राई चन्द्र दुमी
थत्थामा -एकोहोरिनुलाई लिम्बु भाषामा थत्थामा भनिंदो रहेछ । ,,थत्थामा टाईटल दिईएको लिम्बु जातिको पहिचान बोकेको सँस्कारगत चलचित्र हेर्ने मौका मिल्यो । लिम्बु साथीहरुसंग हिडदाहिडदै आधा लिम्बु भईसकेको मलाई निम्तो नआउने कुरै थिएन, थप नायिका शोभा खजुमलेपनि आफ्नो तर्फबाट निम्तो दिनुभो र मैले बचन दिएँ "तपाईको अन्तर्वार्ता त भईनै हाल्यो बाँकि रहृयो हेरेपछि त्यस्को समिक्षा, त्यस्को लागि म तपाईसंगै बसेर फिल्म हेर्छु त्याहा नै समिक्षा गरिदिन्छु तपाईकै अगाडि" हामी हाँस्यौँ । राजनीति नभनौँ, मुलुकको लागिपनि चिन्तनशील ब्यक्तित्व नायिका सोभा खजुम अरुको समस्याप्रति चाँडै सतर्क हुन सक्नुहुदो रहेछ, एक मनोबिश्लेषक जस्तो । उहाँले मलाई फिल्म बुझ्न भाषा समस्या पर्ने कुरालाई परै थाहा पाएर मेरो अनुरोधलाई सहर्षस्विकार गर्नुभएको थियो । तर समिक्षा किन ब्यक्तिलाई मात्र समाज मै राखिदिउँ भन्ने सोचाई भएको छ अहिले । बियोगान्त कथामा निर्मित, लिम्बु संस्कारमा आधारित चलचित्र थत्थामाले लिम्बुजातिको सँस्कृतिको जगेडामात्र होईन त्यसभित्रको खर्चिलो तडकभडकलाई हटाउनुपर्ने प्रगतिशील सन्देशपनि दिएको छ । कथालाई कुनै तडक भडक र नक्कली जलप नहाली सररर ब्यबहारिक पक्षहरुमा उनेर मुलपात्रहरु सम्पुर्ण इहलिलालाई बियोगान्त बनाईएको छ । लाहुरे प्रबृत्तिबाट थत्थामालाई पनि बञ्चित गराईएको छैन भने वास्तविकता त्यो हो पनि, कि साहुको ऋण तिर्नलाई हाम्रो जातिको बिकल्प लाहुर थियो । पि.एस. मुरिङला ले लेख्नुभएको लिम्बु भाषाको यो पुरानो र पहिलो उपन्यास बिद्याको कृति हो । त्यसैलाई पटकथा सम्बादमा उतारेर चलचित्रमा रुपान्तरित गरिएकोले याहा लाहुरे सँस्कारलाई पर्दामा उतारिएको हुनसक्छ । तर अवका भावी दिनहरुमा बन्ने लिम्बु चलचित्रमा भने निश्चयनै आधुनिक जमानालाई चुम्न आईपुगेको समय सापेक्ष कथाहरु तयार हुनेछन । जहाँ आरामात्र काटिदैन सिक्किमको जङ्गलमा, र्राईफल खेलाईने छैन देहरादुन काश्मिर र कुइमाको छाउनीमा । बरु देशको ठुलठुलो निकायको जिम्मेवारी लिएर सम्हालेर हरेक क्षेत्रमा जाज्वल्यमान भएर बलेको राई लिम्बु, गुरुङ, तामाङ, शेर्पा आदी जनजाति मुहारहरुलाई त्यस्तै बीरताको, सौर्य र स्वतन्त्रताको, राज्याधिपतिको कथाहरुमा बाँधेर उनिहरुको राज्य बिस्तारसंगै फैलँदै गएको उनिहरुको आफ्नै शैली र भाषामा अनुबन्धित चलचित्रहरु छायांकन हुनेछन । अहिलेको नयाँ नेपाल यात्राको संक्रमणकालको लक्षणलेपनि यतिकुरा आँक्न सकिन्छ ।