Jan 19, 2008

लिम्बुवान स्वायत्त राज्यको पुनःस्थापना अनिवार्य सर्त तथा अपरिहार्य

अबिचन्द्र इङनाम लिम्बु
लिम्बुवान स्वायत्त राज्यको पुनस्थापनाको बिषय कुनै नौलो कुरा होईन । यसलाई राम्रो संग बुझनको लागि इतिहास देखि बर्तमान सम्म गहिरो अध्ययन गर्न जरुरहुन्छ । नेपालको इतिहासमा सबै भन्दा लामो समय ३२ सौ पुस्ता सम्म किरातिहरुले नेपाल खाल्डोमा राज्य गरि समय अन्तरालमा लिच्छवीहरुको आगमन सगै किरातिहरु नेपाल खाल्डो बाहिर गई बिभिन्न क्षेत्रहरु कब्जा गरि स्वतन्त्र राज्य स्थापना गरि बस्नथाले । त्यस मध्य किरात लिम्बु जाती समुदायले अरुन सप्तकोशी बाट पूर्बको भूभागमा आफ्नो स्वतन्त्र राज्य स्थापना गरि बसेका थिए ।
बि.सं.२०२१ साल सम्म पुर्ण रुपमा लिम्बुवानको भूमी त्यहाका साशक लिम्बुहरुको मातहतमा रहेको र त्यस पस्चात षडयन्त्र पुर्ण ढङ्ग बाट केन्द्रीय सरकारले लिम्बुवानको तर्राईको जंगल क्षेत्र बाट अतिक्रमण सुरु गरि क्रमस पहाडी क्षेत्रहरुमा नापी गरि अन्त्यमा २०४५ सालमा ताप्लेजुङ जिल्लामा अन्तीम नापी गरि लिम्वूवानको अस्तित्वलाई षडयन्त्रपूर्ण तवरवाट अतिक्रमण गरि समाप्त गरियको तथ्य प्रष्टछ । गोर्खाको राजा पृथ्वी नारायण शाहले १७ औं पटक सम्म लिम्बुवान माथी आक्रमण गर्दा पनि आफु पराजित भएकोले बि.सं.
१८३१ सालमा सन्धी लालमोहर गरि पल्लो किरात लिम्बुवान नेपालको सह राज्यको रुपमा रहने र भूमी सम्बन्धी सम्पुर्ण अधिकार तिमी तुतुतुम्याङहाङ लिम्बुहरुमानै रहने भन्ने सर्तमा लिम्बुवान नेपालको सहराज्य हुन गएकोथियो र बि.सं. २०२१ सालसम्म सोहिरुपमा चलिरहेकैथियो । त्यस पस्चात माथि उल्लेख गरेअनुसार केन्द्रीय सरकारले एक पछि अर्के गर्दै अतिक्रमण गरेको तथ्य छर्लङ्गछ ।
बि.सं २०१७ साल पश्चात पञ्चायति ब्यबस्थाले गरेको मुलुकको प्रशासनिक सम्रचनामा पनि लिम्बुवानलाई छुट्टै कोशी र मेची २ अञ्चलमा राखिएको थियो । पछि २०३१ सालमा प्रशासनिक सिमा तथा क्षेत्रको पुनअवलोकन गर्ने भनि भोजपुर जिल्लालाई लिम्बुवान कोशी अञ्चलमा समाबेश गरिएको हो । तर हामिले भोजपुर जिल्ला कोशी अञ्चलमा परेपनि हामीले हाम्रो ऐतिहासिक लिम्बुवानको सिमानालाई मात्र दाबि गरिरहेकाछौ । जस अन्तरगत सङखुवासभ, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा, इलाम, पानथर, ताप्लेजुङ ९ जिल्लाहरु पर्दछन ।
हाम्रो दाबि के हो भने कुनैपनि दुइ पक्षको सन्धी सम्भौताको फेर बदल गर्नको निमित दुबै पक्षको सहमती हुनुपर्दछ । आफु खुसी एकलौटि रुपमा निर्णय गर्नु भनेको सन्धी भङ्ग गर्नुहो । नेपाल सरकारले सन्धी भङ्ग गरेर लिम्बुवानलाई अतिक्रमण गरेकोछ त्यसलाई तुरुन्त सच्याई लिम्बुवान स्वयक्त राज्यको पुनस्थापना गर्नु पर्दछ । यो हाम्रो कुनै नया माग होईन यो हाम्रो अकाटय दाबि हो हामी छाडनेवाला छैनौं । अर्को कुरा केछ भने बिश्वका हरेक मुलुकहरुको आ-आफ्नै इतिहास हुन्छ तर जुन मुलुकहरुले इतिहासलाई सम्मान गर्दै संधात्मक स्वयत साशनव्यवस्था समानताको ब्यबहार अपनाउदै आएका मुलुकहरु अहिले धेरै बिकसित भई सकेका छन भने । केन्द्रक्रीत साशन ब्यबस्था र जातिय एकाधिकार वाद भएको मुलुक बिकासको मार्गमा भरखर बामे सर्दैछ ।
इतिहास र समानताका कुरा उठाउदा जस्तै United Stste of America संयुक्त राज्य अमृरिका । त्यस्तै United Kingdom of Grate britain and Northen Islandग्रेटब्रिटेन र नरदन आइलेन्डको संयुक्त अधिराज्य । यहा सबैको अस्तित्व प्रत्याभुत गरिएकोछ । हाम्रो नेपालमा त्यस्तो केहि छ त ? सबैलाई समानुपातिकरुपमा प्रत्याभुत गर्ने शब्द राज्यको तर्फवाट अख्तीयार गरिएको नेपालमा खोइ ती ऐतिहासिक तथ्यहरु कहा छन- यस्ता कुराहरु गरियोभने उल्टै साम्प्रदायिकताको अभियोग लगाएर पेल्ने र दमनगर्ने निति छ शासकवर्गहरुको ।
लिम्बुवान स्वयत्तता तथा राज्यको पुन सम्रचनाको कुरा गर्दा हामीले २०४७/४८ मा जनजाति पार्टीको माध्यम बाट यो कुरा उठाएको थियौ त्यस बखत ११ प्रान्तको अवधारणा राखिएको थियो ११ प्रन्तको प्रतिनिधी मुलक झण्डामा ११ ठाडो धर्सा राखिएको थियो । अध्यक्ष खगेन्द्रजङ गुरुङ र महासचिव काजीमान कन्दङवा रहनु भएको थियो । तर त्यसबेला निर्वाचन आयोग र यिनै सत्तामा रहेका ब्यक्तीहरुले प्रपञ्च र शक्ती प्रयोग गरी बिभिन्न लान्छना लगाई निर्वाचनको लागी पार्टी दर्ता अस्वीकार गरे । हामीले जनपाटिको नाममा खुम्चेर वस्नु पर्‍यो पछि मध्यावधि चुनावताका जनमुक्ति मोर्चा र हाम्रो जनपाटी संयुक्त भई जनमुक्ति पार्टी भएको हो । यदि त्यस अवस्थामै हामीले राखेको संघात्मक साशन ब्यबस्थाको अवधारणलाई त्यसै अवस्थामा स्विकार गरिएकोभए एति बेला मुलुकले बिकासको फड्को मारिसक्थ्यो । यो अहिलेको माओवादी क्रन्तीको आवस्यकतानै पर्दैनथ्यो । सत्य कहिल्यै डगदैन । देशको वश्यकतालाई शक्तिको भरमा दमन गर्न खोज्दा त्यसको परिणाम माओ वादीको जन्म भएकोछ । अवपनि गणतान्त्रीक संघात्मक साशनब्यबस्था तथा लिम्बुवान स्वयत्त राज्यको पुनस्थापनालाई बेवास्ता गरियो भने देशमा अत्यान्त ठूलो संकट आई पर्नेछ । देसमा अर्को सशक्त माओ वादीजस्तो संगठनको जन्म भई झन पृथकताबादी आन्दोलन हुनेछ । त्यसको जिम्मेवारि अहिलेको सत्ता पक्षनै हो ।
यहा बसेर पनि लिम्बुवानको आन्दोलन हुन्छ भन्ने प्रश्नहरु पनि जन्मीने गरेकाछन तर म यहा संसारमा छरिएर रहेका लिम्बुवान बासिहरुलाई म के भन्न चानछु भने हामीलाई थाहा हुनु पर्‍यो आन्दोलनको मैदान कहा हो र किन भन्ने कुरा चाहे संसारको जुन सुकैकुनामा बसेको ब्याक्ती किन नहोस उसले लिम्बुवानको आन्दोलन गर्न सक्छ । के बिनलादेन अमेरिकामा नै वसेको थियो र ? त्यस्तै नेपालकै कुरा गरौ के अहिले सक्तामा बस्ने नेताहरुले संगठनगर्दा नेपालमा बसेका थिए ? संगठन बलियो भईसके पछि आन्दोलनको लागीमात्र नेपाल आएका होईनन त ?
संबिधान सभा लाइ अचम्मको पाको बनाएर जनता सामु फालेर जनतालाई पोजल वनाउन खोजेकाछन नेताहरुले । त्यो संबिधानसभारुपि पोको भित्र के छ ? संबिधानसभा अगावै स्पस्ट हुनुपर्छ । नत्र त्यो संबिधानसभाको कुनै अर्थ छैन । संबिधान सभा अगावै देशको सम्रचाना तथा लिम्बुवान स्वयत्त राज्यको ग्यारेन्टी हुनुपर्छ । यदित्यो भएन भने संबिधानसभा पछडि स्थाई शान्ती को परिकल्पना नै नगरे हुन्छ । त्यस्तो संबिभानसभाको के अर्थ ।
जातिय समानुपातिक प्रतिनिधित्व तथा गणतान्त्रीक संधात्मक शासन ब्यवस्था नै बिश्वमा फापसिद्ध भएको र नेपालमा पनि यसको अपरिहार्यता भइसकेको अवस्थामा नेताहरु अनरगल प्रचार गर्ने दुस्प्रयास गरिरहेका छन । उदाहरणकै रुपमा भन्नुपर्दा मिति १५ अक्ठोवर ०७ का दिन नेपाली कांग्रेसका केन्दीय सदस्य तथा संसदमा उक्त दलका सचेतक आनन्दप्रसाद ढुङानाले राजधानीमा आयोजित कार्यक्रमा बोल्दै समानु पातिक निर्बाचनले मुलुक बिखण्डन भई जातिय राज्यमा परिणत हुन्छ भन्नु भयो । त्यस्तै सोहि मैनाको ३० तारिक रिपोर्टस क्लब नेपालको को राक्षतकार कक्षमा ने का को महामन्त्री रामबरण यादवले सोहि कुरालाई दोहोर्‍याउनु भयो । यसले हामी जनजातिहरुलाई अपमान गरिएको छ र हामी अझ सशक्त र जुझारु रुपमा अगाडि नबढे आजको आस्वकता र जनताको वलिदानवाट प्राप्त जनमनको बेवास्ता गरिदैछ । म उहाहरुलाई यो प्रश्न गर्दछु कि के राष्टिय अखण्डताको बाहक तपाइहरुमात्र हो ? अरु जनजातीहरुमा राष्ट्र प्रति चिन्ता छैन ? नेपालको आदिबासि जनजातहिरु आज बिदेश गएर महिनामा लाख रुपया भन्दा बढि आर्जन गर्दा पनि आज एउटा राम्रो घर र छोरा छोरीहरुलाई राम्रो स्कुलमा पढाउन सकिरहेको छैन तपाईहरु हिजो हामी संगै गाउमा फाटेका जुत्तामा भोट माग्दै हिडेको एक पटक सांसद तथा मन्त्री हुदैमा कताबाट आए ति तपाईका आलिसान महलहरु कतिहो तपईहरुको आम्दानी । अनि यहि हो तपाईहरुको देशभक्ति ? केन्द्रमा बसेर हालिमुहालि गर्न पाईदैन भन्ने त्रासले संघात्मक साशन
ब्यबस्था तथा जातिय समानुपातिक निर्वाचनले मुलुक बिखण्डन गर्छ भन्ने अनर्गल कुरा गर्नु एउटा लज्जास्पद तर्क हो । अन्तमा संसारमा छरिएर रहेका नेपालीहरु एक हौ सामन्तवाद दलाल नोकरशाही पुजीबाद जातिय असमानता, एकाधिकारवाद तथा सामन्ती राज्यसत्ता र त्यसको ठेकेदार राजतन्त्र को अन्त्यगरी । राष्ट्रको पुनसंरचना गरी गणतान्त्रीक संघात्मक राज्यब्यवस्थाको लागी जुटौ । अनि लिम्बुवान स्वयत्तराज्यको पुनस्थापनामा जुटौ । जय लिम्बुवान, जय मात्रिभूमी नेपाल ।।
लेखक - लिम्वूवान राष्ट्रिय मोर्चा हंगकंगका महासचिव हुनुहुन्छ ।

1 comment:

Samjik Sam said...

To The writer,
Aadangbe Sewaro!
Anga'aadangbare kesaptuba sappannin nirunglo. Sappanre nuba limbuwanre thokppio nuba ningwalam ha:ma suktuba nisunglo.
Aagdangba sappanha' menleppa saptum lo. Chakmenla nipma khodetla ro.
Menisam Yapmi
Poklabang
Phedapthum
Limbuwan
Aallo: Newala
Email:limbuwan@gmail.com