वीर नेम्बाङ
२० डिसेम्बर १९८६ देखि लिम्बूवान मुक्ति मोर्चाले पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर तथा इलाम जिल्लालाई लिम्बूवान स्वायत्तता प्रदान गरिनुपर्छ भनी माग गर्दै आएको सर्वविदितै छ । अपितु सन् १९९० मा नेपाल राष्ट्रिय जनजाति पार्टीले इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम तथा धनकुटा जिल्लामात्र लिम्बूवान भूमि हो र सुनसरी, मोरङ तथा झापा जिल्लाचाहिँ कोचिला भूमि हो, त्यसैले उपर्युक्त जिल्लालाई कोचिला जातीय प्रान्त प्रदान गर्नुपर्छ भनी माग गरेको थियो । किन्तु सन् १९९१ मा नेपाल राष्ट्रिय जानजाति पार्टी र नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा एकीकरण भई राष्ट्रिय जनमुक्ति पार्टी बनेपछि उक्त माग अलपत्र परेको थियो । ताथापि सन् २००४ मा नेपाल कम्युनिष्ट पार्टी -माओवादी) ले कोचिला जातीय स्वायत्तता र सन् २००५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कोचिला जातीय प्रान्तको माग गरेर नेपाल राष्ट्रिय जनजाति पार्टीको बिँडो थाम्न खोजेका छन् । जबकि लिम्बूवानका राजा सेनिहाङ लिम्बूको राजत्वकाल अर्थात सन् १६४० मा लिम्बूवानको भौगोलिक सीमा पूर्वमा ब्रम्हपुत्र नदी, पश्चिममा त्रिशुली नदी, उत्तरमा तिब्बत र दक्षिणमा गंगा नदीसम्म फैलिएको थियो । परन्तु २ डिसेम्बर १८१५ को सुगौलीको सन्धिमा लिम्बूवानको भौगोलिक सीमा पूर्वमा मेची नदी, पश्चिम अरुण नदीरसप्तकोशी नदी, उत्तरमा साविक र दक्षिणमा गलगलियारजोगबनीमा खुम्चियो । इतिहासतः वर्तमान झापा, मोरङ तथा सुनसरी जिल्ला तत्कालीन लिम्बूवान राज्यका सत्र थुममध्ये मोरङ थुम अन्तर्गत पर्दत्थ्यो । दृष्टान्ततः सन् १३६४ मा साङलाइङ लिम्बू मोरङ थुमका राजा भए । तिनताका मोरङ थुमका अधिकाँश जनता हिन्दू धर्मानुयायी थिए । यही कारण राजा साङलाइङ लिम्बू हिन्दू धर्ममा दीक्षित भए र लिम्बू नाम छाडी हिन्दू नाम धारण गरे । अर्थात पुङलाइङ लिम्बूबाट अमर राय भए । सन् १५८४ मा राय नामधरी लिम्बूवानका राजाहरुको छैठौं पस्ताका राजा विजयनारायण रायले विजयपुर नगर स्थापना गरेका थिए । जुन नगर कलान्तरमा मोरङ थुमको राजधानीको रुपमा प्रतिस्थापित भयो । राजा विजयनारायण रायले आफ्ना प्रधानमन्त्री सिंह राय -लिम्बू) लाई मृत्युदण्ड दिए । यसरी आफ्ना बाबुलाई मृत्युदण्ड दिएकोमा विजयनारायण रायसित प्रतिशोध साँध्न सिंह रायका छोरा बाजु रायले मकवानपुरका राजा लोहाङ सेनलाई गुहारे । फलतः सन् १६०८ मा लोहाङ सेनले मोरङ थुममाथि आक्रमण गरे र विजयनारायण रायलाई बेपत्ता पारे अनि लोहाङ सेनले आफूलाई मोरङ थुमका राजा घोषित गर्नुका साथै बाजु रायलाई मोरङ थुमका प्रधानमन्त्री नियुक्त गरे । त्यसैगरी सन् १७६९ मा बाजु रायका वंशज प्रधानमन्त्री बुद्घकिर्ण रायले लोहाङसेनका वंशज कामदत्त सेनको हत्या गराइ आफुलाई मोरङ थुमका राजा घोषित गरे । किन्तु ६ अगष्ट, १७७४ मा नेपालका राजा पृथ्वीनारायण शाह र लिम्बूवानका राजाहरु सुन लिम्बू, कुम लिम्बू एवम् जंग लिम्बूबीच आपसी सम्झौता भयो । उक्त सम्झौतालाई मोरङ थुमका राजा बद्घकिर्ण रायले विरोध गरे । यही कारण सन् १७७४ मा नेपाली सेनाद्वारा तिनको अपहरण पछि हत्या भयो र सिङ्गो लिम्बूवानसंगै मोरङ पनि नेपालमा अन्तर्मुक्त भयो । कुनै समय 'कोच' जाति वर्तमान आसम राज्यको कामरुप तथा ग्वालपाडा जिल्लाका बासिन्दा थिए र तिनताका त्यही भू-भागलाई कोच राज्य मानिन्थ्यो । सन् १४८५ मा कोच राजा हाजोका नाति विशुले कोच राज्यलाई वर्तमान पश्चिम बंगाल राज्यको उत्तर बंगाल अर्थात् कुचबिहार, जलपाईगुडी, मालदा तथा पश्चिम दिनाजपुर जिल्लासम्म बिस्तार गरे । साथै उनले कोच राज्यको राजधानी ग्वालपाडाबाट कुचबिहारमा सारे । अपितु राजा विशु आफ्नो परम्परागत धर्म र मातृभाषालाई असभ्य र हिन्दू धर्म र बंगला भाषालाई सभ्य ठान्दथे । अन्ततः उनले हिन्दू धर्म र बंगला भाषा अपनाई छाडे । ब्राम्हण पुरोहितहरुले विशुलाई विश्वसिंह नामकरण गर्नुका साथै राजपूतको उपाधि प्रदान गरे । तदुप्रान्त कोच जाति राजपूत अर्थात् राजवंशी र कोच राज्य कामतापुरी राज्यमा परिवर्तित भयो । किन्तु सन् १५७६ मा कामतापुरी राज्यका राजा विश्वसिंहका नाति लक्ष्मीनारायण सिंह र विश्वसिंहका भाई तथा सेनापति शिवसिंहका नाति अमिर राय दुवैले आफूहर राजगद्दीको उत्तराधिकारी भएको दाबी गरे फलतः कामतापुरी राज्य ग्वालपाडा र कुचबिहारमा विभाजित हुन पुग्यो । अन्ततः सन् १८२८ मा राजवंशी राजालाई रजौटाको उपाधि प्रदान गर्ने शर्तमा कामतापुरी राज्यको अवशेषको रुपमा रहेको कुचबिहार राज्य पनि ब्रिटिश उपनिवेशमा अन्तर्मुक्त भयो ।
जहाँसम्म राजवंशीको लिम्बूवान आगमनको प्रश्न छ, सन् १५५५ मा बंगलाका बादशाह सुलेमान र सन् १५९७ मा दिल्लीका बादशाह अकबरले कामतापुरी राज्यमाथि आक्रमण गरे र तिनले बलात् राजवंशीहरुलाई इस्लाम धर्म ग्रहण गर्न लगाई र मुसलमान बनाउन थाले । त्यही कारण तिनताका आफ्नो धार्मिक परम्परा र जातीय अस्मिता जोगाउनका लागि हजारौं राजवंशीहरुले छिमेकी राज्य लिम्बूवानको मोरङ थुममा आश्रय लिएका थिए । तीमध्ये कति आफ्नै मातृभूमिमा फर्के, कति यतै रहे । जो कामतापुरीमा फर्केनन् र लिम्बूवानमै रहे, ती राजवंशीले लिम्बूवानलाई आफ्नो कर्मभूमि बनाउन र आफूलाई लिम्बूवानवासी कहलाउन कुनै कसर बाँकी राखेनन् । फलतः लिम्बूवानमा धिमाल, ताजपुरिया, मेच -बोडो), गनगाई, थारु, सतार, -सन्थाल), उराव, मुण्डा, किसान आदि जातिसरह राजवंशी जातिले पनि मालभूमिको भू-स्वामित्व र जिम्दारी, पटवारी, गोदापदको प्रशासकीय अधिकार प्राप्त गर्न सफल भए । उता पश्चिम बंगालका राजवंशीहरुचाहिँ आदिम जातिभएर पनि हिन्दू धर्मानुयायी, बंगाला भाषी र राजपूत घराना भएका कारण उनीहरु राज्य भाषा र आदिवासीजस्ता संविधान प्रदत्त अधिकार तथा सुविधा प्राप्त गर्न अयोग्य ठहरिए । यही कारण राजवंशी जातिले पश्चिम बंगाल राज्यमा आफूलाई असुरक्षित महसुस गर्न थाले र अन्ततः आफ्नो जातिको सुरक्षाका लागि 'होमल्यण्ड' को परिकल्पना गर्न पुगे । यसै सर्न्दर्भमा सन् १९८६ मा जयपुरकी महारानी गायत्री देवीको संयोजकत्वमा कोच-राजवंशी इन्टरनेशनल र चिला राय ट्रष्ट स्थापना भएको थियो । यसैक्रममा हाल पश्चिम बंगालका जीवन सिंहको नेतृत्वमा कामतापुरी लिबरेशन अर्गनाइजेशन -केएलओ), स्वधीन कामतापुरी राष्ट्र र अतुल रायको नेतृत्वमा कामतापुरी पिपुल्स पार्टी -केपीपी) छुट्टै राज्य कामतापुरी प्राप्तिको निम्ति आनदोलनरत छन् ।यद्यपि पश्चिम बंगालका राजवंशीहरुले झैं लिम्बूवानका राजवंशीहरुले कहिल्यै स्वधीन कामतापुरी राष्ट्र र छुट्टै राज्य कामतापुरी माग गरेनन् । बल्कि केही राजनीतिक दलले कोचिला जातीय स्वायत्तता वा कोचिला जातीय प्रान्तको माग गरेका छन् । अपितु ती दलहरुले जुन भू-भागलाई कोचिला भूमि निर्धारण गरेका छन्, ती भू-भागका रैथानेहरु राजवंशीमात्रै होइनन्, ताजपुरिया, थारु, धिमाल, सतार, गनगाई, मेच, किसान, मुण्डा, उराव आदि पनि हुन् । त्यसैले तथाकथित कोचिला जातीय प्रान्त वा जातीय स्वायत्तताले गैर राजवंशीको प्रतिनिधित्व गर्दैन । यदि प्रत्येक रैथानेलाई जातीय स्वायत्तता वा जातीय प्रान्त प्रदान गर्दै जाने हो भने सुनसरी, मोरङ तथा झापा जिल्लामात्र दर्जनौ जातीय प्रान्त वा जातीय स्वायत्तता निर्माण गर्नुपर्ने हुन्छ । के यो व्यावहारिक होला - विचारणीय प्रश्न छ ।

यस सन्दर्भमा हालै सम्पन्न एक अन्तर्क्रिया कार्यक्रमलाई उल्लेख गर्दा असान्दर्भिक नहोला । गत १ सेप्टेम्बर २००७ मा किराँत याक्थुङ चुम्लुङद्वारा दमकमा आयोजित लिम्बूवान सीमाङ्कन विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी राजवंशी समाज विकास समितिका अध्यक्ष नागेन्द्र राजवंशी र ताजपुरिया समाज कल्याण परिषदका अध्यक्ष कुञ्चीविहारी ताजपुरिया लगायतका राजवंशी, ताजपुरिया, गनगाई नेताहरुले झापा, मोरङ तथा सुनसरी जिल्ला लिम्बूवानको अभिन्न अंग हो । त्यसैले उपर्युत्त, भू-भागसहित लिम्बूवान स्वायत्तता गठन गरिनुपर्छ भन्नेमा सहमति जनाएका थिए । यसबाट केही राजनीतिक दलबाहेक अरु रैथाने तथाकथित कोचिला जातीय प्रान्त वा कोचिला जातीय स्वायत्तताको पक्षमा होइन, लिम्बूवान स्वायत्तताको पक्षमा रहेको पुष्टि हुन्छ ।
अन्त्यमा सबैले कुन कुरा बुझन जरुरी छ भने लिम्बूवान मुक्ति मोर्चाले अगाडि सारेको लिम्बूवान स्वायत्रताको अवधारणा जातीयतामा आधारित नभई ऐतिहासिक पृष्ठभूमिमा आधारित छ, र मोर्चाको मान्यता यो छ कि लिम्बूवान स्वायत्तताबाटै प्रत्येक लिम्बूवानवासीको इच्छा आकांक्षा पूर्ण हुनेछ न कि जातीय स्वायत्तता वा जातीय प्रान्तबाट । यर्सथ राजनीतिक दलहरुले कोचिला जातीय प्रान्त वा कोचिला जातीय स्वायत्ततालाई भजाएर राजवंशीहरुलाई आ-आफ्नो 'भोट बैंक' बनाउने कार्य अविलम्ब बन्द गर्न जरुरी छ किनकि लिम्बूवान विभाजन मातृभूमिको परिभाषा बुझने कुनै पनि लिम्बूवानवासीको निम्ति कदाचित स्वीकार हुने छैन । तर्सथ नेपाल कम्युनिष्ट पार्टी -माओवादी) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सुनसरी, मोरङ तथा झापा जिल्लालाई कोचिला जातीय स्वायत्तता वा कोचिला जातीय प्रान्त प्रदान गर्ने आ-आफ्नो मागमाथि पुनर्विचार गर्न जरुरी छ । अन्यथा कथंकदाचित लिम्बूवान विभाजन भएको खण्डमा त्यसको जस-अपजसको भागिदारी बन्न उक्त दुइ दल अहिल्यै तयार हुनुपर्नेछ ।
सन्दर्भ सामग्रीः
१. इमानसिंह चेम्जङ, किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास, सन् १९७४, दार्जीलिङ
२. फ्रान्सिस बुकानन् ह्यामिल्टन, एकाउण्ट अफ नेपाल, सन् १९१९, लण्डन
३. डा. सुनीतिकुमार च्याटर्जी ,किरात जनकृति, १९५१, कलकता
४. सत्यानन्द पाठक, दार्जीलिङ टाइम्स, १-१५ जून्, १९८६, सिलिगुडी
लेखक - लिम्बूवान मुक्ति मोर्चाका अध्यक्ष हुनुहुन्छ ।

No comments:
Post a Comment