प्रकाश के.सी.
विश्वका कुना काप्चामा छरिएका समस्त आदिवासीहरुमा समर्पित’ गरिएको छ, हङकङेली उपन्यासकार देश सुब्बाबाट, उपन्यास आदिवासीको सुरुवातमै । सुरुमै उक्त पढ्दा यस उपन्यासबारे केही अरुचिकर लेखिए अन्यथा लाग्ला कि भन्ने ‘भय’ पनि व्याप्त छ मनभरि । हुनसक्छ यो त्यही ‘भय’को करामत हो, जसमा आधारित रहेर यस उपन्यास बुनिएको खुबै व्याख्याईएको छ, तीन तीनजना भूमिकावाधकहरुका आ-आफ्नै तरिकाबाट । उपन्यासको बारे केही विचार (?) राख्नका लागि नै हुनसक्छ, पुस्तकलाई बिनाशुल्क हात लगाईएको हो मलाई, स्वतः त्यसैले यसबारे केही विचार (?) लेख्नलाई ठूलो हिम्मत गरेको छु । मेरो यो विचार (?)ले कसैलाई र कसैको प्रतिष्ठामा ‘आँच’ नलाग्ने पनि सुरुमै जताउन थालेको छु, किनकि, यो उपन्यासलाई भयवाद (?)मा आधारित भनेर बताईसकिएको छ, सो मेरा केही हरफहरुले फरक नपार्नेमा म विश्वस्त पार्न चाहिरहेको छु । विचार (?) त राख्न पाइन्छ नी !
अठारौँ शताव्दीका राजनीति विषयका वादकै प्रवक्ता ‘एडमुण्ड बुर्क’ले बताएका थिए, “No passion so effectively robs the mind of all its powers of acting and resoning the fear.” ‘भय’को उत्कण्ठाले जत्तिको अन्य उत्कण्ठाहरुले च्याप्दैन दिमागलाई, ‘सार’ यही थियो । एउटा युग थियो, जब यसको विपरीत ‘माया’लाई सर्वश्रेष्ठ मानिन्थ्यो, तर त्यहाँ त्यस अनुपातको ‘क्यालिबर’ हुँदैन, जत्तिको ‘भय’ तथा डरभित्र छुपेको हुन्छ । मानवीय सम्वेज्ञका नवौँ रसहरुमध्येको एक हो ‘भय’ तर मूल भने होइन । योचाहिँ हो कि, डरको त्रास, भयको सन्त्रास तथा घृणाका मन्त्रणाहरुले जसरी समूहहरुलाई अधीनमा राख्न सक्दछ, त्यसरी अन्य मानवीय सम्वेज्ञहरुको प्रयोगले सकिँदैन । यसको यो मतलव होइन कि यहाँ डर नै कारक हो । डर एउटा लक्षण हो भने जसको कारणचाहिँ उही ‘लोभ’ हो । डरको उन्मुक्तिको ‘लोभ’, भयरहित अवस्थाको ‘मोह’ त्यस समयको मुख्य कारक कारण हो । डर, भय तथा घृणाहरुलाई अहिले सँसारमा नै भोटहरु बटुल्ने साधन बनाएका छन्, राजनीतिज्ञहरुले । भय तथा घृणाको सँचारले तिनलाई, जनतालाई एकोहोर्याउनमा सफलता मिल्ने गर्दछ, जनतालाई सुरक्षित अवस्थाको, शान्तिको तटस्थतामा घृणारहित लगावको महसुस गर्ने ‘लोभ’ यसरी जागृत हुन्छ कि तिनले अगाडि ‘त्यही’ देख्दछ, जो उसलाई ‘देखाईएको’ हुन्छ । हो, अहिले सर्वत्र चर्चाको विषय यही अर्थात् ‘भय’को भएको छ । ‘भय’का सीमान्त पनहरु हुन्छन्, ‘भय’ आफैमा अपरिमेय हुँदैन । कतै न कतै त्यो ‘मत्थर’ हुन्छ, तर ‘लोभ’ अनवरत हुन्छ । अथवा, लोभहरु श्रृँखलावद्ध हुन्छन्, रिले दौडन्छन्, एक बस्छ, अर्को दौडन्छ, मतलव अनवरत हुन्छ, निरन्तर हुन्छ । वा, मानिसले जीवनमा श्वास लिनुलाई एउटा ‘रेखा’ मान्ने हो भने, उसको ‘लोभ’चाहिँ अर्को रेखा हुन्छ, जुन यसरी ‘समानान्तर’ बढ्दछ कि कहिल्यै जोडिँदैन, वा टुङ्गिँदैन ।
आफ्नै व्याख्या(?) हानिएछ । देश सुब्बाको आदिवासी शीर्षकको उपन्यासमा भएका व्याख्याहरुको प्रभाव मानिदिन्छु म यतिखेर । केही धेरैअगाडि उनले एकताका हङकङेली प्रवुद्धहरुका सामु ‘भयवाद’का बारेमा चर्चालाई चलनमा औपचारिक बनाएका थिए । प्रसङ्गको व्याख्याता सुब्बा हुन सक्ने लक्षण मैले त्यतिखेरै पाएको भने हुँ । उनले लगातार र्दुइ घण्टाभन्दा बढी सँसारभरिका विभिन्न व्याख्याताहरुका व्याख्या आफ्नो भयको वादको व्याख्यालाई जोडाएर गर्नुलाई मैले कहिल्यै पनि अवमूल्याङ्कन गर्न सकिन । चार पाँच घण्टाको त्यस प्रहरपछि मभने ‘सगोल’ रुपमा उनलाई व्याख्याता भनेरै हिँडेको हुँ । अहिले अर्थात् यस किताव हात नपरुन्जेलसम्म पनि मैले उनलाई व्याख्याता भन्दै हिँडेको भए तापनि कहिल्यै उनलाई ‘भय’ या अन्य कुनै वादको व्याख्याता भन्ने ठानिँन । पूर्वीय तथा पाश्चात्य साहित्य अनि विभिन्न दार्शनिकहरुका नाम र तिनका केही उदगारहरुको सफल व्याख्या गरेका थिए, र सोही वखत म आफूले चाहिँ जीवनमा त्यस्तो व्याख्या गर्नै नसक्नेमा दर्ता गराई उनलाई ‘स्वकण्ठ’ मानेको थिएँ ‘व्याख्याता’ भनी । योपालि उनले ‘भयवाद’मा आधारित भनेरै वा ठोकेरै कितावै निकालेछन्, किताव अर्थात् पुस्तक ! त्यसैले सोँच्नै पर्ने बनाएका थिए ‘कमसेकम मलाई’, म खुलस्त हुन्छु यहाँ ।
उहिल्यै उनले जीवनका सारा काम कुराहरु, थिति-रीतीहरु सबै ‘भय’बाट नै क्रियाशील हुन्छ भनेका थिए र उनको केही समर्थकहरुले अनेकौँ सउदाहरण दिने प्रयत्न पनि गरेका थिए, तर ’simply, I couldn’t buy that….’पचाउनै सकिँन भन्या’ । ढुङ्गेयुगीन मानिसहरुले जनावर मारेर काँचो मासु खाई नाङ्गै रहने अवस्थाबाट अहिलेको अवस्थामा आउँदासम्ममा मानवीय सम्वेज्ञको ‘भय’ असरदार रहे कि ‘लोभ’ ? आफूले पढेको ज्ञानबाट …‘मानिस ‘लोभ’ले गर्दा प्राप्तिको लागि ज्यादा क्रियारत रहन्छ तर ‘भय’बाट सिर्जनशीलताको विषयमा मुख्यतया मानिसहरु निष्कृय रहन्छन्’…भन्ने सम्झनाको ‘वोध’ भएवित्तिकै देश सुब्बालाई निक्कै नै अध्ययनशील मान्दै र व्याख्याता ठान्दै घर फर्किएपछि लगभग बिर्सिएको उही ‘भय’ अहिले आधाजति भूमिकासँगै पुस्तकभित्र ‘वाद’ नै बनेर आई मेरो हातमा नै परेपछि, ‘कतै गल्ती नै गरेछु’ कि सम्झी थप ‘भयभित’ रहेर पुस्तक तन्मयताका साथ पढ्नमा रुचि लिएको थिएँ ।