आजसम्मको अरु लिम्बु चलचित्रमा झैं क्यामेरामा आउने नितान्त नयाँ अनुहारका सहयोगी पात्रहरुको बेजोड अभिनय यस्मा -यो पटक पनि प्रचुर मात्रामा देख्न पाईन्छ । यही अहं भूमिकाको प्रभावले फिल्मको कथा सरल भएरपनि सम्पूर्ण फिल्मसमय भित्र कुनै त्यस्तो ठाउँ र अवश्था भेटिदैन जहाँ नियाश्रो लागोस, पट्टयार लागोस, दर्शकले कुनै त्यस्तो अवश्था र सिनको सामना गर्नु पर्दैन । हंगकंगमा भर्खर प्रदर्शन भएपनि नविन सुब्बाको नुमाफुङ भन्दा जेठो थत्थामाको पालादेखि नै नायक नायिका बाहेकका सह नायक नायिका तथा अरु रोलमा आउने अन्य शहयोगी पात्रहरुले समेत सफल अभिनय गरेको हुँदारहेछन पत्तो पाईन्छ,को साथै हरेक दर्शकलाई सोच्न बाध्य बनाउँछ यो छायांकन गर्न कति बर्ष लाग्यो होला - भनेर । किनभने यी क्यामेराको अगाडि कहिल्यै फेस नगरेको बृद्ध र बाल कलाकारहरुलाई कतिबेला कुन समयमा प्रताप सुब्बा नविन सुब्बाहरुले अभिनय कलामा प्रशिक्षण गराएर पारंगत बनाउँछन - र पर्दामा उतार्छन - साँच्चिकै जल्दोबल्दो जिज्ञासा हो । सयौँ, पचासौँ पटकमा टेक ओ. के. भएको हो भनेपनि नुमाफुङ ५ ...............महिनामा छायांकन सकिएको फिल्म हो र थत्थामा पुरापुरी १ महिनामा छायांकन सकिएको फिल्म हो । आजसम्मको लिम्बु जातिको साँस्कृतिक फिल्मको यो छुट्टै बिशेषता हो सबै कलाकारहरुले बेजोड अभिनय पस्कन सफल छन । यहि थत्थामा चलचित्रमापनि बाल कलाकार निङवाहाङमाले सहज भूमिका निर्वाह गरेका छन एकदमै स्वभाविक । सन्देशमुलक हुँदाहुदैपनि आफु त्यहि जातिको हुनाले हुनसक्छ कथाबस्तु केही फितलो जस्तो प्रतित हुने र अरु पक्षभन्दापनि उपस्थित सहयोगी पात्रहरु आफ्नो भूमिकामा सक्दो जमेका छनले,नै फिल्म सफल भएको हो तेश्रो पटक जिरह । के किटान गर्न सकिन्छ भने आफुलाई आफ्नो कल्चरभन्दा टाढाको क्षेत्र र जातिको दुर ठाउँमा उभ्याएर हेर्यो भने कथा र सिनहरु नितान्तै नयाँ लाग्छन । तात्पार्य हो अन्य जाति रक्षेत्रका दर्शकहरुले हेर्न पर्यो भनेर इण्डियाको भूमिमा त्याहाकै जीवनशैलीसंग सम्बन्धित चलचित्र हामीले मिठोमानेर हेरेजस्तै अनुभूति हुन्छ एकदमै अकाट्य अर्कै जिरह । पात्रहरु सबैले स्वभाविक अभिनय गरेको यस फिल्ममा सह नायिका देशु सुहाङ र इच्छीको अभिनयकलाले भबिष्यमा नायिकाको भूमिका निर्वाह गर्न सक्ने छनक किन दिन्छन । उनिमा रहेको सबल पक्ष भने लिम्बु भाषालाई आफ्नै लिम्बुपनमा उच्चारण गर्न सक्ने क्षमता राख्छिन देशु । सबैमा यो नियम लागु भएपनि उन्मा अधिक लाग्छन जस्को कारण फिल्म स्वभाविक लाग्छ र उन्को अभिनय जिवन्त । नायक प्रेम सुब्बा जमेको एक्टर हुनभने सबैभन्दा ब्यस्त कलाकार नायिका शोभा खजुम लाग्छिन । परिस्कृत अभिनय पस्केर फिल्मलाई बास्तविक र ब्यबहारिक बनाउनमा सबैभन्दा ठुलो भूमिका नायिकालेनै निर्वाह गरेकी छिन । छायांकन भरिमा सबैभन्दा धेरै बढी क्यामेरा फेस गर्ने कलाकार पनि नायिकानै हुन । हुनत नायक नायिकालाई प्राय कथाहरुले बढीनै माग गरेको हुन्छ, बढिनै समय लिएको हुन्छ तर थत्थामामा साह्रै बिजी लाग्छिन नायिका शोभा खजुम - फिल्ममा नुमाफुङ। उन्ले धेरै मेहनत गरेकी छिन र अभिनयमा सबैभन्दा सफल पनि उनिनै लाग्छिन । कथा बढदै जान्छ अभिनय छाप छाडदै जान्छिन जति हेर्यो उति चोटिलो, चित्ताकर्ष रोल र अभिनय । सुन्नमा आएको थियो युवा पुस्ताका जल्दो बल्दो निर्देशक नविन सुब्बाले यहि नुनामफुङ नामलाई मन पराएर आफ्नो लोकप्रिय हिट फिल्म को नाम नुमाफुङ राखेका हुन । मानिस किन पागल हुन्छ - कस्तो मनोबैज्ञानिक असरले उस्ले चेतना शक्ति गुमाउँछ - लिम्बु जातिमा मात्र होईन यस बिषयमा सम्पूर्ण मानव समाजलाई प्रतिनिधत्व गरेको छ फिल्मले । जव नायक नायिका गाउँको मेलामा रोटेपिङ खेल्दैगर्दा देखादेख भएर सुरु भएको प्रेमलाई साँस्कृतिक रोगन लगाउँदै मगनी बिवाहमा र्सार्थक बनाउँछन र एक छोरालाई खाईलाग्दो बनाएर सुखि जिन्दगीको पहिलो खुटकिला टेक्छनमात्र कथाले अर्को मोड पक्रँदै परिवारमा बज्रपात हुन्छ नायक मनाहाङ -प्रेम सुब्बा पल्टन जाने निर्णय गरेर परदेसिन्छन । पल्टन नगएर कतै जानु परेको होस हो याहीनेरको सम्बेदनशील खण्डले सबै जाति र समुहको प्रतिनिधित्व गर्दछ कि यस्तो अवश्थामा परिवार तितर वितर हुनु सम्झेर ल्याउँदा मननै नमिठो हुन्छ । ऋण तिर्नको लागि नायिकाले बिहेको आफ्नो गहना खोल्न तयार हुँदा मायामा पग्लिएको नायक कुनै हालतमा त्यसो गर्न नमानेको यो सिनमा लेखक निर्देशकले यौटा मटिंग्राले दुइटा चरा मारेका छन कि नायिकाको महानतालाई उजागर गरेर । त्यसोत लिम्बु जातिमा लिङ्गीय समानता आदिकालदेखिनै रहेको कुरापनि फिल्मले स्पस्ट देखाएको छ , त्यो हो ब्यौली भित्र्याउँदा गाउँघरका गन्नेमान्ने बुढापाकालाई साक्षी राखेर ब्यौलाको हातमा चक्मक र चाँदीको ढके पैसा दिईन्छ र त्यस्लाई आपसमा ठोकाएर झिल्का निकाल्दै अग्नी साँक्षी राखेरर बेहुलीको हातमा राख्दै सपथ खुवाईन्छ ,,यदि तिमीलाई मैले धोका दिएँ हेलाहोचो गरेर दखदिएँ भने मलाई यहि चक्मक र ढकले हानेर जानु । यो व्दन्दात्मक भौतिकबाद नजिक समनताको उच्चारण कुनै मनगढन्ते डाईलग नभएर त्यो जातिभित्र परापुर्व कालदेखि जोडिएर आएको सँस्कार हो । यी समानताको पक्षपातिहरु हुन, यो जातिहरु हाङ भएको अवश्था पक्कैपनि अहिले जनजातिले खोजेको अधिकारले सम्पन्न थिए, बुझिन्छ त्यस्तो । अन्य जातिहरुमा नारीलाई यो स्वतन्त्रता हुदैन, हिर्काई राखेर जानुत होईन यौवनावस्थामै बिधुवी भएपनि उसैको सतमा रहनुपर्दछ । अझ अरु अत्याचार सहनुपर्दछ कि उसैलेलोग्ने टोकुवीको बात खप्नुपर्ने हुन्छ जीवनभरिनै । रमाईलो ठट्टा मसला, मजाक, बस्नु खानु पिउनु हरेक कुराहरुमा छोरी चेलीलाई समानता यो जातिमा परापुर्वकालबाटै यथावत छ भन्ने कुरालाई फिल्मले उजागर गरेको छ । समग्रमा फिल्म ब्यबशायिक भन्दा ब्यबहारिक छ, हिजोआजको नचाहिने सस्तो जलप लगाएर भडकिलो बनाईएको छैन ।मैले समिक्षा गर्नुपर्दा २३, २४ बर्षपहिले लिम्बुवानको तेहृथुम क्षेत्रमा बर्षदनभन्दा बढता लिम्बु समाजसंग घुलमिल भएर घुमफिर गर्दाको मेरो परिचित लिम्बु सँस्कारसंग मेल नखाएका कतिपय सँस्कारहरु चलचित्रमा चित्रित छन । यो धेरै हंगकंगे लिम्बुहरुले पनि उठाएको कुरा हुन सहमत भएको छैनन । जस्तोकि बिहेमा नाचिने सँस्कारगत नृत्य केलाङ माङलाङको ढोल संगै दमाहापनि अनिबार्य भएको देखाईन्छ । टुक्रिएर रहेको त्यो क्षेत्र सिक्किम बाहेक अहिलेको नेपालभित्रको लिम्बुवानमा दमाहाको चलन छैन, कहिं कसैले लहडमा बजाउने निश्चित गरेपनि त्यो दमाईजातिको यौटा समुहनै उपस्थित गर्राईएको हुन्छ । नेपाले बाजा भनाउन कसरत गरिरहेको नौमती बाजा मध्यको एक हो दमाहा । बीचबीचमा नाचिनुपर्ने केलाङ माङलाङ मा आफुखुशी सँस्कारगत लिम्बु भेषभुषा नभएर यौटै डिजाईनको लुगा पहेंलो कलर समेत मिलाएर नृत्यकारहरुले लगाउनुलाई सँस्कारमान्न सहमत छैनन हंगकंगे याक्थुम्बाहरु । तर यो नै बिवादको ठुलो कुरो भने बनाईनु हुदैन याक्थुम्बाहरुबीच । ९० प्रतिशत छायांकन सिक्किममा भएको फिल्ममा त्याहाकै चलन अनुसार यी सिनहरु राखिएको हुनसक्छन । कतिपय सँस्कारहरु आफैमा स्वस्फुर्त मोटिफाई भएको हुनसक्छन । यो सानातिना केही पृथक कुराहरुले लिम्बु समाजमा त्यति ठुलो हानी गरिहाल्नेवाला छैन, बरु याक्थुम्बाहरु एकठाउँमा गोलमेच गरेर छलफल गर्न आवश्यक छ कसरी - किन र कहिलेबाट यस्को सुरुवात भयो - साँस्कृतिक पक्षका प्रमाणहरु नै पनि फेलापर्न सक्छन । लिम्बुजातिहरुको ठूलो बसोवास भएको सिक्किम , जहाँ सरकारी निकायका कार्यलयहरुमा ठुल्ठुलो ओहदामा याक्थुम्बाहरु स्थापित छन । फिल्मकी नायिका शोभा खजुमले आफ्नो अन्तर्बार्तामा बोल्नुभए अनुसार अफिसमापनि अफिसरहरु आफ्नै लिम्बुभाषालाई ब्यबहारमा बोलेर मर्यादित बनाउँछन भनेपछि अनुसन्धान गरेमा अवश्य यस्ता सानोतिनो फरकहरुको कारण भेटिन सकिन्छ । फेरी स्वतन्त्रताको राजनैतिक हिसावमा जातीय, क्षेत्रीय रुपमा भारत नेपालभन्दा एक स्टेपमात्र होईन निकै अगाडि छ ।
यसैलेपनि जातीय सँस्कृति धर्महरु त्याहा बढी सुरक्षित हुनुको अलावा उताको चलन सहि ठाउँमा हुनपनि सक्छन । ब्याक ग्राउण्ड म्युजिकमा सारंगी र मुचुङ्गालाई सुन्दर ढंगले संयोजन गरिएको छ तर त्याहा अर्को मौलिक बाजा बिनायो छुटनु हुदैनथ्यो । माधलत मैले लिम्बुवानमा कतै देखेको छैन, यदि हसन्थ्यो मादल बाँसुरी र बिनायो मुचुङ्गीको त्रिकोणात्मक संगम सारै सुन्दर हुनेथियो । अन्तमा दोहोर्याएर भन्नुपर्दा पुरानै शैलीजस्तो लागेपनि फिल्म थत्थामा सन्देशमुलक र मनोरञ्जनात्मक पनि छ, लागेको छ यस्लाई । यस्मा सिक्किमका रमाईलो याक्थुम्बा बस्तिहरु, खोलानाला र पहाडहरुको सुन्दर सिनहरुले सुनमा सुगन्ध थपिएको महसुस हुन्छ फिल्म स्वभाविक छ, सान्दर्भिक छ, स्वैरकल्पना र उछृखलबिहिन सास्वत सत्य ।आसेवारो
No comments:
Post a Comment