Jan 5, 2008

लिम्वुवान स्वायत्तवादीहरु विभाजित हुनुहुदैन

दिल पालुङवा लिम्वु
लिम्वुवान स्वायत्तवादी संगठनहरु धेरै भएका छन् । पञ्चायत कालमा लिम्वुवान मुक्ति मोर्चा थियो भने प्रजातन्त्र कालमा संघीय लिम्वुवान पार्टी, लिम्वुवान राष्ट्रिय मोर्चा लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाहरु थिए । त्यस्तै लोकतान्त्रिक कालमा संघीय लिम्वुवान राज्य परिषद, लिम्वुवान स्वायत्त सरोकार मञ्च लगायत धेरै संगठनहरुको स्थापना भएका छन् । त्यस्तै किरात याक्थुङ चुम्लुङ आफैमा लिम्वुवान स्वायत्त राज्यको कुरो उठाउने संस्था हो । यद्दपी यी सवैमा निसंकोच भन्नु पर्दा जे जस्तो जसरी भएपनि लिम्वुवान राज्य परिषदले आन्दोलन व्यापक रुपमा हा"केको छ । उसलाई अन्य संगठनहरुले सकारात्मक दृष्टिले हेरेका छन् । किनकी सवै संगठनहरुको चाहना भनेको लिम्वुवान स्वायत्त प्राप्ति हो । जुन संगठनले जुझारु र सशक्त भएर काम गर्छ उसलाई सहयोग गर्नु सवैको कर्तव्य हो । त्यस्तै उसको आन्दोलन सही या गलत छ छैन मूल्यङकन गरी सल्लाह सुझाव दिनु पनि सवैको दायित्व हो । यसरीनै लिम्वुवानी संगठनहरु सञ्चालित छन् । तर विडम्वनाको कुरा संघीय राज्य परिषदमा विभाजन देखिनु अवश्य राम्रो होईन । हामी सवैको चाहना आफु नेता हुने, मन्त्री हुने हुनु भएन । हाम्रो चाहना भनेको हाम्रो गुमेको लिम्वुवानको पूनस्थापना हो । त्यसैले यो लिम्वुवानलाई पूनस्थापना गर्न हामी सवै एक जुट हुनै पर्दछ । जुटेको ठाउवाट फुट्नु भएन । वरु सवै संगठनहरु मिलेर एकजुट भएर कार्य गर्नुपर्दछ । संसारमा कही पनि फुटेर उद्धेश्य प्राप्ति भएको छैन । त्यसैले हामी सम्पूर्ण लिम्वुवानवादीहरु जो विभिन्न लिम्वुवानी संगठनहरुमा आवद्ध छौं । देशको विभिन्न पार्टीमा आवद्ध छौं । सवैको चिन्ताको विषय लिम्वुवान स्वायत्त पूनस्थापना भएकोले हामी सवै एकवद्ध भएर लागौं । हामीलाई मधेसको कुरा उछालेर सिमानाको कुराहरु उछालेर हामीलाई कमजोर वनाउन हाम्रो विरोधीहरु लागी परिरहेका छन् । हामीलाई एकापसमा लडाउन उद्दत छन् । फुटाउ र शासन गरको खेलहरु प्रतिक्रियावादी तथा सामन्तीहरु खेलीरहेका छन् । यस्तो खेलवाट र्सतर्क भएर लाग्नु पर्दछ । हामी आफ्नो गन्तव्यमा आफ्नै ढंगले लाग्यौं र अरुको वहकाईमा पर्यौंन भने हाम्रो लिम्वुवान स्वायत्तको कुरा टाढाको विषय हुने छैन । तर अरुको वहकाईमा लाग्यौं भने स्वार्थमा चुर्लुम्म डुल्यौं भने प्राप्त हुन आंटेको लिम्वुवान पनि टाढाको विषय वन्न पुग्छ । त्यसैले आदाङवासे लिम्वुवान पूनस्थापना गर्ने हो कि छोड्ने हो तपाई हामी सवैले सोच्नुपर्ने वेला भएको छ । सेवारो ।

1 comment:

Samjik Sam said...

Palunga Aadangbe,
Sewaro!
Inga' aadangbare kesaptuba sappan nirung. Aani' Ityang Yakthung laje' kego:ppaha' senchhingma ya pha:ngsingma menunen kela,ba keninga pa:nnen inga' aasira thang-ngero. Aadangbare yangmoang agdangba sappanha' saptera wayeo. Inga' sappang kesappa yapmi Palungwa nu kan blogspotren ijak kejo:kpa yapmi Sambahangferen najan cho:nu kusan yele tangbe 5068 ren noyemmo noi:tchho noningwa' to:ndung lo.
Inga'
Mennisam Yapmi
Poklabang Phedapthum
Limbuwan, Nepal