श्रीप्रसाद जबेगू
विश्वको सुन्दर घडेरीमा नेपाल भन्ने एउटा थोत्रो घर छ । त्यसको मतलब आजसम्म हाम्रो देश नेपाल नयाँ, साझा र आधुनिक भएको छैन । नेपाली राजनीतिक इतिहासमा करिब ७ सालको सेरोफेरोबाट सुरु हुँदै ५२ सालदेखि दीर्घकालीन सशस्त्र जनयुद्ध र त्यसैको जगमा टेकेर सृजना भएको ०६२/६३ को जनआन्दोलनसम्ममा नयाँ नेपालको निर्माण प्रक्रियाले सबैभन्दा अन्तिम रुप लियो । अहिले सबै राजनीतिक दल र संघ-संस्थाहरुले नयाँ नेपाल बनाउनै पर्छ भने तापनि बनाउने तरिकाहरु आ-आफ्ना वर्गीय दृष्टिकोण अनुसार अपनाएका छन् । प्रतिगामी तत्वहरुका मतियारहरु र साम्राज्यवादी देशी तथा विदेशी शक्तिहरुको सम्पूण् सहयोगमा एमाले, कांग्रेसजस्ता संसदीय तथा संशोधनवादी पार्टी नेतृत्वहरु मूलतः केपी ओली र प्रदीप नेपालजस्ता व्यक्तिहरुको नेपाल बनाउने तरिका भिन्नै छ । उनीहरुको दृष्टिकोणअनुसार पुरानो नेपाललाई लिपपोत र टालटुल गरेर नयाँ नामकरण गरे पुग्छ । नेकपा -माओवादी) र सो पार्टी सगँ सम्बद्ध जातीय, क्षेत्रीय मोर्चा र जवसहरुको दृष्टिकोण नितान्त भिन्न छ । कुनै पनि नयाँको निर्माण गर्नु छ भने पुरानोको ध्वंश नै पहिलो हो । त्यसकारण नेपालरुपी थोत्रो घरलाई सुधारेर होइन, समूल रुपमा पुरानो नेपालका सबै अवशेषहरुलाई भत्काएरमात्र नयाँ नेपालको निर्माण गर्न सकिन्छ । यी दुवै विचारहरुबीच अहिले नेपालमा कुरुक्षेत्रको भीषण लडाइँ चलिरहेको छ । यो नै समसामयिक राजनैतिक परिस्थिति हो । यसले वैज्ञानिक निकास नपाएसम्म यहाँ न शान्तिको कल्पना गर्न सकिन्छ, न त संविधानसभाको चुनाव नै । सुधारवादी संशोधनवादी र सामन्ती प्रतिगामीहरुले सेकेण्ड-सेकेण्डमा मीठा शब्दजालद्वारा सूचना र सञ्चार क्षेत्रबाट संविधानसभाको चुनावी राग अलापेर इमान्दार जनतामा भ्रमको खेती गरिरहेका छन् । कहीँबाट सुनुवाइ नहुने निरीह र लाचार अभिव्यक्ति दिएर नयाँ नेपालको परिकल्पनाकारहरुलाई संविधानसभाको चुनावको विरोधी देखाउन कुनीकुथी लागिरहेका छन् । साम्राज्यवादी र विस्तारवादी उनीहरुका गुरुहरुले सिकाएअनुसार नै भन्दै छन् भन्ने कुरा दिनको घाम झैं र्छलङ्ग छ । यसरी नै उनीहरु देशलाई लामो कालसम्म अनिर्णयका बन्दी बनाइराख्न चाहन्छन् ताकि वास्तविक संविधानसभाको चुनाव नहोस् ।
चुनावकै कुरा गर्दा सबैभन्दा पहिले संविधानसभाको प्रस्ताव गर्ने पार्टी नेकपा -माओवादी) नै हो । त्यसैले नेकपा -माओवादी) र उसँग सम्बद्ध कुनै पनि मोर्चा र जनवर्गीय संगठनहरु संविधानसभाको चुनाव विरोधी हुनै सक्दैनन् तर जनताले गम्भीरताका साथ बुझ्ने कुरा भनेको ०७ सालदेखि आजसम्म थुप्रै चुनावहरु भए । कहिले पूर्व बस्नेले जिते, कहिले पश्चिमकाले, कहिले उत्तरकाले त कहिले दक्षिणकाले जित्दै आए । ०४७ पछि कुनै बेला कांग्रेस, कुनै बेला एमाले कुनै बेला कसलेकसले । तर, नेपाली जनताले अहिलेसम्म एकपटक पनि चुनाव जितेका छैनन् । यस अर्थमा आगामी चुनाव नेपाली जनताले जित्छन् भने व्यक्ति तथा पार्टीले हार स्वीकार्न सक्नुपर्छ । यस्तो प्रणालीको अख्तियार नगरी हुने चुनाव केवल प्रहसनमात्र हुनेछ । यो प्रणाली लागू गर्नका लागि नयाँ नेपालको निर्माण नै पहिलो शर्त हो । तत्पश्चात् संविधानसभाको चुनावअगावै राजतन्त्रको समूल नष्ट गरी गणतन्त्रको घोषणा र कार्यान्वयन गरिनुपर्दछ । गणतन्त्र नेपाल घोषणापश्चात् एकात्मक ढाँचालाई भत्काएर नयाँ रचनाद्वारा जातीय, क्षेत्रीय अधारमा संघात्मक राज्य प्रणाली अवलम्बन गर्दै आत्मनिर्णय अधिकारको ग्यारेन्टी ती संघहरुलाई हुनुपर्दछ । ती शर्तहरु पूरा भएपछि समानुपातिक निर्वाचन प्रणालीद्वारा नीति निर्माण गर्ने स्थानमा राज्यद्वारा अस्तित्वविहीन बनाइएका सीमान्तकृत जाति, वर्ग, क्षेत्र, लिङ्ग र आदिवासी जनजातिहरुलाई प्रतिनिधित्व गराउनुपर्छ ।
नयाँ नेपाल अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मातहतमा निर्माण हुने जातीय, क्षेत्रीय, भाषिक र सांस्कृतिक स्वायत्त क्षेत्रहरुमध्ये सुदुरपूवको हकमा लिम्बुवान अनिवार्य छ । लिम्बू जातिको आदिम थलो भनेर पहिचान बोकेको, सामन्ती संरचनाअनुसार मेची-कोशीका पहाडी तथा चुरे दक्षिणका केही भागलाई बुझिन्छ । यो भू-भागमा लिम्बुवान स्वायत्त शासन तथा आत्मनिर्णय अधिकारलाई ग्यारेन्टी गरी उपभोग गर्न आज थुप्रै लिम्बूजन्य संघसंस्थाहरु तल्लीन छन् । यसलाई जनजागरणको हिसाबले अत्यन्तै स्वागतयोग्य मान्नुपर्छ । तर, कतिपय अवस्थामा ती संस्थाहरु दम्भ, अहंकार र संकर्ीण्ाताजस्ता अन्धजातिवादको शिकार हुँदै आउने क्रम पनि उत्तिकै जारी छ । विचारको हिसाबले जहाँसुकै भए पनि लिम्बुवान स्वायत्त शासन र आत्मनिर्णय अधिकार प्राप्ति जस्ता आन्तरिक राष्ट्रवादको नारामा अधिकतम रुपमा इमान्दार सोझा सीधा लिम्बू नेता तथा कार्यकर्ताहरु भ्रममा परेका छन् । त्यही नाराको रक्षा कवचमा विगतमा लिम्बूको उच्चारण गर्न नचाहने. सामन्ती दरबारियाहरुका मतियारहरुको रुपमा भूमिका खेल्ने लिम्बू जातिका कलङ्कका अनुहारहरु पनि देखापरिरहेका छन् । ती नेतृत्व तहमा र कार्यकर्ता दुवै तहमा देखिन्छन् । त्यसैले लिम्बुवान स्वायत्तता प्राप्तिको विशेष अर्को शर्तको रुपमा इमान्दार लिम्बूहरु र पाखण्ड लिम्बूहरुलाई छुट्याउनु वा ध्रुवीकरण गर्नु आजको आवश्यकता हो ।
लिम्बुवान स्वायत्त शासनका लागि नेतृत्वको सवाल उठ्दा 'मरेको बाघको जुँगा उखेलेर जिउँदो बाघको जुँगा उखेलेको फुर्ति लाउने' प्रवृत्ति हावी भएको छ । लिम्बुवानमा आएको जनजागरणले सदियौँ वर्षेखिको उत्पीडनबाट लिम्बुवान मुक्त हुने स्थितिमा छ । यसको लागि दूरदर्शी नेतृत्वको आवश्यकता पर्छ नै । अहिलेसम्म यो भूमिले थुप्रै नेता जन्मायो र पायो पनि तर नेतृत्व गर्ने तथा वास्तविक राजनीतिज्ञ भेटेको छैन । नेतृत्वको निर्माण विषयमा छलफल गर्दा दुइवटा कुरामा स्पष्ट हुनपर्दछ । पहिलोमा नेतृत्वदायी भूमिका खेल्ने क्रान्तिकारी विचारले लैश भएको संगठन र दोस्रोमा संगठनलाई निरन्तर अगुवाइ गर्न र्सवहारा वर्गीय दृष्टिकोण भएको नेतृत्व वा राजनीतिज्ञले मात्रै अबको लिम्बुवानलाई मुक्त गरेर अगाडि बढाउन सक्छ ।
लिम्बुवान मुक्तिको आन्दोलन पहिलेदेखि नै चले तापनि विचारको अभावका कारण लर्खरिइहेको थियो । ०५२ सालपछि जातीय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनको समायोजनविना कुनै मुक्ति पनि सम्भव हुन सक्दैन भन्ने ठहरका साथ लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा गठन भई लिम्बू जाति र लिम्बुवानवासी उत्पीडित जनताले दश वर्षो भीषण संघर्षमा भाग लिए । निश्चय पनि त्यो संर्घष्ाले लिम्बुवान भूमिका प्रत्येक कुनाकुनाका सामाजिक जीवनका परिधिहरु व्यापक बनाएको छ । नयाँ आधारमा नयाँ चेतनाको विकास गरेको छ । त्यसैले अबको लिम्बुवानमा संघर्षले पैदा गरेको नयाँ चेतनालाई थेग्न सक्ने वैज्ञानिक विचार भएको संस्था र अनुभवी, चतुर र परिपक्व नेतृत्व तथा राजनीतिज्ञहरुको खोजी हुनुलाई स्वभाविक मान्नुपर्दछ । विश्व घटनाले सिकाएको पाठ भनेको 'जसले निर्ण्ाायक व्रि्रोहमा सक्रिय भूमिका निर्वाह गर्दछ, शक्ति सन्तुलन तथा सहमतिका स्थितिमा पनि तिनै संगठनले नेतृत्व गरेको हुन्छ ।' तर, नेपालको हकमा हाम्रंो मोर्चा नै लिम्बुवान प्राप्तिको निर्विकल्प नेतृत्नदायी संगठन हो भन्न अनुपयुक्त होला । कसैले 'नेतृत्व गर' भनेको भरमा र 'म नै यसको नेता हुँ' भनेर दावी गरेको आधारमा हुन्छ नै भन्नुभन्दा पनि त्यसको निम्ति ठोस समीक्षासहितको निर्ण्र्ााइतिहासले गर्ने कुरा हो किनभने कसैले महान् तथा उत्तराधिकारी घोषणा गरेको भरमा र कसैले दावी गरेको भरमा नेतृत्व दिन नसक्ने स्वतःसिद्ध छ । संसारमा थुप्रै विचारकहरुले आफ्नो उत्तराधिकारी घोषणा गर्दा तीन चित खाएका राजनीतिक घटनाहरु पनि हाम्रो सामु छन् ।
नेतृत्वको जन्म त्यसरी मात्र हुने गर्छ, जुनसुकै अवस्थामा भएको कठोरभन्दा कठोर भीषण प्रक्रियाहरु पार गरेको जनताको इतिहास जोसँग छ, उही इतिहासले प्रदान गरेका उपलब्धिहरुको जगमा टेकेर भविष्यमा भैपरिआउने जस्तोसुकै महाविपत्तिहरुलाई सहज ढङ्गले पचाउन सक्ने विचार, नीति र वैज्ञानिक योजना निर्माण गरेर जनसमुदाबाट अनुमोदित क्रियाकलाप जुन संगठनले गरेको हुन्छ र जुन नेताले त्यसको अगुवाइ गर्दछन्, त्यही प्रक्रियामा श्रृङ्खलाबद्ध उत्तराधिकारी निर्माण भई रहेका हुन्छन् । यसको आत्मसात् लिम्बुवानवासी जनताले गरिसकेका छन् । त्यसैले आफ्नो नेतृत्व तिनै जनताले निक्र्यौल गर्नेछन् ।
नेतृत्वको सवालमा पात्रहरुले खेल्ने भूमिका भनेको -जो हामी पनि छौँ), लिम्बुवान स्वायत्तताको नेतृत्व निर्माणमा सबैभन्दा पहिले जातीय विलोप हुने समाज विकासको क्रमलाई गम्भीरताका साथ ग्रहण गर्नुपर्दछ । तत्पश्चात् जातीय निर्माणको आवश्यकता, औचित्य र सान्दर्भिकताबारे राजनैतिक, वैचारिक, आर्थिक र सामाजिक कोणबाट स्पष्ट हुन पनि जरुरी छ । यी दुइ कुरामा स्पष्ट भइसकेपछि लिम्बू जाति र लिम्बुवानको लागि त्याग र्समर्पण र बलिदानी भावका साथ कुन संस्था वा कसले कति योगदान गर्दै आएका छन् भन्ने प्रारम्भिक समीक्षाको उचित वातावरण सृजना गर्नुपर्दछ । लिम्बुवान स्वायत्तताको निम्ति वैचारिक दृष्टिले जहाँ रहेको भए पनि कसैले बीसौँ वर्ष कसैले दशौँ वर्षर कसैले एक दिनदेखि महिना वा वर्षम्म योगदान गरेका छन् । ती सबैका योगदानको केन्द्रीकरण गर्दा नै वास्तविक नेतृत्व भेट्न सकिने हुँदा लिम्बू जाति र लिम्बुवानवासीले यो कार्य गर्न किन हिच्किचाउने - यो तरिका अपनाउँदा व्यक्तिगत रुपमा कसैको चित्त प्रसन्न नहोला । कसैको अहंकारमा चोट लाग्ला तर वास्तवमा लिम्बुवान स्वायत्तता र आत्मनिर्णय ग्यारेन्टी हुन्छ भने व्यक्तिगत रुपमा पीडा भएर केही फरक पर्दैन । विना विचार, विना इतिहास र विना लगानी नेता हुन खोज्ने र शासक बन्न खोज्ने अन्धजातिवादीहरु माटोमा मिल्नेछन् भनेर समवेदना प्रकट गर्न जरुर छैन । यसरी निर्माण गरिएको नेतृत्वले मात्र नयाँ नेपालको मातहतमा रहने लिम्बुवान स्वायत्तताको निर्माण र नेतृत्व गर्न सक्छ । यो विधि नै नयाँ नेपाल बनाउने सारतत्व हो ।
No comments:
Post a Comment