‘….Fearism is the philosophy that fear is the catalyst of the universe. Nothing would evolve or change without fear. Fear of being killed by beasts caused the clan groups to form. Fear of starvation caused people to work together, make tools, plant crops. Fear of death makes us procreate and create art and make a mark on the world. Ultimately, fear created modern man. Had man not been rightly afraid of a cheetah on the savannah he would have remained food…’धेरै नै अगाडि ‘नुरिन’ भन्ने युवतीले ‘Fearist’s manifesto’ भन्ने शीर्षकमा लेखेकी थिईन् । त्यो भन्दाअगाडि नै त्यसलाई ‘लोभ’को अर्थात् ‘Greed’ बाट हेर्ने गरिन्थ्यो । यो ‘भयवाद’को कुरा देश सुब्बाले उठाएका होइनन्, पुष्टि यो मात्रले काफी हुन्छ, तर त्यसलाई ‘लोभ’को सिद्धान्तले मिचेको पनि पढिएकै थियो ।
‘Post Modernized’ भएको छ ‘उही प्रकारका सोँचहरु’ पनि अचेल । तर सबैको एउटै ‘Equilibrium Point’ चाहिँ ‘भय’मा मानिसहरु स्वभावतः ‘सिर्जनशीलतामा निष्कृय रहन्छन्’ भन्नेमा छ, त्यसैले ‘भोकले, जाडोले मर्छु भनेर लुगा वा विरामी परेर मर्छु भनेर औषधि पत्ता लगाएको भन्ने ‘नुरिनहरु’का तर्कले ‘मान्छेलाई ज्यादा बाँच्ने लोभले’ गर्दा उनीहरुको ‘सिर्जनशील स्वभावमा ज्यादा सकृयता बढेर’ औषधि आदिको खोज गर्न सके । अहिले करोडौँ महिलाहरु आफूलाई सुन्दर तथा सुगोल देखिने लोभले विभिन्न किसिमका सर्जरीहरु तथा एरोविक अभ्यासहरु गरिरहेका छन् । भर्खरै मात्र ‘Kyle Walker’ ले भयवादलाई आतङ्कवाद भन्नुपर्ने मान्यता राखेका छन्, यसो भनौँ, ‘वाद’ नै निकाल्ने प्रयत्नमा छन् । उनलाई ठूलै चिन्तक भनिँदो रहेछ भन्ने मलाई लाग्दछ । उनी भन्छन् -’I want to rename terrorism as fearism just so people can see the real etymology of the word terrorism. When we combat terrorism with simply more fear, the terrorists win. This fearism which believes it is combatting terrorism is really just playing right into the terrorists hands of cultivating our fear.’
भूमिकामा नै यथेष्ट बल गरिएको छ ‘भयवाद’ तथा ‘देश सुब्बाको नयाँ उपन्यास आदिवासीको बारेमा’, स्वतः ‘चाख’ बढेरै गएको थियो । आखिर उनले कसरी त्यसलाई ‘प्रयोग’मा ल्याएका होलान् ? कसरी उनको यस कृतिमा ‘भय’को म्यानिफेस्ट भएको होला ? कसरी प्रत्युपादन गरे होलान् ? आखिर त्यति धेरै नेपाली विद्वानहरुबाट ’Attested’ भएको कृति वास्तवमा नै ‘भय’ जुन देश सुब्बाले अहिले भन्दैछन्, यो जुगौँअगाडि ‘उही शैलीमा’ भनिसकिएको थियो र त्यतिबेलै ‘लोभ’तिर सोँझ्याईएको थियो, लाई अब उनले ‘उत्तरआधुनिक व्याख्या’ पो गर्दैछन् कि ! साँच्चै नै सोँचमग्न भएको थिएँ । अहिले के पढ्दै हुनुहुन्छ भनेर कसैले सोधेको भए, अहिले म देश सुब्बाको भयवादमा आधारित उपन्यास आदिवासी जो ‘विश्वभरिमा फैलिएका समस्त आदिवासीहरुमा समर्पित’ गरिएको छ,… पढिरहेको छु भनेर भन्ने थिएँ, तर यो कसैले पनि यो घडिमा सोध्नै पाएनन्, या समय त्यसरी जुरेन, त्यतातिर ज्यादा नलागौँ ।
‘भयको प्रकट, क्षेत्र, समस्या’ पहिलो भाग, ‘भयको खोज, बाटा छटपटाहट’ दोस्रो भाग र ‘भयको प्राप्ति, ज्ञान प्राप्ति, सहजता’ अन्तिम भाग गरी तीन भागमा बाँडिएको अत्यन्तै सानो आकारको उपन्यास हो ‘आदिवासी’ । मलाई उनको सानो सानो वाक्यहरुमा घटनाहरु बुन्ने आत्मपरक शैली अति नै मन पर्यो, कुनै छलकपट छैन त्यसमा, एउटा व्यक्ति जे देख्दछ, त्यो भन्दछ र त्यसैगरी लेख्दछ पनि । सो त्यही व्यक्तिबाट देश सुब्बा [देश सुब्बाले आत्मपरकमा लेखेकाले महज पात्र नभनी देश सुब्बा नै भन्दैछु, किनकि उनले भयवादको ज्ञान प्राप्त गरेका छन्, भनिएको छ ।]’भय’ले आक्रान्त हुन्छन्, ‘भय’लाई निर्क्यौल गर्ने हेतू ‘भय’लाई खोज्दछन्, ‘भय’लाई चिन्दछन् र अलौकिक ज्ञान प्राप्त गर्दछन् अनि ‘भय’बाट मुक्त हुन्छन् । यो मैले बुझेको हुँ । मलाई उनले ‘भय’लाई छायासरि शरीरबाट फुत्त बाहिरिएको तर हर्दम साथ-साथ रहेको देखेको बताउँदछन् । कहिलेकाहिँ थरिथरिको आकृति लिएको भनी जसरी उनले कल्पनाशील दृश्य देखाउन खोजे, मैले त्यहाँ उनको लेखकीय शैलीलाई मन पराएको छु । ‘आदिवासी’का बारेमा उनले ‘खोजी’ गरेका हुन् भन्ने बुझेको छु । सँसारमा एउटा कुराको निक्कै ठूलो होहल्ला छ, यसलाई ‘बुझ्ने धरातलमा भर’ गर्न सकिन्छ । हिन्दूहरुले यावत जगतमा पहिला सुनिने शब्द वा अक्षर ‘ऊँ’ भएको मान्दछन्, त्यस्तै सुनिन्छ पनि । नेपथ्यबाट एउटा मोटर हुँइकिएर आउँछ र विस्तारै क्षितिजमा हराउँछ । सुरुमा ध्वनि ‘ऊँ’ सुनिन्छ र त्यो मोटरको ध्वनिको अन्त्य पनि ‘ऊँ’ मा नै हुन्छ । हावा तथा बतासको पहिलो ध्वनि ‘ऊँ’ हुन्छ भने शान्त हुनुभन्दा अगाडि पनि ध्वनि ‘ऊँ’ नै हुन्छ । कुनै स्टिलमा फलामले हान्दा पहिलो ध्वनि ‘ऊँ’ हुन्छ र त्यस ध्वनिको अन्त्य पनि ‘ऊँ’ मा नै हुन्छ । यसलाई पाश्चात्य साहित्यमा पनि केहीअगाडि नै व्यापक चर्चा चलाइएको थियो ।
‘THE most sacred mystic syllable of the Vedas is Aum [’ऊँ’]. It is the first letter of the Sanskrit alphabet, and by some it is thought to be the sound made by a new born child when the breath is first drawn into the lungs. The daily prayers of the Hindu Brahmin are begun and ended with it, and the ancient sacred books say that with that syllable the gods themselves address the most Holy One’. -William Q. Judge ठीक यस्तै यसलाई ‘आदिवासी’ उपन्यासमा देश सुब्बाले ‘ङ’ सुनिएको बताएका छन् । त्यसमा वा त्यसरी सुन्नलाई ‘आन्तरिक विश्वास’ चाहिन्छ । ‘यो कुरामा कुनै प्रकारको मतभेद हुँदैन ।’ यसमा व्यक्तिले ‘सुन्ने वा उसले अनुभव गर्ने’मा ‘भर’ गरिएको हुन्छ । साँझपखको सूर्यास्तलाई कुनै पेन्टरले रातो रङको प्रयोगले आफ्नो कलामा व्यक्त्याउँदछ भने कसैले त्यसलाई पँहेलो रङले निखार्छ । सो यहाँ कोही गलत हुँदैन । त्यस्तै हो, आदि र अन्तका अन्य ध्वनिमा ‘ऊँ’ र ‘ङ’ सुनिनुमा कुनै बेअर्थ छैन, सदभावनाको कुरा हो सब । मैले देश सुब्बाको यो माथिको प्रसङ्गलाई विशेष गरी मन पराएको छु । उनले आफ्नो आदिकालको खोजीमा हिँडेको ठानी यस उपन्यासमा व्याख्याईएका ‘आदिवासी’लाई मानेको छु । तर यस उपन्यासबाट ‘भय’को नाममा वा ‘वाद’मा ‘मिथ्या’ मात्र भेटेको छु । उनी आफैलाई ‘थाहा’ नभएको प्रस्ट हुन्छ आखिर उनले ‘के देखाउन’ खोजिरहेका छन् ।
उपन्यासमा औपन्यासिकता ‘खासै’ छैन । मनोभावलाई आधार मानेको आत्मपरक शैलीले ठाउँ ठाउँमा ‘दिक्क’ लगाउँदछ । उनी आफ्नो शरीरबाट फुत्त निस्किएको छायालाई ‘शरीरको कुन भागबाट हो, एकदिन खोइ के हो निस्केर गएको देखेँ । आकार राम्रो ठम्याउन सकिँन, किराजस्तो, छायाँजस्तो, मान्छेजस्तो थियो त्यो ।’ त्यस्तै अर्को ठाउँमा ‘विभिन्न दिशामा फर्केको रुखको हाँगाले पानीजस्तै, बादलजस्तै, किराजस्तै, मान्छेजस्तै, अर्धदृश्य मान्छेजस्तै आकार बनाउँदै बिगार्दै’ तथा ‘सपनाको आकारजस्तो थियो त्यो ‘ आदि भन्दै लेखक सुब्बाले मनोभावको अक्षरशः प्रस्तुतिमा ‘गडवडी’ देखाएका छन्, वा हतारिएका छन् । ‘किराजस्तो’ देखिने वस्तु, ‘मान्छेजस्तो’ पनि देखिने हुनु भनेको ‘किराचाहिँ कस्तो खाले हो’, बुझिएन । त्यहाँ प्रस्तुतिमा सुब्बा चुकेजस्तो लाग्दछ । मनको बारेमा व्याख्या गरेको राम्रो लाग्यो, ‘मन शरीरको सूर्य हो । यो टाढा टाढासम्म किरण फैलाएर उडिरहन्छ । जसरी सूर्यको किरण वायुमण्डलमा टेकेर धर्तीमा आउँछ त्यसरी नै मन, बोलीले पनि सतह टेकेर हिँड्छ । मेरो आवाज तिम्रो कानसम्म जसरी उडेर आइपुगेको छ, त्यसरी नै मन पनि उडेर टाढा टाढा पुग्छ ।’ र देशलाई ‘लुते कुकुरजस्तो’ भनेको यता मलाई पनि रमाइलो लागेको हो । कम्तिमा यस्तोचाहिँ मैले सुनेकै थिईँन ।
‘भयवाद’को नाममा मचाहिँ केही देख्दिन ‘आदिवासी’ पुस्तकमा तर आदिवासीहरुले साँच्चै पढ्नु पर्नेचाहिँ यो पुस्तक छ भन्ने सम्झन्छु । आफ्नो कला, सँस्कृति, भेषभुषाको रक्षा आफैले पहिला गर्नुपर्दछ । मानिसहरु यसैमा प्रशस्तै चुकिरहेका छन् । आफ्नो नितान्तका परम्पराहरुलाई मूलधारमा ल्याउनका लागि त्यसको प्रयोग गर्दै जानुपर्दछ । जबर्जस्ती गर्न अहिलेको समयमा सकिँदैन । राम्रोलाई राम्रो भन्न कसैले चुक्दैन । आदिवासी शीर्षकको देश सुब्बाको यस उपन्यासलाई सृजनशील साहित्य समाज हङकङले प्रकाशन गरेको हो । हाङयुग अज्ञात, कृष्ण धारावासी, धमेन्द्रविक्रम नेम्वाङ र लेखक स्वयँको भूमिकाले ‘चौँतीस पेज’ खाएको छ ‘९६ पेज’को कितावको जसको मूल्य नेपाली रु. १२० तथा हङकङ डलर ३० राखिएको छ ।

From www.nepal.hk
No comments:
Post a Comment