Jun 2, 2010

जुनिताको सगरमाथादेखि एल्ब्रुससम्मको आरोहण यात्रा

कृष्णप्रकाश श्रेष्ठ
गतः २५ मई २०१० मङ्गलवारका दिन नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फे सुब्बाद्वारा अन्तर्राष्ट्रिय पर्वतारोही दलको एक सदस्यको हैसियतले यूरोपको सबभन्दा अग्लो हिउँचुली एल्ब्रुसको आरोहणमा सफलता हासिल गरेकी छिन् । स्मरण रहोस् उनले एक वर्षअघि मात्र विश्वको सवौच्च शिखरको एकल आरोहणमा विजय प्राप्त गरेकी थिइन् । यस अर्थमा उनले सगरमाथादेखि एल्ब्रुससम्मको आरोहणसेतु पार गरेकी छन् भन्नु अत्युक्ति हुने छैन ।
नेपालको तेह्रथुममा एक शिक्षक परिवारमा जन्मेकी जुनिता साम्बाहाम्फेले पर्वतारोहणको प्रेरणास्रोत को थियो भन्ने प्रश्नमा उनले आफ्नै जिज्ञासालाई प्रथम स्थानमा राखेको पाइयो यद्यपि नजानिदो किसिमबाट उनका लागि सगरमाथा आरोहणको प्रेरणादाता स्वयं उनकै नाम भएको अभिव्यक्ति दिएकी थिइन् । काकलाती कस्तो पर्न गएको रहेछ भने उनी जन्मनुभन्दा झण्डै एक दशकअगाडि सगरमाथा आरोहण गर्ने प्रथम नारी पर्वतारोही जुन्को ताबेईको नामको आधारमा उनका बुवा-मुमाले जुनिता भनेर उनको नामकरण गरिदिनुभएको रहेछ । सम्भवतः यही नामलाई सार्थक तुल्याउन अवचेतन रुपमा नै उनले पर्वतारोहणमा अभिरुचि लिन थालेको हुनु सम्भव छ ।मिलनसार र हँसिली स्वभावकी जुनिताले मास्को बसाइँको छोटो समयमा यस महानगरीका सबै दर्शनीय स्थलहरुको अवलोकन गर्ने सम्भावना नपाए तापनि गैरआवासीय नेपाली संघ रुसका पदाधिकारीहरु र सदस्यहरुले मास्कोमा उनको हार्दिक स्वागत गरेका थिए । मास्को त्रेुमलिन लाल मैदान बोरोदिन्स्काया पानोरामा आदि केही दर्शनीय स्थलहरुको दृश्यावलोकन गनुका साथै उनले नेपाली राजदूतावासमा पनि पुग्नुका साथै नेपाली नारी निकुाजको तत्वावधानमा संचालिन नेपाली भाषा तथा संस्कृति शिक्षण केन्द्रका स-साना नेपाली छात्रछात्राहरुलाई पर्वतारोहणको आफ्नो अनुभव बताउन समेत भ्याएकी थिइन् ।
स्वदेश फर्कने साँझ बस्याल दम्पति गैरआवासीय नेपाली संघ रुसकी उपाध्यक्ष विमला भण्डारी तथा सचिव दामोदर बस्यालको निवासस्थानमा उनको सम्मानमा आयोजना गरिएको प्रीतिभोजमा यस संघका अध्यक्ष मणिराज पोखरेल महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रुस शाखाका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ माधुर्यु रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका महासचिव डा. भीष्म आचार्य नेपाली खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछाने नेपाली छात्रसंघ रसियाली जनमैत्री विश्वविद्यालयका अध्यक्ष सचिन शाक्य छविलाल कुँवर संकल्प पोखरेल जीतेन्द्र उपाध्याय सरिता पोखरेल प्रभृतिको समुपस्थिति रहेको थियो । यस पंक्तिकारले पनि नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेसंग कुराकानी गर्ने सम्भावना पाएको थियो । वार्ताको क्रममा विभिन्न विषयको प्रसङ्ग चल्नुका साथै खास गरी हाल पर्वतारोहण प्रविधिले गरेको प्रगतिको परिप्रेक्ष्यमा तेन्जिङ शेर्पाको समयमा हिमालयको आरोहणको जटिलताको कल्पना समेत गनै गाह्रो पर्ने मन्तव्य व्यक्त गरिनुका साथै विश्वको तापमानमा बृद्धि भइरहेको सन्दर्भमा हिमालयको हिउँ निकै पग्लिसकेको जनाउँदै उनले पर्यवरणको स्थितिप्रति चिन्ता व्यक्त गरेकी थिइन् ।
ककेशिया हिमश्रृङ्खलाको सर्वोच्च पर्वत एल्ब्रुसको दुईकापे हिउँचुली अत्युच्च पश्चिमी चुचुरो ५६४२ मिटर अग्लो छ भने पूर्वी चुचुरोको अग्लाइ ५६२१ मिटर छ को परिसर पनि पर्वतारोहण तथा पर्वतीय स्किइङ्ग खेलको एक महत्वपूर्ण केन्द्र मानिन्छ । सगरमाथा ८८४८ मिटर को दाँजोमा यो हिमशिखर ३२०६ मिटर होचो भए तापनि पर्वतारोहीहरुलाई यसले कम हाँक दिने गरेको छैन । सोभियत पर्वतारोही संघको निमन्त्रणामा रुसको यात्राको क्रममा प्रथम सगरमाथा विजेता तेन्जिङ नोर्गे शेर्पाले सन् १९६३ मा रसियाली सोभियत पर्वतारोहीहरुको साथमा यस हिउँचुलीको आरोहणमा भाग लिएका थिए । त्यतिखेर रुसी भाषामा प्रकाशित हुने समाचारपत्रहरुमा हिमालयको बाघ हार्दिक स्वागत! हिम चितुवालाई स्वागत छ! झोमोलुङमा विजेता मास्कोमा असाधारण मानवको मास्को आगमनु भन्ने शर्षिकहरुमा लेखहरुमात्र प्रकाशित भएको नभई एल्ब्रुसको बरफ जमिरहेको पाखोमा रसियाली पर्वतारोहीहरुले अजङका रुसी अक्षरहरुमा तेन्जङ सुस्वागतम् ! भन्ने समेत कुँदेर उनीप्रति आफ्नो सदभावना व्यक्त गरेका थिए येभ्गेनी गिप्पेनरेइटर भूमिका ॥तेन्जिङ नोर्गे हिउँको बाघ सगरमाथापश्चात् मास्को ई.सं. १९८८ पृ. ९-११ ।
मास्कोवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ रुसका महासचिव एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास का अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ माधुर्यु दुवै संस्थाका सचिव दामोदर बस्याल तथा गैरआवासीय नेपाली संघ रुसकी उपाध्यक्ष विमला भण्डारी बस्याल शुभ यात्रा को कामना सहित फेरि भेटौंला ! भन्दै एल्ब्रुस विजेता नेपाली नारी पर्वतारोही जुनिता साम्बाहाम्फेलाई मास्को विमानस्थलसम्म पुर् याउन जानुभएको थियो ।
नेपाली मूलका विश्वप्रसिद्ध सगरमाथाविजेता तेन्जिङ नोर्गे शेर्पाले चढेको यूरोपको सर्वोच्च शिखर एल्ब्रुसमा यस वर्ष नेपालकी एक नारी सगरमाथा विजेता जुनिता साम्बाहाम्फेले पदार्पण गरेर नेपालीहरुको उँचाई अरु एक कद बढाइदिएकी छिन् । विश्वका सबै महाद्वीपहरुका सर्वोच्च हिमशिखरहरुमा टेक्ने उनको लक्ष रहेको छ । मास्कोमा रहेका नेपालीहरुले उनलाई यस्तो उच्च आकांक्षामा निरन्तर सफलता मिलोस् भन्ने कामना गर्नुका साथै उनलाई जीवनको सगरमाथा चढ्नमा पनि सदैव विजय प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछन् ।
२९ मई २०१० आइतवारमास्को रुस महासंघ ।

No comments: