दिल कुमार लावती
नेपाल एक स्वतन्त्र राज्य हो तर पृष्ठभूमिलाई चिरफार गर्ने हो भने यहाँ धेरै कुराहरु अस्पष्ट रहेको पाइन्छ । नेपाल स-साना राज्यहरुको एकीकरणबाट बनेको राज्य हो । एकात्मक ब्राम्हणवादी शासकहरुको चतुर्याईले बनेको राज्य हो । स-साना राज्यहरु विभिन्न दृष्टिकोणबाट कमजोर हुनु आफैमा ठूलो कुरा होइन । आर्थिक, भौतिक, सामाजिक,भाषिक, सांस्कृतिक, राजनैतिक आदि रुपले साना राज्यहरु पनि बलियो नै हुन सक्छ । किनभने उनीहरुले आफ्नो हकअधिकारलाई सुनिश्चित गर्न पाउनु पर्छ तर नेपालमा त्यो देखिन्न जसको कारण आजको यो मोडमा व्रि्रोहको पराकाष्ठ भएको देखिन्छ । नेपाल एकीकरण भएको अर्ढाईसय बर्षको समय चक्रलाई हेर्ने हो भने यहाँका आदिवासी, जनजाति,पिछडिएका वर्गहरु, लोपोन्मुख जातिहरु बढी थिचिएका, मिचिएका छन् किनकि उनीहरुलाई शैक्षिक,भाषिक, सांस्कृतिक, धार्मिक आदि अधिकारहरुबाट बञ्चित गरिएको छ। आफ्नै भूमिमा नोकर भन्दा तल्लो स्तरको व्यवहार गरिएको छ । जिउँदै मरे तुल्य जीवन भोगाईको कष्ट अत्यन्त पीडादायक मात्रै छैन । हृदयविदारक र खेदयुक्त पनि छ । अर्ढाई सय बर्षको इतिहास र त्यसभन्दा पुरानो इतिहासलाई अध्ययन, मनन गर्दा पूर्वी नेपालको २ वटा अञ्चलको नौ वटा जिल्लालाई समग्र लिम्बुवान भनिन्छ । उपरोक्त दावीको पृष्ठभूमि भनेको वि.सं. १८३१सालमा शाहवंशीय राजा पृथ्वीनारायणले दिएको लालमोहर नै उपयुक्त ठहर्छ किनकि त्यहाँ लिम्बुवान एक स्वतन्त्र राज्य हो जुन राज्यलाई विभिन्न सर्तनाम गरी नेपालमा एकीकरण गरिएको छ भोलिको दिनमा यहाँकै लिम्बुवानी जनतालाई सुम्पन्ने संकल्प गरिएको छ । नेपाललाई जब महेन्द्रले ५विकास क्षेत्र, १४ अञ्चल र ७५जिल्लामा विभाजन गरे तब लिम्बुवान ओझेलमा पर्दै गएको देखिन्छ । किनकि वि.सं. २०२१ पछि किपटिय प्रथा नै समाप्त भएको देखिन्छ । किनभने त्यतिन्जेल नेपाल सरकारले लिम्बूवानी जनताहरुलाई सम्झौता बमोजिमको सर्तहरु पूरा गर्दै आएको देखिन्छ ।
लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने एकपल्ट जो कोहि लिम्बुवानवासीहरु भावविह्वल बन्नु स्वभाविकै हो किन भने लिम्बुवान त्यो समयमा नै त्यति सु-सम्पन्न राज्य थिएछ । यसै विषयमा केन्द्रित रहेर आज लिम्बुवानमा विभिन्न जातीय संघ संस्था र राजनैतिक पार्टीहरु एक भएर लिम्बुवानको अस्तित्वलाई वचाउने प्रयासमा अहोरात्र खटिरहेका छन् । लिम्बुवानको सम्भवत अन्तिम किपट इलाम थुमको चुलाचुली नै हो भन्दा दुइमत नहोला । तर अहिलेका लिम्बुवानवासीहरुलाई त्यो थाहा भएन, कि त्यो किपट पनि सकिन्दैछ भनेर । अथवा भनौं, किपट के हो ? त्यो नै थाहा भएन । किपटलाई सरकारीकरण गरेपछि सम्भवत लिम्बुवान भूमि समाप्त भएको देखिन्छ । यहाँका जमीनहरु किनवेच हुनु पाउने भएपछि सबैले त्यो स्वीकार्नु स्वभाविकै हो । मैले यो प्रसङ्ग किन जोडे भने मेरो परिवार दाजुभाइ पनि त्यो किपटका हकदार छन् उनीहरुले पनि पसिना बगाएका छन् जसले गर्दा आज किरातीहरुको आस्था बनेको किरात हाङ्साम हाङ्हीम पनि त्यहि चुलाचुलीमा निर्माण भएको छ । जहाँ बर्षोनी हजारौं किरात धर्मप्रेमी भक्तहरुको आवतजावत हुन्छ । त्यहाँ बस्ती बसाउन मेरो बुबाले पनि आज भन्दा ३/४ दशक अघि पसिना बगाउनु भएको बताउनु हुन्छ । त्यहाँ आफ्नै पसिनाले घरहरु निर्माण गरेको बताउनु हुन्छ अनि नेपाल सरकारले दिएको ७ नं. फाँटवारीमा आफ्नो नाममा पनि जमिन छ भन्नु हुन्थ्यो तर आज यत्रो बर्षसम्ममा पनि जमिनको ज सम्म हेर्न पाइएन । किन ? कसरी ? थाहा भएन । किनभने म त जन्मेकै थिइन । मेरो बुबाको पसिनाको मोल खोइ त ? उहाँको हातले फाँडिएका जंगलहरुमा आज सयौघर बनको होलान्आज जब किपटलाई सरकारीकरण गरिदैछ तब त्यहाँको किपट लाखौको मूल्यमा विक्रि हुँदैछ । वि.सं. २०३० सालमा मेरो आमा टि.बी. रोगी भएपछि बुबा धनकुटा जनुभएछ त्यहि समयमा नेपाल सरकारले सर्वे नापी शुरु गर्यो अनि ७ नं. फाँटमा दर्ता भयो । तर आजसम्म त्यो देख्न हामीले पाएनौ । मेरो परिवार बाहेक सबै दाजुभाईले त्यहाँ आ-आफ्नो घरजम गरेर बसेका छन् त्यो सत्य कुरा हो । सायद मेरो बुबा टुहुरा भएकोले उहाँमा बोल्न सक्ने र गर्न सक्ने क्षमता कम थियो होला,त्यहाँ केही लगानी गर्न सक्नु भएन त्यो नै उहाँको कमजोरी होला । त्यहि भएर आजसम्म हामीले केही पनि आशा राखेनौ गरेनौ तर जब किपटको अन्त्य सँगै नेपाल सरकारले संघीय राज्यको अवधारणा नेपालमा ल्याएको छ यो संगै किपटको अन्त्य पनि हुदैछ त्यसैले मैले सम्पूर्ण लिम्बुवानवासीहरुलाई अन्तिम किपटप्रति ध्यानाकर्षा गराउन खोजेको हो । यो लेख यसर्थ पनि उठानको विषय बन्न पुग्यो किनभने म र मेरो परिवार जस्तै अन्य सयौ व्यक्ति र परिवारले अन्तिम किपट आवादी गर्न, वस्ती वसाल्न र यसको विकासमा आफ्नो रगत र पसिना वगाएका छन् । तर त्यसबाट प्राप्त प्रतिफल आज शुन्य प्राय छ । यो तितो अनुभूति मात्र आज मेरो बुबाले अन्तिम किपटको विकासमा गर्नुभएको यागे दान वापतको तक्मा हो कि भन्ने लाग्छ । अन्त्यमा सम्पूर्ण लिम्बुवानवासीहरुले अन्तिम किपटप्रति ध्यानाकर्षित हुन्छ र वस्तुस्थितिलाई हृदयंगम गरी लिम्बुवानी भूमि प्रति लिम्बुवानवासी आम जनताहरु एक भएर किपटको संरक्षण गरे अझ राम्रो हुने देखिन्छ । यसले लिम्बुवान आन्दोलनलाई थप मद्दत पुग्छ भन्दा अतियोक्ति नहोला ।

No comments:
Post a Comment