टंक वनेम
हुन सक्छ त्यो पिरिङदेनको छेउबाट बग्दै जाने माङमाया,नेरवा र मैवा खोलाका सुस्केराहरु उत्तर आधुनिकवादको आकास मुन्तिर प्रलाप मात्रै बनेका छन् वा लहलहाउँदो तरुलका झयाङ झैं आकासतिर यात्रा लम्ब्याई रहेका छन् । साहित्य सिर्जनाको मुलबाटोमा पिरिङदेन र चोःतलुङ् (सिद्धिः,उपलब्धिः,पूर्णता) जस्ता शब्दले गणतन्त्रको शुभाराम्भ भई सके पनि नश्लीय बोधको आक्षेप भोग्दैन भनेर भनी हाल्ने समय गई सकेको छैना । तरै पनि कफी गफमा विभिन्न विषयमा गफ गर्नु मज्जा हुने ठानेर यो कफी गफाडीले पिरिङदेन देखि चोःतलुङ सम्मको यात्रा तय गरेको छ । यात्रा गर्नु अघि पिरिङदेनको सम्म मैदानको जङगलमा सुस्ताएर यात्राको थालनी हुन्छ । मित्रको जिज्ञासा शान्त गर्न नसके पनि प्रयास जारी राख्दै यात्रा लम्बिन्छ । मित्रको प्रश्नहरु यति सजिला भएर पनि त्यति नैं गाहृो पनि छ । मित्र भन्छन् तरुलका झ्याङहरु माटोमा फल्ने कन्दमुल हुन तर जब धर्तीबाट आकासतिर थाङग्रामा बेरिन थाल्छन् । उनीहरुको यात्रा फरक दिशाबाट आराम्भ हुन्छ । घर तरुल र बन तरुलको बेरिने यात्रा किन फरक भएको होला ? तरुलको बेरिने यात्राबारे निकै लामो कफी गफको बहस भए पनि उक्त भिन्नताको टुङगोमा पुग्न नसके पछि हैरान हुँदै एउटा मन्दिरमा पुग्छौं ।
मन्दिरका भक्तजनहरु फूलपाती र श्रद्धाका फूललिएर बाँयाबाट दाँया परि क्रमा गरिरहेका हुन्छन् । त्यही तल साकेला र च्याब्रुङ नाच्नेहरु दाँयाबाट बाँया घुमेर विभिन्न सिलिमा रमाई रहेका थिए । मित्रलाई यि दृश्यहरुले कस्तो प्रभाव पार्यो कुन्नी ? मेरो मनमा भने ति दृश्यहरुले छुइ रहेको थियो । उत्तर आधुनिकवादी रोलावार्थका प्रवर्तकहरुले सन साठीको दशकमा मात्र तत्कालीन साहित्य लेखनले यावत समस्याहरुलाई समेट्न सक्दैन भनेर उद्घोष गरेका थिए । तर सृष्टिको शुरुवात पछि भएका प्राकृतिक एवं सभ्यता र सांस्कृतिकपक्षलाई समेट्न नसकेको भने धेरै अघिकै समस्या हो रहेछ । आस्थाका यात्राहरु फरक त छँदैछ त्यहाँ भित्रका भोगाईहरु झन कस्तो भिन्नता होला ? मित्र भन्दै थिए यि भिन्नता भएर नैं त देसको सिमाना कोरियो,वंशर्,धर्म,भाषा,साहित्य र सांस्कृतिको जन्म भयो । अब ति सबै अमिल्दा समस्याहरुको पहाडलाई सम्याउन नसके पनि समयोजनको दोभान कहाँ हुन सक्छ ? पहिल्याउनु पर्छ । मेरो सहमति थियो हो ति समस्याको निदान खोज्नै पर्छ ।
यतिबेला हामी निकै उकालो र पहराको बाटोबाट कफी गफको यात्रा तय गरी रहेका थियौं । त्यो उकालो काटे पछि निर्मल पानीको धारा आउने छ । त्यहाँ स्नान् गर्नु पर्छ र इश्वरको नाममा सूर्यलाई हेर्नु पर्छ । पूर्वतिर फर्केर सेता हिमालहरुलाई हेर्दै शक्ति चक्रको उपाशना गरे झैं ध्यान गर्नु पर्छ ताकी यो चोःतलुङ यात्रामा दत्तचित भएर सफलता प्राप्त गर्न सकियोस । यही सोंचमा रम्दै एक थुम्का उग्लिएर निर्मल धारा पुग्न अघि कमिला र धमिराले उठाएका माटाका ढिस्काको बाटो हुँदै अघि बढ्दा कर्याङकुरुङको ताँती जस्तो भएर चोःतलुङ यात्रामा निस्केका यात्रीहरु उकालो बढ्दै गरेको देखियो । चिसेनी गोग्लातो झार भएको बाटोमा फलाट,मुसुरे कटुस र घोडाखरीका जङगलले आकासको उज्यालोलाई पूरै नभए पनि केहि मात्रामा पातलो पर्दाले ढाकेको आभास दिलाउँथ्यो । यात्रा अग्लि रहेको थियो । विभिन्न प्रजातिका गुराँसका फूलहरु देख्दा मन आनन्दको दहमा डुबुल्कि मारी रहेको थियो । मित्र भन्दै थिए यि गुराँसका सून्दर फूलहरु जस्तै साहित्यको कफी गफ पस्कन सके पाठकहरुको मन पनि कति रमाउँथ्यो होला ? मेरो उत्तर थियो यो चोःतलुङ यात्राको वर्णन त्यस्तै होस कामना गरौं ।
अब ति मनै लोभ्याउँने गुराँसका सेता राता र वैजनी फूलहरुलाई छोडेर मालिङगो,देव निगालो,धुपीका पोथ्रा पोथ्री र बुकी फूलले ढाकेको उकालीमा यात्रा लम्बिन्दै थियो । शायद श्रृति परम्परामा वर्णन भएको निर्मल धारा यहीनेर हुनु पर्छ । मित्रले एउटा थुम्कीको मुन्तिर पानीको मुहानलाई देखाउँदै भन्यो, हुन सक्छ विश्वासको निर्मल धारा यही बग्थ्यो होला । योनी द्धारबाट निस्कन्दा निस्कन्दै पापको भयावहले मान्छेको जन्म चिच्याउँछ । हामी पनि पापबाट मुक्त हुन पाप पखालौं । मित्र ढुङगामा आफ्नो थकाइ बिसाएर मुश्कुर्राई रहेका थिए । हाम्रो यात्रा चोःतलुङ पुग्नु थियो । उकालै उकालो हिडेर पुग्न सकिने वा नसकिने यक्ष मुद्धा जस्तो चोःतलुङ पुग्न यात्रा अघि बढ्यो । मित्रले आख्यानका कथाहरु वर्णन गर्न थाले । उ त्यो थुम्की तरुनी उभ्ने ठाउँ हो याने कि बैँशालु तरुनीहरुको शिर उठाउने ठाउँ । ति चप्लेटी ढुङगाहरु स्वर्ग पुग्न सिंडी बनाउन जम्मा गरिएका ढुङगाहरु हुन । उत्तर आधुनिक युगमा पत्याउने कुरा भयो र ? मेरो प्रश्न थियो । त्यही भएर त यो यात्रा गर्दै छौं । यो यात्राबाट निष्कर्ष निकाल्नु पर्छ । मित्रको ढृड बोलीमा गजबको रङ चढी रहेको थियो । उ भन्दै थियो । यिनै डाँडा काँडा भिर पहराबाट खोला नालाहरु बग्न शुरु गर्दछन् । बादलका थुम्काथुम्कीहरु नजीक हुन थाल्नेछन् । आँखाले देख्न सक्ने क्षितिज संम्म दृश्य तन्किने छ । घोडाखरीको जङगलमा कस्तरी चराहरु चिर्बिराएका थिए । रातको अध्याँरोमा डर लाग्दै कोइरालो कराएको थियो । स्यालहरुले रातको जयजयकार गरेका थिए । सन्त्रस्त रात जागेको थियो । तर पनि त्यो पर हिमालको काखमा रातो सूर्य उदायो फेरि । हाम्रो कफी गफ लम्बि रहेछ । अब हामी उकालो बाटो हुँदै साँघुरो चेपारो बाटोतिर आई पुगेका थियौं । त्यो अप्ठर्यारो बाटो पार गरे पछि ढुङगैढुङगा भएको चौबाटोमा आई पुग्यौं । त्यहाँ ठाढा ठाढा ढुङगाका खम्बाहरु गाडिएका थिए । मित्र भन्दै थिए यि आस्थाका खम्बाहरु हल्लिए भने आपत आई लाग्छ यि खम्बाहरुलाई हल्लिन दिनु हुँदैन । ति खम्बाहरुको परिक्रमा गरेर हाम्रो यात्रालाई अघि बढायौं । निलो पहाडको काखबाट पानीको सोतोहरु जम्मा भई सून्दर तलाउको निर्माण भएको थियो । त्यही तालको साङ्लो पानीमा आफ्नो अनुहार हेरेर फेरि यात्रा अघि बढ्यो । निलो पहाड अग्लि रहेको थियो । हावा पानी,कुहिरो,तुवाँलोको पर्दा पार गरे पछि आकास नजीकिन थाल्दा आठवटा गोर्याटोहरु भेट्टएि । मित्रसंग निकै लामो छलफल भयो ।
यो उत्तर आधुनिकवादको छली अनुहार जस्तो छ यता नजाउँ । मैले भनें यो कफी गफको गोर्याटो हो यत्ता लाग्नु पर्छ । मित्रले थपे हाम्रो यात्रा त पिरिङदेन देखि चोःतलुङ संम्म हो अहिलेलाई त्यही गन्त्ब्यमा लाग्नु पर्छ । अर्को भिरालो भिरालो बाटो अराजक हुन सक्छ । निकै बेर अलमल भए पछि मित्रले निष्कर्षनिकाले । यो पोजेलुङ उपत्यकामा जीवीत आत्मा र मृतात्माहरुको विचार छुट्र्याउने ठाउँ हो । आजको वर्तमान जीवीत आत्माहरुको युग हो । चोःतलुङ यात्रा तिर लागौं । पिरिङदेन देखि चोःतलुङ संम्म अतित र वर्तमानको निष्कर्षनिकाल्न उत्तर आधुनिकता पहिल्याउन हिडेका होइनौं र ? प्रश्न सुनेर मित्रले आफ्नो उत्तर अघि सार्यो । उत्तर आधुनिकवाद त एकीकृत र केन्द्रिकृत संघर्षको विरोधी हो । उज्यालो विचार,संघर्ष र मुक्ति बिरोधी हो । मेरो प्रश्न थियो कसैले उत्तरआधुनिकतावादलाई "ब्ल्याक होल" भन्दैमा पत्याई हाल्नु हुन्छर ? सत्य त त्यही हो पिरिङदेनबाट आठवटा गोर्याटो छुट्टीन्ने ठाउँ संम्म पुग्दा जे देखियो त्यो शाश्वत सत्य हो । भावना,बिचार र आस्थाभित्र सत्य र झुट्टो छुट्याउँने जिम्मा पाठकहरुलाई दिनु पर्छ ।
तरुलकै जातहरुले पनि त थाङग्रामा बेरिन आ-आफ्नै यात्रातय गर्दछन । मन्दिर र सिली नाच्ने गुरुहरुको परिक्रमा मार्ग एउटै थिएन । घोडाखरीका जङगलभरी विभिन्न पशु पंक्षीको आवाज भिन्न भिन्नै थियो । पिरिङदेन वारिको तर्न नसकिने जंघार एउटै पानीको मुहानबाट खोला भएको होइन । निर्मल धारा खोज्छौ त्यो पानीको मुहानमा परिणत भएको छ । दुनियाँमा आ-आफ्नै विचारको झयाङ उम्रने गति रोकिएको छैना । त्यो झयाङ उमार्ने ब्याडमा सून्दर साहित्यको गुलाफ भए पनि काँडा हुन्छ नैं । त्यो ब्याडमा उम्रेका बिरुवाहरुलाई छान्ने जिम्मा पाठकहरुलाई भए जस्तै हाम्रो चोःतलुङ यात्रा फरक होला अहिलेलाई कफी गफको बाटो तिर लागौं । मित्रले भन्यो उत्तरआधुनिकताले अलमल्याएको बेला आजै चोःतलुङ पुग्न गाहृो भए आख्यानमा मानी लिउँ यो आठ बाटो देखि माथि निलो पहाडको टुङग्याउँनीमा पुगेर सिद्धि प्राप्ति स्थल पुगेको अनुभव गरौं । निलो आकास पारी हेदै प्रार्थना गरौ कि चराचर जगतमा सृष्टिका रचनाहरु सून्दर छन् ति रचनाहरुले मानव जगतको भलो गरोस । रमरम रातो देखिने "ब्ल्याक होल" ले संसारको उज्यालोलाई निल्न नसकोस । यस्तै कफी गफ गर्दै फेरि पनि चोःतलुङ यात्रामा आउने वाचा गदै त्यो निलो पहाडको फन्को मारेर इ ...हु..... भन्दै यो यात्राको अन्त गरौं ।
मित्रको प्रस्तावलाई सम्पन गरी लाग्यौं ओरालै ओरालो जहाँ आठ वटा बाटोहरु छुट्टएिका थिए । एकातिर उत्तर आधुनिकवादको छली मुहार लजाई रहेको थियो । अर्कोतिर आराजकताको मुश्कान लोभ लाग्दो नहुने कुरै भएन । नेपाली संस्करण लीला लेखनले सबै कुरालाई भ्रम,माया र छल भन्दै थियो । तीन चुले ढुङ्गामा आयामको खीर पाक्दै गरेको बेला अलमलिएर उभिरहेका थियौं । कुन गोर्याटो रोज्दा चोःतलुङ र पिरिङदेन नअलमली गन्तब्यमा पुग्न सकिन्छ । कफी गफ वाद होईन गफ मात्र हो यो गफको यात्रामा जे देखियो त्यसैलाई सत्य मान्नु त पर्ने छ । तर सत्य कुराहरुलाई सत्य हो भनेर सत्य हुने छैना । सबुद प्रमाण र त्यो सत्यको फेहरिस्त विवरण पेश गर्नु पर्ने जमानामा सत्य र झुट त बाझने नैं भयो । वर्तमानको बिरुद्धमा सत्यले सामाना गर्ने सिद्धि प्राप्त गर्ने यात्रा दोधारे भएको छ । अब दोधारे चौबाटोमा अलमलिएर समयलाई खेर फाल्नु भन्दा कफी गफको चौतारी भेट्ने बाटो रोजौं कसो ?
मित्रको स्वीकृति मुन्टो हल्लिए पछि लागियो । त्यही गोर्याटो जहाँ वर्तमान साहित्य संसारको बगैंचामा ना-नाथरीका फूलहरु फुलेका थिए । चराचुरुङ्गीहरु आ-आफ्नै खाले गुड बनाएर रमाएका देखिन्थे । यो पिरिङदेन देखि चोःतलुङ यात्राबाट के स्पस्ट हुँदै थियो भने उत्तरआधुनिकवादको आकास मुन्तिर बस्ने मान्छेहरु छली अनुहार लिएर बाँचेका छन् । उनीहरुमा इमान्दारिताको प्वाख उम्रन नसकेर सुतुरमुर्ग बनेका छन् । पाइलै पिछे नयाँ नयाँ बाटोको खोजी भए पनि गन्तब्य रोज्न सल्लाह नमिले पछि आधुनिकवादको इन्टे्रस मात्र पैठारी भइरहेको छ । अहँकारपूर्ण आडम्बरवादीहरु शान्तिको पक्षमा खोक्रो भई सकेका छन् । उनीहरुको भावना अपराधले धमिलिएको छ । तर त्यो घोडाखरी सल्ला र चाँपका रुखहरुलाई सुहाउनकोलागि गोलसिम्बल,लाटोकोसेरो,लामपुछ्रे,चिबेचरो,तुलिगाँडा,कालोजुरेली,सेतो जुरेली,रानी चरो,कटेरा,कोकोले,न्याउली,सिभ्युचरा,डाँफे,मुनाल,पिउरा,लुइचे,मयुर चरोहरु र बनमा उड्ने स्वतन्त्र पुतलीहरु आकास र धर्ती जोड्ने अद्भुत सामञ्जस्य झैं अनुभव भई रहेको थियो ।
मित्र भन्दै थिए यहाँ धेरै अलमलिनु हुन्न । यही रात पर्यो भने कोइरालोले अन्धकारको जयगान गाउने छ । त्यो बयस्क कोइरालोको शरीरमा बेसार र्छन सके कालो अंगार हुन्थ्यो र बन्थ्यो यात्राको प्रासाद तर त्यो तान्त्रिक सामर्थ्य नभए पछि कफी गफको गोर्याटो पछ्याएर पिरिङदेन फकौं । जहाँ मानवीय सभ्यताका ढुङगाहरु उभेका छन् । उत्तर दक्षिण मोहोडा भएर उभेका ति ढुङगाहरुको शन्देश हुन सक्छ । जीवनको अन्तिम बिन्दु मृत्यु हो । मृत्युको ओछ्यानमा सुत्नु अघि सिद्धि प्राप्त गर्न पाइतलाहरु चाली राख्नु पर्छ । चौबाटोमा अलमल गरेर समय खेर फालियो भने न तरुलको बेरिने यात्रा देखिन्छ न निर्मल धाराको मुहान र आठबाटोको संगम न रातो घामको रंगिन क्षितिज न चिसो पानीमा जंघार तर्ने अनुभूति । एउटा थुम्कीमा बसेर यो कफी गफ भई रहँदा चोःतलुङ भनीने डाँडामाथि पहाड जत्रै वादलहरु लुकामारी गदै भागाडौडमा ब्यास्त देखिन्थे । मानौं ति बढेमाको वादलहरु आत्मदाह गर्दै छन क्षितिजको खाल्डो पारि । फेदाङमा र नाक्चोङ भाषामा जयजयकार गर्दै थिए इहु...... । मित्र आधुनिक कम्प्युटर भाषामा याहु ...... भन्दै चिच्याई रहेको थियो । यो हाम्रो चोःतलुङ यात्राको जयजयकार सुनेर चोःलुङ यात्रामा हिड्दै गरेका यात्रीहरु मुसुमुसु मुश्कुर्राई रहेका थिए । पर पहाडको चेपबाट सूर्यका रातो रङ ब्यूँझेर ओरालै ओरालो लागि रहेको थियो । मित्र भन्दै थिए यो यात्राको बृतान्त ढुङ्गामा खोप्नु पर्छ । नप्याउँदो हल्ला उत्तरआधुनिकवादी रोलावार्थ र ज्याक डेरिदाको चिहान पिरिङदेन मैदानको डिलमा बनाउँन लागिएको छ । कस्को मखुन्डो ब्ल्याक होल हो वा छली अनुहार पाठकहरुले कफी गफको स्वादमा रमरम हुँदै मनन् गरुन ।

No comments:
Post a Comment