प्रदीप मेयाङ्बो
समान उमेरका तन्नेरीको हात समाएर सुरिलो स्वर निकाल्दै दुइ घण्टा पालाम गाइसके पछि एकहूल बैंशालु तरुनीहरु धरानको चुम्लुङ हिम थर्किने गरी खित्का छाडेर एकसाथ हांसे । भर्खरै प्लस टु र स्नातक पढ्दै गरेका ठिटा ठिटिहरुको त्यो हासो उन्मुक्त मात्र नभएर सांस्कृतिक उपज बनेको थियो । साउण्ड बक्समा लिम्बू भाषाको गीत उता लगातार घन्किरहेको थियो । हूलका हूल युवा युवतीहरु एकले अर्काको हात समाएर सांस्कृतिक चिन्तन गरिरहेका थिए पालाम र च्याबु्र्रङको भाकामा । किरात धर्मावलम्बी मध्ये लिम्बू जातिको परम्परागत सांस्कृतिक पर्व चासोक तङ्नाम समापनको अवसरमा चुम्लुङ धरानले सामूहिक रुपमा आयोजना गरेको भेलामा उनीहरु यसरी रमाइलो गरीरहेका थिए । पैंयु फुलेको याम संगै खोला नदीमा माछा, आकासमा चराचुरुङ्गी दक्षिणतिर लागेको ऋतुलाई लिम्बुहरुले प्राचिनकाल देखि उधौली याम शुरु भएको संकेतको रुपमा लिदै आएका छन् । यो बर्षको उधौली याममा पर्ने चासोक तङ्नामको अवसरमा लिम्बूहरुले धरानको विजयपुर डाडा स्थित बुढासब्बा मन्दिर, हाङ्युक्ना दरबार र चुम्लुङ हिममा लिम्बू पुरोहितको सहयोगले पुस ७ गते विहान पूजा अर्चना गरेर औपचारि रुपमा चासोक तङ्नाम सुरु गरे ।उपभोक्ताबादी धरान बजारमा प्रायः आयोजना हुने डिपार्टीहरु -डान्स, डिजे, डि्रङ्स, डिस्को)मा डिजाइन गरेको उत्तरआधुनिक पहिरनमा सजिएर साकिरा र एन्रीकेको गीतमा कम्मर तथा हात हावामा हल्लाउदै मनोरञ्जनको दुनियामा हराउने तरुनी तन्नेरीहरु पालाम गाउन कस्सिएका थिए । सोल्टिनीको शीरमा चम्केको शीरबन्दी र सुनको फूल, गलामा बेरिएको कण्ठा, कानमा लत्रिएको यार्लिङ र चेप्टेसुन अनि गुन्यू चोली तिर हेर्दै जवान लिम्बू सोल्टीहरु पनि अलिकति माया साटौंन भन्दै शिष्ट भाषामा प्रेमको भिख मागिरहेका थिए । नया पुस्ताले परम्परा र आधुनिकतालाई यसरी एकसाथ अंगालेको हेर्दै अघिल्ला पिंढी भने मोर्चा लगाएर छिप्पेको कोदोको तोङ्बा 'जुस' आपनै सुरमा तानी रहेका थिए ।सास्कृतिक जागरुकताले होला अरुबेला हटपेण्ट र स्लीवलेश पहिरनमा सजिएर सडक र्याम्पमा 'क्याटवाक' गदै हिड्ने शहरीया युवतीहरु र आधुनिकता झल्कने हिपहप पारखी युवाहरु पनि आफ्नै झल्कने हिपहप पारखी युवाहरु पनि आफ्नै भेषभूषामा देखिएका थिए । प्रमुख किराती चाड भएकोले उनीहरुले एकापसमा सांस्कृतिक शुभकामना, सुस्वास्थ्य र दीर्घायुको कामना पनि पालामबाटै साटासाट गर्ने गरे । सांझ पर्नासाथ परिचित तन्नेरि संग जानी नजानी पालाम गाइरहेकी धरान?१९ चौकीबारी बस्ने तान्छोमी लिम्बूले भनिन्, ?कन्सर्टमा डिजेको इसारामा अंग्रेजी, नेपाली या हिन्दी गीगको धुनमा उपmदै नाच्नुमा र आफ्नै सास्कृतिक पालाम र च्याब्रुङको भाकामा नाच्नु आकास पातालको फरक छ । तर नया पुस्ता ?भर्साटाइल' बनिरहेका छन् । जातिय संस्कृतिमा पनि ठीक, भारतीय वा पाश्चात्य गीत संगितमा पनि ठिक । तै पनि माया त आप\mनै संस्कृतिको बढी हुन्छ नी ।त्यो माहौलमा उनीहरु मात्र पालामको भाकामा धाननाची रहेका थिएनन् अरु प्रौढहरु पनि मायाको गीत गाउदै च्याबु्रङको तालमा 'नमरी बाचे दैवले साचे अर्कोसाल तङनाममा भेटौला' भन्दै फनफनी घुमी रहेका थिए । पालाम गाउन नआए पनि जनजाति संस्कृतिको सम्मान गर्दै स्थानीय बाहुन् क्षेत्री, नेवार, युवा युवतीहरु पनि सारमा सार मिलाएर नाचे ।लिम्बू समुदायमा आफूलाई मन परेको नाता नपर्ने तर सामान्य परिचित तरुण तन्नेरी वीच ख्याल ठट्टा र छेडखानी गर्नुलाई नराम्रो मानिन्न । व्यक्तिगत आत्मसम्मानमा चोट नपुर्याई पालामको भाकामा शिष्ट शैलीमा जुहारी खेलेर वातावरणलाई रमाइलो बनाउने चलन लिम्बू जातिको लागि पुरानो मानिन्छ । विबाहित पूरुष र महिला पनि चासोक तङ्नामको अवसरमा आप\mनो वितेको बैंस सम्झेर परिचित सोल्टा सोल्टीनी संग धाननाच्ने रीत छ । परम्परागत संस्कृतिको रुपमा जीवित रहेको चासोक तङ्नामलाई आधुनिक युवा पुस्तामा हस्तान्तरण गर्न चुम्लुङ्ले धरानमा एक दशक यता देखि सामूहिक उत्सवको रुपमा मनाउदै आएको चुम्लुङ सुनसरीका सचिव योगेन्द्र पालुङ्वाले बताए । पहाडी गाउघरमा चासोक पर्वमा तरुण तन्नेरीहरु भेटहुदा भत्ती जांड र रक्सी वीचमा राखेर दुइ हात जोडेर सेवा ढोग गर्ने गर्थे । साइनो केलाएर परिचयको आदानप्रदान गर्थे । अहिले त्यो चलन माओवादी द्धन्द्धको कारण हराउन थालेको छ । चुम्लुङले पछिल्लो समयमा यस्ता पर्वको अवसर पारेर नया पुस्ताका लिम्बू युवा युवतीहरुलाई सास्कृतिक पहिचानको खोजी गर्न प्रेरित गरिरहेको सास्कृतिक परिषदका सुनसरीका युवा अध्यक्ष देवेन्द्र थेगिमले बताए । उनले लिम्बू संस्कृति, मिथक र मुन्धुम सम्बन्धी पाचसय भन्दा बढी ऐतिहासिक तस्वीर संकलन गरेर तीन दिन सम्म चुम्लुङमा प्रदर्शनी गरेका थिए । धरानको चुम्लुङ हिममा आयोजित तीन दिने चासोक उत्सवमा लेकमा पाइने झ्याउ याङबेनमा मसला लगाएर कालो सुगुरको मासु आन्द्राको सेरगेङ्, चाम्रे, कोदोको पेना गोले, गहुको सिगोले, तोङ्वा, फिलिङ्गे र फांदोको अचार, किनीमा जस्ता लिम्बू मौलिक खानाको परिकारहरु पनि राखिएको थियो । यी खाद्य परिकारहरुको सम्बन्ध लिम्बू संस्कृति संग प्राचिनकालदेखि रहदै आएको छ । चुम्लुङ नगर सदस्य हेम कुमारी लिम्बूले भन्छिन्, 'अरु जातिका जस्तै लिम्बूको पनि आफ्नै मौलिक खाना छन् तर प्रचारमा नआएकोले व्यावसायिक रुपले विस्तार गर्न नसकिएको हो ।' उत्सवमा उनले आफ्नै प्रयासमा लिम्बू कला र संस्कृति झल्कने घर र त्यस भित्र राखिने विभिन्न सामाग्री प्रदर्शन गरेकी थिइन् ।
No comments:
Post a Comment