Dec 23, 2007

सबैको साझा लाहुरेको धनकुटालाई कोसेली

राजेश राई,
धनकुटामा मात्र सय भन्दा बढी ब्रिटीस लाहुरेहरु छन्। ती लाहुरेहरुले प्रत्येक पल्ट घर आउदा आफ्नो परिवार,नातागोतालागि केही न केही कोशेली लिएर आउछन्।

दाया वि.एफ.वि.एस.रेडियो सन्चालक मेजर किशोर गुरुङ्ग र वाया साहित्यकार इश्वर वल्लभका साथ निबन्धकार विश्वासदीप तिगेला
गाउँमा लाहुरे आएपछि गाउलेहरु पनि केही न केही पाइन्छ भनेर आश गर्छन्। लाहुरेले पनि केही न केही त बाँड्छन्। ती लाहुरेहरु मध्येका फरक कोसेली लिएर आउने लाहुरे हुन्। धनकुटा हात्तीखर्कका विश्वास दिप तिगेला। उनी हरेक पल्ट छुट्टीमा आउदा नयाँ चिज लिएर आउछन् र उनीबाट अन्य लाहुरे भन्दा फरक आशा गर्छन्। उनले सृजनशील र बौद्धिक कोसेली लिएर आउछन्। सबै उनको कोसेलीबाट दंग पर्छन् र भन्छन् लाहुरे त यस्तो पो। उनले पहिलो छुट्टीमा आउदा

निबन्धकार विश्वासदीप तिगेलाका दुइ कृतिहरु गृह युध्दको पीडा र परदेशीका कोशेली कविताहरु
पहिलो कोसेली ‘परदेशीका कोशेली कविताहरु’ नामक कविता संग्रह छोडेर गए। त्यसपछि एक वर्षछि आउदा ‘अभियान’ नामक महत्वपूर्ण राजनैतिक शब्दावलिको संगालो पुस्तक छोडे। त्यसपछि चार बर्षमा आउदा बेलायतबाट शान्ति सेना भएर शसस्त्र युद्ध चलिरहेको विभिन्न मुलुक जाँदाको नियात्रा ‘गृह युद्धको पीडा ‘ नियात्रा संग्रह कोशेली लिएर आए। युद्ध सहित्यमा नयाँ इतिहास त रच्यो नै यसले त्यो भन्दा बढी शसस्त्र युद्ध झेलिरहेका नेपालीहरुको लागि पढ्न योग्य पुस्तक नै भयो। फेरि ६ महिनापछि छुट्टीमा आउँदा नेपाली सहित्यिक वेबसाइट साहित्य डट कम नामक वेबसाइट खोलेर कोसेली बाँडे। यो साइड स्वादेश तथा विदेशमा रहेका नयाँ तथा पुराना

निबन्धकार विश्वासदीप तिगेलाको कृतिहरु गृह युध्दको पीडा विमोचन समारोहमा डा.गोविन्दराज भट्टराइ र अन्य पाहुनाहरु
सर्जकहरुको बीचमा लोकप्रिय बनेको छ। प्रत्येक दिन हजारभन्दा बढीले यो र्साईड हेर्ने गरेको उनी बताउछन्। फेरि तीन महिनापछि नै आउदा सिक्किम बसेर नेपाली सहित्यमा योगदान दिने पद्म सिह सुब्बाको वृत्तचित्र निर्माण गरे। फेरि दुई वर्षपछि आउदा भर्खर मात्र उनले ‘ देश बोक्नुको पीडा ‘ नियात्रा संग्रह काशेली लिएर आए। शसस्त्र गृह युद्ध चलिरहेको बिभिन्न देशहरु र अन्य २४ मुलुक भ्रमण गरेको नियात्रा सग्रह नियात्राको इतिहासमा अर्को इतिहास नै थपिएको छ। त्यो भन्दा बढी त उनले यस चोटी आउदा धनकुटाको लागि त गतिलो कोसेली छोडेर गए। उनको सक्रियता र पहलमा बेलायतमा आर्थिक संकलन गरी “धनकुटा प्रतिभा सम्मान कोष” स्थापना गरेर गए। धनकुटामा जन्मेर वा धनकुटालाई कर्म थलो बनाएर नेपाली सहित्य, कला र संगीत क्षेत्रमा योगदान दिनेहरुलाई हरेक बर्ष पुरस्कार तथा सम्मान गर्नका लागि, यो कोष स्थापना गरेका हुन्। एक दर्जन जति वेबसाइड र ‘प्रवासी
निबन्धकार विश्वासदीप तिगेला गृह युध्दको पीडा विमोचन समारोहमा मन्तव्य प्रकट गर्दै र अन्य पाहुनाहरु चियापानमा
बेदनाका आवाजहरु’ सञ्चालन र सम्पादन गरिरहेका छन्। यसका साथै राम्रा साहित्य लेखेर पनि आर्थिक बध्यताको कारणले प्रकाशन गर्न नसकेका सर्जकहरुको पुस्तक प्रकाशन गरी दिएर सहयोग गर्ने यी लाहुरेलाई धनकुटेलीहरु भन्छन् - यी लाहुरे हामी सबैको साझा लाहुरे हुन् उनी हामी सबैको लागि कमाउंछन्।

No comments: