मुक्सामहाङ मेन्याङ्बो -मुकेश
समाजका सबै खाले शोषण र उत्पीडनविरुद्ध लड्ने पार्टी कम्युनिष्ट पार्टीहरु । समाजमा सबैभन्दा उत्पीडितवर्ग, र्सवहारावर्ग जसको आफ्नो भन्नु केही पनि छैन; जसलाई कम्युनिष्ट क्रान्तिकारी वर्ग र क्रान्तिको अन्तिम मोर्चासम्म सहभागी बन्ने शक्तिको रुपमा मान्दछ जसले क्रान्तिलाई निरन्तर नेतृत्वसमेत प्रदान गर्दछ । र्सवहारावर्गले क्रान्तिलाई निरन्तर नेतृत्व गर्ने सामर्थ्य किन राख्दछ - कम्युनिष्ट समाजका सबै प्रकारका अन्याय, अत्याचारविरुद्ध किन संघर्ष गर्दछ - एउटा सच्चा र्सवहारावर्गको कम्युनिष्ट उत्पीडित जाति वा राष्ट्रियताको मुक्ति आन्दोलनलाई सहयोग र र्समर्थनमात्र होइन ऊ स्वयं जातीय स्वाधीनताको निम्ति सचेत पहल किन गर्दछ - एउटा क्रान्तिकारी कम्युनिष्ट हुँदाहुँदै जातीय मोर्चाहरुको किन आवश्यकता पर्दछ - यी यक्ष प्रश्नहरुको सही र वैज्ञानिक जवाफविना आज हामी न त कम्युनिष्ट अर्थ र महत्त्वलाई बुझ्दछौँ न त कम्युनिष्ट नेतृत्वमा जातीय मोर्चाहरुको महत्त्व र भूमिकालाई ठीक तरिकाले मूल्यांकन नै गर्न सक्दछौँ । सर्वहाराको आफ्नो भन्नु कोही पनि हुँदैन, त्यसैले उसको निम्ति न गुमाउनु छ, न त कुनै पाउनु नै छ । आफ्नो वर्गीय धरातलकै कारण निःस्वार्थ र अन्त राष्ट्रिय वर्गका रुपमा सर्वहारावर्ग स्थापित हुन पुग्दछ । र्सवहाराको चरित्र निःस्वार्थ र अन्तराष्ट्रिय हुने भएकोले मानव समाजका सबै प्रकारका अन्याय र अत्याचारमा पिल्सिएका जनसमुदायसँग मैत्री सम्बन्ध कायम गर्नु र उत्पीडित जनसमुदायको हितमा निरन्तर संघर्ष गर्नु र्सवहारा वर्गको आफ्नो मौलिक एवं क्रान्तिकारी चरित्र हुने गर्दछ । अर्कातिर समाजमा अन्य उत्पीडित वर्ग, समुदायभन्दा उत्पीडित, अपहेलित वर्ग र्सवहारावर्ग मात्र भएकोले र्सवहारावर्गले क्रान्तिलाई निरन्तर नेतृत्व गर्न सक्ने सामर्थ्य राख्दछ । समाजका सबै खाले शोषण उत्पीडनको अन्त्य गर्नु कम्युनिष्ट पार्टी आधारभूत लक्ष्य हो । जबसम समाजमा वर्ग रहन्छ, तबसम्म राज्यसत्ता रहन्छ । जबसम्म समाजमा राज्यसत्ता रहन्छ, तबसम्म शोषण, उत्पीडन रहिरहन्छ । बरु भिन्नता यतिमात्र हुन्छ कि समाज विकासको प्रक्रियासँग राज्यसत्ताका व्यवस्थाहरु फेरिन्छन्, शोषणका तरिकाहरु बदलिन्छन् । कम्युनिष्ट पार्टी राज्यसत्ताको व्यवस्था र शोषणका तरिकाहरु होइन, शोषण गर्ने वर्ग र राज्यसत्ताको अन्त्य गर्न चाहन्छ । त्यसैले सबै खाले अन्याय र अत्याचारबाट मानव समुदायलाई मुक्त गर्न र वर्गविहीन समाजको निर्माण गर्न कम्युनिष्ट पार्टी सबै प्रकारको दमन, उत्पीडनको विरद्ध संघर्ष गर्दछ । अतः शासक जाति वा ठूलो राष्ट्रबाट उत्पीडित जाति वा राष्ट्रको पक्षमा कम्युनिष्ट पार्टी प्रारम्भिक कालदेखि नै संघर्ष गर्दै आएको छ किनकि जातीय वा राष्ट्रिय उत्पीडन पनि वर्गीय उत्पीडनको विशिष्ट रुप हो । वर्गीय उत्पीडनसँगै उत्पीडनको प्रादुर्भाव भएको छ र वर्गीय उत्पीडनको अन्त्यका साथै जातीय उत्पीडनको पनि अन्त्य हुनेछ, तर जाति कुनै वर्ग होइन बरु सामाजिक एकताको विशिष्ट रुप हो । समाज विकास प्रक्रियासँगै सामाजिक एकताका रुपहरु खासगरी उत्पादन सम्बन्धका आधारमा प्रारम्भिक कालमा परिवार, गोत्र, पछिल्लो चरणमा गण तथा कविला हुँदै पुँजीवादी युगमा जाति वा राष्ट्रमा विकसित भयो । यही प्रक्रियामा ठूलो जाति वा शक्तिशाली राष्ट्रले सानो जाति वा कमजोर राष्ट्रमाथि चरम उत्पीडन गर्न थाले । बेलायती साम्राज्यवादी उत्पीडनविरुद्ध आयरल्याण्डको स्वाधीनताको आन्दोलनको पक्षमा कम्युनिष्ट पार्टी संस्थापक एवं मार्क्सवादका प्रवर्तक मार्क्स र एंगेल्सले र्समर्थन गर्नुभएको थियो । जारशाहीको उत्पीडनबाट मुक्त गर्न सोभियत कम्युनिष्ट पार्टी रुसका उत्पीडित जातिहरुका लागि आत्मनिर्णयको अधिकारसहित स्वायत्त गणराज्यहरु निर्माण गरिदिएको थियो । शासक हान जातिको उत्पीडनमा पिल्सिएका बहुसंख्यक चीनिया जनजातिहरुका लागि चीनिया कम्युनिष्ट पार्टी स्वशासित प्रदेशहरुको व्यवस्था गरेको थियो । कम्युनिष्ट पार्टी पहल र नेतृत्वमा स्थापित उपरोक्त स्वायत्त गणराज्य वा स्वशासित प्रदेशहरुको उद्देश्य के थियो भने जातिहरुको खोसिएको राज्य वा राजनीतिक अधिकार प्रदान गर्नु, उत्पीडित जाति, जनजातिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र भाषाको तीब्र गतिमा विकास गराउनु र शासक जाति र शासित जाति, ठूलो जाति र सानो जाति, विकसित र अविकसित जाति वा साधन स्रोत सम्पन्न जाति र साधन स्रोत विपन्न जातिबीचको अन्तरविरोध हल गर्नु, असमान जातिहरुबीचमा समानताको स्थिति सृजना गर्नु र जातीय विभेदको अन्त्य गर्नु थियो । आज नेपाली क्रान्तिको विकास प्रक्रियासँगै सच्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा नेकपा माओवादी स्थापित भएको छ । सर्वहारा वर्गको अग्रदस्ता कम्युनिष्ट पार्टी हुँदाहुँदै पनि र्सवहारा वर्गको अग्रदस्ता कम्युनिष्ट पार्टी समेत उत्पीडित आदिवासी जनजाति र जातिहरुको अविश्वास र आशंका व्याप्त छ । तेस्रो कुरा, उत्पीडित आदिवासी जनजाति र जातिहरुलाई विशेष ढंगले राजनीतिक र वैचारिक रुपमा प्रशिक्षित र संगठित गर्न सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा विशेष प्रकारको जातीय संगठनको आवश्यकता पर्दछ । साथै यस प्रकारको संगठन उत्पीडित जातिहरुको खोसिएको राज्यसत्ता फिर्ता गर्ने, राजनीतिक अधिकार प्रदान गर्ने, उत्पीडित आदिवासी जनजातिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र भाषिक उत्पीडनको अन्त्य गरी विशेष प्राथमिकताका साथ आर्थिक, सामाजिक, सांस्कृतिक र भाषिक विकास गर्ने उद्देश्यमा आधारित हुनेछ, तर यहाँ जातीय मोर्चा र क्षेत्रीय मोर्चाबीचको भिन्नताबारे स्पष्ट हुनु जरुरी छ । जातीय मोर्चा र क्षेत्रीय मोर्चा नाममात्रका भिन्नता होइनन्; बरु सारतत्वका हिसाबले नै फरक छन् । जातीय उत्पीडनका कारण जातीय असमानताको जन्म हुनुपुग्यो । क्षेत्रीय उत्पीडनका कारण क्षेत्रीय असमानताको जन्म हुन पुग्यो । के जातीय उत्पीडन र क्षेत्रीय उत्पीडन एउटै हो - किमार्थ पनि हुन सक्दैन । पूर्वका लिम्बूहरु जातीय उत्पीडनमा परेका छन् । उनीहरुको राज्यसत्ता खोसिएको छ । लिम्बू जातिको राष्ट्रिय पहिचान -भूगोल, संस्कृति, धर्म, भाषा-लिपि) माथि जबर्जस्ती खस-आर्य शासक जातिले आफ्नो -राष्ट्रियता) हिन्दू धर्म, हिन्दू संस्कृति र संस्कृत भाषा लादिरहेका छन्, तर पश्चिमका मुख्य गरी सेती, महाकाली र भेरी-कर्णालीका जनता केन्द्रीय राज्यसत्ताबाट पाउनुपर्ने सुविधाबाट वञ्चित छन् । केन्द्रीय राज्यसत्ताले सबै क्षेत्रमा समान ढंगले राज्यको स्रोत र साधनलाई वितरण गर्नुको सट्टा कुनै क्षेत्रलाई प्राथमिकता दिने र कुनै क्षेत्रलाई बेवास्ता गर्ने क्रममा क्षेत्रीय उत्पीडन हुन पुगेको हो । आज पूर्व खासगरी काठमाडौंका जनताले जुन अनुपातमा राज्यबाट सुविधा पाएका छन्, त्यसको तुलनामा नगण्य रुपमा भेरी-कर्णाली र सेती-महाकालीका जनताले पाएका छन् । जस्तै यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा आदिजस्ता जनजीविकासँग सम्बन्धित सवालहरुमा भेरी-कर्णाली र सेती महाकालीका जनता असाध्यै उत्पीडनमा परेका छन् । त्यसैले जातीय मोर्चाको सम्बन्ध एक निश्चित जातिको -राष्ट्रिय) पहिचान र राजनीतिक स्वतन्त्रतासँग जोडिएको हुन्छ । क्षेत्रीय मोर्चाको सम्बन्ध निश्चित क्षेत्रका जनसमुदायको जनजीविकासँग जोडिएको हुन्छ ।हामी क्रान्तिकारीहरु विज्ञानप्रति इमान्दार बन्नैपर्दछ । आज जातीय मोर्चा र क्षेत्रीय मोर्चा दुवैलाई एउटै मोर्चाका रुपमा व्याख्या गर्न मिल्ने सारसंग्रहवादी हिजडा संगठन पनि जन्मन थालेका छन् । संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतका संगठनहरु यस कोटीमा पर्दछन् । उत्पीडित जातिको घरआँगनमा पुग्दा उत्पीडित जातिको मुक्तिको संगठनको रुपमा व्याख्या गर्न मिल्ने संगठनले 'घर न घाट' भनेझै न त त्यसले उत्पीडित जातिको मुक्तिको निम्ति लड्न सक्दछ, न त त्यसले अन्य उत्पीडित जनताका निम्ति नै लड्न सक्दछ । हामीले के कुरा बुझ्नुपर्दछ भने उपरोक्त सारसंग्रहवादी संगठन केवल सारसंग्रहवादी मात्र नभएर अवसरवादी विचार दृष्टिकोणको व्यावहारिक अभिव्यक्ति पनि हो । अर्कातिर कम्युनिष्ट पार्टीको तुलनामा जातीय मोर्चालाई बुझ्ने महत्वकांक्षी एवं अतिभूतवादी दृष्टिकोण र जातीय मोर्चाको आवश्यकता र महत्त्वलाई अवमूल्यन गर्ने संकिर्ण जडसूत्रवादी दृष्टिकोण पनि आन्दोलनमा हावी बन्दै गइरहेको छ । उपरोक्त सोच र दृष्टिकोणको विरुद्ध निर्णायक संघर्ष गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी जातीय मोर्चालाई स्थापित गरेरमात्र जातीय मुक्ति आन्दोलन सार्थक बन्नेछ ।
No comments:
Post a Comment