Jan 5, 2009

इतिहासकार राज वहादुर पन्धाक र उहाको कृति

दिल पालुङवा लिम्वु
उमेरले ६० वर्षपार गरेका राज वहादुर पन्धाक लिम्वु इतिहासकार हुन् । उनी पाको उमेर भएतापनि सक्रिय छन् । उनमा लिम्वु सम्वन्धमा ज्ञानको भण्डार छ भन्दा पनि हुन्छ । त्यस्तै उहामा विश्वको इतिहास केलाउने क्षमता पनि उतिकै छ । उहाले हङकङ वस्दाको समयमा २ वटा पुस्तकहरु लिम्वुवानको चौतारी र विश्वको इतिहास तथा धार्मिक अभिलेख प्रकाशित गरिसक्नुभएको छ । पछिल्लो पुस्तक विश्वको इतिहास तथा धार्मिक अभिलेखमा याक्थुङ लिम्वुको मुन्धुम, ऐतिहासिकता देखि लिएर विश्वको जातिहरुको इतिहास केलाउने चेष्टा गर्नुभएको छ । उनले माओ जेदुङ, माहात्मा गान्धी, विस्टर्न चर्चिल तथा विश्व युद्ध लगायतको व्यख्याहरु राम्ररी गर्नुभएको छ । पुस्तकमा केही साना मसिना कमीकमजोरी भएतापनि समग्रमा पुस्तकको आफ्नै वजन तथा महत्व रहेको छ ।

No comments: