मुलीवीर राई
' रेक्रुट, पढ्नुको दुःखले भर्ती भएर आइस्, परिस् मेरो फेला ।' मेरो साख्खै गुरूजी जसले मलाई १५ वर्षअगाडि बन्दुक चलाउनमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउनुभएको थियो, बाच्न र मार्न सिकाउनुभएको थियो । उहा नै हो मेरो साख्खै गुरुजी जो कविता भन्दा ठीक विपरित भाषामा भन्ने गर्नुहुन्थ्यो 'रेक्रुट, पढ्नुको गार्होले भर्ती भएर आइस् परिस् मेरो फेला ।'मलाई के थाहा उहा 'मेन्जो..मेन्जो बाचेर मेन्जो..मेन्जो जीवन काट्दै जिन्दगी ढाट्ने' मैवा खोलाको मैवा पानी पिएर 'सपनामा सूर्यमुखी फूल' फूलाउने कविता मनका कवि टंक वनेम् हुनुहुन्थ्यो भनेर । म उही कवि टंक वनेम भित्रका कविताहरूको सर्न्दर्भ उठाउन खोजिरहेको छु ।
' रेक्रुट, पढ्नुको दुःखले भर्ती भएर आइस्, परिस् मेरो फेला ।' मेरो साख्खै गुरूजी जसले मलाई १५ वर्षअगाडि बन्दुक चलाउनमा तन्देरी बनाउनुभएको थियो । युद्ध जित्न सिकाउनुभएको थियो, बाच्न र मार्न सिकाउनुभएको थियो । उहा नै हो मेरो साख्खै गुरुजी जो कविता भन्दा ठीक विपरित भाषामा भन्ने गर्नुहुन्थ्यो 'रेक्रुट, पढ्नुको गार्होले भर्ती भएर आइस् परिस् मेरो फेला ।'मलाई के थाहा उहा 'मेन्जो..मेन्जो बाचेर मेन्जो..मेन्जो जीवन काट्दै जिन्दगी ढाट्ने' मैवा खोलाको मैवा पानी पिएर 'सपनामा सूर्यमुखी फूल' फूलाउने कविता मनका कवि टंक वनेम् हुनुहुन्थ्यो भनेर । म उही कवि टंक वनेम भित्रका कविताहरूको सर्न्दर्भ उठाउन खोजिरहेको छु ।
एउटा नमौलाएको रूखमा सुन्दर चरी बास बस्न आएझैं म नमौलाएको मान्छेको हातमा एउटा सुन्दर कृति उड्दै उड्दै आएर बास बसेको छ उही १५ वर्षअगाडिका मेरो साख्खै गुरूजी टंक वनेमज्यूको कविता कृति- साघुरी र बुढा सुब्बा । यो कृतिउपर पाठकहरूको अदालतमा पहिलेनै उजुरी परिसकेपनि मेरो हृदयले कसोकसो धरै दिएन । फेरि एकपल्ट कोट्याउन मन लाग्यो । 'हाम्रा दुःखाईहरू' बाड्न मन लाग्यो । त्यसो त कुनै कविता माथि मैले बोल्नु गाइनेको हातमा सारङगी पर्नु होइन ताकि कुनै धुन अर्थ देवस् । यद्यपि कम्तिमा अनर्थ नलाग्ला भन्ने कुरामा भरोसित छु ।मनले भन्छ यो संग्रह भित्रका हरेक शब्द अक्षरसः उधृत गरु । लोभ लाग्छ ती भावनाहरूको, ती शब्दहरूको । बन्दुकबाट निस्किएका हरेक गोलीहरू कवितामा अनुवाद भएका छन् । बन्दुक बोकेर विश्वको एकपाटा चहारी सकेका कविका भोगाइहरू शब्दशब्दमा खिपिएका छन् 'कालिकोटे आरनमा बसेर सिरुपाते खुकुरी अर्जपेझैं कविताको आरनमा बसेर कविले कविता' अर्जापेका छन् । अक्सर मान्छेले सोच्ने गरेको लाहुरे जो गुरास कानमा स्युरेर बनपाखा रन्काउदै हिड्ने सोल्ठीनीलाई चार्लीको वासनाले हिप्नोटाइज गरेर भट्टीमा रातभर जिस्क्याउछ, ऊ लाहुरे भन्दा धेरै फरक लाहुरे जो 'तमोर सुसाउदा उसको सम्झना मुस्कुराउछ, श्रद्धा र सम्झनाले बारेको मायालाई युद्ध भूमिबाट स्नेहको सलाम् ठोक्छ सोल्ठीनीहरूलाई ।'झयालबाट जूनले चियाउदा, सूर्यमुखी फूल फूलेको सपना' देख्दा देख्दै सतीको सरापले ऐठन परेर आत्तिदै ब्यु“झिएका कवि वनेम्ले मैवा खोलाको जघा र तरेपछि ढुङ्गे सागुमा पाइतलाको डोब छाड्दै नियतिको कमारा हुन मुग्लान भासिदा धनुबा“ण बोकेर शिकार खेल्दै उकालो चढ्दै गरेका बुढासुब्बासग साघुरी भन्ज्याङमा भेट भएको स्मरण गर्छन् - 'ऊ सग अब माया लाग्दा आँखाहरू मात्र छन् ती माया लाग्दा आखाहरूले पर कोशी किनार हेर्ने गर्छ त्यही साघुरीमा अब बुढा सुब्बा धनुवाण बोकेर साघुरी उकालो सिकार खेल्न आउदैन' त्यसो त कवि वनेम् स्वयंले पनि सँघुरीको भाकल फुकाएका छैनन् । सा“घुरी र उनको साइनो धमिलिदै गएको भान हुन्छ कताकता म भित्र । आमालाई फरिया र बहिनीलाई रिविन किन्ने पैसाको हरहिसाब मिलाउ“दा मिलाउ“दै परदेशमा जोवन विष्णुमतीको किनारा भएका लाखौ युवाजस्तै कविको पनि हरहिसाब अहिलेसम्म मिलेको छैन । पन्ध्रवर्षछि लाहुरेको पोसाक डिकिटिङ गरेपनि परदेश डिकिटिङ गर्न सकेनन् । त्यसैले उनले तीन जुरे डाडाको गुरास छुन र छाम्न सक्दैनन् । जलजले डाडामा कात्तिके तुसारो भोग्न सक्तैनन् । केवल 'स्मृती प्वाख' उमारेर 'दन्त्यकथाको राजकुमार जस्तो पहाड माथि माथि सुनाखरी टिप्दै जूनको आभामा मुस्कुराएको हिमाल वारिपारि नौरङगी डा“फेझै सिर्फवेग मार्न सक्छन र यसो भन्न सक्छन् - 'फागुमा भाङको लड्डु खाएरफागुमा रङ्गीएका बैसालुहरू सम्भि“दाहे प्रिय जन्मभूमित्र्रै यादले सताउछ ।'कवि टंक वनेम् सङग्रहभित्रका केही कवितामा प्रायः परदेशीको क्याङमी कुरा गर्ने लयभन्दा अलिक पृथक धारमा प्रस्तुत छन् । 'धर्तीमाथि टेकेर मनका तारहरू रेट्ने, ..आफ्नै आ“सुको मसिमा चोपिएर सुदामाको छाप्रोभित्र ओतिने कवि एउटा लाहुरे युद्धमा उपेक्षित शहिद भए जस्तै बहादुरी इतिहासस“ग भत्कदै गएको पहाड मुन्तिर बसेर कविता लेख्छन्-'श्राप बाट मुक्त भएर जुनीको कर्तव्य पूरा गर्न आऊ पापीहरू अब एकैसाथ इन्द्रदहमा झवाम्म हामफालौं ''टिष्टा र कागडामा दुख्ने मुटु, रंङ्गुन रोड र इरावतीको किनारमा दुख्ने मुटु, बखनध्वज र हर्कजितको कथामा दुख्ने मुटु, गजे, गन्जु र लछुमनको व्यथामा दुख्ने मुटु' हरू अब दुख्नको निम्ति मुग्लानबाट मृत्यूको खबर आउनुपर्दैन बस् नालापानीमा बैरी ताक्ने बन्दुकको मुजल आफ्नै घरतिर फर्काए भो । देशको कमसेकम अहिलेको निम्ति तात्कालिन वस्तुस्थिति देखेर बारबार मूर्छना भोगेका लाखौं परदेसीहरूको प्रतिनिधि आवाजलाई साघुरी र बुढासुब्बाले ओकलेको छ प्रष्टसग ।
No comments:
Post a Comment