बि.स. १८३१ ताका चैनपुर -सङखुवासभा) मा गोरखा र लिम्बूहरुको युद्ध भएको बेला - जैकर्ण वनेम्बा फागो राय -देब राय-सिर्देउकाजीको समकालीन जैकर्ण वनेम्बा फागो रायलाइ कुनै कुनै इतिहासमा हर्षमुखि राय र जसमुखि राय पनि लेखिएको छ) ले चैनपुर राज्यको बागडोर सम्हालेका थिए । बिजयपुरको संक्षिप्त इतिहास पेज-९१) उनका सेनापतिहरु साङ्बोत राय, तेसाक्पा राय, काङ्का राय र काङ्सो रायका नेतृत्वमा गोरखा बिरुद्ध अरुण सभा दोभानमा लडाइ लडेका थिए । यो लडाइमा गोरखाली पक्षमा धेरै क्षति भए पछि गोरखा पक्ष रण क्षेत्र छोडी भागेका थिए । त्यस पछि दोश्रो आक्रमण बि.स. १८२५ बैशाख २५ गते रघु रानाले काङ्सो रायलाइ द्धन्द्ध युद्धको चुनौति दिएका थिए । सन १८४० सालमा मिस्टर हड्सनले सङ्रकलन गरेको लिम्बू भाषाको पाण्डु लिपीमा त्यो युद्धको बर्णन यसरी गरिएको छ ।
लिम्बू भाषाको पाण्डुलिपीको नक्कल
रघुरानाग खेलुवार मु ।। याक्थुङबेन् काङ्सोरेग मुक्केगुबा ङीपा लो ।। खेन्हा थकतुम्बाहा थङ पाङ्मासिलो ।। आनि काक् तुरालेग फे, खो, तोङ हिम् हिम्मो चिङमा नेमालो ।। थक्तुम्बाहा च्या चित्ति केदाबेन् चित्ति मेप्मालो ।। याक्थुङबा थक्तुम्बाइन चित्ति ताग याकथुङ्बा हाङ खेने चित्ति केदालो ।। पेने थकतुम्बा चित्ति ताग लो कर्खा हाङ् खेने चित्ति ता मेप्मालो ।। इङदङ मेजोगु ।। काङसोरे नु रघुराना थक्तेसिलो ।। पिहान्दिकनु युन्छो नाम हिसुल्ले याक्थुङबेल्ले चेप्तुदेसुलो ।। खफेल्लेग खुन्छि खो, फे, तिम्मक मेजिक्सुबाहा मेलत्तुआङग चिसुम् मेसुम्दु आङ काङ्सोरे मेफत्तु मेसेरुरो ।। खम्फेल्लेग याक्थुङबाहा पेनेबाहा चेप्ने सेत्नेसि ।। हेप्मो याक्थुङबाहाले काक् मेजेप्तु मेदेसुलो ।। खम्फेल्लेग लाम्धुङधाङ रघुरानाले कुःइ ने ।। लाम्भोसाङःग काङ्सोरे ले कुइ नेलो ।। खम्फाङ याक्थुङ्बाहा खुन्छि हिम् हिम्मो मेबेलो ।।
अनुबाद
रघुराना चनाखो थियो । तर याक्थुङ्बा काङ्सोरे बीर थियो ।। यि दुइ बीर अफिसरहरुले द्धन्द्ध युद्ध गर्नु पर्छ । यिनीहरुले द्धन्द्ध युद्ध गरेका समयमा हतियारहरु घरैमा लुकाएर राख्नु पर्छ । युद्धक्षेत्रमा हतियारहरु ल्याउनु हुदैन । द्धन्द्ध युन्द्धमा जुन अफिसरको जीत हुन्छ । त्यस दिनको लडाइमा पनि उसैको बिजय हुन्छ । द्धन्द्धमा लिम्बूको बिजय भएमा त्यस दिनको लडाइमा पनि लिम्बू राजाको बिजय भयो भनी मानी उत्तै लाग्नु पर्छ । भनी सल्लाह मिलाइ सिपाहीहरु युद्धक्षेत्रको चारैतिर लाम लागि द्धन्द्ध युद्ध हेर्न लागे । बि.स. १८३१ बैशाख २५ गते बिहान देखि काङ्सो राय र रघुरानाले तरवार युद्ध गर्न सुरु गरे । अपरान्हतिर काङ्सोरेले -नाहाङ्मा शक्ति चढी) रघुरानालाई काटी मारे । त्यस पछि लुकाइ राखेका हतियार झट्टै झीकेर काङ्सो राय माथि जाइ लागी उसलाइ पनि गोरखा फौज ले काटी मारे । यसप्रकारले धोका दिएको देखि लिम्बू सिपाहीहरुले पनि आ-आफ्नो हतियार निकाली ती गोर्खाली सिपाहीहरुलाइ घेरा हाली सबैलाइ मारे । त्यस पछि ती लिम्बूहरुले ती दुइ बीर योद्धाहरुको लास उठाइ रघुरानाको लासलाइ युद्धक्षेत्रको माथिल्लो छेउमा र काङ्सोरेको लासलाइ युद्धक्षेत्रको तल्लो छेउमा दबाइ तिनीहरुको चिहानमाथि चौतारो उठादिए ।
यसरी गोरखा फौजको धोका र कुटनितिमा एउटा बीर लिम्बूवानको योद्धाले ज्यान गुमाएका थिए । उनलाइ फागो वनेम बंशावलीमा "ताबु तागा" भनीन्छ । उनले बडेमाको ज्यानमा ठूलो फेटा बाँध्ने गर्दथे । बंशावली अनुसार काङ्सो राय -ताबुतागा) जैकर्ण्र्ाानेम्बा फागोका काकाका जेठा छोरा थिए । भनाइ छ काङ्सो रायको रगत पोखिएको माटोमा अहिले संम्म कुनै बोट बिरुवा उम्रिएको छैना । फागो बंशि लिम्बूहरुको अप्रकाशित बंशावली अनुसार पुर्खाको नामहरुमा हाङ्युम्बा, साधवा राय, हाङ्सु राय, सिर्देउ काजी -श्री देब राय) काङ्सो राय, र जैकर्ण वनेम्बा फागो राय -जयर्कण राय) आदि पुर्खाहरुको नामहरु उल्लेखनिय छन् ।यि त भए काङ्सो राय सम्बन्धि, ऐतिहासिक टिप्पोट,इतिहास, बंशावलि र पुर्खाहरु बाट प्राप्त जानकारीहरु । तर काङ्सोरे बारे बिभिन्न पत्र पत्रिकाहरुमा भ्रमका खेति फस्टाइ रहेको छ । काङ्सो राय चाहे लिम्बू, राइ वा याक्खा हुन उहाँले गोरखा बिरुद्ध साहसी युद्ध लड्दा कपटपूर्ण तरिकाले गोरखा सिपाही द्धारा उहाँको ज्यान लिइएको थियो । उहाँको बीरता, साहस र लिम्बूवान प्रतिको समपर्णताको सम्मान गदै लिम्बूवानको सारा लिम्बूवान बासिले कदर गर्नु पर्नेमा इतिहासको सबुत प्रमाणहरुको सामुन्ने लिम्बू भएर जन्मेको बहादुर काङ्सोरेलाई याक्खा बनाई इतिहासको गला घटनु कति युक्ति संगत इतिहास लेखन हो इतिहासकार, बिद्धान र खोज अनुसंन्धान कर्ताहरु बाट उहाँ बारे अझ शोधमुलक सत्य तत्थ्यहरु पाठक सामु उजगार हुने नै छ ।
