Aug 15, 2008

लिम्बुवान भोलेन्टियर्सलाई सम्मान र जिम्मेवारी

कुमार लिङ्द्देन ' मिराक ’
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले ऐतिहासिक संविधान सभामा प्राप्त गरेको समानुपातिक तर्फो सभासदमा लिम्बुवान भोलेन्टियर्स (एल.भी.)का प्रतिनिधिलार्इ पठाएको छ, यसले सम्पूर्ण एल.भी. हरुमा एउटा नयाँ उत्साह थपेको छ । यसै बारेमा थप छलफल गरिने छ ।
१. एल.भी.को अवधारणाः-
जब २०६२ मंसिर २६/२७ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्थापना भयो । यो मञ्चले नयाँ नेपालको विभिन्न पक्षको पुनसंरचना बारे बहस शुरु गर्‍यो । संघीय नेपालको सेना कस्तो हुने भनेर छलफल केन्द्रित हुँदा धेरै विचारहरु आए । धेरैले अबको नेपाली सेनाको नाम संघीय सेना राखिनु पर्ने तर्कहरु अघि सारे । तर एउटा फरक कोणबाट पनि सोचियो । नेपालको छिमेकी देशहरु चीन र भारतले दशौं लाख नियमित सेना र एटम बम जस्ता अत्याधुनिक हातहतियार सहित आफ्नो सुरक्षा व्यवस्था अति मजवुत बनाएका छन् । सैनिक दृष्टिकोणले विश्वकै महाशक्ति राष्ट्रहरुको विचमा नेपाल अवस्थित छ । यस्तो परिस्थितिमा नेपालका २, ४ वा ६ लाख नियमित सेनाले मात्र नेपाली भूमिको रक्षा गर्न सक्छ त ? अहँ, सक्दैन । त्यसको लागि एउटा नयाँ सुरक्षा अवधारणा ल्याउनु पर्दछ । आवश्यक पर्दा सम्पूर्ण नेपाली जनता नै देशको लागि जुट्नु पर्ने वा जुट्न सक्ने भोलेन्टियर्स (स्वयंसेवक) प्रकारको सुरक्षाप्रणाली स्थापित गरिनु पर्दछ भन्ने सोचाई आयो । त्यसैले मञ्चको शुरुको घोषणा-पत्रमा संघीय सेनालाई संघीय भोलेन्टियर्सको रुपमा विकसित गराउने भन्ने लेखिएको छ । लिम्बुवान मुक्तिको लागि यहाँका युवाहरुलाई कसरी संगठित गराउने र उक्त संगठनको नाम के राख्ने भन्ने बारेमा थुप्रै विचारहरु आए । लिम्बुवान सेक्यूरिटी फोर्स,लिम्बुवान पुलिस, लिम्बुवान आर्मी आदि नामहरु राख्ने कि भनेर सोचियो तर यी सबै नामहरु राख्नु अघि लिम्बुवानको हाम्रो आर्थिक, सामाजि/राजनैतिक चेतना आदिलाई गम्भीर गरी चिन्तन-मनन गरियो । नेपालमा सबैभन्दा जिउँदो स्वायत्तताको इतिहास लिम्बुवानले बोकेता पनि एकात्मकवादी पार्टीको गलत राजनैतिक प्रशिक्षणले लिम्बुवानमा नै लिम्बुवान सुस्ताएको जस्तो देखिने, मञ्च सम्बद्ध परिषदसँग आर्थिक क्षमता कमजोर भएको र यस परिषद उपर आस्था राख्ने युवा, विद्यार्थी,जनताहरु आ-आफ्नै खाएर, आ-आफ्नै गोजीबाट स्वयम्सेवक (भोलेन्टिर्यस) को रुपमा परिचालित हुनु पर्ने अवस्थाले गर्दा युवाहरुको संगठनको नाम लिम्बुवान भोलेन्टियर्स वा लिम्बुवान स्वयंसेवक राख्ने निर्णय
गरियो । शुरुमा, यो नाम त्यति ठिक भएन कि भन्ने पनि लाग्यो । तर पछि यो नाम यति लोकप्रिय भयो कि लिम्बुवानको इतिहास लेखिदा एल.भी. को इतिहास कहिल्यै छुट्ने छैन ।एल.भी. नामाकरण नै दार्शनिक रहेछ । हामी जो जहाँ रहे पनि लिम्बुवान मुक्तिको लागि स्व-परिचालित वा भोलेन्टियर्स भएर लागिपर्ने, त्यो नै एल.भी. हो ।महागुरु फाल्गुनन्द, श्रीजंगा,काङसोरे, इमान सिं चेम्जोङ, विजय बहादुर लिम्बु, बाजहाङ लिम्बु सबैजना एल.भी. नै हुन् । उहाँहरुले लिम्बुवानको लागि आफ्नो जीवन अर्पण गर्नुभयो
। वास्तवमा उहाहँ रु सच्चा र महान एल.भी. नुहुन्थ्यो ।उहाँहरुले देखाउनु भएको बाटोमा आधुनिक कालका एल.भी.हरु हिडिरहेका छन, हिडिरहेका छौं ।जब आन्दोलनको क्रममा हाम्रा युवाहरु धेरै दिन भोक तिर्खाले च्यापिन्थे, तब उनीहरु एक आपसमा कुराकानी गर्थे( "हामीलाई कसैले जबरजस्ती लिम्बुवानको आन्दोलनमा ल्याएका होइन, हामी आफै आएका हौं भोलेन्टियर्स भएर लिम्बुवानलाई केहि दिन आएका हौं । त्यसैले हामी भोकै पर्दा पनि कसै प्रति गुनासो छैन, किनकि हामी एल.भि.हौं।" यो एल.भि. शब्द भित्र एउटा शक्ति लुकेको छ । एउटा प्रेणाको स्रोत छ, एउटा सपना छ र हिजो पूर्खाहरुले लिम्बुवानको लागि गरेका कामहरुको झझल्को छ । त्यहि झझल्कोलाई साकार रुप दिन आज
हजारौं यूवाहरु एल.भी. भएर लिम्बुवानको लागि बलिदान दिन लाईनमा उभिएका छन् ।
२. लिम्बुवान आन्दोलनमा एल.भी.को भूमिकाः
जब लिम्बुवान आन्दोलन शुरु भयो ।तब लिम्बुवानको कुराले ३० बर्षमुनिका युवाहरु र ६० वर्षमाथिका लिम्बुवानी वृद्धाहरुलाई मुटुको भित्री तह देखि नै छोयो । उनीहरु सडकमा उत्रे, लिम्बुवानको लागि रगत,पसिना बगाए । तर दुःखको साथ भन्नु पर्छ आफूलाई बुज्रुक , बुद्धिमानी,पढेलेखेका भन्न रुचाउने ३० देखि ६० सम्मको धेरै लिम्बुवानका मान्छेहरु केवल दर्शक, मात्र मुकदर्शक भएर बसिरहे ।लिम्बुवानमा आफूलाई बुद्धिजिवी भन्न रुचाउने एउटा ठूलो पङ्तिको दिमाग एकात्मक पार्टीको पार्टी अफिसमा बन्धकी राखिएको छ ।यस्तो अप्ठारो परिस्थितिमा पनि एल.भी.हरुले लिम्बुवान आन्दोलनको गाडी अघि बढाउन भरमग्दुर प्रयास गरेकै हो । ०६३ मंसिर २६ को प्रथम ऐतिहासिक लिम्बुवान बन्दको क्रममा इटहरी छेउको बुढिखोलामा भिजिलान्तेहरुसँग भएको झडपमा मोरङ शनिश्चरेका युवा दुर्गा वनेमको एउटा आँखा सदाको लागि गुम्यो । दुर्गा वनेमले एउटा आँखा गुमाएर लिम्बुवानको लागि वलिदानको यात्रा शुरु गर्नुभयो ।त्यसपछिका आन्दोलनमा दर्जनौं एल.भी.हरु जेल परे, र्घाईते भए ।२०६४ असोज २० गते होनहार एल.भी. राजकुमार आङदेम्बे मांङतोक’ सशस्त्र प्रहरीको गोली लागि ढल्नु भयो । उहाँकै अन्त्येष्ठीमा जान लाग्दा कर्फ्यू तोड्ने क्रममा उर्लाबारीमा कुसुम धिमाल र विष्णु धिमाललाई गोली लाग्यो, उहाँहरु अझै पनि र्घाईते हुनुहुन्छ । फेदेनमा एल.भी.हरुको खुट्टा भाँच्यो, धरानमा एल.भी.हरुले खुकुरीसँग जुध्नु पर्‍यो, यस क्रममा एल.भी. राम मगरको टाउकोमा विपक्षीहरुले दश टाँका जाने गरि खुकुरीले प्रहार गरे, एकजना १४ बर्षो एल.भी. को धरान तिनकुनेको जंगलमा प्रहरीसँग भएको भिडन्तमा हात भाँचियो । यी सबै अवरोधहरुलाई पार गर्दै लिम्बुवान आन्दोलन अघि बढिरह्यो, एल.भि.हरु मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको निर्देशन बमोजिम आन्दोलनमा जुटिरहेका छन् ।
३. सभासद चयनः-
संविधान सभाको चुनावमा खुकुरी चिन्हको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई दुइवटा समानुपातिक सिट प्राप्त भयो ।त्यसमा एउटा सिटमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको उम्मेदवारहरु मध्येबाट सिफारिश गर्नु पर्ने भयो ।लिम्बुवानबाट कसलाई सिफारिश गर्ने ? एकदमै गाह्रो काम थियो ।सबै उम्मेदवारहरु सक्षम, लिम्बुवानको लागि ज्यान दिन तयार तर त्यसमध्ये एकजना मात्र छान्नु पर्ने ।त्यसमा पनि महिला कि पुरुष छान्ने ? नेतृत्वको लागि एकदमै जटिल क्षण थियो । धेरै सक्षम साथीहरुले सभासदमा जाने इच्छा जाहेर गर्नु भएको थियो, त्यो एकदमै स्वभाविक थियो । किनकि ऐतिहासिक संविधान सभा हलमा गएर ६००जना सभासदहरुको कानको जाली फुट्ने गरी लिम्बुवानको कुरा राख्छु भन्ने आकांक्षा पलाउनु अस्वाभाविक ठान्नु हुँदैन । तर पठाउनु पर्ने एकजना मात्र थियो, अर्को सिट थारुहटले सिफारिश गर्ने वाला थियो।दशवटा सिट लिम्बुवानले प्राप्त गरेको भए लिम्बुवानको लिम्बु, गुरुङ,धिमाल, लेप्चा, श्रेष्ठ आदि सबै जातलाई समानुपातिक रुपमा पठाउने इच्छा, रहर र योजना थियो । तर कोही साथीहरु चुनावमा जानै हुँदैन भन्ने, कोही चुनावमा जानु त पर्छ तर भोटचाहि लिम्बुवानलाई होइन एमाले-कांग्रेसलाई दिनुपर्छ भन्दै हिड्ने, कोही एमाले-कांग्रेसलाई कार्यक्रम गर्न सहयोग गर्ने तर लिम्बुवानलाई कार्यक्रम गर्न रोक्ने यस्ता थुप्रै अव्यवहारिक,अपरिपक्व, अवसरवादी कार्यहरु भए जसले गर्दा हामीले सोचेको सिट संख्या प्राप्त गर्न सकेनौं । दश वटा प्राप्त गर्न सकेको भए हामी लिम्बुवानको समावेशी अनुहार दुनियाँलाई देखाउने थियौं । तर के गर्ने ? वाध्यता एकजनालाई मात्र पठाउन सकिने भइयो ।यसै क्रममा, लिम्बुवान आन्दोलनको दौडानमा हामीले एल.भी. हरुलाई भनेका कुराहरु सम्झयौं । हामीले भनेका थियौं (एल.भी.) युवाहरु हो १ हामी तपाईहरुलाई आन्दोलनमा मात्र खटाउने होइन, पाएको अवसरमा उचित प्रितनिधित्व पनि गराउछौं ।लिम्बुवान मुक्त गराउने कार्यमा मात्र होइन भोली समृद्ध लिम्बुवान निर्माण गर्ने क्रममा पनि जिम्मेवारी प्रदान गर्नेछौं ।" मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद एल.भी.हरुलाई सम्मान गर्दछ । तर एल.भी.हरु पनि जिम्मेवार हुनुपर्दछ ।"हाम्रो यो भनाईले हामीलाई निकै गम्भीर बनायो । हाम्रो भनाई र व्यवहारलाई मिलाउनु पर्छ भन्ने सोच भयो । तब लिम्बुवानले पाएको एकजना सभासदको यो ऐतिहासिक अवसरमा एल.भी.हरुलाई सिफारिश गर्नुपर्छ भन्ने निस्कर्षनिस्कियो । एल.भी. भनेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको मातहत रहने एउटा संगठन हो । एल.भी. संगठन भएकोले त्यो संगठनले पाएको अवसरमा प्रचलनतः त्यसका संयोजकले एल.भी.को प्रतिनिधित्व गरेका हुन् । मञ्च सम्बद्ध सं.लि.रा.परिषदको निर्देशनलाई ज्यान हत्केलामा राखेर पनि पुरा गरि छाड्ने एल.भी.हरुलाई पहिलो ऐतिहासिक मौकामा सम्मानित गर्ने प्रयास भएको छ । यसबाट हजारौं एल.भी.हरुले यो बुझ्नु पर्दछ कि मञ्च सम्बद्ध परिषद एल.भी.हरु प्रति साच्चै संवेदनसिल रहेछ । "चुस र फ्याँक’ नगर्ने रहेछ । भोलीपनि एल.भी.हरुको योगदानलाई सम्भिmने रहेछ । सबै एल.भी.हरुको आत्मा गर्बिलो र सम्मानित हुनुपर्छ । तर यो सभासद पदले एल.भी.हरुलाई जिम्मेवार पनि वनाएको छ । आफू भित्रका कमि कमजोरीहरुलाई पनि सुधार्दै लानु पर्छ, त्यसो गरियो भने मात्र भोलीको लिम्बुवानको नेतृत्व गर्न सकिन्छ ।
४. एल.भी.ले गर्नु पर्ने कामहरुः-
एल.भी.ले गर्नु पर्ने असंख्यौं कामहरु छन् । ति मध्ये केहि बारे छलफल गरौ ।
(क) गणतन्त्रको स्थायित्वको लागिः- ०६५ जेष्ठ १५ गते नेपालमा हामी सबैको प्रयासले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । हामीले यो गणतन्त्रको स्थायित्वको लागि काम गर्नु पर्छ । हामीले होश पुर्‍याएनौं भने गणतन्त्रलाई उल्र्टाई दिन सक्छन् । गणतन्त्र आएको खुशीयालीमा दमक, धरान, विर्तामोड जस्ता चोकहरुमा ठूला भनिएका पार्टीले किन विजय जुलुश मनाएन ? किनकि उनीहरु भित्री हृदय देखि खुशि छैनन् । बेलायत र फ्रान्समा टाउको गिडिँएको राजाका सन्तानहरु फेरि राजा भएको इतिहास पनि छ । त्यसैले हामीले पूनः उत्थानवादी, प्रतिक्रियावादी शक्तिहरुसगँ अत्यन्त होशियार हुदै तिनीहरुको विरुद्धमा साहसका साथ संघर्ष गर्दै गणतन्त्रलाई स्थायित्व दिने काम गर्नुपर्छ । कहिलेकाही त्यस्ता प्रतिक्रियावादीहरु थाहै नपाई हाम्रै आन्दोलन भित्र पनि छिरेका हुनसक्छन् । तिनीहरुलाई राजनैतिक, सामाजिक रुपमा नाङ्गेझार पार्नुपर्छ ।
(ख) लिम्बुवानको नामाङ्क्कन र सिमाङ्क्कनः- हाम्रो मूख्य मागहरु मध्ये संघीय लोकतान्त्रिक गणतन्त्र पुरा भएको छ । अब संघीय नेपाल अर्न्तर्गत लिम्बुवान स्वायत्त गणराज्य बाँकी छ । अब हामी लिम्बुवानको नामाङ्कन र सिमाङ्कनको अति जटिल चरणमा आई पुगेका छौं । ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त गणराज्य हुने भनेर राज्य र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बिच फाल्गुन १८ गते लिखित सहमति भएको छ ।त्यो सहमतिलाई कार्यान्वयन गर्नको लागि अब सशक्त आन्दोलनको जरुरत छ । सम्पूर्ण एल.भी.हरु आफू तयारी रहनुपर्छ र गाउँ बस्तिलाई आन्दोलनको लागि तयार बनाउनु पर्छ ।
(ग) लिम्बुवानबारे जन-चेतनाः- अझै पनि लिम्बुवानको गाउँ-वस्तीहरुमा र शहरी यूवा-युवतीहरुमा लिम्बुवानको इतिहास, वर्तमान र भविश्य बारे राम्रो प्रशिक्षण हुन सकेको छैन ।दासताको पहिलो कारण अज्ञानता हो । त्यसैले एल.भी.हरु जन चेतना फैलाउने कार्यमा रातदिन खट्नु पर्छ ।जति एल.भी. हरु छन् उनीहरुले एक बराबर १० जनालाई लिम्बुवान आन्दोलनको बारेमा सम्झाउने अभियान थाल्नु पर्छ ।
(घ) कुलत विरुद्धमा अभियानः- काठमाण्डौ केन्द्रिकृत एकात्मक राज्य सत्ताको कारणले विशेष आदिवासीहरुमा ठूलो निराशता र गरिबी छाएकोछ । यसले गर्दा आदिवासीका युवाहरुमा विभिन्न खाले कुलतले ग्रस्त पारेको छ ।लिम्बुवाननका लागि लड्नु पर्ने युवाहरु नशालु औषधी , मादक पदार्थ, झै झगडाको कुलतमा अलमलिदा निश्चय नै आन्दोलन कमजोर हुन्छ ।विशेषतः शहरी क्षेत्रका युवा/युवतीहरुमा यो समस्या छ ।शहरी क्षेत्रका कतिपय युवाहरु कुलतमा डुब्ने र युवतीहरु फेशनमा मात्र चुर्लुम्म डुब्ने कुसंस्कारले हाम्रो आन्दोलनहरु शहरी क्षेत्रमा अघि बढ्न सकेको छैन । एल.भी. हरुले रिकोभरी क्याम्पहरु खडा गरेर कुलतमा फसेका युवाहरुलाई सहि मार्गमा ल्याउनु पर्छ र उनीहरुको दिमागमा लिम्बुवानको विऊ छरिदिनु पर्छ । एल.भि.हरुले यो काम गरेमा सफलता पाउन सक्छन किनकि युवाहरुले भनेको युवाहरुले छिटो आत्मासात गर्छन् ।
(ङ) छरिएका, असंगठित शक्तिलार्इ एकजुट बनाउनेः - नेपाल भरी र लिम्बुवान भित्र आदिवासी युवाहरुले यति ठूलो शक्ति छ, त्यो एकजुट हुनु हो भने नेपाल मात्र होइन विश्वलाई हल्लाई दिन सक्छ ।तर दुःखका साथ भन्नु पर्छ त्यो शक्ति असंगठित छ । आज गाउँ-गाउँमा, चोक-चोकमा वल्लो गाउँले र पल्लो गाउँले युवाहरुको ग्याङ् हुन्छ, ग्याङ् फाईट हुन्छ र एउटा युवा विनासित्तीमा मर्छ, यस्ता हजारौं उदाहरणमा छन् । कुट्ने र कुर्टाई खाने दुवै तर्फअधिकांश आदिवासी युवाहरु छन् । कमाण्डर वेगरका सिपाहीहरु जस्तै छन् हाम्रा युवाहरु । त्यसैले त कहिले अंग्रेज,कहिले इण्डियन र कहिले नेपालका कथित चलाकहरु हाम्रा कमाण्डर भईदिन्छन् । हामी उनीहरुको आदेशमा अन्तिम थोपा रगत भईन्जेल लड्छौ। तर हामी कहिले पनि हाम्रो कमाण्डर हामी मध्ये कसैलाई चुनौं भन्ने सोच उमार्न सक्दैनौ। यही तर्क लिएर एल.भी.हरु गाउँ/गाउँका युवाहरुमा पुग्नु पर्छ ।वल्लो गाउँ र पल्लो गाउँ, अनि त्यस्ता धेरै गाउँहरु मिलेर लिम्बुवानको एउटै ग्याङ् (संगठन) बनाउँ र लिम्बुवान प्राप्तीको लागि लडौं भन्ने सन्देश पुर्‍याउ । यो पङतिकारले झापा माईबेनी मेलाको दारासिंह लिम्बू र ताप्लेजुङ चाँगेको "गुप्ते जेठा" को कहानी सुनेको छ । भनिन्छ, उनीहरु एक्ला-एक्लै वीस/तीस जना खुकुरी सहितका मान्छेहरुसंग लड्न सक्थेरे ।उनीहरु त्यति बलवान र साहसी थिएरे । आज सोच्न मन लाग्छ-उनीहरुको बल/तागत लाई एकिकृत गरि लिम्बुवानको लागि लगाएको भए के हुन्थ्यो होला ? आज पनि हाम्रो लिम्बुवानमा धेरै दारासिंह र गुप्ते जेठाहरु छन् । उनीहरुको तागतलाई सृजनशिल शक्तिमा परिणतगरि एउटा संगठन भित्र गोलवद्ध गरेर लिम्बुवानको लागि लगाउनु पर्छ, सबैलाई समेट्ने यो काम एल.भी. ले गर्नुपर्छ ।
५. सहि राजनैतिक लार्इनको कुरा - अन्तमा, सबभै न्दा महत्वपूर्ण कुरा हो सहि राजनैतिक लाईन । प्रशस्त सम्पत्ति,गोलावारुद्ध, लडाकु, संगठन भएर पनि गलत राजनैतिक लाईनमा हिड्यो भने त्यसको हार हुन्छ ।ज्ञानेन्द्र शाहसंग के थिएन, सवैथोक थियो, गोली बारुद्ध, सम्पत्ति सबै थियो । तर ज्ञानेन्द्रसँग सहि राजनैतिक लाईन थिएन । त्यसैले उसको हार भयो । लिम्बुवान आन्दोलनमा लाग्ने सबैले त्यसमा पनि विशेष गरेर यूवा एल.भी.हरुले सोच्नु पर्छ कि ऊर्जाहरु संलग्न संगठनको र त्यसको नेतृत्वको राजनैतिक लाईन ठिक छ कि छैन ।राजनैतिक लाईन गलत छ भने आफ्नै बाबुको पछि पनि लाग्न हुँदैन । राजनैतिक लाईन ठिक छ भने शत्रुको पनि प्रशंशा गर्नु पर्छ ।लिम्बुवानका एल.भी.हरु कसैले बहकाएको भरमा बहकिनु हुँदैन ।कसैले छरपस्टिएका सपनाहरु देखाउँदा मै त्यतातिर हाम्फाल्नु हुँदैन।सपनाहरु वैज्ञानिक होश, गन्तव्य तार्किक होस् र त्यहाँ पुग्ने प्रकृया राजनैतिक होस् ।मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले फाल्गुन १८ गते एउटा सहमति गरेर संविधान सभाको चुनावमा सामेल भयो । किनकि संविधानसभाको चुनाव गणतन्त्र उन्मूख थियो, त्यसले गणतन्त्र ल्याऊने पक्का थियो ।जो चुनावमा जादैनथ्यो त्यो एक हजार बर्षसम्म राजावादीको आरोपमा सफाई दिदै बस्नुपथ्र्यो ।जबकि हामी जनता गणतन्त्रवादी भएकोले एउटा सहमति गरेर चुनावमा जाने निर्णय गर्‍यौं । केहि साथीहरुले चुनावमा जानु हुँदैन भनेर घनघोर कराए ।केहि साथीहरु चुनावमा जानु हुन्थ्यो कि हुँदैनथ्यो भनेर अझै पनि दोधारमा छन् । नेतृत्व तहको यो अपरिपक्वताको शिकार यूवाहरु हुनु हुँदैन । एल.भि.हरु यसबारेमा अत्यन्त सचेत हुनुपर्छ । विगतमा के हुन्थ्यो भने एउटा नेताको पछि लाग्ने, त्यो नेताले गलत बाटो लियो भने पनि त्यसको पछि लागिरहने ।त्यो तरिकाले लिम्बुवानको आन्दोलन अघि बढ्दैन । सबैले सहिलाई सहि र गलतलाई गलत भन्नुपर्छ, कुरा चपाएर कोही बोल्नु हुँदैन । आज मञ्च सम्बद्ध परिषद मातहतका हजारौ एल.भी.हरु गर्वले छाती फुलाएर हिड्न सक्छन्, किनकि उनीहरुको प्रतिनिधिले पनि गणतन्त्रको पक्षमा सहि गरेको छ ।अब एल.भी.हरुको राजनैतिक धरातल गणतान्त्रिक धार भएको छ, यसमा सबै राजनैतिक विश्लेषकहरुले राम्रो विश्लेषण गरेका छन् । हाम्रो यो गणतान्त्रिक धारमा टेकेर भोलीको दिनमा हामी लिम्बुवानको लागि हजारौं संघर्ष,क्रान्ति, युद्ध, लर्डाई गर्न सक्छौं ।वन्दुक भन्दा ठूलो सहि राजनैतिक लाईन हो । सहि राजनैतिक लाईनमा हिडियो भने जहिले पनि बन्दुक उठाउन सकिन्छ तर गलत लाईनमा हिडियो भने भएको वन्दुक पनि फ्याक्नु पर्ने हुन्छ ।आज एल.भी.हरुको अघि सम्भावनाको थुप्रै ढोकाहरु खुलेको छ । मुख्यतः एल.भी.हरु सहि राजनैतिक लाईनमा उभिएका छन्, यो कार्य मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद संविधान सभाको चुनावमा जाने निर्णयले नै सम्भव भएको हो । यो पङतिकारको आग्रह एल.भी.हरु आफै पूर्ण जिम्मेवार बन्नुपर्छ,अध्ययनशिल र विश्लेषण गर्ने क्षमतायुक्त बन्नुपर्छ । कसैको वहकाउमा नवहकिऊन् किनकि लिम्बुवान प्राप्त गरेर उनीहरुले लिम्बुवानलाई समृद्ध वनाउनु पनि छ । एल.भी.हरु यस्ता बन्नु पर्छ आफू मरेर पनि लिम्बुवानलाई वचाऊन, सम्पूर्ण लिम्बुवानवासीको मन जित्नु पर्छ

No comments: