डम्बर चेम्जोङ
काठमाडौं भ्रमणका वेला राउटेहरूले राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर आपना कुरा राख्ने क्रममा आपनै हातले बनाएका काठका आरी कोसेली चिनो प्रधानमन्त्रीसमेतलाई दिए । राउटे श्रम र सीप खर्चेर राउटे सामाजिक-सांस्कृतिक मूल्यजडित वस्तु आफूभन्दा भिन्न प्रकारका समाजको प्रतिनिधिलाई कोसेली दिएर राउटेहरू राजनीतिक, सामाजिक सम्बन्ध र सौहार्दता निर्माण गर्न चाहन्छन् र यो नै उनीहरूको जीवनपद्धति हो भन्ने बुझ्न मानवशास्त्रीय दृष्टिकोणले मद्दत गर्दछ । विश्व वित्तीय पुँजीवादी बजार-व्यवस्थाको राजधानी न्युयोर्कको मुटु म्यानहाटन अमेरिकी आदिवासीबाट उपनिवेशवादी डचहरूले केही कौडी र धातुका टुक्रा दिएर हातपारेका थिए । धर्ती, भूमि मान्छेको आपmनो व्यक्तिगत सम्पत्ति होइन, यसो हुनैसक्दैन भन्ने ती आदिवासीले कौडी र धातुका टुक्रा सौगातका रूपमा स्विकारेर म्यानहाटनमा डचहरूलाई बस्न दिनु आदिवासीय जीवनपद्धतिको पक्षबाट हेर्दा उक्त भूमि बेचेको भन्ने बुझँिदैन । तर, भूमिलाई व्यक्तिगत सम्पत्ति बनाउने र मुद्राको माध्यमबाट किनबेचको संस्कृति भएका डचहरूले म्यानहाटन आफूले २४ डलरबराबरको कौडी र धातुका टुक्रा दिएर किनेको दाबी कालान्तरमा गरे । उपनिवेशवादको कमाल थियो, त्यो । सामाजिक सम्बन्ध र संस्कृति कसरी भिन्न ढंगबाट निर्माण हुन्छ र अन्य समाजसँग राजनीतिक र सामाजिक सम्बन्ध स्थापना गर्ने तरिका भिन्न समाजमा कति भिन्न हुन्छ भन्ने कुराको उदाहरण हो, यो ।
'हाम्रो श्रम र सीपको चिनो यही हो, तिम्रो पनि केही छ भने ल्याऊ, चिनो साटासाट गरौँ र सौहार्दताको सुरुवत गरौँ, द्वन्द्वको सिर्जना नगरौँ र आ-आफ्नो मानवीय सामाजिक अस्तित्व, सांस्कृतिक भिन्नता र विविधताको सम्मान गरौँ' भन्ने आग्रह राउटेहरूको कोसेलीमा अन्तर्निहित छ भन्ने कुरा सांस्कृतिक मानवशास्त्रीय दृष्टिकोणले बुझ्न मद्दत गर्दछ । त्यही सौगात, कोसेली प्रधानमन्त्रीले ख्यालठट्टा गर्दै टोपीजस्तै लगाएका थिए । राउटेहरू त्यतिवेला दंग परेझैँ देखिए, सायद सोचे, यी अर्कै समाजका राजाले हाम्रो कुरा शिरोपर गरे । माक्र्सवादी श्रम मूल्यको सिद्धान्त पढेका कम्युनिस्ट प्रधानमन्त्रीलाई पनि सौगातको सट्टामा सौदावाजी गर्न मनलाग्यो क्यार, राउटेहरूलाई प्रस्ताव राखे, 'काठमाडौंमा बस्ने हो ? जागिरको बन्दोवस्त गरम्ला ।' राउटेहरूले जवाफ फर्काए, 'तिम्रो काठमाडौंमा एक दिन बस्दा शिर दुख्यो, सधँ बस्नुपर्दा के होला ! हाम्रो जंगल नछोइदेऊ, हामीलाई अरू केही चाहिँदैन ।'
कम्युनिस्टले राजनीति गर्ने नै श्रम, श्रमको मूल्य, श्रमको सौदा, श्रमको शोषणको अन्त्य आदि फलाकेर हो । माक्र्सवादी श्रमको मूल्यको सिद्धान्तमा धुरन्धर, मानव-समाजको वैज्ञानिक चिरफार गर्न सिपालु मानिएका डा. बाबुराम भट्टराईलाई पनि राउटेहरूले भेटे र उनीबाट दुर्लभ मुस्कान हातपारे । आपmनो श्रम-सीप खर्चेर बनेको वस्तु दिएर राउटेहरूले ती श्रमशास्त्रविज्ञहरूबाट भने मुद्रा र आश्वासन हातपारे । ती कोसेलीले भिन्न समाजको भिन्न उत्पादनका प्रणाली र उत्पादन-सम्बन्धहरूको प्रतिनिधित्व गर्दछन् भने प्रधानमन्त्री र अर्थमन्त्रीले अर्कै उत्पादन-प्रणाली र सम्बन्ध मात्र होइन, राज्यको समेत प्रतिनिधित्व गररहेका छन् । राज्यले नागरिकता प्रमाणपत्रको अफर गर्दा उनीहरू राज्यको दाम्लोमा बाँधिन मानेनन् र सोझै भने, नागरिकता त लिँदै नलिने, त्यो लिनुपर्छ भने भो पैसा पनि चाहिँदैन । प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए, 'पहिले मैले तपाईंहरूलाई भेट्दा एक सय ७५ जति हुनुहुन्थ्यो, अहिले कति पुग्यो जनसंख्या ?' उनीहरूले राज्याधिकारीलाई ओठेजवाफ फर्काए, 'हाम्रो रीतिथिति परम्पराअनुसार हामलाई गन्नहुन्न क्या ।' यसरी उनीहरूले राज्य, विकास र आधुनिकताका अभिन्न सहयोगी जनसंख्याविद्हरूको कन्सल्ट्यान्सीमाथि पनि धावा बोले । यो देखेर कतिपय विकासे आँखा, आधुनिक विचार र राज्यमुखी बुद्धिवालहरू चुकचुकाए होलान्, कठै, यी बिचरा राउटे कहिले मान्छे हुन्छन् होला ! यी आधुनिक, विकसित र सभ्य भनाउँदाहरू 'असभ्य र जंगली' राउटेका संरक्षक ठान्छन् आफूलाई । मानौँ, राउटे चल्ला हुन्, उनीहरू माउ । तर, यो औपनिवेशिकता र हैकमवादीताको लक्षण र उदारहण हो आदिवासीत्व, आदिवासीवादी जीवन जिउनेहरूले यो कुरा बुझ्दछन् ।
म यहाँ आदिवासीत्व र राज्यबीच चलिरहेको द्वन्द्वलाई उठान गर्न चाहन्छु । माक्र्सवाद पचाएकाको हातमा राज्य छ, तर राज्य अझै औपनिवेशिक र हैकमवादी छ । राज्य आफूलाई माउ ठान्छ अनि राउटेलाई चल्ला । त्यसैले राज्य राउटेसँग असमानतापूर्ण व्यवहार गर्छ र त्यस्तै सम्बन्ध बढाउन चाहन्छ । तर, उनीहरू समान तहको व्यवहार खोज्छन् र बोल्छन्, उता जनता भोकै छन्, छिट्टै र्फकनुपर्छ । समानताको व्यवहार गर्न उनीहरूले माक्र्सवाद जान्नुपर्दैन । उनीहरू त समानताको जीवन बाँच्दछन् । हैकमवादिता अनुभव गर्न उनीहरूले ग्राम्सी सुन्नुपर्दैन ।
'सधँै हरियो हेर्ने हाम्रा आँखा काठमाडौंका झिलिमिलीले टट्टाए, हामीलाई छिट्टै घर फर्काइदेऊ ।' चार वर्षअघि राउटेहरूलाई काठमाडौं ल्याइँदाको गुनासो हो, यो । त्यसवेला राजधानीको गन्जागोल वातावरणले आत्तिएर होला, तीनजना राउटे त बीचैमा भागेर गए । आदिवासी नेतृत्वमा सञ्चालन गरेका, आदिवासीकै कल्याणका लागि भनेर स्थापित संस्थाहरूले नै आदिवासीत्व आदिवासीका जीवन-पद्धतिका सारभूत सांस्कृतिक पक्ष बुझ्न र ग्रहण गर्न नसकेका कारण पनि राउटे र चेपाङहरूका टाउको दुःखाएका छन् । स्वयं आदिवासी जनजाति नेता, बुज्रुक, अध्येता अनि आदिवासी हक-अधिकारको वकालतमा आपmनो आधुनिक जीवनशैली उभ्याएका बिकाउ कन्सल्ट्यान्टले समेत भूमिसँग आदिवासीको शाश्वत र अविच्छिन्न सम्बन्धलाई, उनीहरूको जीवन-पद्धति र उत्पादन-प्रणालीलाई विकासे र आधुनिकतावादी राज्यमुखी दृष्टिकोणबाट बुझििदनाले पनि समस्या झन् जटिल भएको छ ।
उत्तरी मुलुकबाट आएका सल्लाहकार पनि अर्थशास्त्रीय विकास र आधुनिकतावादको पृष्ठपोषणका हेतु राज्यको आलोचना गरेजस्तो गरेर माउको पनि माउ सावित गर्छन् आफूलाई र आदिवासी भनेका उनीहरूका लागि चल्लाभन्दा साना 'चिड्ना' हुन् । आदिवासी जनजातिको विकासका निमित्त अन्तर्राष्ट्रिय संघसंस्थाले दसकाँैसम्म गरेका आर्थिक तथा प्राविधिक सहयोगले आदिवासीमा र यस क्षेत्रमा काम गर्नेहरूमा बनिरहेका विचारधारा र चिन्तनको चरित्र यही हो । पश्चिमा मुलुकका मुद्राको यस्तो सहयोगले नेपालमा बढ्दो आदिवासीवादी चेतना र यसबाट विकसित भइरहेका संगठनात्मक स्वरूप र आन्दोलनलाई बुझ्न र सम्बोधन गर्न मद्दत गरिरहेको छैन । पाहुना तथा कुटुम्बको सत्कारमा तोङ्वा टक्रयाउने चलन भएका लिम्बूमा मीठो भनाइ छ, 'दुईमुठी छोक्रा, चारमाना पानी, दिनेलाई भन्दा खानेलाई हानि !'
राउटेहरू रहरले काठमाडौं आउने होइनन् । आदिवासीलाई 'आधुनिक, विकसित र सभ्य बनाउने एवं समग्रमा राज्यको मूलप्रवाहमा बगाउने पुनीत कर्ममा जुटेका सरकारी वा गैरसरकारी संस्थाका गोठालाले आफूलाई पनि सातु-सामल जोहो गर्नुपर्ने भएकाले उनीहरूलाई लोभ्याउँदै, फकाउँदै, धपाउँदै काठमाडौं ल्याउँछन् र दुई-तीनदिने राउटे-जात्रा सम्पन्न गर्छन् । आदिवासी जनजाति नै राउटेहरूलाई अद्भूत प्राणीका रूपमा प्रदर्शन गराउने कर्ममा अगाडि देखिन्छन् । क्रोनर, युरो र डलरको भारले थिचिएर पनि यी गोठालाले बाटो नदेखेका हुन् कि ? राजधानीलाई राउटेहरू अद्भूत लाग्छ, राउटेलाई पनि राजधानी त्यस्तै, हिसाब-किताब बराबर ।
माक्र्सवादी मानवशास्त्रीय दृष्टिकोणले देख्छ, राउटे समाजको उत्पादन-प्रणाली र उत्पादनका साधनसँगको सम्बन्ध साम्यवादी छ । वैयक्तिक सम्पत्ति भन्नु छैन, लोभ छैन, भूमिलाई बुझ्ने, पुज्ने प्रकृतिवादी रीतिथिति छ । तर, श्रमको मूल्य थाहा छ, राउटे समाजलाई, तब न आपmनो श्रम र सीप खर्चेको आरी कोसेली बोक्छन् । माक्र्सवादी मानवशास्त्रीय दृष्टिकोणले उनीहरूको सामूहिक श्रमले उनीहरूका सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्णताको उत्पादन र पुनरुत्पादन कसरी निरन्तर रूपमा भइरहेछ भनेर अध्ययन गर्छ । नेपालका अर्थशास्त्रीय माक्र्सवादीले मानवशास्त्रीय अध्ययनबाट सिक्नुपर्ने कुरा हो, यो ।
समस्त नेपाललाई एउटै समाज मानेर, एउटै उत्पादन-प्रणाली मानेर, त्यसमा पनि सिंगो नेपाललाई औद्योगिक पुँजीवादी युगमा संक्रमण हुँदै गरेको उद्योगनिर्मित समाजका रूपमा देख्नु राज्यमुखी विकासे, स्थुल अर्थशास्त्रीय र औपनिवेशिक दृष्टिकोणको प्रतिनिधित्व गर्नु हो । माक्र्सवादले कारखानामा मेसिनसँग चलेर वा खेतबारीमा हलगोरुसँग भिडेर खर्च गरिने मानवीय श्रमलाई मात्र श्रम भन्दैन । मानव-समाजले आपmना सामाजिक र सांस्कृतिक एवं भौतिक सम्पूर्णतालाई निरन्तर उत्पादन र पुनरुत्पादन गरिरहने क्रममा सामूहिक र व्यक्तिगत रूपमा खर्चने सबै प्रयास श्रम हुन् । उदाहरणका लागि, नेवारहरूको गुठी व्यवस्थापन नै नेवार समाजको उत्पादन र पुनरुत्पादन गर्ने प्रमुख संयन्त्र हो । गुठीका पर्व र कार्यको सम्बन्ध नेवारहरूको सामूहिक श्रमको मूल्यसँग हुन्छ । आपmनो सामूहिक श्रमको सबैभन्दा ठूलो हिस्सा गुठी थाम्न खर्च गरिएको देखिन सक्छ । नेवारहरू गुठी पूजाको भोज खुब खाने अनि उनीहरूको सामूहिक श्रमको मूल्यचाहिँ औद्योगिक क्षेत्रमा खोज्न जाने कुरा अर्थशास्त्रीय माक्र्सवादीले गर्छन् । मानवशास्त्रले सामूहिक श्रमको मूल्य उनीहरूका सामाजिक-सांस्कृतिक अस्तित्व र अर्थपूर्ण सम्पूर्णताको उत्पादन-पुनरुत्पादनको पृष्ठभूमिमा खोज्छ र त्यसैभित्र श्रमका शोषणयुक्त सम्बन्ध केलाउँदै द्वन्द्वात्मकताको निक्र्योल गर्छ । आजसम्म नेवार समाजलाई नै सम्पूर्णता मानेर श्रमको मूल्य सिद्धान्तको आधारबाट अध्ययन गरिएको छैन ।
राउटे र नेवारहरूले आ-आपmनै सम्पूर्णता निर्माण गर्छन्, यी समाज आफैँमा सिंगो उत्पादन-प्रणाली हुन् । मानवशास्त्रले यसरी समाजलाई विविधता, भिन्नता, विशिष्टता र बहुलताका आधारमा हेर्छ भने अर्थशास्त्रले फगत आर्थिक आधारमा सबैलाई एउटै समूहमा राखेर हेर्छ । माक्र्सवादलाई उपयोग गर्ने सवालमा यसरी छुट्टीन्छन् मानवशास्त्री र अर्थशास्त्रीहरू । नेपालमा हामी सांस्कृतिक, सामाजिक र राजनीतिक बहुलवादका कुरा गरिरहेका छौँ, अर्थशास्त्रीय माक्र्सवादी चिन्तनले लिप्त भएर । आज राउटेहरूमा जुन उत्पादन-प्रणाली र उत्पादन-सम्बन्धको अस्तित्व छ, चेपाङ र अन्य आदिवासीमा पनि थोरबहुत त्यस्तै थियो । भूमि -उत्पादनको प्रमुख साधन)लाई लिम्बूहरू व्यक्तिगत सम्पत्ति मान्दैनथे । यी समुदायका भौतिक, सामाजिक र सांस्कृतिक उत्पादन-प्रणाली नष्ट गरेको राज्य निर्माणको प्रक्रियाले हो, भिन्नै शक्तिशाली औपनिवेशिक उत्पादन-प्रणालीले हो । गोरखा शासकहरूले सत्ता-शक्ति, खस भाषा र हिन्दु धर्मका माध्यमबाट अरूका उत्पादन-प्रणाली र उत्पादनको सम्बन्ध नष्ट गर्दै, तिनमा परिवर्तन गर्दै औपनिवेशिक चरित्रको उत्पादन-प्रणालीको निर्माण गरेका हुन् । युरोपेली उपनिवेशवादीले पनि अपिmका, एसिया, अमेरिकाका भौतिक, सामाजिक, सांस्कृतिक उत्पादन-प्रणाली नष्ट गरेर नै उपनिवेश कायम गरेका हुन् । नेपाल अधिराज्यको निर्माणलाई यो पृष्ठभूमिमा बुझेदेखि अहिले जाति, भाषा, संस्कृति, सांस्कृतिक भू-स्वामित्व र सम्बन्धका आधारमा संघीय गणराज्यको स्थापना गरेर राज्य पुनर्संरचना गरिनुपर्ने मागको सारभूत औचित्य थाहा पाइन्छ ।
जीव-जगत्को विकासबारे डार्बिनको सिद्धान्त आएपछि वैज्ञानिक भन्ने धारणाको महत्ता स्थापित भयो । समाजको विकास पनि यसै ढंगले भएको ठानेर सोही सिद्धान्तलाई पछ्याउँदै त्यसैखाले खाका बनाउँदै मानव-समाजको व्याख्या गर्ने लहर चल्यो । हेनरी मोर्गनले उत्तरअमेरिकी आदिवासीहरूको अध्ययन गर्ने क्रममा उल्लेख गरेका समाज-विकासका चरण नै एंगेल्स र माक्र्सका निम्ति पनि समाज-विकासका चरण हेर्ने मूल सूत्र बन्यो । त्यसवेलादेखि समाज परिवर्तनका ढाँचा र बाटोलाई भर्याङको सिँढी उक्लेजस्तो रूपमा हेर्ने गरियो । समाज परिवर्तनका दिशा र गति हेर्ने, बुझ्ने सन्दर्भमा अर्थशास्त्र, माक्र्सवाद, आधुनिकता र विकासले एउटै दृष्टिकोण राख्छन् । सिँढी चढ्ने जुक्ति के हुनुपर्छ भन्नेमा फरक भए पनि यी सबैले विभिन्न समाजलाई सबैभन्दा तल्लो सिँढीबाट क्रमशः माथिल्लो सिँढीमा राखेर हेर्ने हुन् । आधुनिकता, विकासे, राज्यमुखी, औपनिवेशिक पद्धतिले आज राउटेलाई भर्याङको सबैभन्दा तल्लो सिँढीमा पाइला हाल्दै गरेको मनुवा मान्दछन् । समाजलाई यसरी लम्बवत् रेखामा राखेर हेर्ने दृष्टिकोण औपनिवेशिक हो । सांस्कृतिक बहुलवादका आन्दोलन र आदिवासीले आपनो सामाजिक, सांस्कृतिक, भौतिक उत्पादन-प्रणाली र सम्बन्धलाई जोगाउन औपनिवेशिकताविरुद्ध घनिभूत संघर्ष गर्दै सिँढीवादी विचारका खुटि्कला भत्काइरहेको वेला हो, यो । राउटेहरूले नपढेरै यो बुझेका छन् । सबैभन्दा पि्रय श्रमको मूल्य र समाज निर्माणको प्रक्रिया अनि राउटे पहिचानको अविच्छिन्नता कुन 'वस्तु'मा निहित छ भन्नेमा उनीहरू आफैँ जानकार छन्, त्यसैले नै पहिचान जोगाउन प्रतिवाद गर्छन्, उनीहरू । हामी 'सुशिक्षति'ले, हामी माक्र्सवादी वैज्ञानिकले बुझ्न नसकिएको राउटे आदिवासीत्वलाई सलाम ।

नयाँ पत्रिकाबाट
No comments:
Post a Comment