तत्कालीन गोरखा सैनिकहरु अरुन तरी लिम्बूवानमा आक्रमण गर्न आउदा चैनपुर राज्यको आपुङगी हाङ् कुनै याक्खा बंश नभइ जैकर्ण वनेम्बा फागो राय थिए । उनका सेनापतिहरु साङ्बोत राय, तेसाक्पाराय, काङ्का राय र काङ्सो राय मुख्य थिए । प्रमुख सेनापतिका यि नामहरु याक्खा शब्द नभइ याक्थुङबा -लिम्बू) शब्दहरु हुन । पृथ्बीनारायण शाहको बिजय यात्रा खम्बुवानमा आएर सात बर्षथामिएको थियो भनीन्छ । खम्बुवान अम्बल भए पछि लिम्बूवानमा आक्रमण हुन्छ भन्ने सुनिश्चित भए पछि जैकर्ण वनेम्बा फागो रायले गोरखा संग लड्न आफ्नो बिश्वास पात्रहरुलाइ नै सेनापति छानेर गोरखालीहरुको डिभाइड एण्ड रुल र साम, दाम, दण्ड, भेदको कुटनिति प्रति होसियार हुदै आफ्नो सैन्य शक्तिको संङगठन गरेका थिए भन्नु पर्ने हुन्छ । सन १८४० साल मा मिस्टर हड्सन द्धारा संङ्कलित युद्धको बर्णनद्धारा अझ स्पष्ट हुन्छ । ऐतिहासिक टिप्पोटमा परेका याक्थुङबेन -लिम्बूचाँहि) याक्थुङबा थक्तुम्बाइन -लिम्बू सेनापति) याक्थुङबेल्ले -लिम्बूले) भन्ने शब्दहरु पर्नुले त्यो युद्ध याक्खा र गोरखाको नभइ गोरखा र लिम्बूहरु माझ युद्ध भएको थियो । यदि काङ्सोरे याक्खा भएको भए उक्त ऐतिहासिक टिप्पोटमा याक्खाबेन -याक्खा चाँहि) याक्खाबा थक्तुम्बाइन -याक्खा सेनापति) याक्खाबेल्ले -याक्खाले) भन्ने शब्दहरु प्रयोग गरिनु पर्दथ्यो । घटनाको बिबरण २२० बर्षपछि भन्दा घटना घटेको १० बर्षपछि सत्य र बिश्वासिलो हुन्छ । -अग्रेज इतिहासकार हडसनले बि.स १८४० सालमा उtm पाण्डुलिपी सङ्कलन गरेका थिए) । त्यहि सभा दोभानमा काङ्सोरेलाई नाहाङ्मा शक्ति -लिम्बूवान - पेज-३५- अर्जुनबाबु माबोहाङ) चढी रघुराना माथि बिजय गरेको इतिहास पनि लेखिएको छ । नाहाङ्मा -पूर्खौली शक्ति) पूजा लिम्बूहरुको घरमुली लोग्ने मान्छेले गनै पर्ने शक्ति पूजा हो ।
चैनपुरमा याक्खा जाति लडाइमा मारिइ गाडेको चिहान -चिहानपुर हुदै चैनपुर भएको हो भनेर लेखिएको छ । -श्री मदन प्रकाश लिंखा याक्खा- समाचारपत्र ब्लास्ट बर्ष६ अंक १०३ र १०४) तर मध्यकालिन पौराणिक पुस्तक स्वास्थानी ब्रत कथा अनुसार चैनपुरलाइ चन्द्रपुर वा चन्द्रनगर भनी उल्लेख गरिएको छ । जहाँ सति देबीको दाँया आँखा पतन भएको थियो । ऐतिहासिक दस्ताबेज र इतिहासहरुमा खम्बुवान र लिम्बूवान क्षेत्रको अस्तित्व देखिएको थियो । तर याक्खावान बारे अनुसंन्धानकै बिषय बनेको छ । लिम्बूवानमा स्या वा लाल मोहरहरुमा "आगे अरुन पूर्ब मेची पश्चिम चैनपुरका पुरानाभर अम्बल लिम्बूवान, पाँच खपन, दशमझीया, याक्खा लोहरुङ, आठपहरिया सोर खात सानाफ, गोबा भोटे गैहृ प्रति" भनेर स्थानीयहरुलाइ संम्बोधन गर्ने चलन थियो । प्राचीन नेपाल संख्या ११३) उक्त माथिको लालमोहर अनुसार स्पष्ट हुन्छ कि चैनपुर -लुङबाङगढ) याक्खावान नामले चिनिएको थिएन र राज्य संञ्चालनमा याक्खाहरुको प्रमुख भूमिका कस्तो थियो भन्ने प्रस्ट हुन्छ ।
दुइ संस्कार बिज्ञ, नौ येबा र पाँच फेदाङ्मा -पुरोहित) संग प्रतक्ष कुराकानी साथै लिम्बू जाति संम्बन्धि लेखिएका १ सय २५ पुस्तक अध्यन गरि सृष्टिकाल देखि बर्तमानकाल संम्म लिम्बूवानमा के कस्ता उथलपुथल र घटित घटनाहरु भ्ाए भनेर लिम्बूवानको नालीबेलि प्रस्तुत गरिएको "लिम्बूवान" पुस्तकका लेखक इतिहासकार श्री अर्जुन माबुहाङ्ले पनि गोरखा बिरुद्ध लड्ने साङ्बोत राय, तेसाक्पा राय, काङ्का राय र काङ्सो राय बर्तमान चैनपुर मैदानेका फागो वनेम लिम्बूहरुका पूर्रखाहरु हुन सक्ने सम्भाब्यतालाई स्वीकार गर्नु भएको छ । बि.स. १८३१ साउन २२ मा गोरखा र लिम्बूको मेलमिलाप सन्धि भएको १० बर्षपछि लिम्बूवानको थुम थुमका सुभा -सुब्बा) रायहरुलाई श्री ५ रणबहादुर शाहले गरिदिएको निम्न चिठ्ठी मोहरले पनि चैनपुरमा श्री जैकर्ण वनेम्बा फागो प्रमुख सुभा थिए ।
चिठ्ठी मोहर
स्वस्ति श्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि बिबिध बिरुदावली बिराजमान मान्नोनत श्रीमन् महाराजधिराज रणबहादुर शाह देबानाम् सदा समर बिजयीनम् स्वस्ति श्री देबराय, श्री फागो राय, श्री आतहाङ फेदाप पङयाङ राय, श्री शुभवन्त लिबाङ राय, श्री शामो चेमजोंग राय, श्री जैकर्ण वनेम्बा फागो राय के आशिष । पूर्बका पत्रम् इदम् । इहाँ कुशल ताहाँ कुहल चाहिए । पत्र आयो । अर्थ बिदित भयो । आगे यहाँको समाचार भलो छ । उप्रान्त सुखिमतिरको हकिगत, सुब्बाहरुको हकिगत, राजदल रायको खबर बिस्तार बिन्ती गरी पठाएछौ । मालुम भयो । तिमीहरुले तेतातिर मानिस पठाइ बोलन्या चाहन्या जस जससंग जति जति कुरा गर्न्या हो गरी राख दरबारमा ब्रतबन्धको काम छ यति काज सक्य पछि तेतातिरको काम गर्नुछ । बाँकि सुखिमतिरबाट कटक गर्छ भन्या लेख्या छौ । मुख्ये कटक गर्न सकेन । कदाचित आइजाला तापनि सुब्बाहरु छेउ भनी सुनी खर खजाना तयार गरी राख । आइ गया कत्तल गरौला । परन्तु गौडा पनि जहाँ जहाँ बिगर्याको छ । मानिस झारा गरी चाँडो बनाव । बाँकि गजदल राय पनि षा नषा आउछ भनी निश्चित बुझी बिन्ती गरी पठाए पिछाको मोहर बक्सी पठाउँला । परन्तु तिमीहरुको दुख दर्दको कुरो तिमीहरुका भाई छोराहरु जहाँ छन समपक्षे बनाइ बक्सौला । खातीर जम्मा सित काम कुरो बनाइ घरी घरी तेतातिरको खबर पठाउन्या गर । इति संम्बत १८४१ साल माघ वदी मोकाम कान्तिपुर शुभम । -किरातकालीन बिजयपुरको संक्षिप्त इतिहास-११४, ११५)
उक्त माथिको चिठ्ठी मोहर अनुसार जैकर्ण वनेम्बा फागो बि.स १८३० साल देखि बि.स. १८४१ साल संम्म चैनपुर थुमका मुख्य सुभा देखिन्छन् । गोरखाका सैन्य शक्तिले जात जाति र धर्मकै आधारमा फुटाउ र राज गर को निति अपनाएको कुरा बुझेर सम्भवतः सेनाका प्रमुख रायहरु जैकर्ण वनेम्बा फागोले क कस्लाइ राखेका थिए अनुमान गर्न सकिने कुरो हो । काङ्सो राय फलाना जात वा थर भनेर जिकिर नगरी इतिहासका यि दस्ताबेजहरुलाइ पनि मनन गनै पर्ने हुन्छ । सेनकाल वा सेनकाल अघि राय पद लिम्बूले लिएको हो कि याक्खाले लिएको हो - सेनकाल र शाहकालमा याक्खाहरुले राय पद लिएको लिखित इतिहास छ कि छैना । शाहकालमा मझीया, जिमी भन्ने सम्मानार्थ द्धारा याक्खाहरुलाइ चिनिएको थियो । बिजयपुरको सेन राज्यकालमा याक्खा बंशले देवानी पद पाएका थिए । तर देवानहरु याक्खा होइनन् भन्ने उहाँहरुको बिबाद्ध साम्य नभएकोले देवानहरु याक्खा हुन वा होइनन् उहाँहरुले फैसला गर्ने बिषय हो ।
यहाँ काङ्सो राय याक्खा थिए कि लिम्बू -वनेम्बा फागो) थिए भन्ने बिषयमा बहस भई रहेको छ । बि.स. १८३१ बैशाख २५ गते काङ्सो राय मात्र होइन तेसाक्पा राय, साङ्बोत राय र काङका राय हरु पनि गोरखाली फौजको बिरुद्ध लडेका थिए । तर रघु राना संग लड्ने काङ्सो राय मात्र किन याक्खा भए - सिलौटी टाइम्स, बर्ष२ अंक १, २०६३, पेज १७, राजन मुकारुङ-किराती जातीय मुक्तिको सवाल र गणतन्त्रवादी मोर्चाको आवश्कता) तत्कालीन सभा दोभानको युद्ध बर्णनमा प्रयोग भएको याक्थुङ्बेन -लिम्बूले) याक्थुङबा थक्तुम्बाइन -लिम्बू सेनापति) याक्थुङबेल्ले चेप्तुदेसुल्लो -लिम्बूले काटि मार्यो) यि माथिका याक्थुङबा, याक्थुङबेन, याक्थुङबेल्ले भन्नाले के याक्खा बुझीन्छ - यदि याक्थुङबा र याक्खामा भेद छ भने यि माथिका तत्थ्यले काङ्सो राय याक्खा थिएनन् । हचुवाको भरमा नश्ल सुधारको लागि पेटेण्ड लिने इतिहासकारहरुले काङ्सो रायलाई याक्खा बनाउन प्रयास गदै छन् । तर बंशावली र इतिहासले स्वीकार गरेको तत्थ्यलाइ कसैले काङ्सो राय याक्खा वा अन्य जात थर बनाउदैमा बन्ने वला छैना । काङ्सो राय याङथुङबा -लिम्बू) थिए । इतिहास र बंशावली अनुसार तत्कालीन चैनपुरका मुख्य सुभा जैकर्ण वनेम्बा फागो बंश थिए ।
सन्दर्भ सूचीः-
इमान सिं चेमजोङ - बिजयपुरको संक्षिप्त इतिहास ।
अर्जुन माबुहाङ -लिम्बूवान ।
अप्रकाशित फागो वनेम बंशावली
इमान सिं चेमजोङ - बिजयपुरको संक्षिप्त इतिहास ।
अर्जुन माबुहाङ -लिम्बूवान ।
अप्रकाशित फागो वनेम बंशावली
No comments:
Post a Comment