जनकऋषी राई
यामबहादुर लिम्बूले आफ्नो गाडी तोडफोड गर्नेहरुलाई अंगालो मारेर रुदै माफि दिए । यो कुनै कथा वा चलचित्रको दृश्य होइन र यामबहादुर पनि कथित पात्र होइन । धनकुटाको जिल्ला प्रहरी कार्यालय हाताभित्र यामबहादुर रोएर माफि दिएको घटना धनकुटा जिल्लाको एउटा नजिर बन्यो जुन नजिरले धनकुटालाई सधैं लज्जित बनाइरहने छ । श्रावण २८ गते धनकुटा जिल्लाको घण्टे भन्ने स्थानमा यामबहादुरले मोटरसाईकललाई ठक्कर दिएको भन्ने शंकाको आधारमा धनकुटा जिल्ला स्वास्थ्य कार्यालयमा उनको कार तोडफोड गरियो । तोडफोडको नेतृत्व तत्कालिन नेपाली कांग्रेस -प्रजातान्त्रिक) का जिल्ला सभापति निर्मल कर्माचार्यका दुई होनहार छोराले गरेका थिए जसले माफी माग्ने समयमा निन्याउरो अनुहार लिएर गल्ति भएको र गल्ति नदोहोरिने प्रतिज्ञा समेत गरे । तर, समय वितिसकेको थियो शंकाको भरमा गाडी तोडफोड गरेर माफी मिनाहा पाएको त्यो तोडफोड तथा गुण्डागर्दी समूहमा अभिशेक कर्माचार्य, आशिष कर्माचार्य, कमल अधिकारी, सञ्जय श्रेष्ठ रहेका थिए ।गुण्डागर्दी देखाएर आफ्नो बाहुबलको अस्तित्व स्थापना गर्ने सोच लिएका उनीहरुलाई प्रहरीले गिरफ्तार नगर्दा सहजै अनुमान गर्न सकिन्थ्यो- नेपाली कांग्रेस -प्रजातान्त्रिक)को राम्रो प्रभाव प्रहरीमा पनि परेको थियो । यस कुराको पुष्टि हुने आधार भनेको डीएसपी नरबहादुर केसीसमेत छलफलमा उपस्थित हुदा वारदात गर्ने गुण्डाहरुलाई छलफलमा उभ्याउने आवश्यकता ठानिएन । अझ डीएसपी नरबहादुरले क्षतिपूर्तिको सवालमा गुण्डागर्दी गर्नेप्रति उदार हुदै पीडित पक्षलाई भनेका थिए- 'तपाईंहरुले कमाउन सकिहाल्नु हुन्छ किन धेरै क्षतिपूर्तिमा कस्ने ।' डीएसपीले सुनेको हुनसक्छ कि यामबहादुरको परिवार लाहुरे हो भनेर । तर, सवाल यामबहादुरको परिवार लाहुरे हो कि होइन भन्नेसाग भन्दा पनि यामबहादुरको क्षतिपूर्ति गर्ने कि नगर्ने भन्ने विषयसाग जोडिएको थियो ।डीएसपीको उक्त आशयले लाहुरेहरुको गाडी तेडफोड गर्नु अपराध होइन भन्ने आश्रयको सन्देश दिएको थियो । जबकि यामबहादुरको माग थियो- गाडीको क्षतिपूर्ति दिइनुपर्छ । स्वयम् प्रहरी बसेर गाडी बनाउने ठाउमा फोन गर्दा करिब ९० हजार लाग्ने कुरा बताईएको थियो । त्यसबेला निर्मल कर्माचार्यको पनि उपस्थिति थियो । तर, डीएसपीले त्यो सवाल छुन चाहेन अर्थात जति लाग्छ त्यति दिईनुपर्छ भनेर अभिव्यक्ति दिन सकेन, जो सवाल महत्वपूर्ण थियो । डीएसपी चुप लागेर एकसाथ दुईवटा नकारात्मक कुरालाई बढावा दिए- पहिलो त धनकुटाकै सबैभन्दा सम्पन्न व्यक्ति निर्मल कर्माचार्यको राजनीतिक छविलाई अपराधसाग जोडेर अपराधलाई राजनीतिको समानान्तर पाटोमा ल्याए भने अर्कोतर्फ तोडफोड गरेर सामाजिक आतङ्क फैलाउनेलाई छुट दिएर गुण्डागर्दीलाई हौसला दिए । यसले स्पष्ट पार्छ, नरबहादुर केसी जस्तो डीएसपी देशभरी हुने होभने राजनीतिक रूपले कति अपराधीहरु सुरक्षित बन्न सक्छन्- यो प्रश्न सारा धनकुटेलीले डीएसपीलाई सोध्न आवश्यक छ ।यामबहादुर लिम्बूसाग जोडिएको अर्को घटना मोटरसाइकल हो । जतिबेला हामी छलफलमा बसेका थियौं- लिम्बूसाग क्षतिपूर्ति माग्न आएको भनेर एक हुल समाजसेवी मोटरसाइकल चालक -जो दुर्घटनामा परेका थिए) मिलन श्रेष्ठको तर्फबाट आएका थिए । श्रेष्ठका बुबा इन्द्रबहादुर श्रेष्ठ -जो मन्दिर निर्माण कार्यमा व्यस्त र स्थानीय रूपमा समाजसेवी भनेर चिनिएका) पनि थिए । ती समाजसेवीहरुले कतिसम्म झुट बोले भने गाडी तोडफोड भएको सुनेको तर को-को हो थाहा नपाएको बताए । जबकि ती समाजसेवीहरु धनकुटाको तल्लो कोप्चेबाट आएका थिए जहा निर्मल कर्माचार्य जस्ता सभापति पनि बस्ने गर्छ । हामीले भन्नौं- हाम्रो कारसाग मोटरसाईकल ठोक्किएको हो भने कारको कुनै पनि भाग कुच्चिनु पर्छ वा रङ उप्किएको हुनुपर्छ । तर, समाजसेवीहरु त्यो कुरा मान्न तयार भएनन् । हुल बाधेर अझ घाईतेको बारेमा किन कुरा भएन भन्दै अड्डी कसेका थिए । यसरी वैज्ञानिक तथ्नविना कारले ठक्कर दिएको प्रमाणित गराउन सकेमा ति समाजसेवीहरुलाई दुईटा फाईदा थियो- पहिलो त क्षतिपूर्ति दिनु पर्दैनथ्नो या निःशुल्क रूपमा गुण्डागर्दी गर्नेलाई चोख्याउन पाईन्थ्यो, दोस्रो मोटरसाइकल चालक मिलन श्रेष्ठ -जोसाग लाईसेन्स थिएन र सिकारु पनि थिए ।) को उपचार यामबहादुर लिम्बूले गरिदिनु पथ्र्यो । दुईटा हातमा लड्डु देखेर धनकुटेली समाजसेवीहरु जसरी भए पनि यामबहादुरलाई गल्ति देखाउन उत्साहित थिए । मन्दिर बनाएर पुण्य कमाउने वा नाम सुबास गर्ने चाहना राख्ने इन्द्रबहादुर श्रेष्ठ -मिलन श्रेष्ठका बुबा) पनि हो मा हो मिलाउदै यामबहादुरको गल्ति देखाउन तम्सिएका थिए । मन्दिर बनाउने मान्छेमा इमान्दारिता हुनुपर्छ । कारले ठक्कर दिएको होभने कार कुच्चिएको हुनुपर्छ भनेर तर्क राख्दा 'छोरालाई थाहा छ, छोराले भनेको ठोक्किएको हो रे ۧ इत्यादी भनेर बनाउदै गरेको मन्दिरप्रति नै अन्यान हुने अभिव्नक्ति दिए । किरातीमा एउटा उखान छ- 'राजदन्ड नलागे पनि देउ दन्ड लाग्छ ।' तत्कालको लागि राजदन्ड नलाग्दा तर भविष्यमा देउदन्ड निश्चित छ । जसरी हामी भन्ने गर्छौं कुरुवा कुच्याएर सामान बेच्ने पसलेको सास जानको लागि छातिमा कुरुवा राख्नुपर्छ रे । अर्थात मन्दिर बनाएर झुटो बोल्नुभन्दा मन्दिर नबनाई सााचो बोल्नु ठीक हो ।डीएसपी नरबहादुर केसीले अपराधिक मानसिकताकालाई संरक्षना दिएको भनेर कसरी प्रष्ट हुन सकिन्छ भने बाइक आफै लडेको देख्ने मान्छे पनि प्रमाणको रूपमा भेटिएका थिए । यति हुदाहुदै पनि किरात प्रदेशको इमान्दार लिम्बूप्रति डीएसपी पूर्वाग्रही देखिएका थिए । यामबहादुर लिम्बूले गुण्डागर्दी गर्ने अभिभावक वा गुण्डागर्दीलाई संरक्षण गर्ने समाजसेवीसाग आकाशै खस्ने गरी रकम मागेका थिएनन् । सोझो लिम्बूको सोझो कुरा थियो- 'कि त क्षतिपूर्ति हुनुपर्यो, कि त जेल हाल्नु पर्यो ।जे होस् यामबहादुर लिम्बू धरानबाट पटक-पटक धनकुटा धाएर गुण्डागर्दी गर्नेलाई रुदै माफि दिए । यसले नाटक तथा कथा लेखनमा प्रतिष्ठा कमाएका अशेष मल्लको धनकुटालाई के व्यंग्य गर्छ कुन्नि ? नेपाली साहित्यका उत्कृष्ट समालोचक डा. दयाराम श्रेष्ठ 'सम्भव' को धनकुटालाई कस्तो असर गर्छ कुन्नि ? 'किराती लोककथा' लेख्ने धनकुटाका शिवकुमार श्रेष्ठको जिल्ला धनकुटामा एउटा किराती रुदै अपराध गर्नेलाई क्षमा दिदा किराती लोककथाको कुन पात्रसाग तुलना गर्ने हुन् कुन्नि ? यो उत्तरको खोजी तबसम्म जारी रहनेछ जबसम्म धन्कुटामा राजनीतिक वा तथाकथित समाजसेवीको रूपबाट अपराधीको संरक्षण गर्ने प्रयास जारी रहन्छ । पछि सुनियो- डीएसपीले निर्मल कर्माचार्यको होनहार सुपुत्र जोगाए वापत निर्माण कार्यको लागि मोटो चन्दा र कक्टेल पार्टीको अफर भएछ । यो कुरा कतिसम्म सत्य हो मन्दिर बनाउने इन्द्रबहादुर श्रेष्ठलाई सोधे ठीक होला ।मान्छे मार्ने शैलीमा उत्रिएका ती गुण्डाहरुमाझबाट पनि यामबहादुर लिम्बूलाई जोगाउने प्रहरी निरीक्षक दुर्गा निरौलालगायत उनका कमाण्डका प्रहरीहरु धन्यवादका पात्र हुन् । यसले तल्लो तहका प्रहरीहरु जनताप्रति कति इमान्दार र निष्ठावान छन् भनेर प्रमाणित गरिदिएको छ । गाडी तोडफोड भए पनि निरौलाको टोलीले मानवीन क्षति हुनबाट रोकेका थिए

Source: Hamro Pusta Weekly
No comments:
Post a Comment