनै वंशको तेस्रो राजा भुवनसिंहको राज्यकालमा पूर्वबाट आएका किरातहरुले आक्रमण गरेर राज्य लिएको हुन् । तत्पश्चात् किरातहरुको यलम्बर नामक प्रथम किरात राजा भए । यस कथनलाई स्वीकार गर्दै नेपालको पहिलो इतिहास लेख्ने पण्डित अम्बिकाप्रसाद उपाध्यायले आफ्नो कृति नेपालको इतिहास वि.सं. २००४ को तृतीय संस्करणको पृ.नं. २२ मा लेख्नुहुन्छ- 'किराती राजाहरुमा पहिला राजा यलम्बर भए । यिनै यलम्बरको पुत्र पविको राज्यकालमा कलियुग प्रारम्भ भयो ।' नेपालको विभिन्न कालमा विभिन्न सम्वत्हरु चलेको इतिहासले बताइरहेको छ । त्यसमध्ये कलि सम्वत् पनि एक हो । वर्तमानमा कलि सम्वत्को उपयोगिताबारेमा श्री प्रमोदवर्द्धन कौडिन्यायन स्वादध्यायशाला लाजिम्पाट काठमाडौं अनुसार कलि सम्वत्चाहिँ धार्मिक कृत्यका संकल्पमा कुनै रुपले प्रयोग हुँदै आएकोले यसको धार्मिक महत्व र उपयोगिता छ भन्ने हामीलाई जानकारी हुन आएको छ । वि.सं. २०६४ मा कलि सम्वत् कति हुन्छ भन्ने चर्चा माथि नै भइसकेको छ । राजा यलम्बरले १३ वर्षराज गरे भन्ने अर्थले वि.सं. २०६४ मा -इ.सं. २००७/२००८) यले सम्वत् कति हुन्छ - यसको गणना यहाँ प्रस्तुत गरेको छु ।
कलियुग सुरु ३१०१ इ.पू.वर्तमानको २००७ इ.सं. यलम्बरको शासनअवधि १३ वर्ष ५१२१ वर्षघि यलम्बर राजा भएको गणितीय योगफल देख

No comments:
Post a Comment