Aug 26, 2008

परिच्छेद-९

लिम्वुवान स्वायत्त राज्य प्राप्ति कसरी ?
लिम्वुवान राष्ट्रिय मोर्चाले लिम्वुवान स्वायत्त राज्य सम्वन्धमा माथि उल्लेखित विषयहरुलाई महत्वकोसाथ अघि सारेको छ । लिम्वुवान स्वायत्त राज्य (लिस्वारा) को पूनस्थापना तथा सञ्चालनको लागि लिम्वुवान राष्ट्रिय मोर्चाले प्रजातान्त्रिक प्रगतिशील समाजवाद र राष्ट्रियता -प्रप्रसरा) को सिद्धान्त अवलम्वन गरी आसवस को मूलतत्व अपनाएको छ । अर्थात आत्मानिर्णयको अधिकार समावेसी वहुदलीय संघीयवादको अवधारणा लिएको छ । लिम्वुवान स्वायत्त राज्यको पूनस्थापना विना लिम्वु तथा लिम्वुवानको सर्वाङ्गीण विकास असम्भव देखिएको छ । तसर्थ लिम्वु तथा लिम्वुवानको समुचित विकासको लागि तथा लिम्वुवानको भाग्य र भविष्य सुनिश्चित गर्न वहुदलीय व्यवस्थामा आधारित संघात्मक शासन व्यवस्था नेपालमा महशुस गरीएको छ । लिम्वुवान र नेपाल विचको सम्वन्ध इतिहासमा क्रमश स्वायत्त राज्यको रुपमा हुदै आएकोले ती सवैको न्यायोचित आधारमा लिम्वुवानलाई आत्मानिर्णयको अधिकार राज्यले प्रदान गरिदिनु पर्छ । यदि राज्यले सहज ढंगले लिम्वुवानलाई आत्मानिर्णयको आधारमा लिम्वुवान स्वायत्त राज्य पूनस्थापना गर्न सक्दैन भने अधिकार मागेर होईन खोसेर लिनुपर्छ भन्ने सिद्धान्त लिन लिम्वुवान वाध्य हुनेछ । तर यो लिम्वुवानको अपेक्षा होईन । वाध्यता हुन आउछ । तर यस्तो परिपाटीको थालनी कतै कसैवाट हुनुहुदैन । सवैलाई स्वतन्त्रता, मानवअधिकार, आत्मा निर्णयको अधिकार, आफ्नो भूमिमा स्वशासनको अधिकार, आफ्नो भाग्य र भविष्य निर्माण गर्ने अधिकार राज्यले सुनिश्चित गरीदिनु पर्दछ ।
माथि उल्लेखित कुराहरुले लिम्वुवान स्वायत्त राज्य पून प्राप्ति वा पूनस्थापना पछिको विषयलाई मात्र समेटेको हुदा र्सवप्रथम लिम्वुवान स्वायत्त राज्य पून प्राप्त या पूनस्थापना गर्न के कस्तो रणनितीहरु अपनाउनु पर्छ भन्ने सवाल उठ्दछ । त्यसको लागि लिम्वुवान राष्ट्रिय मोर्चाले निम्नानुसार चरणवद्घ कार्यक्रम अगाडि ल्याउनेछ
(१) वि.सं.१८३१ को लालमोहर अनुसार ऐतिहासिक लिम्वुवान स्वायत्त राज्यको आधारमा लिम्वुवान स्वायत्त राज्य पूनस्थापनाको लागि सरकारमा माग पत्र प्रस्तुत गर्ने ।
(२) वि.सं. १८३१ को गोर्खा र लिम्वुवानको विच भएको सम्झौता लालमोहर आदि ऐतिहासिक दस्तावेजका आधार मानेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदाय तथा न्यायलयमा जाने ।
(३) राजनैतिक रुपमा दवाव सृजना गर्न विभिन्न राजनैतिक उपायहरु जस्तो शान्तीपूर्ण आन्दोलन गर्दै आवश्यकता अनुसार सशस्त्र क्रान्तिको माध्यम अपनाईने ।
त्यसकारण लिम्वुवान राष्ट्रिय मोर्चा कुनै पनि अवस्थामा जस्तोसुकै मूल्य चुकाउन परे पनि जुझारु हुदै पूर्खाको विरासत लिम्वुवान राज्य पूनस्थापनाको लागि कटिवद्ध, प्रतिवद्ध भएर अघि वढ्नेछ । तसर्थ यस महान अभियानमा सम्पूर्ण लिम्वुवानी जनताहरुलाई लिम्वुवान राष्ट्रिय मोर्चाको उद्धेश्य प्राप्तिमा आवद्धता र ऐक्यवद्धताको लागि लिरामो हार्दिक अनुरोध तथा आव्हान गर्दछ । सेवारो ।
जय लिम्वुवान
दिल पालुङवा लिम्बु - अध्यक्ष
अबिचन्द्र इङनाम लिम्बु - महासचिव
लिम्वुवान राष्ट्रिय मोर्चा

No comments: